March 12, 2011

उसको झझल्को

गुरु केदार बराल ओखल्ढुङगा, पोकली

उदा कदा ऐना हेर्दा
उसको मुहार देखेजस्तो लाग्छ
टाढा कतै कोही देखिँदा
एसको झझल्को आईदिन्छ ।

आज उसलाई भेट्दिन
ऊ के गर्दै होली
कुन संसारमा डुबेर
के- के योजना बनाउँदै होली ।
वा मलाई सम्झेर
रोइरहेकी पनि हुन सक्छे
विगतको पे्रम यात्रा सम्झेर
कल्पनामा पनि रम्न सक्छे ।

उसको झझल्को सागरमा देख्छु
आकास पातालमा सबैतिर
उसको तश्विर आँखामा देख्छु
सबै दिशा चारैतिर ।

आज एक अन्जान जस्तो
मेरो शरीर भईरहेछ
उसकै सम्झनाको सेरोफेरोमा
मेरो मन गइरहेको छ ।
कसलाई मैले के भनुँ
आत्मा मेरो एक्लो छ
हट्दैन उसको झझल्को
मेरो मनले खोजिरहेछ।


3 Comments:

Luna said...

सार्है माया गर्नु हुदो रैछ ! मार्मिक भाब पोखिएको छ कवितामा ----

Anonymous said...

guru love wah !

myagen lama said...

हैन हो जि म पनि पो यस्तै भको छु हो ...........
babaaaaaaaaaaaaal chha hai ...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !