August 5, 2025

बिदाई

 

नवराज  न्याैपाने 'माैन'

हिमालपारीका एक सुन्दर गाउँमा जयबहादुरले बीस वर्ष पढाएर अवकाश लिया ।  उसकाे बिदाइ कार्यक्रममा छवटै गाउँका मानिसहरू विद्यालयमा जम्मा  भए । बिहान दस बजेबाट शुरु भएकाे कार्यक्रम साँझ छ बजेसम्म चलिरह्याे ।

छ बजेपछि गाउँकाे सामुदायिक भवनमा बिदाइभाेजकाे कार्यक्रम  राखियाे ।  बाइसवटा च्याङ्ग्रा र १४ बाेरा चामल ल्याएर गाउँलेले उसकाे सम्मानमा रातभर कार्यक्रम राखे । सबैले गाउँकाे समग्र  विकासमा उसकाे याेगदानकाे चर्चा गर्दा उसका अाँखा अाँसुले भरिएका थिए ।

जयबहादुरकाे एउटा अाँखा थिएन । सबै गाउँहरूमा घुमेर उसले अपाङ्गता भएका,सुस्त मनस्थिति भएका र फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई नि:शुल्क पठनपाठन गराउन  पहल गरेकाे थियाे । अनि , गाउँगाउँमा अनाैपचारिक शिक्षा ( प्राैढ शिक्षा) पनि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे ।

अपाङ्गता भएका व्यक्तिहरूलाई ऊ असाध्यै माया र सम्मानकाे दृष्टिले हेर्थ्याे । उसकाे बिदाइमा उनीहरू, भुरुधुरु राेएका थिए । शुरुका दिनमा एकान्त स्थलमा
रहेकाे विद्यालमा एक्लै बसेकाे जयबहादुरलाई पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छाे नाम्ग्यालले अाफ्नै घरमा ल्याएर राखेका थिए ।

छाे नाम्ग्यालकी छाेरी साेनाम याङ्जी कान सुन्ने तर बाेल्न नसक्ने थिइन् । सबैले लाटी भनेर जिस्क्याउने गरेकाले उनी स्कुल जान छाडेकी थिइन् । जयबहादुरले नै उनलाई काठमाडौं पठाएर साङ्केतिक भाषा सिक्ने र लेखपढ गर्नसक्ने बनाएका थिए । छ महिनापछि फर्केर उनी पाँच कक्षामा भर्ना भइन् र राम्रो अङ्क ल्याएर एसईई उत्तीर्ण गरिन् । जयबहादुर सरकाे बिदाइमा सबैभन्दा दु:खी उनै थिइन् ।

भाेलिपल्ट खाना खाएर विद्यालय परिवार,युवा क्लब परिवार र अामा समूह परिवार सबैले गाउँकाे पुछारकाे गेटसम्म पुर्‍याएर सगुन चढाए । अलिकति सगुन लिएपछि उसलाई  रुन मन लाग्याे । अाँसु पुछ्दै गर्दा साेनाम याङ्जीकी बहिनी छे अाङ्माेले एउटा चिठी दिइन र 'घर पुगेपछि हेर्नुहाेला है सर !' भनिन् ।

एक घण्टा हिडेपछि चाैतारीमा बसेर साेनाम याङ्जीकाे चिठी खाेलेर पढ्दा उसकाअाँखाबाट बलिन्द्र धारा अाँसु बगिरहे । चिठीकाे अन्त्यमा लेखिएकाे थियाे - 'जय सर! मेराे मुटु हजुरसँगै पहाड झर्‍यो ।'




July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश 



July 4, 2025

हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

 


हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।  



June 29, 2025

बा

-  विशाल बिहानी

कतै दुःख्छ दुःख्दैन पाउलाई के सोध्नु,
संघर्षले बनेका ‘बा’का घाउलाई के सोध्नु ।

खै कुन शब्दले सम्बोधन गरौँ बा हजुरको
सधैँ काँडामाथि हिँड्ने बाउलाई के सोध्नु ।

कति बगे होलान् पसिना बाको शरीरबाट
पसिनाले नै बनेका नदी तलाउलाई के सोध्नु ।

बाले कति संघर्ष गर्नु भो जिन्दगीभर ?
देखिन्छ साक्षी राखेर यो गाउँलाई के सोध्नु ।

यहाँ आज जति बनेको छु, जे बनेको छु म,
बाको संघर्षले नै बनेको नाउलाई के सोध्नु ।



June 28, 2025

दासढुंगा घटनाको रहस्य

 दासढुंगा घटनाको रहस्य  बारे के.पी. ओली :






June 27, 2025

यो नेपाल हो

- रमेश राज भट्टराई 

यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्न हुँदैन

लाखौँ रुपैयाँ खर्च गर्‍यो क्याम्पस जानलाई
तेही नि हाम्रो औकात हुँदैन जागिर खानलाई
आफ्नै मान्छे भए देखि जागिर पाइदो रहेछ
यो देशमा त राम्रो होइन हाम्रो चाइदो रहेछ

भैगो अब यस्ता कुरा खोल्नै हुँदैन
यो नेपाल हो
यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्नै हुँदैन

घुसकै कुरा अगाडि आउँछ जुन क्षेत्रमा पनि
जति धेरै पढे पाने के काम भयो तनि
युवाहरू पढे लेखे विदेशी तिरै गए
विदेश किन पस्नु पर्थ्यो देशमै अवसर भए