June 22, 2010

उत्तर कोरियन फुटबल खेलाडीहरू प्रति

-एकलव्य
उत्तर कोरिया आधुनिक संसारको एउटा त्यस्तो मुलुक हो जसका बारेमा बाँकि विश्वलाई कमै जानकारी छ । कोही भन्छन् यो आधुनिक विश्वको एक ब्लयाक होल हो । कम्युनिष्ट राजनीतिले चलेको यो मुलुकको बिचित्र जहानिया गणतन्त्रमा संस्थापक नेता किम इल सुङको मृत्यू पछि उनका छोरा किम इल जोङ र अब उनका पनि छोरा अर्का किमलाई राष्ट्र प्रमुखका रूपमा तयार पारिँदैछ । उत्तर कोरियामा खाद्यान्न संकट र अनिकाल सदाबहार विशेषता भएकाले , यहाँ जनताको जीवन निरिह र हरितन्नम गरीब बनेको कुरा बेलबखत अन्तर्राष्ट्रिय समाचारमा देखा पर्ने गर्छन् ।  बार्गेनिङ गर्नु उत्तर कोरियाको राजनैतिक चरित्र हो । यो बाहेक दक्षिण कोरिया र जापानका नागरिकहरूको बेलबखत उत्तर कोरियन जासूसी संयन्त्रबाट हुनेरग नेसन ( rogue nation )वा धूर्त मुलुकको रूपमा सूचिकृत गरेको उत्तर कोरिया आफ्ना विचित्रतम व्यवहारबाट चर्चामा आइरहने भए पनि , विशेषत: छिमेकी साम्यवादी मुलक चीनको आशीर्वादबाट केहि हदसम्म आशवस्त देखिन्छ ।
अनिकालका बीच पनि परमाणु बम बनाउने एक बुँदे रटमा लागेर बाँकि विश्वको ध्यान खिच्दै त्यही सूत्र मार्फत खाद्यान्न र आर्थिक मद्दतको
  अपहरणका घटनाहरू पनि उत्तिकै चर्चित विषयहरू हुन् । केही हप्ता अघि , दक्षिण कोरियाको एउटा नाभिकिय पानीजहाजलाई टोर्पिडो आक्रमणबाट ४५ जनाको ज्यान समेत लिने गरी डुबाउने धूर्त कार्यमा उत्तर कोरियनहरू संलग्न भएको प्रमाणहरू ए‍क अनुसन्धानमा खटेको अन्तर्राष्ट्रिय आयोगले भेट्टाएपछि , अप्ठ्यारोमा परेको उत्तर कोरियाका नेता किम विश्वयुद्ध छेड्ने धम्किकासाथ ध्यान अन्यत्र मोड्न तल्लीन छन् । यो मुलक र शाषकका यिनै खालका विद्रुप व्यवहारका कारण, अमेरिका र युरोपेली मुलुकहरूले

आफ्नो रेजिमेण्टेड शासनमा हिजोको पूर्व जर्मनी र अहिलेको चीन जस्तै , कम्युनिष्ट उत्तर कोरिया पनि केही खेलकूदका अन्तर्राष्ट्रिय स्पर्धामा बेलाबेलामा चर्चामा आउने गरेको छ । अहिले दक्षिण अफ्रिकामा जारि फुटबल विश्वकप प्रतिस्पर्धामा संसारबाट छनोट भएका ३२ टिम मध्ये उत्तर कोरिया पनि एक हो । गरीबी र अभावले आक्रान्त मुलुक भएकाले आफ्ना खेल अधिकारी बाहेक दर्शकको रूपमा मुलुकबाट मान्छे लैजान सक्ने सामर्थ्य नभएका हुनाले, आफ्नो मुलुकका नाममा हासिल भएका १,४०० वटा विश्वकप हेर्ने टिकट मध्ये सबै जसो अफ्रिकामा काम गर्ने चीनिया नागरिकहरूलाइ वितरण गरेर विश्वकप दर्शन गराउँदै , उनीहरूलाई नै उत्तर कोरिया समर्थक बनाउनु परेको सत्य घटना हालको लस एञ्जेलस टाइम्समा प्रकाशित भएको छ ।

विश्वकप २०१० को पहिलो खेलमा ब्राजिल बिरूद्ध पराजयका बावजूद प्रतिस्पर्धी खेल देखाएको उत्तर कोरियाले समूहको दोस्रो खेलमा पोर्चुगल बिरुद्ध ७-० ले लज्जस्पद हार व्योहर्नु पर्‍यो । विश्व प्रसिद्ध एसोसिएटेड प्रेसका ( एपी) अनुसार, सबै कुरा सरकारको कठोर नियन्त्रणमा मात्र हुने उत्तर कोरियामा , सबै खाले अन्तर्राष्ट्रिय प्रसारणहरू प्रतिवन्धित हुनाले सरकारले नचाहेको हुँदा विश्वकप खेलहरू समेत प्रत्यक्ष प्रसारणमा जान सक्दैनन् । तर , पहिलो खेलमा ब्राजिलसंग अपेक्षकृत राम्रो खेल खेलेको हुनाले, त्यहाँको सरकारले पोर्चुगल बिरूद्धको खेललाई प्रत्यक्ष देखाउने अनुमति दियो । तर , मध्यान्तरपछिको खेलमा पोर्चुगलबाट गोलको वर्षा हुन थालेपछि , चौथो गोल हुनुपूर्व यो प्रसारणलाई अचानक रोकिएको थियो । त्यो खेलको प्रसारन रोकेपछि टेलिभिजनमा कोरियाली मजदूर नेताहरू द्वारा गरिएको आफ्ना नेता किम जोङ इलको प्रशंसात्मक गाथागान प्रसारण गर्न थालिएको थियो । उत्तर कोरियाको रहस्यमय शासन प्रणालीमा , आफ्नो मुलुकले भाग लिएको खेलमा भएको यस खालको बेइज्जतिपूर्ण पराजयको कारण , सहभागी खेलाडीहरूले कठोर दण्ड पाउन सक्ने अनुमान सर्वत्र गरिँदैछ । यस खालको पराजयलाई कमजोड दिमाग र मनोविज्ञान बोकेका खेलाडिहरूले देशको इज्जत धान्न प्रयास गर्न नसकेको रूपमा लिएर सोही आरोपका साथ सहभागी खेलाडीहरूलाई कठोर कारवाहीमा पुर्या‍उन सकिने अड्कल पनि गरिँदैछ । उत्तर कोरियाका पूर्व राष्ट्रिय प्रशिक्षक किम योङ इलका ( जो केही वर्ष अघि भगेर दक्षिण कोरियामा शरणार्थी जीवन बिताउँदैछन) अनुसार मुलुकले यसरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नराम्रो पराजय भोग्दा खेलाडीहरूले श्रम शिविर र कोईलाखानीमा सश्रम सजाय भोग्नु परेका उदाहरण पहिलै देखि भएकाले , अहिलेको पराजय पछि खेलाडीहरूलाई हुन सक्ने सजायको अनुमान आँफूलाई भएको बताउँछन् । यो कुरा उनले अस्ति बिबिसी कोरियन सेवासंग को अन्तर्वार्तामा बताएका थिए ।

तर मुलुकको शाषक र राजनीति जति दुष्ट र पाखण्डी भए पनि खेलाडीहरू खेलाडी नै हुन् र खेलमा जय वा पराजय अपरिहार्य छन् भन्ने सबेले बुझ्नु पर्छ । खेलको परिणामबाट डराउने हो भने खेल स्पर्धामा भाग नलिँदा नै त्यसबाट जोगिन सकिन्छ । तैपनि , आफ्ना स-साना आग्रहदेखि हरेक कुरामा आँफू मात्र सही ठान्ने र आफ्नो 'इगो' ले बाँच्ने शाषकहरू विवेकहीन रूपमा क्रूर बनेका उदाहरण प्रशस्त छन् । यस्तो सनकी व्यवहार भएकाहरूबाट , परिपक्व बुझाइको अपेक्षा राख्नु पनि ठूलो माग हुन सक्छ । यो पराजयका बावजूद , विश्वका ३२ वटा विशिष्ट टिम मध्ये छनोट भएर अन्तिम चरणको प्रतिस्पर्धामा सहभागी हुन दक्षिण अफ्रिका आउन समर्थ उत्तर कोरियाली खेलाडीहरू बहादुर हुन् । यिनले आफ्ना दूर्दान्त शाषकहरूबाट कुनै अप्रिय कार्वाही भोग्नु नपरोस् भनेर कामना गरौँ ।

( उल्लेखित समाचार र तथ्यहरू LA Times , AP र BBC बाट संकलित र आलेख व्यक्तिगत हुन् )



14 Comments:

Dinesh Chandra Panthy said...

के गर्ने क्रुर सरकार भएपछि, यस्तै हुन्छ।

पुष्प said...

एकलव्यजी,

मुलुक र राजनीति कहिले दुष्ट हुँदैनन्; दुष्ट त मुलुक चलाउनेहरू पो हुन् त । मुलुक नै दुष्ट हुनेभए जनता वा खेलाडीहरूमात्र के को सद्दे हुनु नि ! जे होस् आशा गरुँ हल्लामा आएजस्तै ती खेलाडीहरूले भोग्नु नपरोस् ।

अनि समाचारहरूमा त ब्राजिलसँगको हारमा उत्तर कोरियाली प्रशिक्षकले आफ्नो समूहको प्रशंसा पो गरेका छन् । अनि तपाईंले भनेजस्तो उत्तर कोरियाली सरकारले पोर्जुगलसँगको खेललाई बीचमै रोक नलगाई पूरा अवधि प्रशारण गरेको समाचार पनि आएको छ (http://www.google.com/search?sourceid=chrome&ie=UTF-8&q=North+Korean+fans+watch+live+TV+of+7-0+defeat) । खाली हल्लाको खेती गरेर हुन्न एकलव्यजी ।

अमेरिकाजस्तो अरु कसैलाई 'नगन्ने' राष्ट्रहरूलाई आफ्नो ठाउँमा राख्न उत्तर कोरियाजस्तो राष्ट्र पनि हुनुपर्छ । उत्तर कोरिया कठोर हुनुका पछाडि उसले भोगेको विगतलाई बुझ्नुपर्छ । यदि ऊ कठोर नहुँदो हो त दक्षिण कोरियाजस्तो अमेरिकी सेनाको अप्रत्यक्ष 'कब्जा'मा रहेर स्वाभिमान नभएको 'विकसित' देशमा दरिनेथियो ।

एकलव्य ( Eklavya) said...

हल्लाको खेतीको आधार खोज्नु होला , पुष्पजी । अनि ब्राजिलसंगको हार पछि प्रशिक्षकले गरेको प्रशंसा मात्र हैन , यहाँ पनि त्यो हारको प्रशंसा नै गरिएको छ । डर त्यसपछिको खेल परिणामले सिर्जना गर्ने कुरा तर्फको हो ।

जुन मुलुकमा जनता बाँकि संसार कस्तो रङको छ भनेर जान्ने क्षमता समेत राख्दैनन् , जहाँ जनता प्रसारण, संचार, इण्टरनेट र मोबाइल सेवाको नाम समेतबाट नदारद छन , केवल क्रूर तानाशाही नेताको गुणगान र स्तुतिमा रत्याइएर निर्जीव तुल्याइएका छन् , त्यस्तो अमानवीय संसारको प्रशंसामा तपाईँका शव्दहरू आउलान् भनेर मैले अपेक्षा राखेको थिएँ किनभने तपाईँले प्रशंसा गर्ने नेपाली राजनीतिक विचारको प्रयोगात्मक संस्करण भूमि त यही हो नि ! यही विचार त हो नि , जनवादी गणतन्त्र ! तर मलाई भने नर्कको पर्यायवाची यस्तो कथित स्वाधिन जनतन्त्र मन पराउनु पर्ने कुने रहर छैन ।

पुष्प said...

जतिसुकै कठोर भएपनि ब्राजिलजस्तो समूहसँगको साहसिक हारलाई त्यहाँका 'क्रूर' शासकले पनि अस्वीकार गर्न सक्दैनन् । एउटा सर्वमान्य कुरालाई कसले पो नकार्न सक्छ र ? अनुमान र हल्लाको खेती यसैलाई भन्छन् । एउटा खेलाडीले के भन्याथ्यो त्यो नै सत्य भएछ तपाईंलाई र हल्लाको खेती गर्नेहरूलाई ।

कुरै गर्ने हो भने कथित स्वतन्त्र पत्रकारिताले हामीलाई के दियो ? लाखौं नेपालहरू यूनिटीजस्ता संस्थाहरूबाट ठगिएकै छन्; असल पत्रकारिता हुँदो हो त समयमै सचेत गराउनेथियो । सूचना-प्रविधिको के नै पो उपयोग भएको छ हाम्रो देशमा ? एकाध सूचनामूलक साइटबाहेक नानाभाँति सीग्रेडका कथित मोडल साइटहरू खुलेका छन् । स्वतन्त्रताका नाउँमा फेसबुक गालीगलौज गर्ने ठाउँ भएको छ; अस्लिलताले पराकाष्ठा नाघिरहेछ त्यहाँ । नेपालको 'नाउँ राखेकी' एउटी अभिनेत्री, जसले निरंकुश राजतन्त्रको वकालत गरेकी थिइन्, उसको दिनादिन फोटो-चर्चा गर्यो तर कोशी, सुस्ता आदि मुद्दामा खासै बोलिरहेको छैन पत्रकरिता क्षेत्र । भ्रष्टाचारी, अपराधी, दुराचारीहरू खुलेआम घुमिरहेका छन्; खै बोलेका ? हरुवाहरूले सरकार भरिएको छ; एउटा भारतीय कर्मचारीको रातोदिन उठबस छ हाम्रा सरकार र राष्ट्रप्रमुखसँग; खै बोलेका ? के यस्तै स्वतन्त्रता हो हामीले चाहेको ?

अहिले हाम्रो देशमा भारतीय शासकहरूको जगजगी छ; यसको खुलेर विरोध गर्ने ल्याकत त तपाईंमा छैन । शायद कुनै दिन भारत अति नै हावी भएको खण्डमा माओवादी र माओवादीको मुद्दालाई 'खुच्चिङ' गर्दै उनीहरूको दासत्व सहर्ष स्वीकार गर्नुहुनेछ; यसका लागि बधाइ तपाईंलाई । देश रहे हामी रहने हो; होइन भने हाम्रो के अस्तित्व । तर लाग्छ तपाईं स्वतन्त्रताका नाउँमा दासप्रथाको इतिहास दोहोर्याउन पनि हिच्किचाउनुहुन्न । मलाई चाहिँदैन त्यस्ता दासत्वले जेलिएको स्वतन्त्रता एकलव्यजी । साथीभाइले दुइ थप्पड हानून्, स्वीकार छ तर दुश्मनले औंला ठड्याएको स्वीकार छैन ।

Anonymous said...

puspa ji ko kura sat pratisat sahi ho. North Korea ma bhokmari hola, teshko pani reason chha. Cuba ma bhokmari hola teshko pani reason chha. K hamra lekhak ji lai thaha chha, yi desh haru arthik nakabandi bata 50 barsha dekhi pidit chhan, America ra aru pashchimi desh harubata. Ani hamro muluk ko pani kura garau, hami baudal pachhi ko majority samaya congress bata rule bhayeu: natija- bhrastachar, chakadikhor,himsa, balatkar, mahangi le charam sima nagnu (12 Rs ko chini ko ahile kati parchha thaha chha?) haruwa ko mantrimandal,(Tapaiko prajatantra le yehi bhanchha? ki haruwa le rule garne???), Dhamala jasto deshdrohi ko patrakarita.. aru yesta dherai chhan. Hola kalantar ma communist rule thik nahola, tara ahile Nepal ma tapai jastai kattike bhajanmandali harulai thik lagayera desh ko sahi bato lagaune Maobadi bahek aru bikalpa huna sakdaina....
Krishna P.

Anonymous said...

पुष्प जी को कुरा सत प्रतिशत सहि हो. नर्थ कोरिया मा भोकमरी होला तेस्को पनि कारण छ, क्युबा मा भोकमरी होला तेस्को पनि कारण छ. के हाम्रा लेखक जी लाई थाहा छ यी देश हरु आर्थिक नाकाबन्दी बाट 50 वर्ष देखि पिडित छन् , अमेरिका र अरु पश्चिमी देश हरुबाट . अनि हाम्रो मुलुक को पनि कुरा गरौ, हामी बौदल पछी को मेजोरिटी समय काँग्रेस बाट रुल भयेउ: नतिजा- भ्रस्टाचार, चाकडीखोर, हिम्सा , बलात्कार, महंगी ले चरम सिमा नाग्नु (12 Rs को चिनी को अहिले कति पर्छ थाहा छ?) हरुवा हरु को मन्त्रीमंडल, (तपाइको प्रजातन्त्र ले येही भान्छा ? कि हरुवा ले रुल गर्ने ???), धमला जस्तो देशद्रोही को पत्रकारिता .. अरु एस्त धेरै छन्/ होला कालान्तरमा कम्युनिष्ट रुल ठिक नहोला , तर अहिले नेपाल मा तपाई जस्तै कात्तिके भाजन्मंडली हरुलाई ठिक लगाएर देश को सहि बाटो लगाउने माओबादी बाहेक अरु विकल्प हुन सक्दैन ....
कृष्ण प.

Anonymous said...

Well said Puspa ji.
सूचना-प्रविधिको के नै पो उपयोग भएको छ हाम्रो देशमा ? एकाध सूचनामूलक साइटबाहेक नानाभाँति सीग्रेडका कथित मोडल साइटहरू खुलेका छन् ।

Nepalean said...

नर्थ कोरिया ब्राजिल बिरुद्द शसक्त रुपमा खेल्दा खेल्दै पनि पोर्चुगलसित नराम्री हार्यो। नर्थ कोरियाको छिटो खेलसंग भिड्ने कलालाई पोर्चुगलका खेलाडीहरुले फाइदा उठाउंदै छोटो आक्रामक खेल खेल्दै गोलको बर्षा लगाए। पहिलो हाफमा १-० मा रहेको पोर्चुगलला थप ६ गोल थप्नु मुख्य कारण यही हो।

ब्राजीलसंग साहसिक खेल खेलेको कारण नर्थ कोरियाको दोस्रो खेल पुरै प्रसारण गरिएको थियो। तर खेल सकिने बितिकै आफ्ना नेताको बखान भरिएको कमर्सियल राखिएको थियो।

कम्नियुष्ट पद्दती नाम एउटै भए पनि त्यसको ब्याख्याइ फरक फरक हुन्छ। चिन पनि कम्नियुष्ट राष्ट्र हो तर ऊ आर्थीक बिकासमा कसैसंग कम छैन। बाटो या पानी नभएका गाउं चिनमा नभएका भने होइनन। तर त्यस्ता गाउं अमेरिकामा पनि छन। यस्लाई अचम्म मान्नु पर्दैन।

नर्थ कोरिया र क्युबा यस्ता राष्ट्र हुन जुन कम्न्युष्ट पार्टीमा हुने पार्टी अदक्षको अधिकारलाई दुरुपयोग गर्दै जहानिया शासन लादिएको छ। बाउ राष्ट्र प्रमुख,त्यस पछि छोरो अनि नाती। यसरी जहानिया कमिन्युजम भएका राष्ट्रमा अन्य कुरा पनि त्यस्तै हुने नै भए, त्यो सबैले सजिलै आंकलन गर्ने सक्ने कुरा हो। नेपालमा कमिन्युष्टको प्रेम धेरैमा छ। सायद यो पूरानो रसिया र आधुनिक चीनको प्रेणणाले गर्दा होला। मेरा एक सहपाठी छन जुन पूराना रसियाका हुन। नेपालको कम्नियुष्ट प्रेम देख्दा म संधै उनीलाई सोध्ने गर्छु त्यो बेला रसिया कस्तो थियो, के के गर्थौ आदी आदी। कुनै बेला यसको बारेमा दौंतरीमा लेखौंला तर उनको अनुसार के लाग्यो भने रसियामा कम्नियुष्ट भ्रष्ट हुनुमा त्याहाको कल्चरले गर्दा हो। अहिले रसिया ढल्यो,कमिन्युजम मासियो तर त्यो भ्रष्टचार र लुटपाट जहिंको तहिं छ।

Nepalean said...

र अन्तयमा नर्थ कोरयिन खेलाडी स-सम्मान घर फर्कन पाउन। खेलमा ३२ टिम भए पनि जितेर फर्कने टोली अन्तिममा एउटा मात्रै हुन्छ। ३१ वटा टिमले त खेलमा हार्छन नै।

Anonymous said...

कम्युनिष्ट नर्थ कोरिया र क्यूवा पश्चिमी देशहरूको आर्थिक नाकाबन्दीमा रहे पनि यिनलाई रूस, चीन जस्ता मुलुकले काँध थापेकै हुन् अनि सयभन्दा बढी अरू देशसंग सम्बन्ध राम्रै रहेको पनि हो । तर सँधै जसो अरू बिरुद्ध घृणाको खेती जनताको दिल दिमागमा रोपेर, निरंकूशताको जहानिया शासन कायम गर्नु पर्ने हुँदा यी देसहरूको हालत सन् १९०० को अवस्थामा छ । नेपालका कम्युनिष्टहरु बडो नराम्रो चेपुवामा छन् किनभने , उत्तर कोरिया र क्यूबाको आजको बदहालीको उनीहरू खुलेर प्रशंसा गर्न सक्दैनन् तर , कम्युनिष्ट मोहले गर्दा यी सबै रूग्ण र जीर्ण अवस्थाको दोष अमेरिकाको थाप्लोमा हालेर अघाउन चाहन्छन् । अमेरिकाको विश्वव्यापी दादागिरी एकातिर छँदैछ र त्यसको बिरोध गर्नेले गरेकै छन् , तर आधुनिक चीनले त्यही पश्चिमी मुलकको पूँजी र प्रविधिलाई प्रयोगमा ल्याउने वातावरण प्रयोग गरेर जनता र मुलुकको स्तर कायापलट पनि गरेकै हो नि । के कम्युनिष्ट हुँदैमा , उत्तर कोरियाले जस्तो फलामको भकारीमा जनतालाई कैद गरेर राख्न जरूरी छ र ? त्यसो नहनु पर्ने हो ।

Anonymous said...

नेपालमा माओवाद र कम्युनिष्ट विचारको मोह किन छ बुझ्न नसकिने पहेली हो । किनभने यो विचारले संसारमा कसैको भलो गरेको त छैन त !

कम्युनिष्ट विचार हड्ताल, आन्दोलन, रक्तरंजित क्रान्ति गरूञ्जेल राम्रो सुनिन्छ मानौँ यो विचार समानता र स्वतन्त्रताका लागि हो , तर जब राज्य व्यवस्थाको सञ्चालनमा यसको प्रयोग हुन आउँछ यो निरंकूश, भ्रष्ट र जहानिया बनेको छ । हिजोको रुमानिया , अल्बानिया, पोल्याण्ड, पुर्वी जर्मनी, हंगेरी , बल्गेरिया र अहिलेको क्यूबा र उत्तर कोरियामा प्रयोग भएर दुर्नाम कमाएको यो विचारको प्रयोगमा अब के कुराको परिणाम पर्खनु परेको छ र ? कम्युनिष्टहरू जब काममा नालायक प्रमाणित हुन्छन् , आफ्नो अकर्मण्यताको दोष अरूलाई दिएर आँफू चोखिने प्रोपोगाण्डामा लागि हाल्छन् । किनभने प्रपोगाण्डा यिनीहरूको ब्रम्हास्त्र हो । राष्ट्रवादी त चीन पनि छ र त्यहाँ पनि कम्युनिष्ट पार्टीलाई मुलुक र सरकार भन्दा ठूलो नै मान्ने राज्यको नीति छ , तर स्वाधिनता र राष्ट्रवादको टोनिक खुलाउन जनतालाई मध्य युगीन अन्धकारमा सुकुटी बनाएको त छैन त ? नाकाबन्दी लगाएको उत्तर कोरियालाई गएको पाँच वर्षमा ५० औँ लाख मेट्रिक टन खाद्यान्न पठाएर पेट भराउने काम पनि अमेरिका, जापान र दक्षिण कोरियाले गर्दिनु परेको समाचार पनि हाम्रा कम्युनिष्टहरूले पढेका छैनन् कि । कृपया कम्युनिष्ट मित्रहरू तपाईँले भने जस्तो आदर्श कम्युनिष्ट राष्ट्र कुन हो कहाँ छ र कस्तो भूस्वर्ग हो त्यो देखाउने कष्ट गर्दिनु हुन्थ्यो कि !

Anonymous said...

A video for you to watch:

http://g.sports.yahoo.com/soccer/world-cup/blog/dirty-tackle/post/North-Korean-media-ignored-Portugal-s-7-0-domina?urn=sow,250543

eklavya

Nepalean said...

खै किन हो कुन्नी कम्नियुष्ट देशमा मिडियालाई ठूलै ताल्चा लगाइन्छ। चिनमा जियोसिटिज बन्द थियो, ब्लगपोष्ट पनि बन्द थियो एक समय, अहिले के छ थाहा छैन। उत्तर कोरियामा त झनै कठोर रहेछ। जे भए पनि यस पटक त्यांहाका जनताले आफ्नो टिम वर्लड कपमा खेलेको प्रतयक्ष हेर्न पाए। दोस्रो राउण्डमा नगए पनि अर्को खेल त अझै बांकी छ नि। त्यसमा जिते छुट्टै बाताबरण बन्न पनि सक्छ। नर्थ कोरियन टिमलाई शुभकामना!

पीजी said...

कोरियाको फुटबल खेल हेर्दा मैले पनि मजाक गरेको थिएं, यदि यिनिहरुले गोल खाए भने देश फर्के पछि गोलि खानेछन । तर त्यो मजाक मात्रै हो मेरो बिचारमा उनिहरुले जति गरे उत्तर कोरियाको लागि त्यति नै काफी हो । अब दक्षिण कोरियाको रिस गरेर भएन।

अब राजनीतिको कुरो, न त उत्तर कोरिया मात्रै राम्रो छ न त यसको खेदो खन्नेहरु नै राम्रा छन । समाजबादी देशमा खासै गरीब दुखी देख्न नपाएर होला आंफुलाइ पुजीबादी मेशिन र साम्यवादी सपना दुवै त्यति चाखिला लाग्दैनन् । उत्तर कोरियाको खेदो खन्न पश्चिमाहरुले नेपालका डाक्टर सन्दुक रुइत जस्तालाई समेत मोहरा बनाउन पछि पर्दैनन (आंखा शिविर संगै जासुसी भिडियो प्रकरणको कुरामा आधारित) भने कोरिया पनि त्यहांका प्रमुख किमलाई भगवान जस्तै प्रस्तुत गरेर जनतालाई मुर्ख बनाउन पछि पर्दैन । पिल्सिने र पिछडिने जहां पनि जनता, अझ सोझा साझा र पहुंच नभएकाहरु नै त हुन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !