August 2, 2012

शेषनाग र गोरुको टाउको

— निर्मलमणि अधिकारी

पृथिवी केमाथि अडिएको छ वा के कारणले अडिन सकेको छ भन्ने बारेमा अनेक
भनाइहरु नरहेका होइनन् । कतै यस्तो लेखिएको भेटिन्छकि पृथिवी शेषनागको टाउको
मा अडिएको छ । शेषनागका एकहजार टाउकाहरु छन् अरे र ती टाउकाहरुमा पालैपालोसँग
पृथिवीलाई राख्ने क्रममा एक टाउकोबाट अर्को टाउकोमा पृथिवीलाई लैजाँदा
हल्लिएर भुइँचालो जाने हो अरे ! उता कसैको विश्वास अनुसार, पृथिवी एउटा गोरुको
टाउकोमा अडिएको छ अरे ! हक्र्युलिसले काँधमा आकाशलाई थामेको भन्ने जस्तै
हास्यास्पद छैनन् त पृथिवीलाई नाग वा गोरुका टाउकामा अडिएको विश्वास गर्नु ? यता
आधुनिक विज्ञानको सहयताले हामीले पत्तो पाइसकेका छौंकि पृथिवी सौर्य–प्रणालीको
आकर्षण–शक्तिको सन्तुलनका कारणले स्थित छ ।
हामीलाई थाहा हुनुपर्ने तथ्य के होभने आधुनिक विज्ञान र यस संसारको सर्वप्र
ाचीन ग्रन्थ वेद— यी दुइटाको यस सम्बन्धमा एक मत रहेको छ । यस सम्बन्धमा हामी
महर्षि दयानन्द सरस्वतीकृत ‘सत्यार्थ प्रकाश’को मद्दतबाट चर्चा गरौं । वेदको कथन छ—
“उक्षा दाधार पृथिवीमुत द्याम् ।।” (ऋ. १०।३१।८ तथा अथर्व ४।११।१) महर्षि लेख्नुहुन्छकि
वर्षाद्वारा भूगोललाई सिंचन गर्ने हुनाले सूर्यलाई ‘उक्षा’ पनि भनिन्छ र यही उक्षा
(सूर्य)ले पृथिवीलाई धारण गरेको छ भन्ने वेदको कथन हो । यसरी सहस्राब्दियौं अघि
(वा सृष्टिसँगै) वेदद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद
विज्ञान हो भन्ने हाम्रो भनाइनै सत्य साबित भएको छ ।
पृथिवी सूर्यको कारणले स्थित छभने सूर्य स्वयम्चाहिँ कसको आधारमा स्थित छ
भन्ने बारेमा आधुनिक विज्ञानको खोज परिणाममा पुगिसकेको छैन वा अनुसन्धान बाँकी
नै छ । यता वेदको कथन छ— “सत्येनोत्तभिता भूमिः ।।” (ऋ. १०।८५।१) यसलाई
अथ्र्याउँदै महर्षि दयानन्द भन्नुहुन्छकि ‘सत्य’ अर्थात् जो त्रैकाल्याबाध्य (
कहिल्यै नाश नहुने) छ त्यही परमेश्वरले भूमि, सूर्य र सबै लोकहरु धारण गरेको छ ।
यसरी, कुनै शेषनाग वा कुनै गोरुको टाउकोमा पृथिवी अडिएको छ भन्ठान्नु वेदविरुद्ध र
विज्ञानविरुद्ध हुने देखिन्छ । उसैगरी आकाशलाई कुनै एक व्यक्तिले काँधमा बोकिराखे
को छ भन्ठान्नु पनि पटमुख्र्याइँ मात्र हो ।
यजुर्वेदमा लेखिएको छकि पृथिवी सूर्यको वरिपरि घुम्दछ (“आयं गौः पृश्निर
क्रमीदसदन्मातरं पुरः । पितरं च प्रयन्त्स्वः ।।” यजु. ३३।६) भने सूर्यपनि आफ्नो
परिधिमा घुमिरहन्छ (“आ कृष्णेन रजसा वत्र्तमानो निवेशयन्नमृतं मत्र्यञ्च । हिरण्यये

न सविता रथेना देवो याति भुवनानि पश्यन् ।।” यजु. ३३।४३) किन्तु कुनै लोकको चारै
तिर होइन । सूर्य आफ्नै प्रकाशवाला छ; तर चन्द्रमा तथा पृथिवीको आफ्नो प्रकाश छैन र
यी सूर्यको प्रकाशले प्रकाशित हुन्छन् भन्ने तथ्यपनि वेदमा रहेका छन् ।
हाम्रो परम्परागत गुरुकुलीय शिक्षाप्रणाली अक्षुण नरहनाले आधुनिक कालमा वे
दको सही अर्थ गर्नमा कठिनाइ भइरहेको; नास्तिकता (नास्तिको वेदनिन्दकः) को प्रको
प बढेको देखिलिएर इसाइ, इस्लाम, कम्युनिज्म (माक्र्सवाद)का सम्मिलित प्रयास यसको विरु
द्धमा खनिएको जस्ता कारणहरुले वेद वास्तवमा विज्ञान हो भन्ने पत्तो हाम्राहरुले नपाइरहेका
वा पाउनबाट वञ्चित भएका स्थिति आइलागेको छ । पुराणका नाममा कतिपय अवैज्ञानिक कुराहरु
घुसेका र तिनैको उदाहरणबाट सारा वैदिक सनातन धर्म–तत्वमाथिनै आक्षेप गर्ने प्रवृत्तिपनि
छँदैछ । यस्तो अवस्थामा वेदका ऋचा–ऋचा केलाएर तिन्का यथार्थ अर्थ लोकसमक्ष प्रकाशित गर्नु
आजको अत्यावश्यक कर्म हो हाम्रो । विज्ञानको प्रगति जति बढी हुँदैजानेछ उत्तिनै वेदको
वैज्ञानिकता पनि प्रमाणित हुँदैजानेछ भन्ने मेरो दृढ विश्वास रहेको छ ।
हिन्दू विश्वासमा वेद नै पुरुषार्थ चतुष्टय — धर्म, अर्थ, काम, मोक्ष प्राप्तिको
एकमात्र साधन हो । जो व्यक्ति अर्थ बुझेर वेदको आशयलाई राम्ररी हृदयंगम गर्दछ
उसलाई जीवनको सफलता, सार्थकताको सच्चा मार्ग प्राप्त हुन्छ । वेदमा कुनैपनि वाक्य निर
र्थक छैन । हो, कसैले आफ्नो अयोग्यताका कारण वेदका कुरा बुझ्न नसक्नाले निरर्थक पनि
भन्देला; तर यो त चमेराले सूर्य उदाउनुलाई निरर्थक भनेजस्तो हो । वास्तविक अर्थ गर्न
नसक्नेहरुकालागि वेदका शब्द एवं वाक्यका अर्थ नलाग्लान् वा उल्टा अर्थ लाग्ने पनि प्र
बल सम्भावना हुन्छ; तर सही रुपले वेदको अर्थ लगाउन सक्ने सामथ्र्य भएकाहरुकालागि वे
द–वाक्य सबै सार्थक छन् । वेद वाक्य सबै सार्थक छन् । वैदिक विधानहरुलाई बुझ्न तथा
विस्तृत व्याख्या गर्नकालागि अन्य ग्रन्थहरुपनि उपयोग गर्न सकिन्छ तापनि ती ग्रन्थहरु
त्यति हदसम्ममात्रै मान्य हुन्छन् जबसम्म ती वेदानुकूल छन् । यदि कुनै कुरा वेदले
एकथोक भन्दछ र अर्को ग्रन्थले अर्कैथोक भन्दछ भने वेदको विपरितचाहिँ कुरा अमान्य
ठहर्छ । अर्थात्, वेदका सामुन्ने अरुको प्रमाण चल्दैन; वेदले जे भन्दछ त्यही प्रमाण
हो । आधुनिक विज्ञानको उत्तरोत्तर प्रगतिसँगै यही कुरा प्रमाणित हुँदैआइरहेको छ । वे
दद्वारा भनिएको तथ्य आधुनिक विज्ञानद्वारा पुनः प्रमाणित गरिनुले वेद विज्ञान हो भन्ने
हाम्रो भनाइनै सत्य साबित भएको छ । तर यसकानिमित्त हाम्रो अध्ययन–अनुसन्धानको प्र
क्रियापनि उही गतिमा अघि त बढ्नैपर्छ । वैदिक र आधुनिक दुबैथरी ज्ञानको सुसंयोजन
यसको प्राथमिक शर्त हो ।

सम्प्रति ः भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालय


6 Comments:

Sourav prasai said...

truly said, we Hindus are neglecting our own source of wisdom, science and other resources. indeed, there is an answer to every query in Vedas; so now is the time to give utmost priority to our own source of knowledge and then think about others.our ancestors were the real scientists and discoverers even with the limited sources. it is time to think how come they did that. there are many mysteries in Vedas so if we focus in those, there is obviously a great scope......
gratitude to the writer for coming out with this radical thought!!!
sourav prasai

Deepak said...

Thik bhannu bho Sourav ji. Hami hamro kura hoina ki aru ko siko garera tesaima danga chhau. Vedas ko gyan ta aba sunya nai bhayo.Thanks a lot for the writer upbringing such important facts.

Anonymous said...

के तात्तोनछारोको ब्लग चलाइराखेको हो। खुरुक्क बन्द गरे भइहाल्यो नि।

नेपाली ब्लगहरुको ताला यस्तै हो, केही अपडेट नै छैन

nepalean said...

Mr. Anonymous thanks for the negative constructive comment, due to some technical reasons post in dautari was not updated. We will come with regular update soon.

yanmaneee said...
This comment has been removed by a blog administrator.
Ray Hopkins said...

Great post, thank you

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !