June 25, 2010

एप्पल धमाका :

:-कृष्ण पौडेल

दश वर्ष अघि लगभग मृत मानिसकिएको ‘एप्पल’ ले केही हप्ता अघि कम्प्युटर सम्राट मानिएको बिल गेट्सको ‘माइक्रोसफ्ट’ लाइ जितेर संसारको सबैभन्दा ठूलो कम्प्युटर ब्राण्ड बन्ने सौभाग्य जित्यो । माइक्रोसफ्टको लगभग २१९ अरब डलरको ब्राण्ड भ्यालुलाई उछिनेर आफ्नो समग्र ब्राण्डको मूल्य २२२ अरब पुर्याउँदा ‘एप्पल’ को लेटेष्ट सेनसेसन ‘आइप्याड’ मात्र एक हप्ताको आयूसहित बजारमा प्रवेश गरेको मात्र थियो । पोर्टेबल कम्प्युटर रूपी, मल्टिमिडिया डिभाइस र इण्टर्याक्टिब कम्युनिकेसन डिभाइसको रूपमा काम गर्ने क्षमता भएको यो आधुनिक ‘खरीपाटी’ जस्तो ‘आइप्याड’ लाई केही महिना अघि बजारमा ल्याउनु पूर्व ‘एप्पल’ ले उद्घोष गर्दै गर्दा कतिपयले , यो ‘प्याड’ लाई रजस्वाला आईमाइको गुप्ताङ्ग छोप्ने कुराको जस्तो नाम राखेर पनि के चल्ला भनेर खिसिट्युरी नगरेका हैनन् । तर लञ्च गरिएको छोटो समयमा नै लगभग ३० लाख भन्दा बढि प्रति बिक्रि भएर ‘आइप्याडले’ कीर्तिमान कायम गरिसकेको छ । यो बिक्रिको गति विश्वभर प्रतिमिनट ४५ हजार प्रतिसम्म पुगेको थियो भन्ने आँकडाले यसको लोकप्रियतालाई उजागर गर्छ । आइप्याडको क्रेज अझै विस्तार हुने क्रममा छ र यसले नया कीर्तिमान कायम गर्दै आफ्नो साम्राज्य विस्तार गरिरहेछ । मल्टिटास्किङको अभाव, फ्लास भिडियो हेर्ने एडोबे सफ्टवेयरलाई नराख्नु, युएसबी पोर्ट र क्यामरारहित भएर थुप्रै आलोचना र त्रूटिका बीच पनि ‘आइप्याड’ को क्रेज डढेलो झैँ बढेको देख्न पाइन्छ ।

तर यहाँ चर्चा नगरी नहुने विषय भने ‘एप्पल’ले हिजो मात्र वितरण थालेको एप्पल आइफोन-४ को हो । हिजो जुलाइ २४ मा अमेरिकी फोन कम्पनी एटिएनटी र एप्पल स्टोर बा बिक्रि वितरण थालिनु पूर्व नै प्रि –अर्डरबाट ६ लाख प्रति आइफोन -४ बिक्रि भैसेकेको तथ्य आइपुगेको छ । उता पहिलो अन्तर्राष्ट्रिय चरणमा बिक्रि खुला गरिएका , देशहरू: जापान, जर्मनी, फ्रान्स , बेलायत र अमेरिकी स्टोरहरूमा बिक्रि शुरू गरिएको केही घण्टामा ‘आइफोन -४’ को स्टक रित्तिएको छ । यस्तो देखिन्छ , अब आइफोन-४ का लागि आन्दोलन पो हुने हो कि !



मनोज गजुरेलको नक्कली अमेरीका

मनोज गजुरेल,हास्य कलाकार। स्टेजमा मुकुट लगाएर कहिले राजा त कहिले सर्बहारा बन्छन। बेलाबेलामा समसामयिक लेख जस्तै देखिने हाउडे लेख लेख्छन। हाउडे यस अर्थमा कि लेख साच्चै हो कि जस्तो लाग्छ तर पूरा बकम्फुस। लेख न हो,त्यसमा हाऊ भाऊ देखिने हैन क्यार, रिसाय पनि हासे पनि उही क देखी ज्ञ सम्मका अक्षर उस्तै देखिन्छन। सायद केही पहिले दिनेश भाइ झुक्किएर यिनै गजुरेलको बकम्फुसे लेखलाइ स्रोध ठानेका।


एउटा चतुरेकै लेखमा किन जोहोरी खेल्नु पर्यो त भन्नुहोला। यस्तै चतुरेका कथाहरुमा थरै रुमलिएका छन र अमेरिकालाई त्यस्तै ठान्छन। एक पटक अमेरिका आएकै २-४ दिनमा फिल्ममा देखिए जस्तै देखासिकी गर्दा एक हप्ता भित्रै अमेरिका आएका बिध्धार्थी संधैको लागी नेपाल फर्कनुपरेको थियो। चलचित्रमा देखिए जस्तो अमेरिका त्यस्तो छैन। नत यिनै चतुरेको दाऊपेच जस्तो छ।


अमेरिका एउटा धर्म निरीपक्ष देश हो। तर अचम्म सरकार खुलेरै कुरा गर्छ "अन गड भी ट्रष्ट",अर्थात हामी भगवानमा विस्वास गर्छौं। हरेक परिवार प्रत्यक आइतबार चर्च जान्छन। क्रिस्चियिन मात्र होइन जिउज पनि हप्तै पिच्छे आफ्नो टेम्पल जान्छन। बाताबरण त्यस्तै भएर हो कि अमेरिका छिरेका मुस्लिमहरु पछी धर्ममा अतिबादी बन्न पूग्छन। यो त तपाईहरुले समाचारमा पढ्नु भएकै होला। हिजो मात्र १० जना अमेरीकी मुस्लिमले पाकिस्तानमा म्रित्युदण्ड पाए। भारती, नेपाली पनि हप्ताको अन्त्यमा मन्दिर तिरै जाने जमर्को गर्छन।


June 22, 2010

उत्तर कोरियन फुटबल खेलाडीहरू प्रति

-एकलव्य
उत्तर कोरिया आधुनिक संसारको एउटा त्यस्तो मुलुक हो जसका बारेमा बाँकि विश्वलाई कमै जानकारी छ । कोही भन्छन् यो आधुनिक विश्वको एक ब्लयाक होल हो । कम्युनिष्ट राजनीतिले चलेको यो मुलुकको बिचित्र जहानिया गणतन्त्रमा संस्थापक नेता किम इल सुङको मृत्यू पछि उनका छोरा किम इल जोङ र अब उनका पनि छोरा अर्का किमलाई राष्ट्र प्रमुखका रूपमा तयार पारिँदैछ । उत्तर कोरियामा खाद्यान्न संकट र अनिकाल सदाबहार विशेषता भएकाले , यहाँ जनताको जीवन निरिह र हरितन्नम गरीब बनेको कुरा बेलबखत अन्तर्राष्ट्रिय समाचारमा देखा पर्ने गर्छन् ।  बार्गेनिङ गर्नु उत्तर कोरियाको राजनैतिक चरित्र हो । यो बाहेक दक्षिण कोरिया र जापानका नागरिकहरूको बेलबखत उत्तर कोरियन जासूसी संयन्त्रबाट हुनेरग नेसन ( rogue nation )वा धूर्त मुलुकको रूपमा सूचिकृत गरेको उत्तर कोरिया आफ्ना विचित्रतम व्यवहारबाट चर्चामा आइरहने भए पनि , विशेषत: छिमेकी साम्यवादी मुलक चीनको आशीर्वादबाट केहि हदसम्म आशवस्त देखिन्छ ।
अनिकालका बीच पनि परमाणु बम बनाउने एक बुँदे रटमा लागेर बाँकि विश्वको ध्यान खिच्दै त्यही सूत्र मार्फत खाद्यान्न र आर्थिक मद्दतको


कृष्णपक्ष ब्लगयात्रा

ब्लग भित्र ब्लग दौंतरीको नियमित स्तम्भ हो। यो स्तम्भबाट नेपाली ब्लगरहरुलाई पाठक माझ प्रस्तुत गराएर उहांहरुको ब्लग जिबनबारे उजागर गर्न प्रयास गर्दछौं। पूराना ब्लग गफ हेर्ने ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला।
यस पटक ब्लग भित्र ब्लगमा कृष्णपक्षलाई निम्ताएका छौं। उहां मुख्य रुपमा कृष्णपक्षमा साथै मेरो सन्देशमा ब्लगिगं गर्नुहुन्छ। प्रस्तुत छ कृष्णपक्षसंगको ब्लग गफ।

१)ब्लग के का लागी लेख्नुहुन्छ? -प्रत्येक टाँसोमा थोरै भए पनि सामाजिक सन्देश सम्प्रेषित होस् भन्ने मेरो अभिप्सा रहन्छ, यद्यपि मेरो ब्लग लेखनको मूल अभिप्राय भनेको आत्मसन्तुष्टि नै हो ।


June 19, 2010

मान्छे

संसार हो साथी मान्छेले ढुङो नि देउता बनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन


असुरक्षित पूर्वोत्तर भारतका नेपालीहरूको पीडा

- कृष्ण पौडेल

बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।

स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?

यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।