August 16, 2025

वेदको परिचय

 डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”

मानव सभ्यताको लामो कालखण्डसम्म सारा संसारको जीवन–दर्शनले “वेद” बाट मूल आधार प्राप्त गरेको विश्वास गरिन्छ । नेपालजस्ता भारतवर्षका भू–खण्डमा त भफ्न् वेद एवं वैदिक परम्परालाई नै जीवन–दर्शनको एक मात्र दिग्दर्शक स्वीकारिएको थियो । कालान्तरमा वेदान्तर्गत तथा वेदबाह्यसमेत अनेक धार ाहरू विकास भए तापनि जरोचाहिँ वेद नै हो भन्ने चेतना पनि रहेकै देखिन्छ ।

वेदलाई नित्य, अनादि, अनन्त, सनातन मानिएको हुनाले भविष्यमा पनि यसले मानव सभ्यतालाई आलोकित पारिरहने, दिग्दर्शन गरिरहने नै छ ।

नेपालको परिप्रेक्ष्यमा, वर्तमानमा “वेद” हाम्रा धर्म, संस्कृति, दर्शन, ज्ञान, सभ्यता, रितिथिति, चालचलन, परम्परा, प्रचलन, व्यवहार सबैको मूल हो भन्ने, ठान्ने एवं मान्ने जनसमुदायमा पनि “वेद” बारे विशेष जानकारीको भने अभाव रहेको देखिन्छ । वेदलाई श्रद्धा गर्ने, पूजा गर्ने, तर वेदको पठन–पाठन, चिन्तन–मनन,

अन्वेषण–अनुशीलन गर्नचाहिँ नसकिरहेको अवस्थामा नेपाली समाज छ अहिले । हो; वेदबारे चासो, जिज्ञासा, सरोकार राख्ने र यसको अध्ययन– अन्वेषण–अनुशीलन गर्न चाहनेहरूको सब्ख्या भने पछिल्ला केही वर्षहरूमा निकै बढेको पाइएको छ । यसरी जनमानसमा वेदप्रतिको आकर्षण बढ्नु नेपाली समाजको सकारात्मक पक्ष हो ।

जरा काटिएको रुख जीवनदायिनी शत्तिफ्बाट वञ्चित हुन्छ र मर्छ । संस्कृति, सभ्यता एवं देश पनि आपफ््नो जीवनदायिनी स्रोतबाट विमुख भयो भने ढिलोचाँडो पतन हुन्छ हुन्छ । नेपाललाई विश्वकै अग्रणी मुलुक बनाउने हो भने आपफ््ना धर्म, संस्कृति, दर्शन, ज्ञान, सभ्यता, रितिथिति, चालचलन, परम्परा, प्रचलन, व्यवहार सबैको मूल

“वेद” लाई नेपाली समाजले अवलम्बन गर्नै पर्छ । वैदिक धाराको अक्षुण्ण प्रवाहले नै नेपाली समाजलाई जीवनदायिनी शत्तिफ् दिइरहन्छ । नेपाल वैदिक भूमि हो । वैदिक मन्त्र द्रष्टा ऋषिमुनिहरूको यो थलोको सभ्यता,

संस्कृति एवं विश्वदृष्टिको स्रोत वेद हो । वैदिक धाराको अविच्छिन्न प्रवाहले नै हामीलाई अति प्राचीन र अति नवीन दुवै पक्षहरूलाई समन्वय गरी व्यवहारमा अवलम्बन गर्न सक्षम बनाउँछ । वेदलाई चिन्नु, जान्नु एवं जीवनमा व्यवहारिकृत

बनाउनु नै सर्वाङ्गीण उन्नतिको दिशामा सही कदम हुनेछ । वेदबारे सामान्य जानकारी राख्नु नै वेदको अनुशीलनका मार्गमा पहिलो खुड्किलो हो ।



0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !