March 16, 2009

जनवादी गणतन्त्रका फर्स्ट लेडी र बेबि किङहरू :

लोकतन्त्रलाई लोकको शासन भनिन्छ किनभने अब्राहम लिंकनका शव्दमा ‘जनताले,जनताद्वारा जनताका लागि’ गरिने शासन लोकतन्त्र हो । कहिले काहीँ 'प्रजातन्त्र' पनि भनेर बुझिने अंग्रेजी भाषाको 'डेमोक्रेसी' शव्दलाई आजकल नेपालमा लोकतन्त्र नै भनेर बुझिने गर्छ किनभने 'प्रजा' शब्दले राजासंग बढी सामिप्यता राख्छ । अहिले नेपालमा राजा छैनन् अत: प्रजा पनि छैनन् र हुँदै नभएकाहरूको तन्त्र हुने कुरै भएन । अहिले नेपालमा जनताको लोकतन्त्र नामको राज्य व्यवस्था कायम छ र यो खासमा के हो भन्ने कुराको आकार प्रकार यसले ग्रहण गरिसकेको छैन । तर यसो गौर गरेर हेर्‍यो भने नेपालमा पुरानो राजतन्त्र हटेर गए पनि अनेक प्रकारमा नया र नौला राजतन्त्र, रानीतन्त्र र राजकुमार, राजकुमारीतन्त्रको खेती निकै मौलाएको देखिन्छ । १५ वर्षे हिंसात्मक आन्दोलन गरेर हामिले गनतन्त्र स्थापना गरेका हौँ भन्नेहरूको सपरिवारतन्त्र तर्फ आँखा लगाऔँ त :

१. प्रचण्ड - प्रम , सीता दाहाल - फर्स्ट लेडी, प्रकाश दाहाल- बेबी किङ, रेणु दाहाल- बेबी क्वीन, नारायण दाहाल- गणतान्त्रिक अधिराजकुमार र अरू केही नाम नखुलेका मन्त्री स्तरीय सुविधाभोगी भाइ भारदारहरू १००% ।

२. बाबुराम- मन्त्री, हिसिला - मन्त्री , मानुसी- बेबी क्विन ( राज्य मन्त्री स्तरीय जागिरे) सपरिवार जागिर १००% ।
३. देव गुरूङ- मन्त्री, यशोदा सुवेदि गुरूङ- सभासद र राज्य मन्त्री स्तरीय सुविधा काने समविधानसभा समितिकी अध्यक्षा
४. कृष्ण महरा- मन्त्री, २ छोरा सल्लाहाकार राज्यमन्त्री स्तरीय जागिरे ।
५. राम बहादुर थापा - मन्त्री , पत्नि - सभासद , छोरा -सल्लाहकार
६. हितमान शाक्य र बिमला थापा सभासद
७. झक्कू र पूर्ण कुमारी ( समिति अध्यक्ष )
८. मोहन वैद्य की बेबी क्वीन पशुपति क्याम्पस् चाबहीलमा स्ववीयू भिड्दै हुनुहुन्छ ।

माओवादीको माथिल्लो राजनीतिक पद सम्हालने उच्च वर्गीय यस्ता ६०,७० जना परिवारवादी सेटहरू छन् रे जसले अहिलेको परिवर्तित माहौलमा विविध सरकारी सुविधाहरूको उपभोग गरी क्रान्तिलाई नया उचाइमा उठाएका छन् रे !

यी भए मेरो सम्झनामा भएका नया नेपाली राजा, रानी, राजकुमार र राजकुमारीहरू । माओवादी जस्तो क्रान्तिकारी पार्टीले परिवारवाद र पारिवारिक राजकुमार राजकुमारीहरूको यो किसिमको लावा लस्कर लगाउनुलाई जनवादी गणतन्त्रको शुरूवात हो भन्ने देखाउन चाह्यो भने ,हजारौँ लाखौँ ज्यानको बाजी लगाएर पार्टीको लागि लडाईँ लड्नेहरूको हेसियत के रहने त ? प्रश्न उठ्नु स्वभाविक हैन र ? जवाफ आउन सक्छ, पार्टीले लडाईँ लड्दा सबै परिवार होमिएका थिए त्यसैले लाभ लिन पाउनु उनीहरूको हक बन्छ नि ! हुनसक्छ, तर तल्लो तप्काकाको जनताका लागि क्रान्ति गर्ने हरूले अवसर पनि त तल्लो तप्काका लागि नै छाडिदिएर, परिवारवादको जालो च्यात्न सक्नु पर्दैन र ?



2 Comments:

Anonymous said...

अली अली मात्र होला भनेको त सबैका पुरै पुस्ता नै लाभान्दित भएका रैछन। ल माओबादी मित्रहरुलाइ बधाइ छ। लुटीहाल्नुहोस। अर्को चुनाव सम्म के हो के?

ठरकि दादा said...

यी नया राजा-रानीका युबराज र भारदारका फेहरिस्त सायद निकै लामा भैसकेकाछन।
केहि दिन पहिले यसै बारेमा यौटा 'चेन मेल' प्राप्त भएको थियो । अब त्यसैलाई अथेन्टिक मान्ने हो भने त कुनै दिन हामीले यौटा हात्ती फ्यालेर १० वटा हात्ती पालेको भन्दा केहि फरक पर्दैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !