December 6, 2010

एक बित्ते भित्ता , कर्कश स्वर र दाम्जिङ्ग

- लूना

केहि वर्ष अघि मात्रै काठमाण्डौ ' मन्दिर नै मन्दिरको शहर ' भनेर बिश्वमाझ चिनिन्थियो तर अब हिजो आजका कुरा हेर्नुस ! तितो सत्य हेर्नुस !! काठमाण्डौ शहर 'कंक्रिट नै कंक्रिटको शहर ' मा परिणत हुदै छ। भैरहेको छ धमाधम ! जब तपाइको दुइ पाइलाले काठमाण्डौ टेक्नु हुन्छ त्यसपछि तपाइको आखाले के देख्नु हुन्छ ? घरै घर ! घरै घर !! हो , यहि घरै घर अर्थात कंक्रिट नै कंक्रिटको शहर मेरो प्यारो काठमाण्डौमा जिबन बाचिरहेका परिवारहरु मध्ये कुनै एक परिबार छ र त्यो परिबार संग सम्बन्धितहरुको कथा लेख्दै छु जुन अन्य लाखौ लाख काठमाण्डौबासिहरुको कथा भन्दा बिल्कुल फरक ' चै ' हुने छैन ।
धुन्चे बजार नजिकैका बस्नेत दम्पतीले आफ्नो बसोबास काठमाण्डौ शहरमा केन्द्रित गरेको करिब १ बर्ष भयो । उनीहरुको साथमा एक सन्तान छ करुण , ऊ सात मा पढ्दै छ । उनीहरु बस्ने अपार्टमेन्टको पहिलो तलामा स्पोर्ट्सक्लब छ । बुबाले तयार गरिदिनुभएको हर्लिक्स पिएर उ स्पोर्ट्सक्लब गयो बिहानभरको खेल अभ्यासको लागि । छोरा करुण बाहिर गए पछी कल्याण
  किचनबाट बेडरुमतिर गयो ।

' रुकु ' उसले रुक्मिणीलाइ ब्युझाउन खोज्यो ।
'उम्म्म् '! रुक्मिणी कोल्टे फर्केर निदाईरही ।
' रुकु ! उठ न बा ! आठ बजिसक्यो ! करुण तल गएको पनि एक घण्टा हुनै लाग्यो .!'

हजुर ! शनिबार नि आज ! उम्म्म्मम्म्म् ' अहिले झन् ओढ्नेले टाउको नै ढाकी उसले । कल्याण फेरी किचनतिर गयो । बाँकी कफी कपमा भरेर झ्याल छेउको कूर्चिमा बस्यो । १४ औ तला माथि बाट देखिने घरै घर ले भरिएको काठमाडौंलाई आँखा भरी हेर्दै कफी पिउदै छ ऊ ।
करिब एक बर्ष अघी कल्याण कतारमा थियो । नेपालबाट जागिर मिलाइदिने एजेन्सीले सुपरमार्केटमा सामान मिलाउने काम भनेको थियो , त्यहा गएर सुपरमार्केट त सुपरमार्केट मै काम पायो तर नेपालको एजेन्सीले भने जस्तो त्यो काम थिएन । सुपरमार्केटको अन्डर्ग्राउन्ड्मा ' फ्रोजन फुड' बिभागमा हेल्परको काम पायो जहाँ फ्रोजन फुडलाई फ्रिजरबाट झिक्दै ट्रलिमा राखी माथि सुपरमार्केटको फ्रिज बक्स मा मिलाएर राख्नुपर्थ्यो । दैनिक १२-१४ घण्टा खट्नु उस्को दैनिकी थियो । चिसो रुममा काम गर्दा उसो त उस्ले कम्पनिबाट प्राप्त न्यानो लुगा लगाएकै हुन्थ्यो तापनी लामो समय चिसो मा खटिरहनुपर्दा त्यो पर्याप्त हुँदैनथ्यो। प्राकृतिक उज्यालो बिनाको कृतिम उज्यालो त्यो पनि असाध्यै चिसोमा काम गर्नु जटिल थियो नै ।
नेपाल जस्तो खुल्ला बातावरणमा हुर्किएको कल्याणले बिदेशी भूमिमा त्यो बिघ्न दु:ख इखले गरेको थियो । भन्छन नि ' बिख नभएको सर्प र इख नभएको मान्छे ' उस्का पनि शत्रु थिए पराइ ( केही छिमेकी ) र आफ्नै परिवार पनि । सहोदर दाइभाउजुले खेदो गर्थे उनिहरुको। त्यही इखले ऊ सबै कुरा सहेर भुक्तमान भोगिरहेको थियो । त्यो १२ बर्षको बिचमा उस्ले अन्य काम खोज्ने प्रयास नगरेको पनि होइन तर त्यती सहज कहाँ हुन सक्छ र बिदेसमा त्यो पनि नेपाली कामदारलाई किनुवा दास झै सम्झिने मुलुकमा ! उस्ले जसो तसो १२ बर्ष कटायो । यि बिचमा २-३ बर्षको फरकमा घरमा आउने जाने क्रम पनि चलिरह्यो । यस पटक भने सधैंको लागि जागिर छोडेर आएको थियो बिदेश मा गर्ने संघर्ष मेहेनत आफ्नै मुलुकमा गर्ने सोच लिएर । उसो त ऊ पढेलेखेको शिक्षित मान्छे हो । गाउमा हुँदा खादाकै जिबन थियो उनिहरुको । मेहेनत गरे बर्ष भरीलाई खान पुग्ने जग्गा पनि छदै छ अझै । नजिकैको हेल्थ पोस्ट मा हेल्थ असिस्टेन्ट्को रुपमा कार्यरत थियो ऊ । तर महंगीले मुलुक नराम्रो सँग डामिरहेको अवस्थामा उस्को सरकारी तलब तातो फलाममा परेको पानीका बूद झै सानोतिनो खर्च्-पर्च गर्दैमा सिद्दिहाल्थियो । हात मुख जोर्न धौ धौ नभए पनि बाँकी आर्थिक समस्या सधैं ज्यु का त्यु रहिरहने कारणले आर्थिक समस्याको दलदलबाट माथि उठ्न उस्ले बिदेशिने निर्णय गरेको थियो र भएका जग्गा मध्य केही भाग जग्गालाई बन्धकिमा राखेर ऊ बिदेशीयको थियो ।
यसरी उस्ले १२ बर्ष कठोर मेहेनत गरेर बन्धकी जग्गा निखन्यो, साथमा यो अहिले बसिरहेको फ्ल्याट्को लागि ५० प्रतिशत रकम पनि जसोतसो जोगाड गरेर पुर्यायो जस्मा रुक्मिणीको बचत पेबा र उस्का माइतीले पनि केही आर्थिक मद्घत गरेका थिए ।यसरी छोरा करुणलाई सुबिधा सम्पन्न काठमान्डौ शहरमा पढाउने उद्देश्य संगै उनिहरुको जिबन पनि अब काठमान्दौ शहर मै केन्द्रित भएको छ ।
जागिरबाट आर्थिक गुजारा धान्न गार्हो हुने पूर्व अनुभबकै कारण २-३ महिना अघी कल्याणले मेडिकल पसल खोल्यो । एस् ल् सि पास रुक्मिणिले सक्दो साथ दिएकी छन औषधीका ब्यबस्थापन पक्ष मिलाउन । यो औषधी सिद्दियो - त्यो औषधी बाँकी छ आदी इत्यादी र साथै आज भोली बिल पूर्जा हेरेर औषधी दिन जान्ने भाईसकेकी छन उनी।
अत्यधिक बातावरण प्रदुसणको कारण १०० मा कारीब ९० प्रतिशतलाई नाक - कान - घाटी - पेट - छाला - आदी सम्बन्धी केही न केही ठुलो होस् या सानो रोगले समाती रहने काठमान्डौ शहरमा बस्नेत दम्पतिको मेडिकल पसलले राम्रै ब्यापार गरिरहेको छ । उनिहरु काठमान्डौ बसाइ सरे देखी यता एक पटक गाउ पनि पुगेका थिए । गाउका दुई चार छिमेकिहरु पनि काठमान्डौ आउँदा बस्नेत दम्पतिको अपार्ट्मेन्ट्मा पाहुना हुने गरेका छन । अहिले गाउमा बस्नेत खलकका यि माहिला छोरा बुहारी को हाइ हाइ छ । १-२ दिन पाहुना भएर जाने गाउले छिमेकिहरुले अपार्ट्मेन्ट भबनको बडो गज्जबले बयान गर्छन् गाउमा । केही हप्ता अघिकै कुरा हो उनिहरु गाउ गएको बेला आफू कहाँ एक रात पाहुना भएर फर्किएका सापकोटा बाजे बज्जैले बडो गज्जबले बयान गरेका थिए ,अनि सबै जना दङ्ग परेर उनिहरुका कुरा सुनिरहेका थिए । सापकोटा बाजे भन्दै थिए , ' काजीका घ'रा ( घरमा ) पुग्न त हिन्नै परोइन ! दाई 'ला ( ढोकामा ) पुगे सि( पुगे पछी ) फुत्त स्टिला बकसा ( स्टिलको बाकसमा ) छिर्ने हो अनि यस्सो हरिया हुन् कि राता बटम दबायो ! १ देखी १० गिन्न ( गन्न ) भ्या होइन ( छैन ) टुप्लुक्कै घ' रा ( घरमा ) गाठे ! ऐ रात्तै !! भर्र्याङ्टी ( भर्र्याङ्ग बाट ) हिनेर ( हिंडेर ) चौदो तलो पुग्ने हो भन्त सानातिना थुम्को ( पहाड ) चडे झै हुन्च करे ! त्यतिका माथि त्यो छुसे बकसले क्या स ( सँग ) पुर्याउछ बाब्बै !!!
लगत्तै सापकोटा बज्जैले थपीन् , ' - अनि झ्याल' टि ( झ्यालबाट ) हेर्दा त आब्ब्युई ! का'ली (कहाली ) ला'उने माथि पो पुगिया छ आफू त आब्ब्युइ ! एक छिन् आँखा चिम्म अरेर ( गरेर ) मनामनै ( मनमनै ) बोले यतिका माथि भो र के भो त घर भित्रै त छेस नि , अनि आँखा खोलेर यस्सो बाइर ( बाहिर ) हेर्छु त झिलिमिली शर ( शहर ) छर्लङै !!!
सबै दंगदास भएर सापकोटा बज्जैको कुरा सुनिरहेका थिए । उनले फेरी थपिन् , 'अनि यस्सो भित्तो ( भित्ता ) छाम्छु त कत्ति सिलिक्क्क परेका हुन ! पोत्ना ( पोत्नको ) झन्झटै नाइ ! भुई कत्ति सप्पा हुन ! खस्या ( खसेको ) कुरो टप्प टिपेर खाए हुनी !
रुक्मिणीको मुखमा पुन : हेर्दै बोलीन् , ' क्या हुन ति मङ मङ बास्ना आउने यस्सो दुई थोपा पानी'या ( पानीमा ) हाल्दो अनि टालाले उठीउठी पोतो ( पोत्यो ) कत्ती सज्लो बाबै !
बयान गरेर थाकेकी थिईनन् सापकोटा बज्जै , उनी अझै जागर लगाएर भन्दै थिइन् , - ' हाम्रा सानु काजी ( करुण ) खेल्ने ठाम् त घर भित्रै गौचरन जस्ता ! कत्ती फराकिला हुन ! खेल्ने कुरो पनि कस्ता कस्ता हुन् बाब्बै ! कोइ बडा बडा टेबु'ला नाथे बल हाइ हुइ अर्दै उफार्दै ! कोइ चरा प्बाख ( चराको प्बाख ) टास्या बल जाली तारले उफ्रार्दै ! कोइ छिसिक्क्को डल्ला फलाम न्बाराना देखुन को ब ला'र कन्दै उचाल्दै ! बाब्बै ! बाब्बै ! अनी त्यो चै ( सापकोटा बाजे तिर हेर्दै ) पौड्ने पोखरी पनि घर भित्रै बाब्बै ! आदी इत्यादी ।
गाउलेहरुको नजरमा छाप बसेको अज्जबको गज्जब यो १४ औ तलाको किचनमा बसेर गज्जब कै स्बादले पिइरहेको कफी जसै रित्यायो उ फेरी कफी बनाउनु पर्ला भन्ने सोच्दै थियो रुक्मिणी आइपुगिन् किचनमा।
- आज त मज्जाले निदाए म , सखारै उठ्स्या हजुर ? '
- म तिमी झै अल्छि नभएर -- कल्याणले छड्के हान्न खोज्यो सधैं झै जिस्किएर ।
- हप्ता भरीको थकाई बिसाउन निदा ' नि ! अल्छि भनिसिन्छ बिथ्थामा ! ' ठुसुक्क पर्दै पानी उमाल्न बसाली केत्लीमा ।
- लौ लौ अब जागरीलो हातले कफी बनाउ मेरी हजुर ! तिम्रो हातको कफी नपिए सम्म पिए झै नहुने बानी भैसक्यो ! '
- उ ! उ ! अल्छी पनि भनिसिन्छ अनि उत्नीखेरै फुर्काइसिन्छ केटाकेटिलाई झै ! ' - गुनासो भावले बोल्दै आफूलाई चिया र कल्याणको लागि कफी तयार गर्न लागि रुक्मिणी ।
-उस्स्स्स ! क्यै भन्नै नहुने धुरु धुरु रुने ! ' जिस्क्यायो कल्याणले ।
चिया र कफी लिएर ऊ टेबलमा आई ।
- रुन्न हजुर रुन्न ! म त्यति कम्जोर पनि छैन । १२ बर्ष रोईरहेकी भए आज के गती हुदो हो मेरो !
- मेरी गृह मन्त्री ! गल्ती भो लौ ! माफि देउ ! ' कल्याणले आफ्नो गाला रुक्मिणीतिर फर्काएर थप्पक्क बस्यो म्वाई देउ भन्ने भाबमा ।
- हजुरलाई कोल्ले जित्ने ! ' मायालु भाबले गालामा प्याट्ट गरी रुक्मिणीले ।
- ऐया नि कत्ती निस्ठुरी हात ! ऐया ! ऐया ! ' गर्दै कल्याण जुरुक्क उठ्यो र बेडरुमतिर लाग्यो । कल्याणले यस्तो भाब प्रस्तुत गरेको थियो कि रुक्मिणी अक्क न बक्क परिन् । लामो सास फेर्दै उनी पनि कल्याण भएतिर गईन् । कल्याण उता मुख फर्काएर ढल्कियो बेडमा ।
- हजुर ! सत्ते सत्ते मरी जाउ भन्या ! यो हातले त्यसरी का ' दुखा हो र ! हरे ! म त हजुरसंगै जिस्किएकी थिए ! सत्य धरोधर्म ! ' रुक्मिणी तर्सिए झै भएर डराएको स्बरमा बोलीन् ।
- तिमी साच्चै जिस्किएकी हौ त ? खोइ मलाई त पत्यार लागेन ! ह्या त दुखि'रा छ त ! छाम त तातो भ ' छ !' भन्दै कल्याण ले रुक्मिणि को हात समात्यो ।
- कत्ती फटा ( फटाहा ) मान्छे हजुर ! मेरो सात्तो लिईस्यो हजुरले ! खै छोड्स्यो हात , अब भूजा तयार गर्नु छ ! ' भन्दै रुक्मिणी उठ्न लाग्दैथिइ ,कल्याणले गाला मुसार्दै अत्तो थाप्यो ,
- आज शनिबार मेरी हजुर ! म सघाइ दिउला नि तिम्लाई । यस्तरी तातो बना' र त्यसइ जान पाउछ्यौ ?
- हजुर पनि उम्म्म्म्मम् ' लाडिदै थिई रुक्मिणी त्यही बेला बैठकमा फोनको घन्टी बज्यो ।
- शनिबार ! यतिबेला !! गाउ बाट हो कि ! ' रुक्मिणी बोली ।
- यै बेला फोन आउनु पर्ने ! धत्तेरी ! कल्याणले झिजो मानेर बोल्यो ।
- खुचिम ! भन्दै रुक्मिणी कल्याणको अगालो बाट फुत्की हाँस्दै ।
केहि बेरमै कल्याण पनि उठेर गयो बैठक तिर ।
- कस्को फोन थियो ? कल्याणले सोध्यो ।
- माथ्लो ( माथिल्लो) गाउको तमाङनि बजू आउँदैछिन् एक हप्ताको लागि काठमान्डौ । उताबाट ( बिदेशबाट ) सोनाम ( बजूको छोरा ) पनि आउँदै छ रे भोली नै । सोनामले बजूलाई हाम्रोमा जानु भनेर खबर गर्या रैछ '।
- ' ल ल ठीक छ । ति तमाङ परिवारले खुबै गुन लगा' का थे हाम्लाई । सक्दो हेल्प गर्नु पर्छ है रुकु ! '
- हो त नि हजुर ! त्यो बेला कत्रो खड्गो तार्न कम्ता गरेनन् तिन्ले !
उ फेरी बोली , - ' बजूलाई बौद्दनाथ घुमाउनुपर्छ है राजा ! बौद्दनाथ बौद्द धर्मालम्बीको ठुलो तिर्थ पो हो त ! '
कल्याणले सहमतिमा थप्यो - ' हुन्छ नि , उता स्बयम्भू पनि लैजाउला । '
गाउ बाट आफूलाई मद्घत गर्ने छिमेकी आउने खबरले दुबै खुशी भए ।
~~~~
६ दिन भयो बजूको आगमन काठमान्डौमा । बिदेशबाट सोनाम पनि आइपुगिसक्यो । ऊ पनि कल्याण झै थाकेर दिक्क भएर अब बिदेश नफर्कने गरी आएको छ नेपाल । अब उस्लाई पनि बस्नेत दम्पत्तिले झै काठमान्डौमा अपार्टमेन्ट किनेर यही शहर मा केही गरु भन्ने सोच आईरहेको छ । ४०- ५० प्रतिशत रकम बुझाएपछि अपार्ट्मेन्ट किन्न सकिने सुबिधाको कारण ऊ यही सोचमा डुबिरहेको छ अहिले ।
बिदेश जानु अघी ऊ लाङ्टाङ क्षेत्रमा भरिया भएर काम गर्थ्यो । थुप्रै बिदेशिहरुलाई लाङ्टाङ्ग - क्यान्चिङ्ग गोम्पा - साखुरी पिक पुर्याएको थियो उस्ले । गाउकै स्कुलमा ८ पढ्दा पढ्दै छोडेर भरिया काममा लागेको सोनाम पर्यटकको संगतमा अग्रेजी फररर बोल्न जान्ने भैसकेकोथियो । पछी ऊ गाइड बन्यो राम्रो अग्रेजी बोल्न जानेको कारण पनि ।
मुलुकमा भईरहेको आन्तरिक राजनीतिक कलहले अन्य क्षेत्र झै पर्यटन क्षेत्रमा पनि तुषारापात परेको थियो । ठुला - साना पर्यटन उधोगी देखी लिएर स- साना भरिया - गाइड सबैलाई त्यो तुषारापातले छोपेको थियो । सोनामलाई पनि त्यो तुषारापातले छोडेन । त्यही बेला गाउमा आर्मी र माओबादी दुबै मार्फत खासगरी युबाबर्ग प्राय : निशानामा परिरहन्थे । यि दुबैबाट छल्लिन ( यि दुबैको सम्बन्धमा नरहन ) र आर्थिक उपार्जनको लागि पनि सोनाम बिदेशीएको थियो । अब भने मुलुकमा त्यो स्थिती साम्य भएको छ । थुप्रै कल्याण - सोनामहरु मुलुक फर्किने क्रममा छन । सोनाम नेपाल आयो । अब के गर्ने ?? ऊ जस्ता युबा पिढिलाई गाइड गर्न मद्घत गर्नसक्ने सरकार बन्न सकेको छैन अहिले सम्म । उस्ले त्यही गर्छ जे उस्को आँखाले देख्दै आएको छ । जसरी बिदेश बाट फर्किएको कल्याण काठमान्डौ मै सेटल ( ब्यबस्थित बसाइ ) भयो , त्यसै गरी सोनामलाई पनि काठमान्डौमै सेटल हुने रहर जागेको छ । त्यसैले ऊ काठमान्डौ आए देखी नै अपार्ट्मेन्ट खोज्न र बुझ्न ब्यस्त थियो ।
~~
साझ्पख सोनाम र कल्याण संगै आईपुगे बियरका बोत्तल साथमा लिएर ।
' रुकु ! लौ यो गिलास भर है । ' भन्दै उस्ले बोत्तल किचनको टेबलमा राख्यो र उनिहरु पनि किचन मै आसन जमाएर बसे ।
' घा' र् भेट्यो धा कान्छा ? ' ( घर भेट्यौ कान्छा ) , माला जपिरहेकी बजूले सोनामलाई हेर्दै सोधिन ।
- ' भेट्नु ता भेट्यो नि थुप्रै तारा(तर) आबु कुन लिने चूज गार्नु दिन ता लाग्छ होई ! , सोनाम बोल्यो ।
बजूले यत्ती बुझिन अल्ली दिन लाग्ने भयो घर किन्न । ' ॐ मणी पेमे हुँम् --- ' बजूका माला घुमिरहे मन्त्र संगै ।
रुक्मिणी बोलीन् , - ' अपार्ट्मेन्ट पनि अब त भोटाहिटिको भेन्डिको भाउ र भाट्भटेनिको ( सुपर मार्केट्को ) भेन्डिको भाउमा फरक भए झै फरक फरक छ ! एकदम बुझेर हेरेर मात्रै लिनु पर्छ है सोनाम बाबु ! '
' हो ता नि भाउजु ! मो ता त्यै भे र बारु आजुइ डुल्चा । बारु गार्हो भे होटलमा बस्छा मो दाई भाउजु ? ' सोनामले कल्याण र रुक्मिणी तिर हेर्दै बोल्यो ।
' धत कान्छा ! हाम्लाई त्यती परको ठान्ने ! हामी ह्या हुँदा हुँदै किन होटल बस्नु पर्‍यो ! सुर्ता नमानी बस ! ' कल्याणले आग्रह स्बरमा बोल्यो ।
रुक्मिणिले थपिन्, - ' रगतको साईनो मात्रै साईनो होइन सोनाम बाबु ! मनको साईनो झन बलियो साईनो हो । त्यो बेला ' गुन हाम्ले बिर्स्या छैनौ । हामी आफ्नै हौ , कुनै सुर्ता लिनै पर्दैन ! ' , भन्दै गिलासमा थप् बियर खन्याई दिईन् कल्याण र सोनामलाई । अनि बजूतिर हेर्दै सोधिन् , - ' बजू ! हजुरलाई पनि दिउ बियर ? '
- ' दे ना ता दे आलिकाती , जाड जास्तो ता हुदाइना ता रा आल्ली तोङबा जास्तो चाइ हुना खोज्छा होइ ! '
रुक्मिणिले हाँस्दै बियर खन्याउन थालिन् गिलासमा ।
- ' भा यो भा यो ,त्यारो मान राख्नुलाई खान्छ मो , धेराइ ना दे ! ( भयो भयो तिम्रो मन राख्न लाई खान्छु म , धेरै नदेउ )
थोरै बियर पिएर बजू बैठकतिर गईन् र सोफामा पल्टिन आराम गर्न । केही बेरमा करुण आफ्नो रुमबाट बैठकमा आयो । बजू लाई हेर्यो , उस्लाई बजू निदाए झै लाग्यो र भोलुम सानो गरेर टि भि खोल्यो । साकिराको गीत आईरहेको थियो टि भि मा । करुण गीतको तालमा झुम्दै मनमग्नसँग हेरिरहेको देखेर बजू दङ्ग परिन् । कता कता ' बाक्क बाक्क ' उन्ले पनि सुनिछन अनि उठ्दै बोलीन् ,
-' क्या भानेको ! बुझ्दैना पो ! आल्ली चार्को लागाना ल्हे ! '
करुण ले बजूलाई डिस्ट्र्ब होला भन्ने सम्झी आबाज सानो गरेको थियो तर अहिले बजूलाई पनि सुन्न मन लागेको देखेर ऊ दङ्ग पर्दै मज्जाले भोलूम चर्को गर्‍यो । गित सकिए पछी चै टि भि बन्द गर्‍यो पढ्नको लागि ।
- ' त्यास्तो उफ्री बाफ्री गारेरा पो बाक्का बाक्का भा को त्यो गोरि नानी लाई बरा ! बाक्का बाक्का भायु पानी ( भयो पनि ) भान्चा आनी ( अनि ) हात जोड्यारा नामास्ते पानी गार्चा ! आरु ता क्या भान्यो मोइले ता बुझेना पो ! तोइले बुज्यो सानु काजी ? ( तमाङग शैलिमा लामो भाका गरी मिठो स्बरमा सोधिन बजूले करुणलाई )
' मैले पनि अरु त बुझेन बजू ' यती भनी करुण उता पट्टी फर्केर हास्यो मुसुमुसु ।
- ' बजू म पढ्न जान्छु है रुममा ' , ऊ उठ्यो ।
- ' जा जा पाड पाड ! पाड्नु पार्चा धेराइ होइ ! ' ( जाउ जाउ पढ् ! धेरै पढ्नु पर्छ है ! )
बजूले आशिर्बाद स्बरुप माला जप्दै गरेका हात उठाईन ।
- ' हबस बजू ' ऊ आफ्नो कोठामा गयो ।
बजूका माला छिट्टो छिट्टो घुम्न थाले फेरी ' ॐ मणी पेमे हुँम् --- '
किचनमा खाना तयार हुदैथियो , ढोका मा घन्टिको आबाज आयो टीईइ!!!!! रुक्मिणिले ढोका खोलीन् । छिमेकी शंकर श्रेष्ठ उभिएको थियो ।
- ' केही समस्या पर्‍यो कि ? ' रुक्मिणिले सोधीन् ।
- ' त्यै भे र त यता आएर ल्यायो म ! तपाईंको छोराले टि भि चर्को गरेर लगाउछ ! उता मेरो कोठामा डङ् डङ् सुनेर ल्यायो ! म त हैरान भैसक्यो बा ! यता आनन्दले बस्ला भनेर यो फलेत (फ्ल्याट ) किनेर ल्यायो ! का ! का! यस्तो चालले त छु ! छु ! यो त भेन नि ! छिमेक भे सि अरुलाई पर्ने समस्या पनि बुझ्नु पर्छ ! हो कि होइन भन्नुस् त ? , ' रुक्मिणी बाल्ल परिरहीन् । - ' म यत्ती भन्न् ल्यायो , गार्हो नमान्नु होला , छोरालाई सम्झाइदिनुस् ' , भन्दै ऊ गयो ।
रुक्मिणी अध्यारो मुख लगाएर किचनमा आईन् । करुण पनि रुमबाट आयो र चुपचाप उभिरह्यो । बजूले सबै कुरा त बुझिनन् तर रुक्मिणी र करुणको अध्यारो अनुहार देखेर केही चै पक्कै भयो भन्ने सोची सोधिन , - ' क्या भा यो ( भयो ) कजिनी ? क्या भान्चा त्यो मून्छे ?! '
रुक्मिणिले करुण तिर हेर्दै बोलीन् , - ' बाबुले चर्को स्बर गरेर टि भि खोल्यो रे ! उजुरी गर्न आ ' को बजू ! '
- ' आ !!! च्व च्व !! मोइले गा ' रे रा पो यल्ले ( करुण लाई देखाउदै ) चार्को गीत ला' यो धा ! च्ब ! च्ब ! फाक्कामा खप्की खायो ल्हे ! बारा !
चारैतिर हेर्दै बजू बोलीन् , ' भि दा ता छा ता भा का रीको भि दा ता होइना ता ! कासोरी सुन्छा ल्हे घा'र भि ता रा को गीत पानी आपुई !!!
( भित्ता त छ त ! भकारी को भित्ता त होइन ! कसरी सुन्छ घर भित्रको कुरा पनि ! आप्पुई !!! )
रुक्मिणी बोलीन् , - ' बैगुनी रैछ यो छिमेकी नेवार ! एक हप्ता अघी उस्लाई उधो उभो ( झाडा बान्ता ) हुँदा बहाले ( कल्याणलाई देखाउदै ) ह्यै ( अपार्ट्मेन्ट मै - शंकर कै कोठामा ) कत्ती हेर बिचार गरिस्यो ! सल्यान पानी दीस्यो ह्यै ल्याएर ! हाम्ले सर्बिस फिस ( सेबा चार्ज ) पनि ले नौ ! ऐले यत्ती सानो कुरामा औंला ठड्याएर गयो !
कल्याण बिचैमा बोले , - ' होइन रुकु ! यस्तो कुरामा गुन र बैगुन भन्ने हुँदैन ! तिन्को उजुरी जायज छ । डिस्ट्रब भए पछी डिस्ट्रब भयो त भन्नै पर्छ ! हामी आगन भन्दा पर को छिमेकी होइनौ , भित्ता जोडीएको छिमेकी हौ । त्यसमाथि पनि यि अपार्ट्मेन्ट का भित्ताहरु घर को भित्ता जस्तो बाक्लो हुँदैन । एकसरो ब्लक या एकसरो इट्टा लाई पातलो सिमेन्ट ले छोपछाप गरेर मात्रै बनाइएको भित्ताका कोठाहरु यस्तै हुन । आज हामीले उनिहरुलाई गाली गर्दा भोली हामीलाई उनिहरुलाई जस्ताइ पर्‍यो भने के भन्ने ? समस्या सबैलाई उस्तै हो । सधैं सतर्क रहनु पर्छ छिमेकी लाई यस्ता कुराहरुले बाधा नाप्रोस नपरोस भनेर !
बजूले थपीन् , - ' आबु छिउकिदा पानी बिस्तारइ गार् होइ , हाम्रो फुर्बाले ( उन्को माइला छोरा ) जस्तोइ मच्चेरा छिउकियो भाने ता त्यो ता बेस्मारी बाझ्छ होला होइ ! ( अब हाच्छिउ आउँदा पनि बिस्तारै गर है , हाम्रो फुर्बाले जसरी मच्चेर हाछिउ गर्‍यो भने त्यो छिमेकी त झगडा गर्न आउछ होला है ? उन्ले अनुमान
लगाएर भनिन् ।
सोनाम सबैको कुरा सुनेर घोत्लिरहेको थियो । सोचाइमा डुब्दै उस्को मन भने गाउको सेरोफेरोमा पुगिरहेको थियो । गाउमा बिहानी सूर्यदय संगै या सूर्यास्त हुने बेला दाम्जिङ्ग बजाउदै तमाङ सेलोमा गीत गाउने उस्को बानी थियो । झन् पुर्णिमाको रातमा रात भर रात भर नै उ जून तारा हेर्दै दाम्जिङ्ग बजाइ रहदा रात बितेको पत्तै पाउदैनथ्यो ! नेपाल फर्किए पछी यसरी नै दाम्जिङ्ग बजाउने उस्को धोको यथाबत् छ । अब यि रहर , बानिमा ' लगाम ' लागाउनु पर्ने छ उस्ले काठमाडौंको अपार्ट्मेन्ट बसाई संगै ---
कुराकानी संगै खाना पनि तयार भयो । गाउबाट ल्याएको चामल गेडागुडि सिद्दिसकेकोले काठमान्डौमै किनेको चामल दाल पाकेको थियो किचनमा । सबैले खाँदै गर्दा खानाका स्बादका कुरा पनि निस्कियो । सन्तोषी स्बभाबका बजू , सोनामले खानामा कुनै खोट लगाएका थिएनन् तर रुक्मिणिले खुलस्त भएर भनिन् , - ' के गर्नु बजू ! उताबाट ( गाउ बाट ) ल्याको चामल - दाल सबै सिद्दिदा यतैको किन्यौ । स्बाद त कता कताको फरक छ ! तरकारी - फलफूल - मासु क्यै उताको जस्तो नहुने बजू ! नमीठो भो होला है बजू ?
बजू बोलीन् , -' मि ठै छ बारा ! तोइले झान झुन गर्‍यो होइ ! बारा ! बारु( मिनरल को भाडा देखाउदै ) त्य्स्तारी पानी किनेरा खानछ होइ ! बरा ! दुक्का गार्याको पाइसा ( पैसा ) सापूई पानीले खान्छ ! साजिलो ता छैना पो होइ ! '
रुक्मिणिले मिनरलको जारबाट गिलासमा पानी भरिरहेकी थिईन् , सोनाम गिलास मा झरिरहेको मिनरल पानी हेर्दै टोलाइरहेको थियो ।
आज दिउसो ऊ २-३ घण्टा कल्याणको मेडिकल पसलमा बसिरहेको थियो साझ् संगै फर्किनलाई । मान्छेहरु औषधी लिन आईरहन्थे - गईरहन्थे । हेर्दामा सफा सुग्घर राम्रै देखिन्थे ति तर तिनको स्बास्थ्य दुषित भएको थियो काठमान्डौ को दुषित बातावरणले । खोकी - रुघा - टन्सिल - पिनास - घाटी दुख्ने - टाउको दुख्ने - आउ - पखाला - बान्ता - ज्बरो - अपच - आदी समस्या बताउदै औषधी लिएर जान्थे । प्राय : सबैको नाक - मुख ढाकिने गरी माक्स लगाइएको थियो ,कल्याणले पनि मास्क लगाएको थियो । सडक - बाटो- सबारी गाडी हरु कहिल्यै खाली देखिदैनथ्यो । तिन्का धुबा - धुलो - तिनले बजाउने टि!!! टि!!! को एकोहोरो कर्कर्श स्बर !!! मेला लागे झै सधैं को मान्छेहरुको घुइचो !!! यि सब बिरक्त मानेर हेरिरहेको थियो सोनामले मेडिकल पसलमा बसेर । बेला बेलामा यि कुरा हरु पनि गरिरहेको थियो उस्ले कल्याण सँग । कल्याण पनि यस्तो बातावरण देखी बिरक्त भएको उस्ले महशुस गर्‍यो ।
गम्भिर कुराकानी छलफलमा आजको दिन बित्यो ।
आजको रात रुक्मिणी र कल्याण दुबैलाई राम्रो निन्द्रा आएन । दुबैको मनमा 'अपार्ट्मेन्ट र यर्थार्त' कुराहरु खेलिरहेका छन धेरै बेर धेरै बेर ----
उस्तै भईरहेकोछ सोनामलाई पनि । नौ बर्ष जिबनको एक महत्ब पूर्ण भाग उस्ले हाड घोटेर काम गरेको थियो बिदेशमा । त्यसबाट रुखा सुखा जोगाएको पैसालाई पूर्ण रुपमा खर्चिदा पनि अपार्ट्मेन्ट किन्न पुग्दैनथ्यो , मात्र त्यो रकमले धितोमा अपार्ट्मेन्ट किन्न चै मद्घत गर्थ्यो । अनि त्यस पछी ? महिना महिनामा स्याज - ब्याज सहित फाइनान्सलाई तिर्नु पर्ने रकम --- त्यसको लागि काठमान्डौमा काम गर्दै ब्यतित गर्नु पर्ने जिन्दगी त्यो पनि रोगी शरीर लिएर --- काठमान्डौको प्रदुषित बातावरण ---गाडी -- धुबा -- धुलो -- रोगी मान्छेहरुको भिडमा थपिएको उ र उस्का थप् परिवार -- शहरी खाना -- मिनरलका बोत्तल हरु -- एक बित्ते भित्ता -- छिमेकी को कर्कश स्बर --अनि उस्ले बजाउने गरेको गाउको दाम्जिङ्ग ----

नमिठो निन्द्रामा रात बित्यो उसको ----

(कान्तिपुर समाचार " सरकारी सस्थाले अपार्टमेन्ट बनाउने " - बिहिबार २०६७ मङ्सिर १६ , केहि दिन अघि यो समाचार पढेकि थिए कान्तिपुर समाचार मा , त्यसपछी म घोत्लिएर सोचिरहे --- काम गर्दा - बस्दा - खादा जे गर्दा नि त्यै समाचार को कुरा मात्रै आइरह्यो मनमा , एउटा कथा लेख्ने कोशिस किन नगरु ! समसामयिक नै हो बिसय भन्ने सोची कथा तयार पारे . सोच्न त सजिलै भा' थ्यो तर बाबै ! टाईप गर्न र शुद्दा शुद्दी मिलाउन कत्ति गाह्रो हो ! )

7 Comments:

sasang said...

लुनाजी ! तपाईंका दुवै कथाहरु सशक्त, सन्देशमुलक र समसामयिक छन। नेपाली सेरोफेरोलाई जीवन्त बर्णन गर्दै समाजलाई नौलो पारीपाटीतर्फ डोर्याउने जमर्को नै यी कथाहरुको मुलमन्त्र हो| मानवीय संवेदनाको उच्च मुल्याङ्कन नै यी कथाहरुको आकर्षण बिन्दु हो। नेपालीपन, नेपालप्रति माया र नेपालीत्वले सजिएको यी कथाहरु पढिसकेपछी जो कोहिलाई पनि सोच्न वाध्य बनाउँछ....

Sasang Lama, New York

निमेस said...

कथाले हाम्रो सुन्दर सामाजिक परिवेशलाई राम्रो संग प्रस्तुत गरेको छ . सबै पात्रहरु सकारात्मक, मिहेनती र आशावादी बनाउनु लुना जी को कथा लेखनको राम्रो पक्ष हो . हरेक कुरा वा काममा समस्या हुन्छन तर तिनलाई सहज रुपमा समाधान गर्न अग्रसर रहने हो भने स्वाभाविक रुपमानै समाधान पनि हुन्छन . खाँचो राम्रो भावनाको हो . अत हरेक मान्छेले उसमा कसरि राम्रो बिचार प्राप्त गर्न सकिन्छ भन्ने तर्फको खोजीमा लागे संसार अति सुन्दर हुने थियो .
जहाँ सम्म अपार्टमेन्टको कुरा हो, बस्ति छरिएर हैन एकत्रित गरेर बसाउनु नै पर्छ . एकत्रित बस्तिले जमिनको अनावस्यक उपयोगमा कमि गर्दै सुबिधाहरुको वितरण सहज र सस्तो बनाउँछ .
अरु यस्तै सकारात्मक कथाहरु पस्कदै जानको लागि लुना जी लाइ अनुरोध र शुभेक्षा व्यक्त गर्दछु .

पोस्तक श्रेष्ठ said...

नेपाली भाषाको बोलीचालीको बिबिधतालाई पस्कनुभएको छ। शव्द चयनहरु सरल जनजिब्रोका छन्। मनको भावनाहरुलाई शव्दमा उतार्नु सजिलो त पक्कै छैन। समग्रमा कथा राम्रो छ। घटनालाई अलि क्रमबद्धरुपमा प्रस्तुती गर्नुपर्छ कि जस्तो लाग्यो । शुद्धाशुद्धीहरु लेख्दैजाँदा मिल्दै जालान्। कथा लेखन जारी रहोस्।

वेदनाथ पुलामी said...

आहा ! धन्यबाद लुना जी !!
अनौठो महसुश गरे यो कथा पढेर -ठ्याकै ठेट शब्दहरुको प्रयोगले कुनै गाउ तिर गएर कसैको गफहरु सुने जस्तो लाग्यो ! कति ठाउमा त मलाइ बुझ्न हमेहम्मे पनि भएको थियो !तपाईका कथा (सिर्जनाहरु) ले मलाइ नी सर बिजाउदै जादै छ ......प्रसंशा गर्ने पर्छ लेखाइ को !
... निमेष जी ले पनि राम्रो कुरा गर्नु भएको रहेछ -मन पर्यो !
----
यो नेपाली युनिक कोड अलिक प्रफेक्ट रुपमा विकाश गर्न सकिरहेको छैन ... सम्बन्धित निकाय ,सस्थाले ! तपाइँ लाइ जस्तै सबैसँग टाइप गर्न मुस्किल भएको अनुभव रहेको छ !

Nepalean said...

सबैले चलन चल्तीमा आउने शब्द टपक्क टिपेर राखेको मन पराउनु भएको रहेछ। मलाई पनि ती शब्दहरू निकै मन परे। कहिले कांही त लाग्छ कतै नेपाली भाषा नै लोप भएर हराउने त होइन?

लुनाको जी कथा समसामयिक लाग्यो। अत्यधिक गतीमा बढेको काठमाण्डौको शहरीकरणलाई एपार्टमेन्ट सिस्टमले केही सहयोग पक्कै पनि गर्नेछ तर छिमेकीको हो-हल्ला तथा एक अपार्टमेन्टबाट अर्को अपार्टमेन्टमा जाने आबाजले भने अपार्टमेन्ट बासीलाई पक्कै पनि दू:ख दिनेछ।

कथा पढेर रमाईलो अनुभव बाढ्नू भएकोमा नया पाठक सत्संग तथा निमेश जी लाई धन्यबाद। लामो समय पछी पोस्तकजी र बेदनाथ जी का अमूल्य टिप्पणी पढ्न पाइयो। फेरी पनि यस्ता रमाइला टिप्पणी पढ्न पाइयोस।

Luna said...

शुभ चिन्तक साथीहरुलाई हिर्दय देखी नै मुरी मुरी धन्यवाद है ।
अब लेखिने कथामा म सक्दो कोशीस गर्ने नै छु । फेरी पनि कान्तिपुर न्युज मा घोत्लिएको कारण अर्को कथा तयार भईसक्यो । यो अब आउने कथा पनि समसामयिक नै हो ।
यो कथा टाईप गर्दा म एकदम नै ध्यान दिने छु ।
पुन : हार्दिक धन्यवाद है सबैलाई ।

Shiva Prakash said...

लुनजीको कथा धेरैदिनदेखि पढ्ने सोचमा थिएँ तर बेफुर्सदीका कारण हुन सकेको थिएन । बल्ल अाज जुरेछ । सामाजिक परिवेश र धेरैको जीवनमा घट्ने कथा हो यो । तर जतिसक्दो कथालाइ छोट्याउने प्रयत्न गर्दा पाठकलाइ पनि सजिलो हुन्छ भन्ने सुझाव राख्छु है । धन्यवाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !