October 27, 2009

ईन्टरनेट चलाऔं, दिमाग बढाऔं !!!

netmania केही समय अगाडि दौँतरीमै शुन्य समयजीले इन्टरनेट एडिक्टेडहरुलाई बिजुलिको झट्का दिएर उपचार गरिने कुरा लेख्‍नु भएको थियो । त्यसको केही समय पछि, सुरुमा रहर अनि आदत हुँदै नशाको रुप लिने ईन्टरनेट प्रयोगी (रोगी?) कालागि अमेरिकाको सिएटल र चिनका केही स्थानमा इन्टरनेटको लत छुटाउने पुनर्वास केद्रको समेत शुरूआत भैसकेको कुरा यस्तै पत्र-पत्रिकामा पढेको थिएँ।

अनलाईन च्याट, सोशियल नेटवर्किंग र यस्तै अन्य अनलाईन गतिविधिको नशा चुरोट, सुर्ती र रक्सी जस्तै बन्न थालेपछि यस्तै र अन्य यस्तै खालका समाचारका आधारमा, यो पुरै अन्तरजालोलाई तपाई पनि खराब मान्ने सुरमा हुनुहुन्छ भने एकैछिन पर्खनुस !।

भर्खरै सार्वजनिक गरिएका एउटा सोधका तथ्याङ्कले ईन्टरनेटका केही अपत्यारिला गुणहरु प्रकाशमा ल्याएको छ ।

युनिभर्सिटी अफ क्यालीफोर्नीयामा प्रोफेसर गेरि स्मलको टिमले गरेको अनुसन्धान अनुसार इन्टरनेटले शिथिल दिमागको लागि ‘टनिक’ को काम गर्छ । उनले ५५ देखि ७८ बर्ष उमेर समुहका महीला तथा पुरुषमा गरेको अध्ययनले सो कुराको पुष्टी भएको छ ।

अध्ययनमा सहभागी गराईएका व्यक्तिहरु मध्य आधालाई सामान्य दैनिक कार्य जे जस्तो गर्दै आएका थिए त्यत्तिकै छाडेको र आधालाई भने १५ दिनसम्म हरेक दिन एक घन्टा इन्टरनेट चलाउन लगाईयो । यो प्रयोग सुरु गर्नु भन्दा अगाडि सबै सहभागीको ब्रेन स्क्यान (functional magnetic resonance imaging) गरीएको थियो र पन्ध्र दिनपछि पून: सबैको ब्रेन स्क्यान गरेर हेर्दा, ईन्टरनेट चलाउनेहरुको दिमागको त्यो भाग जसले स्मरण गर्ने, सूचना संग्रह गर्ने र भाषाको ज्ञान राख्‍ने गर्छ, त्यो पहिला भन्दा बढि सक्रिय भएको पाईयो ।

ईन्टरनेटको प्रयोगले स्मरण शक्तिमा सुधार आउने र भुलने रोगबाट समेत छुटकारा दिलाउने बताईएको छ । जे होस जवानीमा नशा नै भएपनि उमेर ढल्केपछि भने दिनमा १ घन्टा इन्टरनेट चलाउनु लाभदायकै रहेछ कसो ?

(समाचार स्रोत: पत्र-पत्रिका र ईन्टरनेट)



6 Comments:

Anonymous said...

राम्रो जानकारी इन्टरनेटबारे । इन्टरनेटको लत छुटाउने पुनर्वास केन्द्रको समाचार यसअघि मैले कहिल्यै सुनेको थिइन । जानकारी गराउनुभएकोमा धन्यवाद ।
ममा पनि इन्टरनेटको लत छ तर म यसलाई छुटाउन चाहन्न । इन्टरनेटको प्रयोग सकारात्मक तरिकाले गरौं है ।

ब्लगर भेटघाट अनि साहित्यिक गफगाफ

Prajwol said...

प्रगतीशिल काम केही नभएर दिमाग भुस हुन थाल्यो भन्ने ठुलो डर थियो मन मा, अब भने ढुक्क भयो । Internet को त सानो तिनो addict नै हुँ म त :D

Biplab said...

I must be a genius then. I use computer 24/7.
Whatever, if something is more it is addiction. If it is less it is inadequate. If it is in the middle, that is excellent.

पीजी said...

५५ देखि ७८ वर्षको पो कुरो भो त यो । ५५ भन्दा मुनिकालाई त के गर्छ के गर्छ । किन हो ती रिसर्चरले फेरि भर्खरकालाई नछानेर बुढापाका छानेको ?
अरु जे भए पनि धेरै चलाउनेलाई एकोहोरे र हाइपर चाहिं पक्कै बनाउंछ ।

जे भए पनि अलिकति त आश जगायो है यो रिसर्च ले!

bhimsen limbu said...

म त आदत कसरी छुटाआै भन्दै सोच्दै थिएँ । अब भने ढुक्क भएँ । बुढेकालसम्ममा त दिमाग बढेर कहाँ पुग्ला ?

नेपालियन said...

हो त जस्ले धेरै चलाउंछ, तिनै ठिटा ठिटीको रिसर्च गरेपो। अब ती ५५-५६ बर्षे रिटार्यडहरको सर्भैले हामीलाइ के काम लाग्ला।

हुन त ठिटा ठिटीहरुले टाइम छैन भनेर पो बुढा बुढी को रिसर्च गरिएको होला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !