नाम : गिरिजाप्रसाद कोइराला
March 20, 2010
अस्तायो एउटा राजनीतिक ध्रुव
नाम : गिरिजाप्रसाद कोइराला
March 17, 2010
पेट कतै साटिन्न
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 14, 2010
बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता
एक हप्ता अघी आएका मेरा साथिले भन्दै थिए नेपालमा खसीको मासु ५०० रुपया किलो छ रे। बाबुरामले फिर्ता गरेको पैसा त ८ किलो मासु बराबर भयो। बुझ्नेलाइ श्रिखण्ड नबुझ्नेलाइ खुर्पाको बिंड भन्छन नि, हो त्यस्तै । घुस्यालाइ यो ८ किलो मासु हो,नैतिकवानलाइ एउटा ठुलो शिक्षा।
पैसा फिर्ता गर्ने बेलामा उनले भनेछन"आगामी दिनमा पनि उपस्थित नभएको दिनको संविधानसभाको बैठकभत्ता सचिवालयलेनै कट्टागरी उपलब्ध गरिदिनुभएमा म जस्ता सभासद्माथि नैतिक प्रश्न उठ्ने थिएन"। यस्ले भने अरु गयालवाला सभासदला धर्मसंकटनै पार्यो है। को भन्दा को कम भनेर तमासामा उत्रने हाम्रा सभासदले अब भट्टराइको ४ हजारको प्रतिप्रस्धासंग कसरी उत्रने हुन कुन्नी?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 13, 2010
आज मैले रक्सी पिएको छु
संसारकै पीडा लिएको छु
आशुं नाप्दै नपाऔं
पूरा का पूरा निलेको छु
र पनि रक्सीले गर्दा
म खुशी भएको छु
हो कुरा बूझ्नु भयो हजुर
आज मैले रक्सी पिएको छु
सादा जिबनमा त सधै
डर र त्रास लिएको छु
सत्य तथ्य बोल्दा पनि
भय लिएको छु
भलो गर्दा गर्दै
धोका खाएको छु
भेउ पाउनु भयोहोला हजुर
आज मैले रक्सी पिएको छु
कस्ले बनायो यो रष
रात दिन खोज्या खोज्यै छु
नाम नै किन चाहियो र
आखिर यस्लै दु:ख बिर्सया छु
पिडा जस्तो गार्है होस
हल्कै रुपमा लिएको छु
शंका ठिक गर्नुभयो हजुर
आज मैले रक्सी पिएको छु
दिमगाको के कुरा भयो र
खुट्टा सहि नै टेक्या छु
जिब्रोको पदचाप ननापौं
ठिक कुरा औकलेको छु
हाउ भाउ बेग्लै भयोहोला
तर सत्य तथ्य बोलेको छु
आखिर सबैले थाहा पाउनु भयो हजुर
आज मैले रक्सी पिएको छु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 12, 2010
माओवादी हिंसादेखि जातिय भिडन्त तर्फ - त्रासदिको सम्भावना ।
प्रतेक १० वर्षको अन्तरालमा सम्पन्न गरिने नेपालको राष्ट्रिय जनगणनालाई आधार मान्दा नेपालको कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जाति समूहहरू जम्मा १८ वटा छन् । कूल १०४ विविध जातका मानव समूहहरू बसोवास गरिआएको नेपालमा कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जातहरूले देशको सम्पूर्ण जनसंख्याको ८०% भन्दा केही बढी हिस्सा ओगटेको कुरा माथिको तथ्यांकमा देख्न सकिन्छ , जुन पछिल्लो पल्ट गरिएको वि सं २०५८ सालको जनगणनामा देखाइएको थियो ।
जात | जनसंख्या | कूल जनसंख्यामा % | साक्षरता % |
क्षत्री | ३५९३४९६ | १५ .८०% | ६० .११ |
बाहुन | २८९६४७७ | १२ . ७४% | ७४ . ९० |
मगर | १६२२४२१ | ७ . १४% | ५५ . ९० |
थारु | १५३३८७९ | ६ . ७५% | ४७ . १२ |
तामाङ | १२८२३०४ | ५ . ६४% | ४५ . ०४ |
नेवार | १२४५२३२ | ५ . ४८% | ७१ . २२ |
मुसलमान | ९७१०५६ | ४ . २७% | ३४ . ७२ |
कामी | ८९५९५४ | ३ . ९४% | ४१ . २७ |
यादव | ८९५४२३ | ३ . ९४% | ४० . ८३ |
राई | ६३५१५१ | २ . ७९% | ५८ . १९ |
गुरूङ् | ५४३५७१ | २ . ३९% | ५९ . ७९ |
दमाई | ३९०३०५ | १ . ७२% | ४३ . ५३ |
लिम्बू | ३५९३७९ | १ . ५८% | ५८ . १२ |
ठकूरी | ३३४१२० | १ .४७% | ६३ . ३२ |
सार्की | ३१८९८९ | १ . ४०% | ३८ . ३३ |
तेली | ३०४५३६ | १ . ३४% | ५१ . ४२ |
चमार,हरिजन | २६९६६१ | १ . १९% | १९ . २४ |
कोइरी | २५१२७४ | १ . ११% | ४३ . ८८ |
कूल ८०.६९% | राष्ट्रिय औषत ५३.७३% |
जनसंख्यामा सबैभन्दा ठूलो जातिसमूह बाहुन–क्षत्री-ठकुरी-सन्यासी (३२%) लाई आजसम्मको शासनरत समूह ठानेर सबै अवसरबाट बिमुख बनाउने क्रान्तिकारिता देखाउन खोजिँदैछ एकातिर भने र पहाडी दलित कामी-दमाई-सार्की-गाइने (१२%) र अन्य तराईया दलितलाई (७%) लाई जातिय उत्पीडनको निराकरण गर्ने यो वैज्ञानिक क्रान्तिकारिताले कुनै भाग छुट्याउन सकेको छैन ।
उता कथित जनजातिहरूको समूहमा सबैभन्दा शिक्षित, हालसम्मका सबै व्यापरिक, औद्योगिक, आर्थिक, सरकारी अवसरहरूमा अगाडि रहेका नेवारहरूले राज्य प्राप्त गर्नेछन् । हासम्म पनि जनजाति कोटाका अधिकांश अवसरहारू नेवारहरूको कै पोल्टामा पर्दै आएको पनि हो । उता जनसंख्याको केवल १.५८% हिस्सा भएको लिम्बुहरू ९ वर्तमान नेपालका पूर्वी ९ जिल्ला सग्लै लिम्बुवानमा पर्नु पर्छ भनेर चर्को आवाज गर्दैछन् भने जातीय नक्शाको यो अंशवण्डामा परस्पर स्वयं एकार्काको नक्सा र हिस्सामाथि अर्को जातिको असन्तुष्टि पोखिने क्रम जारी छ । उता , सारा तराई मेचीदेखि महाकालीसम्म एउटै मधेश पर्देश हुनुपर्ने रडाको बोकेर मधिशे घटकहरूको आफ्नो विचित्र संघियताको राजनीतिमा रमिता गरेको गर्यै छन् । यो विडम्बनापूर्ण माग र अधिकारको कोलाहल भित्र बहुसंख्यक ७०% नेपालीहरूको परिचय भने हराउन पुगेको छ । आफ्नै मुलुभित्र अब अमुक अमुक जातिको भएका कारणले परगेलिनुपर्ने स्थतिको निर्माण जनतान्त्रिक साम्यवादका पक्षधरहरू गर्न गइरहेका छन् ।
यदो आगामी नेपालको नक्शा यस्तै रूपमा हुने भयो भने त्यति बेलाको नेपालमा जातिय दंगा वा युद्धका क्रिया-प्रतिकृयाहरू शुरू नहोलान् भन्ने सकिन्न। कुनै जाति विशेषले केही कुरा प्राप्त गर्दा अरू जातिले मौकाहरूबाट बञ्चित हुनु पर्ने कुरा संविधानत: वा कानूनत: लागू गर्न खोजियो भने राज्यको यो विभेदकारी नीति र योजना बिरूद्ध बिद्रोह त हुन्छ नै तर मेलमिलापको सम्बन्धमा आधारित मिश्रित बसोवासको हाम्रो समाजमा जातिय द्वेषको विषाक्त आगोले ल्याउने बिभिषिका डरलाग्दो हुन सक्नेछ ।
बीसौँ शताब्दिको उत्तरार्धमा विश्वमा मच्चिएका वा मच्चाइएका जातिय वैमनस्यताका युद्धहरू दोस्रो विश्व जत्तिकै विनाशकारी नभए पनि जनसांख्यिक प्रभाव , हत्या हिंसा र द्वन्दका कारण करोडौँको ज्यान जाने खालका रहेका थिए । रुवाण्डा र बुरुण्डी, पुर्व युगोस्लाभिया र पूर्व सोभियतसंघ र अहिलेको डार्फुर घटनाहरूले करोडौँ मान्छेको ज्यना लिने क्रम जारी राखेको छ - बिभिन्न खालका जातिय युद्धहरूको स्वरूपमा ।
एउटा जातिय अतिवादले अर्को अतिवादलाई जन्म दिन्छ । यो भन्नै पर्ने हुन्छ कि निस्चित जात समूहलाई राज्य बाँड्न हतारो गर्दा र अरू जातिको संवेदनशिलतालाई लत्याउन खोज्दा , यसका योजनाकारहरूले मुलुकको भविष्यलाई डरलाग्दो आगोको भुँवरीतर्फ हुत्याउन खोजिरहेका छन् ।
'जनताको आत्मनिर्णय र समान अधिकार' भन्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त चीनको तिब्बत, भारतको कास्मिर वा संयुक्त राज्य अमेरिकाको कुनै पनि प्रान्तमा लागू हुन सक्ने प्रकृतिको छैन । हालको रसियाको चेचेन राज्य र बेलायतको उत्तरी आयरल्यान्डबारे पनि त्यो आत्मनिर्णयको अधिकार लागू हुने नहुने प्रस्ट छैन । यसलाई नेपालमा लागू गर्न न राष्ट्रसंघ चासो देखाउन बाध्य हुनर्ुपर्छ न त्यो नेपाली वस्तुस्थितिको विशिष्टतास“ग मेल खान्छ । त्यसो हुनाले आत्मनिर्णयको अधिकारले सूचीकृत उपनिवेश भूभागलाई आफूलाई उपनिवेश लाद्ने मुलुकभित्रै पूर्ण स्वशासन लिएर बस्ने कि छुट्टै स्वतन्त्र राज्यको हैसियतमा बस्ने भन्ने छनोटको अधिकारको प्रत्याभूति गरेको हो । श्रीलंकाको लिट्टे व्रि्रोहीहरूमा त्यो अधिकार प्रत्याभूति हुनुपर्छ भन्ने छैन । त्यसकारण यो अधिकार विशेष परिस्थितिमा विश्वयुद्धताका शक्ति दबदबा हुने राज्यहरूको कारण उपनिवेश बन्न पुगेका भूभागमा मात्र लागू हुने हो । लागू हुनुपर्ने भूभाग -हवाई, पुर्र्टो रिको, अलास्का, ग्रिनल्यान्ड इत्यादि) मा पनि यो लागू भएको छैन ।
जातीय द्वन्दको पछिल्लो परिणाम नाइजेरियामा अस्तिमात्र ३ घण्टाभित्र १००० जना मान्छेको हत्या भएको छ र यो श्रृंखला जारि छ ।यस्ता सम्भावना देखिँदै जाँदा नेपालका भावी सम्भावनाहरूमा प्रश्न उठ्नु स्वाभाविक भएको छ ।
के लोकतान्त्रिक युगमा प्रवेश गरेको भनिएको हाम्रो चेतना र कार्यशैलिले हिजोको आफ्नै र बाँकि विश्वको इतिहास अनि अनुभवबाट केही सिक्न पर्ने हैन ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पैसा बोलता है: अझै पनि मेशिन रिडेबल पासपोर्ट भारतलाई छपाउन दिने ?
"मौका सबको मिलता है" भन्ने झण्डै एक दशक पहिले हेरेको सत्या भन्ने हिन्दी फिल्मको डायलग धेरै पटक सान्दर्भिक भएको देखेको छु । अहिले पनि एउटा दर्हो मौका आएको छ नेपाललाई सांकेतिक रुपमा भए पनि भारतलाई घच्घच्याउने मेशिन रिडेबल पासपोर्ट छपाउन नदिएर, र यसमा अहिलेसम्म उत्कृष्ट खेलेको छ लेखा समितिले । नेपालको राजनीतिमा गन्हाउन हतारिएकी र देशलाई बाबुको लाली पप ठान्ने महा महिम सुजाताको मुखलाई नसके पनि हातलाई सम्म अहिलेसम्म कन्ट्रोल गरेको छ लेखा ले ।
अहिलेको दुनियामा अधिकांश देशहरु बिचको सम्बन्ध, सामिप्यता या अन्तर्देशिय मित्रता आर्थिक कुटनीति र नाफा नोक्सानसंग जोडिएका हुन्छन । यसो भनेर सांस्कृतिक र अन्य किसमका सम्बन्धहरुको अर्थै छैन भन्न खोजेको हैन । अमेरिका र युरोप एकदम घनिष्ठ मित्रहरु भए पनि यिनिहरुको मित्रताको चुरो बेला बेलामा माइक्रोसफ्टलाई ठेगान लगाउने युरोपको कारवाही र एअरबसले पाएको अमेरिकी सेनाको इन्धन भर्ने ठेक्का खोसिदिने अमेरिकी चलाखी जस्ता कुराहरुले देखाइरहन्छन । यसको बदला केहि वर्ष भित्रै युरोपले चुकाउने छ किनकि "मौका सबको मिलता है"। अझ भाषा र भुगोल जोडिएको जर्मनीले स्विस ब्यांकमा रहेका आफ्ना नागरिकहरुको गोप्य खाता विवरण चोर्न एउटा इटालियन ह्याकरलाई मिलियन डलर दिन्छ , यतिबेला कानुन वा छिमेक भन्दा आफ्नो स्वार्थ हेरिन्छ । किनकी "पैसा बोलता है" !
हो अहिले नेपालले यदि भारतले आफुलाई थिचो मिचो गरेको छ र आंफुलाई समान व्यवहार गरेको छैन भन्ने लाग्छ भने मौका यहि हो । नेपाली जनताले भारतलाई हामीले विश्वास गर्दैनौं भन्ने संदेश दिन चाहन्छन भने हो, मौका यहि हो । भारतले जहिले पनि नेपालले जे भने पनि मान्छ भन्ने ठान्छ भने त्यसको जवाफ दिने मौका यहि हो, सांकेतिक रुपमा भए पनि । अझै पनि हैन टाइम छैन छिटो चाहियो, अब छिमेकि त हो उधारो भए पनि उसैले दिन्छ भनेर अर्को पटक पुन आंगनमा „सुसु“ गर्ने ठाउं दिने हो भने भन्नु केहि छैन नत्र अहिले नेपालले यो काम भारतलाई नदिएर अन्य प्रतिस्पर्धीलाई दिएको खण्डमा भारतले एक पटक पक्कै सोच्नेछ , किनकि "पैसा बोलता है" । र यो भन्दा अर्को दर्हो र सुरक्षित आर्थिक-कुटनितिक मौका झ्याप्प नआउन सक्छ । नबिर्सौं एउटा कोडाक जस्तो एउटा फोटो सम्बन्धी सामाग्री बनाउन नेपाल आएको कम्पनीलाई भारतले "भ्रुण" समेत नष्ट हुने गरी मिल्काइदिएको । जब भारतले हामीलाई उंभो लाग्न नदिन यस्ता तिकडम गर्छ भने हामीले मौकामा जवाफ दिन पर्दैन ?
तर अचम्म सिमानामा झण्डा गाड्ने र एस एस बीको सिपाहीको लाठि खाएर "राष्ट्रको इज्जत राख्ने" नेताहरु हुन वा खुकुरी नचाउंदै कालापानी पुग्नेहरु हुन यस विषयमा मौन छन । अरु त अरु भारतीयहरुको हुण्डी नखाने पत्रकारहरु पनि मौन छन । किन क्वारेन्टाइनमा थन्किनु परेका ट्रक, कोडाक आदिका आफ्नै हातले लेखेका कहानी पनि विर्सन्छन नेपालि पत्रकारहरु ? के नेपाली पत्रकारहरुको स्मरण शक्ति ९० वर्ष नाघेका गिरीजा प्रसादको भन्दा क्षीण छ ? सबैले बुझ्नु पर्ने हो कुरा हो एक पटक नेपालले भारतलाई जवाफ दिनै पर्छ । र जवाफ रेलिङ भांचेर, झण्डा गाडेर, खुकुरी हल्लाएर वा उपनामहरु दिएर हैन शिष्ट पाराले दिनु पर्छ किनकी "पैसा बोलता है" र सानो पैसाको ठुलो बोलीले पनि दर्हो संदेश दिन सक्छ । हैन भने यस्तो बेलामा पनि त्वं शरणं जाने हो भने त्वं शरणंबाट माथि आउन धेरै समय लाग्न सक्छ या असंभव पनि हुन सक्छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 10, 2010
Radiation!
by Saidksha Acharya. = )
The vast clouded skies darken,
Their burden falling in little droplets.
The tall trees have been shaken,
As the wind blows merciless.
The green grass turns yellow and burns.
While the once blooming flowers wither.
The deeps seas rise in their tsunamis,
And the earth cracks as lava rises,
Ashes travel in the blackened air.
Land becomes devoured by water,
And the cities sink,
The prosperous cities.
The scorched skies,
Their burden falling in acid rain.
Wild fires burning in forests;
Burnt leaves swinging back and forth.
It's not always a choice to decide,
When your own world is destroyed.
When there was everything to lose,
And nothing to gain.
Mutated humans,
In their liege.
Broken houses,
Unbreakable famine.
Violent wars
And hatred.
Radiation….
http://creationof-a-dream.blogspot.com/2010/03/radiation.html
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ब्लगर दाइको ब्लगिङ वार्ता
१) ब्लग दुनियाँमा कसरी आउनुभयो ? आफूलाई कसरी परिभाषित गर्न रुचाउनुहुन्छ ?
एउटा hobby को रूपमा पहिले कलम कपि लिएर खेस्रा गरीरहन्थे। त्यों बेला खासै इन्टरनेटको सुबिधा थिएन। 2003 पछी इन्टरनेट चलाउदा खुबै साथीहरुलाई rough article पठाएर दिक्क पार्थे :) पछी यो blogspot फेला पारियों र साथीहरुले सायद राहतको महसूस गरेका छन। सुरु सुरु मा थुप्रै experiment गरिन्थ्यो। तर पनि formally online राखेको 2006 (ajabgajab) देखि हो।
२) तपाईँको Frame of Reference को आकार ब्याख्या गरिदिनुहुन्छ कि ?
खासै बाधिएर लेख्ने बानी छैन। "यो चाही मेरो प्रस्थान बिंदु हो , तिमी के भन्छौ त साथी ?" भन्ने हिसाब ले frame of reference को नाम जुरेको हो। नेपाल मा Physics पढ्दै गरेका भाइहरु ले पनि मन परायेका रहेछन।
३) तपाईँको ब्लगलाईँ के मा अनुबन्ध गर्नुभएको छ ?
Educational type को information उपलब्ध गर्न खोजेको खासै सकिएको छैन। आफ्नै research का टुकरा -टाकरी राख्ने पहल पनी हुदैछ । Completely boring topic dump गरेर पनि भएन :)
४) तपाईँ कसरी ब्लगर दाइ बन्नुभयो नि ?
दाइ भनेर संबोधन गर्ने भाइका साथीहरु र साथीका भाइहरुको जमातले blogger दाइ न्वारन गरिदिए। आफु लाई खूब academic ठानेर आफ्नो blogging habit को र्को अलग पहिचान राख्ने मेरो प्रयास पनि येसको कारण हो।
५) ब्लगर दाइ ब्लगर भाइहरुलाई केही दर्हो सुझाब छ कि ?
ठुलो अनुभवको पोको त छैन। तै पनि भन्नैपर्दा , धैर्यता राख्नु पर्छ। Blog ले audience pick up गर्न जती गार्हो छ , maintain गर्न उत्तिकै गारो छ। दिन को 10/15 मीनेट मात्रै दिन सकियो भने धेरै हुन्छ।
Technically भन्नु पर्दा :थुप्रै script र gadget राख्दा site लोड हुन slow हुन्छ; राम्रो theme र topic oriented article राख्नु पर्छ; लेखिएको topic मा अली अली research गरियो भने सुन मा सुगंध हुन्छ।एक पटक आउने मान्छे अर्को पटक पनि आउन मन लाग्ने भए त ब्लग सफल नै मान्नुपर्ला।
६) ब्लगको पाठक अन्तरक्रियासंग कत्तिको सामीप्यता राख्नुहुन्छ ?
दिनको केही समय hamro circle लगाएत मा updated post हरु हेर्छु। नेपाली मा कमेन्ट लेखन टाइम लागने भएर interaction मा पछाड़ी नै छू। पढन चाही पढ़ी रहेकै हुन्छु।
७) हरेक कुरा केही न केहीबाट सुरु भएको हुन्छ। यो आकाशगंगाको उत्पती के बाट भएको होला ?
यो चाही गजबको प्रश्न गर्नु भो। Big bang भनेर सबै ले कुरा गर्छन। तर " के यो संसार को उत्पति सून्य समय मा quantum fluctuation ले गर्दा नै भएको हो त ?" यो प्रश्न ले हरेक पटक मेरो मथिंगल घुमाउछ।आज को मिति सम्म स्थापित theory चाही येस्तई छ !
८) बिज्ञानले हरेको कुराको नापजाँच गर्नेगर्छ। आकाशको नाप कती होला? आकाशभन्दा पर के छ ?
Einstein ले एक पटक भनेका थिए , "यो संसार जति सुकै ठुलो भये पनि हाम्रो mathematics को ज्ञानले बाँध्न सक्छौ"। यो फैलिदै गरेको आकास र अनन्तसम्मको लेखाजोखा राख्ने बिज्ञानको प्रयास , दुवै जारी छ।
९) तपाईँको आकाशमा अलि बढी ज्ञान रहेछ। मलाइ नेपाल देखिनेभन्दा अमेरीकाबाट देखिन चन्द्रमा अली ठूलो लाग्छ,यो भ्रम हो कि सांचो हो ?
नेपाल landlocked भएको ले गर्दा हामी ले चन्द्रमा लाई डाडा माथि देख्छौ।
अमेरिका मा निकै तल सतह बाट उदाएको देख्नु भो होला। यो relative size ले गर्दा हुने दृष्टी भ्रम हो। http://en.wikipedia.org/wiki/Moon_illusion
१०) तारा गन्न संभव होला ? तपाईँको मन पर्ने तारा कुन हो ?
यो आली गारो question पर्यो :)एक पटक hubble space telescope ले आकास को एउटा अंधेरो कुना मा एक हप्ता सम्म निरिक्षण गर्दा के पाइयो भने , completely अंधेरो लाग्ने region मा समेत हरेक थोप्ला थोप्ला तारा हरु ले भरिएका रहेछन। [http://hubblesite.org/hubble_discoveries/hubble_deep_field/]
अब यो अनंत आकास का अनन्त बिंदुहरु गनेर संभव होला र? तै पनि visible universe मा चाही एती छन भनेर गन्ने प्रयास गर्ने लाई गणना गर्न दिउ न !alpha centauri एकदम मन पर्छ। 2008 मा brazil जाने मौका मिलेको थियो। southern hemisphere बाट आकास हेर्दा जून मज्जा आयो त्येसको बयान गरेर साध्ये छैन [http://www.nabinkm.com/2009/05/constellations-in-southern-sky.html]।
११) संसारबाहिर जीवन होला त ? कि यो बैज्ञानिकहरुको मृगतृष्णा मात्रै हो ?
PlanetQuest भन्ने NASA को mission ले हरेक हप्ता जसो पृथिवी जस्ता planet पत्ता लगाउदै छन। यसै हिसाब ले, संभावना को हिसाब ले पृथिवी बाहेक का ठाऊ मा जीवन नहोला भन्न सकिन्न। तर तिनिहरूका हाम्रा जस्तै दुई हात , नाक कान खुट्टा होलान भनेर भन्न सकिन्न।
१२) भौतीक शास्त्रको बिकसित र बिकासोन्मुख देशबिच भौतिक तथा शैद्धान्तिक अबस्थामा के भिन्नता छ ?
सैदान्तिक रूप मा त भिन्नता छैन। Physics is universal। भौतिक रूप मा equipment हरु उपलब्ध हुने हो भने नेपाल का scientist हरु अन्य देश का scientist संगको प्रतिस्पर्धा मा पछी परलान जस्तो लाग्दैन।
१३) सपनालाई कसरी परिभाषित गर्नुहुन्छ। कुनै राम्रो सपना तुरुन्तै कैद गर्नुभएको छ ?
"राम्रा सपना लाई तुरुन्तै कैद गर्नु पर्छ" , हाम्री आमा को भनाई हो यो। पहिले पहिले कलम कपि सिरानी मुन्तिर राखेर सुतिन्थ्यो। निकै रमाईला सपना हरु लाई कॉपी मा उतारेको छु।सत्य नभए पनि सपना देख्नुमा खराबी देख्दीन।
१४) अन्य ब्लग कत्तीको सयर गर्नुहुन्छ ? राम्रा नराम्रा पक्ष केलाइदिनुहुन्छ कि ?
hamro-circle मा updated सबै जसो blog visit गर्छु। त्येस बाहेक google reader मा पनि केही छन। अर्काको ठ्याक्कै कॉपी पेस्ट गर्ने बाहेक सबै आ-आफ्नै स्थान मा राम्रा छन।bloggers.com.np मा report this blog भन्ने feature राखेर एउटा team बनाउने हो भने येस्ता प्रदुषण नियेंत्रण हून सक्छ।
१५) फुर्सत र ब्यस्तामा आफूंलाई कसरी ब्यालेन्स राख्नुभएको छ ?
हा हा हा ...फुर्सद मा ब्यस्त र ब्यस्तता मा फुर्सदिलो हुने गर्छु। फुर्सद मा blog लेखेर schedule गरी दिन्छु। त्येसै ले त्यती गारो हुन्न।
१६) दौंतरीलाई के सुझाब दिनुहुन्छ ?
दौतरीको प्रयास प्रेरणादायी छ। थुप्रै vetran को संगम थलो मा मैले के सुझाब दिन सकुला र ? निरंतरता दिनु होला सुझाब र शुभकामना यही हो।
१७) तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि?
नेपालीमा टाइप गर्ने ख़ास अनुभब छैन हिज्जे माफ़ पाऊँ ! "नया" तथा "पुराना" blogger हरु को संगम थलोमा स्थान दिनुभो , दौतरी टीमलाई धन्यवाद। यो उत्साह र शक्ती सधै कायम रहोस् ।
Happy Blogging!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 9, 2010
Mankato Level Examination
अहिलेलाइ भने उक्त प्रोग्रममा सोधिएका प्रश्न र कार्यक्रम तालिकामा लेखिएका सामाग्री तपाइहरु समक्ष राख्दैछु। तपाइले उक्त कार्यक्रममा भनिएका उत्तरसंग उत्तर मिलाए तपाइ पनि Minnesota State University, Mankatoबाट दिक्षान्त हुनुहुनेछ।
नेपाललाइ कुन कुन देशका सिमानाले छोएका छन?
नेपालको राष्ट्रिय रंग के हो?
नेपाली राष्ट्रिय झण्डामा कतिबटा त्रिभुज छन?
काठमाण्डौ हिउं पर्ने स्थान हो कि होइन?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 8, 2010
बिहाबारी ४० वर्षपारि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 6, 2010
सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था

काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्न ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्तामा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्ने अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 5, 2010
गाउँखाने कथा - ३६ (Nepali Gau Khane Katha)
गाउं खाने कथा ३६ को सही उत्तर हो नाम। गाउंखाने कथाको उत्तर मिलाउने कमलादी,बिबेक र मनजी ले गाउं पाउनु भयो। पहिलो उत्तर मिलाउने कमालदी जीले (प्रजवल॒) मन पर्ने गाउं माग्नुहोला।
----------------------------------------------------------------------
सधैं जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।
त्यो कुरा आफ्नै हो,तर आफुले भन्दा अरुले धेरै चल्ती गर्छन, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 4, 2010
मेरी प्यारी वाग्मती

अहो ! आज एकाबिहानै
तिम्रो अट्टहास देख्दा,
तिम्रो अस्वभाविक उन्मुक्तता देख्दा,
फोहोर र दुर्गन्धित नै भएपनि तिम्रो पुष्ट वदन देख्दा,
पारि क्षितिजको रक्ताम्मे लालिकिरण सँगै
सकिनसकि तिमी नवयौवना हुन खोजेको देख्दा
तिमी प्रतिको मेरो पुरानो सम्बन्ध
कता कता आज टुसाउन लागेको भान भईरहेछ



तिम्रो मेरो सम्बन्ध टुटाउन
ति भुस्याहाहरुले के मात्रै गरेनन्
तिम्रो अधरमा गन्हाउने थुप्राहरु राखे,
तिम्रो वदनमा अनेक प्रेमलिलाहरु रचि उफ्रिए,
तिम्रो भावभङ्गीलाई रोक्न अनेक संगीनहरु उठाए,
तिमीलाई बलात्कार गरि समाजमा तिम्रो छवि
फोहोरी,
छाडा,
गन्हाउने,
ब्यभिचारिणी
आदि इत्यादि उपमा सहितको बनाए
तिमीलाई तिम्रो मुहार देखाउन लाजमर्दो बनाए

तर
विशाल हृदयकी तिमी
समाजबाट विक्षिप्त हुन खोज्दा पनि सकेकी छैनौ
अनेक नराम्रा उपमाहरु लिएर पनि
सुध्रने चाहनामा छौ
सायद,
तिमीलाई तिम्रो त्यो पुरानो यौवनको याद आए जस्तो छ

आखिर,
म पनि त त्येसैमा लठ्ठिएको थिएँ
तिम्रो मन्द मुस्कान,
तिम्रो शान्त स्वभाव,
तिम्रो चौडा वक्षस्थल,
तिम्रो विशाल उदारता,
तिम्रो मनोहर आकृति,
तिमी वरिपरि झुल्ने
पुष्पवाटिकाहरु,
वासन्ती बगैचाहरु
तिमीसँगै लहडिने मौसमी लताहरु,
तिमीलाई साथ दिने गुलावी असारे फुलहरु,
तिम्रो छातिमा सुगन्ध भर्ने श्वेत कमलहरु
मेरो लागी पनि त औधि आकर्षणका विषयहरु नै थिए

यो मेरो पर्खाई
आज तिम्रो वर्षे अट्टहास सँगै
आनन्दित भईरहेको छ
आखिर
यो दुनियाँको लागी तिमी
ढलमति,
मलमति,
भलमति,
रोगमति,
भोगमति,
शोकमति,
हिनमति,
घिनमति
जे भएपनि
मेरो लागी
तिमी
मेरी प्यारी वाग्मती ।।
-दिनेश चन्द्र पन्थी “दीप”
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest