December 24, 2008

अतितको पानाबाट

पुराना अंशहरु पढ्न यहाँ क्लिक गर्नु होला।

आज क्रिश्मसको पूर्व संध्याको दिन। अफिसमा काम् पनि त्यति छैन। धेरै गोरा साथीहरु छुट्टीमा घरै बसे। सोचें, मेरो यो कथालाई आज टुंग्याइदिऊं। हिन्दी टेलीस्रींखलाहरुजस्तो तन्काइरहन मन् छैन। मेरो कथा प्रस्तुतीलाई मन् पराएर प्रतिक्रिया लेख्ने साथीहरुलाई धेरै धन्यवाद्।

तपाई अब कलेज पढ्न टाढा जानुहुनेछ। नया ठाऊँ, नया परिवेश् हुनेछ। उच्च् शिक्षा हासिल् गर्ने, उज्ज्वल् भबिष्य बनाउने धूनमा तपाई धेरै पर पुग्नुहुनेछ। मलाई शंका छ, म तपाईलाई पछ्छ्याईरहन कहाँ सकुंली। म पढाइमा कमजोर र खासै कुनै लक्ष्य र गन्तब्य पनि नभएकी,के तपाईले मलाई आफू योग्य सम्झिरहनु होला? शहरको रमझम, नया संसार्, हुन सक्छ तपाइको नया संबन्ध पनि बन्ला र तपाई पुराना कुराहरु भुल्दै जानु होला। के तपाईको माया मलाई उत्तिकै रहला?यस्तै यस्तै कुराहरु लेख्न थालिन् तिनले। हुन त मैले प्रेम् प्रस्ताव पठाउंदा धेरै परको कुरा सोचेर पठाएको थिइन तर प्रेम पत्रहरुमा मैले धेरै बाचाहरु खाइसकेको थिएँ। म मेरो बाचाहरु कहां सजिलै तोड्न सक्थें र। जुनसुकै परिस्थिति, परिबेश्, बाधा अड्चनहरुमा पनि तिमीलाई कहिले भुल्न सक्दिन भनेर पत्रहरु लेखिरहें।

कलेजको फर्म भर्न कहिले काठमांडौ, कहिले चितवन, कहिले हेटौंडा जानु परिरहेको थियो। पत्र अलि नियमित लेख्न सकिरहेको थिइन। यस बिचमा उनको एउटा पत्र आयो; हजारौं वोल्टको झट्का दिनेगरी। के लेखिएको थियो भने-अब म आफ्नै गाँउ फर्किदै छु। मेरो बिहेको कुरा पनि चलिरहेको छ। यदि तपाईको माया सांचो हो भने मलाई पनि तपाईसंगै लिएर जानुहोस्। तपाई जहां जानुहुन्छ, म त्यहि जान तयार छु। उनको पत्रले मेरो बिचार् सुन्य भयो। केहि पनि सोच्न सकिन। चक्कर लाग्ला जस्तो भयो। आकाशतिर हेरें। आकाशपनि फन्फनी घुमिरहेको थियो । मैले आफ्नो प्रेम बचाउने भए उसलाई संगै लिएर जानु पर्ने भयो अर्थात बिहे गर्नु पर्ने भयो। होइन भने उनलाई बिर्सनुपर्ने भयो। छोरा मान्छेले प्रेम प्रस्ताव राख्दा सायद बिहेको कुरा सोचेर राख्दैन र बिहेको कुरा आउने बित्तिकै उसलाई आफुमुनिको जमीन भास्सिन लागेको प्रतीत हुन्छ। मलाई त्यस्तै भयो। मेरो अगाडी सिंगो भविष्य थियो, उच्च् शिक्षा हासिल् गर्ने, ठूलो ठाऊँमा पुग्ने आकांक्षा थियो। र अहिले नै बिहे गर्ने कुरो त सोच्न पनि सक्दिन थिएँ। मेरो परिवार, मेरा गुरुहरु सबैको आशामाथि तुषारापात गर्न सक्दिनथिंए। तर मेरो प्रेम्? जूनी-जूनीभर साथ दिने बाचाहरु? ती सबै झूठा हुने भए? यी प्रश्नहरुको उत्तर् म आँफैसंग थिएन।

म काठमांडौ पढ्न जाने निश्चित भैसकेको थियो। मैले एउटा पत्र लेखेँ। म अब काठमांडौ जाने भएँ। तिमी अहिले आफ्नै गाँऊ जाऊ। मलाई तिम्रो ठेगाना दिईराख। म काठमांडौमा ब्यबस्था मिलाइसकेपछि तिमीलाई लिन आउनेछु। म आफैलाई विश्वास् थिएन, के म उनलाई लिन जाउंला त? उनलाई केही सान्त्वना, केही भरोसा दिन त पर्ने नै थियो। अरु कुरा सोचिन। मनमा त्यही आयो, त्यही लेखें। म काठमांडौ हिंड्नु भन्दा केही दिन अघि छोटो भेट भयो। मुखले केही बोलिएन। आंखाहरु आंफै बोलिरहेका थिए। सायद उनलाई पनि विश्वास् थिएन्, म उनलाई लिन फर्कने कुरामा। उनका आंखामा बिदाइ झल्कन्थ्यो। निराशा देखिन्थ्यो। म भने आफ्ना भावनाहरु लुकाउन खोजिरहेको थिएँ। हामीले एक् अर्कालाई मौन बिदाइ गर्यौ।

म काठमाण्डौं आएँ। बिज्ञानको पढाइ, ब्यस्त भएँ। उनलाई लिन फर्किने कुरो झूठो साबित भयो। उनले दिएको ठेगानामा एउटा पत्र पठाएं। माफ गर। मैले सोचे जस्तो हुन सकेन। तिमीलाई लिन आउन सकिन। मेरो अहिले नै बिहे गरिहाल्ने स्थिति छैन। तिमीले पनि आफ्नो बिहे रोक्ने कोशिश् गर। तिमीले मेरो प्रतिक्षा गरेमा म तिम्रै हुँ। आदि आदि। पत्रको कुनै जवाफ आएन। पछि मलाई उनकै कक्षामा पढ्ने मेरो साथीबाट थाहा भयो। आफ्नो दुलाहासंग सानीमाको घरमा आएकी थिईन् रे। मेरो प्रेमको अवसान् भैसकेछ। मैले उनलाई आफ्नो बनाउन सकिन। तिनी अर्कैको भैसकेछिन्। मेरो प्रेमको कोपिला फक्रन नपाउदै ओइलाएछ। गल्ती मेरो हो कि उनको थाहा छैन।

त्यसपछि समय धेरै बितिसकेको छ। नदीमा पानी धेरै बगिसकेको छ। मेरो पनि आफ्नै संसार् बसिसक्यो। तर उनी मेरो यादमा अझै छिन्। पछि कामको सिलसिलामा पोखरा जांदा थाहा भयो, खैरेनीटार् बाटैमा पर्दोरहेछ। प्रत्येकचोटी खैरेनीटार पुग्न लाग्दा मेरो आंखाहरु चनाखो हुन्थे। तिनी कतै देखिन्छिन् कि भनेर झ्यालबाट हेर्थें। आफ्नो गाऊँ जांदा पनि उनको सानीमाको घरको बाटो हिंड्छु, कतै तिनी देखिईहाल्छिन् कि भनेर। अहिले त गांऊ पनि चिन्न नसकिने भैसकेको छ। पुराना घरहरु भत्किएर नया बनेका छन् र उनको सानीमाको घर चिन्न पनि सक्दिन। कसैलाई सोध्ने कुरा पनि भएन।अहिले त म आफ्नो देश छोडेर धेरै पर आइपुगेको छु र उनीसंग भेट्ने संभावना लगभग् शून्य जस्तै छ। तर पनि उनी मेरो संझनामा आईरहन्छिन्। बर्षातको मौसममा बेस्सरी झरी पर्दा, शिशिरमा रुखहरुबाट पातहरु निख्रिदा अनि हिउंदमा झम्झम् हिउं पर्दा उनको यादमा मन् एकतमास् भैदिन्छ।



6 Comments:

Nisthuripardeshi said...

namasar mitra j
jo bhaya pani
aait ko panaa bata kata kata atite baljina khajokao lagdige thyao ahaji ramro ramro lak haru prstuta gardi garnu holaa bhanna ashmaa basako chu

ठरकी दादा said...

बाफ रे!, म यो घटनाको सुखान्त होला भन्ने कल्पनामा थीएँ , अकस्मात यो त वियोगान्तमा पो परिणत भयो त!

अनि यो गल्ति कस्को हो भन्ने बारेमा चाहि, यो अपरिपक्क भावनाको गल्ति जस्तो लाग्यो ।

Luna said...

भमरा रस मा भुले झै भुलाई दिनु भो तपाईंले । आगामी दिनमा पनि यसरी नै तपाईंको साहित्य रस मा चुर्लुम्म डुब्न् पाइयोस ,निरन्तरताको शुभ कामना ।
------------
तर एउटा कुरा छ नि तपाईंको स्मरण को अन्तिम भाग को अन्तिम हरफ पढ्दा चाँही मन नरमाइलो भो एकतमास ले --तपाइ हरु दु बै को आ- आफ्नो संसार बसिसक्दा पनि अझै पनि अतितमा डुब्दा दुख्नु भएको रहेछ --
भन्छन नि समय पनि मल्हम हो रे हिर्दयको घाऊ को --
बि स्तारै सम्झना सम्झना नै हुने छ र समय सँगइ घाऊ पुरिने छ ।

Prabin Thapa said...

It is said that everything is better if it will finish in better conditon. Your story of love is sweet but when i read its last lines it gives me to much socks. That is life we have to face each and every difficulties so, never take it serious we have to win our life.
Hope you will provides to read your creation also in future.
Best of luck and keep on continuing to write ok
prabin

Prabin Thapa said...

Thanks to all my frens who gives me good comments about my gazal. Yes i don't know all about the rules and regulation of gazal. I mean the pattern of writing actually but i m writing although i don't have sufficient knowledge about it. It doesn't mean i m neglecting its rules and regulation. I respect all gazal that is written in its rules. I promise with all guys i will try to manage it how much i can from my part but don't forget to suggest me because all yours comments are natural medicine for my creation.
thanks to all

Postak_Shrestha said...

मेरो अतितको पाना पछ्याएर मन पराउने, प्रतिक्रिया लेख्ने सबै साथीहरुलाई धन्यवाद। तर अन्तिम हरफ पढेर कतै म मजनु भैराखेको हो कि भन्ने भान पनि पर्न गएछ। खुशी लाग्यो, तपाईंहरुलाई भुलाउन सकेकोमा, तर यस्का केही घटनाहरु वास्तविक्ताबाट टिपिएको भए पनि यो कथा नै हो। यसमा उल्लेख गरिएका पात्रहरु, ठाउँको नाम सबै काल्पनिक नै हुन्। धन्यवाद, फेरि पनि।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !