June 27, 2010

अन्नपूर्ण हिमालमा रगतका बाछिटाहरु

:-नरेन्द्र रौले
केहि बर्ष अघि जर्मनीको प|mर्याङ्र्फटमा शहर बरालिदै पुगेका थिए, कवि युयुत्सु आरडी शर्मा । त्यहाँ पुग्दा उनका एक जना जर्मन फोटोग्राफर साथी एन्डी्रज स्टीम बाट कालो झोला उपहार पाए । त्यो कालो झोला उनको घनिष्ठ साथी बन्यो । जता पुगेपनि कहिल्यै त्यो

झोला साथबाट नछुट्ने । दिनहुँ भिरेका हुन्थे उनले । प्रेमिका जत्तिकै प्यारो बनिसकेको थियो त्यो । यस्तैमा घुमन्ते कवि शर्मा हिंड्न दिएनन् । कालो झोला बोक्ने नै यस अघि बम त्यो कालो झोला बोकेर बेलायत हान्निएका थिए एकपटक । सुरक्षाकर्मीले कसैलाइ पनि कालो झोला वोकेर बिस्फोट गराइएका रहेछन् । यो घटनाले कविले यसलाई आफ्नो स्वतन्त्रता खोसिएको महशुस गरे । आतंकवाद सबै भन्दा निर्किष्ट चिज रहेछ भन्ने उनलाइ लाग्यो । यसै घटनालाइ उनले आफ्नो पुस्तकमा शशक्त ढंगमा समेटे । अंगे्रजी र नेपाली दुबै भाषामा तिखो सँग कलम चलाउन सक्ने लेखक एबं कवि युयुत्सु आरडी शर्माका एक दर्जन कविता संग्रह प्रकाशित छन् यसपाली पहिलो पल्ट गै्रह्र आख्यान कृती अन्नपूर्ण एण्ड स्टेइन्स अफ ब्लड -अन्नपुर्ण हिमालमा रगतका बाछिटाहरु) पाठकमाझ सार्बजनिक गरेका छन् उनले । विशेषगरि युयुत्सु आरडी शर्मा कवि हुन् । तर अब ग्रैह आख्यायनमा पनि आफ्नो दख्खल देखाएका छन् उनले ।

पुस्तकको सुरुवात गोपाल प्रसाद रिमालबाट सुरु गरिएको छ । कविले रिमालको घर गएको, उनलाइ भेटेको कल्पना गर्दै पुस्तकको सुरुवात गरेका छन् । छ्यालिस सालको आन्दोलनमा पुलिसबाट बलात्कृत भएकि र पछि मारिएकी पोखराकि लक्ष्मी कार्कीलाइ लक्षित गर्दै लक्ष्मी लेकाली शिर्षकमा लेखिएको कविताले हरेक पाठकीय मनलाइ आन्दोलित बनाउँछ । न्युरोडको कवि कुना, जनआन्दोलन देखि बर्तमान समय सम्मको साहित्यिक गतिबिधी पनि यसमा समेटिएका छन् ।

विगत एक दशक देखि युरोपियन मुलुकह/m घुमेका, साहित्यक,गोष्ठि, सेमिनार, क्रियटिभ लेखनमा संलग्न र विभिन्न पत्रपत्रिकाहरुमा स्तम्भ लेख्दै आएका र कविता लेखेरै जीवन चलाउदै आएका आरडीको पहिलो गैरआख्यानले पाठकहरुलाई नया स्वाद चखाउछ । "कविलेे लेखेका गद्य, गद्य लेखकले लेखेको भन्दा उत्कृष्ट हुन्छ ।" पाब्लो नेरुदा लेरुदाले भनेझैं कवि आरडीले लेखेका गद्यमा पनि त्यसको छनक भेटिन्छ । किताव तीन भागमा बाँडिएको छ ।

पहिलो खण्डमा नेपाली राजनीति, राजनितीले निम्त्याएको द्धन्द्ध, र हिसांमा केन्दि्रत छ । नेपाली राजनितीमा हिसां, आतंक र शान्तिको खोजीमा निरन्तर संघर्ष भएरहेको छ । ०४६ सालमा भएको जनआन्दोलनका दृश्य , प्रजातन्त्रमा राजनीतिक पार्टीले खेलेका भूमिका र उनीहरुले खेलेका नाँगा नाँच यसमा छर्लङ्ग देखिन्छ । राजनितीक दलले गरेका बन्द र हडतालमा आम मानिस र पर्यटकले भोग्ने गरेको तीतो समस्या बर्णनको यो भागमा चित्रण गरिएको छ ।

कामको सिलसिलामा इराक पुगेका बाह्र जना नेपालीहरु त्यहाँको आतंकवादी समूहद्धारा मारिदा त्यसको प्रतिक्रिया स्वरुप राजधानीमा भड्किएको हिंसा, म्यानपावरमा भएको तोडफोड, मिडियामाथिको हमला,मस्जिद माथी आगो लागेको प्रसंग रोचक ढंगमा पस्किएका छन् । इराक घट्नाले गर्दा यस हिमाली देशका सेता हिमालहरुलाई कुरुप बनाएको ठहर गरेका छन् कविले । त्यसैले घट्नाले घोचेर होला लेखक आरडीले पुस्तकको नाम नै अन्नपूर्ण हिमालमा र रगतका वाछिटाह/m राखे । नेपाली साहित्य लेखनमा राजनीतिले खेलेको भूमिका विशेष गरी यसमा चित्रण छ ।

अन्नपूर्ण हिमालले खुवै मोहनी लगाएको छ लेखक आरडीलाई । उनका सवैजसो कृतिह/m अन्नपूर्ण हिमालको बयान कहिल्यै छुट्दैन । अन्नपूर्ण हिमाल उनको जीवनको अभिन्न अंग जस्तै वनि सकेको छ । किशोर अवस्थामा कहिल्यै नछुट्ने पे्रमिका जत्तिकै प्यारो छ अन्नपूर्ण उनका लागि । भाग दुइ अन्नपूर्ण हिमाल माथी केन्दि्रत छ । हिमालप्रति पश्चिमेली र पुर्बेलीहरुको दृष्टिकोण यसमा भेटिन्छ । हामी हिमाललाई पुजा गछौं । उनीहरु दम्भ र जीतका रुपमा लिन्छन् काठमाण्डौँको स्वच्छ हावापानी, खेतवारी, खोलानाला कसरी परिवर्तन हुँदैछन् ? त्यहाँको पर्यावरणिय स्वरुपको सुन्दर रुपमा बयान गरिएको छ यसमा ।

अर्कोतिर महान् कहलिएका केहि नेपाली र विदेसी साहित्यकारले गरेका गल्तिहरु पनि यसमा औल्याएका छन् लेखकले । वालकृष्ण सम ले एंेसेलु झाङ्मा पीङ् खेलँुला भनेको प्रसंग र अन्य रोचक प्रसंग यसमा समावेश छन् । त्यस्तै महाकवि देवकोटाले मुनामदनमा मदनलाइ हैजा लागेको लेखेका छन् जहाँ कि उनलाइ लेक लागेको थियो । अर्का विश्वप्रसिद्ध उपन्यासकार फ्लौबर्ट ले आफ्नो उपन्यास म्याडम वोभारी मा गरेको गल्तिलाइ पनि औल्याएका छन् । त्यस उपन्यासकि पात्र लाइ सुरुमा खैरो रंगकि छन् भनिएको पछि नीलो भनिएको छ ।

साथै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान् विजुक्छेले भक्तपूरको सौन्र्दय लाई कसरी जोगाएर राख्न सके, त्यसको बयान छ । आफ्नो जीवनको यात्रा क्रममा लेखकले भोगेको , र घटेको घटनाहरु लाइ मनछुने ढंगले पस्किएका छन् लेखकले । करिव चारवर्ष अघि लण्डन यात्राका क्रममा बम बिष्फोट भएको घट्नालाई तेस्रो भागमा समावेश गरेका छन् उनले । इस्लामिक आदिवासीले वम पड्काएर मान्छे मारेको सन्दर्भ उल्लेख छ यसमा । विश्व भरिका मानिस, भिन्नै जाति , धर्म र वर्ण भएको यसठाउमा वम बिष्फोट पछि लेखकले देखेको भय त्रास र डर , आंतक चित्रित गरेका छन् । हिसांवाट कुनै पनि कुरा सम्भव छैन । अरुलाई दुख दिएर कुनै पाइदा हुँदैन भन्ने कुरा छर्लङ छ यसमा । निराला पब्लिकेशन , भारतबाट प्रकाशित अन्नपूर्ण एण्ड स्टेइन्स अफ ब्लड समासामायिक नेपाली राजनीतिक इतिहास, द्धन्द्ध , अन्र्तराष्ट्रिय , आतंकवाद , साहित्य माथि केन्दि्रत छ समग्रमा यो कृतिलाइ कविको आँखाले देखेको राजनीतिक उथलपुथलको दस्तावेज भन्न सकिन्छ ।

([email protected])



7 Comments:

Basanta said...

जानकारिका लागि धन्यबाद!

एक ठाऊँमा "---छ्यालिस सालको आन्दोलनमा पुलिसबाट बलात्कृत भएकि र पछि मारिएकी पोखराकि लक्ष्मी कार्कीलाइ---" भनिएको छ, तर मैले बुझेसम्म लक्ष्मी कार्कीको हत्यानै भएको भने होईन त्यतिखेर। मेरो स्मृतिले धोका दिएको पनि हुनसक्छ, रौलेजीबाटै केहि थप कुराको आशा गर्दछु।

Nepalean said...

maile pani tehi bhanna ateko basanta ji. Lakshmi Karki lai police le balatkar gareko/garna prayas gareko ta taha chha tara uni mariyin bhanne chai taha thiyena. Huna ta hijo aja unko name sunidaina tara 046ma uni nikai charchit thyiin.
Lekh tatha jankari ko lagi raule ji lai dhanyabad.

पीजी said...

लक्ष्मी कार्कीसंग त्यति बेला व्यक्तिगत रुपमा नै राम्रोसंग चिनजान भएकोले पनि मलाई त्यतिबेला थाहा भएका कुराहरु राख्न मन लाग्यो ।

उनलाई गिरफ्तार गरेपछि हिटरमा पिशाब फेर्न लगाउने लगायतका अन्य धेरै उत्पिडनहरु गरिएका थिए । यातनाबाट बिरामी परे पछि जस्तो लाग्छ, एकपटक तात्कालिन रानी ऐश्वर्या पोखरा (पश्चिमान्चल) अस्पतालमा उनलाई भेट्न जांदा लक्ष्मीले रानीको मुखमा थुकेकि थिइन । ०४८ को संसदीय निर्वाचनमा उनी स्याङजाको एउटा निर्वाचन क्षेत्रबाट एमालेको उम्मेद्वारका रुपमा चुनाव लडेकि थिइन र पराजित भएकि थिइन । चुनावमा उनले पाएको यातनालाई उल्टै विपक्षीहरुले उनकै विरुध्द प्रयोग गरेका थिए । केहि व्रष पछि नै बिहे गरेकी उनी राजनीतिमा निष्कृय रहंदै आएकि थिइन (केहि वर्ष अगाडिसम्मको मेरो जानाकारी अनुसार) ।

एउटा छुट्टै किसिमको लेखको लागि नरेन्द्रजीलाई धन्यबाद ।

पीजी said...

अझ यहांनेर एउटा कुरा छुटेछ : उनलाई मारेर फालेको भन्ने हल्ला चलेको थियो र त्यसको केहि दिन नै रानी फलफुल सहित त्यहां पुगेकी थिइन र सो कुरा समाचारमा प्रसारित गरिएको समेत थियो ।

एकलव्य ( Eklavya) said...

लक्ष्मी कार्कीका बारेमा ०४६ आन्दोलनसंग गाँसिएका कतिपय कुरा साँचो हुन र कतिपय पछि स्याङ्जा क्षेत्र नम्बर ४ ( त्यतिबेला ४ वटा क्षेत्र थिए ) मा शंकर पाण्डे बिरूद्ध चुनावमा खडा गराइँदाका चुनावि मसला पनि । लक्ष्मी स्वयं भने स्याङ्जा क्षेत्र १ पौवेगौँडाकी हुन् । ०४६ आन्दोलनताका अखिल पाँचौका तर्फबाट स्ववियुकी कोषाध्यक्ष रहेकी उनी आँफू पनि रहेको त्यही स्ववियुकै सभापति कास्कि क्षेत्र नम्बर १ का झलक सुबेदीसंगमा लामो समय प्रेम सम्बन्ध पछि विवाह गरी वैवाहिक सम्बन्धमा छिन् । झलक सुवेदी भने ,जनआस्था पत्रिकामा लामो समयसम्म पत्रकारिता गरेर अहिले विस्तारै माओवादीतिरको झुकावमा जाँदै हरि रोकाको ( एमालेबाट निक्लेर हाल बढी खरानी घस्ने माओवादी विद्वान बनेका ) बाटोमा रुपान्तरण हुने क्रममा छन् । लक्ष्मी कार्की भने बढी जसो एमाले नेताको कर्म थलो रहेको एनजिओको डलरे जागिरमा छन् ।

एकलव्य

एकलव्य ( Eklavya) said...

यी सबै कुरा पोखरास्थित पृथ्वीनारायण नारायण क्याम्समा भए गरेका हुन् । जतिबेला त्यो क्याम्पस् र त्यहाँका केटा र केटीका लागि रहेका दुइटा होस्टलहरू एमाले अखिलका अभेद्य किल्ला मानिन्थे जहाँ अरू दलहरू चेलाचपेटा निषेदित नै थिए । माष्टरी जागिर खाँदखादै अमेरिकी नियोगको सहयोगमा सरकारको तलबी इनसर्भिसमा रोल्पाबाट बि एड पढ्न आएका अहिलेका माओवादी नेता कृष्ण बहादुर महरा त्यही होष्टलमा निर्घात कुटिएका थिए २०४४ तिर , गैर एमाले विद्यार्थी नेता होस्टेलमा बसेको नसिहत र चुनाबी तालमेलमा सकारात्मक नभएको भनेर । जे होस् , पृथ्वी नारायण क्याम्पस्, त्यहाँको पढाइभन्दा ठूलो राजनीति, तमाशा र र्‍युमर्सहरूका बारेमा त्यसै बहकिएकोमा क्षमा चाहन्छु , तर प्रसंगवस् यो कुरा आयो ।

Nepalean said...

PN campus ko arko rajnitik pachya: Scholarship ra stiphen ko lagi swo.bi.yu ko swikirti chaiyne. Pachi pulchowk pade pacho po taha bho, stiphne ta exam ma number obtain gareko adharma diyini paisa po rayecha.
PN campust ko rajniti pani gajjab chha.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !