August 18, 2009

तातो आलुको करामत

ब्लग लेख्ने भनेर अरु साथीहरु संगै म पनि जोश्सिएं। कती साथीहरु एक दुइ ब्लगमै हराउनु भयो, कती अझै जाग्दै हुनुहुन्छ। म भने बिस्तारै ओल्साएछु। लेख्न मन नलाग्ने होइन, लेख्ने बिषय नभएर पनि होइन। बिषय भेट्यो अब यस्लाइ यस्तरी लेख्छु उस्तरी लेख्छु भन्दा भन्दै त्यो दिन जान्छ भोली पल्ट एकादेशको काहानी भइहाल्छ। कहिले कांही लाग्छ नलेखेको धेरै भयो अब आउने ब्लग यस्तो दामी लेख्छु कि अहिले सम्म आफूले लेखेको मध्य सबैभन्दा उत्क्रिष्ठ होस। अनि खेस्रा लेख्छु, काममा गएर प्रिन्ट गर्छु। त्यसलाइ घरमा गएर प्रूफ गर्छु भन्दै भुलिने डरले घर्रामा पनि नराखी लन्चबक्समा राख्छू। अस्ती हेरेको लन्च बक्समै ३-४ वटै ब्लग जम्मा भइसकेछन। तातो खाना र फ्रिजको चिसो खांदै बसेका ति लेख कामै नलाग्ने बासी भैसकेछन। पहिला पहिला दौंतरीमा आउने कबिता कथा राख्दा र तिनलाइ यता उता मिलाउदा फुर्सतै हुदैनथ्यो। तर त्यस्तरी आउने सामाग्री धेरै डुब्लीकेट हुने र पाठकहरुले तिनीहरुको चर्को बिरोध गरेको हुंदा तिनै लेखकहरुनै आएर अब देखी दौंतरीमा लेख नपठाउने कसम खाए देखी अन्य लेख कपि पेस्ट गर्नुपरेको छैन। अब भने लेख्ने अल्ली फुर्सतहोला भनेको छेपाराकै उखान जस्तो भाछ। झन दौंतरीमा ब्लगर भेला भए देखी त ब्लगर ग्रुपको काममा यता उता गर्दा गर्दै ब्लग लेख्ने भनेको गफै मात्र भएको छ।

छेपाराका कहानी धेरै छन। कहानी भन्न थाले तातो आलुको कहानी खतम हुन बेरछैन। ब्लग नलेख्ने बहानामा कहिले कमेन्टमै भुल्ने गर्छु कहिले यता उती ब्लग चाहार्ने गर्छू। यस्तै बहानामा सपना संसारमा पूगें। सपना संसारसंगको भेटघाट पनि एउटा छुट्टै कहानी छ। दौंतरीको इमेलमा सपना संसारको इमेल आइराख्थ्यो। दौंतरीको इमेलमा प्राय नेपाली साइटहरुको इमेल आइरहन्छन। सपना संसारमा बेला बखत गए पनि इमेल त्यती चासोले भने पढ्दिनथे। पोहोर साल मिनीसोटामा नेपालीहरुको पिकनीक थियो। नेपालीको रमझम हेर्न म पनि पुगेको थिएं त्याहां। पिकनिकको रमझमसंगै भलेबल पनि चलिरहेको थियो। भलेबल हेर्दै गर्दा परिचयकै क्रममा आफ्नै गाउं पल्लो पट्टीका अंकलसंग चिनापर्ची भयो। उहांको छोरा भलेबल खेल्दै हुनुहुंदोरहेछ। भलीबल पछी उहांसंग पनि परिचय भयो। हामी टाढाको नाता पर्दा रहेछौं। अमेरिकामा पनि नातेदार भेट्टीदा दंग भएर फोन आदान प्रदान गर्यों। त्यस पछी भेटघाट भइरह्यो। धेरै पछि पो थाहा भयो बेला बेलामा सपना संसारबाट इमेल पठाउने तिनै भलिबल खेलाडी बिश्व पौडेल पो रहेछन। एकछिन दुबै खुब हांस्यौं। बिश्वजीसंग आजकाल पनि नियमित भेट भइरहन्छ।

अगिल्लो हप्ता बिश्वजीले फोन गर्नुभयो। भोली नेपाली भलिबल प्रतियोगिता छ आउनु पर्यो। सधै दौंतरीमा राजनिती, कथामा मात्रै भुलेर भएन यसो आफ्नो वरीपरी हुने कुरा पनि लेख्नुपर्यो। उहांलाइ आउछु त भनिहालें तर अब भलिबलको के पो लेख्ने? त्यही पनि क्यामेरा बोकेर भलिबल मैदानतिर लागें। मैदानमा ६ वटा टिम बललाइ नेट कटाउंदै आफ्ना प्रतिपक्षीसंग जुध्दै रहेछन। त्याहां सानो तिनो नेपाली मेला नै लागेको थियो। खेल हेर्न त रमाइलो भयो तर त्यो खेलको लेख्ने पो के? लेख्ने कुरा गर्दै गरौंला यसो भिडियो खिचौं भनेर सानो क्लिप लिएं। त्यस बखत लिग गेम भइरहेको थियो। सपना संसारका बिश्व जी तातो आलुको टोली नेता हुनुहुन्थ्यो भने उहांहरुसंग जुध्ने बारुलो समुह थियो। १-१ को बराबरी पछि अघी बढेको खेल अन्त्यमा तातो आलु सेलायो। बारुलोले तातो आलुलाइ पराजय गर्दै सेमी फाइनलमा प्रबेश गर्यो। अघिल्लो समुहसंग खेल जितेकोले तातो आलु पनि अर्को समुहको बिजेता भोलेनाथसंग सेमी फाइनलमा खेल्ने मौका पायो। प्रतियोगिताकै शसक्त मानिएको भोलेनाथसंग सेमीफाइनलमा जुध्नु पर्ने भएकोले तातो आलुका सबै खेलाडी चिसा भएका थिए। चर्को घाम र आफूले सपोर्ट गरेको समुह ओरालो लागेपछि म खेल मैदानबाट हिंडे। हारेको खेलको के लेख्नु,भिडियो पनि क्यमाराकै डिस्कमा थन्कियो।

एक हप्ता कामको सिलसिलामा बहिर जानूपरेकोले खेल कता पूग्यो पत्तो नै भएन। एक हप्ता पछि बिश्वजीलाइ फोन गरेर खेल के भयो भनेको त खेल जितियो पो भन्नुभयो। सेमीफाइनलमा प्रतियोगिताको शसक्त समूह भोलेनाथलाइ भित्ता लगाए पछि फाइनलमा नया नेपाल समूहलाइ सजिलै पराजित गर्दै आफ्नो करामत देखाएर २००९ को नेपाली मिनिसोटा कप तातो आलुले हात पारेछ। उहांलाइ बधाइ दिन सपना संसार छिरेको त ओहो पिकनिकका टन्नै फोटो राख्नुभएको रहेछ। खेलको भिडियो भने कतै देखिन। मैले पनि सोचे अब भने ब्लग लेख्ने पक्कै बहाना मिल्यो। १-२ लाइन लेखेर भए पनि यो भिडियो त राख्छु राख्छु भनेर टाइप गर्न थालेको टन्नै पो भएछ। बिश्व जी लगायत उहांको समुहलाइ बधाइ दिंदै लिग चरणमा खेलिएको तातो आलु र बारुलो बिचको सानो क्लिप पस्किएको छु। क्लिपमा अन्य समुहहरु खेलेको पनि देख्न सकिन्छ।




हजारिया पुरस्कार र दुई शब्द :


पानी पधेंरो, उकाली ओराली र भञ्ज्याङ पार गर्दै आएको अनि सबैको मनमा छाएको 'दौतरि'मा मैले लेखेको शिर्शक 'साझा, माइसन्सार र दौतरिं' १०००औं पोस्टको पुरस्कार स्वरुप नेपालीयनजीले यो सुन्दर टि-शर्ट उपहार पठाइदिनुभएको रहेछ । आज बिहान हुलाक बाकसमा क्वांइक्क चाबी घुमाएको त बाक्सां एउटा पोको रहेछ । हत्त न पत्त खोलेर हेरें, दगुर्दै कोठामा गएं, पोको खोल्दा त 'दौतरि'को सम्झनाको उपहार भनौं या पुरस्कार पो रहेछ । धन्यवाद दौतरीं । सोचें मैले, मेरो ज्यानमा मात्र त्यो उपहार पहिरिनु भन्दा किन प्रख्यात 'दौतरिं'मा नटांस्ने ?
नेपालीयनजीले पहिले नै अनुमती दिनुभएको थियो र आग्रह गर्नुभएको थियो, 'यो उपहार दौतरिंमा टांस्नुहोला ।' त्यसैले सर्टको चित्र मात्रै खिचेर टांस्नुभन्दा ज्यानमै लगाएर खिच्नु राम्रो होला भन्ने ठानेर यो भित्तामा टांसेको छु । भुल भए माफ चाहन्छु ।
साथमा क्यामेरा बोकेर माथि कोठामा उक्लिएं, साथीलाई किलिक्क पार्न लगाए, क्यामेरा । साथीले खिच्नुभयो । रमाइलो लाग्यो, फोटो हेर्दा आँफैलाई । दौतरिमा आफ्नो अनुहार टांसे वाहियातको प्रचार हुने जस्तो पनि लाग्यो, तर सफा नियतले सोच्दा आखिर ठिकै होला भन्ने ठानेर यो जमर्को गरेको छु । अतयब: यो तस्विर यही दौतरिंको भित्तामा टांसें । नमिठो लागे पनि ल है मैले त राखें । पून: धन्यवाद दौतरीं ।उत्तरोत्तर प्रगतिको लाखौं शुभकामना ।

(ल है यता उती गरेर मैले पो टिसर्टको अली ठुलो तस्विर फेला पारे। टिसर्टमा के लेखेकको छ भन्ने कौतहुलता मेटाउन यो फोटो राखे है गोकुल जि? - नेपालियन)



August 17, 2009

शान्तिगीत

व्यक्ति मात्र हैन यहाँ समाज र देश रोयो
युग बित्यो तर सदा दूर्भाग्यको राज भयो
समृद्दिको फल टिपी, बाँकि संसार पर पुग्दा
हालत हाम्रो निरिहता दु:ख पीडा भोग्दा भोग्दा।


सतहमा बग्दै जाँदा, चिप्लेँटीको धरापमा
अल्झिएर झर्दै जाँदा, निरन्तरको सरापमा
कैद बन्यो देश कस्तो, हारेको यो जीवन जस्तो
थितिबिति खोसिएको, कठै हाम्रो भाग्य कस्तो !


विनाशको एकलासे ध्येय बन्यो हाम्रो बाटो
बिग्रह र चित्कार नै व्यक्तित्वको अर्को पाटो
आक्रोशको आगो बाली दन्काउँदै आफ्नो मन
घृणा अनि हूंकारको झोला बन्यो हाम्रो तन ।


सलहको बथान बनी, सभ्यताको खेतबारी
जरैदेखि ठुट्याएर, खाइरा’छौँ कठैबरि
सन्त्रासको कोलाहल, दश दिशा तलमाथि
लखेट्दैछन् आँफ्नैहरू , संगै खेल्ने संगीसाथी ।


कर्म बन्यो हिंसा हाम्रो, आह्रिस आफ्नो पहिचान
मुक्ति खोज्यौँ , तर रोज्यौँ निरन्तरको घमासान
मान्छे हुन्न दुष्ट कोही , प्रवृत्तिलाई चिन्ने गरौँ
विचार अनि भावनामा समष्टिको जलप भरौँ।


स्वार्थ अनि बेइमानीको रोग व्याधी हटाएर
झूट, लूट, फूट, दम्भ बर्खे भेलमा बगाएर
सौम्यपन र स्निग्धता रोप्नुपर्छ वागभरि
ढिलो हुन्छ , समयले पर्खिँदैन केही गरी।


आँफै शत्रू जन्माएर आफ्नै बीचमा लड्नुहुन्न
मान्छे भर्‍याङ् बनाएर , स्वार्थनिम्ति चढ्नुहुन्न
सदावहार हुण्डरीको कति लड्ने मल्लयुद्ध ?
आऊ खोजौँ शान्ति अनि समृद्धिको एउटा बुद्ध।


August 16, 2009

नेता

राजनीतिको खेलमा दुई दुना चार हुन्न क्यारे
जनता सधैं घटाऊमा नेता बेस्त गुन्न क्यारे

भोग रोगमा कोलाहाल रुवाबासी देश भरी
कानमा ठेडी जाकिएछ कि छाडे सुन्न क्यारे

गन्हाउदा गन्हाउदै पनि कस्तो बिबशता हो यो
नाक थुनेरै भए नि छाडेनौ फोहोरै चुन्न क्यारे

एक मुठी बिपना दिए हुन्थ्यो भोग मेटन
थेग्नै हम्मे भो होड छ फेरि सपनै बुन्न क्यारे

कुपोषनले सुकेको शरीरमा रगत के होला
जातै उडुसको जती चुसे नि हुन्न टुन्न क्यारे

August 14, 2009

नेपाल: जातियता ,संघियता र यसको यथार्थ

हाल प्राप्त तथ्याङ्कअनुसार नेपालका ७५ मध्ये २१ जिल्ला र करिब चार हजार गाविसमध्ये नौ सय २८ मा क्षेत्रीको बाहुल्य छ। त्यसपछि दस जिल्ला र चार सय ९२ गाविसमा ब्राह्मणहरूको बाहुल्य देखिन्छ। सात जिल्ला र तीन सय ६२ गाविसमा मगर, चार जिल्ला र तीन सय १० गाविसमा थारू, सात जिल्ला र तीन सय एक गाविसमा तामाङ, तीन जिल्ला र ८४ गाविसमा नेवार, पाँच जिल्ला र दुई सय ७५ गाविसमा मुसलमान, पाँच जिल्ला र तीन सय आठ गाविसमा यादव, ६ जिल्ला र एक सय ८० गाविसमा राई तथा चार जिल्ला र एक सय ३० गाविसमा गुरुङहरूको बाहुल्य देखिन्छ। भाषाको आधारमा हेर्ने हो भने ४९ जिल्लामा ५० प्रतिशतभन्दा बढी नेपाली मातृभाषीहरू छन् भने पाँच जिल्लामा मैथिली र तीन जिल्लामा भोजपुरीभाषीहरूको बाहुल्य छ।

मधेशका केही उच्च जातिको नेतृत्वमा खुलेका दलहरूले प्रस्ताव गरेको स्वायत्त एक मधेश प्रदेशविरुद्ध त्यहाँका आदिवासी थारू खुलेर लागेका छन्। तराईको कुल जनसङ्ख्याको ११ प्रतिशत र मधेशी जनसङ्ख्याको २० प्रतिशत ओगट्ने थारूको असन्तुष्टिले सानो अर्थ राख्दैन। त्यसैगरी तराईका मेचे, कोचे आदिवासी पनि कोच स्वायत्त प्रदेश माग गरेर आन्दोलन गरिरहेका छन्। तराईमा नेपालको जनसङ्ख्याको ४.३ प्रतिशत ओगट्ने मुस्लिम छन्। पहाडका विभिन्न जिल्लामा समेत बसोबास गर्ने यो समुदाय स्वायत्त मधेशभन्दा पनि समानुपातिक प्रतिनिधित्वको लागि आन्दोलन गर्दै आइरहेको छ। मधेशमा बस्दै आएका पहाडेको ठूलो जनसङ्ख्यालाई पनि मधेशी आन्दोलनकारीले अझै सम्म विश्वासमा लिनसकेका छैनन्। बरु उल्टै मधेश आन्दोलनकारीले देखाएको असहिष्णु व्यवहारका कारण पहाडेहरू विस्थापित बनिरहेका छन् जसले मधेशी र पहाडे बीचको सहिष्णुतालाई झन बढी खलल पुर्याएको छ।

पछिल्लो जनगणना अनुसार तराईमा हिन्दू धार्मिक समूहभित्र पनि ११ दलित समूहसहित ४३ वटा फरक-फरक जात छन्। यी समूहहरू मैथली, भोजपुरी, अवधी र बाजिका गरी चार अलग-अलग समूहमा बाँडिएका छन्। यस्तो मिश्रित संस्कृतिलाई कसरी समेट्ने भन्ने कुनै पूर्व तयारी बिना स्वायत्त मधेशको अवधारणा आएको देखिन्छ। मधेश प्रदेशअन्तर्गत प्रस्ताव गरिएको झापा ,सुनसरी र मोरङ जिल्लालाई लिम्बू आन्दोलनकारीहरूले लिम्बुवान प्रदेशभित्र समेटेका छन्। त्यसैगरी माओवादी कै कोच राज्य अन्तर्गत पनि यी जिल्ला पारिएका छन भने एक मधेश प्रदेशमा त यी हुने नै भए । लिम्बुवान राज्यका लागि लडिरहेको संघीय लिम्बुवान राज्यपरिषद्का अध्यक्ष सन्जुहाङ पालुङवा लिम्बुवानलाई मधेश भनिएकोमा आपत्ति जनाउँदै भन्छन्, “हाम्रो पुर्खाले आर्जेको भूमि हामी मरिगए छाड्दैनौँ।”

जातीय स्वायत्त प्रदेशका लागि उपयुक्त र लिम्बुको सघन बसोबास भनिएको प्रस्तावित लिम्बुवान प्रदेशको सीमाङ्कन पनि भद्रगोल छ। लिम्बुवान भनिएको संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाममा उनीहरू भन्दा अन्य समुदायको जनसङ्ख्या बढी छ। उनीहरूले अहिलेसम्मका शासक भन्दै आएको बाहुन क्षेत्री सबैभन्दा बढी (२६.७ प्रतिशत) देखिन्छन्। त्यसपछि लिम्बु (२३.५ प्रतिशत) र राई (१६.३ प्रतिशत) छन्। लिम्बुवानमा बस्ने ४५.२ प्रतिशतको मातृभाषाको रूपमा नेपाली बोल्छन् भने २२.५ प्रतिशतले मात्र लिम्बु भाषा बोल्छन्। राई भाषा बोल्ने जनसङ्ख्या १५.८ प्रतिशत छ। राष्ट्र पुनर्निर्माणः सामाजिक-सांस्कृतिक परिदृश्य भित्रको यो यथार्थतामा अन्य जातिसमूहको उत्तिकै वा भन्दा बढी महत्वपूर्ण उपस्थिति रहेको परम्परागत लिम्बुवान क्षेत्रलाई स्वायत्त क्षेत्रका रूपमा कसरी रेखाङ्कन गर्ने?

माओवादीले तमुवान भनेर मानेको गण्डकी प्रदेशको कुरा पनि यस्तै उदेक लाग्दो छ । गण्डकी अञ्चलको विभिन्न समुदायको तथ्यांक हेर्दा मनाङ बाहेक गुरूङहरूको मात्र बहुमत भएको जिल्ला नै भेटिन्न । लमजुङ कूल जनसंख्याको ३७ प्रतिशत गुरूङहरूको बसोवास रहेको जिल्ला भए पनि त्यहाँ त्यति नै प्रतिशत ( ३७%) बाहुन- क्षत्रीको बसोवास रहेको छ । गोरखामा १७% गुरूङ छन् भने त्यो भन्दा दुगूना बाहुन क्षत्री छन् । कास्कीमा १०% गुरूङ छन्न भने ४५% भन्दा बढी बाहुन-क्षत्री रहेका छन् । तनहूँ लगभग ४७% मगर बहुल जिल्ला हो भने श्याङ्जामा बाहुन-क्षत्री मिलाउँदा लगभग ४८% पुग्छ भने गुरूङ् ७% र मगरको २७%संख्या रहेको छ । जनसंख्याका हिसाबले सबैभन्दा साना दुई जिल्ला मनाङ र मुस्ताङमा मात्र गुरूङ बहुमत रहेको यो भेगको यो जनसांख्यिक तस्वीर भित्र कसरी तमूवान राज्य खोजिने हो आँफैमा बुझिनसक्नु पहेली बनेको छ ।
माओवादीले गरेका स्वायत्त प्रदेशको सीमाङ्कन राज्य पुनर्संरचना आयोगको अध्ययनको आधार हुने भएकाले त्यसलाई लिएर संविधानसभामा हानथापको स्थिति सृजना हुनसक्छ। एकातर्फ पहिचान (जाति, भाषा, धर्म र संस्कृति)को आधारमा संघीय ईकाई बनाउनुपर्ने चुनौती छ भने अर्कातर्फ यसोगर्दा अर्को जातिको आत्मसम्मानमा ठेस नपुगोस् भनेर हेर्नुपर्ने पनि जरुरी छ।

जातीय आधारमा तीनवटा राज्य बनाएर सङ्घीय शासन आरम्भ गरिएको नाइजेरिया अहिले ३६ टुक्रामा विभाजित भएर अनवरत हिंसा र द्वन्दको दलदलमा फँसेको छ । नेपालमा अहिले जतिवटा सङ्घ बनाए पनि सङ्घीय राज्यहरू यिनले निर्धारण गरिदिएको सङ्ख्यामा सीमित भएर भोलिसम्म रहनेमा विश्वास गर्न सकिने स्थिति हुन सक्दैन। क्रमशः हरेक जातले आफ्नै राज्य बनाउँदै जाँदा हाल एक लाख सतचालिस हजार वर्गकिलोमिटरको देश नेपाल कम्तीमा पचास टुक्रामा विभाजित हुनसक्ने सम्भावना छ। सिद्धान्त, विचार, दर्शन र देशका कुरा छोडेर पार्टी नै गठन गरे पनि मलेसियामा झैं जातीय पार्टी मात्र चल्ने स्थिति बन्यो भने नेपालका एक सय एक जातिले आ–आफ्ना पार्टी र सङ्घ स्थापना गर्न खोज्नु अस्वाभाविक हुँदैन।


माओवादीले प्रस्ताव गरेको स्वायत्त प्रदेश कम्युनिष्ट सिद्धान्तबाट निर्देशित भएको हुनाले तिनमा केन्द्रीयता हावी हुने निश्चित पनि छ। तर यही बाटोबाट हुर्किएको जातियतावदी समूहहरूको जातिय संघियताको योजना भने आ-आफ्ना जातिय अग्राधिकारलाई कायम गरी आत्मनिर्णयको अधिकार सहितका राज्यहरू पाउनु पर्छ भन्ने बुझाइको छ । अति केन्द्रीयताले गर्दा परम्परागत कम्युनिष्ट शासन भएको मुलुकका संघीय व्यवस्था टिकेका छैनन्। पूर्व सोभियत संघ, चेकोस्लोभाकिया, युगोस्लाभिया त्यसका दृष्टान्त हुन्। लोकतन्त्र नभएका अति केन्द्रीकृत र सैनिक शासन भएका देशमा पनि संघीय व्यवस्थाले राम्ररी काम गर्दैन। ब्राजिल, मेक्सिको, नाइजेरिया, पाकिस्तान, अर्जेन्टिना त्यसका उदाहरण हुन्। त्यसैगरी कतिपय समुदायले उठाएका अग्राधिकारका कुरा पनि लोकतान्त्रिक पद्धति विपरीत छन्। पीताम्बर शर्मा भन्छन्, “बाहुन क्षेत्रीको उत्पीडनबाट मुक्त भएर कुनै अमूक जातिको तानाशाहीभित्र बस्नुपर्छ भन्नु सामन्ती सोच हो। त्यसले फेरि घुमाइफिराइ सामन्तवादकै पक्षपोषण गर्छ।”

( तथ्यांक केतवि, नेपाल , तथा आलेख, संकलन तथा टिपोट समकालीन नेपाली पत्रपत्रिकाहरू बाट )



मन्दिरको ढेडु र कुर्सीको बाँदर !

मन्दिरको एउटा ढेडु
नित्य निरन्तर
बिहान उठेर आफ्ना बथानसंगै
बथानकै हितको लागि जुट्छ।

आर्को ईलाकाको घुसपैठलाई धपाउँछ
आफ्नो बथानको लागि रसद जुटाउँछ
बाहिरीया संग जे-जस्तो भए पनि
आफ्नो एकतामा समय लुटाउँछ

कुर्सीको अर्को बादँर सधैं सधैं
आफ्नै समुहबाट बच्न खोज्छ
कुर्सी सुरक्षीत हुन्छ भने
सिमा मिचाई पनि भुलाउँछ

आर्को समुह देखि मात्रै हैन
आफ्नै खैरे, पाँङ्रे र ध्वाँसेसंग सशंकित हुन्छ,
ध्वाँसेलाई काले र खैरेलाई पाँङ्रेसंग जुधाउँछ
कुर्सि बचाउन हिमाल र बुद्ध पनि बुझाउँछ

मन्दिरको ढेडु,
आफ्ना जत्थाको पिरमा साझेदार हुन्छ
कुर्सिको बाँदर,
समस्याको बेलामा विदेश सबार हुन्छ

मन्दिरको ढेडु उमेर ढल्के पछि
जवान ढेडुलाई जिम्मा सुम्पन्छ
कुर्सीको ढेडु, आर्यघाट बाटै पनि
हैकम चलाउन तम्सन्छ

मन्दिरको ढेडु
मन्दिरको अखण्डता पुरा गर्छ
कुर्सीको बाँदर
अंशबण्डाको कुरा गर्छ

अचम्म छ, कुर्सीको बाँदरको
उल्टै क्या सम्मान छ !
मन्दिरको ढेडु बिचरा,
व्यर्थैमा बदनाम छ



August 13, 2009

नेता!



सिनो खान पल्केकाहरू
ढुकेर बस्छन अवसरलाई
कुरुप पखेटा फट्फटाउँदै
ठूलो चोक्टा खोज्ने त
यिनको विशेषतै हो।

झ्यांगमुनि लुकेर
विभत्सतालाई
नियाल्ने गिद्देनजर
यथार्थताको
आकाश देख्दा तर्सिन्छन् !

आस्तित्वरहित
घोक्रो आवाज
निकाल्ने चुच्चोले
समर्पण अनि वलिदानमाथि
धृष्टता देखाउँदै
लुँछाचुँडी गर्न तम्सन्छन्!

प्वाँख झरिसकेका
पखेटा उठाउँदै
पुरानै हाँडी घोप्टेहरू
एक-आपसममा चुच्चो ठोकाइरहेछन
जुधिरहेछन् सिनोको लागि!

करोडौं सेता परेवा
प्रतिकारको लागि
जुटिरहेछन
खबरदार!
बकुल्लाहरू हो !
एक्लै उड्ने कोशिश नगर
खुल्ला आकाशमा !!!

-आश्मा


August 12, 2009

आज श्रीकृष्णजन्माष्टमी:


यदायदाहि धर्मस्य ग्लानिर्भवति भारत:
अभ्युत्थानं Sधर्मस्य तदात्मानां सृजम्म्हम्
। - भगवद्गीता

आज २०६६ साल श्रावण २९ गते ( तदनुसार १३ अगष्ट २००९ ) विश्वभरका , अझ विशेष रूपमा नेपाल र भारतका, हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण धार्मिक पर्व कृष्णाष्टमी हो । यो पर्वलाई ‘गोकुलाष्टमी’ , ‘जन्माष्टमी’ वा ‘ श्रीकृष्णाष्टमी’ पनि भन्ने चलन छ । द्वापर युगमा, श्रावण कृष्ण पक्षको अष्टमी तीथिको मध्य रातमा भगवान श्रीकृष्णको जन्म भएको विश्वास छ ।

कंस , शिसुपाल , जरासन्ध, पुतना , वकासुर आदि जस्ता मायावी दैत्यहरूको दवदवा बढेर , संसार संत्रस्त हुन थालेपछि देवताहरूको अनुरोधमा सज्जनहरूको संरक्षण र दुर्जनहरूको विनाश गर्न भनी भगवान विष्णुले वासुदेव र देवकीको ८ औँ गर्भबाट कंसको आफ्नै भाञ्जाको रूपमा जन्म अवतार लिनुभएको हिन्दू विश्वास रहिआएको छ । कठिन परिस्थितिमा जेलभित्र जन्मिएर , आफ्ना सानिमा र आफन्तहरूको रेखदेखमा राक्षसी कुदृष्टिबाट जोगिँदै जोगाउँदै हुर्काइएका भगवान कृष्णका वाल्यकालका अद्भूत सौर्य र पराक्रमहरू बिभिन्न पुराणहरू , महाभारत र कृष्ण चरित्र जस्ता ग्रन्थहरूमा महत्वका साथ वर्णित छन् । पछि , दानवहरूको संहार गरिसकेपछि, महाभारतको युद्धमा समेत आफ्ना प्रिय सखा पाण्डव र विशेषत: अर्जुनको साथ लडेर अत्याचारी कौरवलाई हराउन मद्दत गरी , श्रीकृष्ण गीता जस्तो अमृत सन्देशले भरिएको भगवद्वचनको संग्रह समेत हामीलाई भगवान श्रीकृष्णले दिएर जानुभएको विश्वास छ ।

यिनै विश्वासका आधारमा असत्य र पापाचार माथि विजय पाउन भगवान कृष्णले जन्म लिनुभएको पवित्र सन्दर्भलाई व्रत, उपवास र उल्लासका साथ मनाउन दिनभर भक्तजनहरूले व्रत वा उपवास बसेर मठ-मन्दीर वा घरमा पूजापाठ गरी मध्यरातमा , श्रीकृष्णको जन्मसंगै यो पर्वको कार्यक्रम विसर्जन गर्ने चलन रहिआएको छ । कतिपय स्थानका पूजाविधिहरूमा पूजामा नाटक वा रूपकलाई पनि साथसाथ अगाडि बढाएर मध्यरातको पूजाबीच ‘झूला’ वा ‘कोर्को’ मा भगवान श्रीकृष्णलाई जन्माइसकेपछि मात्र विधिवत् रूपमा पूजाको विसर्जन गरी यो व्रतको विधिलाई समापन गर्ने चलन छ ।

हाम्रो नेपालमा पनि आजको दिन पाटनको श्रीकृष्ण मन्दीरमा भव्य पूजाको आयोजना गर्ने चलन छ भने , नेपालका लगभग सबैजसो भगवान विष्णु, कृष्ण, नारायणका मन्दीरहरूमा तथा व्रतालु घरघरमा दिनभर भक्तजनहरूले व्रत पारायणमा रही भगवद्भक्ति र पूजापाठमा दिन अर्पण गर्ने चलन छ । नेपाल र भारतभरि व्रत, पूजा , रथयात्रा र झाँकीहरूको आयोजना गरी धूमधाम रूपमा मनाइने यो एउटा महत्वपूर्ण पर्व हो र मथुरा, वृन्दावन र द्वारका यस उद्देस्यका लागि पवित्र तीर्थ धामहरू हुन । उपलक्ष्यमा विश्वभरका र विशेषत: नेपाली हिन्दू धर्मावलम्बीहरूमा श्रीकृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना !

परिशिष्ट ( कमेण्टबाट):

श्रीकृष्णको अन्त्यको कथा केही विस्तारमा जाँदा यस्तो छ:

त्रेता युगमा रामले आफ्ना मीत सुग्रीबलाई सहयोग गर्न सुग्रीबको दाजू बालिलाई मारे । बालीका छोरा अंगद ,आजीवन आफ्ना पिताका हत्यारा रामका सेवक रहेर लंकाको लडाईँमा समेत सहयोगी मात्र बनेनन् बरू जीवन नै रामको सेवामा समर्पित रहे । सेवाबाट खुशी भएका रामले अंगदलाई आशीर्वाद माग्न भने र अंगदले आफ्नो पिताको हत्यारा स्वयं 'राम' लाई मार्न पाऊँ भनेर मागे । रामले अंगदको यो इच्छा पूरा गरिदिँदै भने ' द्वापर युगमा म कृष्ण भएर जन्मिनेछु र तिमी व्यधा भएर मलाई मारेर पितृ हत्याको बदला लिन सक्नेछौ'। यही वचन पूरा गर्न द्वापर युगको अन्त्यतिर समग्र कौरव पाण्डव र यदुवंशीय आफन्तको विनासपछि उदास बनेका कृष्ण, एउटा चौतारीमा विश्राम लिँदै आफ्नो वैकुण्ठ फिर्ताको कुरा सोच्दै थिए । उनको खुट्टाको हल्लिरहेको बुढी औँलालाई चरिरहेको मृगको कान ठानेर , धनुष चलाएर उक्त व्यधाले घाइते बनाए । पछि व्यधा आएपछि कृष्णले आफ्नो र व्यधाको कथा व्यधालाई स्मरण गराउँदै देह त्याग गरे । तर , त्यो तीर जसको टुप्पोमा विष भरिएको थियो , त्यसले खुट्टाको बुढी औँलामा लागेर कृष्णको देह त्याग हुनुपर्ने कारणको कथा भने अलग छ ।

कृष्ण रोमाण्टिक मात्र थिए त ?

वास्तवमा अज्ञानतावश पनि कृष्णलाई रोमाण्टिक हिरोको रूपमा बुझ्ने गरिएको कुरा साँचो हो । पौराणिक एवं हिन्दू विश्वास अनुसार कृष्णका १६१०८ श्रीमति थिए भन्ने पाइन्छ । राधा, रुक्मीणी, सत्यभामा र जाम्बवती लगायतका ८ वटा कृष्णका पटरानीहरू मध्येका धेरै जसो सुन्दरीहरू श्रीकृष्णको सौन्दर्य र पराक्रमबाट मोहनी नै लागे झैँ गरी उनलाई नै पति पाउने इच्छाले आशक्त थिए र ती मध्ये राधासंग स्वयं श्रीकृष्णको प्रेम प्रसंग रहेको कुरा ग्रन्थहरूमा उल्लेख छ । रूक्मीणीलाई उनको इच्छा बिरुद्ध उनको दाजु रुक्मीले जबर्जस्ति शाल्वसंग बिहे गराइदिन खोज्दा , उद्दार गरिएको थियो र उनले आँफूले जहिले पनि कृष्णलाई मात्र पतिको रूपमा सोचेको भनी कृष्णलाई अपनाइन । आफ्ना पटरानी मध्ये केहीलाई तिनका आफन्तहरूले जबर्जस्ति अरू दानवसंग बिहे गराइ दिन खोज्दा , उद्दार गर्ने क्रममा ती कन्याहरू लाई आँफैले स्वीकार गर्नु परेको स्थिति पनि कृष्णको जीवनमा रहेको देखिन्छ ।

त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनुसार , सम्भवत: सबैभन्दा पराक्रमी ठानिएका राजकुमार वा वीरहरूले ,कुनै राजदरवारमा राजकन्याहरूको स्वयम्वर घोषणा गरिएपछि आँफूलाई धनुर्विद्या र शस्त्रास्त्र परिचालन कौशलमा सबैभन्दा विशिष्ट साबित गरी प्रमाणित गर्नु पर्थ्यो र यसो नगर्नु कायरता ठहर्थ्यो । जहाँसम्म १६१०० पत्निको प्रसंग छ, यो विषयमा धेरै मान्छेहरू कुरा नबुझी बोल्ने गरेको मैले पाएको छु ।

यो कथा यस्तो छ:

जरासन्ध नामको डरलाग्दो अत्याचारी दानव थियो। उसको कैदमा संसारभरबाट उसले राम्री ठानेका केटीहरूलाई जबर्जस्ति अपहरण गरेर वा गर्न लगाएर थुनेको थियो । यो डरलाग्दो दानवसंग कृष्णको २ पटक युद्ध भएर पनि उसको अन्त्य हुन सकिरहेको थिएन किनभने ,जरासन्धको मृत्यू कृष्णको नभएर भीमसेनको हातबाट हुनु उसको कालगतिमा थियो। अन्तमा, एक दिन भीमसेन, अर्जुन र कृष्ण गएर जरासन्धलाई भीमसेनसंग युद्ध लड्न ललकार दिए । २७ दिन घमासान युद्धमा नतिजा नआए पछि २८ औँ दिनमा भीमसेन थाक्दै गए । तर जरासन्धको जाँघमा ( लोइन) उसको कमजोडी छ भन्ने थाहा पाएका कृष्णले , एउटा घाँसको त्यान्द्रो टिपेर त्यसलाई बीचबाट चिरेर देखाए । यसको संकेत बुझेका भीमले , जरासन्धलाई उसका दुइटा खुट्टा फट्टाएर च्यातेर मार्न सके ।

यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट मुक्त गरिएका १६१०० महिलाहरूले कृष्णलाई समस्या खडा गरे । उनीहरूले भने “ हामी जरासन्धको कैदमा थुनिएर उसको नियन्त्रणमा थियौँ र हाम्रो पालन पोषणको जिम्मा उसको थियो । तर अब, हामीलाई स्वतन्त्र भयौ भन्दैमा ,हाम्रो समाजले हामीलाई अपनाउने छैन र हाम्रो जाने ठाऊँ कहाँ छ ? कृष्ण, कि त हामीलाई अपनाउनुस् र हाम्रो जिम्मेवारी उठाउनुस् हैनभने हामीलाई जरासन्धको कैदबाट मुक्त गरेर तपाईँले अझै ठूलो विपत्तिमा उभ्याइदिनुभएको छ” । यस्तो परिस्थितिमा , ती सबै १६१०० कैदी महिलाहरूलाई श्रीकृष्णले स्वीकार गरी उनीहरूको पालनपोषण, ऐश आराम र आवश्यकताको जिम्मेवारी स्वीकार गरेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । त्यो मात्र हैन , सामाजिक अवगाल र अपहेलनाबाट जोगाउन , कृष्णले यी सबै महिलाहरूलाई आफ्नो पत्निको मान्यता दिए ता कि अपहरित भएका र आफ्ना परिवारले समेत राक्षसी डरका कारण आफ्नो भनी स्वीकार गर्न नसकेका यी असहाय महिलाले एउटा विश्वविजयी पुरुषको संरक्षण पाउन सके । तत्कालीन समाजको चरित्र अनुसार एउटा प्रभावशाली पुरुषको पत्नि बनेका उनीहरूलाई समाजले हेप्न पनि पाएन वा सकेन होला ।

तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका गोप एवं गोपिनीहरूसंग का आत्मीय प्रेम र शृङ्गारिक रास लिलाका प्रसंगहरू चर्चित छन् यिनको वर्णन पनि विस्तारमा गरिएको पाइन्छ ग्रन्थहरूमा । कृष्णको जीवनको यो पाटो अत्यन्त विशाल र विषद छ र पनि यो नै सबै भने हैन । एउटा कठीन जीवनका विविधता र जटिलता बीचमा, कृष्ण अनुयायीहरूले पनि उनका समग्र वा पृथक पृथक रूपहरू मध्ये एउटा वा सबै पक्षलाई पूजा गरेका हुन्छन् । यस्ता प्रेम, संलाप, बाँसुरी वादन, क्रिडाहरू र रोमाञ्चको प्रदर्शन कृष्णको जीवनको वाल्यकाल र युवा अवस्थामा नै भएका छन् भने युवा अवस्था पछिका कृष्ण बढी कुटनीति, राजनीति, शान्ति र युद्धका प्रसंगमा संलग्न फेला पर्छन्। कृष्णका व्यक्तित्वमा रहेका अनेकौँ पक्षहरू मध्ये 'भक्तियोग' का अनुयायीहरू ( जस्तै मीरा, सूरदास ) आदिहरूले यही प्रेममय कृष्णको आराधना गर्ने गर्छन भने , कर्मयोग र गीताका अनुयायीहरूले 'कर्मण्यैवधिकारेस्तु मा फलेषू कदाचन:' ( Action is your duty, reward is not your concern' भन्ने गीताको सार वाक्यांसलाई आदर्शको रूपमा अवलम्बन गर्छन् ।

हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले यो मिथकीय कुराको सत्यलाई निरूपण गरेर तर लाग्ने कुरा हैन , तर पौराणिक आख्यान र किंवदन्तीमा जीवीत वर्णनहरूलाई पनि तिनको पूर्णतामा हेर्यो भने क्रमवद्दता र क्रमसंगति नपाइने हैन । धर्म, पुराण वा मिथक विज्ञान हैनन यहाँ वर्णित कुरालाई कहिले कथा, कहिले विम्व वा प्रतीकको रूपमा बुझ्दै त्यहाँ निहित दर्शन, लक्षणा र व्यञ्जनालाई बुझ्यो भने केही न केही काम लाग्ने कुरा फेला पर्न सक्छ । धर्म र आस्थालाई empirical truth को कसीले सत्य साबित गर्न सकिन्न , यो त केवल मान्छेको विश्वासमा जीवित वा नीर्जीव बनेको हुन्छ । राजनीतिक विचार वा अन्य दर्शनको औचित्यता पनि तिनका विश्वासीहरूलाई मात्र रहने आग्रही सत्य हुन्, सापेक्ष सत्य जस्तो । निरपेक्ष वा पूर्ण सत्य स्वयं पनि सायद एउटा मिथ नै होला । अहिलेलाई यत्ति ।


August 10, 2009

दुष्टले त लाज खायो :

-एकलव्य

बेथितिको भेल आयो, आतंकको राज छायो
दुष्कर्मी र पापीले नै सत्कर्मीको भाग खायो ।

राम्रो गर्यो राम्रै फल्छ , भन्ने चलन हराएर
रित जाँदा , हेर आज धुरीबाट पाप करायो ।

जनताको नाम लिँदै , लाज सर्म पचाएर
क्रान्तिकारी कुरा गर्यो्, लुड्याउँदै भाग खायो।

बोक्सी आँफै धामी आँफै, ताण्डवको राज छायो
सभ्यताको बिहानीमा, दूर्दिनको मात लायो ।

बोल्नेको हो पीठो बिक्ने, यति जाने हुन्छ हजूर
जान्ने बुझ्ने छैनन यहाँ, दुष्टले त लाज खायो ।

August 9, 2009

गूगल अर्थले गल्ति सच्चाउने रे, तर हाम्रो हैन !

मैले केही समय अघि गुगल अर्थले सगरमाथाको शीखर चीनमा परेको देखायो भनी आपत्ति जनाएको थिएँ । त्यस्तै खालको लेख हिजोको टाइम्स अफ इण्डियाको वेब संस्करणमा पनि छापिएको थियो । यसका अनुसार , गुगुल अर्थको पछिल्लो भर्सनमा , भारतको सुदूर उत्तर पूर्वी अरूणाचल प्रदेशका भारत शाषित धेरै भूभागलाई  चीनिया भूभागको रूपमा देखाइएको रहेछ । बुझ्न सकिन्छ, यो समाचार पढेपछि कति भारतिय जनता र सरकारका प्रतिनिधिहरू समेतले सो कुराको बिरोध गरे होलान् गूगल समक्ष । त्यसैको परिणाम गूगलले आँफूबाट गल्ति भएको र सो गल्तिलाई सच्चाउने आश्वासन भारतीयहरु सामु प्रकट गरेछ ।

स्मरणीय छ,भारत र चीन बीच प्रशस्त सीमा विवादहरू छन् । यी मध्ये भारतले आफ्नो भूभाग हो भनी दावा गरेको पश्चिमोत्तर राज्य जम्मू काश्मीर प्रदेशको अक्साइ चीन भनिने भूभाग र पूर्वोत्तरको अरूणाचल प्रदेशको उत्तरी भूखण्ड समेत नब्बे हजार वर्गकिलोमिटर क्षेत्रफल भएको विशाल भूभाग अझै चीनीया नियन्त्रणमा नै छ । भारत चीन बीच सीमा विवादले गर्दा पछिल्लो समय १९६१-६२मा यी दुई मुलुकबीच घमासान युद्ध पनि भयो र आजपर्यन्त सीमा विवाद समधानका प्रशस्त प्रयासहरू भए पनि यी दुई मुलुक बीच समस्या यथावत् छन् । रोचक कुरा त के छ भने , त्यति बेलाको भारत माथिको चीनीया आक्रमणलाई भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले सही ठहराएको थियो । कम्युनिष्ट राष्ट्रले आफ्नो मुलुकमाथि गरेको आक्रमणलाई सही ठहर्‍याउने कम्युनिष्ट  पार्टीभित्र यो कुराले ठूलो विवाद जन्मायो र यो पार्टी भारतीय कम्युनिष्ट पार्टी ( चीनिया आक्रमण बिरोधी ),मार्क्सवादी कम्युनिष्ट पार्टी ( चिनीया आक्रमणको शुरूमा भोकल र पछि मौन समर्थक ) मा विभक्त भयो । यो विवादास्पद,राष्ट्रविरोधी तथा कम्युनिष्ट अन्तर्राष्ट्रवाद पक्षीय अडानले गर्दा , आज पर्यन्त भारतीय राष्ट्रवादमा माकपाका बारेमा धेरै नै प्रश्न उठ्ने गर्छन् ।

आफ्नो सीमामा गूगलले अन्यथा देखायो भनेर गल्ति सच्चाउन घच्घचाउने भारतीयहरू , अरू साना छिमेकी मुलुकका सीमाहरूमा उनीहरूका कारण देखिएको मलमिचाइँमा भने चूँ सम्म बोल्न उचित ठान्दैनन् । यसको उदाहरण नेपालले भोगेको भोग्यै छ । उता नेपालको उत्तरी सीमामा भएको चीनिया अर्घेल्याईँ भने नेपाली मिडिया र जनताको मनमाथिंगलमा कहिल्यै देखा नै पर्दैन किनभने उत्तरी सीमा त धेरै नेपालीलाई थाहै छैन। 

गूगलले गल्ति सच्चाउने कुराको समाचार यो लिंकमा छ :

http://timesofindia.indiatimes.com/news/india/Google-admits-mistake-of-wrong-depiction-of-Arunachal/articleshow/4871753.cms

अनि हाम्रा नेतालाई पनि कस्तो टेन्सन् भएको होला ! आफ्नो राष्ट्र रसातल तिरको यात्रामा झरेको झर्यै छ त्यसको बारेमा चासो छैन । मुलुकलाई सँधैको हिंसा , अराजकता र रडाकोको क्रान्तिमा हुलेर बडा बडा गुड्डी हाँक्दै ,   हाम्रा कामरेड प्रचन्ड भने अमेरिका र भारत मिलेर चीनलाई खान लागे भनेर सुर्तामा दुब्लाएका पो देखा परे , हेर्नूस त , तलको लिंकमा  :

http://www.indianexpress.com/news/prachandas-latest-india-us-planned-to-attack-china-using-nepal/498655/

अनि यसको खण्डन यो लिंकमा:

http://www.indianexpress.com/news/India-rubbishes-Prachanda--s-claim/499165

हरे, हाम्रो गति र मति !

(सगरमाथा हाम्रै भएको जानकारी गुगलाई दिन कृपया यो पेज मा गएर “Please select the problem you're experiencing” भन्ने Dropdown menu मा “Wrong location” को विकल्प चुनेर सबैले २-३ लाईन नै भएपनि लेखौं ।)



गजल

थोपा पुगेनन कि आँसुको छाती त जली नै रह्यो
लप्काले छोप्यो हेर्दा हेर्दै मुटु मेरो बली नै रह्यो

देखेको हुन्न रहेछ लेखिएकी रहेनछ्यौ शायद
भाग्यले पनि यही अभागीलाई नै छली नै रह्यो

जुनी जुनी पुराउछु भन्थ्यौ हाम्रो नाता बार बार
तिम्ले गाड्या मायाको चिनो हेर्दा हेर्दै ढली नै रह्यो

अधेँरोमा छु शायद खुशी छु अधेँरो बाँचेर पनि
दियो त के बल्थ्यो मन भरी हुरी जो चली नै रह्यो

मुटु भित्र दुखेका अतीत घरि घरि घोच्छन किन
रोक्दा रोक्दै पनि आँखाको त्यो गोरेटो गली नै रह्यो


फूलको चोट

शिव प्रकाश

उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"

उसले सेतो फूल मन पराउन छोडेको छ !

ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !

सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !

सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीतासा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई र न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !

उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?

सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।

फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -

निश्छल छ फूल

फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको

उपमा छ आत्मीयतको, वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !

फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !

सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सभ्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतो फूल सम्झन्छ ।

सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !

शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'

हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! र, त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।

त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !

जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।

अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।

आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।

मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!


August 7, 2009

आज ब्लग-गान भेला ( टेक्स्ट सहित)

आज ठ्याक्कै भूतले खाजा खाने समयमा चारैतिर छरिएका ब्लगरहरुलाइ एउटै चौतारीमा समेट्दै एकदिने बिशाल
आम ब्लगर भेला गराइदै छ। यस्को प्रत्यक्ष प्रसारण गर्ने जिम्मा म गोपालीयनले पाएर अरुहरु ले बोक्रा चपाउँदा म भित्रदेखी नै तिनीहरुलाइ कुच्चीगं भनिरहेको छु। तपाइँहरु भ्रममा पर्नुभयो होला, केही समय पहिले नामै नसुनेको औतारी नाम गरेको ब्लगले ब्लगर भेलाको नाममा आफ्ना ठूलाबा सानाबाका छोरा-छोरी,अंकल-आंटी बिचमा कुराकानी गराएर पहिलो ब्लगर भेला नाम दिएको रहेछ। सर्बप्रथम त, त्यो पहिलो भेला हुँदै होइन किनकि ब्लगर नै हामी,हामी नै ब्लगर हौ र हामीहरु त्यहाँ थिदै थिएनौं । दोस्रो कुरा ब्लगको गाना नै नगाई गरिएको त्यो भेला ब्लग-गान भेला हुनै सक्दैन। सबैलाइ सक्दो झुक्काउन ब्लगर फ्युजनलाइ राष्ट्रियगान गाउन लगाएर ब्लग-गान भनेर झुक्काउन खोजेको कुरा सबै समक्ष छर्लंग छ। उक्त भेलामा भारत,चीन या अमेरिकाको हात रहेकोले तपाईँहरू त्यस भ्रममा नपर्नु हुन आग्रह गर्दछौं। बरु आजै हुने ब्लग-गान भेलामा पुराना भेलालाई खारेज गर्दै त्यो भेलाको साथै ती ठूलाबा सानाबाका छोरा छोरी,अंकल,आंटी आदी सबैको भण्डाफोर तिर लागौं।

म तपाईँहरुलाइ यो प्रष्ट पार्न चाहन्छु कि गाना नै नगाएको भेला ब्लग-गान भेला हुनै सक्दैन। त्यो एक हप्ता अघि होस वा एक हप्ता पछि। तसर्थ, आजको भेलामा आलूतामा का साथै ब्लगको गानाको पनि व्यवस्था छ। आज नया,पुराना,बिशेष,अर्धबिशेष सबै खाले ब्लगरहरु भेला भएका छन् । पाहूनामा भने अरूका लेख चोर्ने,सिधै कपिपेष्ट गर्ने,एउटै लेख गिद्दको आची जस्तै चारैतिर छर्नेहरू पर्नुभएको छ। ल, अब आजको भेलाको उद्घघाटन झक्कु दादाले कालो झण्डा देखाएर गर्दै हुनुहुन्छ। कालो झण्डा अस्तीको गैर ब्लगर भेलाको बिरोध स्वरुप छानिएको हो भने हरुवा प्रधान मन्त्री माकुने धोबीहरुको कपडा धुने कार्यक्रमको उद्घघाटनमा गएकाले यो बिशाल भेलामा उनी भन्दा पनि शक्तीशाली झक्कु दादा ल्याइएको हो।

खबर धेरैलाइ गरिए पनि कसैका भात खाने ट्याम परेकाले,कसैको भात पाक्दै गरेकाले,कसैको भर्खर भात बसालेकोले र कोही आउन मन नलागेकोले सहभागिता अलि कम भएको जानकारी गराउन चाहान्छु। अहिले सम्म भेलामा फलानु मानुभावहरु आइसक्नुभएको छु:

- झक्कु दादा
- गोपालियन
- फ्युजन
- दुकलव्य
- शाइबाजी
- रमेश
- बन्दमञ्च
- तिम्रो ब्लग
- काका
- हुरीबतास
- जेपी
- गेष्ट ४२०
- पेष्ट ८२०

अन्य ब्लगरहरु पांग्राजाम,टोल बन्द,बिजुलबन्दमा फंसेकाले उहांहरुलाइ कुर्दा ब्लगको गाना बासी हुनेभएको ले भेलाको क्रम भंग नगराइ एजेण्डा तिर लागौं। आजको एजेण्डामा अघिल्लो साताको गयर भेला खारेज गरिनुपर्ने,ब्लगरलाइ जस्ले भेटेपनि नमस्ते या सलाम टक्राउनुपर्ने,सित्तैमा अरुको ब्लगबाट कपि पेस्ट गर्न पाउनुपर्ने,एउटै कबिता १०० ठाउंमा पोष्ट गर्न पाउनुपर्ने आदी। ल अब परिचय तथा छलफल तिर लागौं:
गोपालियन:नमस्कार तथा स्वागत छ है सबै ब्लगर मित्रहरुलाई।
जेपी: खोइ त गाना? कुर्दा कुर्दै । यो त समाचारमा बिज्ञापन बजाए जस्तै भो नि।
गोपालियन: गाना आउदै छ। पहिला परिचय तिर लागौं। त्यस पनि ब्लगको गाना गाउंला।
गोपालियन: मेरो नाम गोपालियन हो। केही समय देखी ब्लगमा खोक्दै आएको छु। आजको भेलाको जिम्मा..
हुरीबतास: हैन मेरो परिचय दिने पालो आएन,खाली त्यो गोपालियन आफूमात्र बोल्या बोल्यै। बोल्ने मान्छे फेर्नुपर्यो।
गेष्ट ४२०: गेष्टहरुको परिचय कतिबेला आउंछ त? सुरुमै मेरो आपत्ती है। त्यो ब्लगरलाइ देख्ने बित्तीकै नमस्कार टक्राउन हामी सक्दैनौं। एक दुइ लात हो भने ठिकै छ।
बन्दमञ्च: ल यि सबैकुरा बन्द गरेर गाना गाउन तिर लागौं। गाना नगाएर पनि कतै ब्लग-गान सुरु हुन्छ?
गोपालियन: पखौं न मित्रहरु। परिचय कार्यक्रम सकिएकै छैन,पहिला त्यो त सकौं, अनि गाना गाउंला। मेरै परिचय
है, म गोपालियन, २ बर्ष देखी ब्गगिगं गर्दै आएको छु,आजको भेलाको जिम्मा...
हुरीबतास: मैले अघि नै भन्या होइन। यो गोपालियन खाली आफुं मात्र परिचय दिन्छ अरुलाइ परिचय गर्न नै दिंदैन।
काका: हैन सबैलाइ के भाको? सबभन्दा उमेर खाएको म यांहा छु कसैले वास्तै गर्दैन। यो भेलाको सभापती मलाइ दिनुपर्छ है।
काका: हैन किन सबै चुपचाप? यांहा षडयन्त्रहोला जस्तो छ। ल आजको भेलाको सभापतित्तव म आंफैलाइ घोषणा गरें।
रमेश: क्या झन अघि देखी चुप्प लागेर बसे सबैले भाउदेलान भनेर भनेको सभापती त अर्कैले उडाए। अरु केही बांकी छैन? छ भने मलाइ दिउं साथीहरु नत्र भने म भेलाबाट बाहिर लागें।
रमेश is away
तिम्रो ब्लग:पद सदको कुरा म जान्दिन बरु ब्लग-गानको एउटा अफिस स्थापना गर्न कोठा खोज्न तिर लागौं। तपाइहरु गफ गर्दै गर्नुहोस म चाही ब्लग-गानको अफिसको लागी कोठा खोजेर आउंछु।
तिम्रो ब्लग is away

भेलाको टेक्स्ट सहित लाइभ अपडेट छिटै आउंदै छ.....


गाउँखाने कथा - २६ (Nepali Gau Khane Katha)

अपडेट: गाउँखाने कथा - २६ को सहि उत्तर हो तमाखु। उत्तर मिलाउने एनोमिनस जीलाइ बधाइ। अब गाउं माग्ने पालो पनि तपाइकै।
सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

फतफते बूढीको तालुमा भुंग्रो, के हो?

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


August 6, 2009

किन?

प्रबिण थापा

मलाई दोषी देखिरहयौ बदलिएनौ किन?
माया गर्छु भनिरहयौ पग्लिएनौ किन?

पिंडाले म जलिराछु समस्याले चेप्पिराछु
समाधानका बाटहरुमा देखिएनौ किन?

नजरकै वरिपरी डुलिरहन्थ्यौ हिजो अस्ती
आज मनको बगैचामा भेटिएनौ किन?

गन्तब्यमा पुगिछाड्ने गरेको वाचा कसम
स्वार्थ पुरा भएपछी सम्झिएनौ किन?

समर्पणको कुरा गर्यौ प्राप्ती सहज हुँदाहुँदै
मलाई आफ्नो बनाउन तम्सिएनौ किन


August 4, 2009

खाँचो छ आन्दोलनको तर 'जन्तु' हैन जनताको ।

सबै कुरा समाधान हुन्थ्यो यदि नेपालका राजनैतिक दलहरूले मेरो गोरूको बाह्रै टक्का नभन्ने हो भने । तर भएन वा हुन सकेन , हाम्रो नियति यस्तै बनाए राजनीतिका तिकडम खेलमा माहिर खेलाडीहरूले ।

राजनैतिक दलहरूले सहमति गरेकै हुन यस अघि पनि । त्यसैले अब नहुनु वा हुन नसक्न पर्ने केही कुरा थिएन। सहमति गरेर मुलुक हितमा काम गर्ने हो र राजनैतिक दुराग्रह नपाल्ने हो भने मिलन विन्दू नभेटिने कुरा छँदै छैन । केवल मुख्य राजनैतिक दलहरूको एकार्काप्रतिको अविश्वासले गर्दा, देशको समग्र शान्ति र विकासको भविष्य दलदलमा फसेको मात्र हो । हाम्रो जीवन चौपट बनेको मात्र हो ।

मुख्य मुद्दा हो माओवादी र गैरमाओवादी बीचको विश्वासको संकट । यही विश्वासको संकटमा मुलुकको वर्तमान र भविष्य दुवै कैद परेर थुनिएका छन् ।

माओवादीहरू सोच्छन् अरू राजनैतिक दलहरू अकर्मण्य छन् र नया नेपालको सोचबाट नदारद छन् । माओवादीहरूले गर्दा गणतन्त्र र संविधानसभा सम्भव भएको हो र त्यसैले गर्दा माओवादी विजेता हो । निर्वाचनमा ठूलो दल पनि बनेपछि त जनअनुमोदित भैसकेको हुनाले उसको विचार र राजनैतिक सोचले अग्राधिकार पाउनुपर्छ र अरू सबै उसको पछिपछि चल्नु पर्छ । अर्कोतिर उसले , कम्युनिष्ट सोचमा आधारित जनगणतन्त्रको राग अलापिरहन्छ र एउटा कम्युनिष्ट दल नियन्त्रित लोकतन्त्रको खाका प्रस्तुत गर्दै भनिरहन्छ ‘यही बाटोबाट जनताको अधिकारको रक्षा र मुलुकमा चमत्कार सम्भव हुनेछ’ । आफ्नो छापामार र अर्धमिलिसिया दस्तालाई अगाडि सार्दै बेलाबखत उसले जोरजुलुम र गैर लोकतान्त्रिक हर्कत गरिरहन्छ त्यसै कुरालाई लिएर अरूमा डर छ ‘माओवादीहरूको काम बलजफत सत्ता कब्जा गर्ने र यही जोडबलका नाममा आफ्नो पार्टीको शासन कायम गरी त्यसैलाई लोकतन्त्रको जामाले सजाइदिनु हो’ । माओवादी भन्छ, हामी यहाँसम्म आयौँ हामीलाई विश्वास गरेर नया नेपालको हाम्रो सोचमा सबै एकाकार भईदिऊन । तर लोकतन्त्र नै सबैको लक्ष्य हो भने आँफूले गरेको कामको पुरस्कार स्वरूप निश्चित कुराको अग्राधिकारवाला ह्याकुले मिचाइँ प्रवृत्ति छाड्नै पर्छ तर छाड्ने संकेत पनि कसैले देखाएको छैन । यस्तोमा जुध्न खोज्न गोरूले सिँगौरी खेलेर आफ्नो तुजुक देखाउन छाडेको छैन नै ।

अरू सोच्छन: माओवादी केवल उसका छापामार र अर्ध मिलिसियाका कारण मात्र ठूलो दल हुन सकेको हो। पुरानो कम्युनिष्ट सोच र व्यवहार बोकेर बल र हिंसाका भरमा यहाँसम्म आइपुगेको माओवादी शक्ति बाहिर लोकतान्त्रिक र भित्री रूपमा एकदलिय अधिनायकवादी लक्ष्यमा छ । ऊ आँफै बाहेक कुनै राजनैतिक सोच र दलप्रतिका व्यवहारमा इमान्दार छैन र भोलि मेसो मिल्ने बित्तिकै आफ्नो एकदलियता लाद्न चाहन्छ । सबैतिर कब्जा जमाएर उसले सेना र अदालतमाथि आँखा गाडेको छ र उसको त्यो लक्ष्य पूरा हुनासाथ माओवादीको असल नियत बाहिर आउने छ तर त्यति बेलासम्म धेरै ढिलो भैसकेको हुनेछ । माओवादीले पस्केको प्रस्तावित नेपालको शासकीय स्वरूपको खाकाले पनि कतिपय यस्ता तर्क गर्नेहरूका मान्यतामा सहमति देखाएकै छन् ।

अविश्वास रुपी यो खडेरीमा , विश्वास रूपी सुमधुर वर्षाको कुनै आभाष कतै देखिएको छैन । अत: हाम्रो निकट भविष्यमा आशाका पालुवा र विश्वासका कोपिला लाग्ने सम्भावना कतै छैन । नेपाललाई भकुण्डो बनाउँदै केवल बिरोधी कोर्टमा खेल्दै निर्वाध आँफै गोल गरिरहन पाउनु पर्ने अनौठो फुटबल खेल खेलेर स्वस्थ प्रतिस्पर्धाको आनन्द लिन चाहन्छन् नेपाली दलहरू र जनताले ताली पिटेर यो खेलको भरपूर आनन्द लिऊन भन्ने आकांक्षा राख्छन् हाम्रा माओवादी, कांग्रेस र एमाले आदि खेलाडीहरू । यही खेल उनीहरूको परिभाषा भित्रको लोकतन्त्र हो, नागरिक मुक्ति वा सर्वोच्ता हो !

दलहरू आ-आफ्नो सर्वोच्चता खोजिरहँदा , जनताको शान्ति अनि विकासको अभिलाषामा जहिले पनि वज्रपात परेको छ । आज मुलुक छियाछिया परेको घाऊ र मुलुकमा व्याप्त बनेको अराजकता र अनुशासनबिहीनताको बयान गरी साध्य छैन । संसार कहाँ पुगिसक्यो , हामी गास, वास, कपासको रटमा राजनीति गर्नबाट २१ औँ शताब्दिमा पनि मुक्त हुन सकेनौँ । १८ औँ शताब्दिको महामारी हैजा , हाम्रो परिचय बनेर अहिले पनि राप्ति र सेतीमा रोएको देखियो । राजनैति एजेण्डाका ठूला ठूला कुरा गर्नेले मुलुकको हैजा र भोकमरीले ल्याएको अन्तराष्ट्रिय बेइज्जतीलाई मनन गर्ने पो कहिले र कसरी ? सँधैको आन्दोलन र क्रान्तिलको खेतिमा सामेल हामी, आँफैले आँफैलाई महान अनि क्रान्तिकारीको संज्ञा दिन आतुर हामीले बाँकि संसारले हामीलाई सदैव कलह र कोलाहलमा रमाउन मन पराउने झगडालु मुलुक र मुलुकवासीका नामले चिन्दा यसमा चिन्ता लिने पो को ?

के राजनीतिको साँघूरो घेरा भन्दा माथि उठेर , मुलुक कै लागि सोच्न पर्ने बेला भएन र अब? अब, कुनै राजनीतिक रंगमा नरंगिएका विशुद्ध जनता ऊठेर , मुलुकलाई आफ्नो पकडमा लिएर राजनैतिक दल रूपी छद्म दलालहरूको चंगूलबाट मुक्त पर्ने बेला पो आएको हो कि ! हामीलाई राजनीतिले विभाजित गर्‍यो र सँधै लडायो तर पनि हामीले सँधै धोका खाइरह्यौँ । अब , यो राजनीतिको आवरणमा ओढिएर मुलुकको दलाली गर्दै आफ्ना दलका खातेपिते आशेपासेहरूका लागि मुलुकलाई नै भोज र भोजनको वस्तु बनाउन खोज्नेहरू बाट देशलाई मुक्त बनाउनै पर्ने अवस्था आइसकेको छ ।

माओवादी, कांग्रेस वा एमाले रूपी रंगीन झोलयुक्त बाल्टिनमा नचोबलिएका विशुद्ध जनताको आन्दोलन अब अनिवार्य बनिसक्यो । यदि साँच्चै मुलुकलाई गति दिने हो भने अबको आन्दोलन राजनीति मुक्त आन्दोलन हनुपर्छ जहाँ जनता केवल जनता होऊन र आन्दोलन पछिको सत्ता फ्रेञ्च क्रान्तिले ल्याएको जस्तो जनताको हुन सकोस् , वोल्शविक वा अरू जस्तो हैन जहाँ जनताको आन्दोलन गर्ने नाममा पार्टीले यसलाई अपहरण गर्न नसकोस् । राजनीतिमा सँधै असहमति मात्र रहने हो भने राजनीतिमुक्त सहमतिको अनिवार्यता अबको आवश्यकता बनिसक्यो । कुनै नेता र दलको हैन । अनि मात्र नेपालको साँचो मुक्ति सम्भव हुनेछ। यो नेतृत्व नागरिक समाज नामका नेताको पनि हैन , केवल जनताको हुनसकोस् – माओवादी, कांग्रेसी वा एमाले आदि जस्तै दलहरूको डोरीले बाँधिएका 'जन्तु'हरूको हैन विशुद्ध जनताको!


दौंतरी भेला, भर्चुयल वर्ल्ड र पाइरेट पार्टी

करीब २ वर्ष पहिले दौंतरीको ढोका खोल्दा शायदै सोचिएको थियो कि यो सामुहिक ब्लगिंगको चस्कासंगै यहांसम्म पुगिन्छ । खासै क्रियाशिल नभए पनि बेला बेलामा २-४ लाइन लेखेर होस या यताउताका रमाइला कुरा टिपेर होस दौंतरीमा बांड्ने जमर्को गर्दा गर्दै वर्ष दिन नाघिसकेको पत्तै भएन । दौंतरीको लागि खटिरहेका साथिहरुले एउटा अनौठो भेलाको लागि कम्मर कसिसकेका थिए तर म भने अन्तिम समय सम्म पनि भेलामा “उपस्थित” हुन्छु भन्ने सोचेको थिइन । धेरै जसो नेपाली भेला आ-आफ्नै नीहित स्वार्थका लागि हुने, “मपाई पार्टी गठन” गर्ने थलो हुने र अझ “लण्डन भेला” जस्तो भेला सकेर एउटा सौहाद्रपुर्ण वातावरणमा बिदा-बादि हुने basic courtesy लाई भुलेर औंला तेर्स्याउने र पाखुरा बजार्ने स्थल हुने भएकाले भेलाहरुमा मेरो उपस्थितिको रजिष्टरलाई भुतकाल तिरै छोडेर आफ्नै दिन चर्या र कर्ममा रमाउने बानी परिसकेको थियो । तर दौतरीको नया प्रयोग र त्यसमा पनि नया सोच भएका र केहि गर्नु पर्छ भन्ने बिचार भएका कर्मयोगी ब्लगरहरुको बिचको यो नया प्रयोग भएका कारण १ दिन अगाडिसम्म आइपुग्दा यसलाई “मिस” गर्नु हुन्न भन्ने स्थितिमा पुगेको थिएं ।

अन लाइन कन्फ्रेन्स र सेमिनारहरुमा धेरै पटक भाग लिएको भए पनि नेपाली ब्लगरहरुको भर्चुयल भेला मलाई नयां लागिरहेको थियो । छोटो समय, सिमित प्रचारका बाबजुद तीन दर्जन भन्दा धेरैको उपस्थितिले देखाइरहेको थियो कि जमाना “वास्तविक” भन्दा “भर्चुयल” संसारतर्फ फड्को मारिसकेको छ । भेलाको उत्साहजनक सफलताले देखाइरहेको थियो कि हो हामी “भर्चुयल वर्ल्डका” लागि लायक भइसकेका रहेछौं । यसै सन्दर्भमा भर्चुयल वर्ल्ड कति शक्तिशाली भइसकेको रहेछ भन्ने एउटा चर्चित उदाहरण यहां उल्लेख गर्न मन लाग्यो, यो हो पाइरेट पार्टी ।

पाइरेट पार्टीको स्थापना स्विडेनमा २००६ को जनवरी महिनामा भएको थियो र यसको स्थापनाको मूल मर्म थियो इन्टरनेट पाइरेसी” गर्न पाउनु पर्छ अर्थात इन्टरनेटबाट व्यक्तिगत प्रयोजनको लागि गीत, डाटा, फिल्म वा इन्टरनेटमा उपलब्ध जुन सुकै सामाग्री निशुल्क डाउनलोड गर्न पाउनु पर्छ (कपि राइट नतिरी सामाग्री भोग गर्नु पाइरेसी हो भन्ने शब्दार्थ यहां भनिरहनु नपर्ला)। मार्क्सको सिद्दान्त र लेनीनका भाषणले कुनै बेला भुइंचालो ल्याएको युरोपमा मार्क्सबाद र लेनिनबादी “सर्वहारा” वर्गको क्रान्ति इतिहास भैसकेपनि उपयोगिताबादी र चरम भौतिकताबादी समाज भित्रका “नयां सर्वहारा”हरुको अनलाईन संगठन गठन होला र यसले तहल्का ल्याउला भन्ने कसैले सोचेको थिएन होला। रिकार्ड फाल्कविन्गेको लहड”मा जन्मेको यो पार्टी अहिले स्विडेनको तेस्रो ठुलो पार्टी बनिसकेको र भविष्यको विश्वव्यापी “भर्चुयल” पार्टी बन्न सक्ने भय विकसित देशका मूलधारका राजनीतिक दलहरुमा पक्कै पनि छाइसकेको हुनु पर्छ । झट्ट सुन्दा जंकी र आवारा” हरुको भिड जस्तो लाग्ने यो पार्टीले अहिले युरोपियन पार्लियामेन्टमा पनि एकजना सदस्य पठाउन सफल भइसकेको छ भने स्वीडेनमै ७० प्रतिशत भन्दा बढि ३० वर्ष भन्दा कम उमेरका युवाहरु यसका सपोर्टरहरु छन । हाल स्विडेनमा यस पार्टीका ४९,००० जना संगठित सदस्य छन र सदस्यताको आधारमा यो स्विडेनको तेस्रो ठुलो पार्टी बनेको छ । यसको भातृ संस्था युथ पाइरेट्स स्विडेनको सबै भन्दा ठुलो युवा संगठन भएको छ ।

यस पार्टीका ३ वटा उद्देश्य रहेछन :

१. कपी राइट प्रणाली हटाउने (व्यक्तिगत प्रयोजनको लागि कपी राइट नियम लागु हुन नहुने)

२. प्याटेन्ट प्रणाली खारेज गरिनु पर्ने (एउटा प्रमुख तर्क: प्याटेन्टका कारण गरीब देशहरुले औषधीहरु उत्पादन गर्न सकेका छैनन र ती देशहरुमा अकालमा लाखौं मान्छेहरुले ज्यान गुमाइरहेका छन ।)

३. व्यक्तिगत गोपनियता (privacy) व्यक्तिको अधिकार

स्विडेनको अप्टिकल फाइबर भएर जाने आउने सम्पुर्ण डाटाहरु निगरानीमा हुदारहेछन । यस देशले २,५०,००० शब्दहरुलाई सर्च क्याटेगोरी भित्र राखेको छ र यि मध्येका कुनै पनि शब्दहरु भएका इमेल वा कुनै पनि अनलाईन सुचनाहरु जांच भित्र पर्दछन । यसले व्यक्तिगत गोपनियता भंग भयो र यो हटाइनु पर्छ भन्ने यस पार्टीको माग छ ।

डब्लु टी ओ, संगठित र मल्टिन्यासनल "ब्रान्डेड" व्यापारको माध्यमले दुनियामा आफ्नो वर्चस्व कायम गर्न खोज्ने विकसित देशहरुलाई अहिले नेपाल वा भारत देखि पेरुसम्म पड्कने "साम्यवादी" बन्दुकले भन्दा आफ्नै देश भित्रका यी वर्ग ठुलो टाउको दुखाइ बन्ने निश्चित छ ।

हामी जाजरकोटको झाडापखालाको महामारीबाट मुक्ति पाउन नसकेको अवस्थामा र धेरै तेस्रो विश्वका देशहरुमा अनिकाल, महामारी, भोकमरी र सुशान पार्टीहरुका प्रमुख एजेण्डा बनिरहेको अवस्थामा माथिका तीनवटा प्रमुख उद्देश्य बोकेर पनि पार्टी खुल्न सक्छन भन्ने कुरा हाम्रा लागि अर्कै ग्रहको कहानी हुन सक्ला तर भर्चुयल वर्ल्डको यो शक्ति कुनै बेलाको औद्योगिक क्रान्तिसंगैको साम्यबादको लहर जस्तै आफ्नो बर्चस्व स्विडेनबाट अन्य विकसित र अग्रगतिमा विकास तर्फ लम्कदै गरेका विकासोन्मुख देशहरुमा समेत फैलाउंदैछ । गएको युरोपियन संसदको चुनावमा जर्मनीको पाइरेट पार्टीले समेत २,३०,००० भोट ल्याउन सफल भएको थियो । अर्थात संदेश यहि हो मान्छेको मन मष्तिस्कले “भर्चुयल” संस्कार अवलम्बन गरिसकेछ ।

स्रोत: http://www.piratpartiet.se/, बिबिसी र अन्य



August 3, 2009

यस्तो पनि हुन्छ !

Crocodleविमान भित्र गोही !:

विमानसंग चराहरु ठोक्कीने कुरा कहीलेकाही सुनिन्छ। तर एउटा यात्रु वाहक विमानमा गोही भेटीयो भने कस्तो लाग्ला ?।

गत हप्ता त्यस्तै घटना भएको छ। ईजिप्ट एयरको आबुधाबी बाट काहिरो जान लागेको एउटा विमानमा यात्रुको सामान राख्‍ने ठाउँबाट एउटा गोहीको बच्चा निक्लेपछि विमान यात्रीहरु भयभित भए । जम्मा २७ ईन्च मात्रै लामो र बयस्क नभैसकेको भएकोले चालकदलका सदस्यले केहीबेरको कोशिस पछि सो सानो गोहीलाई नियन्त्रणमा लिएर स्थितिलाई सामान्य बनाएका थिए ।

(समाचार र फोटो सोर्सको लागि फोटोमा क्लिक गर्नु होला)

दुई मुखे गाई:

यो खबर कोलम्बियाको । अघील्लो हप्ता, २४ जुलाईको दिन कोलम्बियाका एकजना किसानको गाईले दुइवटा मुख भएको बाच्छीलाई जन्म दिएको छ।

हालसम्म स्वस्थ रहेको यस बाच्छीको नाम जेनीफर राखिएको छ । दुईटा मुख, चार आँखा भएको यो बाच्छी खैरो रंगको छ । टाउको एउटै भएका कारण दिमाग पनि एउटै रहेको सो गाई बारे दाँया पट्टी राखीएको यो भिडियो बाट पनि अरु जानकारी लिन सक्नु हुन्छ ।

ए.टि.एम. चोरको कथा:

चोरहरुले ए.टि.एम. मेशिनबाट पैसा झिकेको वा चोरेको खबर त कहीलेकाही आईरहन्छ । तर चोरले पैसा हैन, ए.टि.एम. मेशीन नै चोरेको भने सायद यो पहिलो घटना होला । समाचारका अनुसार १ अगष्टको राती, भारतको पन्जाबमा होशियारपुरका दुईजना लुटेराले सो ‘कार‍नामा’ गरेका हुन ।

साथमा ग्यास कटर, एलपिजी ग्यास र अक्सिजन समेत लिएर पुरा तयारीका साथ आएका लुटेराहरुले केही समयको ‘मेहनत’ पछि करिव चार क्विण्टल वजन भएको सो एटिएम मेशीन समेत गाडीमा राखेर भागे ।

पछि चौकिदाद्वार पुलिसलाई सूचना गरिएपछि भने पाँचलाख रुपैया भन्दा बढी रकम रहेको सो मेशीन जोगाउन र चोरलाई समेत पक्रन पुलीसहरु सफल भए ।



प्रथम अन्तराष्ट्रिय नेपाली ब्लगर भेला सम्पन्न । सम्पूर्ण टेक्स्ट Archives खुल्ला ।

यो भेलाको सम्पूर्ण टेक्स्ट Archives (विना सम्पादन) जस्ताको त्यस्तै हेर्न मिल्ने बनाएर यहाँ राखीएको छ । भेलाको सम्पूर्ण कार्यक्रम र वार्तालाप हेर्न सोही लिन्क पच्छाउनुहोला । उपर्युक्त पेजमा भेला सुरु हुनुभन्दा केही अघी देखीका वार्तालाप समावेस छ। सो भन्दा पछाडीको कुराकानीहरु हे्र्न पेजको माथी दायाँ पट्टी रहेको >Next दवाउदै अगाडी बढ्नु होला

दौंतरीमा अगस्ट १, २००९ मा प्रथम अन्तराष्ट्रिय ब्लगर भेला सम्पन्न भयो। उक्त भेलामा देश विदेश स्थीत ४० जना जति ब्लगरको सहभागीता भएको थियो।

भेलाको रुपरेखा यस प्रकार थियो:

- उद्घघाटन तथा झण्डोतोलन - ठरकी दादा बाट
- रा्ष्ट्रिय गान - सुजन शर्माबाट
- सभापतीत्व - बसन्त गौतम
- स्वागत मन्तव्य - दिलिप आचार्य
- सहभागीको नाम तालीका
- परिचय तथा प्रस्ताबित बिषय
- प्रस्ताबमा छलफल
- छलफलको निचोड
- कार्यक्रम समापन

भेलाको निचोड यस प्रकार थियो:


१) डुब्लिकेट कपि, मल्टि कपी, चोरी लाइ दुरुस्ताहित गर्ने ।
२) ब्लगर ग्रुपको युजर इमेल nepali-bloggers@googlegroups.com तयार गर्ने । -तयार भयो अब तपाई आफै नै http://groups.google.com/group/nepali-bloggers लिंकमा गएर सदस्य बन्न सक्नुहुनेछ।
३) नया ब्लगरलाइ प्रोत्शाहन गर्ने।
४) आजको भेलाको कपी दौंतरीमा राख्ने र बांकी एजेण्डाको बारेमा छलफल गर्ने। - टेक्ट एक महिनाको लागी उपल्ब्ध भैसकेकोक छ। अब कमेन्टबक्समा बहस गर्नुहोला।
यो भेला बाट आएका कुरा कसरी अगाडी बढाउने कमेन्ट बक्समा छलफल गर्नुहोला।

भेलाका अघि पछीका केही रोचक पक्षहरु:

  • भेलामा पालै पालो गरी जम्मा ४० जना ब्लगर र ८ जना पाठक साथीहरुको उपस्थिति थियो ।
  • भेला ठीक समयमा सुरु भएर तोकिएको समयमै समापन भएको थियो ।
  • भेला अबधिभर दौँतरीमा ३२१ आगन्तुक प्रवेश (वा दौँतरी मा ३२१ पटक क्लिक भएको) थियो ।
  • भेलमा जम्मा २५४७ मेसेज आदान-प्रदान भएका थिए ।
  • अर्काको ब्लगका सामाग्रीहरु कपि-पेष्ट गर्ने ब्लगरको ‘झाँको झार्ने’ कुरा हुँदा वातावरण निक्कै रमाईलो भएको थीयो ।
  • भेलाको अगी पछि गरेर भेलाको बारेमा ३९८७ मेसेज आदान- प्रदान भएको थीयो ।
  • केही सहभागीहरु काम, केही खाना त केही निन्द्रा छाडेर सहभागी भएका थिए ।

भेला अघि पछीका केहि रमाईला वाक्यांशहरु जस्ताको त्यस्तै:

Nepalean: ५ घन्टा देखी यो हेरको मेरो आंखा त गुच्चा जस्तो भाको छ ।

T-Dada: मेरो कम्प्युटरमा त मकै पडकेको जस्तो आबाज आएर मेसेज आउन थाल्यो ।

wordflows (guest): bomb ta padkeko chaina ni.

Basanta: बरु डण्डा खाईन्छ, तर झण्डा चाहिन्छclip_image001

ZeroHour (guest): हैन "क्रमभंग" गर्न भएन ।

sapanasansar (guest): दौतरी चोतारी मा भेला सकिएपछि पो उपस्थित भएछु जस्तो छ ।

sapanasansar (guest): बेदनाथ ज्यु को किन त्यस्तो भयो घर तिर भाउज्यु सुत्केरि हुनुहुन्थ्यो कि ?

BedNath (guest): hijo laptop ma problem aayer program install gardai thik bho ...ani aber sutiyo ...

भेलामा वाकाजीले एउटा मिठो कविता र गजल पनि राख्‍नु भएको थियो । कविता यहाँ जस्ताको त्यस्तै राखीएको छ:

निच्छल स्वच्छ पवित्र भाब बोकी
लम्कौ दौतरी हातेमालो गर्दै
भूगोलको कुना कुना पसी
छरौ मुस्कान आलोपालो गर्दै
सबै आफन्त सबै नेपाली
चढोस् सबमा सदभाबको लाली
मेची दुख्दा रोवोस महाकाली
जय नेपाल जय, नेपाली

(गजल भने कृपया आफ्नै नामबाट दौँतरीमा पोष्ट गर्नु होला वाकाजी)

केहि झाँकीहरु:

First Nepalese International Bloggers Meet

Screenshot 2



August 2, 2009

ब्ल्गर भेलाको बारेमा

नेपालको प्रथम अन्तराष्टिय अनलाइन ब्लगर भेलामा अफ्ठ्यारो समयका कारण सार्है दु:खबस भाग लिन पाइन, त्यसको लागि सर्वप्रथम क्षमाप्रार्थी छु । तर यो नौलो प्रयोगलाई सफल रुपमा समापन गर्न लागिपर्ने र सहभागि हुने सबै धन्यवादका पात्र छन, इतिहासले संधै यो भेला तर्फ फर्केर नयाँ सुरुवातका लागि आभार प्रकट गरिरहन्छ भन्ने मलाई विश्वाश लागेको छ ।

भेलामा भाग नलिए पनि दौंतरिमा राखिएको archives खुब चाख लाएर पढें । यो पढ्दा खुशी लाग्यो, हांस उठ्यो, रिस पनि उठ्यो । कहिले कंही मनमा "हरे हामी नेपाली" भन्ने पनि आए, कहिले "वहा हामी नेपाली" । तर अनलाइन सबै एकैचोटी बोल्न खोज्दा बेला-बेला कुरा छेउ न पुच्छर जस्तो हुन्छ भन्ने कुरो भने प्रष्ट भयो । सबैको आ-आफ्नो बिचार हुन्छन, यो भेलाको सिमित समयमा चित्त बुझ्दो रुपमा सबैमा बहस हुने त कुरै भएन । तर एउटा सुचना आदन प्रदान गर्ने गुगल ग्रुप बनाउने कुरो सार्है राम्रो लाग्यो । करले हैने रहरले जो कोही पनि त्यो ग्रुपमा सामेल हुन सक्छन, अनि केही objective सुचना बांडन यो ससक्त माध्यम हुन सक्छ । जस्तै पहिलो अन्तराष्ट्रिय अनलाइन ब्लगर भेलाको जानकारी सबैलाई प्रदान गर्ने ।

अर्को मलाई मन परेको कुरो भने: आफ्नो बिचार टांसोको रुपमा बहसका लागि राख्ने । दौंतरी सो टांसोका लागि उपयुक्त्त स्थान हुन सक्छ । जस्तै ब्लगान किन राम्रो हो वा होइन, वा अरु नै कुनै बिषयमा । यसमा आ-आफ्नो धारणा chat का दुई लाइनमा पोख्न गर्हो होला तर पुरै टांसोमा पोख्न र क्रमबद्ध रुपमा कमेन्टमा वा छुट्टै टांसोमा बहस गर्दा सहमति खोज्न सजिलो होला । केही त्यस्तो टांसोमा बहस पछी आगामी भेलामा छलफल अगाडि बढाउन अलि सुलभ होला की ?

समग्रमा भन्नु पर्दा यो भेलाले भविश्यका लागि धेरै अरु ढोका खोलिदिएको छ । यो एउटा नया प्रयोग थियो, त्यसैले निश्चित रुपमा सुधारका धेरै ठांउहरु छन । यो एउटा सुरुवात हो, अन्त होइन ।









Remaining Portion


के छ नाममा त्यस्तो ? सबै छ हजूर

भारतीय निर्मात्री एकता कपुर र करन जौहरले ‘क’ बाट नाम शुरू हुने सिरियल वा फिल्म बनाउँछन् । यही समानतालाई आधार मानेर कुरा उनीहरुको बिहे सम्म पुर्याइयो पनि । भारतीय फिल्म संसार र क्रिकेट खेलाडीहरूको विश्वास न्यूमेरोलोजी ( अंक ज्योतिष) , र अक्षर ज्योतिषमा यति बिघ्न छ कि, भनी साध्य छैन । के अंक वा अक्षर ज्योतिष साँच्चै काम गर्छन् त ? यदि गर्छन नै भने कसरी ?

एउटा अनुसन्धानले यसो भनेको छ :

के छ नाममा त्यस्तो ?

शेक्सपियरदेखि अंक ज्योतिषहरूले समेत भन्नेछन् तपाईँको नाममा नै तपाईँको सर्वस्व छ । जुन नाम लिएर हामी जन्मन्छौँ त्यो हाम्रो ‘कस्मिक नाम’ हो । यो नै हाम्रो जीवन उद्देश्य, लक्ष्य, प्रतिभा, क्षमता , पाठ र हाम्रो अस्तित्वको कारण पनि हो । कसैले पछि आफ्नो नाम परिवर्तन गरेर पनि जीवनका निश्चित कार्य र कारणको प्रभावलाई बदल्न भने सक्छन् । तर पनि यो परिवर्तनबाट हाम्रो आधारभूत व्यक्तित्वमा बने कुनै परिवर्तन हुन्न। जसरी बिपरित दिशातर्फ बाट आक्रमणका लागि दौडिँदै आएको कुकुरलाई साथमा रहेको कुनै खाने कुरा फालिदिएर उसको आक्रमक उद्देश्यमा नियन्त्रण पाउन सकिएला , त्यसरी नै अदृश्य कस्मिक प्रभावलाई नाम परिवर्तन वा अंक वा अक्षर ज्योतिषका उपायहरूको अबलम्बनले, केही समधान दिन सक्छ रे !

सकारात्मक कम्पन, स्पन्दन वा तरंग,
Getting the right vibes

अंक वा अक्षर ज्योतिषका अनुसार हाम्रा नाममा हुने श्वर र व्यञ्जन वर्णहरूले तरंगका श्रृंखलाहरू पैदा गरेका हुन्छन् र यिनको नतिजाले हामीलाई केही भनिरहेका वा गराइरहेका हुन्छन् ।

हाम्रो नामका श्वर ध्वनि वा वर्णहरूले हामीलाई ‘आत्मिक व्यग्रता’ "Soul Urge" को कुरा तर्फ डोराइरहेका हुन्छन् । अर्थात, यस्ता वर्णहरूले हामीलाई हाम्रो आत्मा कुन कुरामा व्यग्र छ अथवा हाम्रो जीवनको लक्ष्य र प्रेरणाहरू के हुन भनी त्यतातर्फ उद्वेलित बनाइरहेको हुन्छन् ।

हाम्रो नाममा हुने व्यञ्जनहरूले पैदा गर्ने तरंगहरू हाम्रो व्यक्तित्वको ‘शान्त वा धीर पक्ष’
"Quiet Self" हुन् । यी ती सिप र खूबीका क्षमताहरू हुन् जसले हाम्रो आत्मिक व्यग्रताले प्रयास गरेको लक्ष्यलाई हासिल गर्न मद्दत गर्छन् ।

समष्टिमा यी सबै श्वर र व्यञ्जन तरंगहरूको कूल योग हाम्रो व्यक्तित्वको ‘अभिव्यक्त पक्ष ‘ वा ‘मेनिफेस्टेड सेल्फ’ हो । यो कूलयोगले हामीलाई हाम्रो संसारमा सार्वजनिक हुन मद्दत गरेको हुन्छ र यहाँ हामी जे छौँ त्यही नै हामी हौँ ।
हाम्रो नाम र कुनै अर्को व्यक्तिको नाममा हुने यिनै सकारात्मक वा नकारात्मक vibes तरंगहरूका कारणले गर्दा नै हामी कुनै नामधारी मान्छेहरूसंग पटक्क मिल्न सक्दैनौँ भने कसैसंग हुरुक्क हुन पुग्छौँ । यो आकर्षण र विकर्षणको कारण हाम्रो नाम नै हो । हाम्रो नाममा नदेखिने Karma chameleon अथवा सुषुप्त कर्महरू हाम्रो व्यक्तित्वका अर्को पक्ष हुन जसले हाम्रो जीवनमा हामीलाई भाग्य वा दूर्भाग्यका पाठहरू "Karmic Lessons". पढाउने भूमिका खेल्छन् ।

ज्योतिषको आँकलनमा कुनै व्यक्तिको वर्तमान जीवन एउटा छुट्टै र विशिष्ट अलग अस्तित्व हैन । जन्म मृत्युको असीमित शृंखलामा अघिल्ला र पछिल्ला जन्महरूका जम्मा भैरहने ऋणात्मक र धनात्मक कर्मफलको योगले हाम्रो अहिलेको जीवनलाई निर्दिष्ट गरेको हुन्छ । हाम्रो जन्म समय, नाम र व्यक्तित्व मार्फत हाम्रा भाग्य र दूर्भाग्यहरूको हिसाबकिताब यही अमर बहिखाताबट हामीलाई मिलिरहन्छ ।

हाम्रो जन्मको नाम र जन्म मितिमा हाम्रा कर्मफलहरू आधा आधा तरंगित भएर बसेका हुन्छन् । महिनाको कुन दिनमा हामी जन्मेका हौँ भन्ने कुराले हाम्रो व्यक्तित्वको सूक्ष्म तस्वीर अंक "thumbnail" तय गर्छ र हाम्रा आधारभूत गुणहरू निश्चित गर्छ । वस्तुत: हाम्रो जीवनको ऊर्वर पक्ष यही अंकबाट प्रभावित हुन्छ ।
हाम्रो जन्म मितिका अंकहरूले हामीले जीवनमा सामना वा अनुभव गरेर गुज्रनु पर्ने परिस्थिति र घटनाहरूको प्रकटीकरणलाई हिसाब किताब गरेर क्याप्सुल झैँ राखेको हुन्छ ।

यसैले हाम्रो जीवन मार्ग "Life Path" वा हाम्रो जीवनको बाटो बारेमा थाहा पाउन हामी हाम्रो जन्म मितिका अंकहरूको योगमा भर पर्न सक्छौँ । सबै कुरा जस्तै , हैन त जीवन गणित ?


( अनुवाद)


July 31, 2009

आज ब्लगर भेला

ब्लगर भेला हुन १५-१६ घण्टा जतिमात्र बांकि छ।
भेला हुने समय नेपाली समय शनिवार दिनको ११ देखी १ बजे अर्थात US Central Time, 12:15-02:15 AM, (Friday night)। ब्लगर मित्रहरुले ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला। नाम क्रमाकंमा मिलाएर राखिएको छ। बोल्ने अबसर पनि क्रमअनुसार हुनेछ। जस्ले गर्दा सबैले बोल्न पाउनुहुनेछ भने एकै पटक धेरै बोल्दा बुझ्न अप्ठ्यारो हुदैन।

भेलाको रुप रेखा:
- उद्घघाटन तथा झण्डोतोलन
- रा्ष्ट्रिय गान
- सभापती चयन
- स्वागत मन्तव्य
- सहभागीको नाम तालीका
- परिचय तथा प्रस्ताबित बिषय
- प्रस्ताबमा छलफल
- छलफलको निचोड
- कार्यक्रम समापन

भेलामा उपस्थीत हुन जानकारी गरानुभएका मित्रहरु:
१) नेपालियन - www.dautari.org
२) हावा द विन्ड - http://hamronepalma.blogspot.com/
३) दूर्जेय चेतना - http://doorjeya.blogspot.com/
४) Sujan Sharma - http://sujanacharya.blogspot.com/
५) Shiva Prakash - www.nepalimanharu.com
६) Dilip Acharya - http://dacharya.blogspot.com/
७) NKM - http://ajabgajab.blogspot.com/
८) खुल्लामन्च - www.khullamanch.blogspot.com
९) BasantG - http://giri25.blogspot.com/
१०) ठरकि दादा- www.dautari.org
११) Milan - http://www.milanl.com/
१२) सपनासंसार - www.sapanasansar.com
१३) जोतारे धाइबा - www.dautari.org
१४) Lovlyanup - http://lovlyanup.blogspot.com/
१५) हाम्रो ब्लग - www.hamroblog.com
१६) हिमाल पारी - www.dautari.org
१७) एकलब्य - www.dautari.org
१८) प्रलाद - http://hamronijgadh.blogspot.com/
१९) world flows - http://wordflows.blogspot.com/
२०)अशोक नेपाल
२१) चन्द्र मगर - http://madihungri.blogspot.com/
२२) वाका - www.dautari.org
२३) बसन्त गौतम - http://www.basantagautam.com/
१२) आकार
१३) सुमन शर्मा
उपस्थीत हुन र सुझाबको लागी कमेन्ट बक्समा जानकारी दिनुहोला।



July 30, 2009

क्रान्तिमय संघीय नेपालमा भाषाको बहस:

हामी उहिलेको हैन अहिलेको नेपालमा छौँ जहाँ क्रान्तिकारिताको पीठो मात्र मालामाल बिक्छ । यहाँ संगति , मेलमिलाप , गैरजातियतावाद, एकात्मकता जस्ता कुराहरूलाई प्रतिगमन र पुरातनपन्थको पर्याय मानिन्छ । अर्थात, नया नेपाली क्रान्तिकारिताको भाष्यमा, स्थापित पद्दति र सोचको धज्जी उडाउनु नै क्रान्तिकारिता हो भन्ने बुझाइ बनिसकेको छ । अत: सक्नेले समूह बनाउने र समूह मार्फत गरिने वा गर्ने बाहुबली कार्य-व्यवहार सबै जसो क्रान्तिकारिता ठहर्ने अनौठो सांसारिक विशेषतायुक्त अराजकतावादको पक्षपोष नै वर्तमान नेपालको क्रान्तिकारी चरित्र हो । यस्तोमा बहालवाला उपराष्ट्रपति परमानन्द झाले कानूनी शासनको आदर्शलाई पदमा बसी बसी लत्याएर, वर्तमान नेपालको चरित्रलाई समग्र प्रतिनिधित्व गरेका छन् । उनी उपराष्ट्रपति हुन् तर मुलुकको सर्वोच्च अदालतले दिएको निर्णय कुनै पनि हालतमा मान्दिन भनेर वक्तव्य दिँदै पदासीन रहिरहने संसार कै लोकतान्त्रिक पद्दति भित्रका उनी एउटा नमूना पात्र पनि हुन् । तर यस्ता पात्र हुँदाहुँदै , यो पनि बुझ्नै पर्छ कि अनौठा पात्र, प्रवृत्ति र परम्पराको अवलम्बनका दुस्साहस बोक्न सक्ने खूबी भएको हाम्रो लोकतन्त्र संसार कै विचित्रतम् मध्ये एक हुन सक्छ ।

पहिलेको नेपाल र अहिलेको नेपालको भिन्नता नबुझी परमानन्दका कुरा गर्नु नाजायज हुन्छ। म मैले यहाँ परमार्थ , परमेश्वर र परमानन्दका कुरा गरिरहेको छैन । म त परमानन्द झा नामका नेपाली भाषा नजान्ने नेपाली उपराष्ट्रपतिको कुरा गर्दैछु । नेपाली राष्ट्रवादका बुझकीहरू सर्वोच्चको फैसलालाई क्याबात् भन्दै परमानन्दले नेपालीमा शपथ लिइदिऊन् भन्ने कामना गरिरहेछन् मानौँ यसो गर्दा , नेपालको खण्डित राष्ट्रवादमा कायापलट नै हुने हो कि झैँ ।

भर्खरै , उपराष्ट्रपति परमानन्द झाले लिएको हिन्दी भाषाको शपथमाथि सर्वोच्च अदालतले एउटा फैसला दियो । शपथ नेपाली भाषामा लिनुपर्छ र नलिएको भए पुन: लिनू भन्ने अदालतको निर्णयमा , अदालतको फैसला कुनै हालतमा मान्दिन भनेर परमान्नद झाले पत्रकार सम्मेलन मार्फत आफ्नो जवाफ फर्मान गरे । नेपाली राष्ट्रवादी सोचले जति नै यो फैसलाको वाहवाही गरेपनि, मननीय कुरा के हो भने हिन्दी भाषा बिरूद्ध नेपाली भाषाको पक्षमा अदालतले दिएको यो निर्णयले नेपाली राजनीतिमा हालैका दिनसम्म शिथिल बनेका केही मुद्दाहरूलाई केवल सक्रिय पार्ने मात्र काम गरेको छ ।
वास्तवमा भन्ने हो भने शपथ ग्रहणको १ वर्षपछि आएर दिइएको बेसमयको यो अदालती फैसलाले तराईया हिन्दीवादी पार्टीहरूलाई एउटा नया मुद्दा हात लगाइदिएको छ । नेपाली वा हिन्दी वा विकल्पमा अरू के के भाषा हुन सक्छन् भन्ने भाषिक मुद्दा अहिलेको नेपालमा साह्रै विवादास्पद बनाइसकिइको छ । भाषा , क्षेत्र र जातिवादका भावनात्मक मुद्दाहरू अब अदालती फैसला कै भरमा जीत र हार ठानेर तिनको औचित्यता साबित गर्न सकिने स्थितिमा छैनन् । यदि हुँदा हुन त मुलुकका उपराष्ट्रपतिले , सर्वोच्च अदालतको फैसलालाई हँसिमजाकको रूपमा लिने थिएनन् । परमानन्द झा , मधिशे फोरमका उम्मेदवारका रूपमा उप राष्ट्रपति पदमा विजयी बनेका हुन र लगभग सबै मधिशे भनिएका दलहरूको मुख्य मुद्दाहरू मध्ये एक मधेश एक प्रदेश र हिन्दीलाई समानान्तर राष्ट्रभाषाका रूपमा कायम गर्ने माग रहिआएको छ । यस्तोमा अहिलेको निर्णय, मधिशे दलहरूलाई मधिशे आन्दोलन अगाडि बढाउने वा चर्काउने एउटा नया इन्धन बन्ने निश्चित छ । उनीहरूले भन्ने छन् “यो अदालती फैसला पुरानो पहाडिया खस-बाहुन राष्ट्रवादका पक्षपोषकहरूद्वारा हामी माथि गरिएको षडयन्त्र हो”। यही प्रलापमा एउटा नया क्रान्ति जन्माउन पनि सकिनेछ ।

हिजो माओवादी हिंसात्मक युद्ध चर्काउन माओवादीले उरालेका जाति, भाषा र क्षेत्रगत स्वायत्तताका संवेदनशिल नाराहरू आज मुलुकभरि बम बनेर पड्किँदैछन् वा पड्किन खोज्दैछन् । कुनै कुराको गृहकार्य बिना , मुलुकलाई संघियतामा लैजाने कुरा सबै मुख्यदलहरूले ( राजमो बाहेक) स्वीकार गरिसकेका छन् र यो संघियताको आव्हानकर्ता मानिएको माओवादी भने अझै जातिय र भाषिक संघियताको पक्षपातीको रूपमा देखिएको छ । यदि जाति, भाषा र क्षेत्रवाद मा आधारित र यस्तै खालको संघियतामा मुलुक रूपान्तरण गर्न लागिएको हो भने , परमानन्द झाको हिन्दी शपथका बिरुद्द र अदालतको फैसलाका पक्षमा नेपाली राष्ट्रवादी कोकोहोलो मच्चाउन पर्ने कुनै जरूरत छैन । सबै जात भाषा र क्षेत्रका मान्छेलाई उनीहरूले चाहने जातीय, र भाषिक प्रकृतिको मुलुक पस्कन खोजेको नया नेपाली क्रान्तिकारिताको माला जप्ने हामीले ज-जसले जे जे बोल्न चाह्यो वा जहाँ मन लाग्यो त्यहीँ ढुङ्गा गाडेर साँध बाँध्ने र यहाँदेखि यता मेरो राज्यको सीमाना हो भन्ने प्रवृत्ति देखायो भने पनि संघियताका नाममा यसको बिरोधबाट पछि हट्नै पर्ने वाध्यता सबै नेपालको हुनेछ । अन्यथा यो राज्य बिरुद्धको अपराध पो हुनेछ ! केही समय अघि माओवादी मन्त्री गोपाल किराँतीले जातिय संघियताको बिरोध गर्ने चित्र बहादुर केसीलाई जेल हाल्नु पर्छ र राष्ट्रिय जनमोर्चालाई प्रतिवन्ध लगाउनुपर्छ भन्ने प्रस्ताव नै मन्तरीमण्डलमा पुर्यालएका थिए । यस्तोमा, उपराष्ट्रपतिको हिन्दी भाषापर्तिको मोह , जातिय संघियताको बिरोधमा देखापर्न सक्छ ।


यहाँ त परमानन्दले हिन्दी आफ्नो मातृभाषा भएको र नेपाली आँफूले बुझ्दै नबुझ्ने जिकिर गरेका छन् । हुनसक्छ , कुनै समयमा आँफै सर्वोच्च अदालतको न्याधीश भएर नेपाली भाषामा नै ठेलिका ठेली निर्णय लेख्ने परमानन्द झा फोरममा लागेपछि , उनको नेपाली भाषाको ज्ञान सम्पूर्ण हराएर हिन्दीकरण हुँदै उनी नेपाली नजान्ने बनेका पनि हुन सक्छन नि ! नेपाली भाषा नजान्ने भन्ने उनको दावा जति हास्यास्पद छ त्यति नै एउटा राजनैतिक मुद्दाको प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका परमानन्द , नया नेपालका एउटा जायज क्रान्तिकारी हुन भन्ने कुरा मन्नै पर्छ । किनभने यस्तै त छ हाम्रो क्रान्तिकारिता ! अदालत, प्रशासन, स्थापित पद्धति, सदैव भैरहने वा गरिरहने कुरा मानेर पनि कोही क्रान्तिकारी भएको उदाहरण छ र ?
हिन्दी भाषालाई तराईको राष्ट्रभाषाको रूपमा मान्यता दिनुपर्छ भनेर आन्दोलन र संघर्षमा लागेका फोरम, तमलोपा र अरू पनि दलको नेता भएका छन् परमानन्द , हामीले व्यक्ति परमानन्दको आलोचना गर्नुको पनि कुनै तुक छैन किनभने , यो सन्दर्भ वृहद राजनीति भित्रको सानो अंश हो , कण हो । देशको राजनीतिले नै यही कुरा सिकाएको छ । माओवादीले क्रान्ति गरे कथित बुर्जुवा सामन्ती प्रणाली बिरूद्ध र छियाछिया पारे सामाजिक सद्भावको हाम्रो समाजको अन्तरंगलाई, अब मधेशवादीले क्रान्ति गर्दैछन् कथित नेपाली भाषा र पहाडिया राष्ट्रवाद बिरूद्ध । नया नेपालमा जुनसुकै मुद्धा लिएर क्रान्ति र बिद्रोह गर्ने अधिकार त छ नि नागरिकलाई । यस्तोमा कसैलाई तेरो भाषा नबोल भन्न मिल्छ ? कुनै मानेमा मिल्दैन । यही सिकाएका पनि छन् क्रान्तिका ठेकेदारहरूले । यसैले यो मामिलामा जति बोल्न खोज्यो त्यति अर्थहीन बहसमा फँसेको प्रतित हुन्छ ।

अबको नया नेपालमा जात, भाषा , क्षेत्र का कुरामा बहस गरेर यो कुरा गर्न पाउन्नस् भन्नु प्रतिगमन ठहर्छ । थाहा छ, हिन्दी नेपालमा कसैको मातृभाषा हैन तर सम्पूर्ण तराईका पार्टीहरू त हाम्रो भाषा यही हो र यही चाहिन्छ भन्दैछन् । जब मधेशवादी आन्दोलनको सुरक्षाकवच लगाएर हिन्दी भाषा नेपाली भाषा र कथित पहाडी राष्ट्रवादसंग लडाउन सिंगार पटार सहित खडा गरिँदैछ भने , परमानन्द झाको बिरोध र उनले लिने नेपाली भषाको शपथले मात्र यो मुद्दा माथिको बहसलाई निरूपण गर्ला र ? के भन्छन् जातिय र भाषिक संघियताका ठेक्कापट्टा गर्ने राजनैतिक दलालहरू ? के छ राजनितिको सट्टा बजारमा यो मुद्दाको उतारचढाव र भविष्य ? सोध्ने हो भने सोध्नुस् जातीय र भाषिक संघियताका व्याख्याता भाष्यकारहरूलाई , परमानन्दलाई हैन । किनभने ऊ त एउटा गोटी हो । गोटीले आफ्नो नियति बोल्दैन, बोल्ने आवाज नै हुँदैन, ऊसंग ।


July 29, 2009

Welcome to Dautari, The Blog Chautari.Enjoy in reader's and writer's chatroom. Please refrain using words that can be considered inappropriate to anyone.

























आउनै लाग्यो ब्लगर भेला


अपडेट: केही समयबाट ब्लगर भेला हुने समय सम्म सम्मेलनको परिक्षण स्वरुप राखिने छ। ब्लगर भेलामा सामेल हुन कमेन्ट बक्समा सहभागिताको जनाउनु होला। ब्लगर भेला सफल गराउन केही राम्रा उपाए भए जानकारी गराउनुहोला। पेज लोडीगं सजिलो गर्न दौंतरीका केही सामाग्री अस्थाइ समयको लागी हटाइने छ। केही कारणबस www.dautari.org ले काम नगरे www.dautari.blogspot.com बाट भेलामा सामेल हुनुहोला।
-----------------------------------------------
अपडेट: ब्लगर भेलामा संसारका सबै कुनाबाट ब्लगर जम्मा हुनाले समयको मेसो मिलाउन निकै गार्हो भयो भने कसरी गर्ने अली असरल्ल परियो।

तर जसरी पनि यो भेला सम्पन्न हुनेछ भने ब्लगर मित्रहरुको सहभागिता निकै प्रंछसनिय छ। केही मित्रहरुले भेलामा कसरी सामेल हुने भन्नु भयो? यही ब्लगमा आफ्नो सहभागिता हुने जनाउनुहोस अनि नेपाली समयमा साउन १७ बिहान ११ देखी १ बजे दौंतरीमा आउनुहोस र खुला रुपमा ब्लग संबादमा सहभागी हुनुहोस।
ब्लगर भेलाको रुप रेखा यस प्रकार छ।
- उद्घघाटन तथा झण्डोतोलन
- रा्ष्ट्रिय गान
- सभापती चयन
- सहभागीको नाम तालीका
- स्वागत मन्तव्य
- परिचय तथा प्रस्ताबित बिषय
- प्रस्ताबमा छलफल
- छलफलको निचोड
- कार्यक्रम समापन

छलफलको टेक्ट प्रकासित गरिनेछ जसबाट सहभागी हुन नसक्ने तथा अन्य पाठकले जानकारी पाउन सक्नुहुनेछ।
नेपाली ब्लगरसंग एक आपसमा इमेल आदान प्रदान गर्न nepali-bloggers@googlegroups.com मा सहभागी हुनुहोला। ब्लगर ग्रुपको सदस्यको लागी dautari@gmail.com मा खबर गर्नुहोला।
-------------------------------------------------------------
केही पहिला दौंतरीमा ब्लगर भेला गर्ने कुरो उठेको थियो। त्यसमा उत्सुकता र सहभागिता पनि निकै आएको थियो। भने पछि सबै तयार हुनुहुन्छ हैन त ब्लगरभेलाको लागी? यो पहिलो भेला रुपरेखा त तयार भएको छैन। अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती 12:15 बाट 2:15 ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) भनेर मैले प्रस्ताब राखेको थिए। यो समय पनि कस्तो कही सुत्ने बेलामा कहि उठ्ने बेला हुन्छ। कही भात खाने बेलामा कही खाजा खाने बेला हुन्छ। त्यसैल समग्रमा धेरै साथीहरु फेसबुकमा जम्मा हुने समय अमेरीकी सेन्ट्रल समय शुक्रबार १० देखी १२ पाएं। त्यसैले यो समय रोजेको हुं। अहिलेलाइ यहि समयको रेखामा हिड्औं। पछि फेरबदल गर्नु परे गरुंला।

संसारै भरी छरिएका नेपाली ब्लगर एकै पटक जम्माहुंदा कस्तो हुन्छ निकै रमाइलो अनुभव भइराखेको छ। तर सबै एकै पटक कसरी जम्मा हुनुहुन्छ त्यो भने हामी सबै मिलेर सबैलाइ जानकारी दिनुपर्छ। अर्थात हामी सबै पहिलो नेपाली ब्लगर भेलाका प्रतिनिधी हौं। तपाइहरु भेला हुनको लागी जानकारी यही कमेन्टबक्समा दिनुहोला ताकी हामी सबैलाइ थाहाहोस को को ब्लगर मित्रहरु उपस्थित हुनसक्नुहुन्छ भन्ने। साथै सुझाबहरु पनि यहि कमेन्टबक्समा दिनुहोला। त्यसै अनुरुप यो ब्लग अपडेट गर्दै ब्गलर भेलाको रुपरेखा कोरौंला। ब्लगर गफ चाही दौतरी साउट बक्समा हुनेछ। ब्लगर भेला हुने समयमा दौंतरी संबाद बाकस पेजै भरी राखिने छ। समय समयमा ब्लगरभेलाको तयारी स्वरुप परिक्षण गर्दैलाने छौं। ब्लगर भेलाको समयमा यदै www.dautari.org केही कारणबस ह्यांग भए www.dautari.blogspot.com बाट ब्लगरभेला सुचारु गरिनेछ। अब तपाइ पनि ब्लगर भेलाको लागी आफ्नो क्यालेन्डरमा रेखा कोरीहाल्नुहोला।

भेलामा आउने मित्रहरुको नामावली ( सहभागिता हुने जानकारी दिए पछि नाम थपिंदै जानेछ)

१) नेपालियन - www.dautari.org
२) हावा द विन्ड - http://hamronepalma.blogspot.com/
३) दूर्जेय चेतना - http://doorjeya.blogspot.com/
४) Sujan Sharma - http://sujanacharya.blogspot.com/
५) Shiva Prakash - www.nepalimanharu.com
६) Dilip Acharya - http://dacharya.blogspot.com/
७) NKM - http://ajabgajab.blogspot.com/
८) खुल्लामन्च - www.khullamanch.blogspot.com
९) BasantG - http://giri25.blogspot.com/
१०) ठरकि दादा- www.dautari.org
११) Milan - http://www.milanl.com/
१२) सपनासंसार - www.sapanasansar.com
१३) जोतारे धाइबा - www.dautari.org
१४) Lovlyanup - http://lovlyanup.blogspot.com/
१५) हाम्रो ब्लग - www.hamroblog.com
१६) हिमाल पारी - www.dautari.org
१७) एकलब्य - www.dautari.org
१८) प्रलाद - http://hamronijgadh.blogspot.com/
१९) world flows - http://wordflows.blogspot.com/
२०)अशोक नेपाल
२१)चन्द्र मगर - http://madihungri.blogspot.com/
२२) वाका - www.dautari.org
२३) बसन्त गौतम - http://www.basantagautam.com/
१२) आकार
१३) सुमन शर्मा


July 28, 2009

लण्डनको नेपाली लडाईं

के जहां गए पनि नेपाली बांदरै हुन ?

आज साझा ब्राउज गर्दै थिएं झट्ट एउटा भिडियोको लिंक देखें । त्यो भिडियो हेर्दा युरोपमा यस्तो असभ्य पारामा पनि कार्यक्रमहरु हुंदारैछन भनेर आश्चर्य लाग्यो । अझ अर्को कुरा त विदेशमा बसेर नेपाललाई सम्झे जस्तो गरेर र माया गरे जस्तो गरेर नेपाल कै बेइज्जती गर्नेहरुको हालत देखेर दया लाग्यो । विदेशमा पुग्ने वित्तिकै आफ्नो उचाइ नेपालका नेपालीहरुको अगाडि १०० फुट बढी देखाउन कस्सिने नेपाली प्रवृति र त्यसका लागि बग्रेल्ती संस्था खोलेर "नेता“ बन्ने जमातहरुको खेति खाडीदेखि युरोप अमेरिकासम्म फैलिए पनि त्यस्ता कार्यक्रममा जांदा "हेलमेट“ बोकेर जानु पर्छ होला भन्ने लागेको थिएन । कुरो रहेछ यति एशोसियसन भित्रको विवाद । "यति“ हामीले नेपालमा हुदा देखि नै सुनेको बेलायतको धेरै पुरानो संस्था हो र यो कुनै बेला नेपाल र नेपालीको पहिचान हो जस्तो लाग्थ्यो ।


आंफु विदेशमा छु भनेर देशकालाई देखाउन "एन आर एन" बनेर कोट टाई लगाएर फोटो खिचाउंदैमा "हर्के" लक्ष्मी मित्तल वा बिल गेट्स बन्दैन । बरु आप्रवासी भइसकेपछि त्यो देशको माटोमा कुनै स्तरीय पहिचान बनाउन नसके पनि नेपालीको संस्था खोलेर "हिरो“ बन्ने मानसिकताको साटो सुपरमार्केट वा रेस्टुरेण्ट देखि अस्पताल वा विश्वविद्यालयसम्म गर्ने आफ्ना कामहरुलाई २ घण्टा बढि गरेर दुइ पैसा बढि जोडेमा आफ्नो भलाई पनि हुने, भाइचारा पनि नखल्बलिने र "टेन्सन“ पनि कम हुने नेपालप्रेमी र मेहनती नेपालीहरुलाई मेरो राय !


भिडियो हेर्नुस र सोच्नुस १०० जना भन्दा कमको संख्यामा उपस्थित नेपालीहरुले लण्डन जस्तो ठाउंमा समेत कति "अराजकता" निम्त्याउन सक्छन । मैले ती भिडियोहरु हेरेपछि गिरिजा, माधव कुने, प्रचण्ड, सुर्य बहादुर आदिलाई धन्य मानें धन्य हामीले "नालायक" मानेका नेताहरुले नेपालमा हामी जस्ता यस्तै दुइ तीन करोड अराजक भीडलाई झेलेर बसेका छन !


मैले यो भिडियोमा भएको कसैलाई चिनेको पनि छैन र यो ताण्डव नृत्यको पृष्ठभुमी पनि मलाई थाहा छैन । तर यस्तो असभ्य पाराले संस्थाहरु चल्दारहेछन र यस्ता संस्थाका मनग्गे सदस्यहरु पनि हुंदारहेछन भन्ने देख्दा आंफैलाई अचम्म, डर अनि लाज लाग्यो ।


केहि मुख्य भागहरु (अन्य भिडियोहरु पनि संगै छन) हेर्नुस यु टुबमा :


http://www.youtube.com/watch?v=Z_YcXJAdjDE&feature=related


http://www.youtube.com/watch?v=N1-hEFJE8Jg&feature=related


http://www.youtube.com/watch?v=uXQYKeX85lA&feature=related


http://www.youtube.com/watch?v=p2Wjmm-IC0o&feature=related


http://www.youtube.com/watch?v=qSfMwjC4kZw&feature=related


अन्त्यमा त्यत्रो राजनीति र ताण्डव नृत्य पुलिस आएपछि कसरी एकै सेकेण्डमा साम्य हुन्छ यो भिडियोको अन्त्यमा रहेछ । पुलिस पनि नेपालको भएको भए के नेपालीहरुले त्यहां त्यसरी चुप लागेर शान्त हुंदै घरतिर लाग्थे होलान ? खराब को ? "नेपाली रगत वा नेपाली जिन" ?


http://www.youtube.com/watch?v=YN39qqKlq3s&feature=related


हार्दिक आमन्त्रण !

Inv card



July 27, 2009

राष्ट्र भक्ती बिहिन नेता हाम्रो दुर्भाग्य

शेखर ढुङेल

०७-२७-२००९

कुनै बेला " दुई ढुङ्गा बीच को तरुल " को जस्तो सम्बेदनशील अवस्था मा रहेको नेपाल लाई हाल ' दुई ढुङ्गा बीच को डाइनामाइट "मा परिवर्तन भएको भन्ने नेता हरु ले यो देश को राष्ट्रियता , स्वाभिमान , राष्ट्रभक्ती लाई बिस्फोटन पछी को अस्तित्वहिन डाइनामाइट जस्तै बनाउने खतरानाक सम्भाबना हाम्रो सामु देखा पर्दैछ ।

तराइ लाई मधेष नामाकरण गरी सो बिषय मा नेपाल लाई श्री लन्का को नियती भोग्नु पर्ला भनी धम्काउने मधेश बादी राजनैतिक् दल का नेता हरु र उनिहरु कै समर्थन मा उप राष्ट्रपती बनेका परमनन्द झा ले हिन्दी भाषा मा शपथ लिएको बिबाद , सर्बोच्च अदालत को फैसला , र उप् राष्ट्रपती झा को प्रतिकृया ले सम्पूर्ण नेपाली को भावना र कानुनी राज को सिदान्त माथि मर्माहत प्रहार गरेको छ । देश को पूर्व बरिस्ठ कानुन बिद समेत रहेका झा को यो " हठिपन " ले झुठ को सहारा लिएको स्पस्ट त छदै छ त्यसमा पनि अझै बिबाद थप्न र देश लाई द्वन्द मा धकेल्न प्रोत्साहंन पुग्ने गरी मधेष बादी दल हरु सित सुझाब माग्ने नाटक गर्नु उन्को " अल्पबुद्धी " मात्र हो वा नेपाल को स्वतन्त्र अस्तित्व माथि को गम्भिर षड्यन्त्र को सुरुवात ? के कतै साच्चिकै मधेश लाई नेपाल को नक्सा बाट अलग पार्ने "ग्राइन्ड डीजाइन "त भै राखेको छैन ?


देश को दोस्रो बरिस्ठ ब्यक्तित्व ले जनता ले दिएको सम्मानित पदिय गरिमा समेत लाई लत्याइ देश को कानुन र जनता को भावना सित खेल्बाड गर्ने , जनता मा बिभाजन ल्याउने काम गर्दछन भने त्यो खेदपूर्ण त छदैछ बिडम्बनायुक्त यस्तो गैर्ह जिम्मेवारीपन अनी निरन्कुस सैली ले नव जात गणतन्त्रात्मक् प्रजातन्त्र को र देश कै भबिस्य मा खतरा निम्ताएको छ ।

हुन त उप् राष्ट्रपती झा देखिएका एक मोहरा मात्र हुन । देश को स्वाभिमान लाई तिलान्जली दिएर " सत्ता लाई केन्द्र बिन्दु मानि "बिदेशी को ईशारा मा राजनीति गर्ने नेता हरु को भिड कम छैन नेपाल मा । दिउसो मन्च मा चर्को राष्ट्र बाद को कुरा गर्ने र साझ बिदेशी को ह्विस्की को चुस्की मा रमाउने आफु लाई अंबली राष्ट्रबादी भन्न रुचाउने छद्म भेषी हरु को दोहोरो भूमिका झनै खतरनाक छ । जाती अनी को भाषिक अधिकार को नाम मा देश लाई बिभक्त पार्ने भारतीय " साउथ ब्लक "को सम्रक्षण र सहयोग मा जन युद्ध लडेका , उसकै सहयोग र निर्देशन मा दिल्ली मै "सत्ता केन्द्रित कथित शान्ती सम्झौता "मार्फत दोहोरो भूमिका खेली राखेको एउटा समुह को नेत्रित्व " दिन मा सुरुङे युद्ध गर्ने "" बिदेशी प्रभु " भनी धरे हात लगए जस्तो गर्छ र अध्यारो पर्ने बित्तिकै चोर बाटो बाट उस्कै कोठा मा पुगी आदेश , निर्देशन र सल्लाह लिन्छन ।

राणा शासन को अन्त पछी आधुनिक नेपाल को ईतिहास मा कोइ मानुन की नमानुन राजा महेन्द्र र बिरेन्द्र बाहेक यो नेपाल को स्वाभिमान को लागि चिन्तित कोइ राज नेता देखिएनन । प्रजातन्त्र को नाम मा देश को स्वाभिमान बन्धक राख्नु हुन्न भन्दै ०३६ साल को जनमत सङ्र्ह को झिनो मतान्तर को परिणाम् लाई स्विकार गरी " राष्ट्रिय एकता लाई बलियो बनाउने बि पि कोइराला लाई पनि भुल्न सकिन्न । उन्को अबशान र बहुदलिय ब्यबस्था को पुनर्स्थापना पस्चात प्रत्यक राजनैतिक दल ले "आफ्नो शक्ती केन्द्र को बिन्दु भारतीय साउथ ब्लक "लाई मान्ने , उस्लाई बढावा र प्रोत्साहित गरी राखेका छन । प्रत्यक सत्ता परिवर्तन र राजनैतिक घटना मा प्रत्यक्ष छिमेकी को संलग्नता रहेको छ । देश को आन्तरिक समस्या लाई आपसी सहमति र सल्लाह मा सुल्झाउनु को साटो छिमेकी लगायत अन्य बिदेशी नियोग हरुको मुख ताक्ने , आशिर्बाद थाप्ने होडबाजी ले नेपाल को स्वाभिमान र राष्ट्रबाद लाई धमिलो मात्रै पारेको छैन नेपाल को आन्तरिक निती नेपाली को नियन्त्रण बाहिर पुगिसेको होकी भन्ने अवस्था छ । नेपाल को अखन्डता र नेपाली भाषा अनी राष्ट्रिय एकता को बिरुद्ध को सन्जाल बिदेश मा पनि सक्रिय भै राखेका छन ।

कुनै पनि राष्ट्रबादी नेता ले जनता लडाउदैन , जनता को भावना सित खेलबाड गर्दैन , राष्ट्रिय स्वाभिमान मा आच आउने काम गर्दैन , बिदेशी सित कुनै शर्त मा झुक्दैन , नेपाली को भावना मा चोट पुर्याइ बिदेशी लाई खुशी पार्दैन । तर मधेश आन्दोलन , उप् राष्ट्रपती झा प्रबिर्ती , राष्ट्र बादी भावना सुन्य राजनैतिक नेता हरुले नेपाल को स्वतन्त्रता , एकता , राष्ट्रियता सार्बभौमसत्ता मा जुना गर्ब थियो त्यस माथि कुठारा घात गरी राखेका छन । यस्तो प्रबिर्ती ले निम्ताउन सक्ने बिषम परिस्थिती को बेलैमा उपचार् गर्न नसक्ने र नेता हरु न सच्चिने हो भने नेपाल र नेपाली को लागि दुर्भाग्य साबित हुनेछ ।


महाभारतको विभिषण !

शिव प्रकाश

सपथ किन खानु हुन्थ्यो त महाशय ?
अकुत पहिल्यै खाइसक्नु भएको छ,
सायद यहाँ ढुस्स अघाइसक्नु भएको छ !

संविधान किन मान्नुहुन्थ्यो त महाशय ?
तपाइँ मेरो भन्दा नि छिमेकीको भैसक्नु भएकोछ,
तपाइँको पाउमात्र यता टाउको उता भैसकेकोछ !

नेपाल तपाइँलाई किन चाहिन्थ्यो त महाशस ?
नेपाली खूनको धज्जी यहाँले राम्रैसँग उडाइसम्नु भएको छ,
सायद तल्तिरका दुशासनहरूको नून खानुसम्म खाइसक्नु भएको छ !

नेपाली बोल्न किन जान्नु हुन्थ्यो त महाशय ?
खानेमुख मात्र यताको बोल्ने जिब्रो उतैको लाइसक्नु भएको छ,
महाशय त महा"भारत"को विभिषण "भरतानन्द" पो भइसक्नु भएको छ !


July 25, 2009

आउनुस एकछिन हाँसौं

कार लोन र बिबाह

एकजना पंजाबीले कार लोन लिएर धेरैसम्म लोनको इन्स्टलमेण्ट समेत बुझाएन छ। आखिरमा बैंकले उसको कार नै जफत गरेछ । बैंक कर्मचारीले कार लिएर जाँदै गर्दा ऊ बुदबुदाएछ “मलाई पहिल्यै थाहा भएको भए म बिहे पनि लोन लिएरै गर्थे नी !”

जाँड पुराण

दुईजना जँड्या बारमा कुरा गर्दै:

पहिलो जँड्या: तँलाई थाहा छ आजकल त झूठ बोलेको थाहा पाउने मेशीन पनि बनीसकेछ नी

दोस्रो जँड्या: कहाँ बन्नु मात्रै, मेरो घरमै छे एउटी !

*********                                                      *********                                                              *********

एकजना जँड्या डक्टर संग आफ्नो समस्या राख्दै

जँड्या: हेर्नुस न मेरो हात कामेर केही कुरा पनि राम्ररी समाउनै सक्दीन ।

डक्टर: रक्सी बढी खानुहुन्छ कि कसो !

जँड्या: कहाँ बढी खानु!, आधा भन्दा धेरै त पोखीएरै सकिन्छ ।

पागलका कुरा

दुईजना पागलहरु कुरा गर्दै ।

पहिलो पागल: ल, भन त, मेरो झोलामा के छ ?, मिलाईस भने यो झोलाको रोटी सबै तँलाइ नै दिन्छु ।

दोस्रो पागल: त्यसै त कहाँ थाहा हुन्छ, अलिकता ‘हिन्ट’ दे न !

पहिलो पागल: यो गोलो आकारको र सेतो रंगको छ ।

दोस्रो पागल: चन्द्रमा !

पहिलो पागल: धेत् यसले पहिलै हेरी सकेको रहेछ ।

मालिक नोकर

आधा रातमा फोनको घण्टी बज्छ, घरको नोकरले फोन उठाउँछ, उताबाट आबाज आउँछ

“ रामे ! म तेरो मालिक बोलेको”

हजुर !, के गरौं ।

जा, स्टोरको दराज मुनि एउटा बन्दूक लुकाएर राखेको छ, झिकेर ल्या !

ल्याएँ मालिक ।

जा, अब तेरो मालिकनीको टाउकोमा तीन गोली धस दे! ।

मालिक !!! ???

जा, जे पर्छ म हेर्छु ।

ठोकेँ मालिक ।

ल, अब पहिला बन्दूक लगेर घरको बारीमा गाडेर आईज ।

आएँ मालिक !

अब कोठाको शिसा फुटाल र सामानहरु अलि तितर-बितर गर

गरेँ मालिक।

ल अब, तेरो मालिकनी सुतेको बेड मुनिको सुटकेशबाट पैसा झिकेर अली अली भूईमा पनि छर ।

तर मालिक,… बेड मुनि त कुनै सुटकेश नै छैन नि त !

रामे…, यो ९६१०३४५६३१  हैन?

हैन…. मालिक, यो त ९६१०३४८६३१ हो !

सरी, रंग नम्बर !



July 24, 2009

गाउँखाने कथा - २५ (Nepali Gau Khane Katha)

सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

मलाई काटे दुख्छ,तंलाई काटे दख्तैन।

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।