May 7, 2008

ओलम्पिक कांहा?

ओलम्पिक कांहा? चिनमा?? त्यसो भए किन त ओलम्पिकको लाइट सगरमाथामा? तिम्रो देश कता? नेपाल। कता पर्छ नेपाल? एभ्रेष्ट जांहा छ नि त्यहि हो हाम्रो देश। एभ्रेष्ट जता परे पनि नाम चाही सुनेको छु। त्यती मै चित्त बुझाउनु पर्ने हुन्छ नेपाली भएर बिदेशमा चिनीन। अली समाचार पढ्नेले भन्छ राज खानदानको हत्या भएको थियो नि त्यहीं होइन? टाउको निहुराएर भन्नु पर्छ हो त्यहीं हो। अली बाठाले त तिम्रोमा माओबादीको बहुमत आयो रे नि पनि भनिहाल्छन। संसारमै हराइसकेको कमिनियुष्ट हाम्रोमा फस्टाएको सुइकार्न करै लाग्छ। अब त एभ्रेष्ट भएको देश भन्दा नेपाल चिनको प्रान्त हो भनेर सोध्लान। अहिले सम्म धेरैले नेपाल भारतको प्रान्त हो भनेर दिक्कै पार्थे। एक जना अमेरीकी अधीकारी नेपाल तिब्बतसंग झुक्केको त खबरमा चारै तिर छाएकै हो। अब चिनमा हुन लागेको ओल्मपिकको टर्च सगरमाथैमा बालेपछी नेपाल तिब्बतमै पर्छ भनेर झुक्किन झन सजिलो हुन्छ। हुन त बु्द्दको देश,सगरमाथाको देश भन्दैमा हामीले दशकौं बितायो। देशको अर्थतन्त्र जरजर हुंदा पनि शान्त प्रिय देश भनेर आफुलाइ फुरकाउदै गरिबिमा रमिरहेऔं। बेला बेलमा बुद्द भारतमा जन्मेको भनेर दाबा गर्दै आए पनि अनेक प्रमाण जुटाएर अझ सम्म बुद्द नेपालमै जन्मेको भनेर संसारलाइ बुझाउन सफल भएका छौं। कतिपय भारती किताबले सगरमाथा भारतको उत्तरमा पर्छ भन्न पछि पर्दैनन। तर नेपाली किताबमा सगरमाथा नेपालमा पर्छ भनेर पढ्दै आएकोमा अल्ली बुझ्ने भएपछी सगरमाथाको उत्तरी मोहोडा चिनमा पर्छ भन्दा मन खिस्रिक्क भएको थियो। अब त चिनले हाका हाकी ओल्म्पिकको निहु पारेर ओल्मपिक टर्च सगरमाथाको शिरमा बाल्दा लाजले नेपालकै शिर निहुरिएको अनुभब भएको छ। बेला बेलामा भारतको थिचो मिचो बेहोर्दै आएको नेपाल र नेपालीले यस पटक चिनबाट मिचिए। के अब कुनै समयमा नेपालमा ओल्म्पिक भए ओल्मपिक टर्च धौलागिरीमा बाल्ने त?


7 Comments:

ठरकि दादा said...

ज्यादै जायज र मर्मस्पर्शी कुरा उठउनु भएको छ । तर कुरा के भने सगरमाथामा चीनिया ओलम्पीक टर्च बल्दा जत्ती तपाई हामीलाई चित्त दुख्छ यि नयाँ नेपाल बनाउने ठेक्का लिएर हिडेका नेता र चुनाव हारेपनि देशलाई आफ्नै बपौति सम्झी सधैं कुर्सीमा झुन्डिने सत्तालिप्सा महा-मानवहरुलाई केहि छुदां पनि छुदैंन ।

अनि हाम्रा गतिछाडा र मानिमरुवा नेताहरु यस्तै नव नेपालको निर्माणमा व्यस्त हुदां हुदैं सगरमाथा मात्रै होईन,भोली हामिले यस्तै कुनै ईभेन्ट आयोजना गर्दा धौलागिरि र माछा पुच्छ्रेमा पनि कसैले दावि नगर्ला भन्न सकिन्न ।

पीजी said...

आज विहान मात्र एउटा जर्मन न्युज च्यानलको समाचारमा ठ्याक्कै यहि कुरो भयो । ओलम्पिक टर्च सगरमाथाको टुप्पोमा पुगेको समाचारमा भनिएको थियो „सगरमाथा तिब्बत र चीनको बोर्डरमा पर्छ“ । यो घटनालाई चीनको पेलाई मानौ वा नेपाली पक्षको अकर्मण्यता तर परिणाम यसले सगरमाथा नेपालको हो भन्ने भनाइ र बुझाइमा प्रश्न चिन्ह खडा गरेको छ । अमेरिका इराक र खाडीमा व्यस्त भइरहदा रुसले क्यानाडा नजिकको उत्तरी क्षेत्रमा तेल-ग्यास अन्वेषण गरेर अमेरिका लगायत विश्वलाइ चकित पारे जस्तै सबै भेंडा संविधान सभाको पछाडी लागेको बेला चीनले हाका हाकी बिल्याएको छ ।

यदि नेपाल र चीनको यस विषयमा पहिले कुरा भैसकेको थियो भने नेपालले त्यहि अनुसार प्रचार गर्नु पर्ने थियो र किन सगरमाथामा टर्च लगिदैछ भन्ने कुराको भ्रम निवारण गर्नु पर्ने थियो । अझै पनि जवाफ चाहिन्छ किन ओलम्पिक टर्च सगरमाथामा लगियो र नेपालको यसमा के भुमिका छ ।

Anonymous said...

Why do we care of everest? Even we dont have time to take care of our own fellow Nepalese?

Anonymous said...

Stupid China makeing us so sad due to take up olympic turch at Everest.thos all NP political leaders are envolpe only thiers perblem.thye never look back what happend in world criss.we never had any true honest leader past and present.if we have any honest leader or party in country then they never give allowed China to do it.Any way-we never had real freedom country by land locked and Hindusm political crisess people.
So my opinion-let the take China or India whatver country what they want.but we(poor people)need all the time job/no violence/no strik/no electric shortage/no water perbelem and no cultural and religion racist etc by any one who take over country.Let the take over any one of rich country if possibilty applause.but we are very bad lock NP who can't do this as well.
so whatever we write our opinion with staying foreign,it's just time wast to write opinion.no and never change our country reality.we NP always need go foreign country for stupid rubish job and we lost our many thing's as like culture,languase and own soul but we just earn some of money then goes back to country for end life,become nothing we got change in Nepal.

Anonymous said...

It is 10 times of tanakpur.
100 times of various tatbanda India used to make.
If I am not too negative, its a shameful position of our politicians that cannot save our land given by ancestors.

Anonymous said...

Excellent article. I certainly love this website.

Keep it up!

Also visit my web page - test

Anonymous said...

Genuinely no matter if someone doesn't be aware of after that its
up to other people that they will assist, so here it takes place.


Also visit my homepage - 24 hour ac repair 19195

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !