December 9, 2008

एक छिन हासौंन

आचार्य प्रभा, अमेरीका

IMG_0268[2]हाँस्नै त हो हाँस्नलाई कुनै बिषयबस्तु त चाहिदैन वा रोजिरहनु पर्दैन। जुन जुन कुराले घत् पुर्याएर हँसाउछ त्यही कुराहरु म यहाँ  प्रस्तुत गर्ने प्रयास गर्छु । अर्थात जुन कुराहरुले मलाई हाँस्न वाध्य तुल्याएको थियो वा अहिले पनि हाँसी रहेकी छु। खास म हाँस्यब्यङ्यकार पनि त होइन।मैले यो बिधामा कलम चलाएकी पनि छैन।यो त केवल मलाई घत् पुगेर हाँस उठेको कुरा मात्र यहाँहरुलाई बाँड्न खोजिरहेकी छु ।

अब मेरो आफ्नै वास्ताविक्ता सुन्नु होस् न !जब म नेपालमा थिए एउटी गिनिचुनेको गीतकार अर्थात लेखिका थिए भनु । बरिष्ठ् नभए पनि महिला ''राइटर'' भनौ अङ्रेजिको 'डब्ल्यु' अक्षरबाट शुरु हुने शब्द ''राइटर''। आहा कत्ती अभिमान थियो त्यो वाक्यमा। कस्तो स्वाभिमान थियो? साहित्यिक जमघट,कार्यक्रमहरुमा कस्तो सम्मान थियो। भनौ गोजी रित्तो भए पनि 'राइटर' हुनुको अभिमान थियो । घरमा चुल्हो बल्न धौ-धौ परेपनी ''राइटर'' हुनुको इज्जत थियो। अर्थात संसारभरी नै ''राइटर''को स्थान अलग्ग हुन्छ। त्यही मध्ये म पनि आफ्नो देशको लागि एक लेखिका अर्थात ''राइटर''नै थिए भन्नु पर्ला। होइन भनु भने पनि रेडियो, एफ एम हरु लगायत पत्रपत्रीका सबैमा लेख्न नभियाएको होइन। नेपाली सैनिक कार्यक्रमको त स्थाइ नाटक,गीति कथाकार नै भएर काम गरेकी हुँ । मेरा प्रशङ्सकहरुका पत्रहरुमात्र दिनको २५/ २६ वटा पढ्न पाउदथे। कसरी लेख्ने मान्छे होइन भनेर पनि भनु म आफुलाई? अर्थात जे भएपनी कलमले चीनाएको थियो मलाई। तर ---बिडम्बना !भाग्य चम्काउने प्रयासमा म जब अमेरिका आइपुगेँ तब मेरो जीवनको काँया पलट भो। हुनत यहाँ आउने सबैले नै त्यही भोग्छन जुन मैले भोगी रहेकी छु वा भोगेँ। यहाँ आउने सबैको नै पासा पल्टिन्छ जस्तै नेपालमा मै हुँ भन्ने,ठुलो रवाफमा बाँच्नेले पनि बिदेशमा भिजेको मुसो हुनु पर्छ त्यस्तै मलाई नेपालका साथी भाईहरुले सोध्ने गर्छन् । त्यहा के गर्दैछौ? भनेर। बिचरा!ती साथी,आफन्तहरुलाई के थाहा?यहा मान्छेको दिनचर्या,जीवनभोगाइ नै ठीक उल्टो हुन्छ भनेर।

उनिहरुको प्रश्नलाई म ठट्यौलिमा उडाउदै जवाफ दिन्छु। नेपालमा हुँदा पनि म अङ्रेजी शब्दको 'डब्ल्यु' बाट शुरु हुने 'राइटर' थिए अहिले पनि त्त्यही 'डब्ल्यु' बाट आउने शब्दकै काम गरिरहेकी छु। उनिहरु एकक्षण रणभुल्लमा पर्छन र मौन हुन्छन अनी फेरी म हठातको साथ उनिहरुको मौनतालाई भङ गर्दै जवाफ दिन्छु। ''वेटरेस्''क्या त ? 'राइटर' र 'वेटरेस' एउटै अक्षर 'डब्ल्यु ' बाट शुरु हुने शब्द होइन त ? । अनी फोनमा शब्द्को सट्टा हासोको हल्ला मात्र गुन्जिन्छ। त्यस्तै बिगत सात,आठ बर्ष अघी मात्रै मेरो एक मित्र जो नेपालमा हुँदा 'अफिसर' थियो कुनै एउटा अफिसको। ऊ अमेरिका भित्रियो। कहिले कहिले मलाई नेपालमा हुँदा फोन गर्थ्यो अनी म सोध्ने गर्थे। ''तिमी अमेरिकामा के गर्दैछौ'' भनेर ? उस्ले हाँस्दै जवाफ दिन्थ्यो नेपालमा हुँदा पनि अन्त्यमा 'सर' शब्द आउने नै थिए।अब यहाँ पनि त्यही अन्त्यमा 'सर' शब्द आउने काम नै छ। म खुशी र अचम्भित हुँदै भन्थे। ए ---त्यसो भए तिमी त 'लक्की'रहेछौ त्यहा पनि त तिम्रो स्किल र क्वालिफिकेसन अनुसारको जागिर पाएछौ राम्रो भएछ त ! अनी उस्ले हाँस्दै जवाफ दिन्थ्यो अँ ---हो नि मेरो स्किल र क्वालिफिकेसन अनुसारकै 'जब' हो अन्त्यमा 'सर' नै आउने 'डिशवासर' अन्त्यमा यस्को पनि त शब्द 'सर' नै आएन त ? अनी म तीन छक्क पर्थे।

पत्यारो लाग्दैनथ्यो किन जिस्किएको नि ? भनेर रिसाऊथे पनि। तर ---यथार्थमा त्यस्तै पनि हुदो रहेछ। आफ्नो देशमा हुँदाको सबै कुरा नै बिर्सनु पर्दो रहेछ। तर साचै भन्ने हो भने आफ्नो देशमा पलापिएर खाएकाहरुलाई भने सार्है तह लागाउने देश रहेछ यो अमेरिका। काम गर खा, नत्र भोकै बस यही सिद्दान्त छ यहाँ। वास्तवमा यो एकप्रकारले राम्रो पनि हो। मै हुँ भन्ने र भेदभाव गर्नेहरुको लागि त यो देश शत्रु नै हो।

अब अरुतिर पनि लागौ न ---नेपालमा हुँदा घरमा पानी पनि श्रीमतिले दिएको मात्र खानु पर्ने, आफुले सारेर खान सम्म नसक्ने श्रीमान हरुको पनि हालत पत्ला छ यहाँ। आँफै पका, भाडा मोल,रूचे खा, नरूचे भोकै बस किन कि नेपालमा पो जतिसुकै अभाव भएपनी श्रीमानलाई मात्र कर थियो कमाउने र श्रीमतिले काम गरेर पैसा कमाउनै पर्छ भन्ने थिएन। श्रीमती केवल भान्से अर्थात सेविका मात्र तर यहाँ त दुवैले कमाउने अवसर पनि छ र जरुरी पनि छ। यौटाले कमाएको 'डलर' ले त बिल तिर्दा नै ठीक्क ---। 'डलर' कमाएर नेपाली रु खर्च हुने भए पो श्रीमानको सेविका भएर बस्ने कि कसो ? यहाँ त श्रीमती हजम पनि हुनु पर्छ किन भने श्रीमानको कपाल पट्कै पछी काट्दा बिसडलरको हिसाब ले पैसा जान्छ।मरी मरी कमाएको पैसा नाथे कपाल काट्दा नै जान्छ भने त्यो पैसालाई सबै श्रीमान हरुले नेपालीमा 'कनभर्ट'गर्दा ठ्याक्कै लग्भग पन्द्र्हसय जान्छ अनी जिब्रो निकालेर श्रीमान हरुले ल बुढी मेरो कपाल तिमीले नै काटिदेउ जस्तै भए पनि कस्लाई पो देखाउनु छ र ?

भनेर श्रीमतीद्वारा कपाल पनि कटाउन वाध्य छन उनिहरु । यस्तै सत्य तथ्य र हास्यस्पद जीवन भोगाइ छ।हामी सबै बिदेशमा बस्नेहरुको ।

क्रमश

5 Comments:

Anonymous said...

लेख ले धेरैको यथार्त को कसौडी मज्जाले मस्काएको छ सिल्बर पनि च् दि झै देखिने गरी !
म पनि हासे तपाईंको लेख पढेर तर एक किसिमको फिक्का हासो !

Anonymous said...

हाँस्ने भन्दा पनि मलाई यो पोष्ट पढेर खिन्न पो लाग्यो !

Anonymous said...

मेरा समपूर्ण पाठकबर्गमा अभिवादन,
एकक्षण हासौन लेख वास्तवमा जीवभोगाइको एक पाटो हो यस्लाई मैले हास्ने शिर्शक किन दिये भने मान्छेले हासो पनि दुई तीन प्रकारले हास्छन कोइ खुशीको हासो, कोइ ब्यङ्यात्मक हासो ,कसैले अपत्यारिलो हासो/ यो चाँही ब्यङ्यात्मक हासो हो/ यहाँहरुमध्येमा हासो होइन खिन्न्ता लागेर आयो भन्नु भएको छ/यो ठीक हो/यहाँ हासोलाई पर्याय बनाएर वास्तवमा खिन्नता नै प्रकट गर्न खोजिएको पनि हो/ सबैको वास्तिक्तालाई उजागर गरेर / अझ क्रमश :पड्दैजानुहोस् कुनै कुनै कुराले हास पनि उथाउन सक्लात्यो म यहाँहरुलाई पस्कने कोशीश गर्नेछु आगामी अंकमा /
आचार्य प्रभा मेरा समपूर्ण पाठकबर्गमा अभिवादन,

आचार्य प्रभा

Anonymous said...

प्रभा जि !
तपाईंको लेखको अभिप्राय हामीले राम्रै सँग बुझेका छौ । आनुन्युमोयुस ( कस्तो गार्हो नाम ! )जी ले पनि राम्रै सँग बुझ्नु भो किनकी बहा खिन्न हुनु भएको छ ।
प्रभा जि ! तपाईं पनि दुखेर हास्नु भएको छ यो लेख मा अनी म पनि फिक्का हासेकी छु अर्थात लेख को मर्मले हिर्दय छोएको छ ।
धन्यवाद ।

lamalonely said...

धन्न्यबाद प्रभा जि तितो सत्य यहि हो नेपालिहरुको उखान ठिकै रहेछ.पडेकाले थलो छाडे नपडेकाले हलो छाडे...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !