के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।
October 7, 2010
दौंतरीहरूलाई शुभकामना
के राम्रो गरियो,के गर्दा राम्रो होला पक्कै भन्नुहोला,साथै एक आपसमा शुभकामना बाढ्न पक्कै पनि नभुल्नुहोला। नेपालीको ब्लग चौतारी दौंतरी,तपाइ हामीकै साझा सम्पती हो।
Posted by:
Dautari Admin
विश्लेषण
आदरणिय दिदी बहिनीहरु!
'आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु।
तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।'
उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी ! ऊठ्नुस! जाग्नुस!धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ.' तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।
‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको ,बरु ,शंखघोस् हुनेछ एकताको!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

October 6, 2010
शुभकामना गजल
झुल्कियोस दैलो दैलोमा अध्यारो चिरी ज्योति
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
धेरै भयो निभेको खुशी आउ उषा लाली पोती
पसिना माग्ने माटो रगतको छिटामा रम्दैन
श्रम र शिप कदर भए फल्छ यही मोती
सदभाबको बाताले आस्थाको छानो कसम
झरी छेकिन्न कसै आर्काको छातामा ओती
भोक किन्न सकिन्न चौरासी बेन्जन भए नी
अंऋत हुन्छ बरु पसिनाले कमाको रोटी
खुशीको जमरा पलाओस हर नेपाली मनमा
अटल होस शान्ति बिबेक देउ सरस्वोती
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पहिला नेपाल, नेपाली अनीमात्र जनसम्पर्क समिति- गगन थापा
यूएई
गत शुक्रवार दुबईको एक होटलमा आयोजना गरिएको नेपाली जनसम्पर्क समिति यूएईको प्रथम महाधिवेशनमा प्रवासमा पहिला नेपाल, नेपाली अनि मात्र जनसम्पर्क समिति भई चिनिन नेपाली कांग्रेसका युवा नेता गगन थापाले कार्यकर्ताहरुलाई अनुरोध गरे ।
उक्त अवसरमा यूएईमा रहेका सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थितमा अन्तकृया कार्यक्रम समेत सम्पन्न भएको थियो । एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाह, नेपाली समाजका अध्यक्ष, यम तमु, एनआरएन एन सी सीका अध्यक्ष चुडामणी ढकाल, नेपाल पत्रकार महासाघका
अध्यक्ष शंकर ज्ञवाली, जनजाती महासाघका अध्यक्ष भुवन राई, लगायत अन्य संघ संस्थाका प्रमुखहरुले नयाा कार्यसमितिको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे । प्राय वक्ताले गगन थापालाई भर्खरै भएको नेपाली काग्रेसको महाधिवेशनबाट थपिएको जिम्मेवारी सफलतापूर्णरुपमा गहन गर्न आग्रह समेत गरे ।

खेमनाथ (बन्दिपुरे माहिलो)
October 3, 2010
'एक्काइसौँ शताब्दी' : मताग्रही अवधारणा कि वस्तुगत संज्ञा
( निर्मलमणि अधिकारी 'आयोदधौम्य'
धेरै नै प्रयोग गरिने शब्दावली हो यो 'एक्काइसौँ शताब्दी' । लेखाइ र बोलाइ दुवैमा 'एक्काइसौँ शताब्दी' को दुहाइ दिने क्रम बढ्दो छ । तर,हाम्रो देशमा जसरी 'आधुनिक' (Modern), 'आधुनिकतावाद' (Modernism), 'उत्तर आधुनिकतावाद' (Postmodernism),, वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै 'एक्काइसौ
शताब्दी' लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ । मोर्डन, मोर्डर्निज्म, पोस्टमोर्डर्निज्म,
ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्र ही अवधारणा (Ideological concept)हुन् र 'एक्काइसौँ शताब्दी' पनि त्यस्तै हो ।
यी सबै अवधारणाहरू युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।
'शताब्दी' मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षो समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब 'शताब्दी' को अगाडि 'एक्काइसौँ' भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, 'एक्काइसौँ शताब्दी' भन्ने अवधारणा

October 1, 2010
राम्रो कुरो बाहेक बाँकि सबै हुने देशमा
आफ्नो मुलुकबाट प्रवाहित हुने समाचारको शृंखला हेर्दा माथिको शीर्षक दिमागमा फुर्यो ।
माओवादी हिंसाले लखतरान र जीर्ण पारेको देशमा, केही वर्ष चुनाबका मुखमा एउटा पार्टीको नाममा झड्केलो जन्म्यो , तराई जनतान्त्रिक फोरम । फोरम विचित्रको थियो किनभने यसमा कुनै स्पेशल र ओरिजिनल मान्छे र प्रवृत्ति थिएनन् । अत: यो भगवानको श्रृष्टिमा बन्न नभ्याएको तर पछि सबै जीवजन्तुका चुनिन्दा अंगको गठजोडले बनेको ऊँट जस्तो देखिन पुग्यो । हिजोका भग्नावशेष पञ्चदेखि सबै पार्टीका 'लेफ्टओवर' बटुलेर आकार दिइएको यो तराईको राजनीति गर्ने फोरमलाई कतिले त दक्षिणी छिमेकीको नेपालस्थित प्रतिनिधि भनेर समेत आरोप लगाए । कुरो जे भए पनि , फोरमका काम , कर्तूत र ध्येय भने नेपाललाई कसरी “फोरौँ’ र 'सिध्याऔँ' भन्ने नै हो कि जस्तो लाग्ने कृयाकलाप यसले देखाइरह्यो, आफ्नो स्थापना कालदेखि ।
गत संविधानसभा चुनाब ताकाको मतदाता नामावलीमा २५ देखि ३०% फर्जी मतदाता रहेको कुरा निर्वाचन आयोगले एउटा सर्वेक्षण मार्फत पत्ता लगाएछ । यसैलाई आधार मानेर , अहिले निर्वाचन आयोगले निर्वाचन प्रणालीमा सुधार ल्याउन नया परिचयपत्र जारी गर्ने कार्यक्रम ल्याएको कुरा समाचारमा पढ्दा खुशी लागेको थियो , कमसेकम केही कुराका लागि असल पर्यास हुन थाल्यो भनेर । अझै भन्दा , यो प्रकृयामा जानु पूर्व निर्वाचन आयोगले सर्वदलीय भेला समेत गराई सो कुराको बारेमा दलहरूबाट सहमति पनि लिई सकेको रहेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
एकलव्य ( Eklavya)
Subscribe to:
Posts (Atom)