December 25, 2008

गजल - ढाट्यो छोराले

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )

बेलैमा मृत्यु सित जिन्दगी साट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।

कलेजको निहुँ पारी घरबाट निस्कीएर
डान्सबारमा हुस्की तानी वेश्या नचायो छोराले ।

होटलपार्क बार क्याफे कुनै बाकी नराखी
दुखगरी कमाएको सम्पत्ति सकायो छोराले ।

यौवनको मातले एड्सको शिकार बनी
चढदो जवानी मै ज्यान गुमायो छोराले ।

धेरै पढी लेखी नाम राख्छ होला भन्थेँ
भाएको इज्जतपनि माटोमा मिलायो छोराले ।

मरेर गएपनि बाउको नाक काट्यो छोराले
गर्दिन भन्थ्यो रण्डी बाजी ढाट्यो छोराले ।



8 Comments:

आकार said...

सटिक लाग्यो !
तर यसरी ढाँट्ने काम नगरे हुने थियो, सबैले ।

prabha said...

भावना सहि छ/हामी कोही पनि गजलमा पोख्त छैनौ/धेर थोर कमी कम्जोरी त हुन्छ नै/कोशीश जारी राख्नु पर्छ/ तर गजलको परिधिभित्र नै नरही गजल भन्न अलिक अप्ठ्यारो हुन्छ अनी सम्पादक मन्डलले पनि कमिकम्जोरी बिचार गरेर कुन शिर्षक राख्दा हुन्छ त्यही शिर्षक दिएर उक्त रचनालाई प्रकाशित गरिदिनुभएमा लेखनक्षेत्रका शिकारुहरुलाई राम्रो हुने थियो/ गजल लेख्न सजिलो छैन/यस्मा रदिफ,काफिया,मत्ला,मक्ता अनी अक्षरहरुको समानता हुनुपर्दछ/नत्र त्यो रचना ''गजल'' नभएर ''फजल''हुन्छ/अनी कुनै पनि कुरालाई पोखाउन परे सिधै शब्दमा नभनी त्यस्लाई प्रतिकात्मक शब्दमा भने यस्तो अश्लील शब्द सिधै राख्न जरुरी पर्दैन/ भावना सुन्दर र सहि छ त र अलिकती अश्लील शब्द पनि पर्नगएकोले पाठकको मनमा---------/ साहित्यकारको जादुगरी भनेको नै कुनै पनि कुरालाई प्रतिकात्मक तरिकाले बुझाउन सक्नु हो/
प्रतिक्रीया भनेको लेखकको सहि मार्गनिर्देशन हो/यदी यस्लाई सहितरिकाले प्रस्तुत गरेको छ भने/ लेखकलाई नै होच्याएर अनर्थको प्रतिक्रीया दिएर उस्को कलमलाई निरुत्त्साहित यदी कसैले गर्छ भने त्यो असली पाठक नभएर एउटा भावनाहिन अस्थिपन्जर भन्नमा अत्युक्ती नहोला तर हामी लेखकले पनि कबितालाई गीत,संस्मरणलाई निबन्ध,गीतलाई गजल भन्छौ र पो पाठकहरु पनि भ्रममा छन कि ?

ठरकी दादा said...

म गजलको ज्ञाता होईन, गजल प्रेमी भने पक्कै हुँ। तपाईको यो "पोष्ट" पढेपछि यो पोष्टलाई "गजल" भनिएको हुँदा केहि कुरा लेख्न मन लाग्यो ।

पहीलो कुरा क़ाफियालाई गजलको ज्यान भनिन्छ । तपाईको यो "गजल" सर्सती हेर्दा मत्ला र मक्तामा काफिया दोहोरिएको छ । हुन त काफिया दोहर्‍याउनु नै हुन्न भन्ने मान्यता मेरो पनि होईन तर यहा त काफीया मात्रै नभई मिसरा-ए-सानि पनि हु‍बहु दोहोरिएको छ ।

फेरी मत्ला र मक्तामा बाहेक अरु सबै शेरमा भिन्न काफिया छ।

रदीफको अति पकडले काफिया ढिला भएको हो वा काफीयाहिन गजल लेख्नु भएको हो थाहा हुन सकेन।

समग्रमा यो 'रचना' राम्रो छ तर गजलका सामान्य नियमहरु पालना नगरि लेखिएकाले मनमा लागेको कुरा राखेको मात्रै हुँ । गजल नै लेख्न बसेपछि केहि आधारभुत कुराहरुमा ध्यान दिनु भयो भने पक्कै पनि तपाईबाट उत्कृष्ट गजलको अपेक्षा गर्न सकिन्छ ।

उत्कृष्टता र प्रगतिको कामना सहित !

ठरकी दादा

नेपालियन said...

गजलकै परिभाषा के हो भन्ने गलफत्तीमा म नहोमिउ कि जस्तो लाग्यो। साहित्यका सबै बिधा कोर्दा म सधै गजलबाट अनबिज्ञ रहुन गएं। त्यसैले गजल भनेर यो प्रेशित भएको हुदा यसलाइ सरक्क दौंतरीमा पेश गरेको हुं। यसमा गजलका उल्का फुल्ला नमिले पनि यसमा प्रयोग भएका केही शब्दलाइ म झर्रो शब्द भनेर उल्थाउंछु जुन सुन्नमा त्यती नमज्जा तर जनमानसमा प्रयोगमा आइरहन्छन। गजलका बन्धन नेपालीमा तयार नभएकाले गजल मलाइ सधै पराइ रहन गयो। मुरलिधरले आफ्ना स्वर गजल जस्तै गितमा ढालेकाले गितल भनेको स्मरणमा आयो। अब गजलका शिर,कांध,हात,पाउ नमिलेका गजललाइ मुरलीधरले भने जस्तै गितल भनी बुझीदिउं।
आज मात्रै गजल भनेर रोमनाइज अंग्रेझीमा एउटा गजल प्राप्त भएको थियो जुन पर्सी दौंतरीमा देखा पर्दै छ। नेपालींमा त बल्ल तल्ल उतारें गजलको सार कतीको मिल्न गयो त्यसै बेला खुट्टाइदिनुहोला।

ठरकी दादा said...

नेपालियन जि को टिप्पणी पढेपछि माथी छुटपुट भएका केहि कुरा लेख्‍दै छु ।

पहिलो कुरा दौंतरी व्यबसायीक ब्लग हुँदै होईन र हामि सबै नेपाली भाषाको माया गर्ने र आ-आफ्नै व्यबसायमा व्यस्तहुने संसारभरि छरिएर रहेकाहरुले फुर्सदमा मिलेर चलाउने ब्लग भएकोले माथी प्रभा जी ले भने जस्तै बिधा छुट्याउने वा सम्पादन गरेर बस्ने जस्तो कुरा साधारण अबस्थामा सम्भब हुँदैन ।

अनी यौटा नेपाली भाषाको माया गर्ने व्यक्ति ईण्टरनेटको अत्याधुनिक प्रबिधि र नेपाली व्याकरण, साहित्य देखि लिएर छन्द, बहर आदि सबैमा निपुर्ण हुनु पनि सम्भबको कुरा होईन ।

मलाई लाग्छ ब्लगको यौटा सबैभन्दा राम्रो पक्ष भनेको टिप्पणी र अन्तरक्रिया हो। त्यसैले, म त, यहा लेख्ने वा प्रकाशीत गर्ने कसैलाई पनि दोष लगाउने पक्षमा छैन। हो आफुले जानेको बुझेको कुरा अरुलाई बाँढनु र नजानेको कुरा सिक्नुमा भने हामिले धक मान्नु हँदैन ।

तर सधै "गजब लेख्‍नु भयो!", "एकदम सहि!" जस्ता टिप्पणी मात्रै गर्नु भन्दा यस्तो प्रकारको वैश्लेषिक संतुलनपुर्ण र रचनात्मक प्रतिक्रिया आउनुलाई हामि सबैले सकारात्मक रुपमा लिन पर्छ जस्तो लाग्छ । जय ब्लग !ह्याप्पी ब्लगीङ!!

waka said...

पहिले त सुमन जि लाई बधाई ।प्रयास गर्नु राम्रो हो ।

धेरै पछी आज म दौतरिको बहसमा सारीक छु । प्रभा जि ले भने झै गजलका थुप्रै नियम र परीधी हुन्छन।
यस्को लागि गहन अध्ययन र सधानाको जरुरी पर्दछ । म पनि यस बिधाको साधक हुँ र सिक्ने क्रममा नै छु।
मलाई लाग्छ साहित्यको सब भन्दा जटिल बिधा भनेको गजल हो। तेसैले सर्बप्रथम गजलको बारेमा अध्ययन
गर्नु आबस्यक देख्छु म।
हुन त ठकरी दादाले भने झै यो दौतरी सबैको साझा चौतारी भएकोले आफ्ना भाबहरु बिसाउने समान अधिकार हुन्छ
तर स्रजकले आफ्नो श्रीजना त चिन्नु पर्‍यो नि ,होइन र ? आफ्नो बच्चा छोरा कि छोरी भन्ने सम्म नचिने नामाकरण
कसरी गर्ने ?
तेसैले गजल ,कबिता र गीतको आफ्नै बिशेषता हुन्छ यस्लाई हामी सबैले ख्याल राखे राम्रो हुने थियो कि ?

Luna said...

सबै साथी हरुको प्रतिकृया दमदार छ । धेरै कुरा बुझ्ने मौका पाए । प्रभा जि को प्रतिकृया मा मेरो स हमत छ ।

Prabin Thapa said...

all coments are suit.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !