November 11, 2007

दल फुटाउने गतिविधिलाई एमालेले र्समर्थन नगर्ने


(ठुलो गरी पढ्न त्यसमाथी क्लिक गर्नुहोला)

- नेपालियन


यसो नेपालको खबर पढ्न बस्यो, खाली यसले यो भन्यो, उसले यो भन्यो, यता यो पढ्क्यो, उता यो पढ्क्यो। अनि फेसन चाही संबिधान सभाको। अब त देशको अन्तीम लक्षनै संबिधान सभा भइसक्यो। कुरा यता उता घुमाउदै चुच्चे ढुगों उही टुगों जस्तो भइसक्यो। दारी पाले संबिधान सभा भाडिने हो कि दारी काटे संबिधान सभा भाडिने? यस्तै यस्तै हालतमा छ नेपाल। एमाले खबर कहिले कहिले त कमिडि चलचित्रको डाइलग जस्तो लाग्छ, ल हेर्नुहोस न माधब नेपालको बांणी - दल फुटाउने गितीबिधीलाइ एमालेले समर्थन नगर्ने । पार्टी नै सात, कसरी एक हुन सक्छन र ? एक हुने भए त एउटै पार्टी बनाए भै हाल्यो नि । फेरी कुरा गरेको ताल पनि "चोरको खुट्टा काट" भने जस्तो छ। त्यो त ठिकै छ, भाषण गर्न पाए भन्दैमा यसो "आहा" भन्ने जस्तो कुरा गर्नु नि ? माधब नेपालको पानी आन्द्रै गफ पनि क्लासिक नै हुने भो नेपालको राजनितीमा ।

2 Comments:

ठरकि दादा said...

तपाईले पनि कस्तो कुरा नबुझ्नु भा'को नी?, आ-आफ्नो भेद आफैलाई मात्रै थाहा हुन्छ। माकुने को मतलब “यसपाली चाहिँ दल फुटाउने गितीबिधीलाइ एमालेले समर्थन नगर्ने” भन्ने होला नि । पहिला पहिला समर्थन गरे होला ( के ‘होला’ भन्नु आफ्नै दल पनि फुटालेर दुई वटा बनाएको हैन र?) तर यसपाली चाही “पक्का नफुटाल्ने होला” । अर्को कुरा यसो यस्तो बक्तव्य निकालेर “फुटाल्नै पर्ने भए मेरो ज्याला बढदै छ”, भन्न खोजेको पनि होला।

Postak_Shrestha said...

साथी हो, सकारात्मक सोच राखौं। सकारात्मक सोच कर्ण शाक्यको मात्रा पेटेन्ट राईट होइन।
दलहरु र नेताहरुप्रति खाली असहमती, बिरोध र खिसिट्यूरीमात्र गर्नाले कुनै सकारात्मक निचोड निस्कदैन। नराम्रो कुराको आलोचना गर्दा यस्तो हुनु पर्ने थियो भन्ने एउटा सुझाव पनि दिऊं-जुन सुझाव शान्ती स्थापनार्थ सहयोगी होस। नेपालका राजानैतीक पार्टीहरुले जुनसुकै सिद्धान्त बोकेका किन नहुन, नेताहरु र कार्यकर्ताहरु एउटै सामाजिक-आर्थिक प्रीष्ठभूमीका, संस्कार बोकेका छन। टुक्रने-फूट्ने र फेरी जुट्ने रोगले सबै पार्टीहरु ग्रस्त छन, एमाले मात्र हो र? यस्तो अन्य देशहरुमा पनि देखिन्छ। वास्तवमा संगठन र बिघटनको प्रकृयाबाट नै नयाँ निर्माण हुन्छ, यसलाई प्रकृयाको एउटा अंशको रुपमा लिऔं।
वास्तवमा हाम्रा नेताहरु जहा पायो त्यंहाको कार्यक्रममा जाने र केही न केही बोलीहाल्ने चांही एकदम गलत कुरा हो। नेपाल संबतको कार्यक्रममा गएर राजानैतीक कुरा गर्ने हो र? गिरिजा बाबु बिराटनगर गएर डाक्टरहरुको सम्मेलनमा गएर चुनावकै कुरा गर्नु हुन्छ? उध्योग ब्यबसायीहरुलाई बालुवाटार बोलाएर देशको राष्ट्रियता खतरामा परेको भनेर भन्नु हुन्छ। यसलाई भनिन्छ, भालुलाई पुराण सुनाउने।
एक चोटी म नेपालमै छदै पर्यटन् ब्यबसायीहरुको एउटा गोष्ठी थियो, स्वभावत पर्यटन मन्त्री, सहायक मन्त्रीहरुलाई बोलाईहालियो। पर्यटन् सहायक मन्त्री (सायद् ती दिदीको नाम् भीम कुमारी बूढा थियो, शेर बहादुरको तत्कालिन् पार्टी संबन्धीत) ले त अचम्मको कुरा गरिन्-तपाईहरुले भोट दिनु भयो, मैले जितें र अहिले मन्त्री भएकि छु, तपाईहरुको सहयोग फेरी पाऔं आदि आदि। हामी मुश्कीलले हांसो रोकेर बस्यौं।
नेताहरु सके सम्म अनावश्यक कार्यक्रमहरुमा नजाऊन्। गैहालेपनि बोल्नेकुराहरुमा नियंत्रण गरुन्। बिग्रहका, बिरोधका कुराहरु बिल्कुलै नगरून्। यस्ताकुराहरु छन् भने आफ्नो पार्टी संबन्धीत भए आफ्नै पार्टीभित्र, सातदल भित्रका भए, सातदलको बैठकमा र कुनै पार्टी बिशेषसंग भए सिधै त्यो पार्टीको सरोकारवालसंग कुरा गरे हुन्न?

पत्रकारवालाहरुपनि जिम्मेवार बन्न पर्यो। उनीहरुले सोध्ने प्रश्न सकारात्मक हुन पर्यो। नेपाल संबत मनाईरहेको कार्यक्रममा अन्य राजनैतीक बिषयबस्तु नसोधेपनि हुन्छ नि।
र हामी साधारण जनताले पनि सकारात्मक् सोच बिचार ब्यक्त गर्न पर्यो। हामीले भनेको कसले सुन्छ र भन्ने होइन। प्रत्येक् ब्यक्तीको बिचारको एउटा महत्व हुन्छ। हाम्रा सबै अभिब्यक्ति निर्माणको लागि हुन पर्यो, शान्तीको पक्षमा हुन पर्यो। तपाई हामीलाई पक्कै मन्त्री हुनु त छैन; हामी किन कन्जूस हुने?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !