December 22, 2007

शिवपुरीको चिहान

पटक पटक खबर पत्रिकामा निस्किने शिबपुरी फेरी यस पटक तातेको छ। १५ कि.मी परबाट राजधानी हेर्दै ४९ जनाको चिहान बोकेर बसेको आशंका गरिएएको छ । सैनीकबाट सुरक्षा दिइएको शिबपुरीको जंगलमा आधा जलेका कपडा,पलाष्टिकका झोला,जलेका मुढा आदी भेटीनु त्यसै नै आशंकाको बिषय हो। त्यस माथी द्वन्दताका सैनीक क्याम्पबाटै हराएका मान्छे अहिले सम्म नभेटिनु र सैनिक हिरासतमा बिताएका ब्यक्तीबाट शिबपुरीमा लगेर यातना दिने गरिएको खुलासा हुनु,यो घटनाको लागी प्रमाण जस्तै भएका छन। तर परिक्षण गर्न पठाइएका जेलेका बस्तुले त्यसको तथ्य खोल्ने छन।
द्वन्दकालमा आखामा पट्टी बाधिएका ब्यक्ति सैनिकको गाडीमा यता उता लगेको त राजधानीबासीले देखेकै हुन।यसै क्रममा केहीलाई शिबपुरी लगियो र कहिलै फर्काइएन भन्नेहरु पनि छन। यसरी द्वन्दमा १५,००० जती हराए,अब उनिहरु कहिले फर्किने छैनन। यो दुखद घटनाले तिनका बाल बच्चा,आफन्त गरी १ लाख भन्दा बढिलाइ प्रत्यक्ष असर पार्दछ। अप्रत्क्ष रुपमा त संपुर्ण नेपाली नै मर्महाहित छन। बिस्तापित भएका लाखौं अझै घर फर्किन सकेका छैनन।
यस्तो जघन्य अपराधको त जती नै सजाय दिए पनि कम हुन्छ तर पनि नेपाली सेनाले आफ्ना १०० जना जती सैनिकलाइ कार्बाही गरिसकेको छ। यस्तो अमानीविय कार्य गर्ने १०० जना मात्र त नहोलान तर पनि अपराध गर्नेलाइ कानुनको दायरामा ल्याउनु संतोष जनक मान्नुपर्छ। अहिले शिबपुरी ठडियो तर यसरी चिहान बोक्ने शिबपुरी मात्रै पक्कै छैन। धेरै पाखा पखेरा होलान चित्कार र रोदन थामेर बसेका। टांढीमा त दिन दाहाडै चिहानमा परे। टांढी घटना त आखैले देख्ने मान्छेहरु छन,प्रमाण जुटाउन कतै पठाउनु पर्दैन। यस्ता मानव चिहान त नेपालै भरी छन। दुधे बालक देखी कपाल फुलेका जंगलमा न्याय कुर्दै कती बसेका होलान,के तिनीहरुलाइ समाप्त पार्ने कानुनको सांग्लोमा पर्लान ?


2 Comments:

Anonymous said...

सेनाका ब्यारेक वरिपरि चिहान भेटिएलान, तर माओवादीले भोलि यो स्थिति आउला भनी बिरोधीका चिहान नै रहन नदिएको कारणको खोजी कस्ले गर्ला ?
के माओवादीलाई आफ्नै अर्धमृत लडाकूहरूका टाउका काटेर लाशहरूलाई नचिने स्थितिमा छोडेर हिँड्ने अधिकार थियो ? के तिनले छाला काडेर , घुँडामा घनले ठोकेर अनि किस्ता किस्तामा मारेका मान्छेका आत्माहरू अनि माडिमा बमले उडाएका मान्छेका शरीरहरू र ट्रकमा जिउँदै जलाइएकी खातून केटी र उनको परिवारको चित्कार शिवपूरीमा मास ग्रेभमा गाडिएकाहरूको चित्कार भन्दा कम थियो होला र ?
माओवादीका मान्छेहरू त बरू मर्ने मार्ने काममा लागेका मान्छे नै थिए र तिनलाई तत्कालीन सेनाले अमानवीय शैलिले मार्यो वा लापता गरायो , तर जनताको क्रान्ति गरेकाहरूको ज्यादति र तिनले योजनावद्द ढंगले प्रमाणलाई नामेट गरी हरेक आरोपबाट उमकिन खोजेको कुराको अनुसन्धान कस्ले गर्ने हो ?
युद्दको समयमा अमानवीय काम गर्ने दुवै पक्ष थिए भन्ने जान्दा जान्दै अनि यो मृत्यु यज्ञको आयोजक माओवादी थियो भन्ने जान्दा जान्दै, हिजो सेनाले मात्र ज्यादति गरेको थियो भन्ने हौवा खडा गरेर उसलाई कठघरमा खडा गर्ने तर अर्को पक्ष भने हराएकाहरूको खोजिमा आन्दोलन गर्ने साधु बनेर अघि बढ्न मिल्छ ? यो त एउटा हत्यारालाई सम्मान र अर्कोलाई शूलि भएन र ? साँचो अनुसन्धान गर्ने हो भने अन्तर्राष्ट्रिय मध्यस्थतामा एउटा सर्वाधिकार प्राप्त कमिसन बनाएर सबै पक्षलाई न्यायको कठघरमा उभ्याउन पर्छ हैन भने राजनीतिको नाम दिएर गरिने अपराहरूले दण्डहीनताको स्थिति पैदा गर्ने शृङ्खला पैदा गरिरहनेछ । ---------------- सुमङ्गल

musafir said...

दुधे बालक देखी कपाल फुलेका जंगलमा न्याय कुर्दै कती बसेका होलान,के तिनीहरुलाइ समाप्त पार्ने कानुनको सांग्लोमा पर्लान ?its very ironic, sad but true.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !