January 31, 2010

दोस्रो नेपाली ब्लगर भेला - अत्यन्त भिन्न अनुभव(टेक्स्ट सहित)

दोस्रो नेपाली ब्लगर भेला;अत्यन्त भिन्न अनुभव,यो नेपाली ब्लगबारे ब्रिहत कोणबाटै अनुभव गर्ने भेला थियो। कसरी र के गर्ने भन्ने पहिलो ब्लगर भेला पछीको यो दोस्रो भेला कसरी सहि दिशा तिर लाने भन्ने अन्यौलका साथ शुरु भएको दोस्रो नेपाली ब्लगर भेलाले धेरै खुसीहरु ल्यायो। ब्लग लेखन आफ्नै सन्तुष्टीका लागी हो तर आफ्नो लेखन ब्लग जगतमा कता छ,कता जानु पर्ने हो या के गर्नु पर्ने हो, ब्लगरहरु जम्मा हुंदा ब्लगर बिच बिचित्रको एउटा दियो जल्दो रहेछ। ब्लगर भेलामा त्यही दियोले साना किन नहुन तर महत्वपूर्ण स्वरुपहरु देखायो। ब्लग लेखन एउटा स्वऐच्छिक कार्य हो,जुन कुनै तलब या ज्याला रहित हुन्छ। अर्थात ब्लगरबाट ब्यक्त हुने शब्द इमान्दारी पूर्बक निक्कलने वाक्याअंश हुन्छन जुन अहिलेको नेपालमा पाउन निकै दुर्लब छ। यस्तो पेशालाइ म संधै आदर पूर्बक सम्मान गर्छु। यस्तो पबित्र पेशामा नेपाल या समुन्द्र पारीबाट आफ्नो भाषा,संस्क्रिती सम्झेर सकेको योगदान गर्नुहुने ब्लगरहरु बिच संबाद गर्दा कस्तो होला मलाइ संधै घच्घचाइरह्यो। तसर्थ नेपाली ब्लगर भेलाको स्वरुप तयार हुन गयो। हुन त एकै ठाउंमा एकै समयमा ब्लगर सामेल गर्न कठिन नै थियो ,यो कार्य झन कठिन हुन्छ जब कतै नेपाली ब्लग समाल्दा कुनै कुनाबाट अबरोध आउने गर्छन। तर पबित्र उर्जा सुस्त होला या बहन दिशामा परिबर्तन आउला तर कहिले रोकिने छैन। दोस्रो नेपाली ब्लगर भेलाले यही देखायो ।

यो भुमिका भन्दा पर यथार्थमा जांदा भेला कस्तो भयो, तपाइहरु पक्कै सोचीराख्नु भएको होला। भेलालाइ जस्ताको तस्तै ल्याउंदा या भेलाको माहोल जस्ताको तस्तै पून प्रस्तुत गर्न संभव त कांहा होला तर म सक्दो प्रयास गर्नेछु। हुन त भेलाको टेक्स्ट पूरै पढ्नु भए भेलाको सबै अबगत हुन्छ तर सरसरती भन्दा करिब ३० जना ब्लगहरूको भनाइ संक्षेपमा यस्तो रह्यो। प्रबाधीक कारणले केही ब्लगहरु च्याटरुममा प्रबेश गर्न नसक्नुभएकोमा भेलाको आयोजकको तर्फबाट क्षमा याचना गर्न चाहान्छु।
ब्लगर भेलाको सभापतित्व ब्लगर दिलीप आचार्यले गर्नुभएको थियो भने भेलामा स्वागत मनत्वय अन्जली तिमील्सिनाले दिनुभएको थियो। भेलामा राष्ट्रिय गान नबिन जी ले प्रस्तुत गर्नुभएको थियो। सबै ब्लगरले आफ्नो परिचया संगै भेलामा के कुराको सल्लाह हुनु पर्ने र नेपाली ब्लग जगतलाइ कसरी लाने भनेर राय दिनुभएको थियो। भेलामा करिब करिब २५ जनाको प्रत्यक्ष सहाभागिता थियो भने केही मित्रहरू दर्शक भएर बस्नुभएको थियो। भेलाको च्याट क्यापासिटी २५ जनाको भएकोले धेरै ब्लगरहरु भेलामा सामेलहुन पाउनु भएन। च्याटको सदस्यता प्रिमीयरसिपमा लगेर १०० जना अट्ने बनाए पनि प्रिमीयरसिपको अनुमती भेला सकिएको १ घन्टापछी मात्र प्राप्त भएको थियो। केही ब्लगरहरुको अन्य काम पर्दा आउन पाउनु भएन भने केही ब्लगरलाइ नेपालको लोडसेडिगंले रोक लगाएको थियो। भेला अघी र पछी भने थुप्रै ब्लगर आएर आफ्नो राय राख्नुभएको थियो। समस्तमा राय यस किसीमका परेका थिए। साथै प्राय ब्लगरहरु यि कुरामा सहमत पनि हुनुहुन्थ्यो।
प्रस्तावना १ :सम्पूर्ण ब्लगर साथी हरुले यदि अरू कुनै ब्लगमा प्रकाशित लेख रचना आफ्नो ब्लगमा पुन प्रकाशन गर्न इक्षा लागेमा पूर्ण रुपमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्ने ।
प्रस्तावना २:नेपाली तथा अन्य भाषी ब्लगर साथीहरुले नेपाली भाषाको सुद्दासुद्दी मा ध्यान दिने ।
प्रस्तावना ३:गुगल ग्रुप सन्देश सञ्जालमा आफ्नो ब्लग को विज्ञापन को लागी मात्र सन्देश सम्प्रेषण नगर्ने ।
प्रस्तावना ४:ब्लग हरुलाई शोध खोज को पृष्ठभूमिको रुपमा विकास गर्दै लैजाने । कुनै पनि शोध खोज कार्यमा निर्धक्क साथ कसैले नेपाली ब्लग लाइ रिफरेन्स राख्न सकून् ।
प्रस्तावना ५:संसार भर छरिएर बस्नु भएका सम्पूर्ण नेपाली ब्लगर साथीहरूको हक हित मा एउटै आवाज उठाउने ।
प्रस्तावना ६ :आइन्दा देखी, आधुनिक अडियो भिडियो कन्फ्रेन्सिङ टुलहरु जो सजिलै र निःशुल्क उपलब्ध छन ,प्रयोग गरेर यो भेलालाई सुचारु राख्ने।
प्रस्तावना ७:जातीय नारा लाई सकभर दुरुत्साहित गर्ने । हाम्रो जात एउटै छ, त्यो हो नेपाली । प्रस्तावना ८: ब्लगर सर्कल सबैका समस्याहरू निराकण तर्फ सोच वा खोज मुलक बनाउने।
प्रस्तावना ९:नेपाल र नेपाली भाषा अन्य भाषाहरू जस्तो अझै पनि गुगलको प्राथमिकता भित्र पर्न सकेको छैन । यसबारे सबैले केही गर्ने।
प्रस्तावना १०:प्रायः केही नव प्रवेशी ब्लगरहरु प्राविधिक रुपमा पछाडि परेका छन्। । तसर्थ उनिहरुलाई प्रोत्साहित गर्न नेपाली भाषामा ब्लग टिप्सहरु ज्ञाता ब्लगरहरुबाट तयार पार्ने।
प्रस्तावना ११:सबैले नेपाली ब्लग ग्याजेटको बढावा गर्ने। ब्लग ग्याजेट को लागी http://www.nabinkm.com/search/label/gadget
प्रस्तावना १२:ब्लग संबादमा एउटै बिषयमा मात्र कुरा गर्ने। असम्भवित बिषयलाइ दुरुस्ताहीत गर्ने।
प्रस्तावना १३: Hamro circle ब्लग directory लाई अझ छरितो बनाउने पहल गर्न नबिनजी लगायत साथीहरुलाई अनुरोध ।
प्रस्तावना १४: दौँतरीमा कमसेकम १५ दिनमा १ पटक कुनै पनि नेपाली ब्लगरले सबै ब्लगरका साझा मुद्दा वा साझा सबालको बारेमा कुनै पोष्ट लेख्ने र सोमा सबैले कमेण्टको माध्यमबाट बिचार विमर्श गर्ने ।यसै अनुरुप आउने हप्ता देखी १५ दिनमा एक पटक यिनै बिषयमा नेपाली ब्लगरको बिचार दौंतरीमा राखिने छ। त्यसमा भएके बहस अनुरुप ति बिषयका निचोडमा पुगिने छ। दौंतरी ब्लग चौतारी भएर सबै ब्लगलाइ समेट्दै अगाडी बढ्न कटिबद्द छ।

दोस्रो ब्लगर भेलाको टेक्स्ट जस्ताको तस्तै पढ्न यांहा जानुहोला। च्याट पेजमा भेला सुरु हुनुभन्दा केही अघी देखीका वार्तालाप समावेस छ। सो भन्दा पछाडीको कुराकानीहरु हे्र्न पेजको माथी दायाँ पट्टी रहेको >Next दवाउदै अगाडी बढ्नु होला।





January 30, 2010

नेपाली ब्लगर भेला-२ (समापन) (च्याट बक्स भित्र)



ब्लगर भेलाको दिनमा दौँतरीमा तलको जस्तै ‘च्याट बक्स’ राखिने छ र यसैको माध्यमद्वारा भेलामा
  बिचारहरु आदान-प्रदान हुनेछन । गत भेलामा सहभागी नहुनु भएका ब्लगर साथीहरुलाई सूचित गर्न र अभ्यस्त बनाउन अबका केही दिन यो बक्स परिक्षणको रुपमा यही रहने छ । ब्लगर भेलामा
सहभागी हुन चाहने मित्रहरुले कृपया भेला अगाडि नै तल बक्सको अन्ततिर रहेको ‘Sign Up’ मा क्लिक गरेर आफ्नो युजर नेम दर्ता गराउन हुन अनुरोध गरिन्छ ।
हाल परिक्षणको रुपमा यो बक्सलाई सबैको लागी खुला राखिएको छ तर सम्भावित ‘स्प्यामर’ लाई हटाउन भेलाको दिनमा भने ‘रजिष्टर्ड सद्स्य’ लाई मात्रै प्रवेष दिन पनि सकिने भएकोले सबै ब्लगर साथिहरुमा हामी यो दर्ता प्रक्रिया सम्पन्न गरेर रहनुहुन अनुरोध समेत गर्दछौं । दर्ता प्रकृया एकदमै सरल र एक मिनेट भन्दा कम समयमा सम्पन्न हुने भएको र दर्ता पश्चात Account Settings >>Picture मा गई आ-आफ्नो फोटो पनि अपलोड गर्दा एक – आपसमा परिचीत हुन पनि सजिलो हुने हुनाले सो पनि गर्नुहुन अनुरोध छ ।
अन्य केही सल्लाह सुझाव भएमा यहि च्याटबक्समा लेख्‍न सक्नुहुन्छ । नयाँ युजर नेम दर्ता यहीँ बाट पनि गर्न सक्नुहुन्छ ।
धन्यवाद !

Eons!

By sadiksha Acharya

Eons It's been years,
Centuries,
Since I've felt this old.

My bones have dried
And they shake every time I move.
My muscles have become nonexistent,
And my eyes have lost their sight.

It's been millenniums
sinceI took back my throne,
And yet my subjects haven't gotten used to me.

It's been decades
Since I got back what's mine,
And just months since I wrote my history.

Fate tells of such a destiny,
Of a calm life
And happy days.

Fate tells of such a destiny,
The same destiny,
So tedious,
With no wars,
No differences,
No uniqueness .

There are no histories,
No accomplishments.
It's been millenniums
Since I took my throne,
As the ruler.
It's been eons,
My bones have grown weak,
And my citadels lie in ruins.

http://creationof-a-dream.blogspot.com/

January 27, 2010

नेपाली दोस्रो ब्लगर भेला ( जेनवरी ३० -माघ १६)

अपडेट:भेला आउन अब केही दिन मात्र बांकी हुंदा ब्लगर साथीहरुले पूरा तयारी गर्नुहोला। भेलामा सहभागी हुने भए तलको कमेन्ट बक्समा जनाउ दिनुहोला,त्यसले गर्दा सबैलाइ जानकारी पुग्दछ। भेलामा आउन आफ्ना चिनेका ब्लगरलाइ पनि खबर गर्नुहोला। तपाइ पाठक भए पनि भेलाको परिबेक्षण गर्न सक्नुहुनेछ।


भोली बाट दौंतरीमा दौंतरी पेजभरी च्याट बक्स राखेर परिक्षण गरिनेछ भने अहिले पनि परिक्षण भनेर च्याट बक्स राखिएको छ। भेलामा टाइप गरेर आफ्नो कुरा राखिने तथा समय छोटो र सहभागी धेरै हुने भएकाले आफ्ना कुरा टाइप गरेर तयार राख्नुहोला। सहभागीको नामक्रम जस्तै आफ्नो बोल्ने पालो आउने छ। आफ्नो पालोमा आफ्नो नाम, ठेगाना तथा ब्लग र भेलामा के कुरामा केन्द्रित हुने पर्ने,नेपाली ब्लगरले के गर्न सक्ने जस्ता कुरा छोटो समयमा राख्नुहोला। सबैको पालो सकिए पछी छानिएका बिषयमा छलफल हुनेछ। बोल्ने पालो नामक्रम अनुसार हुनेछ। जस्तै. 1) Nepalean 2) Prajwol 3) Aakar etc.
----------------------------------------------------------------
करिब ६ महिना पहिले अगष्ट १, २००९ मा ब्लगर भेला भएको थियो। पहिलो भएको ले कतिपय प्रबाधीक तथा बिषयगत कुरामा उत्क्रिष्ठ हुन सकिएन तर भेलामा निकै नौलो अनुभव बटुल्ने अबसर मिलेको थियो। त्यो नेपाली ब्लगरका लागी एक प्रकारको भुल्नै नसकिने क्षण हो। पहिलो भए पनि उक्त भेलाबाट हामीले धेरै सिक्न पाएका थियौं। त्यस पछी ब्लगर ग्रुपमा ब्लग गतीबधी पनि निकै बढेको थियो भने ब्लगर बिच भलाकुसारीमा राम्रै बिकास भएको थियो। ब्लगर बिच हुने सदभाव तथा सहयोग आदान प्रदान अतुलानिय नै रह्यो। साथै धेरै ब्लगर बिच चिनचान भयो। यसबारे थप कुरा ब्लग भेलामा सामेल हुने ब्लगर मित्रले पक्कै भन्नुहुनेछ। भेला पछि भएको गनथन यांहा गएर हेर्नुहोला।

त्यती नै बेला निरन्तर ब्लग भेला गर्ने निर्णय पनि भएको थियो । त्यसै अनुरुप जेनवरी ३०, २०१० (माघ १६, २०६६) नेपाली समय बिहान ९ बजे Saturday ( यु यस सेन्ट्रल टाइम जेनवरी २९ सांझ ९ :१५ Friday) मा पहिले कै जसरी दौंतरीमा (www.dautari.org) भेला हुन अनुरोध गर्दछु। भेलाको दिन दौंतरीमा च्याट गर्न मिल्ने ले-आउट पुरै पाना भरी राख्ने ब्यबस्था गर्दछौं।

तपाइ आउने नआउने सुचना पनि यही ब्लगको प्रतिक्रिया बाकसमा दिनुहोला जस्ले गर्दा सबैलाइ एकैसाथ जानकारी पुग्दछ। भेलाका एजेण्डा ब्लगर ग्रुपको इमेलमा या यही ब्लगमा लेख्नु होला। साथै पूरानो भेला हेर्न यांहा जानुहोला।

ह्याप्पी ब्लगिगं
नेपालियन

=भेला गतिबिधी
भेलाको गितीबिधी दौंतरीमा टेक्स्ट सहित राखिने छ
=भेलाको एजेण्डा
नेपाली ब्लगरका समस्या, नेपाली ब्लगरले गर्न सक्ने योगदान,ब्लगलाइ प्रबाधीक सहयोग आदी

=भेलाको तालिका
छिटै आउने छ

भेलामा पाल्नुहुने ब्लगर साथीहरु:
१) नेपालियन: http://www.dautari.org/
२) प्रज्वल: http://www.kamaladi.com/
३) आकार: http://www.aakarpost.com/
४) सपना संसार: http://www.sapanasansar.com/
५) अशेष पौडेल: http://www.gufgaf.com/
६) नबिन KM: http://www.nabinkm.com/
७) गोकुल बिबश:http://www.khullamanch.blogspot.com/
८) दिपक अधिकारी:http://www.deepakadk.blogspot.com/
९) एकलव्य:http://www.dautari.org/
१०) केपी ढुंगाना :http://www.hamroblog.com/
११)अन्जली तिमल्सिना: http://www.tanjali.blogspot.com/
१२)अर्चना श्रेष्ठ: http://archanashrestha.blogspot.com/
१३)दिपेन्द्र कूमार झा: http://www.deependrajha.com/
१४) उज्जवल आचार्य - http://www.nepalivoices.com/
१५) ध्रुब पन्थी- http://dhrubapanthi.blogspot.com/
१६) शब्द तरगं-http://wordswave.blogspot.com/
१७) विनोद कुमार रिजाल http://sagarmathadarpan.blogspot.com/
१८)विष्णु प्याकुरेल:http://patriotnepali.blogspot.com/
१९) महेश खनाल:maheshsagar.blogspot.com
२०)दुर्जेय:http://doorjeya.blogspot.com/
२१) लभनेपाल:http://www.luvnepal.com/
२२) सूर्य/सिकारु:http://www.sikaru.blogspot.com/
२३)विवेक: http://merasirjanharu.blogspot.com/
२४)कैलाश: http://kailashkokuti.blogspot.com/
25) Naya laure:

January 24, 2010

देशखाने कथा ¿

प्राय: सप्ताहअन्तमा नेपालियनजी नेपाली गाउँ खाने कथा लिएर आउने गर्नु हुन्छ । हामीहरु सबैजना सकेसम्म उत्तर मिलाएर गाउँ जित्ने, नसके उत्तर मिलाउने मात्रै भएपनि प्रयास गर्छौं। तर यसपाला भने मैले गाउँ खाने हैन कि देश खाने कथा लिएर आएको छु । देश बनाउँछौं भन्दै देशै खानेहरुको हालिमुली धेरै बढेको र जताततै देश खाने वा खान खोज्नेहरु भएकाले यो देशखाने कथाको उत्तर सायद सहज पनि छन होला । त्यस्तै एउटै स्वभावका वा एउटै उद्देश्य लिएर देश स्वाहा: गर्न लागिपरेकाहरु धेरैजना भएकाले एउटै कथाको दुई वा दुई भन्दा बढी जबाफ पनि मिल्न जालान।

जे होस तलका देशखाने कथाका उत्तर खोज्नुहोला, दुई वा सो भन्दा बढीले उत्तर मिलाएमा नेपाल बाहेकक कुनै पनि देश दामासाहीले बाँढेर लिनुहोला ।

देशखाने कथाहरु यस प्रकारका छन:

१) पहिले थालको भात हुत्यायो,
    अहिले खान नपाएर बौलायो । (को हो ?)

२) ८० वर्षको जवान हुँ म ।
    प्रजातन्त्रको कमान हुँ म ।
    काम शुन्य, नाम ठूलो,
    थन्कने बेलाको ग्राउण्डेड विमान हुँ म । (को हो ?)

३) कुकुर हल्लीयो, पुच्छर हल्लिएन । (के हो ?)

४) सिमाक्षेत्रमा मेरो निवास ।
    पाउँछु सधैं मालिकको स्यावास ।
    देशको प्रधानमन्त्री भन्दा,
    विदेशको मुख्यमन्त्री बन्ने छ आश  । (को हो ?)

५) मालिकको कुकुर, मालिक लाइ नै “हाउ हाउ” ( के हो ?)

६) हरुवा गोरुको जितुवा धाक । (को हो ?)

७) राजनैतिक नेता, भविष्यवक्ता । (को हो ?)



ॐ बिक्रम बिस्ट नाइटले कोलोराडो ततायो

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा जनवरी २३ शनिबारका दिन पप संम्राट ॐ बिक्रम बिष्ट नाइट भब्यताका साथ सुसम्पन्न भएको छ । rnfm कि कल्चर सेक्रेटरीले दिल कुमारी भुषालले दर्शकहरुको स्वागत गरेपछि उदघोषणको लागि नेपालको बहुचर्चित संचार कर्मी रमा सिंहलाई जिम्मा दिनु भएको थियो । सुबु सिंह (रमा सिंहकी सुपुत्री )ले 'चोली राम्रो मक्खमली ढाकाको 'बोलमा आफ्नो निर्त्य प्रस्तुत गरे पछि दर्शकहरुको प्रतिक्षा समाप्त भएको थियो। स्थानिय कलाकार बिजय देब अधिकारिले 'तिम्रो इच्छामा म हाँसिदिन्छु 'भन्ने बोलको गीत पछि ॐ बिक्रम बिष्टले मन्चलाई सम्हाल्नु भएको थियो । आफ्नो समकालिन
साथी स्व. अरुण थापालाई सम्झिदै 'करोडौ मुटुहरुको ढुकढुकी नेपाली'भन्ने गीत गाउदा बिदेशका नेपाली मनहरुले भाब बिहल हुँदै तालीका साथ स्वागत गरेका थिए। रमा सिहको मोहक र मिठास युक्त बाणीबाट ॐ बिक्रम बिष्ट साँझ अझ तातेको थियो । उहाँले दर्शकहरुलाई ॐ बिक्रम बिष्टको बारेमा धेरै जानकारी गराइ मन जित्नु भएको थियो । 'याद गर ति दिनहरु 'मेरो याद अझै आउछ भने ' गार्हो पर्‍यो मलाई जिउन 'बितेको जिबन मेरो शिशिर जस्तो ' गीतका सौगात पस्की सुआरम्भ भएको यो कार्यकमलाई स्थानिय कलाकारहरु बिजय अधिकारी ,अनुरक्त श्रेष्ठ ,जोनाथन राइट ,अनुपम राइ,सैलेश श्रेष्ठ र टोनी परेजले वाध्यबादनमा ससक्त रुपमा साथ दिएका थिए ।
१० बर्षको उमेर देखि ईन्द्रचोकको डबलिबाट गाउदै स्याबासी बटुल्दै आउनु भएका बिष्टले २०२४ सालमा पहिलो चोटि गायन कलाबाट अवार्ड पाए पनि प्रिन्सिपलले स्कूलमा रखिदिएको र दिनदिनै स्कूल जाँदा अवार्ड हेरेर चित बुझाउन गरेको ,२०२८ मा दीपक जंगम सगै खुल्ला राष्ट्रिय गीत प्रतियोगिता भाग लिई भ्वाइस टेस्ट बिना नै रेडियोमा गाउँन पाएको अबसर आदिको जानकारी रमा सिंहले दिनु भएको थियो।
'आउ आउ आबाज देउ 'म सम्झन्थे मलाई मात्र हो कि पिरती बिझाको ' न भनी देउ मेरो ओठको लाली ,सुन चाँदी भन्दा महँगो 'आदी कर्ण प्रिया गीतमा दर्शकहरु गीत सँगै झुमेका थिए । साहारा कार्की र प्रज्ञा लामाको रोचक र आकर्षक निर्त्यले पनि मन जितेको थियो ।
आधुनिक ,लोक ,भजन आदी मात्र बुझेका नेपाली स्रोताले शुरुमा उहाको पप गीतलाई सहजै नस्विकारे पनि अन्तत अहिले वहाँको पप र अत्याधुनिक गीतको कदर भएको खुलासा रमा सिंहले गर्नु भएको थियो। उहाँले पप गीत मात्र नभएर जिन पाइन्ट ,डिङगो बूट पनि पहिलो पल्ट उपयोग गरेको र अझै पनि उहाँलाई टोलतिर डिङगो बुढो भनेर भन्ने गरेको रोचक प्रसंग सुन्दा हल बेलाबेलामा हाँसोले गुन्जमान हुने गरेको थियो।

१९९३ देखि कोलोराडोको मनमा बस्तै आएका बिजय अधिकारिले हरेक त्यो पल र सम्झना मेरो लागि भन्ने गीतबाट दर्शकको मन जितेका थिए भए rmfn कि अधक्ष्य निलम श्रेष्ठले उहांलाई साथ दिनु भएको थियो । निलम श्रेष्ठको मधुर गला र मुस्कानको कलाले अझ रौनक थपेको थियो । बारीस्ठ साहित्यकार दौलत बिक्रम बिष्टका सुपुत्र बिष्टको जिबन संगी फ्लोराको ४ बर्ष अघी निघन भएको घटना सुन्दा दर्शक खिन्न भएका देखिन्थे । उमेर बढदो भए पनि पुरा जोशमा तन्नेरी भाब बोकेको गीतले दर्शकलाई नचाएको थियो । 'मौनतामा अल्झी रहेको ' को हो त्यो जस्ले मलाई'बाह्रबिसे बजारमा चुरा लाउने 'एघार बार तेर झ्याल बाट हेर 'जस्ता गीतले दर्शकलाई नचाएको थियो भने रेलिमाई रेलिमाई भन्ने निलम श्रेष्ठ सँगैको डोएट गीतले पुरा हललाई तताएको थियो । दर्शकको वान्स मोर मा अतिम भनिए पनि मौनतामा अल्झी रहेको गीत सँगै झुम्दै ,नाच्दै कार्यक्रमको बिट मारिएको थियो। रकी माउन्टेन फ्रेन्डस अफ नेपालले समाज सेबी डा. बिष्णु श्रेष्ठ र रोहिणी शर्मा द्वारा ॐ बिक्रम बिष्ट ,रमा सिंह लगायत साहभगि सबै कलाकारलाई प्रसंसा पत्र बाट सम्मानित गरेको थियो ।

January 18, 2010

गुनासो

किन फेरेका होलान त्यो राष्ट्रिय गान,
लेखिएकै थियो त्यहाँ, 'प्रचण्ड' भनेर
प्रतापी त उनी हुँदै हुन्
राजा हटेपछि,
भूपति पनि उनी नै भए
क-कस्का जग्गा बाँड्न गए
गरीब सुकुम्बासीको असीम मायाले
जंगल त आफ्नै , फाँड्न गए
खाली


तामाङहरुले युएईमा मनाए सोनाम ल्होसार

गत शुक्रवार युएईको दुवई स्थित अष्टोरिया होटलमा तामाङ्ग समाज यूएईले वृहत सास्कृतिक कार्यक्रम सहित २८४६ औं सोनाम ल्होसार मनायो । पूर्व न्याय तथा कानुन मन्त्री भिमबहादुर तामाङ्गको प्रमूख आथित्यमा सम्पन्न कार्यक्रमको सभापतित्व तामाङ्ग समाजका अध्यक्ष छत्र लामाले गरेका थिए ।

कार्यक्रममा नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापाको विषेश आथित्य रहेको थियो भने अन्य अथितिहरुमा नेपाली राजदूतवास अबुधावीका उपनियोग प्रमुख दिपक भट्राई, श्रम सहचारी पार्वती अर्याल, द्धितिय सचिव लोकबहादुर पौडेल क्षत्री, तृतिय सचिव जितेन्द्र लाभ लगायत एनआरएन आईसीसीका कोषाध्यक्ष रामेश्वर शाह, एनआएन आईसीसीका पूर्व मध्यपूर्वक सँयोजक चन्द्रप्रकाश सापकोटा, आईसीसी प्रतिनीधी पिएस लिम्बु, एनसीसी युएईका अध्यक्ष चुणामणी ढकाल लगायत यूएईमा रहेका विभिन्न संघ संस्थाका प्रमूख तथा प्रतिनिधी लगायत साहित्यकार र पत्रकारका साथै विभिन्न क्षेत्रबाट तामाङ समूदाय तथा गैर तामाङहरुको वृहत उपस्थिति रहेको थियो ।

प्रमुख अथिति तथा विषेश अथितिबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो भने विभिन्न अथिति तथा उपस्थित तामाङहरुले १०८ दिप प्रज्वलन गरेका थिए ।

साँस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति यूएईका विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो वेग्लै प्रस्तुती पस्कने यूवा युवतीका ढुकढुकी बनेका रंगीन लामो कपाल अनि शिरमा तामाङ जातीले लगाउने टोपी हातमा डम्फु साथै पहिरन पनि तामाङ्गकै जव ज्ञान लामा स्टेजमा आए दर्शकहरुले तालीले उनलाई स्वागत गरे । प्याफुल्ला प्याफुल्ला भन्दै उनले पहिलो प्रस्तुती तामाङ्ग भाषाकै गित प्रस्तुत गरे । उनको दोश्रो गित जाउँ जाने भए हिड मैच्याङ्ग बन्नलाई आमाकी बुहारी वोलको गितमा दर्शकहरु मज्जाले नाचे । दोश्रो गित सकिन नपाउदै उनले रिमिक्स गित गाउन थाले त्यो पारी वन पाखामा कोको …॥ फुलेको बोलको भाकाको गित गाउँदा दुई जोडी स्टेजमा नाच्न थाले । हलको छेउ छाउमा उभिएका दर्शकहरु पनि नाच्दै उनलाई हौसला दिई रहे ।

मनु लामाको लुकी लुकी आखाँ तिमी नजुधाउ त्यसरी रिमिक्स गितमा रिमिक्स नृत्यले सबैलाई लठ् पारेको थियो । उनको स्टेज रिमिक्स डान्सले चिस्सिएको हललाई तताएको थियो । दर्शकहरुले उनको नृत्यलाई वाह वाहा गरिरहेका थिए ।

पहेलो सर्ट, कालो पाईन्ट कालो टोपी लगाएका ३ जोसिला यूवाले लामा तथा अन्य साथीहरु हातमा रातो पहेलो कालो रिवन बान्दै मोर्डन फेशनमा रिमिक्स गित- रातो रिवन रातो रिवन चुल्ठोमा बाधी दिउला………। वोलको गित सुरु हुन नपाउदै दर्शकहरु आफु बसेको कुसर्ी हटाई नाच्ने स्थान बनाउन थाले । संगै बसेका तामाङ ठिटीहरुलाई उठाई संगै नचाउन थाले । विडम्वना ३ युवाले रातो रिवन कुनै यूवतीको शिरमा बाँध्न त पाएनन् किनकी उनिहरुलाई कुनै यूवतीले साथ दिएकी थिएनन् तर पनि उनिहरुको नृत्य अनि आकर्षक थियो । तर, स्टेज भन्दा बाहिर रहेका दर्शकहरुले भने यूवतीहरुलाई नचाएर रातो रिवन बाधी दिएका थिए ।

नेपालबाट आमन्त्रीत गायिका योगिता मोक्ताङ्गले च्याङ्गवा हो च्याङ्गवा………। बोलको तामाङ भाषाको गित गाउदा गैर तामाङहरु पनि उनको लयमा स्वर थप्दै साथ दिएका थिए भने उनको दोश्रो गित हेर हेर च्याङ्गवाले हामीलाई मरिहत्ते गरेको ……॥ भन्ने बोलको गित गाउँदा दर्शकहरु पनि उनलाई मरिहत्ते गर्दै वान्समोर गरेका थिए ।

सम्झना वाईवाले चौतारीमा ढुङ्गे चिठ्ठी लेखी छोड्ने च्याङ्गवालाई सोध्दै नृत्य गर्दै थिईन् चौतारीमा ढुङ्गे चिठ्ठी कस्ले लेख्यो मलाई बोलको गितमा । उनलाई दर्शकहरुले हामीले लेखेको हो भन्दै साथ दिएका थिए ।

यूवाहरुको ढुक ढुकीमा बस्न सफल अविनाश घिसिङ जव दर्शकको हुलबाट माईक समात्दै स्टेजमा आईपुगे दर्शकहरुको तालीले हल गुजयमान भयो । उनको पहिलो प्रस्तुतीमा शशिकला मोक्तान र योगिता मोक्तानले साथ दिएकी थिईन् । छोटो समयमा चर्चामा आउन सफल उनका आफ्नै तामाङ भाषाका गित तथा अन्य गितहरु गाउदा दर्शकहरु उनको गित सुन्नमा भन्दा पनि नाच्नमा ब्यस्थ देखिन्थे । उनको हुरे हुरे हुरे …………।वोलको भर्खरै बजारमा आएको गित गाएर आफु पनि नाचे र दर्शकहरुलाई बेस्सरी उफारे । उनको उक्त गित दर्शकहरुले वान्स मोर भनीरहे ।

शशिकला मोक्तानले तामाङ भाषाका गित तथा झ्याउरे भाकाको नाचु नाचु लाग्यो मलाई बोलको गित आफुले गाईन् र दर्शकहरुलाई खुबै मज्जाले नचाईन् पनि ।

अर्का गायक चन्द्र कुमार दोङले तामाङ भाषा तथा उनका चर्चित गितहरु गाई दर्शकहरुलाई कुर्सी छोड्न बाध्य बनाएका थिए उनको डोल्मा तिम्रो रेशमी कपाल ……॥ बोलको गित तथा तामाङ भाषाको वाला वाल च्याङवा…………॥ बोलको गित दर्शकहरुले अति मनपराए र दर्शकहरुबाट वान्समोर भनी रहदा उनले सुखै पाएनन् र फेरी त्यही बोलको गित गाउन थाले ।

शन्दीप विकले कालो टोपी भादगाउले मेरो शिरमा ढल्केको……॥ बोलको गितमा दौरा सुर्वाल र शिरमा कालो टोपी लगाउदै नृत्य गरे उनलाई दर्शक बनी बसेकी अरुणा अधिकारीले स्टेजमानै गई नाच्नमा साथ दिईन् ।

विन्दमाया विन्दमाया …………। बोलको तामाङ भाषाको गित योगिता मोक्तानले गाउँदा दर्शकहरु उनीलाई घेरेर नाचेका थिए । विन्दमाया विन्दमाया अन्तिममा गाउनुको रहस्य खोल्दै भनिन् १३ बर्षको उमेरमा तामाङ भाषाको यहि गितमा राष्ट्यि नाचघरमा प्रथम भएको बताईन् । तामाङहरुमात्र नभएर गैर तामाङले पनि उनलाई साथ दिएका थिए । रातको १० बज्दा पनि दर्शकहरु ह्लबाट बाहिर निस्कने सुरसार गरेका थिएनन् । कार्यक्रमको अन्त्यमा अविनाश घिसीङको अति प्रख्यात गित हुरे हुरे हुरे हुरे गितमा दर्शकहरु स्टेजमा नै गई नाचेका थिए ।

सो कार्यक्रममा तामाङ समाज यूएईले पुर्वमन्त्री भिमबहादुर तामाङ तथा ३ पटक सम्म भारात्तोलन प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल आबुधावी पुलिसमा कार्यरत वीरमान तामाङलाई प्रशँसा पत्र सहित सम्मान गरेको थियो भने सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्गले यूएईमा रहेका विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरुलाई नेपाली झण्डा तथा नेपाली ढाका टोपी पहिराई सम्मान गरेको थियो । सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्गले ल्होसारकै अवसर पारेर हरेक सनिवार तामाङ्ग भाषामा पनि समाचार प्रसारण गर्ने घोषणा गरेका थिए । कार्यक्रम साचालन रविन थिङ तथा महेश मोत्तानले गरेका थिए भने कार्यक्रममा उपस्थित सबैलाई महासचिव राम मोक्तानले स्वागत गरेका थिए । कार्यक्रमको सम्योजक महेश मोक्तान थिए ।

गतहप्ता मात्र गुरुङ्गहरुको यही हलमा ल्होसार कार्यक्रम भएको हुँदा तामाङहरुको ल्होसारमा केही असर पर्दछकी भनेर तामाङहरु खिन्न थिए तर उक्त हलमा बस्ने स्थानमात्र नभरिएर दर्शकहरु उभिएर एक अर्कालाई धक्का मार्दै कार्यक्रमको मज्जा लिएका थिए । कतिपय दर्शकहरु उक्त कार्यक्रम हेर्नबाट बिाचत पनि भए कारण होटलको सेक्युरिटीले हलको क्षमता भन्दा बढी दर्शक भएको भनेर हल बाहिरबाटनै फिर्ता गराई दिएको थियो ।

पहिलो पटक नेपाली टेलिभिजन सगरमाथाबाट लाईभ प्रसारण हुने भनिएर प्रचार प्रसार गरिएता पनि विभिन्न टेक्निकल गढबढीको कारण कार्यक्रम प्रसारण हुन नसकेको आयोजकले बताएको थियो भने सगरमाथा टेलीभिजनबाट सिनियर क्यामेराम्यान सिनियर रिपोर्टर टेक्निकल ईन्जिनियरको उपस्थिति रहेको थियो । लाईभ प्रसारण हुन नसकेता पनि रेकर्ड प्रसारण हुने सगरमाथा टेलिभिजनका प्रवन्ध निर्देशकले जानकारी गराएका थिए ।

कार्यक्रम दुई चरणमा साचालन गरिएको थियो । पहिलो चरणको कार्यक्रम अथितिहरुलाई आसनग्रहण तथा शुभकामना मन्तब्य राखिएको थियो भने दोश्रो चरणको कार्यक्रम विसुद्ध सास्कृतिक कार्यक्रम थियो ।

एनआरएनए पूर्व मध्यपूर्व सँयोजक चन्द्र प्रसाद सापकोटा, राजनितिज्ञ बहादुर सिह तामाङ भूपु वैदेशिक रोजगार संघका अध्यक्ष तथा सगमाथा टेलिभिजनका प्रवन्ध निर्देशक निर्मल गुरुङ्ग, प्रमुख अथिति पुर्व न्याय तथा कानुन मन्त्री भिमबहादुर तामाङ, विषेश अथिति राजदूत महामहिम अर्जुन बहादुर थापाले ल्होसारको अवसरमा सम्पूर्ण तामाङ समूदायलाई शूभकामना ब्यक्त गरेका थिए ।

सधै झै यस पटक पनि कार्यक्रम साढे तिन बजे बाट सुरु हुने भनिएता पनि कार्यक्रम दुई घण्टा ढिलो गरी सुरु भएको थियो । अत्याधिक दर्शकहरुको चापले गर्दा कार्यक्रम आयोजकलाई कार्यक्रम ब्यवस्थित गर्न धम्य धम्य भएको थियो । कार्यक्रमको सुरुमै स्वागत गित प्रस्नुत गर्न लाग्दा करिव १० मिनेट कलाकारहरु हातमा फूल लिई स्टेजमा उभिरहेका थिए तर पनि गित बजेको थिएन टेक्नीकल समस्याले गर्दा । अर्को कार्यक्रम सुरु गर्न दर्शकहरुले अनुरोध गर्दा पनि आयोजक उक्त स्वागत गितलाई नै प्रस्तुत गर्न लागि परेका थिए ।

सभापतिको आसनग्रहण गर्न लाग्दा सभापतिले प्रमुख अथिति पूर्व कानुन तथा न्याय मन्त्री भिम बहादुर तामाङको बारेमा भनिरहदा भिम बहादुर तामाङका आँखा रसाएका थिए भने दर्शकदिर्घाबाट भाषण धेरै भयो भयो भन्दा पनि कार्यक्रमका सभापतिले भाषण छोट्याउने सुरै गरेका थिएनन् । दर्शकहरुले भाषण सुन्न भन्दा पनि सास्कृतिक कार्यक्रम हेर्न आएको भन्दै सिठ्ी बजाउदै थिए ।

January 16, 2010

अन्तत: कामरेडले मालिकसंग ( प्रभूसंग) वार्ता गर्नु भो !


केही हप्ता अघि माओवादी सडक आन्दोलन उत्कर्षमा पुगेका बखत, कामरेड प्रचण्डले वानेश्वरबाट छिमेकी मुलुक भारतलाई बेसरी ललकार्नु भो ' खोई कहाँ छौ मालिक हो ? शक्ति छ भने ह्याउ जुटाएर आओ हामीसंग कुरा गर्न ! ' भनेर । यो ललकारलाई भारतले लुतुक्क स्वीकारेर हो कि किन हो आफ्ना बिदेश मन्त्रीलाई वार्ता गर्न नेपाल नै भेजदिएछ । अब कामरेड प्रचण्डलाई वार्ताको सौभाग्य त मिल्ने नै भो यो कुराले , तर अब माओवादीलाई सरकारको साँचो हस्तान्तरण गरिदेलान त यी एस एम कृष्णा नामका भारतिय विदेश मन्त्रीले ? प्रश्न ज्यूँका त्यूँ रहन सक्छ ।

यसो त कामरेड प्रचण्ड बडो विरोधाभाषपूर्ण प्रवृत्ति बोकेको नेता हुनुहुन्छ । वहाँ क्षण मै मान्छेको पीडा र दु:ख देखेर बलिन्द्रधारा घ्वाँक कि घ्वाँक रुन बेर लाउनुहुन्न , अनि उता क्रान्तिकारिताको कुरा आउने बित्तिकै दशौँ लाखको रगत बगाएर भए पनि आँफूले चाहे जस्तो राज्य व्यवस्था कायम गरिछाड्ने फर्मान कार्यकर्ताहरू संग वाचा गर्न भुल्नु हुन्न । एकातिर समावेशी गणतन्त्रको नारा लिएर क्रान्ति पनि गर्नु भएकै हो भने अर्कोतिर बिरोधी विचार बोकेकालाई दुर्दान्त तरिकाले मार्ने र सफाया गर्ने मध्ययुगीन बर्बर तालिबानी तरिकाको हिंसात्मक कृत्यको नेतृत्व गरेर मुलुकलाई रगतपच्छे पार्नु भएकै हो । आवेग र आक्रोशमा एकथरि कुरा गर्ने अनि भोलिपल्ट अरूले कुरा बंग्याएको रेडीमेड प्रतिकृया दिएर क्रान्तिलाई नया उचाइमा पुर्‍याउने वहाँको कारिगरीको बखान गरी साध्य छैन भनेर नेपाली मिडियाले वहाँलाई समालोचना वा आलोचनाको सीमा भन्दा धेरै माथि स्थापित गरिसकेका छन् । वहाँ आधुनिक युगका एउटा विचित्र विम्ब हुनुहुन्छ । तैपनि वर्तमान नेपाली राजनीतिको दरश्यपटलमा , हिंसा र त्रासले आर्जित गणितका कारण सबैभन्दा ठूलो राजनैति पार्टीको अध्यक्ष भएका नाताले पनि कामरेड प्रचण्डलाई कुनै मानेमा पचाडि राख्नै मिल्दैन सकिन्न भलै वहाँ नेता हो कि हास्यव्यंग्य मञ्चका अभिनेता हो भन्ने कुराको भेउ पाउन नै गाह्र‍ो पर्ने अप्ठ्यारो विद्यमान रहेको किन नहोस्।

हो , कामरेले मातेको मान्छेले झैँ सडकमा ' हे कहाँ छस्, मेरा अगाडि देखा पर्' भनेर दिएको आदेशलाई खुरूक्क स्वीकार गरेर 'नेपालका विषयमा हामी सबै कुरा गर्न र सुन्न तयार छौँ' भन्ने मिडिया प्रचारबाजीको चर्चासंगै भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्न पहिलोपल्ट यता पाइला टेकिसकेका छन र , सबैले यो मौकाको उचित सदुपयोग गर्न सके हाम्रो देशको राजनैतिक स्वास्थ्यलाई राम्रो हुन्थ्यो कि । अब , कालापानी र सुस्तामा भारतीय पुलिससंग पौँठाजोरी खेल्दै सडक आन्दोलनको रामरमितामा रमाएर प्रचारवाजीको तमाशामा राजनीतिको दूनो सोझाउनभन्दा , विषयको गम्भीरतमा नेपाली राजनैतिक वृत्तभित्रका सबैपक्षको एकमत बनाएर भारतसंग गर्नु र भन्नु पर्ने कुराको फेहरिस्त तयार पारेर भीड्दा राम्रो हुन्न र ? माओवादीले घोषणा गरेको राष्ट्रिय स्वाधिनताको मुद्धा बोकेको आन्दोलन शुरु भैरहँदा , जसका बिरूद्ध आन्दोलन गरिएको हो उसैको एउटा अब्बल प्रतिनिधि नेपाल प्रवेश गरेका छन् र माओवादीलाई कालो झण्डा , झण्डाभित्र बेरेको ढुङ्गा र के के अरू चिज उपहारमा दिनु छ त्यसको असीम सौभाग्य पनि अहिले राम्ररी जुटेको छ । अथवा, ढुङ्गा मुढा स्वदेशीलाई मात्र हो बिदेशीलाई राम्रै खातिरदारि गर्ने चलन छ , बाहिर चर्का कुरा गरे पनि भित्र हाम्रो कुरा छँदैछ भन्ने हो पनि आफ्नो मेशो मिलाउने यो सौभाग्यलाई कामरेडले खेर जान दिनु हुने छैन होला भन्ने मेरो कामना छ ! लौ कामरेड प्रभूका 'चित्रगुप्त'संग हुने वा भएको वार्तामा तपाईँको मनोकांक्षा पुरा होवस् ! ( कार्टुन बिना अनुमति नागरिक डट कमबाट साभार )


January 12, 2010

कालो झण्डामा नै हो त नागरिक सर्वोच्चता?

सत्ताबाट हात धोए देखि औडाहा भएर नागरिक सर्वोच्चताको विषयमा देशमा उढण्ड मच्चाउदै आएको नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि आफनो अडानलाई खहरे खोला जस्तो कहिले उर्लिने गर्दछ त कहिले हिउँदमा पानि सुकेर सुख्खा भए जस्तो गरि बस्ने गर्दछ । नागरिक सर्वोच्चता भनेको आफनो पार्र्टि र्समर्थकको लागी मात्र हो भने झै गरि अरुको बारेमा ओभानो बनेर बस्ने र बेला बेलामा आफनो अडान पनि फेरि कहिले के कहिले के भनेर सडक तताउन नछाड्ने बानि बसि सकेको जस्तो भान हुन थाल्यो । आफनो कार्यकर्तालाई कसैबाट अभद्र व्याहार हुन गयो भने सदन
  सडक सबैबाट नागरिक सर्वोच्चताको नाममा धम्की पूर्ण आन्दोलन गर्न पछि परेका छैनन् । आखिर के हो त नागरिक सर्वोच्चता भनेको एकल पार्टिको बैचारिक भावनालाई अङ्गालेर हिड्नेलाई मात्र हो त नागरिक सर्वोच्चताको कसिमा साभार हुन सक्ने । एकल पार्टिको नारा मात्र बोकेर हिड्ने


January 9, 2010

यूएईका तमूहरु छम छम्ती नाचे २५९४ औं तो ल्होसार कार्यक्रममा

गत शुक्रवार जनवरी ८ २०१० का दिन दुवईको अष्टोरिया होटलमा विभिन्न गुरुङ्ग भाषाका गित तथा परम्परागत नृत्य साथै अन्य नेपाली गितहरु गाउँदै नाच्दै र अन्य उपस्थित दर्शकहरुलाई पनी छम छम्ती नचाउदै गुरुङ्ग तमूहरुले यस बर्षको तो ल्होसार मनाए ।
उपस्थित सम्पूर्ण तमू तथा गैर तमूलाई गुरुङ्गभाषाको गितबाट पूर्ण तमू विमलाराज तमू दिपक तमू तथा अन्य कलाकारहरुले स्वागत गितद्धारा स्वागत गरेका थिए ।
सास्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति कलाकार सम्झना वाईवाले भन्थे चोरी चोरी भन्ने गितको बोलमा आफू नाच्दै दर्शकहरुलाई पनी नचाईन् भने मिलन तमूले मलाई छोरी दिने कोई छ भन्ने कमेडी गितमा नृत्य गर्दा हल दर्शकहरुको हासोले गुाजीएको थियो । उनको हास्य प्रहसन अतिनै उत्कृष्ट थियो । पृथ्वी तमूले स्वर्गिय युक्त गुरुङ्गको गुरुङ्ग भाषाको गित मादल सारङ्गीको तालमा गाएका थिए । राजु तमू बावुराम तमू मेखमाया तथा मिलन तमूले थले छावा भन्ने गुरुङ्ग भाषाको गितको बोलमा गुरुङ्गकै भेष भुषामा नृत्य गरेका थिए । यूएईकी ख्यातिप्राप्त नृत्याङ्गना भावना ढकालले सामूहिक सालैजो भाका कौडा भाका तथा एकल नृत्य प्रस्तुत गरेकी थिईन् । गगन तमू आफैले भर्खरै बजारमा ल्याएको भिसीडी तथा क्यासेटको यो मन होला हरा र भरा मिनीवसमा जाउँ सँगै पोखरा भन्ने पन्चे बाजाको तालमा विमलासँग लोक दोहोरी गाउँदा दर्शकहरुले चिसिएको वातावारणलाई तताएका थिए । पूर्ण गूरुङ्ग दिपक गुरुङ्ग र अन्य कलाकारहरुले गुरुङ्गहरुको अति महत्वपूर्ण घाटु नाचले दर्शकहरुलाई मनोराजन दिलाएका थिए यो नाच औसीबाट सुरु भएर बैषाख पूर्णिमामा समाप्त हुने तमू समाजका अध्यक्ष राज तमूले बताए । नौनी नौनी भन्ने रिमिक्स गितमा पूजा लामा ले नृत्य गर्दा दर्शकहरु नाच भन्दा पनि उनको पछाडी पट्टी देखिएको पुतली आकारको टाटुलाई देखेर वाहा वाह गरिरहेका थिए भने उनको नृत्यमा दर्शकहरु पनि उफ्री उपि्रु नाचेका थिए । स्याम तमू रिचा थापा तथा दिपक तमूको अर्को हास्य प्रहसनले दर्शकहरुलाई सन्देशका साथ साथै भरपूर्ण मनोराजन दिलाएको थियो उक्त हास्य प्रस्तुतीमा दर्शकहरु दिल खोलेर हासेका थिए । पि्रतम तमू तथा सुनीता तमूस्योले वनमा फुल्यो फुल भन्ने गितको भाकामा जोडी नृत्य प्रस्तुत गरेका थिए भने रेखा घिमिरेले नविसे्र तिमीलाई भन्ने गित गाएकी थिईन् । विकास तमूले लोक पप गित गाउँदा दर्शकहरु आफु बसेको कुसर्ि छोड्न बाध्य भएका थिए । यो नानीको शिरैमा फुल रैछ बामरी भन्ने भाकाको गुरुङ्गहरुको अर्को अति प्रचलित कौडा नाचमा दिपक पूर्ण रिचा तथा अन्य तमूकलाकारहरुले डम्फुको तालमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा गगन तमू र मेखमायाँ तमूको साथमा दोहोरी चल्दा दर्शक तथा अथितिहरु स्टेजमानै गएर नाचेका थिए । मैपरे स्याङ्गजाको दुवईको ल्होसार कार्यक्रममा भेट भाको भन्ने भाकाको दोहोरी गितमा सबै दर्शकहरुले नाचेर साथ दिएका थिए ।
गुरुङ्ग भेष भुषा पहिरनको १० जनाको बिचमा प्रतिस्प्रधा गराईएको थियो । जसमा ५ जना महिला र ५ जना पुरुष आफ्नो प्रतिस्प्रधिमा उभिएका थिए । उनिहरुले गुरुङ्ग समूदायले पहिरने विभिन्न भेष भुषाहरु पहिरीएका थिए । उक्त पहिरनको निर्णायक मण्डलमा स्याम तमू तथा हस्त तमु थिए । पुरुष तर्फ तिलक तमू प्रथम भए भने महिला तर्फ ज्योति तमूस्यो प्रथम भईन् ।
उक्त तोल्होसार कार्यक्रम तमू समाज यूएईका अध्यक्ष राजू तमूको सभापतित्व तथा नेपाली राजदूतावास अबूधावीका महामहिम राजदूत अर्जुन बहादुर थापाको प्रमुख आथित्वमा सम्पन्न भएको थियो भने दूतावासका श्रम सहचारिका पार्वती अर्याल द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेल तृतिय सचिव जितेन्द्र लाव साथै एनआरएन आईसी सीका कोषाध्यक्ष रामेश्वर शाह नेपाली समाजका अध्यक्ष यम प्रसाद तमू एनआरएन एन सी सीका अधयक्ष सि।एम ढकाल साथै यूएईमा स्थापना भएका अन्य नेपाली संघसंस्थाहरुको प्रमुख तथा उप प्रमुखहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अथिति तथा सभापतिद्धारा दिप प्रज्वोलन गरी कार्यक्रमको उद्धघाटन गरिएको थियो भने कार्यक्रममा गंजमान तमू तथा तेज तमूले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गाई बर्गबाट बाघ बर्गमा प्रवेश गरेका १२ जना तमूहरुलाई वरिष्ठ सल्लाहकार यम प्रसाद तमूले खादा पहिराई वाघ वर्गमा प्रवेश गरेकोमा स्वागत गरेका थिए । यूएईमा रहेका तथा नेपालमा रहेका तमूहरुको शुख शान्ती तथा शुद्धिको लागि १०८ बत्ती उपस्थित प्रमुख अथिती तथा अन्य अथितिहरुले प्रज्वलन गरेका थिए ।
तमूहरुले उक्त ल्होसार कार्यक्रमलाई बार्षिकीको रुपममा पनि मनाउदै आएको हुनाले उक्त कार्यक्रममा २०१० र २०११ को लागि नयाँ कार्य समितिको पुन राजु तमूकै अध्यक्षतामा नयाँ कार्य समितिको घोषणा पनि गरिएको थियो । नयाँ कार्य समितिमा क्रमश उपाध्यक्ष तेज प्रसाद तमू गंजमान तमू प्रेम तमू महासचिव डि।आर तमू सचिव तुल बहादुर तमू कोषाध्यक्ष यम ब तमू सहकोषाध्क्ष हरी तमूरहेका छन् भने यसै कार्य समितिबाट तमू समाज यूएई क्षेत्रिय नभएर केन्द्रिय हुने पनि घोषणा गरेका थिए । भोजराज तमू दुवई गुाजमान तमू अबुधावी राज तमू अलएन साथै दिल तमू उद्धार रुपा तमूश्यो महिला विभाग सास्कृतिक विभागमा स्याम तमू साथै वरिष्ठ सल्लाहकारमा यम प्रसाद तमूलाई चयन गरिएको थियो ।
उक्त कार्यक्रममा गगन तमुद्धारा आफ्नै लय संगित शब्द शंकलनमा भर्खरै बजारमा आएको दोश्रो लोक भिसीडी तथा क्यासेटको प्रमुख अथिति तथा सभापतिले विमोचन गरेका थिए ।
ल्होसार कार्यक्रममा जनजाती महासँघका अध्यक्ष भूवन राईले उपस्थित दर्शकहरुको भिड देखेर आफु अति हसर्ित भएको साथै अन्य संघ संस्थालाई गतिलो झड्का दिएको बताए । कार्यक्रम सफल हुन कार्यक्रम स्थरिय हुनु पर्दो रहेछ भन्दै गुरुङ्ग तथा अन्य जनजातीहरुको भेष भूषा उनिहरुको मात्र सम्पत्ति नभएर सिङ्गो नेपालको राष्ट्यि सम्पत्ति भएको बताए । उनले भने अब लेखिने संविधानमा जनजाती समाजमा पिछडिएको बर्गलाईसमेत समानरुपले लैजानेखालको ब्यवस्था गरियोस भन्दै नयाँ कार्यसमितिलाई शुभ कामना दिएका थिए । नेपाल पत्रकार महासँघ सम्र्पक शाखा यूएईका अध्यक्ष जाकिर हुसेनले आफुले दर्शकहरु अन्त्यसम्म पनि अति शान्त र खचाखच भएर रहेको पहिलो पटक देखेको बताउदै नयाँ कार्य समितिलाई शुभ कामना दिएका थिए ।
प्रमुख अथिति महामहिम अर्जुन बहादुर थापाले ल्होसारको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण तमूहरुमा सुख शान्ति छाओस भन्दै शुभकामना ब्यक्त गरे । उनले पुर्व वक्ता भुवन राईको भनाईलाई कोण गर्दै साच्चैनै तमूहरुको भेष भुषा कला संस्कृति उनिहरुको मात्र नभएर सिङ्गो नेपालको पहिचान भएको बताए । उनले शुभकमना मन्तब्य दिने क्रममा राजदूतावासले अब यूएईमा रहेका सम्पूर्ण नेपालीहरुको हक हितको लागि प्रत्येक शुक्रवार नेपाली राजदूतावासद्धारा घुम्ती सेवा साचालन गर्ने बताए । साथै उक्त घुम्ती सेवा बाट यूएईमा रहेका नेपालीहरुको पासपोर्ट नविकरण देखी लिएर अन्य आवश्यक पर्ने डकुमेन्टहरुको सेवा उपलब्ध गराउने बताए । उनले भने कतार तथा साउदी अरबमा लेवरको तलब बढाउने भनिएको र यहाँ पनि लेवरलाई ६ सय दिह्राम्स भन्दा माथी बनाउने सोच बनाएको र अहिलेको यहाँको अवस्थालाई हेरी यहाँ रहेका सामाजिक संघ संस्थाका ब्यक्तीहरुसँग छलफल गरी यसकॊ निर्णय गर्ने बताए ।
पहिलो चरणको कार्यक्रम समाजका महासचिव डि।आर गुरुङ्गले साचालन गरेका थिए भने दोश्रो चरणको सास्कृति कार्यक्रम टेक तमू र ज्योति तमूस्योले साचालन गरेका थिए ।
तमू समाजले आयोजना गरेको विभिन्न सास्कृतिक कार्यक्रममा सहयोग गरेवापत कलाकार भावना ढकाल र दिपक गुरुङ्गलाई तमू समाजले सम्मान गरेको थियो ।
कार्यक्रम दिनको ३ बजे सूरु हुने भनी प्रचार प्रसार गरिएता पनि २ घण्टा ढिलो ५ बजेदेखी सुरु भएको थियो । कार्यक्रमको पहिलो चरणमा करिव साढे १ घण्टा अथितिहरुलाई आसन ग्रहण र अन्य समाजको गतिविधीमा बितेको थियो । कार्यक्रममा प्राय जसो यूएईमा छरिएर रहेका तमूहरुको बाक्लो उपस्थिति रहेको थियो भने सुरु देखी अन्त्य सम्म कार्यक्रम अति शान्त वातावरणमा सम्पन्न भएको थियो । विचि विचमा साउण्ड सिस्टम र डिजे संगको कोओर्डिनेशनको अभावले केही समय कार्यक्रमलाई प्रभाव पारेको थियो ।

January 8, 2010

गाऊँखाने कथा - ३४ (Nepali Gau Khane Katha)

सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर हुने केही समय सम्म हराउन पूगें। पून गाउं खाने कथा ल्याएको छु, रमाइलो गर्नुहोला।

पुड्के बाहुन भान्छा जान्छ, पींधबाट चन्दन तान्छ, के हो ?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



अपडेट: गाउं खाने कथा ३४ को सही उत्तर हो कसौंडी। उत्तर मिलाउन प्रयास गर्ने सबै दौंतरीहरुलाई धेरै धेरै धन्यबाद।


January 2, 2010

नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।

राजनीतिका कुरा गर्दा पक्ष -विपक्ष बनेर आग्रहहरू उपस्थित हुने गर्छन् । कहीँ समर्थन र कहीँ बिरोधहरूको श्वर हात लाग्छ हरेक हरफ र तर्कहरूको लेखनीसंगै । वाद , विचार र आग्रहको प्रस्तुतिसंगै सहमति र असहमतिको प्रस्फुरण स्वभाविक छ । हामी मनुष्यहरु स्वभावत: चाहन्छौँ आफ्नो आग्रह सर्वस्वीकार्य बनोस् तर त्यो सम्भाव्य छैन विचार बहुलताको प्राकृतिक संसारको बनावटभित्र ।विचार र दर्शनको यही अपरिमेय विविधतामा मानवताको अद्यावधिक विकास सम्बव भएको हो । पृथक वाद, विचार र जीवनदृष्टिका लागि स्थान र सम्मान दिएर बाँच्नुमा सभ्यता र लोकतान्त्रिक आचरणको सार निहित छ । तर , हामी लोकतन्त्र एवं विचार बहुलताको यो सभ्य चिन्तनको यति बिघ्न प्रशंसक हुँदाहुँदै पनि व्यवहारत यही कुरालाई आत्मसात गर्न नसक्दा थुप्रै बेथितिको जञ्जालमा अभिसप्त बाँच्न वाध्य बनेका छौँ ।

हाम्रो मुलुक विद्यमान छ विश्व इतिहासको त्यो अपरिचित अनिश्चयको संघारमा । बाँकि संसार प्रतिशतमा आर्थिक वृद्दिदर आँकलन गरेर मानवता र मानव विकासको स्तर मापन गरिरहँदा हामी गास , बास र कपासका कमण्डलु भित्र राजनीतिक स्वार्थका मुद्रा गनेर आफ्नो थैलीको मोटोपन मापनमा रमाइरहेका छौँ । विचित्र छ हाम्रो स्व-उन्नयनको परिभाषा ! आँफूलाई उम्दा साबित गर्नु अनि अरूलाई गरिने निषेधमा मात्र हाम्रो राजनीति र जीवन व्यवहारका गणितहरू सकृय रहनाले , हामी सदावहार घाटामा छौँ । हाम्रो बिचलन, बिघटन र विनिर्माणका श्रृंखलाहरूको अन्त्य हुन हो कि भन्ने हाम्रो अपेक्षा समयको व्यतिति संगै अर्को बिकराल संस्करण बनेर पुनर्जीवित बनेको छ र हामीलाई अर्को दु:स्वप्न बनेर खेदिरहेको देखिन्छ ।


नेपालको बारेमा सोच्दा ,विचार गर्दा अनि चर्चामा सहभागी हुँदा ग्लानि महशुश हुने स्थिति बनेको छ । हामी एशियामा युद्ध प्रताडित अफगानिस्तानभन्दा मात्र माथि छौँ , जीवनस्तर र विकासको मापदण्डमा । हाम्रो मुलुकको पहिचान अदक्ष कामदारलाई मलेशिया र खाडीका मुलुकमा पठाउने श्रमिकहरू र तिनै श्रमिकहरूको रगत र पसिनाले आर्जित रेमिटेन्समा अस्तित्वरत मुलुकको रूपमा रहिसक्यो । हाम्रो परिचय सांस्कृतिक क्रान्तिकालीन चीन र तत्कालीन कम्बोडियाका बर्बर मानवहत्याका इतिहासका पानाहरूसंग दाँजिने बनिसक्यो । यिनै दूर्नाम परिचयको छाप बोकेर हामी , संसारभर भड्किरहेका छौँ । यो आत्मग्लानिपूर्ण परिचयलाई बोकेर , सदावहार क्रान्ति, आन्दोलन, बन्द, हड्ताल, हिंसात्मक रोमाञ्चकतालाई सडकदेखि सरकारसम्म मञ्चन गरेर तमासा बनाउँदै हाम्रो जात्रा विश्व सामू प्रदर्शन गर्नुमा हामि लागिरहेछौँ । सर्वाङ्ग नाङ्गो मान्छे सडकमा दौडिँदा , तमाशेहरूले हेरेर ताली पड्काउँदा , हामी हाम्रो वीरोचित कृत्यमा मखलेल खुशी छौँ । जब हामी हाम्रो नाङ्गोपनमा अरूले लिएको मनोरञ्जनलाई उपलब्धी ठानेर रमाइरहेछौँ भने , हाम्रो वर्तमान कति निरिह छ बुझ्न सकिन्छ ।

के हुन्थ्यो होला हामीले पनि अरूलाई बाँच्न दिएर हामी बाँच्न पाउने अवसरको खोजी गर्ने प्रयास गरेमा ? के हुन्थ्यो होला बाँच र बचाऊको मन्त्रलाई पुज्य ठानेर मानवाताको उद्बोधनमा रमाउन हामीले जानेको भए ? के हुन्थ्यो होला हाम्रो मानसमा केवल अर्कोलाई दोष लगाएर अरूलाई गरिने घृणामा आफ्नो सफलताको राज खोज्ने प्रवृत्ति नभैदिएको भए ? किन हामी आफ्नै कर्तूतको आरोप अरूलाई लगाएर , हामी त्यहि गर्न उद्यत छौँ ?

आडम्बर अनि दुष्ट्याईँले पनि लाज मान्नु पर्ने हो । राम्रोको लागि झगडा र द्वेष , घृणा र प्रतिशोध नहनु पर्ने हो । सबैले चाहेको राम्रो नै हो भने त झन त्यहाँ मनमुटाव रहनु पर्ने परिस्थिति नै नहुनु पर्ने हो । तर किन यो सब भैरहेछ अनि हाम्रा सुन्दर र सुशान्त कल्पनाको पलपल हत्या हुँदैछ ?

कामनाहरूको पनि कुनै अर्थ छैन । मुलुकका लागि सोचेका छौँ भन्नेहरूको संख्या धेरै भएर हो कि , आज मुलुक यिनै सोच्नेहरूका कारण आक्रान्त बनेको ? अब व्यक्तिले , अरूलाई हानी नगरी आँफ्नै लागि सोच्ने हो कि ? भीडबाट व्यक्ति वा झुण्डकलागि स्वार्थको खेति खोज्न छाडेर , इमान्दार वैयक्तिक उपलव्धिका लागि हाम्रो समष्टिले अग्रता पाउँथ्यो कि ? तर कामना नगरी पनि सुखै छैन , सबै कमसल र नराम्रा कुराहरू अतित बनून र नया वर्ष मुलुक र मुलुकवासीका लागि सुखदायी बनोस् ।



January 1, 2010

नौलो यात्रा २०१०

यात्रा प्राय नोलौ नै हुन्छ। क्यालेन्डरका पानाहरु फेरीने क्रममा क्यालेन्डर नै फेरिने नया बर्षको यात्रा भने दिशा ठम्माउनै मुस्किल पर्ने पनि हुन सक्छ। वास्ता नगरे कागलाइ बेल पाके जस्तै हुन्छ वास्ता गरे नया बर्षमा युग नै जन्माउन सकिन्छ। हामी ब्लगमा प्राय अरुकै कुरा गर्र्छौं। भनौं न अरुको समाचार पढेर रमाइलो गर्छौं, अनि भन्छौं यस्ले यो गर्यो उस्ले उ गर्यो। यो चाहीं राम्रो भयो यो चांही खराब भयो। आफ्नो राम्रो र नराम्रो पक्ष केलाउंदै आफ्ना सुन्दर सपना साकार पार्ने बाटो पछ्छाउन नया बर्ष एउटा राम्रो अबसर हुनसक्छ। हुन त यात्रा छोटै या अनन्त सम्मै होला तर लक्ष सुनौलो लिए यात्रा अती नै छोटो होस या लामो त्यसमा खुब मिठास हुन्छ। भन्छन सफलताको सिमा त आकाश हो। तर सफलता सानै किन नहोस, अथक प्रयासबाट मिलेको त्यो सफलतामा ठुलो खुसी हुन्छ। झन यो होडबाजीको दुनियमा त सफल हुनु पनि एउटा ठुलै बिजय मान्नुपर्दछ। नौलो यात्रा कठिन होस या सरल, जित होस या हार प्रयास भने पक्कै गर्नुहोस र यस नया बर्षमा आफ्न सपनाहरु पछ्चाउंदै नया जिबन कोर्नुहोस।
अन्तमा सुनौलो लक्ष लिइ नया बर्ष २०१० को नौलो यात्रामा निस्कने स्वदेश या बिदेशमा रहेका मित्रहरु प्रती श्पर्स समूहको गित सम्पर्ण गर्न चाहान्छू।


December 31, 2009

Nepali Bloggers - Bundle up!

अंग्रेजीमा भन्ने गर्छन Bundle up. अर्थात सबै एक मुष्ठ पार्नुहोस,त्यसले निकै सहयोग र सजिलो बनाउंछ।सजिलो त हुन्छ हुन्छ यस्ले तगडा पनि बनाउंछ। साच्चै नेपाली ब्लगरहरु निकै तगडा भए कती रमाइलो हुन्थ्यो होला?कुनै ब्लग चर्चित होलान कुनै भर्खर बामे सर्दै होलान, कुनै ब्लग शसक्त होलान कुनै अलि कमजोर होलान तर सबै एकै मैदानमा रहे पक्कै पनि सबै ब्लग बलियो बन्न पुग्नेछन। यस्ले नेपाली ब्लगरलाइ त फाइदा हुन्छ नै ब्लग पाठकलाइ पनि गुणस्तरिय ब्लगमा रम्न सहयोग गर्दछ। शसक्त हुनुका साथै गुणस्तरिय हुनाले नेपालीपनमा ठुलै आयाम आउंदछ। नेपाली सिनेमा या टिभी गुणस्तरिय भए नेपालमा हिन्दी सिनेमा र च्यानलहरु फस्टाउने थिए त? नेपाली राजनिती आफैं सबल भए कुने बिदेशीलाइ गुहा्र्नुपर्थ्यो त? कतै नेपाली ब्लग भोली कमजोर भएर हामी हिन्दी या अंग्रेजी ब्लगमा रम्न पर्ने त होइन? नेपाली ब्लगको इतिहास देखी बर्तमान सम्म नेपाली ब्लगको क्रियाकलाप सन्तोषजनक छ। अर्थात हामी यस्लाइ उल्लासजनक बनाउन सक्छौं। कसरी त? पूराना ब्लगरले नया ब्लगरलाइ सिकाउने,कमजोर ब्लगले शसक्त ब्लगसंग राम्रा उपाय सिक्ने। तर यो दौरानमा इर्ष्या या गलत ब्यबहार भने त्याग्नुपर्छ।बलियो या उच्चस्तरको ब्लग जगत बनाउन सजिलो कांहा छ र? फेरी नेपाली बिच कलह हुने संस्कारले गर्दा बाटो पनि सजिलो छैन नि? तर नेपाली ब्लग सामुहिक संजालका संचालनकर्ता निकै सहयोगी र एउटै धागोमा बाधिनु पर्छ भन्ने मान्यता राखे्ने भएकाले नेपाली ब्लग समाज निकै भाग्यमानी हुनुपर्दछ। रोटी चिल्ला मिठा कुरा खस्रा मिठा। कुरो त मिठो भयो तर कसरी लागु गर्ने त? अर्थात कसरी हामी Bundle up हुने त? नेपाली ब्लगहरुलाइ समुहगत बनाउन बिभिन्न तरिका अपनाइएका छन। बिभिन्न तरिकाले बनेका सामूहिक समुहका आ-आफ्नै प्रभाबकारिता छन।

http://www.bloggers.com.np/: यो साइटले सबै नेपाली ब्लगहरु अल्फाबेटको आधारमा लिस्टिंग गरेर एउटै छातामा समेटेको छ।हुन त यसमा सबै ब्लग नहोलान तर आजको मितीसम्म यो साइटमा जम्मा ४५० ब्लग दर्ता भएका छन। तपाइ पनि आफ्नो ब्लग छ या साथीको ब्लग छ भने info@bloggers.com.np मा संपर्क गेरर ब्लग दर्ता गराउनुहोस। यस्ले तपाइको ब्लगको बारेमा सबैलाइ जानकारी दिन ठुलो मद्दत गर्नेछ।

nepali-bloggers: सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को स्थापना गरिएको हो। दौंतरीमा भएको नेपाली ब्लग भेला पछि यो समुह निकै सक्रिय रहेको छ। हाल सम्म यस समुहमा १६० जना सदस्य भइसकेका छन। http://groups.google.com/group/nepali-bloggers?hl=en यो समुहमा ब्लग सम्बन्धी आफ्ना भनाइ देखी ब्लगको लागी सहयोग लिने दिने आदी गरिन्छ। यस समुहमा नया ब्लगर मात्र नभै पूराना सक्रिय ब्लगर पनि रहेकाले धेरै ब्लगरहरु लाभान्दित भएका छन। यो फोरम पनि सबैका लागी खुला भएकाले मा गएर तपाइ यसका गितबिधीको जानकारी हासील गर्न सक्नुहुनेछ। तपाइ पनि यसमा सदस्य बन्नु परे यो समुहको साइटमा गएर देब्रपट्टी रहेको Join this group बटनमा थिचेर आफुलाइ सामेल गर्नसक्नुहुनेछ।

Face book group: यो फेसबुक समुह बर्णनमा भनिएको छ Nepali Bloggers around the Globe। यो समुहका सामाग्री सबै सामु खुला छन र यसमा अहिले सम्म ११३ जना ब्लगरहरु सदस्य बनेका छन। यो फेसग्रुप ले ब्लग लिस्ट http://hamrocircle.blogspot.com/ पनि संचालन गरेको छ जस्मा नेपाली ब्लगका आर.एस.एस फिड दिइन्छ। यस्ले तपाइको हरेक ब्लग लेखन सबै समक्ष पुर्याउंछ। तपाइ http://www.facebook.com/group.php?gid=24008787206मा गएर यस फेसबुक समुहको सदस्य बन्न सक्नुहुनेछ।

माथी भनिएका ३ वाट नेपाली ब्लग साइटमा तपाइ हुनुहुन्न भने छिटै आफ्नो ब्लग समिल्लीत गराउनुहोस। त्यसले तपाइलाइ अन्य ब्लगर र पाठक समक्ष पुर्याउंछ भने नेपाली ब्लग जगत अझ ठुलो बनाउंछ। सबै ब्लगर मित्रहरु तपाइले अरु नया केही कुरा भए यांहा थप्नुहोला, नया साल २०१० नेपाली ब्लगमा अझ केही नया र राम्रा कुरा ल्याउनुहोला। सहयोग लिने दिन गर्दा नै हाम्रो नेपाली ब्लग समुह सबल बन्दछ। साथै फेब्ररी १ मा हुने दोस्रो ब्लगर भेलाको लागी पनि तयारी गर्नुहोला।

नया बर्ष २०१० को ब्लगर तथा पाठकलाइ हार्दीक शुभकामना।
हेप्पी ब्लगिगं

December 29, 2009

नागरिक सर्वोच्चताले जन्माएको खेलाडी

लेखक:- विजयकुमार श्रेष्ठ

नेपाललाई सतिले सरापेको देश भनेर पाका नेपालीको मुखबाट सुन्न पाएका थियौ कुनै बेला त्यस्तो शब्दको पछि लाग्ने हो भनेर नकरात्मक कुरो गर्‍यो भनेर कुनै बेला गालि गर्नसम्म पछि परेका थिएनौ। कहिले मल्लहरुको पालो,कहिले पाण्डेहरुको पालो, कहिले निरङकुशताको त कहिले शाहहरुको पालो । यस्ता पालै पालोको शासन र शासकहरुको थिचो मिचोले गर्दा नेपालीहरुमा विकान्शोमुश भएर प्रफुल्ल रुपमा आफुमा भएको कला कौसलताको प्रदशन गर्न सकेका थिएनन् । सारा थिचोमिचोको बाबजुत असहिय भएर परिवर्तनको नारालाई बुलन्द पारेर हाते मालो गरेर शासकिए शासनबाट मुक्ति पाउनको लागि देशमा ठुलो क्रान्तिको सुरुवात भयो । सारा नेपालीमा सामन्ति शासनको आगो भित्र भित्रै दन्कि रहेको थियो र छिटै नै देशमा परिवर्तनको प्रत्याभुती नपाली जनताले पाउन सफल भए ।

सत्ता प्राप्तिको सफलतासँगै नेताहरुले पार्टिको विजारोपण गराउन थाले । ठुला दलको नामले चिनीन गयो नेपाली कांग्रेस र दोस्रो ठुलो दलको नामले चिनीन गयो नेपाल कम्युनिष्ट पार्टि माले । रात रहयो औराख पलायो भन्ने उखानलाई सावित गर्दै को भन्दा को कमको होडवाजि हुन थाल्यो र देशमा एकले अर्कालाई विभिन्न लान्छना लगाउदै आफनो शक्ति प्रदर्शन गरि आफनो आफनो पहुंचमा पार्टि खोल्ने फुटाउने कामको सृजना हुन गयो । हरेक पार्टिमा बैचारिक मतभेतको रोगले जरा गाड्न थाल्यो । आफनो घरमा धमिरा
लगाउन कम्मर कसेर अघि बढे । सिङ्गो एउटा कम्युनिष्ट पार्टि फुटेर सयौ चिरामा विभाजन भयो । हरेक पार्टिमा भिन्दा भिन्दै धारको गुटवन्दिको राणनिती हुन गयो । हिजो एक जोर चप्पल किनेर लगाउन नसक्ने नेता भनाउदाहरु राता रात अरवौ पति भएर सिंह गर्जे जसरि गजिर्न थाले । भोकाएर बसेको बाघ जसरि जस्ले सके उसैले आफनो थैलो भर्ने तिर लाग्यो । परिवर्तनको केहि महिना पछाडि नै व्याक्तिबाद लादेर नेताहरुको परिवर्तन आकसिदो तरिकाले हुन थाल्यो । बहुदलिय प्रजातन्त्रको रसस्वादन नेताहरुले मज्जाले लिए । केहि वर्षपश्चात बहुदलिय प्रजातन्त्र पनि नेपाली जनतालाई बोकालाई कुभिण्डो भने जस्तै हुन गयो । नाम मात्रको सत्ता परिवर्तन भयो । शासन र शासकमा परिवर्तन भने भएन । देशमा झन बिकराल परिस्थितीको जरा गाड्न थाल्यो । अन्याय र अत्याचारले सिमा नाग्न थाल्यो ।

जनतालाई फेरि पनि अर्को आन्दोलनको शुरुवातको जरुरी पर्नगयो । बहुदलवादिमा जनताको शासन हुन सकेन । लोकलाई असहिय भयो र लोकतन्त्रको प्राप्तिको लागी नारा घन्किन थाल्यो । नेपाल कम्युनिष्ट पार्टि माओवादि न्यायको खोजीमा जंगल पसे । जनताको नोकर भएको भनेर न्याय निसावको कसि बोकि जंगलबाट आफना बाहुल्यता देखाउन तिर लागे जता ततै र्सवहाराको नारा घन्काउन थाले । संघर्षको सिमा रहेन । कठोर भन्दा कठोर आन्दोलनको शुरुवात गरे । असोचनिय भयानक संघर्ष लडदै लड्दै परिवर्तनको खाका बोकेर हिड्न थाले । र्सवहारा वर्गको शासन हुनु पर्छ भनेर साम दाम दण्डभेद लगाएर आफनो क्रान्ति जारि राखे । दश वर्षो लामो कष्ट पछि माओवादि जनता सामु प्रत्यक्ष प्रस्तुत भए । केहि हदसम्म दिन दुखिहरुको सहारा भएर अघि बढे । संसद भवन भनेको बुर्जुवाहरुको ठगि खाने अखडा हो भनेर चर्का नारा लगाउने र्सवहाराका नेताहरु आफनो त्याग र बलिदानलाई चटक्क भुलेर बुर्जुवाहरुको खालमा हातेमालो गर्न सहमति भए । जनताको लागी चर्का नारा बोकेर हिडेका माओवादि बुर्जुवाहरुको खालमा पसेर सारा कुरालाई अहेस आराममा विलीन गराउन पछि परेन । सभा सम्मेलनमा आफनो बोलीको लगाम खुकुलो पार्ने र जब सभाबाट बाहिरिन्छ सहमतिको नारा लिएर एक अर्कामा तारे होटलको स्वाद चाख्नलाई चुस्त बनेर हिड्ने गर्न थाले ।

सारा नेपाली जनताको सहभागितामा नौलो क्रान्तिको आगो दन्किन थाल्यो र केहि दिनको सर्घषले देशमा लोकतन्त्रको बहाली हुन गयो । नयाँ नेपालको सुरुवात गर्ने तिर सबैदलहरु अगाडि बढे । नयाँ नेपाल बनाउनको लागी नयाँ सविधानको आवश्यकता पर्ने भएकोले सविधान सभाको घोषण गरेर सभासदको निर्वाचन गराउने प्रकृया अगाडि सारियो । देशमा भएका सबै दलले आफनो आफनो हिसावले चुनावि मैदानमा आफना र्समथकलाई खडा गराए । सारा नेपालीको एउटै कौतुहल थियो नयाँ पार्टि नयाँ व्याक्तिलाई चुनेर देश र जनताको भविष्य उज्वल हुन्छकि भन्ने अभिलाषाले गर्दा नेपाल कप्युनिष्ट पार्टि माओवादिलाई जनताले भारि मतले सविधानसभाको निर्वाचनमा विजय हासिल गराएर देशमा सबै भन्दा ठुलो दलको दर्जा भिराउन सफल भए । हामी त चुनावी खेल खेल्ने पार्टि होईन भनेर जनतालाई घुरक्याउने पार्टिले चुनावमा भाग लिएर आफनो बर्चस्सो जमाउन सफल भए । नेपाली जनताले अब त आन्नदको सास फेर्न पाउने भए भनेर आफनो कुटो कोदालो आन्नदसँग चलाउन थाले । चुनाव सकियो सरकारको गठन भयो । राष्ट्रपति नेपाली काग्रेसले पाउन सफल भयो,उपराष्ट्रपति मदेशि जनधिकार फोरमले चयन गर्न पायो । प्रधानमन्त्रि नेपाल कम्युनिष्ट पार्टि माओवादिले पायो । सरकार चलाउने जिम्मा सोहि पार्टिका अध्यक्ष पुष्प कमल दहालको कादमा पर्न गयो । देशमा नौलो विहानीको शासन सुरु भयो भनेर जनता रमाउन थाले । सुरुका दिनमा जनतालाई दिएको वाचा बन्धन देखाउन लागेका थिए । तर के गर्नु त्यो ठाउँ भनेको कस्तो हो कस्तो कुर्सीमा बसेर कुर्सी तताउन नपाउदै भोग विलासको भुतले गाज्न थाल्यो । नाताबाद र क्रिपावादको चर्को विरोध गर्नेले पहिलो प्राथमिकता त्यसैलाई दिन थाले र अहेस आरामी जिवनमा परिर्वतन हुन थाले । मिलीजुली सरकारमा आफनो मात्र निसाना वाजि लगाउन पछि परेन । हरेक कुरामा आफनो पार्टिको निर्णर्यलाई मान्यता दिन तिर लागे नयाँ नेपालका प्रथम प्रधानमन्त्रि । आफनो बोलीमा आङकुसे लगाउन सक्नु भएन ।

हिजो जनतालाई दिलाएको विश्वास माटोमा विलीन बनाउन सफल हुनु भयो । हरेक क्षेत्रमा परिवर्तनको नारा अगाडि सार्नु भयो । तर कुरा एकातिर काम अर्को तिर हुदै गयो । कहिले अनुभव नभएको भनेर झुक्ने गर्नु भयो कहिले परिक्षणकालमा कमि कम्जोरि त भै हाल्छ भनेर आफु पानि माथिको ओभानो हुनलाई चुक्नु भएन । शासकिय स्वारुप बदल्ने भनेर गएको व्याक्ति हिजोका दिनलाई चटक्क भुलेर नेपालमा कसैले नलिएको विलासितामा रमाउन सफल हुनु भयो । योग्यता विहिन व्याक्तिलाई पद बहालिमा प्रमुख कदम चाल्न सुरु गर्नु भयो । अव जनताले शान्तिको सास फेर्न पाउने छ भनेर नारा धन्काउन पनि पछि पर्नु भएन । सहकार्य सहमतिको विन्दुलाई लत्याएर एक तर्फि शासन गर्न थाल्नु भयो । हिजो जनता सामु गरेका वाचाहरु भुल्न पछि पर्नु भएन । जस्तै सिमा बिबाद,सन्धि हस्ताक्षेर जस्ता ठुला ठुला नारा लिएर गएका व्याक्तिले देशको प्रमुख भएर बस्दा ति कुरा उठाउनमा कम्जोरि हुनु भयो । कहिले के वोल्ने कहिले के बोल्ने गरेर आफनो शासन कालको आयु छोटयाउनु भयो । सरकारको १ वर्ष जती पुर्‍याउन नपाउदै रुख ढले जसरि हुरि वतासको चपेटमा परेर पछारिनु भयो । आफनो पदबाट राजिनामा दिएर पानि माथिको ओभानो हुन माहिर हुनु भयो क्रान्तिकारि नेता । सरकार ढलेको केहि दिन पश्चात फेरि अरु दल मिलेर नेपाली जनताले नपत्याएका व्याक्तिहरुलाई देशको ढुकुटीको चावि सुम्पिन वाध्य भयो । नेपाली जनताले नपत्याएर के भयो र देश चलाउने जिम्मेवारि पाउन सफल भयो रिमोटिए शासकहरुको साथ पाएर नेपाल कम्युनिष्ट पार्टि एमालेका नेता पुर्व महा सचिव माधवकुमार नेपाल । सतीले सरापेको देशमा के के हुन थाल्यो के के हुन थाल्यो । देशको ढुकुटी रित्याएर चुनाव गराउनुको उपलब्धी हास्सास्पद हुन गयो । माधवकुमार नेपालको सरकारमा सबै जसो मन्त्रिहरु जनताबाट पराजित भएका व्याक्तिहरुको बाहुल्यतामा जम्वो मन्त्रि मण्डल गठन हुन गयो । त्यसैले नेपाली उखान यो लोकतन्त्रमा सबका सब लागु भएर छाडेको छ । भाग्यमा भए डाकोमा दुध दोहे पनि बाहिर जादैन भन्ने उखानले माधवकुमार नेपाललाई साथ दियो । अनि त सुरु भयो रिमोटिए शासन सत्ता सन्चालन । शान्ति सम्झौताको चर्का नारा दिनेहरु एक अर्कामा दोष लगाएर शासन सत्ताको जुहारि खेल्न सुरु गरे । त भन्दा म के कम भन्ने बैमनस्यतालाई सिरोधार्य बनाएर देश सन्चालनमा बाधा व्याबधानहरु खडा गर्न तिर लागे । जब नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादि सत्ताबाट बाहिए अनि समाप्त भयो सहमतिको नारा । त्यस पछि सुरु गर्नु भयो नागरिक सर्वोच्चताको गतिलो नारा बोकेर रक्तपातको आन्दोलन चर्काउन शुरु गर्न तिर लाग्नु भयो । हामीलाई त जनताले चुनेर पठाएको पार्टि हो भनेर धमण्ड एकिकृत माओवादि भित्र भित्रै औडा र डाहाले छटपटाउन थाले । उता सत्ता त्याग्नु परेको रन्कोमा जंगली स्वाभावहरु दोहोर्‍याउन सुरु गरे । फेरि पनि जनतालाई शान्तिले बस्न नदिने परिस्थिती सृजना गर्न तिर लागे । कसैले उसको बारेमा बोलेमा लेखेमा त्यो व्यक्ती असुरक्षित हुन गयो भनेर जाने हुन्छ भन्ने सोच्नु पर्ने दिन फेरि आयो ।

नेपाली जनताले सविधान निर्माण गर्न भनेर पठाएका सभासदहरु आफना आफना भोग विलासितामा कम्मर कसेर लाग्न सुरु गरे । गरिव जनताको पसिनालाई माटोमा मिलाउन तिर लागे । आफुले पाउने अहेस आरामको पछाडि ढौडन थाले । आफनो परिवारमा मसलन्द खर्च देखि सारा कुराको भर्पाई मन्त्रालयमा प्रस्तुत गराउन पछि परेन । सहमति र सहकार्यमा अल्भिएको कुर्सी मोहको खेल नेपालमा आगो दन्के सरि बल्न थाल्यो । देश र जनताको सेवक हु भन्ने राष्ट्रवादिहरुको फुटवल सुरु भई नै रह्यो । तमासे र लहै लहैमा पछि लागेर हिड्ने बेरोजगारि नेपालीहरुलाई तमासे र दर्शकको पक्तिमा राखेर कुर्सी मोहको जालमा गोल गर्न भनि कम्मर कसेर लागेका छन् । जनतालाई भकुण्डो बनाएर सबै पार्टिले गोल गर्न तिर लागे । सडकमा रत्याउली खेल्न सुरु गरे । लुटपाट हिङसाको फोहरि खेल खेल्न थाले । एक अर्कालाई लडाएर नेता भनाउदाहरु तारे होटलको रस्वादनमा मोज लिन थाले । सरकार चलाउनेहरु सकेसम्म आफना आफना व्याक्तिलाई विश्वमा नै नभएको मन्त्रिमण्डल सृजना गराएर देशको ढुकुटीमा रमाउन व्यास्त भए । प्रतिपक्षले देशमा जनता भनेको त नेपाल कम्युनिष्ट पार्टि एकिकृत माओवादिलाई र्समर्थक गर्नेहरु मात्र हुन् भन्ने एक लौटि मनसाय लिएर सडकमा हार गुहार गर्न तिर लागे । जातिको नाममा देशलाई टुक्रयाउने तिर लाग्न थाले । हिजो अरुलाई बिदेशिको नोकर भनेर भन्ने पार्टिले आज खुले आम देशमा भएको समस्या एक आपसमा छलफल गरेर साम्य पार्नु त कता हो कता सिधै निर्धक्कसँग हामी त बिदेशिसँग मात्र वार्ता गर्र्छौ भनेर फुक्न थाले । अनि के हो त यो हिजो अरु पार्टिका नेताहरु भारत गयो भनेर दलाल भन्नेले आज आफुले मालिक भनेर सम्बोधन गर्न कहाँबाट आट आएको अनि यो कुरालाई कुन बाद भनेर सम्मान गर्नु उपयुक्त होला त - सरकारमा बस्नेले मलाई त बिदेशिको सहयोग मिलेको छ भनेर फुक्ने आफनो सरकारको मन्त्रिले मनपरि गरि हिड्दा कुर्सिको खुट्टा लुलो हुन्छ भनेर दण्डहिनतालाई अङगाली जे मन लाग्यो त्यही फुक्दै हिड्ने अनि प्रतिपक्षमा बस्नेले आफनो जन्म भुमीलाई नोकरको दर्जामा परिभाषित गर्दै हिड्ने । के नेपाली जनताले बहादुरी देखाएर देशको नाम विश्वमा उच्च बनाएको यो नोकर हुनको लागी हो । कस्ले दियो एकिकृत माओबादिको नेतालाई देश र नेपाली जनतालाई नोकरको दर्जा दिनलाई अधिकार । त्यसैले पुखौलीले जस्तो सिकायो पछिका पुर्खाले त्यस्तै सिक्ने छ त्यो जति सुकै उच्च ओहदामा पुगे पनि भन्ने नेपाली उखान सावित हुन गएको छ । अब कस्लाई र कुन पार्टिलाई सच्चा पार्टि हो भनेर जनताले विश्वास लिने त - नयाँ नेपालमा लोकतान्त्रिक नेतालाई नागरिक सर्वोच्चताको खेलाडी बनाई दिएको छ । आफनो मनमा जे उब्ज्यो तेहि बोल्दै हिड्ने रण मैदान भएको छ ।

यो विचित्रको सन्जालबाट नेपाली जनताले कहिले मुक्ति पाउने छ । म फलानो पार्टिको त फलानो पार्टिको भनेर एक आपसमा लड्ने अनि आफनो बलि आफै चडाउने चलनले नेपाली जनतलाई कहिले सम्म सतिको सराप लाग्ने हो । देश सन्चालन जिम्मा लिएका पार्टिका नेताहरु एक आपसमा सहमतिको नारा लिएर देशलाई बर्बाद पार्न तिर लागेका छन् । कोहि क्रान्ति गरेर थाकेको छैन भन्ने त कोहि काग कराउदे गर्छ पिना सुक्दै गर्छ भने कानमा तेल हालेर बस्ने त कोहि रिमोट लिएर आफनो निसाना बाजि मार्न तिर लागेका छन् । त्यसैले हामी निमुखा जनताले एक छाक खान पाएर बन्द हड्ताल र जुलुसमा सामेल भएर पार्टिको झण्डा बोकेर हिड्नु भनेको आफनो खुट्टामा आफैले बन्चरो हान्नु सरह भई सक्यो । त्यसैले र्सवप्रथम अब बन्ने सविधानमा पहिला कानुन भनेको नेता भनाउदाहरुलाई लाग्ने कसि बनाउन तिर लागेमा नेपालीले नेपाल हाम्रो हो भनेर आङ फुकाएर हिड्न पाउने छ ।



December 28, 2009

हास्यमेव जयते !

यस पटक, हाँस्नु र हँसाउनु अगाडि हाँसोका बारेमा केही कुराहरु:

किन हाँस्ने ?

हाँस्नुलाई तपाइ केवल क्षणीक मनोरञ्जन वा एकैछिनको टाईमपास मात्र सम्झनुहुन्छ भने त्यो गलत हुनसक्छ ।

हाँस्नु मानिसको लागि शारिरीक र मानसिक दुबैकोणबाट एकदमै लाभदाएक छ । वैज्ञानिक सोधलाई आधार मान्ने हो भने एक पटक हाँस्दा मानिसको अनुहारको सबै मांशपेसीहरु सक्रिय हुन्छन र यदि त्यो हाँसो जोडदार छ भने मानिसको अनुहारका ५३ मांशपेसीहरु, पेट, छाती र अन्य अंगहरु गरी शरिरका करिब करिब पुरै भाग सक्रिय हुन्छन । मानसिक रुपमा यसले पार्ने प्रभाव झनै गहिरो हुन्छ ।

व्यस्त जीवन शैली र तनावपूर्ण दिन गुजार्नेहरुका लागि त हाँस्नु झनै अत्यावश्यक र महत्वपूर्ण मानिन थालेको छ । विशेष गरी यसले हृदय रोग , मधुमेह व उच्च रक्तचाप जस्ता रोगहरुलाई निकै हदसम्म नियन्त्रण गर्न सक्ने कुरा खोजहरुबाट साबित भैसकेको छ । त्यसैले आजकल धेरै शहरहरुमा हाँस्नेहरुको क्लव र समुह समेत बन्न थालेको छ ।

कसरी र कतिबेर हाँस्ने?

दिनमा आधाघण्टा जत्ती सम्म खुलेर हाँस्न सकेमा शरिरका हार्मोनहरु समेत सन्तुलनमा आउने र मानसिक तनावबाट मुक्त गर्ने कुराहरु धेरै पहिला नै प्रमाणित भैसकेका छन । मुख्य कुरा भनेको आजकलको तनावपूर्ण जीवनमा मानिसहरु हाँस्न समेत कन्जुस्याई गर्छन वा व्यबसायीक जीवनको सफलताको लागी गंभीर हुनुपर्छ भन्ने नकारात्मक धारणाका कारण पनि धेरैले खुलेर नहाँस्ने सम्मका रिपोर्टहरु कते पढेको थीएँ मैले ।

त्यसैले ‘मर्नै परेपछि खुट्टै तानेर” भने जस्तै हाँस्नु छ भने पुरै जिउलाई स्वतन्त्रता दिएर मस्त हाँस्नु शरीरको लागि लाभदायक हुन्छ ।

हाँस्ने तरिका

दिल खोलेर वा पुरै स्वतन्त्र भएर हाँस्नु भनेको यस्तो प्रक्रिया हो जसमा शरीरका प्रत्येक अंग मात्रै आनंदविभोर भएर कम्पन गर्दैन, केही समयको लागी दिमाग पनि विचार शून्य हुन्छ। त्यसैले त जान्नेहरु हाँसोलाई औषधि र ध्यान समेत भएको बताउँछन ।

केही खराबी पनि छ कि ?

हास्य योग वा Laughing therapy को बारेमा अहिले संसारभर नै प्रयोगहरु चलिरहेका छन र प्राय: सबैको सकारात्मक नतिजाहरु आएका छन । अहिले श्रोत त सम्झना भएन तर कतै ईन्टरनेटमै दम वा asthma को रोगीलाई भने धेरै हाँस्नु कहिलेकाही घातक पनि हुन सक्छ भन्ने बारेमा एउटा रिपोर्ट पढेको थिएँ (डिस्क्लेमरको यो लाईन पनि सुरुमै दिउँ कसो

खै त हाँस्ने सर्जाम ?

यत्तिका लामो कुरा गरेर हाँसने सर्जाम दिईएन भने त्यो पनि एउटा धोका हुने छ त्यसैले जाँदा जाँदै केही ताजा चुटकिलाहरु:

नयाँ लेखक पुरानो नाम

प्रकाशक: हेर्नुस, तपाईको किताब त एकदमै राम्रो छ, तर हामी केवल नाम चलेका लेखकका किताब मात्रै प्रकाशन गर्छौं ।

लेखक: त्यो त झनै राम्रो भयो नि !

प्रकाशक: कसरी ? ।

लेखक: मेरो नाम पनि भैरब अर्याल हो ।

बिरामी-नर्स सम्बाद

बिरामी (नर्ससंग): म तिम्रो प्रेममा यसरी फसेको छु कि मलाई सधैं तिमीसंगै बस्नको लागि मेरो यो रोग कहिल्यै निको नहोस जस्तो लाग्न थालेको छ ।

नर्स: .. तिम्रो यो रोग साँचै पनि कहिल्यै निको हुँदैन अब...

बिरामी: कसरी ?

नर्स: तिम्रो उपचार गर्ने डक्टर मलाई प्रेम गर्छन र तिमिले मलाई मन पराएको कुरा उनलाई पनि थाहा छ ।

कुखुरी र अण्डा

एउटा कुखुरी एउटा किराना पसलमा (जोकै त हो !):

कुखुरी: साउजी मलाई एउटा अण्डा दिनोस त ।

साउ: (छक्क पर्दै) तिमी आफैं अण्डा पार्न सकिहाल्छौ नि !

कुखुरी: त्यो त हो... तर मेरो भालेले भनेको ५ रुपैयाँको लागि फिगर विगार्नु मुर्ख्याई हो रे !

जँड्याहा लोग्ने

नशाले मस्त लोग्ने आफ्नै स्वास्निलाई चिन्न सक्दैन।

पत्नी- के भन्दैछौ तिमी ? जाँडले मात्तेर मलाई पनि चिन्दैनौ, म तिम्रो पत्नी हुँ पत्नी।
पति- सुन्दरी...! ... तिमीलाई त थाहै छ नि म रक्सी खाएपछि आफ्नो सबै समस्याहरु भुल्छु।

र जाँदा-जाँदै यो एउटा ‘आर्ट जोक’

एकजना पण्डीत नदी किनारमा हिँड्दै थिए । अचानक उसले कुनै मानिस आत्महत्याको लागि नदिमा हामफाल्न लागेको देखे । उनी त्यो मानिसको नजिक गए र भने:

“मर्नु कायरता हो... हेर जिउँदो रहने अनेक कारणहरु हुनसक्छन...”

“जस्तै ?”

“के तिमी धर्ममा विश्वास गर्छौ ?”

“गर्छु”

“ म पनि गर्छु, भन तिमी हिन्दू हौ कि मुश्लिम वा क्रिस्चिएन ?”

“हिन्दू !”

“ल हेर, म पनि हिन्दू हुँ.... तिमी द्वैतवादी कि अद्वैत वादी”

“द्वैत वादी !”

“ल ..हेर.. म पनि द्वैतवादी नै हुँ ...तिमी साकार ईश्वर मान्छौ कि निराकार?”

“साकार”

“कस्तो संयोग... म पनि साकार ईश्वर नै मान्छु..., अब भन तिमी शैव हो या वैष्णव?”

‘‘वैष्णव’’

‘‘ म पनि त वैष्णव नै हो, बरु तिमी वैदिक जप गर्छौ कि तान्त्रिक?’’
‘‘वैदिक !’’

‘‘म पनि वैदिक, वाह !, तिमी उपनिषदलाई बेदको साखा मान्छौ कि भिन्न धार?”

‘‘भिन्न धार”

‘‘ म पनि !, अब भन, गायत्री मन्त्र जप्छौ कि अन्य कुनै मन्त्र?’’
‘‘नम: शिवाय मन्त्र !’’ ‘

“ के रे? नम: शिवाय???, मुढ, मित्थ्याचारी, वैष्णव भएर ‘नम: शिवाय’???, तिमी जीवित रहेर पनि जिवनको के सार्थकता भयो त ?”

यती भनेर पण्डित सरासर आफ्नो बाटो लाग्छ ।



December 26, 2009

गजल

- यात्री शेखर

मन लाग्यो गुन्द्रुकसंग, ढिडो खा’को गजल लेख्न ।
गैरी खेतको पर्म तिर्न, मेला गा’को गजल लेख्न ।

ती बर्खामा छानो चुदाँ, थाल थापी हुत्याएको,
बर्षै पिच्छे घरको छानो, खरले छा’को गजल लेख्न ।

गोठालोका गट्टाकुट्टी, आइरहन्छ सम्झनामा,
चोरपुलिस लुकामारी, हैरान् भा’को गजल लेख्न ।

नेप्टी चेप्टी डल्लीलाई, झ्याङ्मा लुकी तर्साउदा,
रामे श्यामे हामीलाई, मज्जा आ’को गजल लेख्न ।

स्कुल छाडी सिनेमामा, रमाउँदा कस्तो मज्जा,
भोली पल्ट छडी खाँदा, दुःख पा’को गजल लेख्न ।

बालापन्का यादहरु, संगालिन्छन् हिजो आज,
स्मृतिमा ती दिनहरु, र्तिमिरा’को गजल लेख्न ।



के वर माग्न ...... ?

शिव प्रकाश

के वर माग्न मन्दीर गयौ के वर मागी आयौ ?
यो मन्मन्दीर उजाड पारी कुन मन्दीर गयौ ?

त्यै मन्दीरमा पोहर एउटा वर मागिथ्यौ,
उही देउता भाकी तिमीले कसम खाइथ्यौ ।

दुःख पर्दा देउता सम्झी ढोगी हिड्थ्यौ,
सुखी हुँदा ढुङ्गा ठानी लत्याइ हिडिछौ ।

घाउ लाग्दा तिमीलाई मलाई दुख्ने गथ्र्यो,
तिमी कतै गइदिँदा मनको बाघले खान्थ्यो ।


December 24, 2009

सगरमाथा, माउण्ट एभरेस्ट कि नौबन्धन

निर्मलमणि अधिकारी -आयोदधौम्य
विश्वको सर्वोच्च शिखर 'सगरमाथा' हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनधिकार एकजना बेलायती जर्ज एभरेस्टको ठप्पा लागेर 'माउण्ट एभरेस्ट' भनेर फैलनु उत्तिकै लाजमर्दो कुरो हो भन्ने मेरो ठहर छ । अनेक कुरा विदेशीबाट नक्कल गर्ने, तर गतिलो पक्ष चाहिँ लिँदै-नलिने मुर्ख्याइँ गर्नमै मजा मान्ने होभने त अर्कै कुरो; नत्र छिमेकी देशमा अर्काले थोपरिदिएको 'मद्रास' नामलाई मिल्काएर आफ्नै पुरानो परम्परागत 'चेर्न्नई' नाम राख्ने, त्यसरीनै 'बम्बइ' नाम मिल्काएर पुरानै 'मुर्म्बई' नाम प्रयोग गर्ने र 'क्यालकटा' जस्तो विकृत नाम हुर्‍याइदिएर 'कोलकाता' कै पुनः प्रयोग शुरु गर्ने जस्ता राम्रा अभियानबाट हामीले पनि सिक्न नहुने भन्ने के छ र ! अनि त्यसको शुरुवात हाम्रो शान सगरमाथा बाटनै गरे अझ राम्रो !

आफ्नो राष्ट्रिय परिचयलाई ठम्याउन र कायम राख्न नसक्ने मुलुकको स्वाधीनताको विशेष अर्थ रहँदैन । भारत बेलायती साम्राज्यवादीको पञ्जामा परेको बेलामा त्यहाँका र्सर्भेयर-जनरल एन्ड्रयु वाघले सनकको भरमा विश्वको सर्वोच्च शिखरलाई 'माउन्ट एभरेस्ट' नाम राखिदिएका थिए । त्यतिन्जेलसम्म 'पन्ध्रौं चुली' नामले र्सर्भेकर्ताहरुले चिनाउने गरेका विश्वको सर्वोच्च शिखरलाई एन्ड्रयु वाघले आफ्ना भू.पू. हाकिम जर्ज एभरेस्टको नामबाट बेलायतको 'माउन्ट एभरेस्ट' नाम राखिदिनु उनको स्वामीभक्ति थियोभने तत्कालीन भारतको इस्ट इण्डिया कम्पनी सरकारले त्यसलाई मान्यता प्रदान गर्नु साम्राज्यवादीहरुको धुर्तापूर्ण कार्य थियो । यस क्षेत्रबाट अंग्रेजहरु लखेटिएको यतिका वर्ष पछि सम्म पनि हाम्रो सर्वोच्च शिखरको नाम त्यही 'माउन्ट एभरेस्ट' नै भिरिरहनु चाहिँ पूर्णतया गुलाम मानसिकताको द्योतक हो र लाजमर्दो कुरो हो । जतिसक्यो यो ठप्पा मेट्नु र आफ्नै परम्परागत नाम विश्वभर प्रचलित गराउने प्रयास गर्नु पर्दछ हामीले ।

यसबारे मदनमणि दीक्षितले पहिले नै चर्चा गर्नु भएको पनि हो : विख्यात इतिहासविद् बाबुराम आचार्यले एभरेस्ट चुली भनिएकोलाई सगरमाथा भन्ने नाम दिनुभयो । त्यो चुचुरोको स्वामित्वबारे नेपाल र चीन बीच छैठौं दशकमा छलफल चल्दा र्सवदर्शनाचार्य चूडानाथ भट्टरायलाई उक्त शिखरसित सम्बन्धित पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन आग्रह गरिएको रहेछ । सो आग्रह अनुसार उहाँले काम गर्नुभएर हिमवत्खण्डमा उल्लिखित 'व्योमकूट' र 'सगरमाथा' एउटै हुन् भन्ने मन्तव्य दिनुभएको ...... । ..... तर महाभारतको वनपर्व पल्र्टाई हेर्दा अध्याय १८७ को ५० औं श्लोक मैले यस्तो पाएँ( नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्गे हिमवतस्तदा ।। तच्च नौबन्धनं नाम श्रृङ्गं हिमवतः परम् ।। अर्थात्, माछोको वचन सुनेर हिमालयको चुचुरोमा नाउलाई बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको नौबन्धन भन्ने नाम रहेको छ । मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाई छोडेर हेर्दा सर्वोच्च हिमशिखरको नामबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाई जोडेर त्यो सर्वोच्च हिमशिखरलाई 'नौबन्धन' भन्ने नाउँ दिएका थिए भन्ने तथ्य र्छलङ्ग हुन्छ । .... बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन ! -हेर्नु- त्यो युग, पृष्ठ नं. ११(१२) विश्वको सर्वोच्च शिखरको नाम पौराणिक कालमा 'नौबन्धन' रहेको र त्यसलाई 'व्योमकूट' पनि भनिने गरेको देखिन्छ ।

जस्का नामबाट हाम्रो सगरमाथालाई विश्वभर चिनाइँदै छ ती व्यक्ति र्-जर्ज एभरेस्ट) को बारेमा नालीबेली केलाउँदा के देखियोभने उनी सन् १७९० तिर बेलायतको ब्रेक्नोकसायरमा जन्मी विद्यालयस्तरको पढाइ सकी बुलविच भन्ने ठाउँको सैन्य शिक्षालयमा भर्ना भएका थिए । सेनाका लप्टन भएर भारत आएका जर्ज एभरेस्ट सन् १८१२ मा अहिलेको भारतको मध्यप्रदेश -त्यतिखेरको 'कालिन्जर') कब्जा गर्ने सैनिक टोलीमा सामेल थिए । पछि उन्लाई, भारतीय उपमहाद्वीपलाई क्वाप्पै खाने अंग्रेज रणनीतिको एक भागका रुपमा शुरु गरिएको भौगोलिक र्सर्भेमा खटाइएछ । त्यहीबेला एन्ड्रयु वाघ उन्का सहायकका रुपमा काम गर्थे । जर्ज एभरेस्टले उमेरको हदबन्दीले अवकाश पाएपछि उन्का सहायक एन्ड्रयु वाघ बन्न पुगे 'र्सर्भेयर-जनरल' र उनैले आफ्ना भू.पू. हाकिमको नाममा हाम्रो सर्वोच्च शिखरको नामाकरण गरिदिए । धूर्त साम्राज्यवादी 'इस्ट इण्डिया कम्पनी' सरकारले हत्तपत्त सो नामाकरणलाई मान्यता प्रदान गरिहाल्यो । त्यतिखेर नेपालमा शासनरत राणा शासकले यो कुरा थाहा पनि पाए कि पाएनन् कुन्नि ! थाहा पाएकै भएपनि अंग्रेजका गुलामीमा फसिसकेका राणाजीहरुले के खाएर गर्दा हुन् विरोध !

सगरमाथालाई 'माउन्ट एभरेस्ट'कै रुपमा रहिरहन दिनु साम्राज्यवादको नाङ्गो बलात्कारलाई स्वीकार गरिरहनु हो । यस धब्बालाई मेट्न ढिलाउनु हुँदैन । अब विश्वको सर्वोच्च शिखरको नामाकरण गर्ने क्रममा हामीसँग थुप्रै विकल्पहरु छन् । महाभारतकाल र त्यस अघिको नाम( 'नौबन्धन'; हिमवत्खण्डमा दिइएको नाम( 'व्योमकूट'; इतिहास-शिरोमणि बाबुराम आचार्यले राख्नुभएको नाम( 'सगरमाथा'; बेलायती साम्राज्यवादीहरुले थोपरिदिएको नाम( 'माउन्ट एभरेस्ट' र स्थानीय जनताले चलाउने गरेका अन्य नामहरु । यीमध्ये अरु जुन-कुनैपनि नाम प्रचलित हुँदा हाम्रो राष्ट्रिय परिचयको निमित्त उपयुक्त हुने देखिन्छ; तर माउन्ट एभरेस्ट नामलाई जतिसक्दो चाँडो त्याग्नु राम्रो ! अस्तु ।



गजल

पुष माघ तेस्तै भयो जेठ भए पनि तापिरहेछु
बारादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु

अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु

फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु

बाद प्रतिबाद घात प्रतिघात खेल्न सिकिदै छ
जिते पनि हारे पनि आँसु जित्ने खेल् अलापिरहेछु

मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु

December 22, 2009

नागरिक सर्वोच्चताका ३ दिन

हुन त नेपालमा जहिले पनि नागरिक सर्वोच्चता छ । जसले जसलाई कुटे पनि हुन्छ । सरकार, प्रशासन, नियम, कानुन आदि कार्यकर्ता देखि नेतासम्मका खेलौना हुन। सक्नेले जिल्लाको सिडिओ पिटे पनि हुन्छ, नसक्नेले चाहीं आंफै पिटाई खानु पर्छ । वास्तविक प्रजातन्त्र पनि यहि न हो, जसले भोट धेरै ल्याउंछ उसैले हाली मुहाली गर्छ ।

अस्ति देखि नेपाल बन्द थियो । सरकारमा हुदा अहिलेका बन्द आयोजकहरु आंफै बन्द नगर्ने संकल्प ल्याउने
प्रस्तावका पक्षपोषक थिए । नागरिक सर्वोच्चताको वकालत गरेको ढोंग रच्ने माओवादी नामको पार्टीले नागरिक सर्वोच्चताको लागि नै बन्द गरेको रे ।


December 21, 2009

परिष्कृत लेख लेख्‍ने ‘सिकारु’ !

Surya Sikaru दौँतरीको नियमीत स्तम्भ ब्लगभित्र ब्लगमा हामीले नयाँ तथा पुराना नेपाली ब्लगरहरुसंग भलाकुसारी गर्दै आएको यहाँहरुमा बिधितै छ । त्यसै क्रममा आज हामीले निम्त्याएका छौं परिष्कृत रचना लेख्‍ने तर नाम ‘सिकारु’ राख्‍नु हुने नेपाली ब्लग जगतमा परिचित अर्का मित्र सुर्य न्यौपानेज्यूलाई । ल लागौं त उनै सुर्य “सिकारु” संगको कुराकानीमा :

ब्लग तर्फ आकर्षण कसरी बढ्यो र कहिले देखी ब्लगीङ सुरु गर्नु भयो ?

साथी भाईहरुको रचना पढेर जागेका उत्प्रेरणा र तपाइँहरुजस्ता पृथक ब्लगरहरुको मार्गदर्शन गर्ने बाटोलाई समाएर मनमा जागेका भावना र तरंगहरुलाई बिसाउने चौतारीको रुपमा यसलाई पाएँ। शुरु-शुरुमा त ब्लग लेख्ने कुनै औपचारिक योजना थिएन कसैको बिचार र बन्धन बाट बिचलित नभै आफ्नै स्वतन्त्र बिचारमा विचरण गर्न पाइने र धेरै कुरा सिक्न पनि पाइने हुनाले करिब एक बर्ष पहिले मैले ब्लग लेख्न शुरु गरेको हुँ ।

तपाईका गजल र अन्य रचना पढ्दा त निकै परिष्कृत लाग्छन, तर यो 'सिकारु' नाम चाही किन र कसरी जुर्‍यो ?

रमाइलो प्रश्न ! सर्वप्रथम धन्यबाद दौँतरीलाई ! मेरा रचना र भावना प्रति नजर राखीदिनुभएकोमा । सिकारु उपनामको लहरो काँहा र कसरि उत्पन्न भयो भन्ने कुरा मैले मेरो केहि अघिको बार्षिक उत्सवको पोस्ट सिकारु बर्षदिनमा गोरेटो र ब्लगरहरु मा पनि प्रस्तुत गरेको छु तैपनि छोटकरीमा जवाफ दिनु पर्दा अतितको पराजयलाई हतियार बनाएर बर्तमानलाई सरल र सवल ढंगले परिचालन गर्न अनि बिगतको अनभिज्ञतामा जन्मेको मानसिक पीडालाई राहत प्रदान गर्दै बर्तमानमा रमाउन सिकारुको श्री गणेश भयो । अर्को शब्दमा आफ्नो पक्षधरता र अनुकुलतामा बिचार प्रवाह गर्ने हरुले सत्य र सहि मार्गमा लाग्न प्रेरित गर्ने कुरालाई मनोगत चिन्तन बनाई सधै सानो र अबोध भएर साहित्यिक सर्जकहरुको माया बटुल्न सिकारु जन्मिएको हो ।

ब्लग लेखनबाट भएको तिता मिठा अनुभव के कस्ता छन ?

मैले ब्लग लेखनबाट सबैमाझ धेरै कुराहरुको मिठा अनुभव प्राप्त गरेको छु । सामान्य देखि लिएर पृथक साहित्यप्रेमीहरुसंग भलाकुसारी गर्ने अवसर पनि प्राप्त भएको छ । लाग्छ, म पनि अब नेपाली ब्लगरको बृहत संजालभित्र बाँचिरहेको छु । तिक्तता भने खासै केहि छैन बेलाबखत केहि मित्रहरुले आफ्नै साथीभाइका लेख-रचना हरुलाई बिना सूचना अनुकरण गर्दा भने (मेरो त भेटेको छैन ) अलि नरमाइलो लाग्छ ।

"विद्युतिय साईनो" कस्तो चल्दै छ ?

हा.. हा.. हा.. हा.. विद्युतिय साइनो त चलेकै छ बिस्तारै, तर पहिले जस्तो द्रुत गतिमा भने हिँडेको छैन । किनकी साइनो की पात्र दुर्घटनाको शिकार भएकी छन्। अब छिटै पुनर्मिलन सहितको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा छु पढन नछुटाउनु होला । हाम्रो पनि पनि विद्युतकै साइनो हो यो पनि सदा सदा बाँचिरहोस।

नेपाली ब्लग जगतको अबस्था कस्तो छ जस्तो लाग्छ?

नेपाली ब्लग जगतको सन्दर्भमा आजभोली एउटा आशालाग्दो बर्तमानमा सुनौलो भबिष्य देखेको छु मैले । ब्लगको संख्यात्मक वृद्धि भन्दा गुणात्मक पक्षमा ध्यान दिनु अत्यावस्यक छ । यसको जगेर्नामा दौतरीले बेला-बेलामा सामुहिक भेला गरेर ब्लग उठानमा परिवर्तन गर्ने जमर्को गरेको पनि छ । आशा गरौ, भबिष्य सृजनशील हुदै बर्तमान साक्षात्कर्मको भावनाद्वारा पाठक हरुमा रसमय आनन्द फैलाउदै आदर्शको यथेष्ट आकर्षण बढाउदै लैजाओस नेपाली ब्लगलाई ।

मन पर्ने विधा कुन हो र नयाँ पाठकले तपाईको ब्लग पढन खोजेमा कुन चाही पोस्टबाट पढ्न सुरु गर्न सल्लाह दिनु हुन्छ ?

खासगरी विधाको बारेमा कुरा गर्दा, बाल्य अवस्थामा त कविता नै बढी लेखिन्थ्यो । यसका अलावा निबन्ध, लघुकथा र दैनिकी पनि लेख्ने गर्थे । यीबाट धेरै पटक पुरस्कृत पनि भएको छु । आजकालको माहौलले गर्दा पनि होला गजल तर्फ पनि आकर्षण बढेको छ ।
लाग्न त आफ्नो सबै पोस्टको लागी आफ्नो उत्तिकै मेहनत परेको हुन्छ तैपनि नयाँ पाठकले मेरो ब्लग पढन खोजे गजल बाटै शुरु गर्ने सल्लाह दिदै सम्पूर्ण ब्लग एकपटक हेरिदिनुस भन्न चाहन्छु किनकी पाठकको सानो सुझावले मलाई निर्णायक बनाउन सक्छ।

 धेरै नेपालीहरु विदेशबाट ब्लगीङ गर्छन, विदेशनु र ब्लगीङ बीच केही सम्बन्ध देख्‍नुहुन्छ ?

हुँदा सस्तो र नहुँदा कस्तो भने जस्तै हो यो कुरा पनि । मानिसमा बढी मात्रामा माया मोह तब जाग्दो रहेछ जब उ मातृभूमि छोडेर विदेशको बन्धनित लक्ष्मण रेखाभित्र गुम्सन्छ । तिनै पीडा र ब्याथा बाट उत्पन्न भावना हरुलाई छताछुल्ल पारेर पोख्न सजिलो माध्यम बनेको छ ब्लग अहिले । अर्को कुरा बिदेशमा नेपाली खोज खबर को पहुँच पनि न्यून भएकोले होला बिदेशमा ब्लग लोकप्रिय हुन् पुगेको (मेरो बिचारमा )

आफ्नो र दौँतरी बाहेकका पाँचवटा उत्कृष्ट नेपाली ब्लगको नाम लिनु पर्दा कुन कुन ब्लगलाई सम्झनु हुन्छ?

हुन त नेपाली ब्लगरहरु प्रा:य (निरन्तरता पाइरहेका ब्लगरहरु )सबै राम्रो नै लाग्छ । सीमित साथीहरुको नाम लिदा अन्याय हुन्छ की ? । तैपनि जवाफमा भन्नु पर्दा कयाफे मंगलम, बिचार र अभिव्यक्ति, बसन्त गौतम को ब्लग, भोजपुरे ब्लगसाहित्य संसार मा प्राय: छिरिरहन्छु ।

तपाई रचनाहरु बसेर लेख्‍न थाल्नुहुन्छ कि फुरे पछि लेख्‍न बस्नुहुन्छ ?

रचना फुराउनको लागि निश्चित बेला त चाहिन्छ नै ! त्सैले मैले बिशेष गरि फूर्सदको बेला नै बसेर लेख्न सुरु गर्छु ताकी अरु काममा बाधा नपरोस ।

के विदेशिए पछि नेपालको बढि माया लाग्ने कुरा सहि हो ?

सहि हो मैले भोगेको भोगाइलाई हेर्दा ।

नेपाली ब्लगरहरुले भोगीरहेका मुख्य समस्या के हो? र यसको उत्थानको लागि के गर्न सकिएला?

सर्व प्रथम त एकता नै सबै भन्दा ठुलो कुरा हो जसलाई दौँतरीले मनन गरेर एक सूत्रमा बाँध्ने प्रयास पनि गरेको छ । जसमा दौँतरीलाई आभार प्रकट गर्न चाहन्छु । समस्याको कुरा गर्दा परिपक्व सामुहिक संयन्त्रमा नव आगमनलाई प्रोत्साहन गर्दै, प्रविधिलाई अझै सवाल बनाई सबैमाझ पुरयाउन आवश्यक छ । बिना सुचना कसैको प्रस्तुतिलाई नक्कल गर्ने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नु अर्को मुख्य कुरा हो ।

ब्लगले समाज वा देशलाई केही दिन सक्ला जस्तो लाग्छ

मेरो बिचारमा ब्लगले समाज वा देशलाई धेरै कुरा दिन सक्छ । कतिपय साथीहरुका ब्लग पढदा सामाजिक रुपान्तरणलाई नयाँ दिशा दिन सक्ने पृथक लेखहरु पनि छन । सामुहिक एक्यबद्धतालाई उजागर गर्दै नकारात्मक प्रवृतिमा खबरदारी र सकारात्मक प्रवृतिलाई उत्साहित गर्दै जाने हो भने पक्कै ब्लगरले समाज र देशमा सशक्त भूमिका खेल्न सक्छ ।

ब्लग र पत्रिकामा एउटै घटनाको बारेमा दुईथरी समाचार आए कुनचाही लाई विश्वास गर्नु हुन्छ?, किन?

त्यो त आफू -आफूमा भर पर्ने कुरा नै हो । मलाई पत्रिकाको जोहो गर्नु भन्दा ब्लगमै हेर्न रमाइलो लाग्छ किनकी बानि नै भै सक्यो ब्लग पढने ।

दौँतरीलाई सुधार गर्न के गर्नु पर्ला ? के कस्ता खुराकहरुको दौँतरीमा अभाव देख्‍नुहुन्छ?

दौँतरीको बारेमा खासै सुधार गर्नु पर्ने नयाँ कुरा मैले देखेक छैन । मलाई लाग्छ छोटो समयमा दौतरीले ठुलो सामुहिक संयन्त्र बनाउन सफल भएको छ । सम्पूर्ण बिधाहरुको पक्षमा शसक्त भएर उभिनु नै यसको सवल पक्ष हो । समय संगै बगेर नयाँ सोच र नयाँ खोजमा अनन्त सम्म बाँचिरहोस दौतरी मेरो शुभकामना !

हामीले छुटाएको तर तपाईले भन्न चाहनु भएको केहि कुरा छन कि ?

मेरो कुरा यो छ की दौँतरीलई सफल बनाउन लागि पर्नुहुने सम्पूर्ण सदस्य हरु प्रति सफलताको शुभकामना ब्लग तथा बक्तिगत जीवनप्रति पनि । ब्लगर भेला संगै समेटिएका प्रत्येक ब्लगका बुझाई र लेखाईहरु को क्रियाकलापलाई ठिक ढंगले समन्वित गर्दै अगाडी बढेमा पक्कै पनि ब्लग जगतलाई निर्द्दिष्ट लक्षमा पुरयाउन दौतरीले नयाँ र पुराना पिंढीका लागि अर्थपूर्ण अवसर ,साहस र उत्प्रेरणा प्रदान गर्दै, अन्धबिस्वासका खोटा बिचारहरुलाई विस्थापित गरि युगानुकुल नयाँ बिचारमा विचरण गर्न प्रतिबिम्बित गर्नेछ । यो यात्राले हामी सबैको गरिमालाई माथि पुरयाई समयमै नव प्रतिभा,सर्जक, अन्वेषक तथा बौद्धिक व्यक्तित्वहरुको अनुभव र दैनान्दिनीलाई लिपिबद्ध गर्न यथेष्ट सहयोग गर्नेछ ।

साथै ब्लग भित्र ब्लगमा सहभागी हुने अवसर दिनुभएकोमा तपाइहरुप्रति कृतज्ञता ब्यक्त गर्दै सबैलाई दौँतरीमा सहभागी हुन आग्रह पनि गर्न चाहन्छु ।

सुर्य जीको ब्लग: सिकारुको गोरेटोमा



December 19, 2009

हामी जुधेर नासिने कि मिलेर सबल हुने?

अहिले देश नागरिक सर्बोच्चता चाहने र “नचाहने” दुई कित्तामा बिभक्त छ। माओबादीको नजरमा राष्ट्रपतिबाट सेनापति प्रकरणमा नागरिक सर्बोच्चताको हरण भयो। गैरमाओबादीहरुको नजरमा राष्ट्रपतिबाट नागरिक सर्बोच्चताको संरक्षण भएकोछ। अलग अलग रंगको चस्मा लगाएर हेर्दा अलग अलग देखिने नै भयो। संबैधानिक रुपमा हेर्दा कार्यकारी अधिकार नभएको राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिश लत्याउन नहुने हो। त्यसो भनेर फेरि सेनापति हटाउने प्रधानमन्त्रीको निर्णय पनि परिपक्व भने पक्कै थिएन। सत्ता साझेदार दलहरुले सेनापति हटाउने निर्णयमा औपचारिकरुपमै असहमति ब्यक्त गरेपछि र मुख्य साझेदार एमालेका मन्त्रीहरुले राजीनामा नै बुझाई सकेपछि माओबादी एक्लै अघि बढ्न नहुने हो। यो श्थितिमा प्रधानमन्त्रीले सेनापति हटाउने नैतिक आधार भने गुमाइसकेका थिए। तर सहमतिबाट चल्ने कुरोलाई गौण मान्ने हो भने प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीलाई त्यस्तो निर्णय गर्ने अधिकार जरुर हुन्छ।

यहाँ मुख्य कुरा, के जायज के नाजायज, के संबैधानिक र के असंबैधानिक भन्दा पनि एक अर्काप्रतिको अबिश्वासको कारणले समस्या भईरहेकोछ। एक अर्का प्रतिको इमान्दारिताको कमीले देश बरबादीतिर गईरहेकोछ। माओबादीहरुले आफ्ना वास्तविक लडाकु सेनालाई वाईसीयल संरचनामा परिवर्तन गरी बाहिर राखेर नया रिक्रुटहरुलाई शिविरमा राखेको भन्ने आरोप छ। हतियार पनि जम्मा तीन हजार चानचुन देखाएको छ। दश बर्षे युद्धमा सरकारी सेनालाई हायल कायल पार्ने माओबादीसेनासंग जम्मा तीन हजार मात्र हतियार थियो भन्ने कुरो अविश्वसनियनै हो। शक्तिखोर टेपले झन माओबादीहरुको नियतलाई शंकाको घेरामा पुर्याएकोछ।

अर्को तर्फ नया भर्ती नखोल्न सरकारले दिएको आदेशलाई सेनाले लत्याउनु, सेनापति कटुवाल ठाउ कुठाउ भाषण गर्दे हिँड्नु, रक्षामन्त्री राम बहादुर थापालाई नै ब्यारेक निरिक्षण गर्ने नदिनु जस्ता कुराहरुले माओबादीहरु कटुवालसँग असन्तुष्ट हुनु बुझ्ने कुरा हो। शान्ति सम्झौतामा दुबै पक्षले नया सेना भर्ती नगर्ने भन्ने कुरा उल्लेख हुँदा हुँदै “ नया होइन, पुरानो खाली भएको पदमात्र पूर्ती गर्न लागेको” भन्ने आफुखुशी ब्याख्या गरी सेना भर्ना खोल्नु पनि बेइमानी नै हो। देशमा कुनै युद्ध हुन लागेको थिएन; सरकारसंग बिमती राख्दे भर्ना खोल्नु पर्ने कुनै हत्तारो थिएन। ती दुई चार सय सेनाको भर्ती नखोल्दा के नै बिग्रिहाल्थ्यो र? माओबादीहरुले पनि आफ्नो सेनालाई बैकल्पिक रोजगार, अद्यौगिक सुरक्षा बल वा अन्य यस्तै बिकल्पतिर लानु भन्दा एकमुष्ट नेपाली सेनामा समायोजन गर्ने खोज्नाले पनि शंका त उब्जाइहाल्छ। एउटा राजनैतिक बिचारधाराद्वारा प्रशिक्षित दिक्षीत ब्यक्तिहरु राष्ट्रिय सेनामा सामुहिकरुपमा प्रवेश गराउँदा भोली तराइका कोब्रा, टाईगर, भाइरस किलर्स सबैले त्यहि माग राख्न सक्छन्। माओबादीले त्यो मान्न सक्छन्? मधेशीवादी दलहरुले पनि सेनामा समुहगत प्रबेश खोजिरहेकाछन्। यदि माओबादी राष्ट्रिय राजनीतिको मुलधारमा आउने हो, लोकतान्त्रिक हुने हो र आफ्नो अधिनायकबाद लाद्ने ऊद्धेश्य होईन भने किन चाहियो आफ्नो सेनाको समुहगत प्रवेश यहां दुबैको नियत स्पष्ट छैन। एकले अर्कालाई कसरी हुन्छ, सिध्याउने भन्ने भित्रि मनसायले काम गरिरहेकोछ। माओबादी नागरिक सर्बोच्चताको नाममा आफ्नो पार्टीको सर्बोच्चता कायम गर्न चाहन्छन् भने माओबादी इत्तर पार्टीहरु त्यो रोक्न चाहन्छन्।

नागरिक सर्बोच्चता भन्ने तर प्रधानमन्त्री पद किस्तिमा लिएर प्रचण्ड कहिले उपेन्द्र यादवकोमा पुग्छन् त कहिले झलनाथकोमा। कहिले रामचन्द्रको त कहिले सुजाताकोमा। के माधव नेपाललाई हटाउनु नै नागरिक सर्बोच्चता हो त? रामवरण यादवलाई हटाएर गिरिजाप्रसादलाई राष्ट्रपति बनाउदा पनि नागरिक सर्बोच्चता हुन्छ त? माधव नेपालको सरकार हटाएपछि आफ्नो नेत्तृत्वमा सरकार बनाउन माओबादीसंग बहुमत छ त? त्यस्को लागि फेरि काँग्रेस वा एमालेको समर्थन त चाहियो नै होइन र? तर अहिले माओबादीहरु रामवरण वा माधव नेपालको राजीनामाबाट ओर्लिएर सेनापति प्रकरणमा राष्ट्रपतिबाट गल्ती भएको कुरा राष्ट्रपतिलाई स्वीकार गर्न लगाउन वा कुनै तरिकाबाट उनीहरुको मागलाई सम्बोधन गरिएको वाक्यांश सहमतीमा पार्न कोशीस गरिरहेकाछन् जसलाइ एमाले र कांग्रेसले प्रतीष्ठाको वा त्यो भन्दा पनि अभिमानको बिषय बनाईरेकाछन्। सहमतीका हरेक खेस्राहरु “भाषा नमिले”का कारणले अस्विकृत भईरहेकाछन् र देश झन झन गम्भीर संकटतिर बढिरहेको छ। भाषणहरुमा “तीन दलहरु बिच सहमतीको कुनै बिकल्प छैन “ भन्छन् तर त्यो सहमती भनेको आफुले भनेको अर्काले माने मात्र हुन्छ, नत्र हुँदैन।

जातीयताको आधारमा देशमा गणराज्यहरु निर्माण भइरहेकाछन्। मन्त्रीका गाडीहरु फुटिरहेका छन्। यी पार्टीका वर्गीय संगठनहरु जिल्ला जिल्लामा लडिरहेकाछन्। एकले अर्काको रगत बगाइरहेकाछन् र एकले अर्काको आक्रमणको बिरोधमा बन्द आह्वान गरेर सर्बसाधारणहरुलाई दु:ख पनि दिइरहेकाछन्। पसल, सवारी साधन, विद्यालय, कलकारखाना बन्द गरेर मानिसहरुको मानव अधिकार, स्वतन्त्रतामा दखल पुर्याएर यी शर्महीनहरु आफ्नो कार्यक्रम “अदभुत” सफल भएको गर्व गर्छन्। देशबाट रोजगार, शिक्षाको नाममा युवा शक्ति पलाएन भइरहेकोछ। पूंजी पलाएन भइरहेकोछ। शान्ती सुरक्षाको श्थिति भयावह भइरहेकोछ। बिदेशी हस्तक्षेप बढ्दोछ। यो कुराको हेक्का न सरकार पक्षलाई छ, न माओबादीहरुलाई। देश एउटा असफल राष्ट्र हुन लागिरहेकोछ। तर यी नेताहरु आ-आफ्ना अभिमानमा देशलाई बन्धक बनाइरहेका छन्। शाब्दीक जालमा देशलाई अल्झाईरहेकाछन्। प्रधानमन्त्री लज्जाहिन भएर मेरो सरकारलाई भारत र चीन दुबैको समर्थन छ भनेर भन्दैछन्। यसरी बिदेशीको समर्थनमा फुरुंग हुन सुहाउने कुरो हो? देशमा युद्ध चर्किदै जाने हो भने भोली यहाँ त्यही चिनीया र भारतीय ट्यांकहरु नेपालमा गुड्न थाल्नेछन्। देश सिक्किम वा तिब्बत नै बन्न पुग्नेछ। देश नै गुमे पछि न माओबादी वा न कांग्रेस वा एमाले रहनेछन्।

माओबादीहरु सहि हुन या गलत तर देशको एउटा वास्तबिकताको पाटो त हुन्। कि उनीहरुलाई निमिट्यान्न पार्न सक्न पर्यो। गिरिजा, शेर बहादुर, ज्ञानेन्द्रहरुले प्रयास गरेकै हुन् तर सकेनन्। माधव कुमार नेपाल आफैले सिलिगुढी देखि पटना धाएर माओबादीहरुलाई राजनीतिको मूलधारमा ल्याउन प्रयास गरेको हुँ भन्छन्। गिरिजा बाबु मैले नै माओबादीलाई राजनीतिको मुलधारमा ल्याँए भन्नु हुन्छ भने अहिले किन हलो अड्किरहेको छ? किन शब्द चयनमा सहमती हुन सकिरहेको छैन? राष्ट्रपतिको प्रतिष्ठा ठूलो कि देशको अस्तित्वको? आ-आफ्नो पद र अभिमानसंग टाँसिएर देशलाई बर्बादीको दिशातिर उन्मुख गर्नु भन्दा माओबादीहरुसंग अधिकतम सौदावाजी गरेर, माओबादी सेनाको उचित ब्यबश्थापन(समायोजन होईन), राज्य संरचना, संबिधान निर्माण आदि कुरामा प्रजातन्त्रका मुलभुत कुराहरुमा उनीहरुको प्रतिबद्धता लिएर प्रधानमन्त्री वा राष्ट्रपति दुबैले राजीनामा दिंदा श्थिति साम्य हुन्छ भने त्यो पनि गर्नु पर्छ। माओबादीहरुले पनि जनगणतन्त्र, साम्यवाद जस्ता बिश्वबाट असफल सिद्ध भइसकेका प्रणालीलाई नेपालमा लागु गर्ने सपना छोडिदिए हुन्छ। अहिलेको यूग प्रजातन्त्रको युग हो। यूरोपेली, अमेरीकी, पूर्वी एशियाली राष्ट्रहरुले कसरी आर्थिक उन्नती गरे, त्यो अध्यन गर्नू, सिक्नू र नेपालमा लागू गर्नू। आफू भ्रष्ट नहुनू, भ्रष्टाचारलाई प्रश्रय नदिनू। कानूनी राज्यलाई ब्यबहारमा लागू गर्नू। दण्डहिनता निर्मुल गर्नू। देशको उत्पादकत्व कसरी बढ्छ; अधिकतम रोजगारी कसरी सिर्जना हुन्छ; शिक्षा, श्वास्थ्य जस्ता कुरामा सबैको पहुंच कसरी हुन्छ ; त्यो कुरा खोज्नू र लागू गर्नू। अनि किन चाहिन्छ, नानाथरीको वाद र बिचारधारा? स्विटजरल्याण्ड, नर्वे, अमेरिका जानु भएकै छ। त्यँहा माओको सिद्दान्तले प्रगति भएको पक्कै होइन, प्रचण्डज्यू।


December 16, 2009

नौलौ पानाको शुरवात !!


ए रीति भन्नेहरू

यो समाज भन्नेहरू

परंपरा मान्नेहरू

के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई

जो सुन्दर संसारको लागि

गर्भाधान हुन आतुर थिए?

साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ

कसैको उत्तेजना र रहरको चपेटामा

आफूलाई समाहित गर्न चाहन्नँ।


म राजी खुशीले

संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु

के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए

फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?

जो नयाँ गन्तब्यमा प्रेरित थिए
हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?


तिमी फेरी भन्छौ होला,

संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो?
के नारी मात्रै संस्कार हो?!!


भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म त्यस्ता परंपरा
जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू

जसले नेल भई मलाई बाँधेको छ
धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!

च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि नौलो पानाको शुरुवात हो !!


December 15, 2009

अनेसास यूएई च्याप्टरका अध्यक्ष बालचन्द्र पोख्रेलको बिदाई

गत हप्ता अनेसास यूएई च्याप्टरका संस्थापक अध्यक्ष बालचन्द्र पोख्रेललाई दुबईको नेपाली रेष्टुरेण्टमा एक समारोहका बिच अनेसास यूएई च्याप्टरले दोसल्ला ओडाई बिदाई गर्यो ।
कार्यरत कम्पनीले यूएईबाट अर्को देशमा सरुवा गरेको कारण उनी यूएई छोडी जान लागेका हुन् । नेपाल पत्रकार महासँघ सम्पर्क शाखा यूएई तथा विश्व पत्रकार साजालका संयोजक मोहम्मद जाकिर हुसैनको प्रमुख आथित्य तथा अनेसास यूएई च्याप्टरका का।वा अध्यक्ष पर्शुराम खरालको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रम संस्थाका महासचिव प्रकाश भट्राईले साचालन गरेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार साहित्यकार तथा अन्य प्रवासी नेपालीहरुको उपस्थिति रहेको उक्त विदाई कार्यक्रममा एनआरएनए एन सि सिका प्रवक्ता तथा पत्रकार लोकनाथ सुवेदीले यूएईमा रहेका साहित्यिक संस्थाहरुलाई एक हुन अनुरोध गर्दै वालचन्द्र पोख्रेलको कार्यकालमा यूएईमा भएका साहित्यिक गतिविधीहरुको प्रशंसा गरेका थिए । संस्थागत रुपमा मात्र नभएर हामी ब्यक्तिगतमा पनि नजिकका साथीहरु थियौ । हामी एकै ठाउँमा नभए पनि विभिन्न ठाउँबाट विभिन्न तरिकाले नजिक हुन सक्छौ । संस्था स्थापना गर्न मात्र नभएर यसलाई अगाडी बढाउन संस्थाको प्रमुखको अति आवश्यक रहने छ । उहाँ यहाँबाट जुनसुकै ठाउँमा गए पनि यहाँको प्रगति होस् र यहाँ भन्दा पनि अझै प्रगतिहोस भनेका थिए । नेपाली समाज यूएईका महासचिव नारायण अधिकारीले विदाई आफैमा दुखद भएता पनि उहाँ यसबाट अर्को देशमा जाँदै हुनुहुन्छ दुवईमा उहाँले सस्था तथा सामाजिक कार्यमा जसरी लाग्नु भएको थियो अर्को देशमा पनि यसरीनै लाग्नको लागि अनुरोघ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासँघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसेनले आज हामी बालचन्द्र पोख्रेललाई विदाई गर्दै छौ । आज उहाँकै अगाडी उहाँले गरेका कार्यको प्रशंसा गर्न पाएका छौ । मैले बालचन्द्र पोख्रेलको ३ वटा कार्यको प्रशंसा गर्दै छु । पहिलो त यूएईमा पहिलो अन्तराष्टिृय स्तरको संस्था अनेसासको स्थापना काममा उहाँको पहल यॊ योगदान कसैले भुल्न सक्दैन । अर्को कुरा यूएईमा नेपाली पत्रकारितालाई समाचार मूलक पत्रकारिताको सूरुवात पहिलो पटक पि्रन्ट पाक्षिक पत्रिका देउरली पत्रिका निकालेर। अर्को कुरा अनलाईन पत्रिका नेपाल दुवई डट् कमको थालनी केही दिनकै फरकमा आएका दुई वटा अनलाईन पत्रिकामा नेपाल दुवई डट् कम अगाडी आएको थियो । सायद यो ३ कुरा यूएईमा बालचनद्र पोख्रेलले मात्र गरेका थिए । यस्तो ब्यक्तित्वोलाई यूएईबाट विदाई गर्दा दुख लागेको छ । कुनै पनि साथीहरुबाट कुनै गुनासाहरु भएमा यहीनै भुलेर जान भन्दै आगामी दिनहरुमा यि तिन कुराहरुमात्र नभएर अरु कुराहरु पनि यूएईलाई दिन अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि जाकिर हुसैनले दोसल्ला तथा अनेसासका सल्लाहकार खेमनाथ पौडेलले फुलको माला पहिराई विदाई सम्मान गरिएको थियो भने अनेसास यूएई च्याप्टरले संस्थालाई अहिले सम्म पुराएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरेको थियो ।
विदाई कार्यक्रमको अन्त्यमा विदा हुँदै जान लागेका अनेसासका संस्थापक सभापति बालचन्द्र पोख्रेलले साथीहरुलाई छोडेर जान मन त नलागेको तर पनि स्वदेश फर्कनै पर्ने भएको बताए । आफुले यति करिव ४ बर्षको अवधिमा यति धेरै कार्य गरेको जस्तो अनुभव नभएको तर मलाई यतिका साथीहरुले यसरी सम्मान गरी माला लगाई दिदा यो माला यही राखी बसौ कि जस्तो भएको बताए । मैले यहाँबाट जाँदा तपाईहरु सबैको मायाँ छातीभीत्र लिएर जाँदैछु । जहाँ गए पनि जहाँ रहे पनि यो संस्था तथा तपाईहरु मेरो नजिक हुनुहुने छ । यो संस्था यो अवस्थामा ल्याउन म एक्लैको मात्र देन छैन । बुद्धिजीवी सल्लाहकार साथीहरु यस संस्थामा स्थापना काल देखीनै कार्यरत पदाधिकारीहरु यहाँ रहेका साहित्यिक ब्यक्तिहरु तथा केन्द्रका पदाधिकारीहरुको साथलेनै यो संस्था यहाँ सम्म पुगेको बताए । स्थापना कालदेखी अहिले सम्म यस साहित्यिक संस्थाले आयोजना गरेको कार्यक्रममा यहाँ स्थापना भएका संघसंस्थाहरुको सहयोग र प्रतिनिधीहरुको उपस्थिति रहि रहयो । अहिले सम्म यस संस्थाले विभिन्न साहित्यिक कार्यक्रम लगायत विभिन्न विधाका साहित्यिक पुस्तकहरु प्रकाशन गर्न सफल भयो यो निरन्तर रहिरहोस भन्ने अनुरोघ गर्दै आफु यस देश छोडेर देश विदेशको जुनसुकै कुनामा गएता पनि जुनसुकै माध्ययमबाट पनि म यो संस्थालाई निरन्तर सहयोग गर्ने छु । यहाँ रहेका साथीहरुले आफु एक्लो भएको महसुस नगर्न अनुरोध गछु । पोख्रेलले यूएईमा रहदा साथीहरुसँग घुलमेल हुँदा तिता मिठा केही भएका होलान् तितालाई भुलेर मिठालाई मात्र सम्झन उपस्थित साथीहरुलाई भने ।
अनेसास यूएई च्याप्टरका कावा सभापति पर्शुराम खरालले विदाई सम्मानको अन्त्यमा अनेसास यूएई च्याप्टरले संस्थाको अभिभावक साथी निस्वार्थी एक योद्धालाई यहाँबाट हामीले विदाई गर्नु परेको छ । विदेशमा रहेर पनि पोख्रेलले नेपाली भाषा कला साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा पुराउनु भएको योगदान अति प्रशंसनिय छ । जहा रहेपनि उहाँबाट सल्लाह सुझाव पाउने आशामा हामी छौ । संस्थालाई जन्माउनु ठुलो कुरा होईन तर हुर्काउन बढाउन अती गाह्रो हुन्छ । यस सस्थालाई यहाँ सम्म ल्याउन उहाँले जुन ठुलो दुख भोग्नु भयो सायद हामीले त्यो दुख भोक्न त पर्दैन होला तर पनि हामीले यस अवस्थामा चुनौतिपूर्णनै लिनु पर्ने हुन्छ । उहाँले संस्थालाई दिनु भएको योगदान सदैव रहिरहने छ । संस्थालाई देखाउनु भएको बाटोमा हामी लाग्ने प्रतिवद्धता गर्दछौ उहाँको कार्यकालमा बाँकी रहेका कार्यहरु अवस्य हामीले पुरा गर्ने छौ भन्दै कार्यक्रम समाप्त गरिएको घोषणा गरिएका थिए ।

यूएईमा रहेका एनेकपा माओवदीका भातृसंगठन एकिकृत

गत डिसेन्वर ११ तारिक शुक्रवारका दिन अबुधावीको केरला सेन्टरमा विगत लामो समयदेखि यूएईमा दुई खेमामा देखिएका एनेकपा माओवादीका भातृसंगठन नेपाली जन प्रगतीशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतीशील मञ्च एकिकृत भएको घोषणा गरेका छन् ।

गत अक्टोवरमा यूएईको भ्रमणमा आएका ऐनेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माको पहलमा दुवै संगठनका कार्यकर्ताहरुबिच वार्ता भई एक भएका हुन् । गत अक्टोवरमा नै एक भए पनि समय अभावको कारण उक्त समयमा घोषणा गर्न नसकिएको र केन्दि्रय स्तरका नेताको उपस्थितिमा मात्र एकिकृत भएको घोषणा गर्ने भनेर आजको समय सम्म पर्खेको उक्त कार्यक्रमका सभापतित्व गरेका उक्तम अधिकारीले बताए ।

कतार, बहरायन, साउदी अरबको भ्रमण सकी यूएईको भ्रमणमा आएका एकीकृत नेकपा माओवादीका केन्दि्रय सदस्य तथा विदेश विभाग राज्य समिति इन्चार्ज इन्द्रमोहन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा नयां कार्यसमितीको घोषणा गरिएको थियो ।

नेपाली जनाप्रगतिशील मञ्च र एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले स्थापना भएदेखी हालसम्म गरेका कार्यहरुको बारेमा क्रमश रमेश बेलवासे र बसन्तराज पोख्रेलले प्रस्तुत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च गत केही महिना पहिला दुवईमा ईराक काण्डबाट अति प्रख्यात भएको थियो । विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धारदेखी लिएर यूएईका विभिन्न स्थानमा आफ्नो संगठन विस्तार गरेको थियो भने केन्दि्रय स्तरका नेताहरुलाई यूएईमा निम्त्याई आफ्ना कार्यकर्ताहरुलाई सैदान्तिक प्रशिक्षण दिलाएको थियो । साथै नेपालमा बेला बेलामा घट्ने घटनाहरुको बारेमा यूएईबाट पनि ऐक्यबद्धता जनाउदै आएको थियो भने अर्को एनेकपा माओवादीको भातृसंगठन एकिकृत प्रवासी नेपाली प्रगतिशील मञ्चले विभिन्न समयमा सास्कृतिक कार्यक्रमहरु मात्र गर्दै आएको देखिएको थियो । विभन्न कार्यक्रमहरु तथा केन्दि्रय स्तरका नेताहरु आउंदा यहांका पत्रकार तथा समाजसेवीहरुले एउटै पार्टीका दुईवटा भातृसंगठन किन भनी बारम्बार प्रस्नहरु सोध्ने गर्दथे । अब भने दुवै एकिकृत भएपछि सबैको प्रश्नको हल भएको छ ।

कं दुर्गादत्त पोखरेलको अध्यक्षतामा २७ सदस्य केन्दि्रय समितीका पदाधिकारीहरको उक्त सभामा घोषणा गरिएको थियो जसमा , उपाध्यक्ष उत्तम अधिकारी, महासचिव स्याम परियार, सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष मधुरकर वेलवासे र सदस्यहरुमा क्रमश रविरवण अधिकारी, कृष्ण भाट, ऐकेन्द्र थापा, जगत खनाल, मिलन लिम्बु, गणेश बेलबासे, निल प्रसाद लामिछाने, धर्मदत्त ढकाल, राजेश खडका , रमेश जिसी, बशन्तराज पोख्रेल, हेमन्त पौडेल, राजु रोका, शम्भु बाईबा, निमकान्त पाण्डे, प्रकाश रायमाझी, कृष्ण अधीकारी, दान बहादुर राजकोटी, राजाराम लामिछाने, कमल लम्साल, रमेस बेल्बासे, समर बहादुर खत्रि रहेका छन् भने ५ सदस्यीय सल्लाहकार समितिमा सम्योजक पिताम्वर पोख्रेल, सह सम्योजक चन्द्र बहादुर रोकाय सदस्यहरुमा भिम, के.बि ग्वाड., र सुर्यकान्त सेडाई रहेका छन् । महासचिव स्याम परियारले सञ्चालन गरेको उक्त कार्यक्रममा संगठनको प्रतिवेदन रमेश बेलवासेले प्रस्तुत गरेका थिए ।

नयां कार्य समितीको घोषणा लगत्तै प्रमुख अतिथि तथा एनेकपा माओवादीका नेता बसन्त मोहन सिक्देलले नयां कार्यसमितीलाई बधाई तथा शुभकामना दिदै नेपालमा चलिरहेको आन्दोलनलाई कुनै न कुनै माध्ययमबाट सहयोग गर्न अनुरोध गरे । सभामा उपस्थित पार्टीका कार्यकर्ताहरुलाई भर्खरै बसेको केन्दि्र्रय समितिको बैठकले गरेका निर्णयहरु साथै भावी दिनमा पार्टीका रणनिती तथा योजनाहरुको बारेमा प्रस्टाएका थिए भने अहिले भईरहेको क्रान्ति जोखिममा रहेको बताउदै उनले कार्यकर्ताहरुलाई सजग पनि गराए । विदेशी प्रभूहरुले हाम्रो क्रान्ति सफल हुन चाहिरहेका छ्रैनन् । अहिले नेपालको राजनिती विजयको प्रवल सम्भावना को नजिक छ हामी सामन्तहरुको घेराबन्दीमा छौ हाम्रा रणनिती योजनाहरुलाई ठिक ढंगले सञ्चालन गर्न सकेनौ भने हामी ठुलो पराजयको संघारमा पनि पुग्न सक्छौ । नेपालको अहिलेको राजनितीलाई विश्वका ठुला ठुला राष्ट्हरुले हेरीरहेका छन् । उनले क्रान्ति खतरामा रहेको पनि संकेत गर्दै विपक्षीहरुले हामीलाई सिद्धाउन पनि कोशिष गरेका छन् । उनले अहिले भईरहेको क्रान्तिको उदाहरण दिदै हामी सुरीलो रुखको टुप्पोमा रहेको फल टिप्न लागी रहेका छौ र हामी टुप्पोमा पुग्नै लागेका पनि छौ । रुखको अली तलैबाट खस्दा धेरै नोक्सान हुंदैन तर टुप्पोबाट खस्नेहो भने हामी खतम हुन्छौ टुप्पोमा रहेको फल टिप्ने हो भने हामी सफल हुन्छौ भन्दै अहिलको अवस्थाको बारेमा उदाहरण दिए । विश्वका विभिन्न देशमा कम्यूनिष्टहरुका आन्दोलनहरुलाई उदाहरण लिन पनि सकिन्छ उनिहरुलाई प्रतिक्रृयाबादीले कसरी खतम पारे त्यसरीनै हामीलाई प्रतिकृयाबादीले सिद्धाउन खोज्दैछन् । पहिला पनि हामीलाई सिद्धाउन खोजेका थिए । हाम्रो पार्टीको सही कार्यनिती, रणनिती र कार्यलाई अगाडी बढाउन सक्यौ भने सफल हुन सक्छौ । हाम्रो क्रान्तिलाई कता मोड्ने कता तिर लाग्ने हामी अत्यन्त संवेदनशिल, जोखिमपूर्ण र सम्भावनाको अवस्थामा रहेको कार्यकर्ताहरुलाई जानकारी गराए ।

अन्त्यमा उक्त सभाका सभापतित्व गरिरहेका उत्तम अधिकारीले हिजोका दिनमा हामी त्यताको र यताको भन्दै हिड्ने गरेका थियौ भने आजदेखि हामी एक भएका छौ । हामीले यूएईको सन्दर्भमा अझै महत्वपूर्ण कामहरु गर्न बांकीनै रहेको बताउदै कार्यक्रम समापन गरेको घोषणा गरे ।

नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेका विगतका कार्यक्रमहरु भन्दा यो कार्यक्रम अलि भिन्न प्रकारको थियो । पहिला गर्ने कार्यक्रमहरुमा कार्यकर्ताहरुको उपस्थिती अतिनै बाक्लो हुने गर्दथ्यो भने भने नयां घोषणा सभा भएता पनि कार्यकर्ताहरुको उपस्थिति अति न्यून थियो । उक्त सभामा एक जना महिलाको पनि उपस्थिति देखिएन ताकि क्रान्तिकारी महिलासंघ घोषणा गर्ने योजना रहेको प्रतिवेदनमा बताईएको थियो । उक्त घोषणा सभा बिहान १२ बजे देखि सुरु भई दिनको साढे ४ बजे समाप्त भएको थियो ।