March 26, 2009

बैदेशिक रोजगारमा पाएको बिचलन

बिजय कुमार श्रेष्ठ (माधब)
कटुन्जे , चरङ्गेफेदि धादिङ्ग -हाल बलाद ईराक

आफनो जन्मभुमीलाई चटक्क छाडेर एउटा अपरिचित गन्तव्यको पाईलालाई नचाहँदा नचाहँदै पनि अङ्गाल्न कसलाई क्षम्य थियो र, तर पनि परिवेशले भनु या बाध्येताले भनु या त रहर नै लागेर भनौ आफनो देशको सेवक बनेर देश र देशबासिको लागी आफुमा भएको पराक्रम देखाउन रहर हुदा हुदै पनि मुग्लान पारिको सिरेठो र गोलार्द्धको लार्भा सरिको तातो गर्मीलाई आफनो कर्मको साथ बनाउन बाध्य हुनु परेका छौ आज हामी । अनेक बाधा ब्याबधान र अड्चनहरुको सामना गर्दै आफनो सन्ततीले पाएका दुखका पलहरुलाई केहि हदसम्म भए पनि सुखको सास फेर्न पाउने आशाको पोका लिएर आफुलाई परदेशीको सुचीमा छाप लगाउन बाध्य भएका छौ ।

जब परदेशको सपनाले आफनो मनमा बासस्थान लिन थाल्दछ त्यस पछि उसको अगाडि स्वादेशि मनको भावनाहरु बिलिन भएर तुहिन थाल्दछ । हरेक दिनको सपनामा परदेशीको भुमीकामा आफुलाई पाउन सफल हुन जान्छ । फेरि हाम्रो समाजमा परदेशी भन्ने बित्तिकै अलि सद्भावको नजरले हेर्ने परिपाटि छ । परदेश जानु भनेको आफनो भविष्य नै परिवर्तन गर्नु हो भनेर बुझनेहरुको कमी पनि छैन हाम्रो समाजमा त्यसैले छिट्टै धनि बन्ने हेतुले हतारिएर आफनो भुमी छाड्ने उत्सुकताले पिरोल्न थाल्दछ । आफुमा भएको क्षमता के हो र कार्य दक्षता के हो हामीले त्यो कुराको ध्यान दिन बिर्सिएर केबल मुग्लानियाको दर्जामा आफुलाई उभ्याउन हतारिन्छौ । न त हामी कुनै पनि शिपमा दक्षता हासिल गरेका हुन्छौ न त अनुभविको पाठ लिएका हुन्छौ । तर पनि हामीलाई मनग्य रुपैयाँ कमाईन्छ भन्ने आशाका भारि बोकाई दिनेको कमी हुदैन ती हाम्रा मानव रुपी तस्करका मुकुण्डोको खोल आडेकाहरुबाट तत्काल नै धनि भएको कथा सुनाउन पछि पर्दैनन् । गरिबि र बेरोजगारको मारले लालईत भएका हाम्रा कोमल मन त्यसै अतालिएको बेलामा रसबरि जस्ता मिठा माधुर्य स्वाँरको गुलाबी भाषण रुपि शब्द जालले हाम्रा मन मस्तिष्कमा बर्जपात गराई दिन माहिर हुन्छ ति हाम्रा मानव रुपि तस्करका मुकुण्डो भिरेका महापुरुष ।

अब हाम्रो परदेशी बनि छिट्टै धनि भएर एस-आरामको जीवन बिताउने सपनाहरु अगाडि बड्न सुरु हुन्छ जब हामी जमीनको सतहलाई छाड्दछौ । कुन देशमा जाने र त्यहाँ गएर के काम गर्ने हो भन्ने कुराकोसम्म आफुमा ज्ञानको कमी भएको हुन्छ किन कि थिचोमिचो र कहाली लाग्दो बेरोजगारीको तड्पाईले आत्तिएका मनहरुलाई सोध्ने मौका कहाँ मिल्छ र केबल आफनो मन परदेशको भुमीमा पाईला हाल्न पाए त सुख र आन्नदको सास फेर्न पाईन्छ भन्ने तिर मात्र दौडन आतुर भई रहेको हुन्छ । त्यति बेला हामीलाई जान्ने उत्सुकता पनि त्यति जागेर आउदैन । चारै तिरबाट चपेटाले पिल्सिएर आफनो जीवनलाई धिकार्न बाहेक अरु उपाय हामीसँग के नै हुन्थ्यो र त्यहि माथि पनि साहुको ठुलो धनरासिको चर्कोसाँवा ब्याजले हाम्रो मनपाटल माथि चटयाङ बसा्रएको हुन्थ्यो । जे जस्तो परिस्थिती आई परे पनि जुध्ने अठोट लिएर हामी परदेशीएका हुन्छौ । आफुलाई बिदेशि भुमीमा कर्म थलोको जग बसालेर आफना सपनाहरुलाई साकार पार्न तिर हतारिएका हुन्छौ । आफनो मनगन्ते कौतुहलहरुसँगै उड्दा उड्दै आफनो गन्तव्य स्थानको पराकाष्टमा ल्याएर ओरालि दिन्छ र आफना आफना साहु र कम्पनीको हातमा सुम्पनलाई मनहरु फेरि हतारिएको हुन्छ । आफुसँगै आएका साथि भाई सङ्गीहरु आफनो आफनो गन्तव्य तिर पाईला चालि सकेका हुन्छन तर आफनु भने कोहि आउदैन तिम्रो मालिक म हु ल हिड जाम भनेर लिनको लागी लिन आउने कोहि भएन । दिनका प्रहरहरुले डाडाकाटि सक्यो तर पनि आफनो गन्तव्यको सुरुवात गर्ने बाटाहरु अलमल्ल नै रहयो ।

सुन्ने गरेको त थिए कयौं नेपाली आमाका सन्तानले आफनो बैदेशिक रोजगारिको शिलशिलामा आफना सारा सपनाहरुलाई हावामा बिलिन पार्न बाध्य भएका कथाहरु आज ति कथा आफनो सामु खडा हुने हो कि आफै त्यो कथाको पात्र त बन्नु पर्ने हो कि भन्ने शंका उपशंकाको ज्वारभाटा मनमा बार्जपात हुन थाल्दछ । ३६ घण्टाको लामो पर्खाई पश्चात तिम्रो नाम फलाना हो भनेर पासपोर्ट माग्न एक जना अपरिचित व्यक्ति आएर सोध्यो । बल्लको यो मनमा केहि हदसम्म खुशिका पल आउन थाल्यो र उसको पछाडि लागेर आफनो गन्तव्यको पाईलाहरु अगाडि बडाउन तिर अघि लागे । आफुलाई के थाहा भयो र साहुलाई पासपोर्ट बुझाए पछि आफु बाहेक आफुलाई नेपाली हो भनेर चिनाउने आफनो बोली मात्र थियो । गएको केहि दिन त राम्रोसँग खान दियो काम पनि राम्रै लगायो । आफुलाई थाहा पनि थिएन के काम गर्नु पर्छ भनेर तर पनि केहि दिनसम्म राम्रो काम गर्न लगाएकोले काम त सजिलो रहेछ भनेर मन मनै खुशि भए । कस्लाई के थाहा भयो र जीवनमा सपनामा पनि नसोचेको कार्य गर्नु पर्छ भनेर केहि दिन पछि तिम्रो काम त गोठाला हो तिमीलाई मैले गोठालो बनाउनलाई पैसा तिरेर ल्याएको हो भनको सुन्दा त एक्कासी छानाबाट खसे जस्तो हुन पुगे । तर के गर्नु आफुले जे जस्तो काम परे पनि गर्छु भन्ने अठोटका साथ आएका थिए । आखिर नगरिकन फर्केर जानु पनि आफुसँग सार्मथ्य थिएन किन कि उता साहुको साँवा ब्याजले दिनदिनै सगरमाथा छुन लागि सकेको थियो । आफनो मनलाई आफैले समालि गोठालो बन्न तयार भए । आफनो बाबु आमाको कत्रो सपना थियो होला छोरालाई पढाएर ठुलो मान्छे बनेको हेर्ने आशाहरु पनि तुहि गयो र आफुले लगनशिलता भएर अध्यायन गरेका ज्ञानहरु प्नि बिलीन हुन पुग्यो । तर पनि काम पाएकोमा त केहि हदसम्म त यो मन खुसि नै थियो । काम गर्दै गए दिनहरु बित्तदै गयो । महिनाको आखिरि दिन आयो अब त आफुले जीवनमा पहिलो पारिश्रमिक थाप्ने दिनको प्रतिक्षाले हत्तारिएका थिए । सधै साहु आउने बाटोहरुलाई यो आँखाले पच्छयाउन थाल्यो ।

महिना बितेको केहि दिनमा साहुले पारिश्रमिक लिएर आयो तर फेरि बज्रपात गरायो तलब थाप्ने बेलामा एजेन्ट भनाउदाले आफुलाई जति भनेको थियो त्यति दिएन । त्यसको लागीमा प्रतिबाद गर्न पनि सक्दिन थिए । त्यसै गरि दिनहरु बिताउदै गए । त्यस ठाउँको भौगोलीक बातावरणसँग रमाउन थाले आफना वरपर भएका साथिहरुको नजिक हुन थाले । आफुलाई दुखसँग लड्ने बानि त परि सकेको थियो तर अन्याय र अत्याचार भने पछि कसैलाई नपरोस भन्ने गर्दथे । के गर्नु बिरानो मुलुकमा आफुले बोलेको भनेको सुनी दिने कोहि नहुदो रहेछ । आफुले पाएको दुख भन्दा कयौ साथिहरुको दुख र बेदना सुन्दा त यो मनलाई थामी नसक्नु हुन्थ्यो । परदेशमा पैसा भनेको रुखको बोटमा फल्छ र टिपेर ल्याउने हो जस्तो लाग्दथ्यो तर आफुले ति पिडा र कष्टहरु भोग्नु र देख्नु पर्दा त असहय हुदो रहेछ । कयौं साथिहरुले आफनो समयाबधि पुरा गरेर पनि घर फर्कन नपाएका र कयौ फर्जी करारनामामा प्रबेशाज्ञा बनाएर पठाएका बेवारिसे जिवन विताउन बाध्य भएकाहरुको पिर र बेदनाहरु सुन्दा त आफुलाई पनि समाल्न गार् हो हुने गर्दथ्यो । ठुलो धनराशि कमाउने सपना बोकेर आएका ति नेपाल आमाका सन्तान आज मानव तस्करको जाल र निर्दयी वन्य जन्तु सरहको स्वभाव भएका ती अर्कालाई दुख पर्दा रमाउन जान्ने मालिक साहु भनाउदाहरुको कसिमा परेर कष्टकर जिवन विताउन बाध्य भएका निमुखा मनहरुको पिडालाई देख्दा कसलाई दया नलाग्ला र कयौ नेपाली दाजुभाई दिदी बहिनीहरु त झन आफनो गन्तव्य स्थानसम्म पनि पुग्न नपाउदै अलपत्रे जीवन बिताउन बाध्य हुनु परेका छन् । कत्रो सपना बाढेर छिटो भन्दा छिटो धनी बनेर केहि हदसम्म भए पनि सुखको सास फेर्न पाईन्छ भनेर परदेशिएका मनका सपनाहरु हावामा सजाउनु पर्दा कसलाई असईय हुदैन र । आफनो परिवारलाई फर्केर आउदाको खुशीका पोकाहरुको बाचाहरु र साहुसँग लिएको चर्को ब्याजले गर्दा त झन मरे तुल्य भएर आउदथ्यो ।

बिभिन्न राजनितीक पार्टिका नेता भनाउदाहरु सभा सम्मेलन गर्ने निहु पारेर प्रबाशिको मर्म बुझन आएको हौ भनेर मिठा भाषण गर्न जानेका ती अबसर बादिहरु आउछन र तपाईहरुको दुखमा हातेमालो गर्न आएको भनेर चिप्ला कुरा गरेर आफनो स्वार्थ पुर्तीको लागी पार्टि बिस्तारको प्रकृर्या अगाडि बडाएर जान्छन् । दुई चार सक्ला अक्षर चिनेका हाम्रा सहपाठिहरु केहि संख्यामा राम्रो र सजिलो काम पाउन सफल भएकाहरुले आफनै सहपाठिहरुको बिचमा बसेर भाषण दिने गर्दछन् । दुखमा साथ दिने भनेर बिभिन्न बनावटि बचनहरुले ललाई फकाई आफनो जालमा पार्दछन् । आफनो स्वार्थ पुरा भए पछि यो यस्तै हो भनेर आफु पछि हट्दछ । परदेशमा हामी केवल आफनो बेरोजगारिको निसानीलाई पार लगाउन आएका हौ । केही रुपैयाँ पैसा कमाएर आफु र आफनो परिवारलाई एक छाक मिठो र एक सरो राम्रोसँग शरिर ढाँकेर गाउँ समाजको अगाडि सरल जिवन जिउन सकिन्छ कि भन्ने उदेश्य लिएर बिदेशिको सामु झुकेर आफनो गन्तव्यलाई अगाडि बढाउनु परेको छ । दुख परेको बेला कसले कसलाई हेर्छर प्रदेशमा त्यही दुखको परिस्थितीलाई साथ दिनको लागी नेपाल सरकारले राजदुताबासको व्यबस्था गरि दिएको छ । तर के गर्नु सबैको लागी समान न्याय दिनको लागी बसेका हौ भनेर भन्छन् तर दिन दुखिहरुले त्यहाँ गएर आफनो समस्याहरु दसा्रउन पाउने मौका समेत दिदैन । अनि कस्तो होला यो पिडाले भरिएका मनहरु कति रुदो होलान् ।अलि कति पैसा कमाउनेहरु नेता बनेर संघ संगठनको बिस्तार गर्ने तिर लाग्दछन् र मासिक रुपमा लेबि उठाउन पछि पर्दैनन् । ती आफनै सहपाठिहरुको माझमा बाह्र घण्टा देखि १६ घण्टासम्म पसिना बगाएको परिश्रमिक भित्र सँघ संगठनको हिस्सेदार बनाउनलाई भाषणको खेति गर्नतिर कम्मर कसेर लाग्दछन् । भोली के हुने हो उसलाई पनि थाहा छैन । अनि आफनो भविश्यको बारेमा त राम्रोसँग जानकारि नभएकाले अरुको भविष्यको के गर्न सक्छ भनेर विश्वास लिने होला ।

कहिले काहि पत्रपत्रिकामा पढ्ने गरेको थिए फलाना व्याक्ति फलाना ठाउमा अलपत्र पर् यो भनेर तर आफनो सहयात्रामा सहपाठि भएर लागेका सहपाठिहरु र स्वायंम आफुले तिरस्कार र लाचारिको जिवन जिउन पर्दा मरे तुल्य भएर आउथ्यो । हरेक दिन नेपाल आमाका सन्तानलाई बेवारिसे जीवन जिउनमा व्यातित बनाउन कम्मर कसेर लागेका छन् ति मानव रुपी मुकुण्डो लगाएका तस्करहरु त्यसको रोकथाम कसले गर्ने मोटो रकमले मुहानमा बुजो लगाउन खप्पिस भएकाहरुलाई कसको त्रास । कसैले उजुर बाजुर गरे क्षणिक समयको लागी साधु बनिदिने र केही समय पछि फेरी सिंह बनेर निस्कन पल्केकाहरुलाई कसले पो के नै गर्न सक्छ । हिजो हामी सामु घटेका घटनाहरु कसले गर्दा घटेका हुन् त के यो कुरा हामी प्रवाशि सहपाठि मित्रहरुले कहिले सोच्ने गर्ने गरेकॊ छ त जे जति घटना घटे त्यो सबै हाम्रो कमि कमजोरिले गर्दा नै हो । हामीले अरुलाई पर्दा कहिले पनि सोच्ने गरेनौ त्यो घटनाको भागिदार म पनि हो भनेर कहिले पनि भन्ने गर् यौ त त्यो काम कसरी बिगारे र त्यस्तो कसरी हुन गयो भनेर कहिले पनि बुझने गरेनौ किन र कसरी भयो भनेर गहिरेर बुझने समय हामीले त्यो दुख दायि जिवन बिताएका हाम्रा सहपाठिको लागी समय दिन सकेनौ । जसले दुख पाएका छन् र ती मध्य आफनो घरायसी बातावरण बलियो छ उसलाई कुनै समस्याले पिरोल्ने कुरै आएन । जो सँग आफनो हात पाखुराको कमाईबाट आफनो सन्ततीको भविष्यको चित्ररेखा कोर्नु पर्ने हुन्छ त्यस्तो व्याक्तिको लागी एकल जिवनको लागी मात्र नभएर उसको सन्तानको भविष्य अन्धकारमय हुने परिस्थिती आउदछ र त्यति बेला उसलाई र उसको परिवारलाई कस्तो होला । अनि त्यति खेर न्यायको भिक्षा माग्न कहाँ जाने त के उसले न्याय माग्न पाउने अधिकार छैन । हिजो कुबेतमा जेल जिवन बिताएका जस्तै उदाहरणको लागि डोल्मा शेर्पा अमेरिकामा आफनो डिउटी निभाई रहेको समयमा अर्काको हातबाट मारिनु परेका हाम्रा सहपाठि र साउदी अरब दुबै कतारबहराईनओमानजस्ता देशहरुमा आफनै साहुको नरकिय व्याबहारबाट शोषणमा पिल्सीएकाबेवारिसे भिसामा फसाईएका र आफनो छिमेकी मुलुकमा नरकको जिवन बिताई रहेका दिदी बहिनीहरु ईराकमा चौपायाँ सरि काटिनु परेका दाजु भाईहरुको वारेमा न्याय खोजि दिन ति नेता भनाउदाहरुले के कुराको पहल गरि दिए त । बिभिन्न देशमा बसेका नेपालीले अनेक तरहबाट दुख कष्ट भोग्न परि रहेका छन् । हामीले बैदेशिक रोजगारमा जानु अघि तिरेको विमा रकमको खेलवाड भै रहेको छ । करार अबधिको लागी भनेर प्रति व्याक्ति नेपाल सरकारलाई ५००० हजार रुपयाँ बिमा सेवा बापत बुझाएको किन त । के हामीले त्यसको सेवा उपभोग गर्न पाएका छौ त । हामीले कहिले बुझने गरेका छौ होला त । हामीमा पनि कमि कमजोरिहरु नभएको त होईन किन कि हामीमा अल्छि गर्ने बानि र चलि राखेको छ भन्ने सहानुभुती बढि भएको कारणले गर्दा हामीले स्वाईच्छीक नसिहत भोग्नु परि राखेका छौ ।

परदेशमा कोही कसैलाई भई परि आएको खण्डमा हामीले सहपाठीको नाताले चन्दा दिने र आफनो तरफबाट सकेको सहयोग गर्ने भन्ने कुरा त आफुमा भएको स्वाभिमानताको उपज हो, दुखको बेलामा कोहि कसैले पनि सहयोग नगर्न सक्दैन चाहे पराई देशको सहयात्री किन नहोस् । तर हामीले आफनो सरकारलाई भैई परि आएको खण्डमा सरकारको तरफबाट पहिला आवाज उठाओस भन्नको लागी हातेमालो गरेर आफनो हकअधिकारको लागी जुझारु भएर हक अधिकारको सृर्जना गर्न सक्ने कानूनको तर्जुमा गर्न तिर कम्मर कसेर लाग्नु पर् यो न कि हामीले म फलाना पार्टि त फलाना पार्टि भनेर एक आपसमा बैमनस्यताको सङकुचन भएको भावनालाई त्यागेर केवल हामी प्रवाशि हौ र प्रवाशिको लागी हक अधिकार सृर्जना गर्नको लागी लडेका हौ भन्ने भावनाको भेल बगाउनु पर्यो । आफनै आँखा अगाडि ठुला ठुला कृर्ते जालसाझि मुद्दाहरुको अभियोगमा बाध्य भएर सजाय भोगि रहेका सहपाठिहरुलाई हामीले आफनु अगाडि छर्लङ्ग रुपमा हेरि रहनु बाहेक केहि गर्न सक्ने क्षमता हामीमा छैन । त्यसै कारण हामीले पनि आफनो सहि र गल्ति के हो भनेर लड्नको लागी आफुसँग सार्मथ्यको आवश्यकताको जरुरत पर्ने भएकोले हामीले ती सार्मथ्य जुटाई दिनको लागी हाम्रो सरकारसँग पहल गर्नु पर्ने छ । होलान कति पय सहपाठिहरुको सफल जिवनले सफल बाटाहरुको पाईलालाइ प्रबाशको कर्म थलोले सुखमय जीबन बनाउन सकेका होला त्यो कुरालाई नकार्न पनि हुदैन । तर पनि समस्या र त्रास परेको बेला ति निमुखा तिरस्कार स्वाँरहरुले पनि आफनो अमुल्य आवाजको ध्वानीहरु सहि ठाउँमा गएर गुन्जन पाओस भन्नको लागी अहिलेको नयाँ नेपाल बनाउने र नयाँ सविधानको रेखा चित्रण गर्ने बेलामा हामीहरुले पनि आफनो हक अधिकारलाई सुनिश्चित पार्न सकियो भने हामीले फेरी पनि आपतको बेला अत्याचार र दुराचारको शिकारी भएर पिल्सिएर बस्न नपरोस भन्ने आशा र अभिलाषाको लागी एक जुट भएर अब बन्ने लोकतान्त्रिक व्यबस्थाको संविधानमा प्रष्ट रुपमा उल्लेख गर्नका लागी पहल गर्नलाई प्रबाशिहरु एक जुट भएर बैदेशिक रोजगारको लागी अब बन्ने सविधानमा उल्यख्य धारा र दफाहरु लागु गराउनु पर्नेछ । न कि हामीले फेरी पनि बेवारिसे जीवन बिताएर अलपत्र भएर प्रबाशको गोरेटोमा भौतारीएर आफुलाई बिचलन बनाएर बाच्नु नपरोस ।

हामीले नयाँ सविधानमा पहल गर्नु पर्ने मुख्य कुरा यस प्रकारका छन् ।

क) राहदानि सर्वसुलभ र सजिलो तरिकाबाट बनाउन पाउनु पर्ने छ ।
ख) श्रम विभागबाट हुने ढिला सुस्ती र फर्जि करारनामा बनाउनमा रोक लगाउनु पर्ने छ ।
ग) बैदेशिक रोजगारको लागी तिरिएको बिमाको सहि रुपमा करार अबधिसम्म भई परि आएको खण्डमा उपभोग गर्न पाउनु पर्ने सुविधा उपलब्ध गराई दिनु पर्ने छ ।
घ) प्रबेशाज्ञामा उल्लेख भए बमोजिमको काम र भरण पोषण पाउनु पर्ने प्रबधान तर्जुमा गराई दिनु पर्ने छ ।
ङ) सेवा मुलक अभिमुखि तालिम केन्द्र बिभिन्न जिल्लामा सर्वसुलभ तरिकाबाट सृर्जना गराई दिनु पर्ने छ ।
च) बैदेशिक रोजगारको लागी काम अनुसारको मुल्य निर्धारण गराउनु पर्ने छ ।
छ) प्रत्यक देशमा सरकारले प्रबासीको पिर मर्का बुझनलाई रोजगार बेन्च राखिनु पर्ने छ ।
ज) प्रबासिहरुबाट आएको रेमीटान्सको लेखाजोखा गरि बार्षिक प्रतीबेदनमा जानकारी गराईनु पर्ने छ ।



जिन्दगीका केहि अविश्मरणीय पलहरु १

गुन्द्रुके सर

हामी हाइस्कुल पढ्दा हाम्रो स्कुलमा एकजना सर थिए, गुन्द्रुके । उनको कपाल गुन्द्रुक जस्तै घुमेको कारणले उनलाई सबैले गुन्द्रुके भन्थे । कपाल मात्रै हैन उनको व्यवहार पनि गुन्द्रुके थियो । मान्छे हट्टा कट्टा, खुबै फुर्तिलो, र नजीकबाट हिडे भने सिधा एक गालामा पर्ला भन्ने डर । राजनीति जान्नेहरुले उनलाई मण्डले भन्ने गर्थे भने नजान्ने विद्यार्थीहरुले कडा टिचरको रुपमा लिन्थे । उनको क्लासमा कसैले चुइक्क बोल्ने हिम्मत गर्न सक्दैनथ्यो, अर्थात “मोडर्न“ भाषामा क्लासमा “पिन ड्रप साइलेन्स“ हुन्थ्यो । अब त्यस्तो टिचरसंग कसले निहूँ खोजोस वा कसले क्लासमा हल्ला गर्न सकोस । त्यहि पनि उनलाई बहानाको कमी के हुन्थ्यो र शाही आयोग वा वाइ सि एल जस्तो आंफै बहाना भेटाउंथे राम धुलाई गर्न ।

तर गुन्द्रुके सरको कुरै अर्को । गुन्द्रुके सरले मेरो बालाई इज्जत गर्ने भएर मलाईसम्म कहिले पनि धुलाएका थिएनन तर सातो खाने गरी बोल्थे बेला बेलामा । मेरो नियमित बसाइ अगाडिको बेन्चको वायाँपट्टिको कुनामा हुन्थ्यो, अर्को साइड अर्थात दायाँ पट्टी केटिहरुको बेन्च थियो । र अगाडिको बेन्चको कुनामा बस्थिन इनु । उनका बाबु ब्रिटिश आर्मीमा थिए, त्यति थाहा छ अनि घरमा साना भाइहरु मात्र थिए शायद, त्यसैले त्यतापट्टिबाट धुलाईको डर हुन्थेन । एउटै क्लासमा भए पनि हाम्रो त्यति राम्रो बोलचाल थिएन । अब गाउंको (नगरोन्मुख गाउँ) स्कुल भए पनि नौ क्लासमा ५ वटा सेक्सन, एउटा सेक्सनमा ५०-६० जना विद्यार्थी, बोर्डिङ स्कुल नखुल्दासम्म लिटल एन्जेल्सलाई मात दिन सक्ने गरी विद्यार्थीको भिड, त्यत्रो भीडमा कसरी राम्रो बोलचाल हुनु सबैसंग ! तर हामी दुइ जनाको कुना कुनाबाट हेरा हेर हुन्थ्यो, कुरो जे भए पनि दुवैको आकर्षण थियो बोलचाल थिएन । अब झन आफ्नो त हेराहेर भए पछि बोलचाल गर्ने त हिम्मत नै फु-मन्तर !

मेरो दायाँ पट्टि बिनोद बस्थ्यो, बस्नलाई बेन्चमै बसे पनि उसको आधा जिउ डेस्कमा हुन्थ्यो । बेन्चमा आड लगाएर मजाले एउटा कुनाबाट अर्को कुनामा दृष्टि गोचर गर्ने मेरो आंखा र उता कुनातिरको आंखाको बिचमा बेला बेलामा उसले छेक्ने गर्थ्यो । कहिले काहीं त कुरामा तानेर उसलाई हटाउंथे, कहिले काहीं अन्यत्रबाट हेर्ने “व्यवस्था“ मिलाउंथे । जे होस बजियाले सार्है डिस्टर्व गरेको थियो, त्यो नआएको दिन आँफुलाई आनन्द लाग्थ्यो ।

एक दिन गुन्द्रुके सरले पढाइरहेका थिए । पढाउँदा पढाउँदै के सनक चलेछ उनले बिनोदलाई हेरे, शायद मैले अर्को कुनाको नजरानुभुति गर्न बाधा परेर बिनोदलाई अलि पछि सरेर बस् भनेको थिएँ उ मलाई गाली गर्दै एक्लै भुत्भुताउन थाल्यो त्यहि बेला गुन्द्रुके सरले उसलाई देखेहोलान । गुन्द्रुके सरको स्टाइल शुरु भयो: बिनोदलाई हेरेर गुन्द्रुके सरले मन्द मुस्कान दिए, सर आँफुसंग मुस्कुराएको देखेर बिनोद पनि मुस्कुरायो । तुरुन्त मुस्कान रोक्दै गुन्द्रुके सर शुरु भए “किन हाँसिस ?“ अनि धडाधड बिनोदलाई झापड लगाउन थाले । पिट्नु भन्दा पहिले कसैलाई हेरेर मुसुक्क हास्ने अनि किन हाँसिस भनेर पिट्ने, यो उनको “स्टाइल“ थियो । अनि बिनोदले कुरो बुझ्यो, अघि उसले खुसु खुसु हल्ला गरेको नतीजा हो यो भन्ने । “मलाई मात्रै पिट्ने, यसले हो मसंग झगडा गरेको“ भन्दै मतिर देखाउँदै कराउन थाल्यो बिनोद । अनि गुन्द्रुके सर जाइलागे म माथि । पहिलो झापड जसोतसो छलें त्यहि पनि टाउकोतिर लाग्यो । दोस्रो झापड “टार्गेट“ अर्थात गालामा बज्र्यो, यति दर्हो थियो कि त्यो झापड, पिटाइ खाएको ठाउंबाट उछिट्टिएर केहि महिना पहिले महेन्द्रपुलको आंखा क्लिनिकबाट डाक्टरसापले लाउनै पर्छ भनेर “सिफारिश“ गरेको जम्मा जम्मी ०.२५ (माइनस) पावरको चश्मा अर्को कुनामा इनुको अगाडि पुग्यो । त्यति भए पछि गुन्द्रुके मलाई छाडेर फेरि बिनोदतिर जाइलागे । म लुरु लुरु चश्मा उठाएर लगाएं फुटेको रहेनछ । त्यस दिन पछि २-३ महिनासम्म लाजले अर्कोपट्टिको कुनातिर हेर्ने हिम्मत पनि भएन । त्यत्तिकैमा मेरो गाउँकै अर्को साथि उनको पछि लागिसकेको थियो, उ अर्कै सेक्सनमा थियो र मेरो “नजरनीति“ उसलाई थाहा थिएन । “मेरो मामाको छोरी पर्ने रहेछ (मामाको छोरी मगर संस्कृतिमा हक लाग्छ, नचिनेको घरमा बिहे गरे पनि श्रिमतिको बाबु मामा बन्छन्) घरबाट पनि कुरा गराउंछु“ भन्दै रन्किरहेको थियो । म पनि त्यसको गफ चुपचाप सुन्दै गएँ । केहि महिना पछि परिक्षा आयो, शैक्षिक सत्र परिवर्तन भयो अनि सेक्सन पनि अलग अलग भयो अर्थात त्यो स्टोरी त्यहि "इन्ड" भयो। गुन्द्रुकेको झापडले "के एल पी डी" गरायो !



हेर हेर कस्तो हुने भो

शेखर ढुङेल
०३-२४-२००९
हेर साथी नेपाल मा समानुपातिक ले
के के हल चल ल्याउने भो
जन जन मा घर घर मा
उर्ले को यो आवाज हो
खांदा ह .. दा
जन्ती अनी मलामी जाँदा
जता ततै गुन्जे को यो
आवाज हो
समामुपातिक को फाँट मा
ऊपेछ्या को खेती भो
समानुपातिक जोड्दा जोड्दा
देश को सयन्त्र ऊट भो
समानुपातिक कुरा गर्दा
एक ले बोल्या अर्को ले
नबुझ्ने भो
समानुपातिक को देश मा
दर्जी को बिहे मा
बाहुन ले बाजा बजाउने भो
मिजार जती पूजारी बने
छेत्री ले जुत्ता सीउने भो
किसान जती राजनीति गर्ने
ठकुरी ले अब हलो जोत्ने भो
नोकर जती ले ऐस गर्ने
मालिक ले भांडा माज्ने भो
सिपाही जती कुर्सी मा बस्ने
हाकिम ले लडाईं लड्ने भो
तलसिङ जती सुकुम्बासी
मोहिले खेत बेच्ने भो
पहाडीया जती मुग्लान पसे
मधिसे पहाड तिर चड्ने भो
समानुपातिक नेपाली को नाम
कर्मा बहादुर यादब हुने भो
बिदेसी लाई समेट्ने
समानुपातिक नेता हेर्दा
यस्तो देखिने भो
खुट्टा मा मेक्सीकन डिङो बुठ
कम्मर मा मधेसी धोती
छाती मा गोर्खाली दौरा
आङ मा तामाङ् को इस्ट कोट
टाउका मा शेर्पा को टोपी
दाँया खुकुरी
बाँया लिम्बु को तरवार
हात मा थकाली को बाण
बोक्ने भो
एउटा लाई उचाल्दा
अर्को थचारिने भो
हेर साथी नेपाल मा
यस्तो पो हुने भो


March 25, 2009

त्यस्तो नठान

नीर्मन केएम
नंखेल ६ भक्तपुर

कहिले ठानिनॅ त्यस्तो मेरो कारण तिमीलाइ रुनु परोस
त्यों सोचाइ आएन कहिले तिम्रो बाटोमा काँडा बन्नु परोस

अरु रोएको बेला नहांस तिमी धेरै नै ख़ुशी भएर
आफ्नै शब्दले तीर मार नआउ अरुको साथ लागेर
खुल्ला आकाश हुं म लुकाउने केही छैन यहाँ मैले
आशाहरु सबै मरिसके कुनै साथ चाहेको छैन मैले

शायद तिमी भ्रममा छौ कि मलाई चिन्न सकिनौ भैगो
शालीन अनुहारभित्रको आगोले मलाई नै जलाइरहोस भैगो
म आगोमा बल्न सकुंला बरु झूठो भई बांच्नँ चाहिनॅ
आँखाको पानीले आफैं भीजें बरु अरुलाई रुझाउन चाहिनॅ


गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ९

प्रभा आचार्य

समयले हामीलाई पछी पार्दै गैरह्यो । पछी फेरी आनन्द र मेरो भेट लगातार हुन थाल्यो । म पहिला झै आर्मी हेड्क्वाटर् जान थाले । त्यहाबाट सैनिक पत्रीका निस्कन्थयो त्यस्मा पनि म रचनाहरु लेख्ने गर्दथे । तर त्यो समय नेपालको स्थिती एकदम नै चिन्ता जनक थियो । आर्मी, पुलिस हरुमाथि धेरै जिम्मेवारि र कर्तब्यहरु थपिएका थिए । उनिहरु जहिल्यै सतर्कता अपनाएर बस्नु पर्दथ्यो । तापनि आनन्दले कहिल्यै मसँग अन्य कुराहरु गर्नु भएन । शायद वहाँको आफ्नो कर्तब्य र काम आँफैभित्र सिमित थियो तर पनि हाम्रो भने सधैंको झै आफ्नै क्षेत्रका कुराहरुबाट सुरुवात र बिसर्जन हुने गर्दथ्यो । मैले अरुले झैं आनन्दले यताउतिको कुरा, संघर्षका कुरा, लडाईं-झगडा र भिडन्तका कुराहरु गरेको कहिल्यै सुनिन । वहाँको आफ्नो कर्तब्य छुट्टै थियो र मलाई भन्नु पर्ने आवश्यकता पनि नभएर होला वहाँको मुखबाट त्यस्तो केही सुन्ने अवसर पाइन तापनि देशको परिस्थितीले भने त आनन्दको मनमा अवश्य पिरोलेको हुनु पर्छ किन कि एउटा होनहार र कर्तब्य परायण अफिसरलाई कर्तब्य र देशको चिन्ताजनक अवस्थाले किन नछुवोस त?।

यसरी नै सधैं झै म आर्मी हेड्क्वाटर जाने क्रममा एकदिन अचानक फेरी म कुनै काम बिशेषले गएँ । दिनको यस्तै ४ बजेको हुँदो हो । म सिधै आनन्दको अफिसकोठामा छिरे । आनन्दलाई देख्न साथ म झस्किए । आनन्द त शिर निहुराएर एउटा पेस्तोलमा गोलिहरु लोड गरी रहनु भएको रहेछ । एकक्षण त म किङ्कर्तब्यबिमूढ भए । म आश्चर्यचकित भए किन कि सधैं ती हातहरुमा मैले कलम देख्ने गरेकिमा त्यो दिन अचानक वहाँको हातमा कुनै हतियार देख्दा मलाई अनौठो लाग्यो । मलाई विश्वाश पनि लागेन कि वहाँ आनन्द नै हो भनेर । म अचम्भित हुँदै आनन्दको नजिक गएर ''भाइ आज मैले यो के देखी रहेछु ?तपाइको हातमा पेस्तोल ?'' भन्दै प्रश्न राख्दा आनन्दबाट यस्तो जवाफ आयो कि म अझै पनि त्यो मुहार र मलिन बोली सम्झिन्छु । ''दिदी यो मेरो रहर होइन बाध्यता हो, मलाई कहाँ यस्तो कुराहरु सँग नजिक हुन मन लाग्छ र ?,  तर जागिर पनि त्यस्तै छ कलम मात्र चलाऊने जागिर हैन कहिले कही त यो पनि समाउनु त पर्‍यो नि आफ्नो ड्युटिमा । आज मेरो नाइट ड्युटी छ त्यसैले यो तयार गर्दै गरेको नि । यो मैले कसैलाई निशाना बनाउन हैन आफ्नो रक्षाकोलागी मात्र तयार गरेको हो ।'' भनेर हत्तपत्त तयार गरेर भित्र कही राख्न जानु भयो । म भने अनौठो मानि रहेकी थिए तर मैले अनौठो मान्नु पर्ने त केही थिएन किन कि वहाँको काम कर्तब्य नै त्यस्तै थियो र अझै छ, तापनि पहिलो पल्ट देखेकिले मलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो । यसरी त्यो दिन मात्र मलाई आनन्द एउटा कर्तब्यपरायण सैनिक पनि हो भन्ने महसुश भयो । फेरी सधैं झै हाम्रा कुराहरु अर्कै शिर्षकमा भए । मैले फेरी आनन्दलाई गीतकार कै रुपमा देख्न थालें । अनी हामी ५ बजे तिर छुट्टीयौ सधैं झै आनन्दले मलाई आर्मी गेटसम्म छाड्न आउनु भयो …



March 24, 2009

प्रमुख अतिथी

शेखर ढुङेल

०३-१८-२००९

नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । सचिब बनी संगै जानेहरुको सुची बन्दै बिग्रने क्रमले तिब्रता पएको छ । भ्रमण टोलीमा सम्मिलित हुन चाहनेहरु आफ्नो खुल्ला टेन्डर नेताको कानमा झोस्दै थिए । खाली खाली हुने नेताको भन्छा, कोठामा मानिसहरुको भिड छ । भान्छामा समानहरु छताछुल्ल देखिन्छ । आखिर यस्तो मौकामा खाली हात को पो आउदो होर ?, नेता श्रीमती फोनमा आफु बिदेस जान लागेको कुरो इस्टमित्र लाई सुनाउदै ब्यस्त ।

उता पुरानो दलका नेताको पनि तयारी कम छैन । १५ बर्ष पहिले आफुले राजदुत हुँदा भान्छे बनाएर लगेको चेलो, जो आयोजक समितीको प्रमुख नै बनेको छ । नेता श्रीमती आफन्त लाई सुनाउदै थिन ‘हेर डाँडा घरे काइला बाजेको छोरो को भाग्य ?,  त्यत्रो सम्मेलनको आयोजक भएको छ रे!, सुनिस बास्सै इङ्लिस पनि कस्तो राम्रो बोल्छ रे उस्ले हामीले लगाएको गुन बिर्सेंनछ । त्यही राम्रो भयो सत्ता बाट फुस्किए पछी कसैले वास्ता गरेको होइन । लामो समय पछी बिदेस जान पाइने भैइयो बुझिस ?,  मैले नेताजी लाई सम्झाइ सके त्यस्तै राम्रो दुई चार जना मान्छे खोज्नोस यस पटक पनि जस्ले गुन पनि नबिर्सियोस पैसा पनि देओस कि कसो माहिली ? भन्दै थिन उनी । त्यही कुरो उन्ले नेता लाई पनि सुनाइन नेता ले उ उ मात्र भने

अर्को सत्तारुढ दलको नेताको चुरिफुरीको त के कुरा ? यो कार्यक्रमको प्रमुख अतिथी बन्न ब्यबस्था मिलाउन आँफैले नियुक्ती गरी पठाएका राजदुत लाई भनी सकेका छन ‘म आउनु पर्छ त्यहा’ । अरु दलका आउँलान जसरी हुन्छ रोक्नोस । यसै बिषयमा आयोजक पक्ष र राजदुत बिच पानी बाराबर भैसकेको कुरा बाट नेता अनभिज्ञ नै थिए । उन्को अर्को पनि योजना छ यही मौका मा अबैध तरिकाले कमाएको सम्पत्ति बिदेस पुर्‍याएर त्यही पढ्दै गरेको छोराको नाम मा ब्यवसाय खोली दिने । भोली के हो कसो हो के थाहा भन्थे उनी । आफ्नो भाई अनी बहिनीको श्रीमान लाई कुनै हालत मा छुटाउन नहुने सुझाब थियो नेता श्रीमतीको । किन्नु पर्ने सामान को लिस्ट पनि तयार पारीन उन्ले .

सम्मेलन को मिती नजिकिदै जादा आयोजक समिती का बिभिन्न सदस्य हरु कार्यक्रम को फेरिस्त तयार गर्दै थिए । आफ्नो आफ्नो खुबी र छ्यमता क बारेमा घम्सा घम्सी बिबाद थियो उ भन्दा म योग्य भएको मैले यो ठाउँ पाउनु पर्छ नत्र कार्यक्रम हुनै नसक्ने जिकिर गर्दै थिए सबै । धेरै पटक मिटिङ बस्यो प्रमुख अतिथी कस्लाई बनाउने भनेर ? आयोजक प्रमुख एउटा को प्रस्तव लान्थे बाँकी सदस्य बाट घोर आपत्ति हुन्थ्यो । अर्को ले आफ्नो नेता को नाम प्रस्ताब गर्दथे झन घोर आपत्ति हुन्थ्यो । प्रत्यक सदस्य का आ - आफ्नै नेता को लागि प्रस्ताब् लाने र कसैले पनि अरु को प्रस्ताब स्विकार गर्ने सोचेका पनि छैनन ।

आयोजक समितीका प्रत्येक सदस्यले आफ्न नेतालाई प्रमुख अतिथी बन्न आउने भनी आश्वासत पार्न छोडेका छैनन । त्यसैले नेता र नेता श्रीमती अनी सहायक बनी आउनेहरुको देस बाँकी कार्यक्रम ओझेलमा परि सकेको थियो । बिहानै नेताहरुका पुग्ने कागज आयो ? मेरो नाम छकी छैन ? कहिले सम्म आऊद छ ? म त गाँउ बाट बिदा भएर आइसके, नाम आएन भनेत राम्रो हुन्न है नेता ज्यु भनी धम्काउन समेत थालि सके ।

आज फेरी बैठक बस्यो आयोजक समितीको सबै सदस्यहरुको हातमा प्रमुख अतिथी र सहायक्हरुको सुची छ । आफ्नो सुची को समर्थन जुटाउन मरिहत्ते गरी राखेका छन । आयोजक मध्यका एकले प्रस्तावित नेताको बारेमा चर्चा गरे, देशमा वहाँको यस्तो देन छ उस्तो त्याग छ उहा लाई नै प्रमुख अतिथी बनाउनु पर्दछ । अर्को सदस्यले प्रतिबाद गर्दै भने उन्ले यस्ता भ्रष्टाचार गरेका छन यस्तो दुराचारी छन तीनलाई त कुनै हालतमा बोलाउनु हुन्न भन्दै आफ्नो नेताको बखान र प्रस्ताब गरे । दोस्रोको प्रस्ताब सुन्ने बित्तिकै तेस्रो कमिजको बाउला सार्दै टाइको सुर्केनो फुस्काउदै बुद्रुक्क उफ्रे र चोर औंला ठाडो पार्दै प्रस्तावित नेताको अबगुन, चरित्र, नैतिकता को प्रश्न उठाउदै कुनै हालतमा हुँदैन भने । चौथोले बिनम्रता पूर्वक भने ‘हेर मैले प्रस्ताब गरेका नेता नयाँ हुनुहुन्छ वहाँले भ्रष्टाचार गर्नु भएको छैन वहाँ को बारेमा बिबाद नगरौ’। अर्कोले अस्विकार गर्दै भने ‘के भन्दै हुनुहुन्छ मित्र, वहाँ जस्तै नेताले गर्दा देसमा साम्प्रदायिक, जातियदंगा भई राखेको छ, वहाँ त हुँदै हुन्न’ भन्दै आफ्नो नेताको प्रस्ताब राख्यो बाँकी अरु गलल हासे । अर्कोको पालो उन्ले पनि आफ्नो नेताको बयान गरे अर्कोले त्यस्तालाई बोलाए त कार्यक्रम कै बेइज्जत हुन्छ भने । एक्ले अर्काको प्रस्तावित नेतालाई भए नभएका आरोपले नङ्याउन कोइ पनि पछी हटेनन ।

प्रमुख अतिथीको टूङो आज लाग्ने र ढुक्क भै तयारी गर्न सबैले आ आफ्ना नेतालाई बैठकमा आउनु भन्दा पहिले फोनबाट खबर गरी आएका थिए । बाद बिबाद, भना भनका बिच निर्णय हुन सकेन । एकले प्रस्ताब् राखे भोट गर्ने। सबैको सहमति भयो । सबले आ आफ्ना नेतालाई भोट हाले सबको एक एक भोट आइ सबैको बराबर कस्तो बिचित्र!,  अब के गर्ने ?,  कस्तो समस्या ? कुनामा बसेका पर्यवेक्षक उठेर भने ‘नेता बोलाउने काम बन्द गर्ने’ । ‘हो !हो! कोइ पनि नबोलाउने’ सबै को एकै स्वर भयो । हो हो एस्लाई पनि नबोलाउने उस्लाई पनि नबोलाउने नेता बोलाउने कार्यक्रम बन्द । सबैले अमिलो मनले ‘हो, हो’ भनी हात मीलाए । घर पुगेर सबैले फोन गरे आफ्ना नेताहरुलाई नेता ज्यु कार्यक्रम रद्ध भयो।



March 23, 2009

बेपत्ता भएका मान्छेहरु

हस्त गौतम मृदुल
बेपत्ता भएका मेरा मान्छेहरु कहां छन
कि लाश देउ कि शास देउ जहा छन।
भक्षक भएर गिरफतार गरी कहा फाल्यौ
जिउदै जलाउदै ति निर्दोषीहरु कहा हाल्यौ
घर फर्कन्छु भन्दै निस्केको कैलै फर्केनन्
कहा गयो तिम्रो मान्छे कसैले सोधेनन्
बिपत्ता भएका ………………………………॥

आफनो निहित स्वार्थका लागी बलि चढायौ।
शक्तीको आडमा आपसमा हामीलाइ लडायौ।
एउटाको स्वार्थकोलागी हजारौ बेपत्ता पारयौ।
आखिर दोष के थियो र किन त्यसरी मार्यौ
बेपत्ता भएका………………………………


जिन्दगीका केहि अविश्मरणीय पलहरु

केही महिना पहिले ब्रिलियन्टम्यान७१ को रुपमा पोष्तकजीले आफ्ना जिन्दगीका केहि रोमान्चक घटनाहरु प्रस्तुत गर्दा मैले पनि आफ्नो जिन्दगीका केहि क्षणहरु, जो अहिले पनि मेरो मानस पटलमा घुमिरहेका छन, लाई कुनै बेला शब्दको रुपमा उतारेर बाडुँला भन्ने सोचाई राखेको थिएं । शेखरजीका यात्रा संस्मरणहरु पनि कम्ति रोचक थिएनन । वास्तवमा त्यस्ता घटनाहरु कुनै भुक्तभोगीका व्यक्तिगत जिन्दगीमा घटेका भए पनि अरुका लागि जानाकारी वा मनोरंजनका हिसावले पनि महत्वपुर्ण हुन सक्छन ।

हुन त मेरो व्यक्तिगत भोगाइ सबैका लागि उत्तिकै रोचक नहुन सक्छन, तर पनि मान्छेको जिन्दगीमा अनुभव वा भोगाई भन्ने चिज कुनै पनि व्यक्तिका लागि अमुल्य नीधि हुन जुन समयको कडीसंगै आउंछन, अप्रिय पनि हुन सक्छन तर कालान्तरमा तिनै एउटा संस्मरण बनेर बसिरहन्छन ।

अविश्मरणीय क्षणहरुको बारेमा कुरा गर्दा “प्यार” वा “इश्क”को मामलामा म मास्टर्स लेभलसम्म पुग्दा पनि खरो उत्रिन । त्यसको मतलव म “नालायक” वा “नन रोमान्टिक” थिएँ होला जस्तो पनि लाग्दैन तर पनि प्यारको केमिष्ट्रीले नतीजा देखाउन “क्याटालिष्ट” हरु देखि लिएर “रियाक्टिङ कम्पोनेन्ट्स”हरुको पनि उत्तिकै भुमिका हुने भएर होला मेरो “प्यारको केमिष्ट्री” जिन्दगीको उर्वर समयमा खासै फिट हुन सकेन । सिधा अर्थमा भन्दा म जति “सक्षम” थिएँ मेरो परिवेश र आर्थिक अवस्था त्यति “सक्षम” थिएनन (हुन त कति हुनु पर्छ भन्ने नियम छैन होला त्यहि पनि यसले कतिपय अवस्थामा भुमिका खेल्दोरैछ) र त्यसै कारणले मैले धेरै इच्छा आकांक्षाहरुलाई शहिद बनाउंदै लगें । आउने केहि दिनहरुमा टिनएजर समयका अझै पनि मानसपटलमा घुमिरहने केहि सम्झनाहरुको बारेमा एक दुई हरफ बाड्ने कोशिस गर्नेछु ।
क्रमश:


बसन्त गौतमको कही नजाने बाटो सबै ठाउमा जान्छ


दौंतरीमा बिभिन्न ब्लगरसंग भलाकुसारी गर्ने क्रममा निरन्तरता नै छ। यस पटक दौंतरीमा आइरहनुहुने ब्लगर बसन्त गौतम हुनुहुन्छ। दौंतरी पाठक पक्कै पनि उहांसंग परिचित हुनुहुन्छ। अब लागौं बसन्तजीसंगको इमेल संबाद जस्ताको तस्तै:

कुराकानीको यो मौकाको लागि सर्वप्रथम 'दौंतरी'लाई हार्दिक धन्यबाद!


१) http://www.basantagautam.com/ ब्लगलाइ कसरी परिभाषीत गर्नुहुन्छ? अलीक कुना कानी फेरबदल गर्नुभएछ, मुल रुप त परिबर्तन भएको छैन?

-यो ब्लग मैले विशेष गरी नेपाली राजनीति र नेपालमा घटेका घटनाहरुमाथि आफ्नो विचार राख्न र जापान बसाईका अनुभवलाई बाँड्न भनेर शुरु गरेको हुँ। अहिलेसम्म आईपुग्दा लेखिएका विषयवस्तुहरु सबै त्यहि सीमाभित्रै भने छैनन्, तैपनि मूल स्वरुप भने यहि हो अझै। कहिलेकाहीँ छेउ-कुना कतै केहि लिपपोत गरेपनि खासै परीवर्तन भएको छैन।

२) The road to nowhere goes everywhere भन्नुभएको रहेछ the road to nowhere goes to dead end होइन र?

- हा हा हा! धेरैले यस्तै भन्छन्, कतिले त The road to nowhere goes everywhere भन्दा The road to everywhere goes nowhere बरु ठीक होला पनि भन्छन्। ब्लगको शिर्षकले अलिक रहस्य र आध्यात्मिकता देखाओस् भनेर यो राखेको हुँ। यो फुर्दा केहि जेन कथाहरु थिए दिमागमा, तिनैको प्रभाव हुनसक्छ यो जन्मिनुमा। यसैमा चित्त बुझेको भने छैन, अझै खोज्दै छु। यो शिर्षककै बारेमा ब्लगमा एउटा टाँसो (posting) लेख्ने सूरमा छु।

३) तपाइको ब्लग बढी रचनामुलक छ भन्ने कि बिचारमुलाक ?

- दुबै भन्नुपर्ला, नयाँ कुरा लेख्न नभ्याएको/नसेकेको बेला आफ्नो 'इतिहासको ब्याज' (पूराना रचनाहरु) ले धेरै पटक काम चलाएको छु। उसो त रचना र विचारको सीमा छुट्याउनु पनि त्यति सजिलो छैन। कुनै कुरामा विचार राख्नु भनेको पनि रचनानै हो, अर्कोतिर कथा-कविता जस्ता 'विशुद्ध' रचनाले पनि रचनाकारका विचार बोकेकै हुन्छन्।

४) ब्लगमा कसरी रस बस्यो ?

-ब्लगतिर म मोडिनुमा सबैभन्दा ठूलो हात साझा को छ, मेरो ब्लगलाई साझाको spin-off भन्दिएपनि हुन्छ। म एकताका साझामा खुब हल्लिन्थें। त्यहाँ लेख्दा-लेख्दै अब अलिक नीजि ठाऊँ पनि बनाउनुप-यो भनेर यता लागेको हुँ।


५) ब्लग लेखनमा सबभन्दा आनन्द आउने कुरा के हो?

- धेरै कुरा भन्न सकिन्छ यसमा। मेरो लागि सबैभन्दा मुख्यचाहिँ कुनैपनि कुरामा आफ्नो विचार आफूले चाहेजसरी ब्यक्त गर्न पाऊँदाको आत्मसन्तुष्टि हो। कुनै पत्रिकाको लागि लेख्दा यो सामान्यतया असम्भव हुन्छ किनभने त्यहाँ प्रकाशकीय/सम्पादकीय बन्देजहरु, सीमाहरु हुन्छन्।


६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

- शुरुदेखि अहिलेसम्मका सबैमध्ये कुन भनेर हेर्न त एक राउण्ड Google Analytics पस्नुपर्ला। Live Traffic Feed मा सर्सर्ती हेर्दा अचेल ऋषि धमला काण्डको बारेमा लेखिएको टाँसो बढी पढिएको देखिएको छ। पोहरताका एनआरएन-जापानको गाईजात्रा बढी चम्केको थियो। मान्छेहरुले अलि सनसनीखेज कुरा खोज्छन् जस्तो छ:)


७) ब्यस्त जिबनले ब्लगमा बिचार पोखाउन कतिको अप्ठ्यारो पार्छ?

- सोचेभन्दा बढी अप्ठ्यारो पार्दो रहेछ। हप्तामा एक-दुई टाँसो राखिने एउटा ब्लगकै लागि पनि आफ्ना केहि सौखहरुलाई पूरै बिर्सिनुपर्ने रहेछ।


८) नेपाली ब्लग जगतमा जथाभावी लेखन र प्रतीक्रियाले हाम्रो आनीबानी सुधार्ला कि झन बिगार्ला?

- जथाभावी लेखन र प्रतिकृया नेपाली मात्र होईन सबै ब्लग जगतको समस्या हो। एउटा प्रसिद्ध कार्टून छ; 'On the Internet, nobody knows you're a dog' भन्ने। यस्तोमा सबैथरी मान्छेहरुले आफ्नो बानी/चिन्तनलाई मनलागी पोख्नु स्वाभाविक हो। तथ्यगत कुरामा हुने जथाभावी लेखनको प्रतिवाद/प्रतिकार जरुरी छ तर ब्यक्तिगत गालीगलौज जस्ता कुरालाइ तिरष्कार गर्नु बाहेक अरु कुनै उपाय छैन। समयक्रममा यस्ता कुराहरु आफैं हराएर जान्छन्।


९) ब्यक्तीगत कुरा है, गरिब देशको इन्जिनियर धनी देशमा किल्ला जमाउदा फरिया दौरा लगाउनेको भाग्य फोडियो की?

- म नेपालमै किलो-दाम्लो भएर मात्रै यता पसेकोले त्यस्तो हुन पाएन:)


१०)अहिलेको लोडसेडिगं कस्को अकर्मण्यताले गर्दा होला? आउदा साल कस्तो हुनेछ,अनुमान लगाइदिनुहोस न।

- आजसम्म हामीमाथि शाशन गर्नेहरुको अकर्मण्यता र लघु-चिन्तनको ऊपज हो यो। अलिकति हिस्सा माओवादीले विगतमा गरेको विध्वंशलाई पनि जान्छ तर माओवादीको उदय हिजोका शाशकहरुको कुबुद्धि र अदूरदर्शीताकै कारण भएकोले सारमा सबै जिम्मेवारी विगतका सरकारहरुलेनै लिनुपर्छ। आफ्नो 'शुभलाभ' मात्रै खोज्ने, आफ्नो 'शुभलाभ'का लागि योजनाहरुलाई सकेसम्म महंगा बनाईदिने र आफूलाई 'शुभलाभ' नहुने देखे योजनानै तुहाईदिने राजनीतिज्ञ-प्रशाशक-प्राविधि कहरुको सिण्डिकेटले जरा गाडेको छ मथिदेखि तलसम्म। यो स्थितिको अन्त्य नभईकन र एउटा समग्र राष्ट्रिय उर्जा/जलस्रोत नीति नबनुञ्जेल केहि पनि आशा गर्न सकिन्न। कुनै 'चमत्कार' भएन भने अर्को वर्ष पनि यस्तै हो। सरकारले चाहने हो भने यो वर्षभन्दा कम हुनेगरी केहि कदम चाल्न सक्छ तर सरकार र पूरै देश अरु-अरु कुरामा अल्मलिईरहेको बेलामा थोरैमात्रै पनि काम होला जस्तो लाग्दैन।


११) नेपालमा इन्जिनियर नेता जस्तै कुहिएका होलान त?

कुनै पेशामा सज्जनै-सज्जन, कुनै पेशामा दुर्जनै-दुर्जनै हुन्छन् भन्ने सोचाई गलत हो। समाजको आम-चरित्र जस्तो छ, त्यसैको छाया देखिने हो हरेक पेशामा। चरित्रगत हिसाबले हाम्रो समाज एउटा भ्रष्ट समाज हो। हाम्रो समाजमा भ्रष्टाचार निन्दनीय हैन बहादुरी मानिन्छ। त्यसकारण 'कुहिएका' इञ्जिनीयर जति भनेपनि छन्, नेताहरुभन्दा बढीनै होलान् बरु! हामीमा नेताहरुमात्रै खराब हुन्छन् भन्ने चिन्तन बसेको छ तर राजनीतिमा पनि असल मान्छेहरु छन्। यो कुरा बेग्लै हो कि ती अझै प्रभावशाली हुन सकेका छैनन्।


१२) नेपाली ब्लग दुनियामा तपाइको मिठो र तितो अनुभव बताइदिनुहोस न?


- दुई वर्षजतिको यो ब्लगयात्रा पूरै मिठो अनुभव हो मेरो लागि। त्यस्तो तितो अनुभव अहिलेसम्म खासै छैन।


१३) पत्रकारले सहि लेख्ला कि ब्लगरले?


- ठ्याक्कै यसै भन्न गाह्रो छ। पत्रकार भएपनि ब्लगर भएपनि मान्छेको इमान्दारिता र नैतिकतामा भरपर्छ यो।


१४) फुर्सतको समय कसरी बित्छ?


- परिवारसंग।


१५) तपाइको मन पर्ने ब्लग कुन हो?

- धेरै छन्, एउटामात्रैको नाम लिँदा आफैंलाई र धेरै ब्लगर साथीहरुलाई अन्याय गरेको ठहर्नेछ।


१६) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?


- 'दौंतरी' मा त्यस्तो ठूलो खोट केहि पनि देख्दिँन म। एउटा सानो अनूरोध भने छ, 'दौंतरी' का केहि लेखकहरुले भाषिक शुद्धताको ख्याल गर्नुपर्ने आवश्यकता अझै देखिन्छ।


१७) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?


- पाचौं प्रश्नको पूरक भनेपनि हुन्छ। ब्लग लेखनमा सबभन्दा नरमाईलो लाग्नेचाहिँ धेरै दिनसम्म केहि लेख्न नपाउँदा/नसक्दाको अवस्था हो। ब्लगले आफूमा पाठकहरुप्रतिको धेरै गहिरो र आत्मीय दायित्वबोध उब्जाउँदो रहेछ र धेरै दिनसम्म केहि लेख्न नसक्दा आफनो दयित्वबाट विमुख भएको भावनाले घर बनाउँदो रहेछ।
-वसन्त


हा. हा.. हा.. हा.. हा.....

सिधा-सिधा जोक भन्दा, केहि घुमाउरो पारामा बनाईएका वा गहिरो अर्थ राख्‍ने जोकहरु बढि रमाईला हुन्छन। यदा कदा यस्ता जोकलाई “आर्ट जोक” पनि भन्ने गरिन्छ।

काम विशेषले गर्दा दौंतरीमा छिर्न नपाएको धेरै दिन भएछ । आउनुहोस आज केहि आर्ट जोक सहित फेरी प्रवेश गर्दैछु ।

***                       ****                          ****                            ****                       ****                           ****

पति-पत्नी राती गहिरो निन्द्रामा थिए । पत्नीले सपनामा उनी कोहि पर-पुरषसंग बसिरहेको बेलामा उनको पती अचानक घर फर्केको देखीछन र निन्द्रा मै बर्बराईन “...मेरो पति फर्के जस्तो छ...” । पतिले निन्द्रा मै त्यो कुरा सुने र हत्तपत्त झ्यालबाट हामफाले ।

***                       ****                          ****                            ****                       ****                           ****

एकजना पूजारिको साईकल चोरी भएछ र पूजारीलाई मन्दिरकै कुनै सदश्यले सो चोरी गरेको शंका लागेछ । उसले यो कुरा आफ्नो मनस्विद साथिलाई बतायो । साथिले उसलाई अर्को पाली मन्दिरमा ‘चोरी खराब कुरा हो’ भन्ने बारेमा प्रवचन दिनु, यदि चोर त्यहा उपस्थित भएमा उसको अनुहारमा त्यो कुराको असर परेको सजीलै देख्‍न सकिन्छ भनेछ।

केहि दिन पछि बाटोमा पूजारिलाई पुरानै साईकलमा जाँदै गरेको देखेर मनस्विदले सोधेछ “ मेरो तरिकाले काम गर्‍यो हैन त?” “……अँ …… ” पूजारिले अकमकाउँदैं जबाफ दियो “…… जब मैले प्रबचन शुरु गरें र ब्रह्मचर्यको बारेमा बोलें, मलाई साईकल कहाँ छोडें भन्ने कुराको याद आयो”

***                       ****                          ****                            ****                       ****                           ****

एकजना बिद्यार्थी भोक र थकाईले लोथ भएर आधा रातमा कोठामा फर्कन्छ। भोकले चुर भएर उसले कोठाको फ्रीज खोल्छ । फ्रिजमा, खानेकुराको नाममा जम्मा तीन ओटा स्याउ मात्रै हुन्छन् ।

बिद्यार्थीले पहिलो स्याउ काटेर खान मात्रै लागेको थियो कि, स्याउमा एउटा कीरा देखिन्छ। भोको बिद्यार्थी त्यो कीरा भएको स्याउ फालेर दोस्रो स्याउ काट्छ । दोस्रो स्याउमा पनि किरा देखीन्छ र उ त्यसलाई पनि डस्टविनमा हाल्छ ।

अब बिद्यार्थी अन्तीम स्याउ लिन्छ, कोठाको बत्ती निभाउँछ र काट्दै नकाटी आरामले खान थाल्छ ।

***                       ****                          ****                            ****                       ****                           ****

दुईजना जड्या कुरा गर्दै:

पहिलो: बुझीस यार, हिजो राति २ बजे म बारमा जाँड खाएर बसीरहँदा मेरो कोठामा झ्यालबाट चोर छिरेछ।

दोस्रो: अनी …?

पहिलो: तै तै, मेरो भाग्य बलीयो रहेछ, झन्डै म बर्बाद भएको……

दोस्रो: अनी के के चोरेछ त?

पहिलो: कहाँ को चोर्नु नी, आधारातमा झ्यालबाट छिर्दा मेरो स्वास्नीले म आ’ को भन्ठानीछ……।

दोस्रो: ……अनी?

पहिलो: ……अनी के नी!, अहिले त्यो बिचरा हस्पिटलमा छ ।



March 22, 2009

शान्ती

-हस्त गौतम मृदुल

विध्वंश गर्दै नरसंहार गर्नेको शान्ती देखें ।
पानी सरी रगत बगाउनको क्रान्ती देखें ।

संत्रासको शिकार बनाएको यो देशमा ,
सारा वैभव लुट्न कस्सिएको मूर्ख देखे ।

नियम-कानूनको बलात्कारी अत्याचारी,
अन्याय शब्दको अर्थबोध गराएको देखे ।

राष्ट्रको कोखामा तीखा दाह्रा धस्नेले,
अन्तरबिरोधका लप्काहरु बालेको देखें ।

डढेका मनहरुमा नपलाएका तनमाथी
जनयूद्धको घाउमा नूनचूक छर्केको देखें ।



संसारको मोहनी

संसारमा के त्यस्तो मोहनी होला? यस्ले पुरै बिश्वको नै प्रतीनिधित्व गर्ने भनेर हो या के हो यसमा धेरै चुम्बकको भएको भान पाएँ। आज बिदाको दिन यसो नेपाली संचार जगत सयर गरौं भनेर भेटाए जती साइट सर्सर्ती हेरें। प्रायले त समसामायिक समचारलाइ आफ्नो प्रमुख खुराक बनाएका रहेछन। त्यसपछी साहित्य। तर त्यो भन्दा पनि समान कुरो त नाममै रहेछ। के हो त त्यो नाम? ,
‘संसार’ नि त्यो नाम अरु कुन हुनु नि? हुन पनि यती बिधी साइट छन नाम त जे राखे नि हुन्थ्यो। तर धेरै साइटले संसार कतै न कतै झुन्डाएका रहेछन। साच्चै संसार शब्दमा के त्यस्तो मोहनी होला? शुरू त खोइ कस्ले गर्यो तर यस्लाइ अंगिकरण गर्ने क्रम भने रोकिएको छैन। आफु हरेक कुनामा पुग्ने साइट मानेर हो या आफ्नो चार किल्ला नै त्यही साइट भनेर हो, संसार गज्जबसंग धेरैको मनमा बस्न पुगेको छ। खास त माया प्रेम जस्ता एक्दमै लोकप्रिय शब्द पो रोजिनु पर्ने। पछि कुन शब्दले हैकम जमाउने हो तर अहिलेलाइ संसारकै राज छ नेपाली बेब साइटहरुमा। अब लागौं कुन संसारले के कुरा गर्दैछन।

१) साइबरसंसार: नेपाली मोडलको फोटोले सज्जिएको यो साइट आफुलाइ १२ बर्ष पुरानो ठान्दछ। खबर,गफगाफ तथा बिभिन्न समारोहका सामाग्री पनि राखिएको यो साइटको ठेगाना हो www.cybersansar.com

२)माइसंसार: नेपाली भाषाको पहिलो ब्लग भनेर चिनाउने यो साइट आफू समाचार साइट नभएर ब्लग भएको प्रष्टाउंछ। भन्न जे भने पनि प्राय समाचार नै छाउने यो साइटको ठेगाना हो www.mysansar.com

३)सपनासंसार: सुचना,साहित्य,संचार र मनोरन्जनको संगम सपनासंसार डट कम भनेर चिनीने यो साइटमा नाम झै यसमा त्यस्तै कुरा छाउने गर्छन। तर प्राय साहित्य देखिने यो साइटको ठेगाना हो www.sapanasansar.com

४)आउरसंसार: आफुंलाइ ब्लग मात्र होइन समाचार साइट पनि बताउने आउरसंसार हेर्दा ठ्याक्कै माइसंसार जस्तो देखिन्छ। हेर्दा मात्र होइन यस्ले आरु सामाग्रीका साथै प्राय माइसंसारकै सामाग्री राख्छ र यस्को ठेगाना हो www.oursansar.com

५)योसंसार: संसारलाइ हेर्ने अलग्गै पाटो भनेर चिनाउने यो संसार आफुलाइ राजनितीसंग गोरु बेचेको साइनो पनि छैन भन्दछ। सबै मनोरन्जनकै सामाग्री राखिएको यो साइटको ठेगाना हो www.yosansar.com

६)सुनौलोसंसार: सुनौलो संसार नामक गयर-सरकारी संस्थाले शिक्षा र स्वास्थ्यलाइ प्रमुख बिषय बनाएको रहेछ। गरिब बच्चा, परिवार तथा अन्यको जिवनस्थर सुधार्ने बताउने यो संस्थाको ठेगाना हो www.sunaulosansar.org

७)सानोसंसार: मान्छे भेटीन्छ र माया बस्छ बताउने चलचित्रको नाम हो सानोसंसार। आलोक नेमागंद्वारा निर्देशित यो चलचित्रको ठेगाना हो www.sanosansar.com.np

८)कथासंसार: सुन्ने कथाहरुको संग्रह बताउने कथासंसारमा कथा हरुकै अडियो क्लिपहरु छन। कथाहरु सुनेर भन्दा भावनात्मक रुपमा सुनाउने अभियान राखेको यो साइटको ठेगाना हो http://kathasansar.podomatic.com

९)पार्टीसंसार: चौबिसै घन्टा पार्टीको बारेमा सोच भन्ने पार्टीसंसारमा पार्टीकै कुरा हुन्छन। पार्टीहरुको तालीका र तिनको आकर्षण दिइने यो साइटको ठेगाना हो www.partysansar.com

१०)लाइभसंसार: डिजिटल दुनियासंग चिनाउन चाहाने लाइभ संसारमा प्राय मनोरन्जनका सामाग्री हुन्छन। संसारमा भइराखेका गजब गजबका कुरा राख्ने लाइभ संसारको ठेगाना हो http://livesansar.com

११)नयासंसार: नया संसार आफुलाइ सुद्द नेपाली ब्लग बताउंछ जस्ले नेपाल को बारेमा धेरै कुरा सिकाउन चाहान्छ। पोखराका सुमन कार्कीको यो ब्लगको ठेगाना हो http://nayasansar.blogspot.com

१२)अलसंसार: प्रदिप गौतमको साइट अल संसार अहिले अस्तित्वमा रहेनछ। उहां को पुरानो साइट http://allsansar.blogspot.com भए पनि अहिले www.gautamblog.com खोल्नुभएको रहेछ।

१३)डिजिटलसंसार: डिजिटल ग्यालेरीको बाहक बताउने डिजिटल संसारमा साइबरका कुरा धेरै हुने गर्दछन। केशब अधिकारीद्वारा संचालित यो साइटको ठेगाना हो http://digitalsansar.blogspot.com

१४)कबिजीको संसार: कबिजीको संसार शिर्षक भएको यो साइटमा कबिता मात्र होइन अन्य खबर तथा आफ्ना दैनीक क्रियाकलाप पनि राखिएका रहेछन। KabiG अर्थात कबिता गौतमको ब्लगको ठेगाना हो http://kabig.blogspot.com

१५)रत्नसंसार: त्यस्तो कुनै उप शिर्षक नराखिएको रत्न संसारमा बातावरण, जलबिध्धुत, उर्जा आदीका कुरा राखिएका छन। जल बिशेषज्ञ रत्न श्रेष्टको ब्लगको ठेगाना हो http://ratnasansar.blogspot.com

१६)मेरो रोजाइको संसार: संगित सुनेर मनोरन्जन लिने लेखिएको मेरो रोजाइको संसारमा जिवन रंगाउने कुरानै रहेछन। दावा रिन्जीन द्वारा संचालित यो ब्लगको ठेगाना हो http://dawarinjinlama.blogspot.com

१७)मेरोसाहित्य संसार: आफ्नो कलम नेपालीमा बग्दा कस्तो हुन्छ त्यो देखाउन चाहाने दिपको जडितको ब्लग हो मेरो साहित्य संसार। गित,गजल र कथाले भरिएको यो साइटको ठेगाना हो http://jaditdeepak.blogspot.com

१८)राउले संसार: आफ्ना,अरुका समाचार लेख तथा फोटोहरुले सजिएको ब्लग हो राउले संसार। नरेन्द्र राउले द्वारा संचालीत यो ब्लगको ठेगाना हो http://raulesansar.blogspot.com

१९)खेलसंसार: खेल तथा अरुपनि समेटीने भन्ने खेल संसारले खेलको कुरा मात्रै राखेको रहेछ। नेपाल तथा बिदेशमा हुने खेलको समाचार राखिएको यो साइटको ठेगाना हो http://khelsansar.blogspot.com

२०)स्वपनिलसंसार: सपनाको संसार भनेर चिनाउने स्वपनिल संसारमा समसामयिक समाचार, फोटोहरु आदी राखिएका रहेछन। राउले संसार पनि संचालन गर्नु भएका नरेन्द्र राउलेको यो अर्को साइटको ठेगाना हो http://swopnilsansar.blogspot.com

मैले त देखाइहाले आफुले देखेको संसार, तपाइहरुले अरु संसार पनि देख्नुभएको भए भन्नुहोला है?



माओवादीको उन्माद र दलहरुको अस्तित्व

शेखर ढुङेल्

०३-१८-२००९-

अन्तत माओवादीले देश को अर्को अक्षुण र अबिचलित शक्ती नेपाली राष्ट्रिय शेना को मुन्टो बटार्न सफल भयो । कानुन त गलत भन्ने आधार नभए पनि मनोबैज्ञानीक रुपमा शेना लाई तहस नहस पार्ने कोशीस को एक पाइला अगाडि बढेको छ । ८ जना जर्नेल हरु को म्याद नथपेर बाँकी अरु शेना का बरिष्ठ हाकिमहरुलाई मानसिक प्रहार मात्रै गरेको छैन प्रशासन र प्रहरीमा झै पदोन्नति र म्याद थपको लागि नेताको ढोका ढोकामा झोला बोकेर कुद्ने अनी जनता र राष्ट्रको दुहाइ दिएर मात्र नपुग्ने अवस्थामा शेना लाई पुर्याइ दिएको छ । माओवादीले अबको दिनमा शेना समायोजनका मामलामा बर्तमान प्रधान शेनापतीले झै कुनै शैनिक जर्नेलले उस्को बिरोध नगर्ने गरी प्रत्यक्ष रुपमै चेतावनी दिएको छ । माओवादी समर्थक पत्रीकाको समाचार ले त्यही शन्देस दिन्छ । अब पदोन्नति हुने शेनाका जर्नेल स्वत: माओवादी प्रती अनुग्रहित हुने र सम्भाबित हस्तक्षपको बिरोध वा टक्कर कसैले नलिने हुँदा माओवादीको जन गणतन्त्र को ढोका खुल्दै छ । पूर्व प्रधान मन्त्री सहित ६ दलका नेताले निर्णय सच्याउन गरेको अनुरोध लाई लत्याएर प्रचन्डले आफ्नो अधिनायकिको पूर्वभ्यास मात्र गरेनन सहमतिको राजनीति लाई आर्यघाट पुर्याइ दिये । बाँकी सत्तारुढ दलहरु कुन स्वार्थले माओवादीको अधिनायकि लाई समर्थन गरी मन्त्री परिषदमा बसिराखेका छन ? माधव नेपाल जि ले स्विकारे झै ससद बादी दलले गरेको गल्तीले त्यस को परिणाम अब देश एक तन्त्री कम्युनिस्ट ब्यबस्था मा भास्सिने र कम्बोडिया वा अफगानिस्तान्को बाटोमा लम्किने छ । निरन्कुस राजतन्त्र सित सम्झौता हुन सक्दथ्यो र भएको पनि हो तर अधिनायक बादी कम्युनिस्ट सित सम्झौता गरेर प्रजातन्त्र आएको ईतिहास छैन । फेरी लामो र रक्तपात पूर्ण बिद्रोह गर्नु पर्ने अवस्था देखिन्छ ।

"....... सक्यो दैलो देख्यो” भने झै ' हतियार धारी माओवादी लाई निर्वाचनमा लगेर ठुलो गल्ती भयो भन्ने एमाले बिशेष गरी माधव नेपाल प्रबृतीहरु नेपालको राजनीति फाँटमा देखिनुको औचित्य छैन । महाकाली सन्धि को बारेमा बितन्डा मच्चाएर पछी समर्थन, प्रतिगामी आधा सच्चियो भनी सरकारमा जाने, १२ बुँदे सम्झौता देखी माओवादी लाई सरकारमा समेत हामीले पुर्यायौ भनी अस्ती सम्म भन्दै हिंड्ने एमाले आज फेरी गल्ती भयो भन्दै छ कस्तो लज्जास्पद नीति ?

माओवादी सर्बसत्ताबाद लाई टेवा पुग्ने अर्को शन्देस देशले पाएको छ, त्यो हो स्व बि यु निर्वाचन को परिणाम । भबिष्यमा दलको प्रतिनिधित्व गर्ने युबा पुस्ता विद्यार्थीहरुको निर्वाचनमा यस पटक माओवादीका मन्त्री समेतले भाग लिएर स्व बि यु कब्जा गर्ने घोषणा गरे । अनेकौ झडप र एक विद्यार्थी को मृत्‍यु समेत भयो । कतिपय राजनैतिक बीष्लेशकले यस लाई दलको हैसियतको जनमत संग्रह नै भनेका छन । माओवादी समर्थक विद्यार्थी समुह क्रान्तिकारीको प्राबिधिक रुपले तेस्रो स्थान भए पनि अब उ प्रथम स्थान बराबर हो । किनकी एकले सय लाई आतंक गर्न सक्ने हुँदा तेस्रो भएको क्रान्तिकारीको अगाडि बाँकी दुईको केही नचल्ने निस्चित छ ।

यस हिसाबले अब देशमा काङ्रेस, एमाले र माओवादी बाहेकका दलको राजनैतिक भबिष्य समाप्त नै भएको देखिन्छ । उनीहरुको कुनै अस्तित्व र हैसियत नै देखिएन । त्यसैले समान सिद्धान्त र निती भएका दलहरु एक अर्कामा पलायन ( बिलय ) भएर प्रमुख राजनैतिक दलको अस्तित्व जोगाउने र माओवादीको एक तन्त्रिय अधिनायक बादको बिरुद्ध गोलबद्ध नहुने हो भने कसैको पनि अस्तित्व बाँकी रहन्न ।



कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्

बसन्त विवश आचार्य
तुलसीपुर दाङ्ग

कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छन
नदेखे झै तर्किएर वाटो जतिकाटेपिन
ठेसलाग्दा अत्तालिदै देविदेउता भाक्छन्
पराईले जतिसुकै माया गरेपिन
आफन्तैले मिठो लाग्ने चोखोमाया दिन्छन
घुर्क्याउछनथर्काउछन गालिपनि गर्छन
अनि मुटुभित्र पिरतीको आफै डोरी वाट्छन्
जवपर्छ यो देहमा नजर हजुरक
हाँसोदिए हासिदिन्छु रुन्छु रुवाएसि
जे गर्नुछ गर्नुस अधिकार हजुरको
मनमा माया सँगालेरघुर् क्याउदै नवोल्ने
वसन्तूलाइ मनपर्छ व्यवहार हजुर


मेरी प्रिया काली

अशोक नेपाल

मेरी प्रिया काली मलाई सम्झी सम्झी
आशुले मजेत्रो भिजायकी होलिन
घाम अस्ताउने बेलामा छटपटाउदै मेरो बाटो हेर्दी होलिन्।।
लान्खु खोल उर्ली आए जस्तो आँखामा आसुको छाल उठ्न थाल्यो होला…
भुइचालोले हल्लाएको घर जस्तो मेरो मुटु चर्कन थालयो…।।
उकाली ओराली डाँडा काँडा नदी नालाले मलाई खोज् दै होला,,,,,,
म बिनाको मेरो लन्खु गाउ बस्ती कस्तो उदा सिएको होला…
मलाई मेरो छोरी को सम्झनामा मेरो मुटु जली रहन्छ…।।
मेरो जन्म भूमिको सम्झनामा अनी मेरो प्रियासी काली को सम्झ्नमा …
ढोप्पा धोप्पा आसँहु खसी रहन्छ………ढोप्पा धोप्पा आँशु खसी रहन्छ………।


March 21, 2009

कती ठोक्यौ माथा तिम्ले

कती ठोक्यौ माथा तिम्ले कहिले बोलेन ढुङ्गाको देउता
धोका दिदैनन सबैले खोज मन मिल्ने साथी एउटा

सतहमा संग्लिएर बग्दा थिग्रिएका बिकार देखिन्न
कहाँ पो सकिन्छ र फेरी नाप्न मुटुको कुना र छेउ ता

हिजो
भिजेको आँसुले आज नबगायोस फेरी तिम्रो
खुर्क अतितका डामहरु ,नत्र लाग्ला मनमा लेउ ता

उचाइ दिन नसके नि गिराउने थिन यि नजरबाट
कसरी दिनु दस्तक दिलमा, दिदिनौ कहिले भेउ ता

फुलमा काँडा पनि हुन्छ बिझ्ला नबिझ्ला यो श्पर्शको तरिका
यता म काँडालाई नि फुल देख्छु देख्नेले देखे के उता


सम्पुर्ण पोष्ट

दौंतरीका एडमिनहरु साथै नयाँ, पुराना सबै पाठकहरुलाई दौंतरीमा हालसम्म प्रकाशित सबै लेख-रचनाहरु खोज्न, पढन र सम्पादन गर्न अनी चाहिएको बेलामा लिन्क रिफरेन्स गर्न समेत सजिलो होस भनी यो पेज बनाईएको छ ।

हालसम्मका सबै रचनाहरुको सूची हेर्न कृपया तल रहेको 'Show table of contents' मा थीच्नु होला ।

खोजी सहायक:

'Show table of contents' मा क्लिक गरी ब्लगपोष्टका सूची देखिए पछि निम्न अनुसार लेख रचनाहरु खोज्न सकिन्छ:

वर्णानुक्रम अनुसार खोज्न: वर्णानुक्रम अनुसार प्रकाशित पोष्ट खोज्न 'POST TITLE' मा क्लिक गर्नु होला। 'POST TITLE' मा क्लीक गरे पछि दौंतरीमा रहेका पोष्टहरु Alphabetical Order अर्थात वर्णानुक्रम अनुसार सूचीबद्द भएर देखिने छन। यसो गर्दा पहिला अंग्रेजी वर्णमाला वा अक्षरबाट सुरू भएका ब्लगपोष्ट देखिने छन भने अंग्रेजी वर्णमाला पछि देवनागरी वा नेपाली वर्णमाला अनुशार पोष्टहरु: A>B>C>... अ> आ> इ>... क> ख> ग... को क्रममा देखिने छन।

सो 'POST TITLE' मा पून क्लिक गरेमा यो सूची ठ्याक्कै उल्टो (Descending Order) भई ज्ञ> त्र> क्ष>... इ> आ> अ>... C> B> A> को क्रममा देखिने छन।

शीर्षकको शुरुमा अंक वा चिन्हको प्रयोग भएका पोष्टहरु पनि शब्दकोषकै क्रम अनुसार रहने छन।

प्रकाशीत मिति अनुसार खोज्न: दाँया पट्टी रहेको 'POST DATE' मा क्लिक गर्नु भयो भने सबैभन्दा पुरानो पोष्ट सबैभन्दा माथि देखिने छ र पून क्लिक गर्दा सबैभन्दा नयाँ पोष्ट सबैभन्दा माथि देखिने छ ।



कुनै एक बिधाका पोष्टहरु मात्र हेर्न: कुनै एउटै बिधाका पोष्टहरु मात्र हेर्नको लागि "LABELS" भन्दा मुनि रहेको कुनै पनि label (जस्तै: अभिव्यक्ति, गित/ गजल/कविता आदि) मा क्लिक गर्नु भयो भने सोहि बिधाका पोष्टहरु मात्रै सूचिबद्द भएर देखिने छन । साथै कुनै एक निश्चित बिधालाई पनि प्रकाशीत मिति र वर्णानुक्रम अनुसार क्रमबद्द गरेर हेर्न सो बिधा (label)एक्टीभ भएको बेलामा "POST TITLE" र/वा "POST DATE" थीच्न सक्नु हुन्छ । अनी कुनै एउटा निश्‍चित बिधाबाट पून सम्पुर्ण पोष्टमा फर्कन "LABELS" मा क्लिक गर्नु होला ।

(यो पेजमा हालसम्म दौंतरीमा प्रकाशित सबै रचनाहरुको लिन्क आफैं बन्दै जाने भएकोले पुरै पेज खुल् केहि समय लाग्न सक्नेछ ।)




March 20, 2009

कब्जातन्त्रको रिहर्सल !

बिगत केही वर्ष यता द्रूत गतिमा आशालाग्दो किसिमले अघि बढेको नेपाली राजनीतिका घटनाक्रमहरू ३ वर्ष भैसक्दा निराशाको दलदलमा फेरि फँसेको अनुभव हुँदैछ । पछिल्लो समयमा राजनैतिक दल अथवा शक्तिहरू बीचको सम्बन्ध टाढिँदै गएको छ र राजनैतिक शक्ति सन्तुलनमा एउटा निराशालाग्दो रिक्तता र तिक्तता अनुभव हुँदै गैरहेको देखिन्छ । यसो हुनुमा , राजनैतिक दलहरूले मेलमिलाप र समन्वयको राजनीतिलाई लत्याएर , आफ्नो एकल पार्टिगत नीति एवं धारणालाई नै आगामी संविधानको अन्तर्वस्तु बनाएर अगाडि बढ्ने एकलवादी विचार , व्यवहार तथा पेलाहा प्रवृत्तिलाई जिम्मेवार ठान्नु पर्ने हुन्छ । यस मामिलामा , सत्तारुढ घटकको नेतृत्व गर्ने माओवादी पार्टी नै अग्रज बनेको छ । हतियार , हिंसा र बाहुबलको भरमा आँफूलाई अहिलेको हैसियतमा स्थापित गर्न सफल माओवादी पार्टीले सोचेको देखिन्छ कि उसको पछिल्लो राजनितिक सफलता ऊद्वारा सञ्चालित रक्तरंजित हिंसात्मक युद्दको जनअनुमोदन र विजय दुवै हो । अत: यो विजय हासिल गरिसकेपछि, ऊ नेपाली राजनीतिक अखाडाको निर्विवाद नाइके हो र उसले कसैलाई सुन्नु वा टेर्नु पर्ने दरकार छैन । विशेषत: जिम्मेवारीमा बिनम्र बन्नु पर्ने विश्वमान्य संस्कार र सत्तामा आइसकेपछि बढी जिम्मेवार बन्नु पर्ने व्यवहार तथा सहमतिको वातावारण जुटाएर अरू राजनैतिक शक्तिलाई पनि विश्वासमा लिएर चल्नु पर्ने जरुरतलाई माओवादी अभिमानले जानाजानी लत्याएको छ । समझदारीलाई बढारेर अतिवादको राजनीतिक भेलमा अरूलाई चिढाएर नै बढार्ने व्यवहार माओवादीको रहेको देखिन्छ । माओवादीका सबैभन्दा जिम्मेवार केही नेताहरूका निम्न बोली र व्यवहारहरू यहाँनेर पढ्न योग्य देखिन्छन् :

“हामीले सेना जस्ताको तस्तै राखेका थियौं। दुनियाँमा यस्तो शान्ति सम्झौता भएको छ कतै? शान्ति सम्झ्ौता गरेपछि अधिकांश देशमा सेना बुझ्ाइन्छ, हतियार बुझ्ाइन्छन्। हाम्रो सेना र हतियार जस्ताको तस्तै राखेर हामी चुनावमा गयौं। यस्तो पनि कहीं भएको थिएन। हामीले अहिले चुनाव पनि जित्यौँ। जनताले हामीलाई विश्वास पनि गरे। र, अहिलेसम्म आउँदा हामीसँग सेना पनि छ, जनताले हामीलाई सरकारमा पनि पुर्‍याइदिएका छन्।”

“हामीलाई प्रतिक्रियावादीले संविधान बनाउन नदेलान्। तर, जनताका पक्षमा संविधान बनाउनुपर्छ भन्ने तयारीका साथ हामी लड्दैछौं। दुईतिहाई चाहिन्छ संविधान बन्नलाई। ४० प्रतिशत हामीसँगै छ। हामीबिना संविधान बन्छ? एक अक्षर पनि लेखिँदैन। कि त हामीले भनेजस्तो संविधान लेखिन्छ, होइन भने कसैको पनि संविधान बन्दैन।”

“पशुपति घटना मार्फत हामीले ठूलै भाँडभैलो मच्चाएको छौँ र त्यसले सबै प्रतिगामीलाई हल्लाएको छ।”
अव्यवस्थाबाटै व्यवस्था आउँछ, भद्रगोलकै बीचबाट क्रान्ति हुन्छ। भद्रगोल ल्याउने नै हो हामीले ।


-बाबुराम भट्टराईका केही कटुसत्य विचारहरू

बिभिन्न मितिमा आफ्ना कार्यकर्तालई सम्बोधन गर्ने क्रममा माओवादी दर्शनका नेपाली व्याख्याताको रूपमा चिनिने विद्वान बाबुरामका माथि उल्लिखित विचारहरूलाई पढ्ने जो कोहीले अनुमान गर्न सक्ने कुरा हो - तुलनात्मक रूपमा विचारमा उदारवादी कहलिएका माओवादी नेताको सोच यस किसिमको अराजकतावादी र एकाधिकारवादी खालको छ भने , भौतिक युद्दको त्रासदिको प्रयोगबाट नै अरूलाई सखाप र ध्वस्त पार्दै सत्ता नेतृत्व कब्जा गर्नु पर्छ भन्ने बहुसंख्यक सैन्यवादी चिन्तनको नर्सरीमा हुर्किएका माओवादी कार्यकर्ताहरूको विचार कुन किसिमको होला !

सरकारमा बसेर नया संविधान लेख्ने जिम्मेवारीको संरक्षक समेत रहेको माओवादी नेतृत्वको सरकारका शिर्षस्थ नेता रहेका भट्टराईको संविधान निर्माण सम्बन्धी माथिको उद्धरण र उनको व्यक्तिगत वेबपेजमा राखिएको माओवादी संविधानको प्रारूपले माओवादी के चाहन्छन भन्ने कुराको खुला घोषणा गरिरहेकै छन् ।

माओवादी पार्टीको नीति र कार्य योजना त उसले सबैलाई बुझ्ने भाषामा बताइरहेकै छ र उसका विचार र व्यवहारहरू सबैलाई जगजाहेर बनाएर नै त्यही बाटोमा हिँडाइरहेको छ , तर अन्य राजनैतिक शक्तिहरूले यो कुराको गम्भिरतलाई बुझ्न सकिरहेको देखिएको छैन । बुझेको भए उनीहरूले माओवादीलाई संयमतापूर्वक व्यवहार गरेको हुनुपर्थ्यो । पछिल्लो समयमा एमाले पूर्वमहासचिव माधव नेपालले व्यक्त गरेको ' हतियारधारी माओवादीलाई संविधानसभाको चुनावमा सरिक गराउनु गल्ति थियो 'भन्ने स्वीकारोक्तिले पनि माओवादीलाई हेर्ने र अगाढि बढाउने व्यवहारमा कांग्रेस एमालेले ' फ्रेंकिस्टिनको मोन्स्टर' जन्माएको महशूस गरिरेहको प्रतित हुन्छ । माओवादीले भने जस्तो 'सत्ता कब्जा गर्ने' कब्जातन्त्रको अभ्यास उसले धरै अघिदेखि शुरू गरेको हो र यसका अनुभवहरू नेपाली जीवनका हरेक पाटाहरूमा देखिन थालेका छन् ।

वर्तमान नेपालको हरेक जीवनका पक्षमा माओवादी अतिवादी चिन्तनको भाइरस घुसिसकेको छ । घर-घडेरी कारोवारदेखि गाऊँ जिल्ला स्तरीय ठेक्कापट्टाका सरकारी कामहरूमा, सरकारी अड्डादेखि कारखाना, होटल मजदूर र क्यासिनोसम्म , टेलिभिजन, गोरखापत्र , नेपाल टेलिकम र राजश्व संकलनको तथाकथित प्रोजेक्टसम्म , छापामार शिविरदेखि वाइसिएल क्याम्प र युवा स्व-रोजगार कार्यक्रमसम्म, कर्मचारी , पुलिस सरूवा र थमौतिको ठेकापट्टादेखि हालैको स्व वि यू निर्वाचनमा खटिएको माओवादी लगानी र मन्त्रीस्तरीय सहभागिता अनि सैन्यवादको हस्तक्षेप सम्मलाई देखे-अनुभव गर्ने कसैले पनि यो भीषण कब्जातन्त्रको रिहर्सल अभ्यासलाई नचिनेर भोलिको नेपालमा बहुलवादी लोक-कल्याणकारी लोकतान्त्रिक पद्दति सुरक्षित रहने सपना देखिरहेको छ भने, या त ऊ बुझ पचाइरहेको छ अथवा माओवादीले जे गरे पनि त्यो उसको सपनाको लकातान्त्रिक गणतन्त्र हुनेछ भन्ने भ्रममा बाँचिरहेको छ ।
यो आलोचना हैन, नेपालमा जनमुखी लोकतन्त्रको सम्भावित अवसानमाथिको चिन्ता मात्र हो ।

नदुख्नुकोही

लेखका संबन्धमा: नीर्मनजीले करीब ३०।३२ बर्ष अघिदेखि बिभिन्न कथा, कविता, गीतीकथा, गीतहरु लेख्दैआउनु भएको छ । तर वेबसाईटमा प्रकाशन भएको सर्बप्रथम दौतरी वेबसाईटमा नै हो। उहांले अब निरन्तर रुपमा आफ्नोरचना पठाइरहने बाचा गर्नुभएको छ । साथै उहांले उहांको रचनाको बारेमा प्रतिकृया जनाउने सम्पूर्ण पाठकहरुमा अग्रिम धन्यवाद टक्रयाउनु भएकोछ किनकी पाठकहरुको सल्लाह र सुझावहरुलाई शिरोपर गरी अगाडि बढ्न उहांलाइ निकै प्रेरणा मिल्दछ (दौंतरी।


नीर्मन केएम
नंखेल ६,भक्तपुर (हाल हाइटी)

नदुख्नु कोही मेरो दु:खमा, म त यस्तै हुँ सधैंभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी

आफ्ना र अरुहरुका स्नेहले, अब म थाकिसकेछु
माया नै मायाको बोझले,धेरै नै थिचिएको छु
यो उराठ लाग्दो जीवन, यत्तिकैमा रमाइ रहन्छ
आशा उमंग सबै मारेर , नीरसतामै बांचिरहन्छ

नाआऊनु कोही मेरो साथमा, म एक्लै हुन्छु संसारभरि
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरि

फूल फुल्ने पाखाभररी अब, डढेलो लागिसकेको छ
खुशीमा उज्यालिने मनभरी अब, अंध्यारो छएको छ
एक्लोपन प्यारो बनिरहेछ, कसैले नझस्काइदिए हुन्थ्यो
मन अनन्त यात्रामा उडिरहेछ, कसैले नबिथोलिदिए हुन्थ्यो

नसिस्किनु कोही यो मेरो पनमा, आसुँ छैन मेरो आँखाभरी
कठै भन्ने शब्द चाहिंदैन, दु:खमै पिरोलिउँ म यसैगरी



डलर टिप्ने यात्रा -- ४

शेखर ढुङेल्

०३-१७-२००९
(डलर टिप्ने यात्राको पहिलो भाग यहाँ, दोस्रो भाग यहाँ र तेस्रो भाग यहाँ छ।)

तानाकाले भोलीपल्ट बिहानै जापान फोन गर्‍यो हाम्रो बारेमा समाचार सुनाइदियो तीन पानीले डुबाइदियो भन्दा पनि उतारिदियो भन्दा राम्रो होला । बल्ल हलुका मन भयो यो झुठको खेती बन्द हुँदा । त्यस पछी उनिहरु सित कुनै संपर्क भएन । त्यो बिचमा मैले होटेल को ब्यापार शुरुगरी सकेको थिए (लज ) भोटेबहालमा, भने नोकरी पनि पुनर्बहाली भैसकेको थियो । तर आफ्नो परीबर्तित जीवन शैलीले उपल्ला दर्जाका हाकिम लाइ औडाहा भएछ। ठुला हाकिम मोटर साइकलमा, आफु गाडीमा । दुई महिनामा बिना कारण ४ ठाउमा सरुवा, त्यस्तो पनि हुन्छ?, त्यो पनि त्यस बेला ६ हजार जती हात लाग्ने जागिर आँखा पनि लागेन र सदाको लागि नोकरी शिभ राम भुर्तेल अथार्त नमस्कार गरिदिएँ ।

आफ्नो नोकरीको प्रकृतिको एउटै फाईदा मेरो लागि भयो, त्यो हो जन संपर्क । प्रचुर प्रचार-प्रसारको फल स्वरुप नाम चलेका नेता, कार्यकर्ता, बहालवाला वा पूर्व सैनिक, प्रहरी का बरिष्ठ हाकिमहरुको चहल् पहल निक्कै हुन्थ्यो, सोचे भन्दा राम्रो कमाइ र त्यहा भा. रु. को बर्षात हुन थाल्यो । गोर्खालीले पैसा भे’छी के गर्छ ?, आबश्यक भए पनि नभए पनि जग्गा किन्ने घर बनाउने ? । मैले पनि सुरु गरे सडक नगिज घर बनाउन । त्यो काम ६० % पनि सकिएको थिएन कता महाकाली संधि मा राष्ट्र घात भो भनेर सडक का रेलिङ भाच्ने, तोडफोड गर्ने, भारतीय गाडी आगो लगाउने, एक होइन दुई होइन तीन दिन सात दिन सम्म नेपाल बन्द गर्ने काम हुन थाले पछी त को आउने नेपाल ?। स्वात स्वुत ब्यापार त चट्, १० % पनि होटेल मा गेस्ट आउन छोडे छुटेन पसिना अब ? घर हेर्ने कि १५ जना होटेल को स्टाफ को खर्च हेर्ने कि होटेल को भाडा तिर्ने कि ? टुप्पी ठाडो भै हाल्यो नि ? ।कन्त बिजोग होला जस्तो पो त ?अनी त बाँकी त एउटै उपाय छ बहिनी परिवार नियोजन भन्ने गीत जस्तो मुग्लान भास्सिने भन्दा उपाय देखिन र १९९५ को मे मा लाग्यो गोर्खे मान टिप्न अमेरिका हुँदै जापान फेरी ।

एक जना आफ्न्तको मा पुगियो उन्ले मेरोलागि कुरा गरिसके का रहेछन कामको कता हो होन्डा कम्पनी रे । त्यहा अर्का कलाकार सीत पनि भेट भयो । भोली पल्ट काम गर्ने ठाउँ मा गएँ राम! राम!! राम!!!, आफ्नै लागि भरे कहाँ को कामी को आरन जस्तो पो रेछ । होन्डा मोटर साइकल को साइलेन्सर पाइप मात्र चम्काउने काम । कामीको बिद्युतिय आरन रैछ त्यो । पहिले तार भ्एको चक्का ले टल्काउनु पर्ने फेरी नरम कपडा जस्तो भएको चक्काले टल्काउनु पर्ने । बोराको एप्रोन बेरेर छालाको पन्जा र रबरको बुट लगाइ काम गर्नु पर्ने, मुख मा कालो धुलो, चक्का एता उता चिप्लिदा हात मा घाऊ नै घाऊ भएका आफन्त लाइ हेरें, उन्को घाऊ ले मलाई हिजै पोलिसकेको थियो । यो ठाउँमा मेरो भाग्य टल्किने छाँट काँट देखिन र काम नगर्ने निधो गरी टोक्यो फर्किएँ । त्यहा एकजना भतिज पर्ने थिए अनिल ढुङेल् उन्ले मलाई एउटा नयाँ खोलेको भारतीय खाना, तर जापानिज साहु भएको रेस्टुरामा काम खोजिदिए र भने ईण्डियन जस्तो पेल्दैन र छिट्टै मेनेजर हुने चान्स छ । उताको साहु यताको प्लेट उठाउने ?, लेख्या हुन्छ देख्या हुन्न भन्या शायद यहि होला ? । बिकल्प पनि छैन, मैले हुन्छ भने अनिलले मलाई कावागुची भन्ने ठाँउको मालाबर रेस्टुरामा पुर्‍यायो । अङ्रेजी ओके ओके बाहेक फिटिक्कै नबोल्ने रहेछन साहु । कोठा पनि रहेछ राम्रै दुई जना कुक र मेरो लागि तीन कोठा भएको । बोल्न सिके पनि जापानिज लेख्न आउँदैन थियो १३५ आइटम भएको रजिस्टर्ड मा जापानिज भाषा लेखिएको थियो परेन फसाद ?। के गर्ने दिमाग खेलाएँ बल्ल बुद्धी फिर्यो, रजिस्टर्डको चार्ट माथि इङलिस लेखेर चिप्काइ दिएँ, तब काम गर्न सजिलो भयो । आफुले इङलिस नेपाली जापानिज शब्द कोश किनी गहन अध्ययन गरे र दुई महिना मा नै म ८० % बोल्न र १० % लेख्न सक्ने भएँ। रेस्टुरा सीत जोडीएका बिषय र आबस्यक शब्द हरु लाइ खोजी गरी पढेकोले काम मा गाह्रो भएन र साहु सीत कुरा गर्न सजिलो भयो । स्मरण रहोस जापान मा हिराकाना, काताकाना र खान्जी गरी तीन प्रकार को मिस्रित भाषा प्रयोग हुन्छ ।

त्यही काम गर्दा रेस्टुरामा नै दसैं तिहार नयाँ बर्ष आदी मनाइन्थ्यो नेपालीहरु सीत को भेटघाटको सानो केन्द्र थियो त्यो मालाबार रेस्टुरा । छुट्टीको अगिल्लो दिन साहुले सधैं अरु रेस्टुरामा लैजान्थे र बिहान ४ बजे तिर घर मा पुर्‍याई दिन्थे । मैले जीम्मेवारि लिएपछि उनी अर्को रेस्टुरामा ब्यस्त हुन थाले । यसरी लगभग दुई बर्ष त्यहा रमाइलो सीत बित्यो । नेपालमा आफ्नो तत्कालिन समस्या पनि पुरा भैसकेको थियो बगली अली अली मोटो हुदै आए पछी फेरी नेपालमै गै उही पुरानो वा सानो तिनो एक्स्पोर्ट ईम्पोर्ट को ब्यापार गर्ने भन्दै ‘जननी जन्म भुमिस्च स्वर्गादपी गरियसी’ जप्दै फर्किये नेपाल ।

यस पटक फर्कदा नेपाल अध्यागमन ले राम्रो सीत स्वागत गर्न खोजे को थियो सफल भएन । भयो के भने पासपोर्टमा आगमन छाप लगाउने बेलामा यसो ओल्टाइ पल्टाइ हेर्यो अनी एक छिन पर्खनुस भन्छ बा!, मैले सोधे किन ? म नेपाली नागरिक नपाल छिर्न पाउन्न किन रोक्ने ?, किन पर्खने ?, फेरी भन्यो तपाईं चुप लागेर बस्नुस । थाहा छ उ मलाई मुर्गा बनाउने कोशीसमा छ आफु छोटो समय त्यहा काम गरिसकेको मान्छे म किन डराउने उता संगै तालिम गरेको डियसपी दुर्ज कुमार राइलाइ देखी सकेको थिए त्यहाको हाकिम पनि धेरै पटक संगै तीन पानी खाइ सकेको थिए, मैले कठालो समातेर जुरुक्क उचालेर हुत्याएँ उस्को हाकिम को कोठा तिर त्यतिकै मा उस्को हाकिम पनि निस्किये र के भयो भने, मैले भने यस्ले मलाई किन रोकिराखेको छ ? दुबै ले मलाई शान्त हुन भने अनी हाकिम आँफैले छाप ठोकी दिए र सरि भने । दुर्ज कुमार र म गफ गर्दै ढोका सम्म आयौं त्यो ‘धरापे कर्मचारी’ छक्क पर्दै हेरी मात्र रह्यो ।

देशमै बसेर केही जीवन धान्ने ब्यवसाय गर्ने अठोट गरी फर्केको म, बर्ष दिन सम्म कतै बाख्रा पालन, कतै ट्रावेल एजेन्सी वा रेस्टुरा के गर्ने सम्भाब्य अध्ययन गर्दा गर्दै बित्यो प्रशासन, नेताहरुकोमा राष्ट्रको चिन्ता बोकेको प्रोजेक्ट बोकेर गयो पहिले नै घुस माग्दछन, घुस लिने दिने काम मा आफु परियो पृथ्वी नारायण को अनुयाइ ( घुस लिन्या र दिन्या दुबै मुलुक का दुस्मन हुन ?) सबै इजी मनि मात्र खोज्ने समाज, राष्ट्र लाइ फाईदा हुने काम गर्छु भन्दा पनि वास्ता नगर्ने पैसा पाए नहुने पनि हुने गरिदिने पैसा नपाए हुने पनि नहुने गराइ दिने। म घुस ज्यान गए नदिने कर्मचारी घुस नखाइ ज्यान गए पनि काम काम नगरि दिने मिल्यो त कुरो अब ?

के गर्ने के नगर्ने टुङो लागि सकेको थिएन त्यसै बेला अस्ट्रेलिया बाट एक जना आफन्त छुट्टीमा नेपाल घुम्न आएका थिए । अस्ट्रेलिया मा लामो समय बसेका पाका मानिस थिए उनी स्कलरसिप मा थाइल्यान्ड पढ्न गएर उतै बाट अस्ट्रेलिया पलायन भएका । घरमा आएको बेलामा त्यहाको अध्यागमन नीति, त्यहाको जीवन शैली । ब्यापारको सम्भाबनाका बारेमा बिस्त्रित रुपमा छलफल भयो । उन्ले एकदम आशा लाग्दो अनी मेरो ब्यापार गर्ने इच्छालाइ सहयोग गर्ने बिश्‍वासिला कुरा गरे । यो भेडा बाख्रा पाल्ने घुस्याहरुको पछी दौडने उकुस मुकुस हुने बातावरण लाइ स्वर्गादपी गरियसी ...... ' भन्ने सोचाइ छोड, गोर्खे चल अस्ट्रेलियन डलर टिप्न भाग भन्दै मनमा फेरी कुतकुती सुरु भयो । ती आफन्त ले मौखिक सहयोग मात्र होइन परे आर्थिक सहयोग पनि गर्छु भने पछि त मेरो पंखा पलाए झै भयो अनी कहिले उडु कहिले उडु भै’ गो । छिट्टो भन्दा छिट्ट्टो अस्ट्रेलियाको सिडनीमा भेट्ने बाचा गर्दै उनी लागे अस्ट्रेलिया, म उडे न्यु दिल्ली भिशा लगाउन ...... क्रमश

(यो यात्राको पाँचौ भाग यहाँ छ)



गाउँखाने कथा - ८ (Nepali Gau Khane Katha)

दुईतिर चुरीफुरी अगिल्तिर हुल,
इनारका मुखमा पदमका फुल, यसको उत्तर के होला?


March 18, 2009

नेपालीले पाएका पहिला र अहिलेका नयाँ अनुभुतीहरु -२

बिजय कुमार श्रेष्ठ
धादिङ्ग हाल जोईन्ट वेस बलाद ईराक
२०६३ सालमा देशमा लोकतन्त्रको लागि लडाई लड्न सुरु गरे आम नेपाली जनताले गणतन्त्रको लागि सबै पार्टिहरु एक जुट भएर लोकतन्त्रको लागी आन्दोलनको तयारी गरेर हाते मालो गरेर अत्याचारी नाताबाद कुर्सीबादकोशासनलाई फाल्नको लागी क्रान्ति सुरु गरे । क्रान्तिको आगो दन्किन सुरु भयो । नेपाली जनताले हातमा हात मिलाएर साथ दियो । कयौ नेपाल आमाका छोरा छारीहरुले आफनो बलिदान दिए । २०६३ साल ज्यष्ठ महिनाको अन्य तिर देशमा फेरी अर्को परिवर्तन भयो । नेपाली जनताले २००७ सालमा नै चाहेको लॊकतन्त्र २०६३ मा आएर प्राप्त गर्न सफल भए । २४८औ वर्षको लामो गद्धिधारि तानासाहि शाहवंशको जरै देखि निर्मुल पार्न सफल भए नेपाली जनता । देशमा नौलो परिवर्तन आयो । नेपाली जनताले चाहेको गणतन्त्र सारा नेपाली जनताले हर्ष उल्लासको साथ बिजय उत्सव मनाउन थाल्यो । जता सुकै विजय जुलुसले खुशीका आँसु बग्न थाल्यो । देशमा मिलीजुली गरेर चार पार्िर्ट मिलेर सरकार चलाउने जिम्मा लियो । देशमा नेपाली कांग्रस पार्टिको सभापति गिरिजा प्रसाद कोईराला देशको प्रधानमन्त्रि भए र उहाँको अध्यक्षतामा मन्त्रिमण्डलको बिस्तार गरियो । सो समयमा देशमा चार पार्टिले सरकारमा सामेल भएर देशको नयाँ खाका कोर्नको लागि संविधानसभाको बाटो तिर लम्कन कम्मर कसेर चुनाव गराउन तिर लागे । सबै पार्टिको मिली मतोले गर्दा देशमा संविधानसभाको चुनाब शान्ति पुर्वक ढंगबाट गराउन सफल भए । लोकतन्त्र आए पछिको पहिलो संविधानसभाको चुनाब सफल गरायो । सो चुनाबमा नेपाल कम्युनिष्ट पार्टि माओवादिले सबै पार्टिले भन्दा बढि जनताको मन जितेर पहिला पक्तिको पार्टिको दर्जा हात पार्न सफल भए । नेपाली कांग्रेसलाई दोस्रा नम्बरको दर्जा्र दिए र नेपाल कम्युनीष्ट पार्टि एमालेलाई तेस्रो पार्टिको दर्जा र नयाँ पार्टि मदेशि फोरम पार्टिलाई चौथो दर्जा भिराउन सफल भए नेपाली जनता ।
देशको आन्तरिक कार्यभार समाल्नको लागी राष्ट्रपतीउपराष्ट्रपती सविधानसभा प्रमुखको तय गर्न दलहरु कम्मर कसेर लागे तर एक आपसमा सहमति गर्न नसकेर चुनावी प्रकृयाबाट सबै तहको तय गरियो र नेपाली काग्रेसबाट डा। रामवरण यादब र नेपाल कम्युनिष्ट पार्टि माओवादिबाट रामराजा सिहलाइ राष्ट्रपतिको उमेदवारमा खडा गरे र चुनाबमा भाग लिन पुगे । सो चुनाबमा नेपाली काग्रसले राष्ट्रपतीको पदमा आफनो जित हासिल गरे । उपराष्ट्रपती मदेश फोरम पार्टिले हाता पारे । सविधानसभाको अध्यक्षमा ने।s।पा एमालेले हाता पार् यो । त्यस पछि प्रधानमन्त्रिको लागि ने।s।पा। माओवादिका पुष्प कमल दाहाल -प्रचण्ड ले हाता पारे ।
लामो जंगलको सधर्ष पश्चात सपनामा पनि नसोचेको पार्टिलाई नेपाली जनताले आज देशको अविभारा सुम्पिन सफल भई दिए । देशमा पुराना अनुहारको शासन सत्तामा बिचलन भएका नेपाली जनता नयाँ अनुहार नयाँ जोस र जागर बोकेर जनताको सेवक हो भन्ने बाचाका साथ देशको प्रमुख व्यक्तिको रुपमा नेपाली जनताले हेर्न पाए । ने।s। पा।माओवादिको तरफबाट प्रचण्डले मन्त्रि मण्डल गठन गरे सो मन्त्रि मण्डलमा माओवादि नेकपा एमाले र मदेसी फोरम पार्टि जनमोर्चा नेपालले भाग लिएका थिए । नेपाली काग्रसले प्रतिपक्षको भुमीका निर्वाह गरे । त्यस पछि सुरु भयो नयाँ नेपाल बनाउने सपनाको कार्य दिशा कोर्न थाले । देशमा केहि हदसम्म शान्तिको हावा चल्न लाग्यो । नेपाली जनताले आन्नदको सास फेर्न थाले । सोचेका थिए अब देशमा आमुल परिवर्तन आयो भनेर नेपाली जनताको दिनहरु बित्दै गए । देश चलाउन जिम्मा लिएका पार्टिहररुको एक आपसमा मन मुटाब बढ्न थाल्यो । सहकार्य र सहमतिमा देशलाई नयाँ गति तिर लैजाने बाचा गरेका थिए ति बाचाहरु एक आपसमा तुहिन गयो । एकले अर्को माथि आरोप प्रत्याआरोप लगाउन सुरु हुन थाल्यो । नेपाली जनताले ठुलो त्याग र तपस्याको बलिदान पश्चातको लोकतन्त्रको नून राम्रोसँग चाख्न नपाउदै सरकारमा बस्ने मन्त्रि भनाउदाहरुले उही पुरानो काचुली फेरेका अनुहारको बाटोलाई त्याग्न सकेनन । केवल क्रम भङ्ग गर्ने भन्नेको नाममा देशको ढुकुटिलाई रित्याउने नयाँ बाटो औल्याउन थाले प्रचण्ड सरकारले प्रधानमन्त्रिको सपथग्रहणको बेला देखि क्रमभङ्ग गनै सुरुवात गरे । आफनो पुर्खाले सिर्जेको नेपाली पोशाकको अवहेलना गरेर बिदेशि पोशाकमा सजि सजवट हुन पुगे । कानून बनाउदै जानु भयो र त्यो कानूनलाई आफै मार्फत गलहत्ति लगाउन पछि पर्नु भएन । केवल जनताको कामलाई बेवास्ता गरि देशको ढुकुटीमा खेलबाड गर्न तिर बढि अग्रसरता देखाउनु भयो । आफनो कार्यलयको कामलाई महत्व कम दिएर सभा महत्सोव उद्धाटनमा बिसेस ध्यान दिन पछि पर्नु भएन । सहकार्यमा लगाम बधेका पार्टिका मन्त्रिहरुको समेत कार्यभारमा हस्तछेप गर्न पनि पछि पर्नु भएन र म नरहे देश रहनन् भन्ने सम्म अभिव्याक्ति दिनसम्म चुक्नु भएन । आफुले १२ वर्ष जंगली जीवनमा नेपाली जनतालाई दिएका आश्वासनहरु सजिलैसँग बिसर्ि दिएर आफनो सन्ततीको उचाई बढाउन तिर कम्मर कसेर लाग्नु भयो । हिजो नाताबाद र कृर्पाबादको कट्टर बिरोधि भएर नेपाली जनता सामु आवाजको चट्याङ बसा्रउने व्यक्ति आज आएर त्यहि सिकोलाई अङ्गालेर आफना बाहुबलले भ्याएसम्मको पदमा आफना नातागोतालाई भित्रयाउन पछि पर्नु भएन । त्यसैको सिको सिकेर उहाँका सहपाठिहरुले पनि आफना नातागोतालाई बिना योग्यता भएको पदकोसम्म जिम्मा लगाउन पनि चुक्नु भएन । नयाँ नेपाल बनाउनलाई कम्मर कसेर आएका क्रान्तिकारीको नाम धारणा गरेर आज आएर आखिर के नै दिन सकेत नेपाली जनतालाई नयाँ नेपालको सरकारका हकदार पार्टिले के कुराको परिवर्तन ल्याउन सफल भए त सरकारी गाडिमा प्रईभेट नम्बरको पिलेटसम्म झुन्डाउन पछि परेन लोकतन्त्रका बफादार देश र जनता सेवक ।
देशको प्रधानमन्त्रिको बोली भनेको लाल मोहर साबित हुनु पर्नेमा आज बोल्यो भोली त्यहि बोली फिर्ता लिने नयाँ प्रबृद्धिको प्रार्दुभावको सृर्जना गर्नु भयो । सहमति र सहकार्य गर्नु पर्छ हामीलाई सबैको साथ चाहिन्छ भनेर जनताको सामु भाषण गरि हिड्ने अनि त्यहि कुराको पालना आफुले नै नगरि हिड्ने । अनि हामीलाई कसैको सहयोग भएन भनेर कुर्लने । नेपाली जनतालाई जुन सहानुभुति दिएर जानु भएको थियो उहाँले र उहाँको पार्टिले त्यो कुराको पालना गर्नबाट केहि हदसम्म पछि पर्नु भयो र एक आपसमा अन्तर मन मुटाबको तनाब सृर्जना हुन गयो । नेपाली जनताले जे सोचेर देशको सर्वोच्च पदमा पुर् याईदिएका थिए तर त्यसको परिभाषा जनतालाई चित्त बुझने तरिकाबाट दिन सक्नु भएन र आखिरमा आएर आफुसँग गृहकार्य नभएको भनेर क्षमा याचना गर्न तिर अग्रसरता देखाउदै भन्नु भयो । आफनो घरको अगाडि खाल्डो नदेख्ने ६० लाखको गाडि चड्ने भनेर जनता सामु भन्न के मात्र सक्नु भएको थियो आफुले त्यसको केहि दिन पछाडि जापानबाट नेपाली १ करोड बराबरको मुल्य पर्ने गाडि मगाउन लगाउनु भयो तर जन आवजको तिब्र बिरोध भएको कारणले गर्दा लाचारी भएर त्यो गाडिमा पाउँ राख्ने सहास गर्नु भएन । बिदेश भ्रमणलाई पनि अस्विकार गरि दिनु भयो ।
नेपाली जनताले बिभिन्न दलको गृहकार्यको तौर तरिकाबाट ग्रसित र त्रसित भएर देशमा नौलो जनबादको आशाबादि किरण लिएको पार्टिलाई साथ दिएर आज कत्रो आशा भरोसा लिएको थियो नेपाली जनताले तर जे सोचेर आफनो अमुल्य मत दिएर माओबादिलाई जंगलबाट सदनमा र सदनबाट सत्तामा पुर् याई दियो त्यसको कुनै आशा लाग्दो प्रतिफल जनतालाई दिन नसक्नु नै उहाँहरुको लाचारीपन हो । नेपाली जनताले आशाको किरणको रुपमा हेरेका थिए देशको भाग्य निर्माणको चित्र परिवर्तन गरिदिन्छन भनेर तर असोचनिय ढंग तरिकाबाट उहाँहरुले वर्गीय सँधषको नाममा जातिय सँधर्षलाई प्राथमिकता दिनु भयो र शान्तिको हावा चल्न लागेको यो देशलाई फेरि पनि कोलाहल र त्रास पुर्ण बातावरणमा परिणत गराउने तिर महत्वलाई बढि ध्यान दिनु भयो । देशको राष्ट्र प्रमुख भएर बलिदान दिन्छु भनि जनतालाई त्रासको बातावरण सृजनासम्म गराउन चुक्नु भएन । २ करोड ६० लाख नेपालीको एउटै फुलवारीको साझ बगैचाको कार्य निभाउन सक्नु भएन । जहिले पनि एउटा कुरा भन्ने र गर्ने बेलामा एक लौटि आफनो पार्टिको निर्णय लिने बानिले गर्दा सहमति र सहकार्यको पाईलालाई उहाँले ओझेलमा पारि दिनसम्म चुक्नु भएन । उहाँले कहिले पनि सोच्नु भएन देश चलाउनलाई कत्तिको सामथ्र्य चाहिन्छ भनेर बोल्न जस्तो कार्यभार समालेर अगाडि बढ्नु आकाश र पातालको अन्तर हुन्छ भन्ने कुरालाई भल्नु भएर आज यो परिस्थीतिले जन्म लिन गएको हो । अझै पनि भन्ने गर्नु भएको छ । सरकार ढलाउन केहि पार्टिहरु लागु परेका छन् भनेर किन लागे त सरकार ढाल्न भनेर आफनो गृहकार्यलाई पनि जनमानस समक्ष बुझाउने गर्नु भएको छ त । लोक तान्त्रिक व्यावश्थामा एकले अर्काको खुट्टा तान्ने प्रबृद्धि त जहाँ पनि हुन्छ त्यो कुरा कुनै नौलो होईन तर जनताको पक्ष लिएर कार्य दिशालाई जन आस्थासँग मेल खाने खालको हुनु पर् यो । आज कस्ले पुर् यो त्यो ठाँउमा नेपाली जनताले होईन । हिजोका ति हामी कहिले पछि पर्ने छैन भन्ने पर्टिहरुको हविगत कहाँ पुर् याई दिए त्यो कस्को प्रयासले हो त । यदि जो कसेैले पनि राम्रो काम गर्छ भने नेपाली जनताले सधैभरि उसको पक्ष लिएर हातेमालो गर्दछ । त्यसैले जनतामा निरास ल्याउने काम कसैले गर्छ भने त्यसलाई छाड्ने वाला पनि छैन अब नेपाली जनता । यस्ता धेरै खाले युध्दहरुको नून चाखि सके नेपाली जनताले तेसैले जस्तो सुकै प्रबृद्धिमा पनि राम्रो र नराम्रो के हो भन्ने कुराको मुल्यांकन गर्न सक्ने भई सकेका छन् । देशको ढुकुटीमा हनिमुन मनाउनेहरुको हविगत देखाएर नै छाड्ने छ ।
देशमा लोकतन्त्रको जग बसि सकेको छ । अब त्यसको सेवा र सम्हार गर्ने जिम्मा हामी आम नेपाली जनताको हो यो कुरामा कसैको दुई मत छैन । कहिले पनि भुलेर पनि भन्ने नगर्नु यो देशमा फेरि तानाशाहिले राज गर्दछ भनेर आफना ति कायरता पुर्ण भाषणलाई लगाम लगाउन पनि सिक्नु पर्छ र जन चाहनाको मर्म के हो त्यो कुरालाई लिएर अधि बढ्ने गर्नु पर्छ । कागले कान लानु कहाँ छ कहाँ कान नै नछामीकन पछि लाग्नु त भएन । अहिले सविधान लेखन प्रकृया चलिरहेको छ त्यो विषयलाई मध्य नजर राखेर सहि निष्कस्र निकाल्न तिर लाग्नु पर्दछ । जनता सामु आई रहेको मत भेद के हो राम्रोसँग बुझेर कार्य दिशाको निरुपण गर्ने तिर लाग्नु पर्दछ । सविधान जस्तो लेख्ने कुरामा हतार गरेर जनताको आँखामा छारो हाल्ने कामबाट सजक रहेर काम गर्नु पर्ने हुन्छ । सक्ला अक्षर फुटाउन नजान्ने मानिसलाई एक दिनको कक्षा लिएर उसले कसरि भन्न सक्छ मेरो लागी यस्तो कानुन बनाउनु पर् यो भनेर कसरि भन्न सक्छ के उत्तर राम्रो पाउन सक्छ । १२ वर्ष युध्दको मैदान चलाएर बसेका नेता भनाउदाहरुलाई त देश कसरि चलाउने भन्ने कुराको पुर्णपाठ थाहा थिएन भने ति आफनो नाम सकेत राम्रोसँग भन्न नसक्ने नेपालीले कसरि सविधानको बारेका भन्न सक्दछ बिना गृहकार्य । त्यसैले यो सरकारले सभासदलाई रोजगारी दिने नियदले हो कि देशको ढुकुटीको सत्याग्रह गर्न खोजेका हुन कि जानेर पनि बुझ पचाएको हो । बिना गृहकार्य जनतालाई के थाहा सविधान भनेको के हो । के १०० जनामा ५ जनाले मात्र अक्षर चिन्न सकेर हुन्छ ति अरुको अधिकार छैन । आफनो मौलिक हकको अधिकार खोज्नलाई र नेपाली भएर बाच्न । सविधान लेखन प्रकृया अगाडि बढाउनको लागि यो सरकारले सहि बाटो देखाउने हो भने देशको बिकट भन्दा बिकट ठाँउबाट सुरु गर्नु पर्छ । अनि मात्रको नेपाली जनताले कतिसम्म मौलिक हक अधिकार भन्ने कुराको ज्ञान रहेछ भन्ने थाहा हुन्छ । जस्तै हुम्ला मुगुडोल्पातेह्रथुम कालिकोट अछाम कर्णाली भेरी यस्ता ठाउँमा गएर ति नेपालीको बिचारलाई सम्वोधन गरेर लेखिएको सविधानलाईको जनताको लागि लेखिएको सविधान भनेर भन्न सकिन्छ । हरेक जिल्लाको सदरमुकाममा गएर एउटा होटलमागाउ बिकास समितीमा बसेर लेख्ने हो भने किन जनताले लेख्ने सविधान भनेर बिकुल फुक्नु पर् यो त जन चाहना विपरित कार्य गर्ने भए किन लड्नु पर् यो परिवर्तनको लागि र नयाँ र नौलो सृजना गर्छु भनेर किन झुटा आश्वासन बाड्नु पर्यो ।
त्यसैले सरकारका सम्पुर्ण मन्त्रिका पद बहाली गरेका र बिभिन्न राजनितीक पार्टिले गम्भिर भएर सोच्ने बेला आएको छ । यो देशलाई रण सङ्गाममा परिणत गर्ने हो कि हरियाली शान्ति भुमि गौतम बुद्धको देश भनेर परिभाषा गर्ने हो त्यो समय आएको छ अहिले देशको कार्य बहाक योध्दाहरुको नकि भाषणमा मात्र सिमीत नबनाईकन काममा बढि समय खर्चियोस भन्ने मेरो नेपाली नागरिक भएको हैसियतले यो बिनम्र आग्रह गर्दछु ।


शहर आज शान्त छ

अघिल्लो हप्ता
सडक छेउको चिया पसलमा
अर्कै दलप्रती आस्था राख्‍ने पसलेले
बिपक्षी दलका ग्राहकलाई
जानी जानी अलिनो चिया खुवाएको
गम्भिर आरोप लाग्यो,
घटनाले राजनैतीक रंग लियो
अनी पहिला वाक युद्द
त्यसपछि मल्ल युद्द हुँदै
धरपकड र मुठभेड भयो

पुलीस बोलाईयो, लठ्ठि चलाईयो
जिन्दावाद र मुर्दाबवादको
गगनभेदी नारा बीच
शहरमा टाएरको धूवाँको बदली भयो
ढुङ्गा मुढाको बर्षात चल्यो
स्थिति तनावपूर्ण भएपछि
हवाई फाएरसंगै कर्फ्यू लगाईयो

मानवतावादीहरु अगाडि आए
नागरीक समाज पनि जुर्मुराए
नेपाल बन्दको धम्किसंगै
अदालत र सरकारका ढोका ढकढकाए
समस्यामाथि गम्भिर भहस भयो
बन्द हडतालले जन जिवन तहस नहस भयो

आज सरकारले
रमिता हेर्दा मरेको रामे
समोसा चोर्दा ज्यान गुमाउने श्यामे र
बगलीमारा बामे सहित
१ दर्जनलाई शहिद घोषणा गर्‍यो
चिया पसलेको दलको दबाबमा
पसल मर्मतलाई मुआब्जा दीयो
त्यसैले शहर आज शान्त छ
...शहर आज एकदम शान्त छ ।



March 17, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ८

प्रभा आचार्य
ब्यवहार र चरित्रको कुरा गर्ने हो भने म आनन्दलाई सधैं सहनशिल, गहनबिचराक र भाबुक ठान्दछु । अबोला किसिमको र शान्त स्वभावको भएकोले म आनन्दलाई अल्पभाषी भन्न पनि रुचाउँछु । हाम्रो सधैंको भेटमा जहिल्यै गीत-सङीत, साहित्यको छलफल हुन्थ्यो । त्यो बाहेक हामी कहिल्यै टाढा गएनौ । कतै जान परे एफ.एम. रेडियो, रेकोर्डिङ स्टुडियो अनी साङीतिक् क्षेत्रका मान्छेहरुसङका भेट्घाट यत्तिमा नै हाम्रा समयहरु ब्यतित भए । मेरो आफ्नो घर काठमाडौंमा नभएकोले म बिरालोले घर सरे झै कहिले कहाँ कहिले कहाँ बस्ने गर्दथे तर म जहाँ बसे पनि आनन्द मलाई खोज्दै आइपुग्नु हुन्थ्यो । मानौ ''दिदी जहाँ बसे पनि वहाँलाई आउन गार्हो लाग्दैनथ्यो।

'एक दिनको कुरा म सम्झन्छु म सोर्हखुट्टे मेहेपीमा बस्ने गर्थे । आनन्दले मलाई भेट्न आउनु भयो । हाम्रो कुराकानी पश्चात वहाँ जान तयार हुनु भयो । मैले पनि पुतली सडकसम्मा जाने निधो गरे । वहाँले हुन्छ भन्नु भयो । म पनि वहाँसँग जान वहाँको मोटर बाइकमा बसे । हामी गैरहेथियौ । सोर्हखुट्टेको उकालोमा हाम्रो अघी अघी एउटा समान लोड भएको ट्रक उकालो चढिरहेको थियो । खै के भएर हो त्यो ट्रक त स्लिप भएर ओरालो झर्न थाल्यो । हामी पछाडि थियौ । झन्डै त्यो ट्रकले हामीलाई किच्यो । तर आनन्दले हठातको साथ सावधानी अप्नाइ हाल्नु भयो नत्र त्यो दिन हाम्रो अन्त्य हुनेथ्यो । त्यो घटना सम्झिदा अहिले पनि कहाली लागेर आउछ । त्यस्तै अर्को घट्ना म सम्झिन पुग्छु । एक दिन हामी के. ए. टि एच .एफ. एम जादैथियौ । हामी के पुग्न मात्र आँटेका थियौ, यस्तो हावा हुँडरी आयो कि मलाई त झन्डै ऊडायो । के गर्ने आफु त सानो मान्छे । धन्न आनन्दले मलाई हावा बहेको बिपरित हत्त पत्त फर्काउनु भयो । नत्र त म झण्डै लडेकी । यस्ता यस्ता घट्नाहरु अहिले सम्झेर मलाई कता कता हाँस पनि उठ्छ, कता कता नराम्रो पनि लाग्छ ।

यत्तिकैमा आनन्द फेरी कुन देश हो मलाई त्यत्ती थाहा भएन जानु भयो । आनन्द को अनुपस्थितिमा मलाई खल्लो पनि लाग्यो । त्यो समयमा इन्टर्नेटको त्यती प्रभाव थिएन । त्यसैले हामीबिच दुरी बड्यो । लग्भग एक दुई बर्ष नै आनन्द बिदेशमा रहनु भयो । म पनि कहिले दमक, कहिले काठमाडौं गर्ने गर्दथे । एक दिन म दमक घरको आगनमा बसिरहेकी थिए । हुलाकी आएर मलाई मेरा चिट्ठी ल्याएर दिए । त्यो समयमा मलाई मेरा प्रङ्शकहरुले धेरै पत्रहरु पठाउने गर्दथे । मैले ति पत्रहरुको भिंडमा आनन्दले पठएको पत्र पनि पाएँ । पत्र खोलेर हेर्दा मलाई मनमा नमिठो लाग्यो । अहिले म सम्झिन्छु। बिदेशमा छु मलाई सबै कुरा भएर पनि केही नभए जस्तो, केही नपुगे जस्तो भान हुन्छ । शायद त्यस्तै त भएको थियो होला नि । ''दिदी म परिवार सँग भएर पनि एक्लो महसुश गरिरहेको छु । तपाइलाई धेरै मिस गरिरहेको छु भन्ने खालका शब्दहरु थिए। हो, यस्तै त हुदो रहेछ नि परदेशमा जो- जे नै भए पनि आफ्नो भावना मिल्ने कुरा मिल्ने नहुँदा एक्लो महसुश त हुन्छ नै जस्लाई पनि ।

यसरी हाम्रा पत्रचार हुन्थे । मलाई पनि भाईको याद खुबै आउथ्यो । केही समस्या पर्‍यो कि आनन्दको याद आउथ्यो । यसरी म ति दिनहरुलाई सम्झिन्छु । कुनै ईतिहासको कथा झै लाग्छ । मान्छेसंगको संगत सम्बन्ध शायदै सबैको यस्तो होला कि जुन सम्झिदा सकारात्मक मात्र होस्। त र मेरो सम्झना र संस्मरणमा हाम्रो अतित सबै सम्झन योग्य र सकारात्मक् नै छ । जस्लाई मैले अहिले यहाँ पोख्न बस्दा पनि ति दिनहरु मेरा आँखाभरी छाएर म आफ्नै दुनियाँमा हराएर सारा दु:ख कष्ट एक पलको लागि भए पनि बिर्सन पुग्छु । म आशा गर्छु आउने समयमा पनि आनन्द र मेरो भेट यसरी मीठो संस्मरण् लेख्न योग्य होस् । म त्यो दिनको प्रतिक्षामा छु । आजको यो संस्मरण् यसरी म बिट मार्न लागिरहेकी छु । अझै आनन्दसङको मेरो भेट हरुको पानाहरु खोल्न बाँकी नै छ । प्रतिक्षा गर्नु होला । अब आउने संस्मरण् अझ मार्मिक छन । फेरी म पोख्ने नै छु । सबैलाई यो पच्न नै पर्छ भन्ने छैन केवल यो मेरो सम्झनाको ब्यथा पोख्ने चौतारी दौतरी भएकोले यसैको सहारा लिदैछु । यस्लाई सबैले माया गरिदीनु होला । जस्ले मेरा कैद भावनाहरुलाई उड्ने अवसर दियो । म अती नै अनुग्रहित छु । मलाई मात्र हैन सबैलाई दिएको छ



उत्साही संकल्प

-हस्त गौतम मृदुल

निरासाले कुन्ठित ती आत्माहरुमा
आशाको दियो बाल्न सकुँ म।
चूँडालेर निरंकूस ती बन्धनहरु
उन्नतीको पाइला चाल्न सुँक म॥

सुखसान्ती र समृद्धिको लागी
बिधिको शासन थाल्न सकुँ म॥
अन्याय अत्याचार असान्तीलाइ
यो धर्तिबाटै फाल्न सकुँ म।

क्षेत बिक्षेत भएका मनहरुमा
सुखको मलम लाउन सकुँ म॥
आंच आऊन नदिएर कहिलै
शान्तीको गित गाउन सकुँ म।

राष्ट्रलाइ चूस्ने ती जूकाहरुलाइ
नउक्सने खाडलमा हाल्न सकुँ म।
सूनौला सपना छेक्ने ती पर्खालहरु
हातमा हात मिलाइ ढाल्न सकँ म॥

हतास हतास ती मृदुल मनहरुमा
खूशीको कान्ती छर्न सकँ म।
हरेक नेपालीलाइ बुद्ध बनाएर
शन्तिको ज्योति छर्न सकुँ म॥


March 16, 2009

किन गर्छन हाम्रा सेना प्रहरीहरु जनतासंग रुखो ब्यबहार?


माओबादीयुद्धकालमा सुरक्षाको खतरा देखाएर सरकारले बिमानस्थल प्रवेशलाई अति कडा पारेको थियो। चक्रपथको मुख्यद्वारबाट प्रवेश पाउन या टिकटवाहक यात्रु हुन पर्यो वा बिशेष पास हुन पर्थ्यो। हामी पर्यटन ब्यबसायीहरुलाई भने हाम्रो ट्राभल एजेन्सी वा ट्रेकिंग एजेन्सी एशोसियसन वा होटल एशोसियन मार्फत प्रत्यक कम्पनीका दुई-दुई कर्मचारीहरुलाई पास दिईएको थियो। पासमा वाहकको नाम, पद, फोटो राखिएको हुन्थ्यो। चक्रपथको मुख्यद्वारबाट प्रवेश गरीसकेपछि सेना र प्रहरीहरुबाट चेकिंग शुरु हुन्थ्यो। चेकिंगको लागी कुरेका गाडीहरुको लाईन चक्रपथको पर परसम्म हुन्थ्यो। चेकिंगमा एकरुपता थिएन। तिनीहरुको लहड अनुसार कहिले पास हेर्दै नहेरी हातको ईशाराले जाऊ भनिरहेका हुन्थे भने कहिले गाडीबाटै ओराल्थे। पास र टिकट हुनेवालाहरुलाई जान दिईन्थ्यो र नहुनेहरु ले फर्किन पर्थ्यो। त्यो सुरक्षा ब्यबश्था देखेर मनमनै निकै हाँसो उठ्थ्यो। के माओबादीहरू आक्रमण नै गर्न आउने भए त्यसरी मुख्यद्वारबाट चेकिंगको लागि लाईन लागेर, आफ्नो पालो कुरेर बसेर आउथे? टिकट लिएर आउनेहरु चाँहि गैरमाओबादी हुने भए त्यत्रो बैंक लूटेर र चन्दा उठाएर थुपारेको पैसा छ, उनीहरुसंग, त्यो हजार पन्ध्रसयको टिकट काटेर आउन नसक्ने त होईन नि?

एक दिन एउटा गजबको सनकी प्रहरीको फेला परें म। केही पर्यटक पाहुनाहरुलाई लिन गएको थिंए। पास देखाँए। प्राय: तिनीहरुले पासमा टांसेको फोटो र मान्छेको अनुहार मिल्छ कि मिल्दैन हेर्थे। अनि गाडी भित्र यसो हेर्थे र त्यसपछि हातको ईशाराले जाऊ भन्थे। तर त्यो दिन त्यो प्रहरीको जवानले मेरो नाम सोध्यो। नाम बताँए। मेरो कम्पनीको नाम र मेरो पद पनि सोध्यो र मैले सबै खुरुखुरु बताँए। तर त्यसले मेरो पासको नम्बर पनि सोधेर छक्क पार्यो। मैले मेरो पास नम्बर चाँहि याद गरेको थिईन। मलाई पास नम्बर कण्ठ छैन भनेको त त्यो सिपाही बम्किन पो थाल्यो। मैले मेरो भएभरको अरु परिचय पत्रहरु-सवारीचालक परिचय पत्र, पर्यटक पथप्रदर्शक परिचय पत्र, कर कार्यलयले दिने परिचयपत्र सबै देखाईसके, तैपनि जान दिंदैन। उता बिमान अवतरण भएर पाहुनाहरु निस्कने बेला भैसक्यो, मलाई चाँहि रोकेको रोक्यै गर्यो। “तपाईलाई आफ्नै परिचयपत्रको नम्बर याद छैन, कसरी जान दिने?” भन्छ। मलाई पनि रिस उठ्यो, “तपाईलाई पनि तपाईको नागरिकता नम्बर कण्ठ छ,?” भनेर जंगिंए।

जाने देला भनेको त “बढ्ता बोल्ने होईन” पो भन्छ। त्यस पछि मेरो सवारीचालक भाइले भन्यो “हत्तेरिका सर, यो के गर्नु भा'को, हामी सधैं आउने मान्छे, किन रोक्नु भा’को, पाहुनाहरु निस्किने बेला भैसक्यो, जान दिनूस?” त्यसपछि त्यो सिपाहीले भन्यो, “ल तिमी चाँहि जाऊ, वहाँचाँहि जान मिल्दैन”। यति बेला सम्म गाडीको लाइन बढेर कोही-कोही चालकले हर्न बजाउन शुरु गरिसकेका थिए। यत्तिकैमा सेनाको एउटा हवल्दार के भयो के भयो भन्दै आयो। त्यो प्रहरीले मेरो पास त्यो सेनाको हवल्दारलाई दियो र “यो मान्छेलाई आफ्नो पास नम्बर नै थाहा छैन “ भन्दै सिटी फुक्दै अर्को गाडी चेक गर्न गयो। त्यसपछि सेनाको त्यो हवल्दार अलि बुझकी परेर हो कि वा त्यँहा गाडीको भीढ बढेको कारणले हो कुनि, हामीलाई जान दियो।

केही दिन पछि मेरो एकजना साथीलाई त्यस्त कुनै निहूँ निकालेर रोकेछ र उसले प्रतिवाद गर्न खोज्दा “धेरै बोल्ने होइन, गन (बन्दुक) लोडेड छ” भनेर बेस्सरी तर्साएछ। बाहिर प्रवेशमा त्यस्तो कडाइ छ, र हामी एक शभ्य, वास्तविक पर्यटन ब्यबसायीलाई त्यस्तो दूर्ब्यबहार गरिएकोछ, तर त्यो चेकिंग कटेर गईसके पछि आगमन कक्षबाहिर भने पर्यटकको झोला तानातान गर्न आउने खातेहरु र ट्याक्सीवालाहरु भने बिगबिगी छ। तिनीहरुसंग कुनै बैध पास पनि हुंदैन, तर तिनीहरु भित्र पुगिरहेका हुन्छन् र पर्यटकहरुलाई दु:ख दिईरहेका हुन्छन्।

मैले मुख्य उठाउन खोजेको बिषय चाँहि हाम्रा अधिकांस सेना, प्रहरी र सरकारी कर्मचारीहरुबाट सर्बसाधारणप्रति हुने दूर्ब्यबहारबारे हो। उमेरले आफूभन्दा पाका-बरिष्ठहरुलाई पनि “तँ, तिमी” जस्ता शब्दहरुले सम्बोधन गर्न पनि पछि पर्दैनन्। उस्तै परे एक दुई थप्पड, लात दिन गाह्रो छैन। जनताहरुसंग नम्र भएर बोल्न त जानेकै हुँदैनन्। जहिले पनि अखडिएर, कड्किएर बोलिरहेका हुन्छन्। हाकिम त हाकिम भए, तल्लो तहका सिपाहीले समेत दूर्ब्यबहार, दूर्बचन गरिरहेका हुन्छन्। यिनीहरुले आफ्ना हाकीमहरूलाई चाँहि दरवारिया भाषा प्रयोग गर्छन्। “आइसियोस, खाईसियोस्,” लगाईरहेका हुन्छन्, तर त्यही मान्छे जनतासंग बोल्दा भने अर्कै रुपमा प्रस्तुत हुन्छन्। आखिर किन त्यस्तो ब्यबहार गर्छन् सेना प्रहरीका यी मान्छेहरु? यिनीहरुलाई कस्तो तालिम दिईएको हुन्छ? यिनीहरु किन यति धेरै अभिमानी भएका होलान्? के यिनीहरु जनताकै सन्तानहरु होईनन्?

चेकिंग गर्ने, सोधपूछ गर्ने, खानतलासी गर्ने एउटा निश्चित मापदण्ड, तरिका हुन पर्ने हो नि। मन लाग्यो चेक गर्यो, मन लागेन गरेन। बिमानश्थलमा चेकिंग गर्न बसेको त्यो प्रहरीको मुख्य काम भनेको बिमानश्थलमा प्रवेश गर्न खोज्ने मान्छे वास्तविक हकदार हो कि होईन, त्यो जाँच्नु हो, न कि कसैलाई परिचयपत्र नम्बर याद छकि छैन भनेर जाँचेर बस्ने होईन। कसैले कुनै नियम मिच्यो, गल्ती वा अपराध नै गर्यो भने पनि त्यो ब्यक्ति कानून अनुसार संजायको भागीदार हुन्छ। सोधपुछ, अनुसंधानको क्रममा कुनै दूर्ब्यबहार गरिनु हुन्न। प्रत्यक ब्यक्तिको एउटा आत्मसंम्मान हुन्छ, स्वाभिमान हुन्छ। सेना र प्रहरीले सामान्य जनतासंग गर्ने यस्तै ब्यबहारको कारणले नै गर्दा उनीहरु जनतामा अलोकप्रिय भएकाछन् र माओबादी यूद्धकालमा जनताको भरपुर सहयोग पाउनबाट पनि चुके। हाम्रा सेना र प्रहरीका अधिकृतहरु तालिमको लागि अमेरिका, यूरोप पनि आइरहेका हुन्छन्, यहाँ देखेर पनि जानेको हुन पर्ने हो। यहाँ प्रहरीले जनतालाई “सर” भनेर सम्बोधन गरिरहेका हुन्छन्, तर गर्छन् हाम्रा सेना र प्रहरीहरुले?



विहान पनि वेलुकी पनि



नरेश माङपाहाङ
फोक्‍स्‍टोन वेलायत
हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान
विहान पनि वेलुकी पनि किच किच मात्र गर्छौ किन
कसै संग बोल्‍दा पनि आँखा मात्र तर्छौ किन

जूनै कुरा गर्दा पनि दिल दुख्‍छ तिम्रो
रोई रोई आँखा भरी आँसू मात्र भर्छौ किन

तिम्रो ज्‍यान हेर्दा खेरी साह्र माया लाग्‍छ
सकी नसकी ज्‍यानै छोडी लाक्‍पा मात्र पर्छौ किन

सधै सधै अंगालोमा वाँधु भन्‍छु तिमीलाई
कहिले काही ठाक ठूक पर्दा सोफै वाट सर्छौ किन


गिर्जाबाबुलाई भारतले देखाएको हरिया दाँत

हुन त दाँत आँफैमा हरिया हुन्नन्, नमाझेका अनि खिया र खइ थपिँदा मुखै गन्हाउने गरी दाँत हरिया हुने हो । एउटा नेपाली कहावतले भन्छ ' हिस्स बूढी , हरिया दाँत'। कुनै ठूलो कुरा प्राप्तिको आशामा गरिएको प्रयास जब निस्फल खस्छ यसलाई ' हिस्स बूढी , हरिया दाँत' भन्ने चलन नेपालीमा छ ।

गएका साता नेपाली राजनीतिपटका धेरै पात्रहरू अचानक यसरी बिरामी परे कि सबै लस्करै उपचारार्थ भारत गए । माओवादी विद्वान बाबुरामले सुर्य बहादुर थापाका शव्दमा ' सर्पका खुट्टा ' देख्नुभयो र भन्नुभयो ' यसरी षडयन्त्रकारी ढंगले सबै भारत जाने गरी बिरामी हुन पाइन्न। यसरी पूर्व राजा र कांग्रेस , एमालेका अनेक नेताहरू बिभिन्न बहानामा भारत जाँदा , बेबी किङ जन्मन सक्छ, जुन अहिलेको शिशू गणतन्त्रका लागि दूर्भाग्यपूर्ण रूपमा प्रतिगमनकारी कुरा हो । अब जवाहरलाल नेहरू विश्वविद्यालयमा नै पढेर भारतीय विद्वान गुरूहरूबाट दिक्षा ग्रहण गरी डाक्टर साहेब बन्नु भएका धूरन्धर डाक्टर साहेबबाट जुन कुरा प्रकट भयो त्यो कसरी हल्का ठहरिन सक्थ्यो र ? सबैले अड्कल काटे ' अब गिरिजा बाजेले आफ्नी ५० काटेकी बेबी छोरीलाई साथमा लिएर भारत गएर कुन किसिमको फूल फुलाउने हुन।'

तर भारत भ्रमणबाट ठूलो उथलपुथल खोज्ने गिर्जाबाबुको 'बेबी किङ' प्रोजेक्ट धरापमा परेको अड्कल काटिएको छ । भारतीय प्रधानमन्त्री केही हप्ता अघि गरिएको शल्यक्रियाको स्वास्थ्य लाभ ग्रहण गर्दै छन् र बाँकि भारतीय नेताहरू लोकसभा निर्वाचनको महाकुम्भमा यसरी हेलिएका छन् कि उनिहरूलाई केवल हत्केला र कमलका फूलहरू मात्र नजर आएका छन् जुन उनिहरूका निर्वाचन चिन्ह हुन ।

गिरिजाबाबु र बेबीक्विन सुजाताको दिल्ली यात्राले कुन कुन नेताहरू समक्ष नेपाली राजनीतिको रामकहानी फिराद गर्ने मौका पायो त्यति धेरै कुरा बाहिर आइपुगेको छैन। तर प्रारम्भिक अनुमानले भन्छ, वहाँहरूको यो पछिल्लो प्रोजेक्ट अहिलेको परिवेशमा त्यति जम्न पाएन । अत: कामरेड बाबुरामजी गिरिजाबाबुलाई यतिबेला बारतले देखाएको हरियाँ दाँतमा अति प्रफूल्लित हुनुहुन्छ भन्ने लख काट्न त्यति गाह्रो परोइन । किनभने माओवादी वृत्तमा , नेताहरूको भारत भ्रमणबाट अति चिन्तित थियो कोही भने वहाँ नै हुनुहुन्थ्यो ।

अन्तमा , गिरिजाबाबुलाई यही सल्लाह दिन सकिन्छ - पार्टीलाई लोकतान्त्रिक बन्न र बनाउन दिनूस् , जनताको काम गर्न र मन जित्न नया कार्यक्रम र योजनाका साथ पार्टीलाई पुनर्जीवन दिने वातावरण बन्न आँफूले र परिवारले पार्टीलाई पेवा ठान्ने सोचबाट मुक्त हुनुस् , देशलाई हिजोका दिनमा भन्दा पनि बढी एउटा सशक्त उदारवादी लोकतान्त्रिक शक्तिको खाँचो टड्कारो छ । यसो भयो भने जनताले साथ दिनेछन् , त्यतिबेला तपाईँले उदास भएर दिल्लि दौडाहामा हाम फाल्नु पर्ने छैन । अहिलेलाई अधैर्य नबनी माओवादीलाई सत्तामा बसेर काम गर्न दिनूस् तर सशक्त खबरदारीको मोर्चा बनाउनूस् । सक्नूहुन्छ भने आफ्नो अभिभावकत्वमा , पार्टीलाई पूर्णत: नविकरण हुने मौका प्रदान गर्नूस, बिना पूर्वाग्रह, परिवारवादको फेरोभन्दा माथि उठेर !



जनवादी गणतन्त्रका फर्स्ट लेडी र बेबि किङहरू :

लोकतन्त्रलाई लोकको शासन भनिन्छ किनभने अब्राहम लिंकनका शव्दमा ‘जनताले,जनताद्वारा जनताका लागि’ गरिने शासन लोकतन्त्र हो । कहिले काहीँ 'प्रजातन्त्र' पनि भनेर बुझिने अंग्रेजी भाषाको 'डेमोक्रेसी' शव्दलाई आजकल नेपालमा लोकतन्त्र नै भनेर बुझिने गर्छ किनभने 'प्रजा' शब्दले राजासंग बढी सामिप्यता राख्छ । अहिले नेपालमा राजा छैनन् अत: प्रजा पनि छैनन् र हुँदै नभएकाहरूको तन्त्र हुने कुरै भएन । अहिले नेपालमा जनताको लोकतन्त्र नामको राज्य व्यवस्था कायम छ र यो खासमा के हो भन्ने कुराको आकार प्रकार यसले ग्रहण गरिसकेको छैन । तर यसो गौर गरेर हेर्‍यो भने नेपालमा पुरानो राजतन्त्र हटेर गए पनि अनेक प्रकारमा नया र नौला राजतन्त्र, रानीतन्त्र र राजकुमार, राजकुमारीतन्त्रको खेती निकै मौलाएको देखिन्छ । १५ वर्षे हिंसात्मक आन्दोलन गरेर हामिले गनतन्त्र स्थापना गरेका हौँ भन्नेहरूको सपरिवारतन्त्र तर्फ आँखा लगाऔँ त :

१. प्रचण्ड - प्रम , सीता दाहाल - फर्स्ट लेडी, प्रकाश दाहाल- बेबी किङ, रेणु दाहाल- बेबी क्वीन, नारायण दाहाल- गणतान्त्रिक अधिराजकुमार र अरू केही नाम नखुलेका मन्त्री स्तरीय सुविधाभोगी भाइ भारदारहरू १००% ।

२. बाबुराम- मन्त्री, हिसिला - मन्त्री , मानुसी- बेबी क्विन ( राज्य मन्त्री स्तरीय जागिरे) सपरिवार जागिर १००% ।
३. देव गुरूङ- मन्त्री, यशोदा सुवेदि गुरूङ- सभासद र राज्य मन्त्री स्तरीय सुविधा काने समविधानसभा समितिकी अध्यक्षा
४. कृष्ण महरा- मन्त्री, २ छोरा सल्लाहाकार राज्यमन्त्री स्तरीय जागिरे ।
५. राम बहादुर थापा - मन्त्री , पत्नि - सभासद , छोरा -सल्लाहकार
६. हितमान शाक्य र बिमला थापा सभासद
७. झक्कू र पूर्ण कुमारी ( समिति अध्यक्ष )
८. मोहन वैद्य की बेबी क्वीन पशुपति क्याम्पस् चाबहीलमा स्ववीयू भिड्दै हुनुहुन्छ ।

माओवादीको माथिल्लो राजनीतिक पद सम्हालने उच्च वर्गीय यस्ता ६०,७० जना परिवारवादी सेटहरू छन् रे जसले अहिलेको परिवर्तित माहौलमा विविध सरकारी सुविधाहरूको उपभोग गरी क्रान्तिलाई नया उचाइमा उठाएका छन् रे !

यी भए मेरो सम्झनामा भएका नया नेपाली राजा, रानी, राजकुमार र राजकुमारीहरू । माओवादी जस्तो क्रान्तिकारी पार्टीले परिवारवाद र पारिवारिक राजकुमार राजकुमारीहरूको यो किसिमको लावा लस्कर लगाउनुलाई जनवादी गणतन्त्रको शुरूवात हो भन्ने देखाउन चाह्यो भने ,हजारौँ लाखौँ ज्यानको बाजी लगाएर पार्टीको लागि लडाईँ लड्नेहरूको हेसियत के रहने त ? प्रश्न उठ्नु स्वभाविक हैन र ? जवाफ आउन सक्छ, पार्टीले लडाईँ लड्दा सबै परिवार होमिएका थिए त्यसैले लाभ लिन पाउनु उनीहरूको हक बन्छ नि ! हुनसक्छ, तर तल्लो तप्काकाको जनताका लागि क्रान्ति गर्ने हरूले अवसर पनि त तल्लो तप्काका लागि नै छाडिदिएर, परिवारवादको जालो च्यात्न सक्नु पर्दैन र ?



March 15, 2009

गाउँखाने कथा - ७ (Nepali Gau Khane Katha)

अपडेट: यस पटकको गाउँखाने प्रतियोगीतामा फेरी पनि लुना जीले मिलाएर पुरस्कारको हकदार बन्नुभएको छ। गाउँखाने कथामा थाली माथी भएको बटुकी चियाको कप हो। लुना जी आफ्नो मनलागेको गाउं माग्नुहोला। पहिला दिइसकेका गाउं चाही होइन है फेरी?

थालीमाथि बटुकी, बटुकीमा झोल,
तह लाउन त्यसको कान मोल।

के होला त्यस्तो,उत्तर मिलाउनेलाइ गाउं पुरस्कार।


जीवन

नीर्मन केएम
नंग्खेल- भक्तपुर (हाल हैटी)

जीवन सारे कठीन भो , बाँच्ने आधार पाउनलाई
आकाश पनि साँगुरियो, एकमुठी सास फेर्नलाई

अरुको दुखमा दुखेर, अरुलाई हंसाउनु पर्ने
चोटे चोट सहेर पनि, अरुलाई बचाउनु पर्ने
यो जिन्दगीको कथा येस्तै, आंधिभित्रै रम्नु पर्ने
सबै इच्छा मेटाएर, इशारामै चल्नु पर्ने
जहां मन राख्न खोज्छु, त्यहाँ जाल बुनिंदोरैछ
मीठो बोली भित्रभित्रै, संसारे ड़ुब्दोरैछ
ईश्वर तिम्रो सृष्टी पनि, झूठो नै हुने हो कि
हरेक निर्दोष आत्माहरू, रोएरै मर्ने पो हो कि