December 29, 2007

टाउको नभाको कुखुरो

जागीर शब्द नै ‍गज्जब, जा गएर गिर। बिहान देखी गिर्दा गिर्दा गाम ओल्झेको पत्तो नै हुदैन। सांझ परे पछि घर फर्कीयो,हतार हतार खाना बनायो,फेरी भोली बिहान गिर्नको लागी चाडै सिरक पक्डनु पर्छ। निद्रा यता उता भयो कि भोली कता गिर्ने हो भन्ने डर। केही पहिले एक जना नानी भेटेको थिए,हाल चाल सोद्दा के हुनु र यो अ-मरी-खा मा भन्दै थइन। खान त खानी, तर मरी मरी काम गर्दै खाने रे यो अमेरीका भन्ने ठाउ। भनाइमा पिडा र हासो दुबै थियो। तर जे जस्ता पिडा छन यता उता गरेर उडाउनु पर्छ नत्र त भारी बोके जस्तो जती पिर गर्यो उती थपिन्छ, झन झन बोझिलो, झन झन बोझिलो हुन्छ। मेरो काममा एकदमै खरा हाकिम छन। एकदमै कडा मिजासका हाकिम साब बेला बेलामा ठट्टा गर्दै बेजोडसंग हास्दछन। मेरै छेउकी एक जना साथी भन्दै थिइन,ति हाकिम काम पनि २ जनाकै गर्छन रे, हास्न पनि २ जना बराबर हास्छन रे। तर मलाइ भने तिनको काम गराइले सारै प्रभाव पारेको छ। काम जे सुकैको होस,सकाउनु नै पर्छ भन्ने उनको मान्नेता छ। समस्या लिएर जो सुकै आओस, समाधान गर्न तयार।कठिनै किन नहोस,यसो उसो गरेर समाधानको बाटोमा लागी हाल्छन। जस्तोसुकै जटिल काम गर्दा पनि हासोको बहाना निकालिहाल्छन र बेजोड संग हास्दछन। कहिले काही समस्याले आफुलाइ खाजा खान भ्याइदैन तर उनका ठट्टाले भोक नै भुलाइदिन्छ। कहिले काहीं कामका पुराना किस्सा निकाल्छन र अहिलेका नया पिंडीको हासो गर्दछन। साथमा ल्यापटप छ,टेबलमा क्यालकुलेटर,हाकीम साब हातले हिसाब गर्छन। फेरी कुरा मिलाइ हाल्छन,समस्या पर्दा बिजुलीको लाइन गए बिजुली कुर्छौ की समाधान गर्ने तिर लाग्छौ,फेरी हासो मिसाइहाल्छन।सिगैं काम समाले पनि कति मान्छेहरु आला काच्ना नै छन,कोही कपाल फुले पनि काचै काम गर्दछन। ति हाकीम साबलाइ नि मान्नै पर्दछ, जहा रवि पुग्दैनन्, त्यहा कवि पुग्छन भनेको जस्तो १० जनाले मिलेर गरेको काममा कता कताबाट गल्तीमा आखा पुराइहाल्छन। अनी गल्ती गर्ने मानिस वरपर नहुदा हासोको बहाना निकालीहाल्छन,तिनीहरु त टाउको नभाको कुखुरो जस्तो,दौड्यो दौड्यो कता जाने हो टुगों छैन। अनि त हांसो कसरी खप्नु,सबै कुरा भुलेर उनकै हासोमा हासो मिसाउन पुग्छु।
कुरो अलीकती बांकी नै छ। केही पहिला नेपाल धर्म निरिपेक्ष भएको। संयुक्त राज्य अमेरीका सधै नै धर्म निरेपेक्ष छ र याहां ७०% भन्दा बढि क्रसियन हुदा पनि क्रिसमसमा बिदा हुदैन तर नेपाल धर्म निरिपेक्ष भएको एक बर्ष भएको छैन त्यही सरकारले धर्म सम्बन्धी बिदा दर्जनको हिसाबले थपेछ। मलाइ त यो लोकतान्त्रीक सरकार टाउको नभाको कुखुरो जस्तो पो लाग्न थाल्यो।


3 Comments:

Postak_Shrestha said...

हैन, के भन्नु भा, अमेरिकामा क्रिसमसको अफिसियल्ली बिदा छ होइन र? बिदा धेरै हुने भो, काम थोरै हुने भो त्यसको मात्र अलिकती पिर हो, नत्र भने नेपाल ले विश्वलाई देखाई दियो नि, यहाँ सबै धर्म, जात-जातीयतालाई कसरी सन्मान गरिन्छ भनेर। अब विश्वका अन्य देशहरुले पनि सिकोस् -अल्पमत जातीका धर्म, संस्कारलाई कसरी मान्यता दिनु पर्छ भनेर।

तर छडको बिदा पहाडमा दिएर मतलब् भएन, त्यस्तै शेर्पाहरुको लोसार को बिदा तराईमा दिएर पनि भएन। हिन्दुहरुको दशैंको लामो बिदा अन्य जातीलाई पनि पट्यार लाग्दो नै होला। यसलाई अलिकति बिचार गर्न पर्छ होला।

Anonymous said...

I think governement cannot ask to give holiday in Christmas. This is for Fedral Government employee only. However most of the states and private companies observe christmas as a holiday.

nepalean said...

अमेरिकमा सरकारले क्रिसमसलाइ धार्मिक बिदा भन्दा पनि सांस्क्रितक बिदा भन्न रुचाउछ। फेरी सरकारको
तोकेको बिदालाइ प्राय सबैले आधार माने पनि त्यो मान्नु पर्छ भन्ने छैन। तलको लेखले यसलाइ अली स्पष्ट भनेको छ क्रिसमबिदाको बारेमा।

Today, most Americans blend religious and secular customs with their own family traditions. Thus, even though Christmas is for many Americans a religious occasion, the federal courts have upheld its status as a legal holiday. As one court reasoned, “by giving federal employees a paid vacation day on Christmas, the government is doing no more than recognizing the cultural significance of the holiday.”
http://usinfo.state.gov/scv/Archive/2005/Dec/19-344398.html

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !