July 13, 2009

फेरी अर्को पासो भित्र

प्रबिण थापा

प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती

गगनमा उड्नु सधैं क्षितिज चुम्नलाई
दाग लाग्छ यो संसारमा नझरेकै जाती

छुट्टै संसार बनाउने तिम्रो मेरो भन्थ्यौ
आदर्शका कुरा अब नगरेकै जाती

सुक्क सुक्क गरी गोहिको आशु नबगाउ
तिम्रो मनमा मेरो माया नसरेकै जाती

चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती


10 Comments:

नेपालियन said...

ओहो प्रबिण जि यो त सारो पो गयो।
सुनामी टर्दा त मान्छे तर्सित हुन्छ अब नटर्दा के होला।
लौन प्रभु सोरो बियोगान्तक गजल भो। हुन त यो गजल मात्रै होला, लाइभमा त यो नहोला नि है?

Unknown said...
This comment has been removed by the author.
Unknown said...

जमै शेरहरु राम्रा लागे पनि मत्ला र मक्ता भने अझै वजनदार छन् ।
प्रबिण माथि सुनामी नटरेकै जाती
तिमी बाँच्नु हाँसेर म मरेकै जाती

चोटको उपहारमा रमाउन थालेको छु
फेरी अर्को पासो भित्र नपरेको जाती

बाँकी नेपालियनजीले भन्नु भएजस्तै, म पनि साँच्चीकै जिन्दगीमा चाही यस्तो पक्कै हैन होला भन्ने ठान्छु ।

नेपालियन said...

हो त हैन र दिलीप जी? सारै कठोर पो लाग्यो!

हुन त म पनि काहिले कांही कबिता कोर्छु। दुख,हासो,ठट्टा आदी इत्यादी मिसिने गर्छन तर यती कठोरता आफुमा प्रकट गरेको याद छैन।

अझै यो गजललाइ भिज्योलाइज गरे त मान्छै हेर्दा हेर्दै आंखा भिजाउछन जस्तो लाग्यो। तर कथा भन्दा भावनमा धेरै प्रबल छ यो गजल।

प्रबिण थापा said...

धन्यवाद नेपोलिएन जि र दिलिप जि लाई, दु:ख, सुख, बाधा अड्चन त जीवनको पर्याबाचि शब्द नै हो भन्दा पनि हुन्छ त्यसैले जो कोहिलाइ पनि यसले छोडेको हुँदैन। मलाई अलि पिंडा समेटिएको लेख तथा रचना बढि मन पर्छ किनकि मलाइ यस्ता लेखहरुमा वास्तबिकताको अभाष हुन्छ त्यसैले मेर धेरै सिर्जनाहरु पिंडादायि नै पाउछु म पनि।
तर चिन्ता नगर्नुस गजलको भाब र वास्तबिक जिवन यात्रामा निकै पृथकता छ।
ल साथिहरुको लागि भएपनि आगामि गजल चाहि सुखद अनुभुति दिने खालको पस्कने भए र चाडै नै आउदै छ।

नेपालियन said...

पक्का हो त प्रबिण जि आउने गजल सुखद अनुभुति दिने खालको पस्कदै हुनुहुन्छ?
ल त है, कुर्दै बसौं।

waka said...

ramro chha ,keep it up

Luna said...

Prabin ji !
it is very nice .
keep it up .

जोतारे धाइबा (Jotare Dhaiba) said...

भावुकताको लेप भए पनि गजल भने भावपक्षलाई हेर्दा एकल यात्रा हाँक्न सक्छु भन्ने आँटी पाराको पाएँ मैले । चुनौतीलाई पुकारेको छ, आजको विसङ्गत समयको कठोरतम यथार्थ यही हो । गोली चल्दाचल्दै घाउ मुसार्दै मुखमा गाँस हाल्नुपरेको छ ।

प्रवीणजी सुनामीको स्वागत गर्ने तपाईँभित्रको सर्जकीय शक्तिलाई शुभ यात्रा भन्छु । वेदनामय रचनामा यथार्थको मात्रा बढी हुन्छ, कारण हाम्रा जीवनमान्यतामा दु:खका डोबहरू नै सङ्ग्रहित भएर बस्छन् । तपाईँको वेदनामय रचना पढ्दा पनि उत्तिकै आनन्द आउनेछ हामीलाई ।

प्रबिण थापा said...

वका जि र लुना जि लाइ धन्यवाद! हो नेपोलिएन जि मैले त दौतरी मा पोस्ट गरिसकेको छु बाँकी अब तपाईंहरुको कुरा कहिले प्रकाशन गर्ने भन्ने ।
धाइबा जि ले त झन मलाई सुराउनु पो भयो, वास्तवमै पिंडा हरु बिचबाटै जीवन दौडने बाटाहरु बन्छ जस्तो मलाई पनि लाग्छ, दु:खले त मानिसलाइ सजिलोसँग जिउन अनि समस्याहरुको निडर भएर समाधान गर्न सिकाउदो रहेछ त्यसैले जिवनमा सुनामि आओस तर नडराइ सामना गर्न सक्छु भन्ने साहास बटुलेको छु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !