
तिन थरि समुह मध्ये पहिलो समुह आफुलाई कम्युनिष्ट सिद्धान्त निष्ठ थान्छ। यो समुहको बुझाईमा मार्क्स भनेका देवता हुन र मार्क्सवाद देववाणी हो जो अपरिवर्तनिय छ। यसका लागि मार्क्सले डेढ सय बर्ष अगि सारेको दर्शन अकाट्य छ, कुनै काँटछाँट आबश्यक छैन। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि खासै परिवर्तन नभएको देख्छ यो समुह। यसले वर्तमान विश्व परिवेश, सुचना प्रविधिको विकाश र मानविय चेतनाको वर्तमान अवस्थालाई खासै साम्यवाद उन्मुख देख्दैन। यो समुहको बुझाई सिमेन्टेड छ। मार्क्सवाद भन्दा फरक दर्शनको अध्ययन यसको लागी गम्भिर त्रुटिको विषय हो। जीवन र जगतको बहुआयामिक पक्षहरुलाई सिर्फ एकतर्फी तरिकाले बुझ्ने र बुझाउने यसलाई ‘सैद्धान्तिक बन्धक’ समुह भन्दा हुन्छ। माओवादी पार्टी भित्र यो समुह अहिले बोलवालाको अवस्थामा नै छ तर जिवनको बहुआयामिक पक्षलाई बुझ्न चाहने बौद्धिक समाज यो समुह प्रति त्यति आबद्ध छैन साथै सर्वसाधारण कार्यकर्ताहरुमा बुझाईको क्षितिज बढ्दै जाँदा तथा वैचारिक द्धन्दात्मकताले निर्वाद रुपमा प्रश्रय पाऊँदा यो समुहको बोलवाला क्रमश घटने देखिन्छ। जे होस यहाँ जीवन शैलि भड्काव पाराको नभई सरल स्वभाबको छ। राष्ट्रियता यथार्थ भन्दा भावनात्मक बढि हो