December 20, 2008

एक छिन हासौंन - ७

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
कुकुरको इमान्दारिताको कुरा त शायद मान्छेले पनि उनिहरुलाई त्यही प्रकारको माया,अनुशासन दिएर,सिकाएर हुन सक्ला त्यसरी नै हामीले पनि गर्न सके त हाम्रा देशका भुस्याहा कुकुरहरु पनि त्यस्तै हुने थिए होलान। तर समय र परिस्थितीले गर्दा हामी नै त्यस्तै भुस्याहा कुकुरमा नै झन्डै परिणत भै सकेका छौ अनी बिचरा त्यो निरिह पशुहरुको त के कुरा? आफ्नो देशमा मान्छेको नै गाँस,बास हराइसकेकोबेला कुकुरलाइ कहाँ बाट मान्छेको जस्तै सहुलियत र आराम? । हुन त हाम्रो देशमा पनि त्यसरी सधाएका र त्यसरी पालेका कुकुरहरु होलान जुन हामीजस्ता सर्व साधारणले देख्न असमर्थ पनि छौ।

अहो म त कुकुरको कुरा गर्दा गर्दै यसैमा हराउन थालिछु। जे होस् यहाँ कुकुरहरु इमान्दार भए जत्तिकै हामी पनि आफ्नो देशमा इमान्दार बन्ने कोशीश सबैले गरेमा शायद हाम्रो देश पनि अलिकती सुध्रिनेथियो होला। यस्को अर्थ हाम्रो देश नराम्रो छ भन्नु खोजेको चाँही होइन। हाम्रो देश को कला सस्कृती र सभ्यता सँग अरु देश दाँज्ने हो भने हाम्रो देश अत्ती नै धनी छ, तर हाम्रो मानसिक्ता मात्र अलिकती कम्जोर र स्वार्थी भएकोले हामी अरु देश भन्दा अलिकती पछाडि छौ कि भन्ने महसुश भएको हो। हुनत हामीबिचमा पनि सोचाइ को गरीबी छ, मान्छेलाई हेर्ने दृष्‍टिमा फरक छ अनी कहाबाट अरु देशको तुलनामा हाम्रो देश आओस त? । अब मेरो आफ्नो नै म उदाहरण दिउ न ,यहा मरी मरी १० घण्टा काम गर्दा पनि भएकै छ। यही काम नेपालमा गर्न मलाई लाज हुन्थ्यो। मेरै नजरमा शायद मान्छेमा भेद थियो होला। त र यहाँ आएर सोचाइ, कर्तब्य, मेहेनत, काममा भिन्नता आएको छ। यही आँखाले सबैलाई बराबराएर देख्न थालेको छ शायद यही सोचाइ र मेहेनत आफ्नो देशमा पनि भएको भए म जस्ता हज्जारौ मिलेर आफ्नो देशलाई पनि उन्नतिको मार्गमा लमकाउन सकेको भए हाम्रो देश पनि उन्नतिको मार्गमा लम्कनेथियो होला। त्यसैले त हामी अरु देश भन्दा पछाडि पर्न गएको हो। हुन त मैले कुकुरको कुरा सँग हामीलाई दाँजे यस्को अर्थ यो होइन कि हामी मान्छे कुकुर समान छौ तर यस्लाई सकारात्मक् अर्थमा हेर्ने हो भने अरु देशका पशु त यत्ती इमान्दार र होसियार छन भने हामी मान्छे भएर पनि किन यत्ती कमजोर र बेइमान ?। भन्न खोजेको मात्र हो। यदी कसैलाई अपाच्य हुन पनि सक्छ। यस्को निम्ती म यहाँहरुलाई मलाई सहि सल्ल्हा र सुजाव दिएर मेरो सोंच र लेखनमा अरु उर्जा थपिदिनु हुन बिन्ती चडाउदछु। ल त आजको मेरो अनुभव/अनुभुती पशुको कुरा देखी देश र हामी जनता सम्म पुगेर टुग्याउदैछु। अर्को अंकमा ।
क्रमश:



4 Comments:

Luna said...

हामी नेपाली को बाध्यता बाहिर बिदेश मा गएर १० घण्टा काम गर्छौ जुन काम नेपाल मा गर्न लाज मान्छौ भन्नु भो नि प्रभा जि , त्यही काम गरेर नेपाल मा जिबिका चलाऊन मुश्किल पर्छ भने त्यही काम बिदेश मा गर्दा आफ्नो जिबिका देखी नेपाल का सम्म लाई पाल्न पुग्छ । हो यही कारण ले गर्दा तपाईं हरु जस्तो आर्टिस्ट मान्छे , कारीस्मा जि जस्तो नम्बर १ आर्टिस्ट मान्छे अमेरिका मा बर्गर बेचेर बस्नु पर्या ।
हाम्रो मुलुक को स्थिती मा कायापलट भएर कानूनी देश बनिदियोस त ह्बार ह्बार्ती सबै नेपाली नेपाल मै फर्कान्छान ।
खाए खा नखाए घिच हुँदै दोस्रो दर्जाको नागरिक भएर बस्नु पर्दाको पिर यि स्बतन्त्र प्रेमी नेपालीको हिर्दय मा कती छ -- अझ खाडी - अरबियन मुलुक हरुमा बस्ने नेपाली दाजु भाई दिदी बहिनिको हालत --

prabha said...

अहो !लुना जी कस्तो मीठो प्रतिक्रीया/ हो नि महिनाभर कमाएको तलबले छोरा छोरी पाल्न नै धौ धौ हुन्छ/अहिलेको आकाश छुने महँगी/ यहाँ भने एक्दिनको कमाइ नै हाम्रो देशको महिनाभरको तलब हुन्छ/ यसैले पनि हामी वाध्य छौ बिदेशिन/ त र कोही यस्ता खालका जमात पनि छन जस्ले बिदेश मा बस्नेहरुलाई गाली पनि गर्छन् र आफु स्वाभामिमानी छु भन्ने गर्छन् त र के गर्नु ?स्वाभिमानमा मात्र बाचेर ?जब आफ्नो भविश्य नै अन्धकार हुन्छ भने? कस्लाई माया लाग्दैन र ?आफ्नी जननीको त र बाध्यता हो/दुई दिन दु:ख गरेर अर्काको माटोमा बसेर भोलिको सन्ततिलाइ राम्रो हुन्छ भने गर्न पनि त पर्‍यो नि ? वास्तवमा सरोज खनाल ले आईस क्रीम बेच्यो भन्ने खबर आज भन्दा १२/१४ बर्ष अगाडि नै पढ्न पाउदा म पनि हासेकी थिए त र अहिले यथार्थमा आइस क्रीम बेच्न पाउनु त कत्ती महान काम रहेछ/त्यती हुनलाई पनि लिगल हुनु पर्‍यो/भाषा राम्रो हुन पर्‍यो/यहाँका खैरेहरुले झाडु लाउने काम गर्छन् भने हामी बिदेशिले जब किन्बेच गर्ने काम पाउछौ नि त्यो पाउनु त सबै कुराले साथ दिएको मान्नु पर्छ/ भन्ने नै हो भने डा. पढ्न आउनेले भाँडा माझ्ने काम सम्म गर्छन् अरुको त कुरै छाडौ न/त र त्यस्पछिको जीवन सफल बन्छ त्यसैले पनि गर्न तयार भइेन्छ/ त्यसैले करिश्माले बर्गर बेच्न पाउनु भनेको अमेरिकाले उस्लाई अब तलाई यत्ती गर्ने अधिकार छ भनेर अधिकार दिएको हो यदी त्यो अधिकार नभए त अरु नै के के गर्नु पर्थ्यो/ त्यो भन्दा झन गिरेर/त्यसैले बर्गर बेच्नु,आइस क्रीम बेच्नु,वैट्रेस काम पाउनु भनेको यहाँ चाँही अलिकती एबिलिटी भएको नै मान्नु पर्छ/ यदी हाम्रो देशमा पनि त्यस्तै सोँच,त्यस्तै दाम भए हामी किन बिदेशिनु पर्थ्यो हैन र ?प्रतिक्रीया चित्त बुझ्दो छ/यहाँलाई धन्यवाद /

prabha said...

सम्पादक ज्युमा निवेदन /
मेरो अनुभव/अनुभुती क्रमश:प्रकाशित गरिदिनुभएकोमा धन्यवादकिन कि यस्को लागि मैले समय निकै चोरेकी छु/ब्यस्त समय पनि मैले खर्चेकी छु/ तर अनुभव क्रमश नआएर डिसेम्बर १५ तारिकमा पठाएको छुट्न गएछ/ यसरी छुटेमा भावनाका लहरहरु पनि छुट्न जान्छन र खिचडी बन्न पूग्छ/ शायद यस्तै भएको हुनुपर्छ/ अरु सब ठिकै छ/बच्चाहरुको बारेमा लेखेको छुट्न गएकोछ/मैले फेरी पठाएकी छु कृपया मिलाएर राखी दिनुहोला/ म कन्फियुज त अवश्य भइन होलाअन्य फेरी मेरो प्रयास जारी रहने छ/
धन्यवाद /
आचार्य प्रभा

Ashal said...

भोलान जी,
मैले हजुरको साहित्यिक रचना हेरे धेरै राम्रो जारी राख्नु होला।
राइ अशल कुमार

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !