मेरो देशका मोदीहरू!
मोदी जस्तो मित्र र भारत जस्तो छिमेकी कसैको नहोस्, सबैलाई शुभकामना !
देशभित्रका मोदीहरूले देश कसरी लुटेका छन् ?
* देशले ६ वटा उपप्रधानमन्त्री बेहोर्नु परेको छ । २५ जनाभन्दा बढी मन्त्री नहुने संविधानमा भएको व्यवस्थालाई लगौंटी बनाएर मन्त्री थपिएको छ ।
*संविधान बनाउनका लागि भनेर जम्मा गरिएका ६०१ जना स्वतः सभासदमा परिणत भएका छन् । यत्रो संख्यालाई देशले कति बर्ष पाल्नु पर्ने हो ? केले पाल्ने हो ?
*एउटा सभासद् उर्फ सांसदको पालनपोषणमा देशले सरदर वार्षिक १८ खर्च गर्नु परेको छ । यस्तो देशले दैनिक ६ करोड रुपैया सरदर विदेशी ऋण पनि चुक्ता गर्नु पर्ने वाध्यता छ भने यो देशको हालत के होला ?
देशले डरलाग्दो अवस्था भोग्नु परेको छ, यस्तो बेलामा सरकारी खर्च घटाउने, राज्य सञ्चालनका लागि न्यूनतम संख्या र सुविधामा बसेर राष्ट्रोन्नती र स्वावलम्बनको बाटोमा हिडेर उदाहरण बन्नु पर्नेमा राजनीतिको कथित नेतृत्वले मिलोमतोमा दिन दुगुना रात चौगुना देश लुटिएरहेको छ । हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ र यो पुस्ता रहेसम्म यस्तै रहन्छ । देशका बाछाहरु सधैं भोका छन् ।
सेतोपाटीमा ताजा लेख, मेरो देशका मोदीहरू !
November 25, 2015
October 23, 2015
नाकावन्दीको दसैँ
इन्जिनियर राकेश कार्की
लस एन्जेलस
बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा
प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा
दिदीवहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको वेला
आज भोली भन्दा भन्दै
छीमेकिले कहिले बाटो देला
मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा
लस एन्जेलस
बा आमा आउन पाइन
तेल छैन बसैमा
नाकावन्दीले नदिने भो
टीको थाप्न दसैँमा
प्लेन पनि आउन छोड्यो
ठूल्दाई अड्किनु भो दिल्लीमा
वर्षौँ पछि वल्ल आको
दसैँको बेला विचल्लीमा
दिदीवहिनी पनि आउँछु भन्थे
खुसी हुँदै दसैँको वेला
आज भोली भन्दा भन्दै
छीमेकिले कहिले बाटो देला
मन सधैँ आफ्नो प्यारो
गाउँको घरैमा
रित्तो सिलिन्डर सुम्सुमाउदै
एक्लै डेरैमा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 16, 2015
गाउँखाने कथा ५६ (Nepali #Gaukhane #Katha)
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।
छन पनि छ हुन पनि हो,
खोज्दा पनि पाइंदैन, चाइंदा पनि चाइंदैन, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 15, 2015
September 30, 2015
A letter to Indian People & Intellectuals
Dear Friends,

The Indian action is just came in front after we promulgated
our long awaited constitution from the constitution assembly with the vote of
91 percent members. It is really historic, nowhere in the world the
constitution was promulgated with such a big vote from people’s representative.
Being a neighbor, India was expected first to welcome our decision, but there is
opposite. Due to the current unrighteous action, taking account of purely
internal matter, almost all Nepalese are facing difficulties, so many
industries are about to close, so many schools, colleges, hospitals are facing
problems, so many public service centers are facing complications, so many
child and women are suffering. Being
born to smile, Nepalese people are still smiling and facing the challenges as
well as giving strength to the government not to back from the decision of more
than 90 percent people’s representative.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dinesh Chandra Panthy
May 13, 2015
Can scientists predict earthquakes?
No, and it is unlikely they will ever be able to predict them. Scientists have tried many different ways of predicting earthquakes, but none have been successful. On any particular fault, scientists know there will be another earthquake sometime in the future, but they have no way of telling when it will happen. (Source: http://earthquake.usgs.gov/learn/kids/eqscience.php)
भूकम्पले सिथील बनाएको नेपालीलाई धेरै ज्ञानी अज्ञानी ब्यक्तीले खबर, समाजीक संजाल, संचार आदीबाट भूकम्पको ज्ञान बाडिरहेका छन। ति मद्दे खतरनाक बुद्दीजीबी हुन फेरी ठूलो भूइंचालो यता अथवा उता आउंदैछ भन्नेहरु। पानी, हुरी जसरी भूइचालो पूर्वअनुमान गर्न सकिदैन र भूकम्पको हावा गफ दिने बुद्दीजिबीबाट टाढै बस्नुहोला।
भूकम्पबाट जोगीने एउटै उपाय हो भूकम्प आउंदा सुरक्षित ठाउमा ओत लिने।
भूकम्पले सिथील बनाएको नेपालीलाई धेरै ज्ञानी अज्ञानी ब्यक्तीले खबर, समाजीक संजाल, संचार आदीबाट भूकम्पको ज्ञान बाडिरहेका छन। ति मद्दे खतरनाक बुद्दीजीबी हुन फेरी ठूलो भूइंचालो यता अथवा उता आउंदैछ भन्नेहरु। पानी, हुरी जसरी भूइचालो पूर्वअनुमान गर्न सकिदैन र भूकम्पको हावा गफ दिने बुद्दीजिबीबाट टाढै बस्नुहोला।
भूकम्पबाट जोगीने एउटै उपाय हो भूकम्प आउंदा सुरक्षित ठाउमा ओत लिने।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
April 28, 2015
Nepal Earthquake: many ways to help!
You can help the earthquake victims in Nepal by donating fund to various organization given below.
To donate directly to the particular organization, please click this here.
Please share this post with others and encourage them to donate to the Nepal's earthquake victims.
#HelpNepal #HelpEarthquakevictims
Goal of these voluntary organizations:
UNICEF: UNICEF provides humanitarian and developmental assistance to children and mothers in developing countries.
Internal Medical Corps: Internal Medical Corps works to relieve the suffering to those impacted by war, natural disaster and disease by delivering vital health care services.
Doctors Without Borders: Doctors Without Borders treats people where the need is greatest.
Red Cross Society: Red Cross works to protect human life and health.
United Nations World Food Programme (WFP): WFP is the world's largest humanitarian agency fighting for hunger.
Save the Children: Save the Children invests in childhood - everyday, in time of crisis and for the future.
Oxfam: Oxfam works to create lasting solutions to poverty, hunger and injustice.
This support page is prepared by Nepali Blog Dautari (www.dautari.org)

Dautari Admin
April 26, 2015
भूकम्पका प्रश्न #Nepal's Earthquake
सर्वप्रथम त भूकम्पमा ज्यान गुमाउने देशबासीप्रती हार्दीक श्रद्दान्जली।
भूकम्प आयो गयो। क्षती धेरै भयो, केही थाहा भयो केही थाहा हुन बांकी छ। मान्छे मरे, घर भत्कीए, बाटो चिरीए। किन यती क्षती? क्षती हटाउन सकिन्थ्यो की? भूकम्प निर्मुल नै पार्न सकिन्थ्यो की?
नेपालको धरोहर धरहरा भत्कीयो, यस्लाई बचाउन सकिन्थ्यो की?
मरेका मान्छेलाइ त जलाउने, घाइतेलाई कसरी उपचार गर्ने? त्यो भन्दा ठुलो प्रश्न भत्कीएका संरचना कहिले बनाउने? के अब धरहरा फेरी ठडिएला? कती अग्लो थियो, कसरी बनेको थियो? प्रश्न धेरै छन, उत्तर मात्र शुन्य।
करीब ८ रेक्टर स्केलको भूकम्प आयो, त्यो भन्दा ठुलो भूकम्प मिडीया र फेसबुकले ल्याए। भूकम्प पछी स-सना भूकम्प आएका आएै छन। अनगिन्ती भूकम्पले भयभित नेपाली मनमा कसरी मलम लाग्ला?
नेपाल भूकम्पको रेखामै पर्छ। यो थाहा भएकै कुरा हो। तर यो भूकम्पले किन यती भय ल्यायो?
नेपालमा भूक्मप त आइनै राख्छ। सायद यो शताब्दीमा यती ठुलो आएकै थिएन। नेपाल भूकम्पको रेखै माथी पर्छ। पटक पटक भूकम्प आउनूको सट्टा एकै पटक आउंदा ठुलो क्षती हुन्छ, सायद नेपालमा त्यही भएको हो की?
हजुर प्रश्न धेरै छन, उत्तर कमै छन। प्रश्न माथी प्रश्न थुपार्दा उत्तर हराएको पत्तो नै भएन। तर अब के त? एक बर्षमा यो भुकम्पले नेपाललाई कता पुर्याउला? नेपाल पूरानै स्थानमा फर्किएला की अझ थला पर्ला?
गोलमेच सम्मेलन, संबिधान सभा, लोकतन्त्र, गणतन्त्र, संघियता आदीले देश थला परेको छ। अब यो माहा-भूकम्पले देशलाई कती थलो पार्ने हो?
यो बिपत्तीमा सहयोगका हात निकै फैलिएका छन। हरेक देश, संस्थाबाट सयोग नेपाल ओइरेका छन्। ती सहयोग काठमान्डौमै थन्किनेहो की गोरखाको बा्र्पाक सम्म पूग्ने हो?
प्रश्न धेरै, उत्तर कम, प्राय बिध्धार्थीको एस.एल.सी उत्तर पूस्तीका जस्तै छ। नेपालीको कर्म अधीकांश तेस्रो श्रेणीमा उत्रीन्छन, त्यस्तै छ नेपालको अबस्था। यो भूकम्पले श्रेणी अझ खसाल्ने हो की? चौथो श्रेणी छैन। भए नेपालका नेताले नेपाललाई चौथो श्रेणीमै थन्काउथे।
भन्छन आगोले पोले पछी छोरो सप्रन्छ। आउने जाने ढोका बन्द भए नया ढोका भेटीन्छ। रात सकिए पछी नया बिहानी उदाउंछ। बिपत्तीले तहस नहस पारेको प्रकीतीमा सुन्दर आकिर्ती देखीन्छ। त्यस्तै बनोस यो नेपालको बिपत्ती।
नेपालले नेपालीको माया पाइरहोस!

April 1, 2015
फोटो आंफै बोल्छ :: Photo speaks itself
सिरीयामा पत्रकारले टेलिस्कोपीक क्यामाराले फोटो खिच्दा ४ बर्षे बालीकाले हतियार ठानेर आत्मसमर्पण गरेको तस्बीर आंफै बोल्छ।
A kid in Syria mistook SLR camera with telescopic lense as a gun and raised her hand to surrender.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
March 21, 2015
चिट चोर्ने त यसरी
कसरी पास भयो भन्ने होइन की पास भयो की भएन, त्यसमा मतलब छ। अझै फस्ट डिभीजन आयो भने त सुनमा सुगन्धनै भयो नी ?
पटनामा मेट्रीक परिक्षा चलीरहंदा आफन्तलाई चिट चोराउन गरिएको प्रयास यो एउटा नमुना मात्र हो। एपीले यो फोटो उपलब्ध गराए पनि भारतका केही टिभी च्यानलले भिडीयो नै प्रसारण गरेका थिए। यो फोटोले पटनामा मात्र होइन विश्वभरी नै हल्ला खल्ला मच्चाएको छ। एपीका अनुसार एकै दिनमा ६०० बिध्धार्थी निस्कासीत भएका छन। अब ति निस्कासीत बिध्धार्थीलाई पून परिक्षा दिन ३ बर्ष रोक्का या जेलै चलान पनि गर्ने सकिने छ।
नेपालमा पनि देशै भरी एस एल सी परिक्षा सुरू भएको छ। कुनै परिक्षा केन्द्रबाट केही बोरा किताब बरामद भएको खबर आएको छ। तर यती बिध्न संसारै हल्लाउने गरी समाचार भने आएको छैन। तर नेपालमा परिक्षाको प्रश्नपत्र पहिल्लै बाहिर ल्याउने, चिट चोराउने अथवा अर्काको नाममा परिक्षा दिने रोग सबैले जानेकै हो।
संसारै चकित बने पनि नियम कानुनको धज्जी उडाउने ठाउंमा यस्ता खाले खबर के नै खबर बन्ला र?

March 7, 2015
गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ
काम र अध्यनले गर्दा समाचार, ब्लग, फेसबुक आदी बाट टाढा भएको थिएं। यतीकैमा नागरीकमा प्रकासित चिनमा नेपाली बेचिएको खबरमा आंखा पूगे। ( हेर्नुहोस ‘१५ लाखमा किनेर बिहे गरेको रहेछ' ) केही नलेखी मनै मानेन।
एसिएन मूलकमा छोरी भन्दा छोराको इच्छा बढी हुने हुंदा चीनमा केटाको संख्या केटी भन्दा निकै बढी छ।चीनको तथ्यांकले भन्छ १०० जना छोरी जन्मदा १२० छोरा जम्मन्छन। ती केटा बालकलाई संगी भेटाउन हम्मे पर्ने कुरा ८-१० बर्ष पहिले नै आंकलन गरिएको थियो। खबर पढ्दा हो र, होइन होला जस्तो लाग्दथ्यो। तर अहिले नेपाली चेली नै चिनमा लिलाम भएको देख्दा हो त रहेछ भन्ने लाग्यो।
एक बर्ष पहिले चिनको आसपास घुम्ने मौका मिलेको थियो। भियतनाम हुंदा एउटा खबर पढेको थिएं, कम्बोडियाको गाउंबाट केटीहरु जबरजस्ती चिनमा लगेर बेहुलीको रुपमा बेचिन्छ। गरीब र कम पढाइभएका तथा चिनीया भाषा नआउने गाउंका कम्बोडियन केटी त्यसरी बेचिएको खबर पढ्दा नेपालको गाउंबाट भारतमा बेचीएको नेपाली केटीहरुको याद आयो। आफ्नै लोग्ने या आफन्तले केटीहरुलाई नेपालबाट भारत लगेको कथा जस्ता पिडादायिक छन, उस्तै कम्बोडीयाका केटीहरु चिनमा लगेर बेचीएका कथा पिडादायिक छन। सोचें गरीबको घरमा जन्मेर गरिबीमा बालापन बिताएर मात्र ती चेलीहरुको सजाय सकिदैन, पशू सरह बिदेशमा बेचीनु पनि पर्दछ।
सोच्छु गरिबीले नेपालीलाई कती सताएको छ। भारतको आछामको घांसबारी देखी अरबको धुलोसम्म नेपालीको पसिना पोखिएको छ। आधुनीक मलाया बनेका छन जापान र अमेरीका। मिठो सपना बुनेर परदेश हेलिने नेपालीको दुःखको यात्रा काठमान्डूको एयरपोर्टबाटै सुरु हुन्छ। यो कुरा बिदेश जाने हरेकले बुझेका छन। तर बेदेशको जागिरको सपनमा नेपाली चेलीहरुमा अर्को बिष पोखिएको छ " नगदमा खरिद बिक्री"।
मानिसलाई किन बेच गर्न संसारको कुनै पनि देशमा पाइदैन। राजनिती र गरिबीले रुमलिएको नेपालमा त्यसको रोक तोक कस्ले गर्ने? गरिबसंग पनि त सपना हुन्छ। आफ्नो परिबारले पेटभरी खान र एकसरो राम्रो लुगा लगाएको हेर्ने इच्छा कस्लाइ हुंदैन? यस्तै इच्छा र मायाको भुमरीमा नेपाली चेलीहरु अब भ्रिकुटीको मुलुकमा बेचिंदै छन। नागरीकमा छापिएको कथा एउटा अंश मात्र हो, यसले अझै कती सताउने हो। भन्छन बुढी मरी भनेर नरुनु काल पल्कियो भनेर रुनु। हामी सबै प्राथना गरौं यस्तो काल नेपालमा कहिल्यै नपल्कियोस।

तिमीले हेरिरह्यौ
राकेश कार्की
तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ
तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल
तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ
फेरि फर्किन्छु चाँडै भनि
म गइरहेँ
सपना बटुल्दै विरानो देशमा

August 1, 2014
गाउँखाने कथा ५५ (Nepali #Gaukhane #Katha)
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा(Gau Khane Katha) लिएर हाँजिर भएको छ।
आंखो छ माखो रमाउंछ, न हेर्छ न देख्छ, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाइला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 28, 2014
न्याय दिने कि बेच्ने?
न्याय दिने कि बेच्ने?
भारतीय सर्वोच्च अदालका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले अदालतका लागि अदालत विरुद्ध अदालतसँगै २० वर्ष लडे। न्यायालयको शुद्धिकरणको प्रश्न उठाउँदै न्यायधीशको पनि सम्पत्ति विवरण सार्वजनिकीकरणको माग गर्दै सन् १९८९ मा उनले मुद्दा दायर गरे।

अन्ततः सन् २००९ मा सर्वोच्च अदालतसँगको लडाइँ टुङ्गियो। जित उनको भयो, तर उनले भने– यो जित मेरो हैन, अदालतको हो। देशको न्यायप्रणालीको हो। यो निर्णयको स्वागत सबैपक्षबाट स्वागत भयो। निर्णयलाई ‘वाटरसेड’ (ऐतिहासिक घटना) को संज्ञा दिइयो।
न्यायिक विचलनको घेराबन्दीलाई तोड्न यो कानुन धेरै हदसम्म सफल भयो। न्यायप्रणालीमा सुधारहरु देखिदै गए। न्यायिक स्वतन्त्रता झन् मजबुत हुदै गयो।
ग्रहण गर्न सके यो एक सुन्दर उदाहरण हो। तर हाम्रो विडम्बना अर्कै छ। न्यायप्रणाली पनि ‘सिन्डिकेट’ प्रणालीमा चल्न थालेको छ।
तासका खेल प्राय सबै जुवा नै हुन्छन्। सबैलाई थाहा छ तीन गड्डा मिसाएर खेलिने तासको खेल के हो भनेर? तर तेह्र वर्ष (२०५७ साल साउन ११ गते) अघि पुनरावेदन अदालत, विराटनगरको एक फैसलाले तासको यो खेल (म्यारिज) जुवा हैन भनिदियो। दिमागी खेल मानियो यसलाई। पुनरावेदन अदालतको यो निर्णयको किस्सा पत्रपत्रिकामा प्रसस्तै आइसकेको छ। हाम्रो अदालती इतिहासमा यो पनि एक ‘वाटरसेड’ नै हो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Shiva Prakash
July 18, 2014
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई अति आन्नद दिलाउँछ भने
भुँईमा बस्नेको समस्याहरुबिर्साएर
मलाई मात्र सुखैसुखमा भुलाउँछ भने
जो जो बस्छन्त्यसमा
फननन घुम्छन्शासकको भेषमा
खाएर पिएर मुख चपाएर
भोकाहरुलाई पर पर धपाएर
भो मलाई चाहिँदैन कुर्सी
त्यसलेमलाई मात्र हसाउँछ भने
समस्या अभावदेखि उठाएर
मलाई मात्र त्यस्मा बसाउँछ भने
कोही बसेकोही बसीरहेछन्त्यस्मा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
May 21, 2014
अमेरिकी राजनीतिमा आप्रबासी नेपाली को प्रवेश हल्ला र यथार्तता
- Shekhar Dhungel
केहि आप्रबासी नेपालीहरुले अमेरिकी राजनीतिमा प्रबेश गर्न इच्छा देखाएको वा रहर गरेको प्रसङ्ग लाइ यथार्ततामा अमेरिका बासि नेपालि र नेपाली समुदाय सबैको ध्यान जानु जरुरि छ "
"अमेरिकी सिनेटर ,कांग्रेस वा अन्य स्थानीय राजनितिकीको पदाधिकारीको लागि छनौटमा पर्न इच्छुक व्यक्तिको आफ्नो मतदाता रहेको क्षेत्रमा उसको योगदान ,पहुच अनि मतदाताको बिस्वास (समर्थन )एक र पहिलो छनौट को आधार हो "यो यथार्तता लाइ ढाकछोप गरि केहि आप्रबासी नेपाली हरु रहर मा वा चर्चा बटुल्न रहरमा निबेदन हाल्ने अनि प्रारम्भिक छनौटमा समेत नपरिकन आफु लाइ उम्मेदवार भन्ने अनि आफ्नो मतदान क्षेत्र वा मतदाता भन्दा बाहिर पुगेर नेपालीहरु सित अर्थ संकलन गर्ने थालेका छन्
त्यस्ता स्वघोषित उम्मेदवारले आफ्नो मतदाता क्षेत्रमा होस् वा नेपाली समुदायमा कहिँ कतै कुनै प्रकारको योगदान गरेको देखिदैन .उम्मेदवार छनौट प्रक्रियामा नै रहेको अबस्थामा नेपाली भएका कारणले अन्य क्षेत्रका नेपाली सित चन्दा संकलन गर्नु बुद्धिमानी हो ?आफ्नो मतदाता क्षेत्रका नागरिकको समर्थन र आर्थिक सहयोग नै एक मात्र छनौटको कसी हो .अन्य क्षेत्रका मानिस सित को आर्थिक संकलन नै छनौटमा पर्ने आधार हो भन्नु गलत हो यदि त्यसो हुन्थ्यो भने १६५ वर्ष पुरानो इतिहास बोकेको आप्रबासी भारतीय र चिनिया हरु बाट

May 10, 2014
नेपाली भाषा नेपाली भेष
हाम्रो भाषा हाम्रो भेष, प्राण भन्दा प्यारो छ। सानो छंदा कुनै एउटा र्यालीमा सुनेको नारा थियो हो। हिजो आज प्रती बर्ष ५ लाख नेपाली बिदेशीन्छन। नेपालमै पनि मन्त्री र सिमीत कर्मचारी बाहेक नेपाली भेषमा कोही देखिन्नन। टिभी त प्राय हिन्दी नै चल्छन नेपालमा। खोइ कती प्यारो छ हाम्रो भाषा खोइ कती प्यारो छ हाम्रो देश। आंफै कुरा मिलाएर बुझ्नुहोला।
तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।
तर यसो भन्दैमा नेपाली संस्कारको कमी पक्कै छैन। खोजी गर्ने भने नेपाली भाषा र भेष झल्काउने करोडौं सामाग्री भेटिन्छन। यसै प्रसंगमा तपाईहरुलाई कास्की भेगमा प्रचलीत नेपाली चराहरू समेटिएको स्लोक प्रस्तुत गर्दैछौं।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
March 17, 2014
अन्तिम भोज
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
February 27, 2014
धमिराहरु
Ashok Aryal
धमिरा हरु कमिला जस्तै हुँदैन्न
कमिला हरु धमिरा जस्ता हुँदैन्न
मिहनत एकता को पराकाष्ट संसार
आर्को ध्वंम्स बिनाश को संन्जाल
धमिरा जब जब घर को ढोका म लाग्छ
सुन्दर माटो को कलात्मक लेपन लगाउछ
त्यो घर को खाबो नढले संम्म ।।
.............................. ..........
धमिरा हरु कमिला जस्ता हुँदैन्न
श्रीजनाको आवरण भित्र
बिनाश को रुपान्तर धमिरा को स्वभाब हो
सुन्दरता को भ्रम भित्र कुरुप्ताको गुण हो
धर्म नै उस्को ध्वंश अराजता हो
परिवर्तन को असार दर्कदा
धमिरा हरु कमिला हुँ भन्छन
सुरक्षित अबतरण खोज्छन
.............................. ..
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 21, 2014
निर्मोही
यौ आँफैले निर्मोही बनेर !
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
सक्दिन उभिन अब चट्टान बनेर !!
बदनाम भएँ म जिउंदै मरें ,
अरु के दियौ र प्रेमिका बनेर !
चर्किन्छ मुटु तिम्रो सम्झनाले ,
अनि बहन्छ आँशु बाढी बनेर !!
छुटें तिमि बाट म तिम्रै मायाले ,
वतासले उडाको कसिंगर बनेर !
यायावर आत्म बोकेको मान्छे ,
कहाँ बाँच्न सक्छु म भीष्म बनेर !!
- प्रयास
जर्मनी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 13, 2014
मन मुटुमा छ्यौ तिमी
मन मुटुमा छ्यौ तिमी, गुलाफमा किन साटनु?
अन्तर भाब बुझे पछि, भाषण चै किन छाटनु?
देखाएर वा लेखाएर, बिज्ञापनमा टांग्न पर्दैन
मनमै भए'छि माया, शब्द भित्र किन बाटनु ?
आस्था श्रदा विश्वाश ,जब सम्म दिगो हुन्छ
बिथ्यामा उपहार, संगै केक किन काटनु ?
बिना धडकन मुटु , तिमी बिना तेस्तै म
जेछु म यस्तै त छु ,तिमिलाई किन ढाटनु ?
जुन तारा होइन ,दुख्दा तिमी साथ हुन्छु
मायामा गर्न नसक्ने, कुरालाई किन आटनु ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ
मनु ब्राजाकी
छिमेकमा अझै काला अंग्रेजको राज बाँकी छ ।
नेपालअको बाघ मर्ने अझै रिवाज बाँकी छ ।
बेचीसक्या रै'छ अब खोज्नु कहाँ आफ्नो सिमाना ?
औंठाछाप,पन्जाछाप राखेको दराज बाँकी छ ।
झूठो इतिहासजस्तै साहित्यका पाना पनि छन,
चिन्तन गर्न हामी सँग कुहिएको प्याज बाँकी छ ।
लोकतन्त्र भन्दा पनि भोकतन्त्र आज फस्टायो ,
लाम लागि जुठोपुरा खान यै कबाज बाँकी छ ।
नयाँ बन्ने छाँट छैन ,पुराना छन नयाँ रंगमा,
छोरा ,गुण्डा ,देशद्रोहीहरुकै समाज बाँकी छ ।
नेपाली हुँँ भन्ने गर्ब कतै पनि आज रहेन,
आँखा चिम्ली बसेका छौं , यत्ती हाम्रो लाज बाँकी छ ।

" अलमल को यात्रा " - १
संविधान सभा-२ को सफल निर्वाचन पश्चात् आम नेपाली जन मानसमा जुन आसा र अपेक्षा कांग्रेस - एमाले बाट गरेका थिए ठ्याक्कै त्यसको विपरीत दिशामा पार्टीहरु को क्रियाकलाप केन्द्रित भईरहेको छ. पहिलो संविधानसभामा भएको लज्जाजनक पराजय बाट भर्खरै बौरिंदै नेका अनि एमाले फेरी उही पुरानो सत्ताको छिना झपटी मै सम्पूर्ण ध्यान केन्द्रित गरीरहेको छन् ! यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन् सक्छ ! साँच्ची नै यस्तो बेला मा खाँचो पर्दो रहेछ राज नेता को , मान्छे ले अनायासै सम्झिने रहेछन राजनीतिको घेरा बाट हरायर गइ सकेकाहरु लाई ! बि पी , गणेशमान, मदन भण्डारी, किसुनजी अनि गिरिजाबाबु जस्ता रास्ट्र लाई एउटा दिशामा मोड्न सक्ने युग पुरुषहरु यो देश मा पनि जन्मे कै हुन् ! आज हामी संग सामान्य नेताहरु मात्रै छन् औसत दर्जाका, तिनीहरु मध्ये पनि धेरै त् तल्लो दर्जा मै राख्नु पर्ने जस्ता पनि छन् , प्रचण्ड , बाबुराम, बामदेव ,शेरबहादुर, गच्छेदार जस्ता लाई नेता भन्नु पर्ने नेपालीको बिडम्बना कसले पो बुझ्छ र अनि बुझेर नै पो के हुने हो र ? वर्तमानमा नेपाल लाई केन्द्र विन्दुमा राख्ने नेताहरु एउटा दुइटा हुन् ति पनि आफै दरो खुट्टा टेकेर उभिन सक्छन जस्तो देख्न छोडियो !
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
राज्यले राजनेताको माग गरि रहेको छ जस्ले वर्तमानको दोबाटो बाट मुलुक लाई सुरक्षित तवरले डोर्याउन सकोस ! तर हामी कहाँ तिनै थोत्रा पटक पटक परीक्षण भैसकेको स्वाभिमानबिहिन बसी अनुहारहरु को थुप्रो मात्रै छ ! परीक्षण हुन् बाँकि २ वटा सामान्य अनुहार छन्, तिनीहरु पनि दल भित्रकै गुट उपगुट मा जेलिएका छन् ! ३६से ७४रे बाट सुरु भएर तान्त्रिक-संस्थापन हुँदै ४०से र ६०मा आइपुगेको छ नेपाली काँग्रेस ! सरकारको मोर्चा देखि पार्टीको मोर्चा मा समेत पटक पटक निकम्मा साबित भएका देउवा आफ्ना
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
November 18, 2013
के संबिधान बन्ला त?
मल,जल,बल लगाएर बनाएको पहिलो संबिधान सभा तुहिए पछि नया युग रच्न नेपालमा आज पून संबिधान सभाको चुनाब हुंदै छ। ताम झामका साथ हुन लागेको चुनाबले कता लाने हो त्यो त न चुनाबमा उठ्नेलाइ थाहा छ न त चुनाबमा भोट हाल्नेलाई पत्तो छ। जनताको भोट जता पर्छ त्यसैको बिजय हुन्छ। तर जनता यती कमजोर छन कि उनीहरुले भोट हाले पनि नहाले पनि एउटाले जितीहाल्छ। यसरी देशको भबिष्य कुनै ब्यक्ती या जत्तथाको हत्केलामा अडिएको हुन्छ। यी जत्था यती सम्म खस्केका छन की देश बर्बाद भयो, देश सकिन लाग्यो, जनतालाइ हित हुने संबिधान बनाउनू पर्छ भनेर जनतालाई तर्साउंदै संबिधान सभाको चुनाब रचेर सत्ता समाल्न आतुर छन। यो त स्यालले चिल आयो चिल आयो भनेर गांउलेलाई आकाशतीर हेर्न लगाएर कुखुरा चोर्ने दाउ रचे जस्तै भयो।
खुशीको कुरा यो हो कि पहिलो चुनाब बेकम्मा ठहरिए पछी पून चुनाब गराएर संबिधान बनाउनु पर्छ भनेर प्राय सबैजनाको सहमती भएका छन। तर के दोस्रो चुनाबबाट संबिधान बन्ने ग्यारेन्टी छ त?
जनताको म्यानडेट पाएर गए पछी त जनताको अभीबारा पूरा गर्नुपर्ने हो। अजब गजब कूरा गर्दे संबिधान बन्यो बन्यो भन्दै बर्षौं बिताएर पहिलो पटक संबिधान बन्दैबनेन। फेरी पनि तिनै पार्टी र तिनै ब्यक्तीहरु संबिधान बनाउने भनेर अगाडी लागेका छन। यसपटक भने संबिधान बनाउने ग्यारेन्टी गरेका छन। If it does not work that way, do it differently. भनिन्छ कुनै तरिकाबाट काम बनेन भने नया तरीकाबाट काम गर्नुपर्छ। पूरानै पार्टी, पूरानै कुरा, पूरानै म्यान्डेट। त्यो पूरानै ढर्रा बेकम्मा ठहरिएको अबस्थामा अब कसरी पूरानै तरिकाबाट संबिधान बन्ला? यदी यो चुनाबले संबिधान बन्यो भने त्यो संसारको आठौं आश्चर्यमा राखे हुन्छ।

Subscribe to:
Posts (Atom)