December 16, 2010

वैदिक हिन्दू दर्शन र सहृदयता

( 'आयोदधौम्य' निर्मलमणि अधिकारी

सहृदयताको अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सर्न्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रक्रियालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । 'वसुधैव कुटुम्बकम्' को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा लिनु उपयुक्त हुने देखिन्छ । मानवीय व्यवहारमा सहृदयताको अनुपम रूपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागिर् इश्वरीय भक्तिको सर्न्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र्रर् इश्वरबीचमा निष्कपट संगति पाउँछौं, उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रूपमा लक्षित हुन्छ । पश्चिमी
 देशका पौराणिक आख्यानहरू पनि यस्तै निर्देश गर्दछन् । ... पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र इश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य र इश्वरको शक्तिको मुकाबिला गर्दछ, मनुष्यजातिको हितकोलागी इश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्यर् इश्वरद्वारा निर्मित वस्तु हो ।"

१ एक हिन्दूका निमिर्त्तर् इश्वर माता, पिता, बन्धु एवम् सखा हो र्रर् इश्वरनै उसको र्सवधन हो । "त्वमेव माता च पिता त्वमेव ..." त्यसै भनिएको छैन । त्यसैले ऊर् इश्वरसँग डराउँदैन; प्रेमर्गर्छ र भक्तिरसमा चुर्र्लुम्म डुब्छ ।
यसरी इश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाई प्रेम गर्दछ ।
२ भक्तिनी मीरालाई विष खुवाइँदा पनि त्यसको असर परेन, किनकि उनकालागि विष पनिर् इश्वरकै प्रसाद थियो । एक आदर्श हिन्दूलाई विश्वास हुन्छकि "समस्त जगत्मार् इश्वर भित्र र बाहिर व्याप्त छ । समस्त जगत् उनको अभिव्यक्ति हो । यस्तो अवस्थामा एक वस्तुलाई मन पराउने र अर्कोलाई मन नपराउने हुनै सक्दैन ।"
३ सबैप्रतिको प्रेमभाव४ले ऊ यस्तो विश्व-दृष्टिकोणवाला हुन्छ, जसका कारण गीता ५।१८ मा भनिएझैं 'समदर्शिनः' बन्ने सफलता पाउँछ । गीताकै छैटौं अध्यायमा भनिएको छ( "सम्पूर्ण प्राणीहरू आत्मामा र आत्मा त्यसरी नै सबै प्राणीमा छन् भनेर योगयुक्त समदर्शी यो गीहरू समभावले देख्दछन् ।"
४ समदर्शी बन्न सकेकैले त राजपाठ गुमाएर वनमा भौंतारिइरहेका रन्तिदेव भोक-प्यासले आफू मुर्छित हुनुअघि बचेको केही थोपा पानी मरणासन्न कुकुरलाई पियाउँछन् । सहृदयताको यो भन्दा उच्च दृष्टान्त कुन संस्कृतिमा हुनसक्छ ! परन्तु त्यस्तो प्रेम 'मोह' वा 'वासना'को रूपमा हुँदैन । हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । 'यथा पिण्डे तथा ब्रह्माण्डे' यस प्रसिद्ध भनाइझैं वैदिक ऋषिहरूले मस्तिष्कलाई संपूर्ण ब्रह्माण्डको लघु-प्रतिकृति सम्भिए । यसरी जब मानव शरीरभित्रै देव-तत्वको बास छभने मोक्षकालागि बाहिर भट्कनु पर्ने कुनै कारण हिन्दू जीवनमा रहँदैन । मोक्षकालागि आत्माले बाहिर हेरेर पक्कै हुँदैन; प्रत्युत उसले आभ्यन्तरलाई हेर्नु पर्दछ । यसको अर्थ केमात्र पनि होइन भने मोक्षका निमित्त मात्र हिन्दू जीवनमा आभ्यन्तरको महत्व र हेको हो; अपितु आभ्यन्तरलाई हेर्न यो प्रवृत्ति आदर्श हिन्दूमा जुनसुकै बेला रहेको हुन्छ । उता मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ ।
हिन्दू अवधारणामा पञ्चतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ, त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र !
५ क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर्‍याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भतृ्रहरि भन्छन्( "हे माता पृथ्वी, पिता वायु, मित्र अग्नि, सुबन्धु जल, भ्राता आकाश ! तिमीहरूलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ, तिमीहरू सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।"
६ यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रूपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो, किन्तु त्यस शृंखलामा अर्थ, काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रूपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रूपमा रहेको छ । संस्कृतका आदिकवि वाल्मीकिको कवि जीवनको प्रारम्भ पक्षीका भावनाको साधार णीकरणबाट भयो । सम्भोगरत क्रौञ्च पक्षीहरूलाई शिकारीले वाण हान्दा उनको हृदय द्रवित भएर नै सहसा शिकारीलाई धिक्कार्न पुगे उनी । पक्षीका पीडाको सह-अनुभूति उनको आभ्यन्तरले नगरेको भए उनीभित्रको करुणभाव कसरी बिउँझदो हो ! यसरी वनस्पति, वृक्ष र लताहरू, अनि मृगशावक र क्रौञ्च पक्षी सम्मलाई पनि तादात्म्य गराउन सक्नु भावको साधारणीकरणको अति उच्चस्तरको उदाहरण हो । प्रा. डा. दुर्गाप्रसाद भण्डारीका शब्दमा, "पश्चिमले शुरुदेखि नै विजय र पराजयको भाषामा प्रकृतिलाई हेर्न थाल्यो । पुर्वले शुरुदेखि नै प्रकृतिलाई प्रेम र तादात्म्यको भावले हेर्न थाल्यो । पूरर्वीय दर्शन धेरै बढी र हस्यपूर्ण र गहिरो हुनुको कारण पनि अंशतः यहाँको प्रकृतिलाई हेर्ने दृष्टिकोणले गर्दा हो । आफ्नो तार्किक पूर्वाधार लिएर पश्चिम प्रकृतिमाथि विजय गर्न हिंड्यो, आफ्नो सहज ज्ञान, 'इन्ट्यूशन'को पूर्वाधार लिएर पूर्वले वनस्पति लगायत सम्पूर्ण प्रकृतिसित दातात्म्य र प्रेमसम्बन्ध जोड्न थाल्यो । विजय गर्न खोज्ने इच्छामा हिंसा अन्तर्निहित हुन्छ, तादात्म्य राख्ने इच्छा एवं भावमा प्रेम र करुणा हुन्छ । पश्चिमी तर्कपद्धतिको विकास र पश्चिमी प्रकृति-विजयाकाङ्क्षाको कारण त्यहाँ विज्ञानले धेरै ठूलो उचाइ लियो । पूर्वीय सहजज्ञान, 'इन्ट्यूशन' र यहाँको अन्तरमुखताको कारण पूर्वले आध्यात्मिक चेतनाको अन्तिम शिखर भेट्टायो । दुइवटा विपरीत दिशातिर लागे : एउटाले प्रकृतिमाथि विजय पाउने प्रयास गर्‍यो;अर्कोले आफैंमाथि विजय पाउने प्रयास गर्‍यो । पूरव आत्म-विजयलाई असली विजय भन्न थाल्यो । पश्चिम परविजय र प्रकृति-विजयलाई असली विजय भन्न थाल्यो । वनस्पतिसित पश्चिमले तादात्म्यता राख्न सकेन, त्यसैले करुणापर्ूण्ा नेत्रले हेर्न सकेन । भय र आक्रमणको भावले मात्र हेर्न सक्यो । सम्पूर्ण पश्चिमी साहित्य र कलामा कालिदासको अभिज्ञान शाकुन्तलम् मा पाइने वनस्पत्रि्रेम र वनस्पति-तादात्म्य भेट्टाउनु असम्भव छ । प्रकृति-सौर्न्दर्य-सम्पन्न कण्व ऋषिको आश्रमबाट पतिगृहकोलागि प्रस्थान गर्नुभन्दा अघि पितृगृह-वियोग कल्पनामा विह्वल भएकी शकुन्तलाको हात समातेर कण्व ऋषि वनस्पतिलाई सम्बोधन गर्दै भन्छन् 'हे वनस्पति वृक्ष र लताहरू ! जो तिमीहरूलाई पानी नदिईकन, तिमीहरूको स्याहार सुसार नगरीकन आफू भोजन गर्दैनथिइन्, पानी पिउदैनथिइन्; तिनै शकुन्तला आज पतिगृह जाँदैछिन्,तिमीहरू उसलाई आशिर्वाद देऊ' । यहाँनिर शकुन्तलाले प्रकृतिसित तादात्म्य र प्रेमसम्बन्ध गाँसेको र बिदाइ हुने बेलामा आशिर्वाद र आज्ञा मागेको दृश्यबाट कुन सहृदय पाठक अश्रुपूर्ण नहोला - त्यो भन्दा पनि बढी करुणारस पाइन्छ शकुन्तलाले आश्रम छोड्ने बेला उनले हुर्काएको मृगशावकले उनको वस्त्रको कुनालाई अत्यन्त भावुक मुद्रामा दाँतले समातेको दृश्यमा ।"
७ वैदिक हिन्दू-जीवनपद्धतिमा सम्पूर्ण प्रकृती जुन प्रेमपूर्ण दृष्टिकोण छ, त्यो अनुपम छ । आदर्श हिन्दू जनमानसले मानव मात्र होइन, सम्पूर्ण चराचर जगत्प्रति नै 'सहृदयता'पूर्णव्यवहार गर्नु पर्ने मान्यता राख्दछ । त्यसैले सहृदयताको अवधारणालाई समस्त हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा मान्नु समीचीन हुन्छ ।

पाठान्त टिप्पणी :
-१) राधाकृष्णन्, डा. र्सवपल्ली; भारतीय दर्शन -अनु. नन्दकिशोर गोभिल), प्रथम खण्ड; राजपाल एण्ड सन्ज, दिल्ली; सन् १९९८; पृ. ३३
-२) तुलनीय : " भक्तिमा त भक्त तद्रूप हुन्छ (स्वराड् हुन्छ । आत्मा र परमात्माको ऐक्यता हो भक्तिको प्राप्ति । भक्तिरसमा भक्तले सम्पूर्ण जगत्लाईर् इश्वररूप देख्दछ । तर्सथ सच्चा भक्तको हृदयमा सारा जगत्प्रति प्रेमभाव हुन्छ । यही कारण होकि भक्त सबैको सुहृद् हुन्छ, सबैको मित्र हुन्छ । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरू नवताका प्रतिमर्ूर्ति हुन् ।" अधिकारी, पण्डित निर्मलमणि; निर्मल-भक्ति-मार्ग -प्रकरण(तीन); घटना र
विचार साप्ताहिक, काठमाण्डौं; वि.सं. २०५९ माघ १; पृ. ५
-३) सम्पूर्णनान्द, बाबु; उपनिषद् और कर्तव्याकर्तव्य विवेक; कल्याण उपनिषद् अङ्क; गीताप्रेस, गोरखपुर; सन् १९४९; पृ. ३२(३३
-४) तुलनीय :"यस्तु र्सवाणि भूतान्यात्मन्येवानुपश्यति । र्सवभूतेषु चात्मानां ततो न विजुगुप्सते ।। यस्मिन् र्सवाणि भूतान्यात्मैवाभूद्विजानतः । तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।।" र्-इशावास्य. ६(७)
-५)"र्सवभूतस्थमात्मानंर्र्सवभूतानिचात्मनिर्।र्इक्षते योगयुक्तात्मा र्सवत्रः समदर्शनः ।।" -श्रीमद्भगवद्गीता ६।२९)
-६) यद्यपि नर-देहलाई 'झुट्टो' तथा 'कच्चा' भने भनिएको पाइन्छ । दृष्टान्तकालागि हेर्नू प्रपन्नाचार्य, डा. स्वामी -सम्पा.); महाप्रभु नारायणदास र्राई विरचित मन्मतिलहरी; डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार समिति, काठमाण्डौं; वि.सं. २०५३; पृ. २७
-७) संस्कृत श्लोक यस्तो छ : "मातर्मेदिनि तात मारुत सखे ज्योति सुबन्धो जल(भ्रातव्र्योम निबद्ध एव भवतामन्त्यः प्रणामाञ्जलिः । युष्मत्सङ्गवशोपजातसुकृतोद्रे कस्फुटन्निर्मल( ज्ञानापास्तसमस्तमोहमहिमा लीये परे ब्रह्मणि ।।" कीथ, डा.
ए.बी.; संस्कृत साहित्यका इतिहास -अनु. डा. मङ्गलदेव शास्त्री); मोतीलाल बनारसीदास, दिल्ली; सन् १९७८; पृ. २२६ मा उद्धृत
-८) डा. दुर्गाप्रसाद भण्डारीद्वारा दीक्षित, मदनमणि; अमृतत्व र कारुणिकता;ज्ञानगुन साहित्य प्रतिष्ठान र एम्स एकेडेमी, काठमाण्डौं; वि.सं. २०५३ को आमुखमा अभिव्यक्त विचार

4 Comments:

PD said...

west will never east. what west is going after is all these eastern tradition. yoga,karma, what are these? Eastern invention!

Bindesh Dahal said...

Excellent article. Your devotion to one cause is laudable and worth-following.

Nepalean said...

निर्मलजीको समय समयमा आउने पूर्विय संस्क्रिती तथा धर्मको ब्याख्यान सारै राम्रो लाग्छ। हुन त पूर्बिय र पस्चीमिय चाल चलनमा धेरै फरक छ तर उहांले उदाहरण सहित हिन्दू बैदिक धर्मको ब्याख्या गर्नुभएको छ जुन पढ्न निकै आनन्द आउंछ।

मैले कुनै बेला अमेरिकामा हिन्दू धर्मबाट परेको असर बारे ब्लग लेख्न कोसिस गरेको थिए। तर समयको फन्दमा पर्दा अन्य ब्लग जसरी त्यो ब्लगपनि समयकै गर्भमा समाप्त भयो। हिन्दू धर्म एक प्रकारको खुला धर्म हो। उस्ले तिमी हिन्दू धर्म नै मान्नू पर्छ नत्र तिमी नरक जान्छौ कहिल्यै भन्दैन। तर पस्चिमी धर्ममा भने आफ्नो भगवानलाई पूजा नगरे सिधै नर्क जान्छौ भनेर भनिन्छ। त्यती मात्र होइन यि धर्ममा अर्को धर्मको मान्छेलाई कि त आफ्नो धर्ममा ल्याउनु पर्छ कि त उस्लाइ सखाप पार्नुपर्छ। यो भनेको निकै अमनाबिय कार्य हो। त्यसैले दिन प्रतीदिन अमेरीकामा हिन्दू धर्म मान्नेहरूको संख्या बढ्दो छ।

Anonymous said...

It is a fact, Hinduism does not sincerely invite others into its religion, due to the reasons known to themselves only and those who take this religion in good faith subsequently realise that there is a hidden division and segregation in humanity. This is the main reason why Hinduism is not spreading its wing like other religions. What the use of taking pride in those few Westerners who join Hinduism as a trend or gaining knowledges and who are believed to be beefeaters, while it has done injustice and abused and most of all hate and outcaste its own Hindus for thousands of year from the society by taking full advantage of their so called higher status. Is it the aim of any religion? Certainly it is not the faith and Karma of an individual. Whereas, other religions welcome and treat those poor, sick and destitute people with love, care and equality as a family members of its own. Now can you deny it, what is the use of those great words written in the Hindu text, when you do not follow it except for your selfish purposes only? Is there any Brahmin teachers like the mother Teresa in the Hindu world or St. John or Buddhist Monk who have sacrificed their life selflessly to the true meaning of the religion? Let's not talk about the wars in religions for its got history in it.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !