January 28, 2009

ब्लग भित्र ब्लगमा राम प्रसाद खनाल

ब्लग भित्र ब्लगमा दौंतरीले बिभिन्न ब्लगरहरुसंगको कुराकानी प्रस्तुत गर्ने गरेको सबैलाइ थाहै छ। पहिलाका ब्लगरको भलाकुसारी हेर्न ब्लग भित्र ब्लग स्तम्भमा जानुहोला। यस पटक nepalmother.com का ब्लगर राम प्रसाद खनाललाइ प्रस्तुत गरिएको छ। तर संबाद प्रस्तुत गर्न पहिले नै पेचिला कमेन्टहरु आइसकेका छन। सके सम्म यस्ता अप्रिय कमेन्ट नआउन भनेर सबैखाले प्रश्न राखिएको थियो। हुन त सबै प्रश्नको उत्तर प्राप्त भएन तर पनि यो संबादलाइ एक ब्लगरको संबाद ठानेर त्यसै अनुरुप कमेन्ट गरिदिनुहोला। समग्रमा यि ब्लगरलाइ कुनामा पेल्ने वा पाठकलाइ पनि मनका कुरा भन्न नदिने यो संबादकर्ताको आशय होइन।

राम प्रसाद जी हिजो आज के गर्दै हुनुहुन्छ?
- नेपाल मदर डट कम को सम्पादन, गीत लेखन, हात मुख जोर्न काम गर्नै पर्छ अमेरिकामा, त्यसैले वाल मार्टमा काम पनि गर्छु हप्ताको 40 घण्टा, कस्टमर् सर्भिस म्यानेजरको रुपमा ।

ब्लग तिर कसरी आइपुग्नुभयो? मदरनेपाल कस्तो साइट हो?
-बिगतमा २० बर्ष पत्रकारिता गर्दा को नसा ले अमेरिकामा पनि छाडेन, केही लेख्न, बोल्न मन लग्ने के गर्नु अनी शुरु भयो http://www.nepalmother.com/ . यो मेरो मनको तर राष्ट्रप्रतीको बह पोख्ने थलो हो भन्दा हुन्छ । नेपालमा बस्ने हुन वा बाहिर, सबैको साईट..."नेपाल आमा डट कम" का रुपमा बिकास गर्दैछु ।

तपाइको साईट त्यती ब्यबस्थीत रैनछ भन्दा चित्त दुख्ला?
-किन दुख्नु ? स्वाभाबिक हो । म कम्प्युटरको, नेटको नयाँ विद्यार्थी, अमेरिकामै आएर सिकेको, सबै आँफै गर्छु त्यसकारण सुरु सुरुको मेरो यो प्रयास तपाईंले भने जस्तै हुनसक्छ ।

ब्लगमा नित्तान्तक ब्यक्तीतक देखी नित्तान्तक राजनैतीक सामाग्री राख्नुभएको रहेछ यस्लाइ कसरी परिभाषित गर्नुहुन्छ?
- http://www.nepalmother.com/ यो मेरो न्युज साइट हो , यसमा तपाईं सबै चिज देख्न सक्नुहुन्छ तर http://www.ramprasadkhanal.blogspot.com/ भने मेरो नितान्त ब्यक्तिगत ब्लग हो, त्यसमा तपाईं मेरो बारेमा, मेरा गीत, सबै हेर्न सक्नुहुन्छ ।

तपाइको पुस्तक गुल्मी देखी अमेरीकासम्मको गुदी कुरो बताइदिनुहोस न?
- रामप्रसाद खनाल को हो ? कसरी रामप्रसाद खनाल भयो ? जान्ने एउटा सजिलो माध्यम हो "गुल्मी देखी अमेरीकासम्म" ।

नेपालमा गायक, पत्रकार, राष्ट्रिय मिडियामा काम गर्ने मान्छे कताबाट अमेरीका आइपुग्नुभयो?
- देशको हालत, शान्ति सुरक्षाको बिग्रदो अवस्था, अपराधीहरुको राज र धाकधम्की, काम गरेर खान पनि नपाईने अवस्था,सबैलाई थाहा भएकै कुरा होनी। त्यसैले अमेरिकामा बसेर नेपाल सम्झिरहनु पर्छ, मैले मात्रा होइन धेरै नेपालीले ।

नेपालका पदक र प्रमाण पत्रको महत्व अमेरिकामा होला र ?
- जान्ने लाई श्रीखन्ड नजान्ने लाई खुर्पाको बिड भनेझै हो अनुभब, प्रमाणपत्र, खुबी । नेपालको खुबी अमेरिकामा पनि काम लाग्छ अन्यत्र पनि काम लाग्छ, महत्व छ ।

कस्तो लाग्यो सुनिने र देखिने नेपाली अमेरीकिको जिबन?
- म पहिला पनि १२, १३ पटक अमेरिका आउनेजाने गरेको हो, अमेरिका सहित् २६ देश को भ्रमण्मा धेरै तिता मिठा अनुभब पनि छन । नेपाली आमिरीकन जिबन सुख दु:ख दुबइ मिस्रित छ । मेरो गीत "अमेरिका ग्रीन कार्डको खेल" सुन्नुस उत्तर त्यहा छ ।

नेपाली ब्लग जगत कस्तो लाग्यो बताइदिनुहोस न? के कस्ता छन नेपाली ब्लग र ब्लगरका राम्रा नराम्रा पक्ष?
- नेपाली माझ ब्लग, यो नौलो प्रयोग हो । तर एकाध बर्षमा यस्को लोकप्रियता बढ्दो छ । तर स्तरियतामा कमि छ । ब्लग को दुरुपयोग् पनि बढ्दो छ, समय ले आँफै फिल्टर गर्दै जान्छ जस्तो लाग्छ ।

तपाइलाइ संसारलाइ एउटा कुरा भन्न मन लागे के भन्नुहुन्छ?
- बाँच, बाँच्न देउ, काम गर, काम गरेर खान देउ ।

दौंतरी हेर्नेगर्नु भएको छ? दौंतरीलाइ सल्लाह सुझाब के दिनुहुन्छ?
- यस्को स्तरियता को म प्रसंसक हुँ । मलाई मात्र होइन सबैलाई यो साइट मन पर्नु पर्छ जस्तो लाग्छ । keep it up.

केही मैले भन्न छुटाएका तर तपाइला भन्न मन लागेका कुरा केही छन कि?
- म एउटा कलाकार हुँ, पत्रकार हुँ, मलाई कृपया स्वतन्त्र रुपमा कलाकारिता, पत्रकारिता, गीत संगीत को काम गर्न देउ, कुनै बाद् सँग नजोडीदेउ, काम गरेर खान देउ बश । यही हो सबैसंग भन्न मन लागेको कुरा।



56 Comments:

Prabesh said...

यो देशद्रोही रामप्रसाद खनाल हो ? मदन भण्डारीको अन्तिम अन्तरवार्ता भन्दै मनगढन्ते अन्तरवार्ता छाप्ने दलाल रामप्रसाद खनाल हो ? विद्युत प्राधिकरणको विज्ञापनको नाममा लाखौँ भ्रष्टाचार गर्ने रामप्रसाद खनाल हो ? १० वर्ष नेपालमा जात्रै भो भन्ने ज्ञानेन्द्रको टट्टु रामप्रसाद खनाल हो ? यो लाजसरम पचेको मान्छेलाई किन ल्याको होला ???
लाज पचाएर आफ्नो बायोडाटामा यस्तो लेखेको रै'छ:
1. The First Man from Nepal who has received an International Award 'Man of the Year 2004' By American International Organization ABI, Appointed to the 'Board of Advisor's for ABI and a Successful Candidate for 'The Contemporary who's who" Publication in the same time.
2. The First 'Folk Duet Singer' and Journalist Who have received Nepali Top Prestigious National Award 'Prakhyat Trisakti Patta' and 'Prabal Groakha Dakshin Bahu' from Head of the state of Nepal, for Continuously 2 years (2004 and 2005)
3. The First Youngest Nepali Folk Duet Singer who have received US Green Card (Permanent-Resident Card) by American Government, in a category of extra Ordinary ability EB-1, As a Nepali singer, Journalist.
4. Youngest Chief Editor & Publisher of Nepal, who has published his own news paper, at an age of 19 years.

Postak_Shrestha said...

ओहो, उजेलीजीले कती साह्रै भन्नु भा'को! रामप्रसादजी त तत्कालीन ब्यबस्थाका एउटा साना कारीन्दा न हुन्। मालिकहरुले उन्मुक्ति पाइरहेको बेला एउटा कारीन्दालाई के भन्नु? जे होस्, पढेको, सुनेको आधारमा रामप्रसादजी प्रति आम जनताको धारणा कस्तो छ, त्यो त उजेलीजीको प्रतिकृयाले बुझिहालिन्छ। तर खनालजी, तपाईलाई दौंतरीका पाठकहरु प्रति आफुबारे कुनै भ्रम रहेछ भन्ने लाग्छ भने त्यो भ्रम चिर्ने यो एउटा मौका हो। न भाग्नु होला।

Anonymous said...

राम प्रसाद होईन यो त चाप्लुसी प्रसाद हो , जन आन्दोलन को बेला मानिस गोलिले ढलिरहेको बेलामा यस्ले राजदरवार बाट पैसा लिएर ३ वटा क्यासेट सिडि राजाकै जयजयकार गर्दै निकालेको मलाई याद छ। कहिले छापिन्छ यो मान्छे को लेख, बरु म १ , २ हप्ता दौतरी नै हेर्न छोढ्छु । एडमिन ज्यु , यो आवाज मैले अहिले को रामप्रसाद लाई भन्दा पनि त्यो बेला को राम प्रसाद लाई पोखेको , मलाई घृणा छ एउटा, यस्तो चाप्लुसि बाज को !
जे होस उस्ले एउटा गर्व गर्ने काम चाहि गरेको छ , त्यो प्रचण्ड अम्रिका आको बेला मा "हजुर" भन्दै गएन ।
आसा छ मेरो कमेन्ट माई संसार को जसरी डिलिट हुने छैन । मैले मेरो भावना राखे र यो म म सहि छ ।

Anonymous said...

लौ है सत्य तथ्य के हो भ न्डाफोर गर्दै जानुस् है साथीहरु ।

ठरकि दादा said...

भनेको-सुनेको भन्दा पनि अब यहि बाट उनको बारेमा उचित धारणा बनाँउदा ठीक होला ।

उजेलीजीले त झनै विज्ञापन नै गरिदिनु भयो पो !।

राजाको मान्छे भन्दैमा बोल्नै नपाउने भन्ने कुरा चाहि मलाई पनि ठीक लागेन । यो ब्लग शुरु गर्दानै माओबादि देखी राजाबादीसम्म सबैले आफ्नो बिचार राख्न पाउन भन्ने उदेश्य राखिएको थीयो ।

मलाई पोस्तकजीको कुरा ठिक लाग्यो । यो हामि सबैको जान्ने र उनकोलागी सत्य तथ्य उजागार गर्ने राम्रो अवसर हो यो ।

बिचार राखे पछि भने त्यसको समर्थन वा विरोध जे पनि गर्न सकिन्छ । आउनुहोस हामी रचनात्मक विरोधकोलागी तयार भएर बसौं ।

अनुपजी!,

ढुक्क भएर बस्नुहोस मर्यादाको सिमा ननाघी गरिएको कमेन्ट यहाबाट डिलिट हुँदैनन् । दौतरींका "दौंतरी"हरु राजावादी वा माओबादी नभै केवल "स्वतन्त्रतावादी" भएकाले कसैले माओबादिको प्रशंसा गर्छ वा राजाको समर्थन गर्छ भने पनि त्यसलाई कसैको निजी विचारको रुपमा हेर्नुहुन समेत म सबै प्रबुद्ध पाठकहरुमा अनुरोध गर्दछु ।

Basanta said...

दुर्ज कुमार राइहरुको 'प्रमोशन' भईसकेपछि, सूर्यबहादुर सेन ओली र रमेशनाथ पाण्डेहरु प्रचण्डको सल्लाहकार भईसकेपछि र अझै कालीबहादुर खामहरु माओवादीको केन्द्रीय नेता भईसकेपछि हामीले कसैलाई गाली गर्नु र नगर्नुमा कुनै तुक भेटिदैंन। रामप्रसाद खनाल कुनै समयको सत्ताधारीका तावेदार थिए र केहि कुम्ल्याए, केहि राजाविरोधीको बदख्वाईँ गरे, तर समयको समग्र चित्रमा उनी एउटा सूक्ष्म धर्कोमात्रै हुन्। हिजोको दोषजति उनैको टाउकोमा हाल्नु हाम्रो गम्भिर भूल हुनेछ।

अर्कोतिर, लोक-गायनको प्रतिभाशाली ब्यक्तिको रुपमा मात्रै भएपनि उनको अलिक भाउ राखिँदिँदा हाम्रो केहि जाँदैन।

मैले दण्डहीनताको वकालत भने गरेको होईन। भुसुनाहरुमाथि मात्रै खनिएर केहि हुनेवाला छैन। दण्डहीनताका ठूल्ठूला तस्बीरहरु मेट्ने हो भने यस्ता साना-तिना धर्काहरु आफैं भेटिन्छन्, तर हामीले एउटा-दुईटा धर्कोमात्रै मेटेर आत्मतुष्टि लिन खोज्छौं भने चित्र त जस्ताको तस्तै रहिरहनेछ।

Unknown said...

राम प्रसाद खनाल र सतिको स्राप एकै नदिका दुई किनारा हुन। सबिलाऐ राम्रो लागोस या नलागोस, राम प्रसाद खनाल देश घाती हुन, तिनी फाईदाको लागि जनताको घरमा आगोको अगुल्टो झुस्याउने मान्छे हुन किनभने जनाताको खुशी भन्दा राजाको भक्तिमा गीत गाउने ति जनता बिरोधी राम आउनु दु:खको कुरा हो , तर सहनै पर्‍यो, तिनै आउने रहेछन, तर मेरो तर्फबाट तिनिलाई जुत्ताको माला, हस्त जत्य नेपाल !

Anonymous said...

खुलामञ्चको बाणी सत्य धरोधर्म सोर्है आना चित्त बुझ्यो ! वालमार्ट म्यानेजर , मिस्टर खनालको नामलिन पर्यो भने पनि मलाई आत्मग्लानि हुन्छ !

Anonymous said...

मैले त बसन्त गौतम जि को कमेन्ट मा चित्त बुझाए ।
माफ गर्न सक्नु पनि मानब धर्म भित्र पर्छ ।
अब बैगुन लाई मा त्र सम्झिने हो भने गुन प्रती अन्याय हुन्छ । त्यसो भए हामी पो झन अन्यायी हुने भयौ त !
नो ! नो ! हामी ले माफ गर्न सक्नु पर्छ ।
बिगत को तितो लाई भुलौ , बर्तमान हुँदै भबिस्य को मिठो सपना मिलेर देखौ !
( बाबा ! कती लाई दोस दिने ??? सबै दोसी नै त छन ! जे भए पनि सबै नेपाली नै हुन । नेपाल आमका सन्तान हरु । नङ काटे मासु दुख्छ हुनु पर्छ तब पो हामी एक हुन सक्छौ । हामी एक भए बिस्तार बादी भारत ले हेप्न सक्तैन । हामी आपस मा बाझी रहे शूद हरुले हेप्छ हामीलाई । म त बाझ्ने पक्ष मा छैन । )

Anonymous said...

रामप्रसाद खनालले म पत्रकारीता हुं भनेको शब्द पढ्दा पनि घिन लागेर आउंछ । यो मान्छेले निष्पक्ष नामक पत्रिका निकालेर पत्रकारीताको परिभाषा नै परिर्वतन गराउने प्रयास गरेका थिए । यिनले पत्रकारीतालाइ पर्चाकारीतामा कसरी रुपान्तरण गर्न सकिन्छ भनेर उदाहरण नै पेश गरेका थिए त्यो बेलामा । सम्पादकियमा तत्कालीन राजा ज्ञानेन्द्रको गुणगान गाएर दोहोरी गीत नै छापे यिनले । यिनले पत्रकारीतालाइ भजाएर के के चै गरेनन बाफ रे । अन्तीममा आफ्नो स्वामीको सत्ता ढलेपछि यिनी काठमाडौंको घर समेत बेचेर कुलेलाम ढोके अमेरिका ।
मुल कुरा रामप्रसाद राजावादी भएर मात्र उनको विरोध भएको हैन । अनी उनी राजावादी भएको आधारमा मात्र यत्तिको आलोचीत भएको पनि हैन । मुलरुपमा उनले दरवारको धक्कु लगाएर गरेको कुकामका कारण नै उनी यत्तिको घृणित पात्र बनेका हुन । उनले तत्कालीन सत्ताको आडमा धेरै कुकर्महरु गरेका छन । जसका लागि दन्डीत हुने भएले उनी देशै छोडेर पलाएन भए । तर अहिले आफुलाइ खाट्टी राष्ट्रवादीको लेप लगाउने दुष्प्रयास गरिरहेका छन ।
के रामप्रसाद एक्ला राजावादी हुन नेपालमा र राजाको सत्ता ढल्नासाथ रातारात भाग्नुपरेको । कोमल वली रमा िसंह लगायतका कस्ता कस्ता कट्टर राजावादी कलाकार हरि लम्साल जिबराम भन्डारी जस्ता पत्रकार चै अशुरक्षित नहुने रामप्रसादलाइ मात्र अशुरक्षा
निष्कर्षमा भन्नुपर्दा रामप्रसाद अवसरवादीको हद हो । फटाहाको सम्राट हो । यसलाइ दौतरीमा स्थान दिएर ठिक भयो या बेठिक यो छुट्टयाउने जिम्मा दौतरी समुहलाइ नै छोड्छु म ।

प्रबिण थापा said...

म Anonymous जि सँग शत प्रतिसत सहमत छु। ठकरी दादा र लुना जि को प्रतिकृया प्रती पनि सही नै लाग्यो।

Anonymous said...

लुना जी कसैले आफ्नो गल्तिको प्रायश्चित गर्छ भने उसलाई माफ गर्दा हाम्रो महानता झल्कन्छ तर जो मान्छे आफ्नो गल्तिको प्रायश्चित गर्नु त कता हो कता उल्टै मुन्टो बटारेर ठुल्याइ देखाउदै देखौदै हिड्छ, आँफै मपाइ भन्दै हिड्छ त्यस्तो मान्छेलाई कसरी खोजी खोजी माफ गर्दै हिंड्ने ? यदी राम प्रशाद खनाल सुध्रन चाहन्छ भने आफ्नो बिगतका गल्तिको प्रायश्चित यही दौतरी मार्फत सबै नेपालीहरु सामु माफ मग्नु पर्छ ।

Anonymous said...

Ramprasat le aafule gareko kartut karya haru ko maafi magnai parchha ! magnai parchha , maganai parchha
I agree Gulmelai janata haru

Unknown said...

भै गो त अब । सबैलाई हरामप्रसाद हुन् भन्ने था न'भा हैन र पनि रामप्रसाद भन्नै पर्छ , ब्रदरहुड भन्ने कुरा पनि केहि त हो नि हौ । अनि रछ्यान चलाई मुखमा छिटा भनेजस्तै राम प्रसादका ईतिहास खोतलेर फाईदा छैन । उनको बाँच्ने , बोल्ने , लेख्ने अधिकार उनलाई छ नि । हामीले निफनेर छुट्याउनुपर्छ गुल्मी देखि अमेरिकासम्म जस्ता किताबभित्र नैतिकताको सग्ला चामल र पाखण्डको बिँया । यहि समयमा नाँगी देखि अमेरिका पुन अमेरिका देखि नाँगीको पाखासम्म दोहोरी खेल्न् रुचाउने महावीरहरुको डाँडापाखामा घन्किरहेको दोहोरीमा स्वर थप्ने कि रामप्रसादको कोठे दोहोरीमा लोली मिलाउने भन्ने कुरामा चैं हामीले बाटो बिराउनु हुँदैन ।

Anonymous said...

पहिले पहिले नेपाल मा छ दा NTV मा आउने दोहोरी कार्यक्रम कहिले कही हेर्ने गर्थे। रमाइलो लाग्थ्यो । दोहोरी हेर्न मलाई भन्दा बढी रमाइलो मेरी आमा लाई लाग्थ्यो। समाचार हरु हेर्न मेरो आमा लाई मन पर्दैनथ्यो तर दोहोरी भर्सक छुताउनु हुन्न थियो। पोहोर साल अमेरिका घुम्न आउनु भको बेला मा पाँच बर्ष पछी आमा सँग भेट हुँदा एक दिन कुरै कुरा को सिल्सिला मा आमा लाई प्वाक्क सोधे, आज्कल रामप्रसाद को दोहोरी कत्तिको हेर्नु हुन्छ नि आमा ? आमा ले खित्का छोड्दै जवाफ दिनु भो,"ए त्यो राम प्रसाद त राजा को शासन काल मा खुन्खार राजा बादी भयो अनी खोइ आज्कल त दोहोरी चलाऊनै छोडि गो नि। खोइ कता हरायो मोरो।" आमा छोरा दुबइ सँगइ हास्योउ। तेस्पछी रामप्रसाद राजा बादी होस् कि श्याम प्रशाद माओवादी होस् हामी लाई खासै चासो को कुरो पनि भएन।

राम प्रशाद सम्बन्धी यो ब्लग मा पढे पछी पोहोर साल को आमा सँग को गफ याद आयो। आमा लाई वालमार्ट घुमेको अज्जै याद छ। फोन मा कुरा हुँदा आज्कल पनि सोधी रहनु हुन्छ, अनी आज ग्रो सेरी गर्न वालमार्ट गएउ भनेर। यो वीकेन्द फोन गर्या बेला आमा लाई भन्न मन लागेको छ, "आमा मैले राम प्रशाद पत्ता लगाए नि, वालमार्ट मा म्यानेजर भएका रहेछन। एही अमेरिका मै रहेछन।"

Anonymous said...

,"ए त्यो राम प्रसाद त राजा को शासन काल मा खुन्खार राजा बादी भयो अनी खोइ आज्कल त दोहोरी चलाऊनै छोडि गो नि। खोइ कता हरायो मोरो।".....................

.....आफ्नो प्रिय कार्यक्रम को संचालक भएको ले होला आमा ले मोरो भन्ने सम्बोधन प्रयोग गर्नु भा थियो, जहाँ घ्रिना भन्दा बढी प्यार थियो, र हामी दुबइ ग ल ल हासेका थियौ।

Nepal! said...

मान्छेहरुले राम प्रसादलाई देखि नसहने कारणहरु आ-आफ्नै होलान तर राजाको समर्थन गरेको कारणले मात्रै उनको जरैदेखि बिरोध गरिएको हो भने यो बिरोधको शैली र “तालिवान शैली“ एउटै हुन । एउटा प्रजातान्त्रिक मुलुक वा विधीको वकालत गर्छु भन्नेहरुले कुनै व्यक्तिले राजाको, प्रचण्डको, गिरिजाको वा झलनाथको झोला बोक्यो वा समर्थन गर्यो भनेर तथानाम गाली गर्नु आंफै भित्रको प्रजातान्त्रिक संस्कारलाई उजागर गर्नु हो।

अब राम प्रसाद खनालको कुरा गर्दा उनी लोक गीतलाई माथि ल्याउने वा आम जिब्रोमा वा कानमा पुर्याउन भुमिका खेल्ने व्यक्ति हुन भन्न मलाई हिच्किचाहट लाग्दैन ।

उनले राजालाई वा जो सुकैलाई समर्थन गरुन त्यसमा मेरो कुनै आपत्ति छैन । १५००० को ज्यान जाने बबण्डरको शुरुवात गर्नेहरुबाट त देशको विकास हुन्छ भने ठिक छ उनिहरुको शासन पनि भन्ने मान्यता राख्ने को लागि कुनै एउटा लोक गित गाउने मान्छेले राजाको गित गाउंदै हिड्यो भन्दैमा उसलाई ज्यानमाराको पंक्तिमा राखेर हेर्ने कुरा आउंदैन ।

तेस्रो र जटील कुरा उनले भ्रष्टाचार गरे भन्ने हो । मैले पनि सुनेको हो ८० लाख खाए रे । त्यस्तै हल्लै हल्ला सुनेको थिएं कांग्रेसले अरुणबाट ८१ करोड खादैछ वा कति खायो रे (अरुण आयोजनाको बेलाको कुरा) । नेपालमा बजार हल्ला चलाउने यति छुट छ कि, हल्ला चल्छ तर कोहि पनि कारवाहिमा पर्दैन । यदि राम प्रसादले पैसा खाएको हो भने (भ्रष्टाचार भन्दा पनि मेरो भाषामा पैसा खाएको भन्छु, उनि भ्रष्टाचार गर्ने कुनै पदमा थिएनन होला), किन „लोकतान्त्रिक सरकार“ चुप लागेर बसेको छ ? किन समातेर नेपाल ल्याउन सक्दैन उनलाई ? इन्टरपोल छैन भगौडालाई कारवाहि गर्न ? कारवाहि गर्न सक्नु ठुलो कुरो हो हल्ला फिंजाएर अराजकता माथि अराजकता थप्नु भन्दा ।

अन्तमा, राम प्रसादजी सक्नु हुन्छ भने तपाईले गरेका नराम्रा कामहरु प्रति प्रायश्चित गर्नलाई जन्मभुमिको लागि केहि गर्नुस र तपाईंको ऋण तिर्नुस । बुढेसकालमा नेपालीलाई नेपाल नै प्यारो लाग्छ वालमार्ट वा नासाले पनि उमेर ढले पछि केहि गर्न सक्दैन, नेपालीलाई नेपाल नै चाहिन्छ ।

Rajan said...

उनको गितहरु सुनेको हो (अझै पनि सुन्दैछु भन्दा पनि फरक पर्दैन) उनको बारेमा धेरै हल्लाहरु पनि सुनेको छु । तर मान्छे काट्दै हिंडनेहरु ठूला नेता र मन्त्री भएको देशमा, राष्ट्रघाती र दलालहरु बरिष्टतम र बुद्दीजिवि राष्ट्रनेता भएको ठाउँमा अनी मिल्ने भए तुरुन्तै देश बेचेर त्यहि बिकेको देशमा प्रादेशीक सरकार प्रमुख खान लालायित भ्रष्ट त बैईमानहरु रहेको देशमा यिनको मात्रै बिरोध किन हुँदैछ बुझेको छैन मैले ।

नेपालका नदीनाला बेचेर खानेहरु ईज्जतसाथ बसेका छन, विदेशीको ईशारामा नाच्नेहरु राष्ट्रबादी कहलिएका छन, अनुशासन र पदिय मर्यादा भुल्नेहरु महान बनेका छन, यस्तो देशमा ति सब देशमाराहरुको बारेमा कोहि केहि बोल्दैनन् (दौतंरीमा कहिले काही लेखिन्छ है!)

मेरो यो कमेण्टलाई राम प्रसादको सपोर्टमा लेखिएको भन्ने गलत व्याख्या दौंतरीका एडमिन वा विद्वान पाठकहरुले गर्ने छैनन् भन्नेमा विश्वास छ । साथै यत्ती भैसके पछि म राम प्रसादजीलाई पनि आफ्नो कुरा राख्न सल्लाह दिन्छु, अहिले पनि तपाईले आफ्नो कुरा राख्‍नु भएन भने यि सबै इल्जाम जायज ठानिने छन । जय नेपाल ।

पीजी said...

एक ब्लगरको हिसाबले कमेन्ट गरिदिनुहोला भन्ने वाक्य रहेछ शुरुमा । मैले पनि ब्लगको कुरा मात्रै गरुँ कि भनेको माथि धेरै जना साथिहरुले अरु धेरै कुराहरु उठाउनु भएको रहेछ ।

वाद वा कसैलाई समर्थन गर्दैमा आरोप वा सजायको भागिदार बन्नु पर्छ भन्ने कुरासंग म सहमत छैन, नेपाल! जीले भने जस्तै त्यस्ता विषयहरु दुनियाका एक दूई कुनामा मात्र लागु हुन्छन । उनले भ्रष्टाचार गरेको हो भने तिराउन सक्नु राज्यको काम हो हैन भने राज्य सम्हाल्नेहरुले अन्यथा नामर्द कुरा गर्नु हुदैन ।

नेपालीहरु विदेशको भट्टीमा काम गर्ने लाइसेन्स (वा अर्को अर्थमा रेजिडेन्स परमिट) लिन कति लालायित छन र देश विरुद्ध गद्दारी समेत गर्न पछि पर्दैनन भन्ने कुराका उदाहरण मैले पनि देखेको छु , त्यसैले मैले कुनै नेपालीले ग्रीन कार्ड लिन राजनितिक नाटक गर्यो भन्दैमा कुनै अचम्म मान्दिन, त्यो भनेको दिने देशको मामिला हो दिनेले नै जान्दछ ।

मैले माथि नै भनिसके उनले हिनामिना गरेको रकम तिर्नु पर्छ, तिराउनु पर्छ ।
“बाँच, बाँच्न देउ, काम गर, काम गरेर खान देउ” भन्ने माथि उनले भनेको वाक्यले उनी अहिले कति पिडित रहेछन भन्ने देखाउंछ । अरुलाई पिडा दिएर आफु खुशी हुन चाहने नेपाली प्रवृति र पाएको बलेमा हसुर्ने खनालजीका प्रवृति दुवै ठिक हैनन ।

राजनजीले भने जस्तै नेपालका प्रमुख दुश्मनहरु आरामसंग देशको रगत चुसेर देशमै बसिरहेका छन भने, उनिहरुले नै हामिलाई राम प्रसादहरु देखाएर भ्रमित बनाउन खोज्दैछन । भ्रमबाट मुक्त हुनु पनि हाम्रैलागि राम्रो हो ।

अब यस बाहेकका कुराहरुमा जाउं, म लोकगितको पारखी थिइन । राम प्रसादले टिभीमा लोकगितको कार्यक्रम चलाउन थालेदेखि लोकगित प्रतिको क्रेज पनि बढ्दै जान थालेको पक्कै हो । लोकगित पट्टि आशक्त भन्दा पनि अन्य धेरैले त्यो कार्यक्रमको प्रशंशा गरेको सुनेको हो र पछि मैले पनि केहि कार्यक्रमहरु हेरें। शायद त्यसपछि रेस्टुरेन्टहरुमा पनि दोहोरिले ठाउं लिन थालेको हो , नत्र त्यो भन्दा पहिले गजल र डान्स नै हुन्थे रेस्टुरेन्टमा । त्यसैले लोकगितमा उनले योगदान गरेकै हुन र नै उनि बिक्न सके । अनि व्यक्तिगत जीवनमा पनि प्रगति गरेका रहेछन भन्ने त गुल्मी देखि अम्रिकाले नै झल्काउन खोजेको होला !

अनि राम प्रसादजी जिवनमा प्रगति गर्दै जानुहोला , विगतका गल्तिहरु नदोहोर्याउनु नै गल्तिबाट सिक्नु या महशुस गर्नु हो । तपाइले भविष्यमा गर्ने सबै राम्रा कामहरुको लागि शुभकामना !

पीजी said...

अनि माथि पोस्तकजीले र गुल्मेली जनताहरुले दिएको सुझाव पनि पक्कै उपेक्षा गर्नु हुन्न होला राम प्रसादजीले !

अनि दिपक जडितजी महाविर र राम प्रसादजीको बिचमा तुलना गर्नु अलि भएन नि! अरुको लागि बाच्ने र काम गर्ने महाविर र तपाई हामि जस्ता आफ्नै लागि काम गर्ने राम प्रसादजीको बिचमा तुलना गर्नु भनेको महाबिर पुनमाथि अन्याय गरेको जस्तो हुन्छ कि!

Dilip Acharya said...

ओशोको कुनै किताबमा पढेको थीएँ:
कुनै एकजना मानिस खुब राम्रो बाँसुरी बजाउँदो रहेछ । एकदिन बाहिर गाँउको एकजना मान्छे सो बाँसुरी बादक खोज्दै त्यो गाँउमा आएछ। अनी ‘यहाँ एकजना मानिसले निक्कै राम्रो बाँसुरी बजाउँछ रे हो?’ भनेर सोध्दा त्यहि गाँउको एकजनाले भनेछ “कहाँ राम्रो बजाउने, त्यो त चोर हो”

कथा लामो नगरी ओशोको निष्कर्षमा पुग्दा; कुनै मान्छे चोर नै भएपनि उ राम्रो संगीतकार हुन सक्छ। चोर हुनु र बाँसुरी बजाउनु दुई भिन्न कुराहरु हुन ।

यसो भनेर मैले राम प्रसादजीलाई चोर बनाउन खोजेको हैन, तर माथि नेपाल जी, राजन जी र पाण्डाजीसंग धेरैहदसम्म सहमत भएकोले आफ्नो बिचार राखेको मात्रै हुँ । यो हल्लै हल्लाको देश हो, यहा कहिले कांग्रेस र एमालेले टनकपुर देखी जम्मै नदिनाला बेचेको हल्ला त कहिले बामदेम (जो अहिले गृहमन्त्री समेत छन) ले सुन तस्करी गरेको कुरा फैलन्छ ।

नेपालजीको भाषा प्रयोग गर्दा यदी उनले “पैसा खाएको” हो भने त्यसको बिरोध सहि हो। हैन भने गणतन्त्रबादीले देशै लथालिङ्ग बनाउन लागेको बेलामा केवल राजावादी भएको हिसाबले उनको बिरोध गर्नु मलाई पनि ठीक लाग्दैन ।

राजन जी जस्तै म पनि उनलाई यहि मञ्च मार्फत आफ्नो ‘वकालत’ गर्न सुझाव दिन्छु । अन्तमा उनले पैसै खाएको भएपनि उनले लोकगितको क्षेत्रमा गरेको योगदानको म अझै प्रसंसा गर्छु, किनकी म माथिको ओशोको निष्कर्षसंग १००% सहमत छु अनी चोर हुनु र बाँसुरी बजाउनु साँच्चै भिन्न कुराहरु हुन।

Anonymous said...

रामप्रसाद खनालको चुनौती

दौतरीले प्रश्न पठायो मैले उत्तर दिएँ, प्रकासित् भएछ धन्यवाद दौतरी परिवार । धन्यबाद कमेन्ट लेख्ने विद्वान मित्रहरु । म त पहाडमा जन्मिएको मान्छे, पाडे गाली कस्तो हुन्छ सुनेको छु , यहाँ केही कमेन्ट हेर्दा तत पक्लक्कै भएर मरेश , हैजाले लैजानी , मुर्दार, कोर्याहा, भन्दा पनि अझ तल्लो स्तर का जस्ता लाग्ने कमेन्ट हेरेँ । २० बर्षको मेरो छापा, रेडियो, टेलिभिजन पत्रकारिताको अनुभबले मलाई कहिलै यस्तो भाषा सिकाएन त्यस कारण म यस्ता पाडे गालीहरुतिर जान चाहन्न । कसको धरातल केछ त्यो गाली गलौजका भाषाले आफै उत्तर दिएको छ बुझ्न सक्ने हरेक पाठक ले मुल्याकन गर्नुहोला म यत्ती भन्छु।
तर एउटा कटुसत्य केहो भने हामी नेपाली सधैं हल्लाको भरमा हिड्छौ । हामी कौवाले कान लाग्यो भनेर कसैले भने कुदी हाल्छौ , कान छाम्न कहिलै जानेनौ । वास्तव मा म कमेन्ट का उत्तर दिन र कौवाका पछाडि दौडने हरुलाई स्पष्टिकरण दिन जरुरी ठान्दिन तर चुनौती भने अबस्य दिन्छु । म कहिलै जागिरे भएर सरकारी सेवा मा बसिन, आफ्नै खुबिले जे गरेँ बाहिर बसेरै गरेँ, न त मन्त्री नै भएर कुम्ल्याउने काम गरियो । फेरी कहाबाट आयो भ्रस्टाचार को कुरा ??
यथार्थ कुरा केहो भने राजा ज्ञानेन्द्र ले देश बर्बाद हुन लाग्यो, सबै ले साथ् दिए म माओवादी लाई मुल धार मा ल्याउछु, केही गर्छु भनेर सहयोग माग्दा मैले पनि अरु जनताले जस्तै ठिकै छ भनेको सत्य हो, समय पारिस्थिती ले राजा को शासन काल सफल हुन नसकेको पनि सत्य हो , तर त्यती का भरमा राजाबादी भनेर म माथि खनिने हरु लाई अहिले का नयाँ राजा हरु ले के नै गरेर? भनेर सोध्न पनि चाहन्छु । बाँकी धेरै कुरा मेरो ब्लग www.ramprasadkhanal.blogspot.com or www.nepalmother.com मा गएर "गुल्मी देखी अमेरिका सम्म" भन्ने किताब पढ्न र हावादारी कुरामा भ्रममा नपर्न अनुरोध गर्दै रचनात्मक सुझाब, सल्लाह , प्रतिकृया का लागि स्वागत गर्दछु । उपनाम राखेर, गलत नाम राखेर, पाडे गाली मा उत्रने महासय हरुलाई त्यो हिजडा प्रब्रित्ती नदेखाउन र हिम्मत छ भने नाम ईमेल ठेगाना राखेर स्वस्थ कमेन्ट का लागि अनुरोध गर्दछु । चरित्र हत्या गर्ने मित्र हरु , म यदी कुनै दोश को भागी छु भने नेपाल मा पनि कानुन छ , अदालत छ , अख्तियार छ , नियम कानुन अनुसार कार्वाही गरेर देखाउन चुनौती दिन्छु । सती ले सराप गरेको देश न हो, हामी जस्ता गरी खाने को कुरा सुन्न कसलाई फुर्सद , जनताका घाटी रेट्ने, अपराधीहरु हरु को जय भएको देश मा ।
.......म छातिमा हात राखेर चुनौतीका साथ भन्छु पत्रकारिताका दौरानमा अरु पत्रिकामा काम गर्दा होस् वा आफ्नै पत्रिका चलाउँदा होस् अथवा भनौं रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक, सञ्चालक भएर काम गर्दाका दौरानमा होस् आजसम्म मैले कसैलाई ब्ल्याकमेल गरेर, बार्गेनिङ्ग गरेर कुनै अनुचित लाभ लिएको कसैले प्रमाणित गरिदियोस् म पत्रकारिता क्षेत्रबाटै सन्यास मात्र त के कुरा सारा मेरो धन सम्पत्ति उसैलाई हस्तान्तरण गरेर प्रमाणित कर्ताको जुनसुकै शर्त म मान्न तैयार हुने छु । यो मेरो र्सार्वजनिक चुनौति हो ब्याक वाइटिङ्ग गर्नेहरुलाई ।.......

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका a part of "Gulmi dekhi America Samma"

सकारात्मक राम्रो कुरा कसैले जान्दैनन
एकअर्कामा सहयोग गर्न कुनै मन खाँदैनन्
सकारात्मक आँखा कसैले देख्दैनन्
नसेक्नेलाई सेक्छन्, सेक्नेलाई सेक्दैनन्
निर्दोषीलाई बरु दोषी मान्दछन्
दोषीलाई यहाँ निर्दोषी मान्दछन्
अगाडी सवै कुरा ठिक्क पार्दछन्
पछाडी नभएको जुका पनि झार्दछन्
नेपालमा त एकअर्को लड्छन् लड्छन्
विदेशमा समेत खुट्टा तान्न पछि पर्छन्
कोही राम्रो भएको निको मान्दै मान्दैनन्
कुरा काट्न शिवाय अरु केही जान्दैनन्
केही नगरे विग्रियो फलानो भन्छन्
केही गरे, त्यसले जस्तो अरुले गर्‍या छैनर ! भन्छन्
राम्रो गरे, खै के के गर्छ कुन्नी ! भन्छन्
अलि माथि पुगे, सिध्याउने लिष्टमा गन्छन्
देशमा केही गरौं भने हुतिहारा ठान्छन्
देश बाहिर केही गर्न खोजे "पलायन" भयो भन्छनर््र्
इष्र्या, डाहा, खुट्टा तान्ने काममै आनन्द मान्छन
किन हो कुन्नी हाम्रा नेपाली दाजुभाई यत्तिमात्र जान्छन्
मानवाधिकार र स्वतन्त्रताका कुरा गर्छन्
मानवाधिकार विरोधी र पक्षपातले पेज भर्छन्
केही भएको, गरिखाने नेपाली जहाँ पनि दिक्क छ
हाम्रा नेपाली एक अर्कोमा उडाउँदै ठिक्क छ
खुट्टा तान्ने खेलले कोही माथि जाँदैन
आफुमा केही नभए, अरुले मात्र माथि लाँदैन
देश कहाँबाट कहाँ पुग्यो अझै पनि थाहा छैन
वास्तवमा अव नेपालीले नबुझी भा छैन

कवितामा मैले बुझेको नेपाल

केही गर्न खोज्नु अपराध हुन्छ यहाँ !
त्यसो भनेर पो जाने हो कहाँ -
इष्र्या, डाह, खुट्टा तान्दा ठिक्कछ
म मात्रै होइन हरेक नेपाली दिक्कछ
पढ्ने देखि पढाउने सम्म
गर्ने देखि गराउने सम्म
राजा देखि नेता सम्म
माओवादी देखि फोरम सम्म
जताततै लथालिङ्गैछ
एकता होइन, हरेक नेपाली भिन्नछ
कुशासन र भ्रष्टाचार जो आए पनि त्यस्तै
जनतालाई पिरलो सधै भरी यस्तै
विदेशीहरु आफ्नो स्वार्थ पूरा गर्छन
हाम्रा महान नेता तिनकै पछाडी मर्छन
देश कसैलाई दुख्या छैन
जनता कोही सुख्या छैन
सबैको छ दर्ुइ जीब्रे बोली
निकै सस्तो भा'छ बन्दुक र गोली
सबैले सबैलाई सिध्याउन लाका छन्
दण्डहिनता, छाडा कुन्नी के के भाका छन
र्छलङ्ग आँखा कसैले देख्दैनन्
राम्रो कुरा कसैले सुन्दैनन्
बगलीमा छुरा, मुखमा राम राम
ढाँट्या भए मरिजाम
यस्तै रही रहे के हुने हो थाहा छैन
अब नेपालीले नबुझी भा छैन ।।
- [email protected]

Anonymous said...

उजेलिका नाम मा प्रकासित् एक हिजडे मित्र को कमेन्ट देखेर मत छक्क परें । आफ्नो बायोडाटा मा उजेलिको नाम राख्दिनु पर्ने होकिकेहो मैले बुझिन । ए मित्र यदी तपाईं को पनि राम प्रसाद खनाल को जस्तै कुनै उपलब्धी छन भने बायोडाटा बनाउदा हुन्छ , हुन त काग का पछाडि दौडदा र जिबन भर अर्काकै खुट्टा तान्दा ठीक्क उजेलिहरुलाई किन चहियो बायोडाटा ???? - samjhana gaire, basbari, kathmandu

Anonymous said...

ल है यांहा त टन्नै कमेन्ट गएछन। बिभिन्न ब्लगरहरुलाइ दौंतरीमा ल्याएर उनिहरुको भनाइ राख्नु दौंतरीको उदेष्य हो। तर यसपटकको ब्लग भित्र ब्लगमा सामाग्री नआउदै कमेन्ट शुरू भयो। एक छिन त के गर्ने म अन्यौलमा परेको थिए। राम प्रसाद जी संग सामाग्री मगाइ सकेपछी नराख्नु त्यती उचित ठानिन। जे त होला भनेर सामाग्री राखें। कमेनट्को बारे म केही भन्दिन किनकी ति तपाइहरुले पढिहाल्नुभयो। सकारत्मक र नकारात्मक कमेन्ट जोड्दा बराबर भयो भन्ने ठानी कमेन्ट सम्पादनबाट टाढै बसें। लाग्छ भन्ने र सुन्नेको जोड घटाउमा अन्तीममा बराबर भएर न्युट्रल शोचको बिकाश हुन्छ र दौंतरीको उदेष्य पनि बिना पूर्वाग्रह सही सोच राख्नु हो जस्तो लाग्छ।
सबैको सप्ताहअन्त सुखमय रहोस।

Anonymous said...

thanks Dautari, I like khanal but when i read some comments in your site, i think khanal have some extra so peoples are jellous with khanal. khanal ji just remember one song that is enough for you " Mata hidchhu merai bato khutta tandai gara" go a head we are with you. jhinga ko saraple dinga mardaina.

अशोक " खलानको मान्छे " said...

उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ



उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ
उस्को नाम को अर्थ नै क्रान्ती भनि सम्झाइएको छ
उस्को वाणी नै क्रान्ती हो, उस्को दुस्साहारा नै क्रान्ती हो
उस्को प्यास पनि क्रान्ती हो, उस्को भोक पनि क्रान्ती हो
उस्ले गरेको हरेक काम क्रान्ती हो, उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ ।

सडकमा तगारो टागेर बाटो रोक्न सक्छ उ
गाँउ बस्तिमा ढुकेर चन्दा असुल्न सक्छ उ
कसैले प्रतिकार गर्न खोजे म्रीतु, भय देखाइ थर्काउन सक्छ उ
मुड चल्यो भने सदखोर को नाम मा गोड्न सक्छ उ
आनन्द लुट्न पर्यो भने अधकल्चो छाड्न सक्छ उ
उस्लाइ कस्ले के भन्छ, उस्को नाम नै क्रान्ती उस्को काम नै क्रान्ती हो ।

कहिलेकाहि उ आफू ले आफैलाइ पठ्ठो बाग भनि हिडछ
बहस चल्दा कतै हारे स्याल जस्तै रंग फेरी दिन्छ
उस्ले मारे क्रान्ती हुन्छ, अर्को ले सम्झाए सम्सोधनबादि हुन्छ
उस्लाइ सम्झाउनु क्रान्ती बिथोल्नु रे, हत्या नगर्नु भन्नु पुन उथ्थानबादि हुन्छ
म के हुँ र उस्का लागी मान्छे होइन , हाड मासु र रगतको एक थुप्रो मात्र
मान्छे लाइ पुजा गर्ने म कायर हु रे, मान्छे गेडने उ क्रान्तीकारी भन्छ।

अब उस्लाइ कसैले रोकेर रोकिन्न, बरु उस्ले अरुलाइ रोकेर रोकिन्छ
उ सँग तागत छ, युद्ध छ ,धोका छ ,अनगिन्ती घुमौरो चाल छ
उ सँग सबै सबै छ ,विवेक का कुरा गर्नु त मुर्ख हुने छ
उ सबै लाइ पाखण्डि देख्छ, सबैलाइ रुहाउने आफु लाइ साहसी भन्छ
अधम्मे उस्को साहस ले नै मन्दीमा ताला लगाइन्छ
पुजारीलाइ मात्र होइन सम्पुर्ण जनतालाइ धम्काइन्छ
त्यसैले त मुखको चुनाव पराजित भय ले पर सारिन्छ
अब उस्लाइ कस्ले महाअभियोग लगाउन सक्छ
सार्वभौम नेपाली जनता होइन राजनिती पार्टी लाइ बनाइदिन्छ ।

अशोक " खलानको मान्छे "


Anonymous said...

yO LINK PANI HARAU NA
http://www.nepalipost.com/site/printable.php?id=1374

Anonymous said...

रामप्रसाद खनाललाइ मेरा केही प्रश्न
विद्युत कार्यक्रमको नाममा विद्युत प्राधिकरणवाट ८५ हजार भ्रष्टाचार गरेको हो कि हैन ?
मदन भण्डारीको अन्तिम अन्र्तवार्ता भन्दै नक्कली अन्र्तवार्ता छापेवापत नेपाल पत्रकार महासंघको कार्वाहीमा परेर सदस्यता खारेज भएको हो कि हैन ?
राजाको शासनकालमा नेपाल टेलिभिजनमा ज्ञानेन्द्रको भक्तिगान गाएर दोहोरी चलाएको हो कि हैन ?
दोहोरी कार्यक्रममा सहभागि भएवापत गायकहरुलाइ पैसा दिनुको साटो उल्टो पैसा लिएको हो कि हैन ?
पत्रकारीतालाइ जासुसीको हतियार बनाएर नेताहरुको सुचना वेचेर मनग्गे अकुत धन कमाएको हो कि हैन ?
राजा शासनमा रहेको बेलामा राजा जनता र सांचो प्रजातन्त्र नामक गिती एल्बम सबै गाविस जिविस नगरपालिकामा स्थानीयविकास मन्त्रीको दवावामा वेचेर राज्यको ढुकुटी लुट्ने प्रयास गरेको हो कि हैन ?
Some link
http://www.mysansar.com/2008/11/3348.html
http://www.hamroblog.com/?p=12#more-12
http://tarabhusal.blogsome.com/2006/04/26/gulmi-51/
http://thehahoo.com/index.php?option=com_content&view=article&id=78:2009-01-13-08-50-08&catid=35:cinema&Itemid=60

Anonymous said...

ढुकुटी लुट्ने 'राष्ट्रवादी' धन्दा
१९ माघको शाही घोषणा र राजाको गुणगानमा दोहोरी गाएर आफूलाई 'राष्ट्रवादी पत्रकार' भनाउने रामप्रसाद खनाल 'राष्ट्रवाद' का नाममा आफ्ना ताइ न तुइका गीतको क्यासेट र सिडी बेच्न लागेको रहस्य हिमाल खबरपत्रिका ले फेला पारेको छ । २८ वैशाख २०६२ मा खनालले स्थानीय विकास मन्त्री खड्गबहादुर जिसीलाई 'राजा, जनता र साँचो प्रजातन्त्र' नामक क्यासेट, सीडी र भीसीडी 'अधिराज्यका सबै गाविस, नगरपालिका र जिविसमा पुर्‍याउने गरी खरीद गरिदिन' निवेदन दिएका थिए । मन्त्री जिसीले पनि तत्कालै 'उल्लिखित माग उपयुक्त देखिएको हुँदा आवश्यक कारबाही गर्नुहुन' भनेर सचिवलाई तोक लगाएका छन् (हे. पत्र) । मन्त्री जिसीले यस्तो तोक लगाउनु उनको बाध्यता थियो किनकि यो निवेदनको बोधार्थ राजदरबारलाई पनि दिइएको छ । ती क्यासेट, सीडी र भीसीडीमा गीत/सङ्गीतको मर्म छँदैछैन, दलहरू माथि गरिएका भद्दा गाली र दरबारको चरम चाकडीको कर्कश स्वर मात्रै छ ।


खनालको योजना अनुसार ५८ वटा नगरपालिकालाई २० का दरले ११६० वटा, ७५ जिविसलाई १५ वटाका दरले ११२५ र ३९१६ गाविसलाई ९ वटाका दरले ३७०४४ गरी जम्मा ४०३२९ क्यासेट र त्यति नै सीडी खरीद गर्न प्रस्ताव गरिएको छ । सबै गाविस, नपा र जिविसका लागि स्थानीय विकास मन्त्रालयले नै खरीद गरिदिनुपर्ने खनालको प्रस्ताव छ । मन्त्रालयले तत्कालै सबै जिविसलाई क्यासेट खरीद गरिदिन पत्र लेखेपछि जिविसहरूले पनि गाविसलाई पत्र लेखेका छन् । १७ जेठ २०६२ मा धनकुटा जिविसले खनालको त्यो क्यासेट, सीडी, भीसीडी खरीद गर्न सबै गाविसलाई लेखेको पत्र हिमाल सँग सुरक्षित छ ।

• गोपाल दाहाल, सुनसरी
Source :http://www.nepalihimal.com/2062/bhadau-1-15/desh_samachar.htm#10

Anonymous said...

रामप्रसादका रङ्गहरू

'राष्ट्र लुट्ने राष्ट्रवादी धन्दा' -देश/समाचार, १-१५ भदौ) मा छापिएको रामप्रसाद खनालका चर्तिकलाबारे अर्को अङ्कमा उनको प्रतिवाद आएको रहेछ । अत्यन्त विवादास्पद र दूषित विगत भएका खनालले त्यसरी प्रतिवाद गर्ने हिम्मत कसरी गरे, हामीलाई आर्श्चर्य लागेको छ ।

यी घटनाहरूले पनि देखाउँछन् उनको चरित्र र नियतः ङ्ग रामप्रसाद खनाल २०४८ सम्म एमाले कार्यकर्ता थिए तर नेपाली काङ्ग्रेसको सरकार बनेपछि आफूलाई काङ्ग्रेसर्समर्थक बताउँदै उनी रेडियो कार्यक्रम 'घटना र विचार' को प्रतिनिधि बने । यो उनका लागि राम्रो 'चौतारो' बन्यो ।

ङ्ग २०५० जेठ ३ को दासढुङ्गा दर्ुघटनापछि खनालले जेठ ६ गते मदन भण्डारीको ताजा अन्तर्वार्ता भनी आफ्नो पत्रिका 'निष्पक्ष साप्ताहिक' मा नक्कली अन्तर्वार्ता छापे । त्यसविरुद्ध पत्रकार महासंघ, रुपन्देही शाखामा उजुरी पर्‍यो । महासंघले कारबाही स्वरुप उनको सदस्यता खारेज गर्‍यो । त्यससम्बन्धी समाचार दृष्टि साप्ताहिक मा 'मदन भण्डारीको नक्कली अन्तर्वार्ता' शर्ीष्ाकमा छापिएको थियो ।

ङ्ग विज्ञापन नदिएको निहुँमा २०५५ सालमा खनालले लुम्बिनी स्तरीय अञ्चल प्रहरी तालिम केन्द्रको भ्रष्टाचारसम्बन्धी समाचार छापे । प्रहरीको दबाबपछि खनालले आफ्नो पत्रिकाको लेटरप्याडमा 'तालिम केन्द्रमा भ्रष्टाचार नभएको व्यहोरा प्रमाणित गर्दछु' भनी लेखेर दिए, त्यो पत्र प्रहरीसँग अहिले पनि सुरक्षित छ ।

ङ्ग २०५६ सालमा एमाले फुट्दा खनाल मालेतिर लागे र सो पार्टर्ीीे गुल्मी-काठमाडौँ सर्म्पर्क मञ्चको अध्यक्ष भएको लेटरप्याड प्रयोग गरी १० लाइन टेलिफोनका लागि सिफारिस गरे । तर उनी सो मञ्चको अध्यक्ष नभएको व्यहोरा तत्कालीन मालेले आफ्नो कार्यालयको सूचनापाटीमा टाँसेको थियो ।

ङ्ग आफूलाई वरिष्ठ कलाकार भन्ने रामप्रसादका कृति भने पनि, अनुसन्धान भने पनि उनले सारेका तीजका गीतहरू नै हुन् । यसै आधारमा उनी टेलिभिजनमा छिरे । टेलिभिजनमा दोहोरी गाउन थालेपछि उनले नयाँ ढङ्गले कमाउन थाले । टिभीमा दोहोरी देखाइदिन्छु भन्दै र्सवसाधारणबाट पैसा उठाउन थाले । टिभीमा दोहोरी गाउनेहरूले अहिले पनि रामप्रसादलाई पैसा बुझाउने गर्छन् । यसको प्रमाण सालझण्डी, रुपन्देहीमा गत वर्षछायाङ्कन गरिएको दोहोरीका सहभागीहरू छन् ।

ङ्ग २०४९/५० सालमा रुपन्देही जिविसले पत्रपत्रिकाका लागि रु.६५ हजार विज्ञापन बजेटको व्यवस्था गरेको थियो, जसबाट रु.५९ हजार खनाल एक्लैले चड्काएको कुरा त्यतिखेर जिविसमा ठूलो चर्चाको विषय बनेको थियो ।

रामप्रसादका रङ्ग देखाउने यी केही दृष्टान्त मात्र हुन् । हिमाल ले थप अनुसन्धान गर्दै यस्ताहरूबाट र्सवसाधारण र राष्ट्रलाई जोगाउन पहल गरोस् ।

छविन्द्र थापा, रुमाखर पराजुली
बुटबल-१२, रुपन्देही

• रामप्रसाद खनाल लोकगायनको क्षेत्रमा मात्र होइन, पत्रकारिता क्षेत्रकै 'कलङ्क' हुन् । प्रजातान्त्रिक व्यवस्थाको बद्नाम गर्ने कार्यलाई सफल ठान्ने खनाल तिनै व्यक्ति हुन्, जसले १२ वर्षो प्रजातान्त्रिक कालमा सबैभन्दा बढी फाइदा उठाए । नेपाल टेलिभिजनबाट विद्युत् कार्यक्रम सञ्चालन गरेबापत उनले लिएको रकमको बेरुजुसम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन भएको उनलाई हेक्का छ कि छैन - योग्यता नहुँदा नहुँदै पनि नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य पदमा पदासीन भएका खनाल प्रजातान्त्रिक कालमा सच्चा प्रजातन्त्रवादी र निरङ्कुशतन्त्रमा कथित राष्ट्रवादी बनेर मुलुक लुट्ने अवसरवादी हुन् भन्ने कुरा अब त सबैलाई थाहा हुनुपर्ने हो ।

रमेश पुरी,
गुल्मी


--------------------------------------------------------------------------------

• खनालसँगै मन्त्री जि.सी. पनि भ्रष्टाचारी

रामप्रसाद खनाल साँच्चै देशभक्त हुन् भने उनले आफ्नो आम्दानीको केही अंश देशका लागि लगानी गर्नसक्थे । तर त्यसो नगरी उनले राष्ट्रिय ढुकुटीबाट आफैँले लिने प्रपञ्च गरे । त्यस्ता व्यक्तिको निवेदनमा मन्त्री खड्गबहादुर जीसीले लगाएको तोक पनि भ्रष्टाचार हुन सक्छ किनकि एउटा क्यासेट किन्ने र नकिन्ने भनेर जिविस, नपा र गाविसलाई आदेश दिन कुनै कानुन छैन । कानुन विपरीतको आदेश नर्टर्ेन पनि सकिन्छ । यसले मन्त्रीको नियतमै शङ्का गर्नुपर्ने स्थिति आउन सक्छ । यस विषयमा सबै पक्षले छानबिन गरुन् ।

कविन्द्र बर्ुलाकोटी
अध्यक्ष
विश्व शान्तिका लागि युवा एकता
नयाँ बानेश्वर, काठमाडौँ

• १६-३१ भदौको हिमाल मा चिठी स्तम्भमा रामप्रसाद खनालबारे प्रतीक्षा शर्मा, मछिन्द्र तिवारी र दर्ुगा अर्यालले गर्नुभएका टिप्पणी घतलाग्दा छन् । खनालले सबुदप्रमाणयुक्त घामजस्तो र्छलङ्ग कुरा छिपाउन जति नै प्रयास गरे पनि सक्तैनन् । त्यस्तो व्यक्तिले देशै छोड्ने घर्ुर्की देखाउनु हास्यास्पद किस्सा बाहेक अरू के हुनसक्छ ?

शिवरत्न गौतम,
खिदिम-५, अर्घर्ााँची


--------------------------------------------------------------------------------

• पर्ूवमेयरले पनि यस्तै गरे

गीति क्यासेट भिडाएर सरकारी कोषबाट रकम असुल्ने काममा रामप्रसाद खनालको अनुयायी बनेका छन् पोखराका पर्ूव नगरप्रमुख कृष्ण थापा । उनले आफूसहित सुन्दर थापा, कृष्ण तामाङले निकालेको गीति क्यासेटको १०० प्रति राजनीतिक पीडितका बालबच्चालाई सहयोग गर्ने निहुँमा कास्की जिविसलाई किनाएका छन् । त्यसनिम्ति उनले आफू अध्यक्ष रहेको सामाजिक एकीकरण विकास मञ्चका तर्फाट निवेदन हालेका थिए । १०० वटा क्यासेट जिविस कास्कीले के गर्ने होला - कर्मचारीले बाँड्ने कि दिनहुँ जिविसमा लगेर घन्काउने - थापाको प्रयास खनालले ताकेजस्तो ठूलो परिमाणको नभए पनि नियत उस्तै हो ।

गणेश भण्डारी,

Source : http://www.nepalihimal.com/2062/asoj-1-15/chithi.html

Anonymous said...

bakbaas, badar aaphno ghar pani banaudaina arkako ghar pani dekhna chahadainan, narka haru

Anonymous said...

harek prasna ko uttar ram prasad le aaphnai side www.nepalmother.com ra www.ramprasadkhanal.blogspot.com ma diyee sakeko chha andhaharu ho clcik garera ta hera.

Kamala prasai

Anonymous said...

kutta bhuke hajar hatti chale bazr, ram prasad kaha pugi sakyo, kura katne katdai garchan. bekar..

Anonymous said...

khubi hunu pani nepal ma aparadh nai rahechha,

Anonymous said...

15000 manche marne haru nyayadhice ram khanal aparadhi ??????????????!!!!!!!!!!!!!!!!

Anonymous said...

ye coments haru herda ghin lagyo, dautari le kina filter nagareko kunni, ram khanal sanga manche kina jaleka !!

Anonymous said...

ram prasad ji, tapaiko site www.ramprasadkhanal.blogspot.com ra www.nepalmother.com here , monkey haru lai prayaapta jabaph dinubhaeko rahechha thank you,

Anonymous said...

nepali ko buddhi yastai bhayera ta desh ko halat yasto chhani, kura katna bahek kehi jandainan yar,

Anonymous said...

we know that who is Ram Prasad Khanal,he is the great artist, don't to much back biting.

Sita
Kathmandu-34 baneshwor

Anonymous said...

Ram Khanal Pani ustai ta honi, yasta comments ko pani uttar dine, waighat. chhuppa lagera nabasera,

Sharmila Gurung
Hongkong

Anonymous said...

lok geet dohori geet, patrakarita ma teti dherai yogadan dieko manchhe ko atro abahelana, ho nepal satile sacchai sarap garekai desh ho. but I salute to khanal for his contributions.

Anonymous said...

lutnu lutera aaphu janmeko thaulai manchhe haru le kehi garchhan tara yo manchhe le ta GULMI kai naak katyo.

please do not say you are from GULMI. you do not deserve that. now u are american dai. we hate you.

gulmi people

Anonymous said...

Ram Prasad khanal chor ho sathi ho , yesko biswas maa parnu bhayo bhane tapai le nai finish parchha ,

Anonymous said...

राम प्रसाद खनाल राष्ट्र को गौरब रहेछन

मैले अहिले सम्म नभेटेका नचिनेका तर रेडियो , टि भि , पत्रकारिता र कलाकरिता मा भने चिनेका राम प्रशाद खनाल सँग दौतरिले लिएको अन्तर्वाता, कमेन्ट , खनालको जबाफ सबै पढे , खनाल को साइत हरु nepalmother.com , ramprasadkhanal.blogspot.com पनि हेरेँ, वास्तवमा मैले सोचेको भन्दा बढी राष्ट्र को गौरब रहेछन खनाल । म खनाल को त्यो कुरा बाट प्रभाबित भए जुन कुरा उनिले "गुल्मी देखी अमेरिका सम्म" मा खुलस्त लेखेका रहेछन , बहादुर हरु खुला किताब लेखेर जबाफ दिन्चन भन्ने सुनेको थिए हो रहेछ। खनाल को बिरुद्ध का आरोपको को कुनै तुक देखिन जतिखेर उन्को खुल्लेयाम चुनौती र धेरै स्पस्ट कुरा पनि पढें । उन्ले नेपाली लोक्गित दोहोरिगीत को लागि खेलेको भूमिका , १३ वटा किताब प्रकासित् उन्का किताब , ३८ वटा एल्बम, उन्ले पाएका अन्तरराष्ट्रिय एबम राष्ट्रिय पुरस्कार , उन्ले आफ्नो वेब साइत मा राखेका सामाग्री हेरे पछी म राम प्रसाद खनाल को अरु प्रसम्सक भएको छु । यस्ता प्रतिभाको चरित्र हत्या गर्ने दुस्साहश गर्ने हरु लाई देखेर दिक्क लाग्यो । जेहोश दौतरी लाई खनाल जि लाई फेरी धन्यवाद दिन चाहन्छु ।

Anonymous said...

dautari le jasta payo ustai comment rakheko dekhera ma tin chhak pare, yasto garnale dautarikai biswas ghatchha ki jasto lagyo malai ta, Ram Prasad Khanal ko birodh garne haru le baburam bhattarai ko wa prachandako interview khojeka jasto lagyo, chor lai chautaro sadhu lai suli bhaneko yahi ho ki kya ho . nepali le kahilai pani kasako prasamsa garna janenan , indra lohani bachunjel kasaile kehi garenan mare pachhi gohika aashu bagaye, yo ram prasad khanal ko pani mare pachhi prasamsa garne bhaye jasto chha.

Pramila, virginia , USA

Anonymous said...

ए साथी हो खुट्टा तान्दै गर भन्ने गीत त सुन्या थिए तर राम्प्रशाद को गीत त झन दामी रहेछ हो सोल्ती हो एक पटक सुनत तलको लिन्क्मा क्लिक गरेर।
www.ramprasadkhanal.blogspot.com

www.youtube.com/rampdkhanal

ठरकि दादा said...

Anonymous जी तपाइको विचारमा म सहमत छु ।

मैले पनि केहि कमेण्ट डिलीट गरौं कि भनेर नसोचेको पनि होईन तर फेरी कसैको बोल्ने वा लेख्‍न पाउने अधिकारको हनन नगर्ने हिसाबले मात्रै ति कमेण्टहरु डिलिट गरीएन ।

लेख्न र बोल्न सबैले पाउनु पर्छ तर म यहि कमेण्ट मार्फत सबै साथिहरुलाई पून एक पटक बिरोध वा समर्थन जे गर्दा पनि शिष्टतालाई नछाड्न आग्रह गर्छु ।

मैले आफुले बुझेको यौटा कुरा के हो भने कसैलाई अपशब्द बोल्दा वा होच्याउँदा सो व्यक्ति होचिन्छन कि होच्चीदैँनन् भन्ने कुराको कुनै ठेगान हुँदैन, तर अपशब्द बोल्ने वा होच्याउन खोज्ने मान्छेको उचाई भने चार जनाको अगाडी पक्कै घट्छ ।

रचनात्मक कमेण्ट र बहसलाई भने निरन्तरता दिदै गरौं, धन्यबाद ।

Anonymous said...

Honaho solti ho ram prasad ko www.nepalmother.com ra www.ramprasadkhanal.blogspot.com here pacchi ta ma pani danga pare, ramro garya rahicha ho, pheri yatro radi ruwai kaina ha ?

Anonymous said...

Ram Prasad Khanal na Mantri na sachib, na byapari na udyogpati, ek kalakar le patrakar ;le garera pani khana napaune , kina yatro birodh ha ??, ma pani Deepa kai bhanai sanga sahamat chhu yaar, yo jalera radi ruwai nai bho, baru tyo bahun katha ram prasad le najanekota kehinai rahinchha ho , tyas ko website visit gare pachhi ta ma chhakka paryo ho , www.ramprasadkhanal.blogspot.com.

aaphu ta sipahi manchhe arkako desh ma, ki banduk padkauna janya chha, ki ram prasad bajeka lok dohori herna, gajab garyachha ho tyo bahun le, mannu parchha, baru tyo bahun lai nepal pharkayera dohori pheri ghankaunu parchha jasto lagyo malaita,

Kishor Rai
UK

Anonymous said...

Manche pani ramro rahich khanal baje, hamri autee bahini chhe , bhutukkai hunchhe ram prasad bhanepachi, bihe garchu bhanthi u sanga, bihe bhako bhanya thaha payepachhi ta jhandai dhaleki mori, jatikhera pani khanal ka geet sunne, dohori herne garche , yo janma ma napayepani arko janma ma tyo baje merai hos bhanche, ba aama lai hairan, 27 barsh ki bhai bihegarna mandina, kothabhari ram prasad ka phota , album ka cover tasera baseki chhe, yo ram prasad le garda meri baini pani barbad hunchhe ki kyaho.

Anonymous said...

खनालको बारेमा गरियका निकै तुच्छ कमेन्टहरुसँग सहमत नभयपनि उनलाइ उनको बिगत र उनका काम हेरेर घोर अवसरवादि भन्न हिच्किचाउनुपर्ने म देख्दिन । उनले फाइदा हुनसक्ने ठाँउसम्म निहुरेर, लत्रेर, सुतेर र कुदेर हरेकतरिकाले फाइदा लिय । अहिले देशभक्तिले मेरो मन रुञ्छ भन्नु त अलि हाँस्यास्पद नै लाग्यो मलाइ । माथि कसैले कमेन्टमा चोर हुनु र बासुरि बजाउन जान्नु दुइ फरक कुरा भयझैँ उनि प्रतिभाशालि मान्छे हुन । लोक-दोहोरि गितलाइ माथि ल्याउन उनको योगदान बिशिष्ट होला ।

थोरै शब्दमा उनको ब्यक्तित्वको बारेमा भन्नुपर्दा ।
'रामप्रसाद खनाल प्रतिभाशालि तर अन्त्यन्त अवसरवादि चरित्र भयका चाप्लुसिबिद्यामा बिद्यावारिधि हासिल ब्यक्तित्व हुन'

Anonymous said...

पहिले का राजा समर्थन गर्ने जती माओवादी मा लाग्न थाले पनि राम प्रसाद माओवादी का गलत कृयाकलाप बिरुध्ह खुलेरै अगाडि छ , खनाल माओवादी भयन भनेर माओवादीका चम्चा हरुलाई खुब रिश उठेछ, तेस कारण खनाल को धुवाधार बिरोध भएको पाए मैले। खनालले कस्को के खाइदिएछन र यात्राो रिश ? अब्सर्बादी रे केनै गर्‍यो र राम प्रसाद ले अबसर्बादी भयो हो?

Anonymous said...

Ram Psd Khanal is the only one person he made dohori programms in Nepal Television it was excellent Programme,every one waiting to see in his programme on that time. MR/Mrs and/Anonymous ji Plese learn by him somthing,not blams to him He is one of the star man in Nepal TV During his period,Even I am not seen him,Well Done Ram Psd Khanal God Bless you.

Bharat Chhetry
London UK

पीजी said...

माथिका धेरै कमेन्टहरुले राम प्रसादजीको "रचनात्मक समर्थन" गरेका थिए । हो कसैले नराम्रो भाषा प्रयोग गरे होलान तर पनि अधिकांशहरुले राम प्रसादको राम्रा कामको कदर नै गरेका छन । पत्रकार हुँ भनेर भन्ने राम प्रसाद खनालजीलाई पनि के राम्रो हो र के नराम्रो हो वा थियो भन्ने पक्कै पनि छुट्टयाउन आउछ नै होला । केहि कमेन्टहरु, जसमा नराम्रा शब्द प्रयोग गरिएका छन, ले राम प्रसादलाई मात्र नभएर कमेन्ट लेख्ने आँफैलाई पनि के लेखेँ भनेर सोच्न बाध्य बनाउँछ होला ।

अझ ३१ जनवरी र १ फेब्रुअरीमा विभिन्न नामबाट र स्थानबाट भनेर कमेन्ट लेख्ने अधिकाँश (सबैलाई भनेको हैन है !) हरुले प्राय एउटै व्यहोराको र एउटै उद्देश्यले कमेन्ट लेखेको देखिन्छ । आफ्नो "पोल" आँफै नखोल्नुहोला !

वालमार्ट भन्ने पसलको म्यानेजर हुनु भनेको नै कुनै प्रगतिको चरम बिन्दुमा पुग्नु होइन , त्यसैले राम प्रसादजीलाई राम्रो काममा अझै प्रगति गर्दै जानु होला भन्ने शुभकामना फेरि दिन चाहन्छु , हुन त यस्ता शुभकामनाहरुमा वहाँको ध्यान जादोरहेनछ शायद ! माथि कमेन्टहरुमा वहांको राम्रा कामका बारेमा धेरैले तारिफ गरेका थिए, तर राम प्रसादजीको त्यसमा आँखा गएन जस्तो लाग्यो । कुनै पनि कुराका दुइ वटा पाटा हुन्छन सबै राम्रो मात्रै होस भन्ने चाहना भन्दा पनि स्वच्छ आरोप र कमेन्टहरुलाई (गाली गरिएका कमेन्टको लागि नभए पनि) बुझ्न मात्र सक्यो भने पनि आफुलाइ नै फाइदा हुन्छ ।

मैले निचोड निकालेका तलका बुँदाहरु हुन:
१. म १००% राजा विरोधी परिवारमा हुर्केको मान्छे भए पनि कसैले राजाको समर्थन गर्यो भन्दैमा त्यसको विरोध गरिनु पर्छ वा त्यो सजायको भागिदार हुनु पर्छ भन्ने तालीवानी विद्वानहरुसंग सहमत हुन सक्दिन । त्यसैले राजाको समर्थन गर्यो वा गीत गायो भन्दैमा उनलाई कुनै कारवाही हुनुपर्छ भन्ने कुरा मान्दिन ।

२. अनि सि डि बेचेको कुराको लागि राम प्रसादले आफ्नो "खुबी" वा "राजभक्ति" वा "व्यवसायिक वस्तु" बेच्नलाई गाविस नगरपालिकाहरुलाई अनिवार्य उर्दि जारी गराए भन्ने कुरामा राम प्रसाद होइन उर्दी जारी गर्ने मान्छे र उर्दी मान्ने मान्छे हो कारवाहिमा पर्नु पर्ने । सि डि बेच्न अनैतिक राजनितिक लाभ लिनु "नैतिक" हिसाबले ठिक थियो कि थिएन भन्ने चाहीं अवश्य बुझ्नु पर्ने हो उनले, तर यस्ता गोरख धन्दा देशमा दिनमा दर्जन भन्दा बढी अहिले पनि भइराखेका छन । "नेपाल समाचार पत्र" भन्ने पत्रिकाले पनि ४० लाखको विज्ञापन लियो भन्ने कुरा समाचारमा आएको थियो । नेपालको लागि त्यो कुनै बिचित्र घटना होइन, कांग्रेस आउंदा पुनर्जागरण, विमर्शहरुले खान्छन, एमाले आउँदा छलफल, दृष्टि, बुधबारहरुले खान्छन, माओबादि हुँदा जनादेश आदिहरुले खाएकैछन ।

३. केहि काम गर्छु भनेर काम नगरेर वा पैसा लिएर नतिरी हिडेका छन भने उनले जसरी पनि तिर्नै पर्छ र राज्यले तिराउनै पर्छ । लिएका छन वा छैनन मलाई जानाकारी छैन , छैनन भने दोष लगाइनु राम्रो होइन ।

४. साप्ताहिक र सन्ध्याकालिन पत्रिका र पत्रकारहरुको हैसियत र नियत के हुन्छ आँफुले पनि देखे भोगेको हुनाले त्यस्ता पत्रिका वा पत्रकारको बारेमा कमेन्ट गर्न खासै जरुरी मान्दिन । जब सरकारले नै त्यस्ता पत्रिका चलाउन छुट दिन्छ र उनिहरुले गरेको काममा मुकदर्शक भएर बस्छ भने ती पत्रकारहरुलाई "खराब" भन्नु भन्दा पनि ती पत्रिका पढ्नेहरुलाई "बिचरा" भन्न बाहेक अरु केहि गर्न सकिन्न ।

अनि म पाण्डा नामबाट कमेन्ट लेख्ने गरे पनि दौंतरीको सहयात्री भएकोले प्रोफाइलमा नै मेरो इमेल देखिन्छ, छद्म नामले कमेन्ट लेख्यो भन्ने आरोप नलागोस !

www.Nepalmother.com said...

दौतरिमा आएका कमेन्ट सकारात्मक् नकारात्मक सबै हेरेँ , सकारात्मक् कमेन्ट लेख्ने जो जो हुनुहुन्छ धन्यवाद, नकारात्मक कमेन्ट लेख्ने जो जो हुनुहुन्छ वहाँहरुलाई पनि धन्यवाद तर म फेरी पनि यत्तिमात्र भन्न चाहन्छु कि म एक सामान्य नागरिक हुँ , जसरी केही मित्रहरुले आरोप लगाउदै तल्लो दर्जाको भाषामा कमेन्ट लेख्नुभएकोछ, फेरी पनि कौवाले कान लाग्यो भन्दा कानै नछामी कौवाका पछाडि नदौडी यथार्थ बुझेर मात्र कमेन्ट लेख्नु भए राम्रोहोला कि भन्या मात्रहो, मेरो कसै सँग आग्रह पुर्बाग्रह केही छैन , रामप्रसाद खनाल ले न आज सम्म कुनै अपराध गरेको छ न भोली गर्ने वाला छ , कसैले मरिहालेश भन्दैमा मरिने पनि होइन , कर्म गर फल्को आशा नगर भन्छन मेरो पनि त्यही धारणा छ। सत्य कहिलै पनि झुट हुन सक्दैन ढिलो हुन सक्ला तर सत्य नै ठहरिन्छ , नखाएको बिश लाग्दैन , रामप्रसाद खनालले कुनै किसिम को अपराध गरेको प्रमाणित होश खुल्लामन्चमा झुडिन तयार छ , तर केही मान्छे बौलाए भन्दैमा सबै अबस्य बौलाउने छैनन , कमेन्ट जती आउछन उत्तर दिन जरुरी ठान्दिन , कसैको हिम्मत छ भने कानुनिरुपले प्रमाणइत गरोश् म जस्तो सुकै जे सुकै सजायको भागी हुन तयारछु । मेरो यही चुनौती छ , छ कोही बाउले जन्माएको सपुत भने अगाडि आउ , कानुनी रुपमा कठघरामा उभ्याउ , म तयारछु । मेरा शुभचितक लाई फेरी विश्वाश दिलाउन चाहन्छु मेरो कारणाले कुनै दिन कसैले नाक खुम्च्याउनु पर्नेछैन । बाँकी थप् कुराहरु मेरो वेबसाईट www.ramprasadkhanal.blogspot.com or www.nepalmother.com मा गएर हेर्न आग्रह गर्दछु , जादा जादै कुन्ती मोक्तान को गीत याद आयो :

...कती जल्छौ आरिशले ।।, जल्दै गर ।। मत हिड्छु मेरै बाटो खुट्टा तान्दै गर ...... खुट्टा तान्दै गर ......

_ Ram Prasad Khanal
email: [email protected]

Unknown said...
This comment has been removed by a blog administrator.