January 13, 2008
चाउ चाउ - Chow Chow
ओबामा की क्लिंटन ?
अमेरिकी रास्ट्रपति को चुनाव को सरगर्मी चलेको बेला मैले केहि लेख्ने जमर्को गरेको छू। डेमोक्रेटिक पार्टी बाट उमेदवार बनेका दुई पत्रिस्पर्धि बराक ओबामा र हिलारी क्लिंटन बारेमा मेरो बिचार यहाँ समक्ष प्रस्तुत गरेको छू।
किन ओबामा ?
सीनेटर ओबामाको बोलिमा एक जादू छ।
जहाँ जहाँ उनी बोलेका छन उनले खूब राम्रो छवि छाडेका छन। मेरो बिचारमा ओबामामा एउटा गजबको influential capability छ, एक किसिमको ताजापन छ । सायद उनको उपस्थितिले होला , यस पटकको चुनाव प्रचारमा युवाहुरुको ठुलो उपस्थिति भएको छ। ओबामा को चुनावी मुद्दा भनेको इराक युद्द , स्वास्थ्य र उच्च शिक्षा वरिपरी घुमेको छ. उनको चुनावी नारा छ " Change, we can believe in".
किन क्लिंटन ?
न्यूयोर्क की सिनेटर हिलारी क्लिंटन मा आठ वर्ष सम्म अमेरिकाको प्रथम महिला भएको अनुभव पनी छ । यसको अलावा बिगत ३५ वर्ष देखी कानून ब्यवसाय मा काम गरेको अनुभव छ। क्लिंटन ले अमेरिका भित्र मात्र हैन अमेरिका बाहिर को संसार पनी देखेकी छिन ।उनको चुनावी मुद्दा पनी ओबामा को जस्तै जस्तै नै छ। उनको चुनावी नारा छ " Ready for Change" ।
मेरो रोजाईको को त ?
यिनीहरु दुई जना मा आ आफ्नो खूबी र क्षमता छ। दुई मध्ये कसैले रास्ट्रपति को चुनाव लड़ने मौका पाए र जीते भने इतिहास बनाउने छन। हुन त म जस्तो बिदेशी मान्छेलाई कागलाई बेल पक्यो हर्स न बिस्मात हनु पर्ने हो , तर पनी यो मन न हो. . ..नसा त अली अली चढी हाल्छ। मेरो सहानुभूति भने ओबामा भन्दा क्लिंटन प्रति धेरै छ। उनको अनुभव ले मात्र हैन , उनका पति बिल क्लिंटन को अनुभब ले पनी अमेरिकाको खास्किदो अर्थतंत्र लाई माथी उठाउने छ भन्ने मेरो बिस्वास छ। हेरौ यो राजनीति को खेल ले कस्लाई कहाँ पुर्याउँछ ?
दौतरी हरु को के बिचार छ ?
यहाँहरुको रोजाई को उमेदवार को हो , कमेंट मा लेख्नु होला। अहिले लाई जदौ !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नियोजित- प्रायोजित दंगामा आक्रान्त काठमाडौं।
अर्बाचिन काठमाडौंको दंगा फसादको इतिहास धेरै लामो छैन। २०१८ सालमा ब्यक्तिगत बिबादले भड्केको दंगाले एतिहासिक जन सेवा सिनेमा खरानी भएको थियो। भनिन्छ, त्यतिबेला आक्रोशित भीडले जन सेवा ( हाल बिशाल बजार रहेको स्थानको ठिक सामुन्नेको जुद्ध दमकललाई समेत आगो निभाउन दिएको थिएन रे।
त्यस घट्ना पछि कुनै उल्लेख्य दंगा फसाद भएको सुनेको थिएन २०३६ साल सम्म। २०३६ सालको घट्नालाई दंगा को उपमा दिन मिल्दैन होला नै। तै पनि जीवन को पहिलो दंगा देखेको भोगेको ले केही लेख्ने जमर्को गरेको छु। जुल्फिकर अलि भुट्टोलाई तत्कालीन तानाशाह् जनरल जिया उल हकद्वारा दिइएको फाँसी को बिरोध गर्न निस्केको बिद्यार्थीहरुको जुलुस् माथि प्रहरी दमन को प्रतिक्रिया स्वरुप भएको घट्ना थियो। त्यो घट्नाका बिभिन्न उपघट्नाहरुको प्रत्यक्षदर्शी यो पंक्तिकार पनि थियो।
पहिलो दिन पाकिस्तानी दूताबासमा बिरोध पत्र बुझाउन गएका बिद्यार्थी संगठनहरुका समर्थकलाई प्रहरी प्रशासनले दमन गर्यो। त्यसको भोलि पल्ट त्यो दमनको बिरोध गर्न बसन्तपुरमा भेला भएका बिद्यार्थीहरु माथि चारै तर्फ घेरा हालेर निर्ममतापूर्बक लाठी प्रहार गरे। बसन्तपुर स्थित नव आदर्श बिद्यालयमा ७ कक्षामा पढ्थें र त्यो दमन त्रसित भएर कक्षा कोठाबाट हेरिरह्यौं। त्यस दिन देखि तत्कालीन ब्यबस्थाको बिरुद्द मेरो बाल मष्तिस्कमा बिद्रोह अंकुरायो।त्यस्को भोलि पल्ट हो कि पर्सि पल्ट, ने बि संघका तत्कालीन अध्यक्ष बल बहादुर केसी, अखिल का टंक कार्की लगायतलाई प्रायोजित रुपमा मण्डले घोषणा गरी कालो मोसो र जुत्ताको माला लगाई ठेला गाडामा राखेर शहर घुमाइयो। त्यही भीड अनियन्त्रित भै नया सडक गेट स्थित नेपाल बायु सेवा निगमको भवनमा ढुंगा मुढा भयो र आगो पनि झोसियो। त्यति बेला पहिलो पल्ट गोली चलेको आफ्नै आँखाले देखियो र पहिलो पल्ट कर्फ्युउ के हो भोगियो।
२०४६ सालको राजनैतिक परिवर्तन पछि प्रायोजित दंगाको सिलसिला सुरु भयो। बहुदल घोषणाको लगतै पछि हल्लाको भरमा असामाजिक तत्वहरुको अगुवाई १०-१२ दिन अनियन्त्रित रह्यो हाम्रो काठमाडौं। निर्दोष प्रहरीहरुलाई टेकु क्षेत्रमा कुटी कुटी मारे। हनुमान ढोका स्थित प्रहरी कार्यालय भीडले कब्जामा लिन प्रयास गरे। कार्यालय बचाउन प्रहरीले गोलि चलाउदा केही ब्यक्तिहरु को ज्यान् गयो, ती घट्नाहरुको नमीठो छाप अझै ताजा नै छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बेबी किंगको कुरा सुनिएको थियो तर बेबी प्रधानमन्त्री चांही देखिहालियो।
राजा ज्ञानेन्द्रले कू गरी शासन हातमा लिंदा उनी पुरुषको भेषमा मोटारसाईकल चढेर भारत पुगेकी थिईन, जबकी अन्य नेताहरु कोही नजरबन्दमा थिए कोही यंही भूमीगत थिए। निष्ठा र आस्थाको राजनीती गर्नेलाई त्यसरी भाग्नु जरुरत थिएन, तर उनीले त् बाबुको पद र पावरको दुरुपयोग गरेर चरम भ्रष्टाचार गरेकी थिईन र राजाले सोही भ्रष्टाचार को आरोपमा थुन्न सक्ने भएकोले उनी चोरको खुट्टा काट भन्दा, चोरले थुत्त खुट्टा तान्ने शैलीमा भारत भागीन। माओबादीका मातृका यादवले गिरीजा बाबुको सामुन्ने नै मन्त्री परिषदको बैठकमा रक्तचन्दन तस्करको नाईके सुजाता भएको आरोप लगाएका थिए र गिरीजाले क्रुद्ध भएर मातृकालाई तपाईं बाहिर निस्कनुस भनेका थिए। माओबादीसंग संपर्क स्थापित गरेर उनीहरुलाई शान्तीपूर्ण अवतरण गर्न ज्यान दिएर लागेका के पी सिटौलाको एकतमासले राजीनामा माग्ने यी सुजातालाई शान्ती प्रकृया बिथोल्न दरवार ले राम्रै संग प्रयोग गरेको देखिन्छ।
सुजाता नै प्रम गिरीजाको शासन संचालनमा पहुंच भएकोले राजा-सेनाद्वारा सुजातालाई हातमा लिन सके राजासंस्था टिकिराख्न सकिने कुरो बुझ्यो। सुजाताको भ्रष्ट र बिकाउ चरित्र भएकोले सुजातालाई हातमा लिन पनि त्यती ठुलो कुरो भएन र सेनाले सुजाता संग राम्रै संग संबन्ध बिस्तार गर्यो। सेनाको कार्यक्रमहरुमा सुजाता बिशेष अतिथीको रुपमा निम्त्याईन थालिईन्। यहाँसम्मकी सेनालाई दिईने मानवाधिकारवाद सम्बन्धी तालिममा सुजाता प्रशिक्षक समेत बनिन।अचम्मको कुरो होइन त? सेनाको ठेक्कपट्टाहरु सुजाताको मान्छेहरुलाई पार्न थालियो। सेनाले सुजातालाई राम्रै संग गुलीयो चटायो। यता गिरिजा पनि, आफू जनताको शक्तीबाट स्थापित हुँ भन्ने कुरो बिर्सिएर सेनाको समर्थन रहेमात्र आफू सत्तामा टिकिरहन सकने निर्कर्ष निकालेर सेनासंग संबन्ध बनाउन लालायीत देखिए।
अहिले यी सेनाका पुतली मैया प्रधानमन्त्री कार्यालय हेर्न शक्तिशाली मन्त्री बनेकी छन र मन्त्री बनेको भोली पल्टै बिराटनगर गएर राजसंस्थाको वकालत गर्न थालिसकेकी छन। राजा गलत हुन सक्छ, राजसंस्था गलत हुन सक्दैन रे।
यो सरकार गठबन्धन कामचलाऊ सरकार हो र यो जनआन्दोलन II ले स्थापना गरेको सरकार हो। यो कुनै पार्टीको बहुमतको सरकार होइन र यहाँ कसैले मनपरी गर्न पाउदैन। तर गिरीजालाई यो कुरा कसले बताउने। अन्य सबै पार्टीले सरकारमा पठाउने मन्त्री आफ्नो केन्द्रीय कमिटीको बैठक गरेर चुन्दछन। तर नेपाली कांग्रेस मात्र यस्तो पार्टी हो, जसमा को को मन्त्री बन्दै छन भन्ने कुरो पार्टीका अन्य सदस्यहरुलाई रेडियो र टि भीको समाचारबाट मात्र थाहा हुन्छ। के नेपाली कांग्रेस दासहरुको पार्टी हो र यसका मालिक गिरिजा हुन?
अब कू भयो भने दरबारले सुजालाई प्रम बनाउने छ। सुजाता अहिले बेबी प्रम बन्नु त्यसैको संकेत हो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 12, 2008
K B ४ ६ ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 10, 2008
No one could save Benazir, why we need to save pakistan?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 9, 2008
गिरिजाको गिर्नु भएको अर्को कथा
क्रान्तीको लागि निस्चित रुपमा अर्थको जरुरत् पर्छ नै। तर यहि हो त क्रान्तीको लागि अर्थ संकलन् गर्ने तरिका? फेरि त्यस्ता तस्करहरु संग कसरी संगत भएको हो? सुनेको थिएं, ढुन्डीराज शास्त्रीको काम नै बनारसबाट जाली शैक्षिक प्रमाणपत्र ल्याउने र बेच्ने थियो। पछि उनी नै शिक्षा मन्त्री पनि बने क्यारे। प्रजातान्त्रीक् आन्दोलनको जग यस्तै अपराधले बनेको हुन्छ?
गिरिजा बाबूको त्यस्तो उपद्रोले गर्दा नै बीपीले दिक्क भएर भन्नु भएको होला-यो हवल्दार हो भनेर।
यो दूर्भाग्य हो की देश् अहिले देश तिनै हवलदारको कमान्डमा चलेको छ।
युरेनियम् जस्तो सम्बेदनशील पद्धार्थ, बीपीको संबन्ध दूरुप्रयोग् गरेर इज्राएल पठाउन खोज्ने आंट गर्ने कहांसम्मका उधुम मान्छे रहेछन् त यिनी। यस्ता ब्यक्तिले राज गरेको देशमा कसरी भ्रष्टाचार कम् हुन्छ? कसरी तस्करी रोकिन्छ? उल्टो खुम् बहादुर जस्ता ब्यक्ति दाङको बिश्व बिध्यालय शभामा बिशिस्ट ब्यक्तिको रुपमा नियुक्त भएका छन्।
"र" को सहयोगमा नेपालको बिमान अपहरण गरेको कुरा बताएर यिनले यो कुरा खुलस्त पारेका छन कि "र" का सबै भन्दा ठूला नोकर यिनै हुन। यस्ता बाट नेपाली राष्ट्रियता कसरी जोगिन्छ? भारतीय पक्षबाट संधै नेपाली भूभाग अतिक्रमण हुंदा, नेपाली जनता धपिंदा यिनलाई कुनै पिडा हुंदैन। पिडा कसरी होस्-"र" ले बिमान अपहरण गर्न सघाएर यिनलाई जो अपार गुण लगाएको छ। सायद त्यो बिमान अपहरण पछि यिनलाई कहिले पनि तेस्रो दर्जाको डिब्बामा कहिले यात्रा गर्न परेन।
कोइराला परिवारको अहिलेको श्रीसम्पत्ती सायद त्यही बिमान अपहरणको आम्दानीको फल त होइन? नेपाली कांग्रेसको इमान्दार कार्यकर्ताले त्यसको हिसाब किताब माग्नु भएको छ?
गिरीजाको आत्म ब्रितान्त पढन नेपाल साप्ताहीक हेर्नु होला।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भुत बनेको सम्बिधान सभा
राजाको काम देश चलाउने हैन। त्यो अधिकार पृथ्वी नारायण, बहादुर शाह जस्ताहरुलाई थियो तर बीरेन्द्र वा ज्ञानेन्द्र जस्ता राजाहरुलाई हैन। ज्ञानेन्द्र त कसरी राजा भए त्यो मैले बुझेको पनि छैन। राजाको भाई राजा हुने प्राबधान त्यो बेलाको संबिधानमा थ्यो थिएन त्यो मलाई थाह छैन।
पृथ्बी नारायण अनि बहादुर शाह जस्तालाई शाशनको अधिकार थ्यो मैले कुन आधारमा भनेको भने उनीहरु दरबारमा बसेर हुकुम मात्रै दिने साशक थिएनन। उनीहरुको जिबन करिब करिब युद्ध भुमीमै बित्यो। परिस्थिती आजको भन्दा धेरै फरक थ्यो। पृथ्बीनारायणको दुहाई दिएर ज्ञानेन्द्र राजगद्दीमा बस्ने कुरा मलाई चै ठिक लाग्दैन। हो जनताले "हुन्छ तिमी सासन गर भनेर जनादेश दिएछन ज्ञानेन्द्रलाई भने म त्यस्को आदर गर्छु"। तर जनताले के भन्छन त्यो त जनतालाई नै निर्धक्क भन्न दिनु पर्यो नी। भारदारी हुकुमी संसदलाई जनताको तर्फबाट कुनै निर्णय लिने अधिकार छैन।
आजको आबस्यकता भनेको सम्बिधान सभा हैन जनमत संग्रह हो। मुख्य मुद्दाहरुमा जनमत संग्रह गरियोस। त्यै जनमत संग्रहको चुनाबमा सांसदहरु पनि चुनिउन। जनमत संग्रहको नतिजा अनुसारको संबिधान बनाओस र पारित गरोस त्यै संसदले। यहाँ नेर मुस्किलको मुद्धा भनेको चुनाब क्षेत्र तोक्ने बारेमा हुन्छ। नेता भनाउँदाहरुको अदुरदर्शी र क्षणिक लोकप्रियताले निर्देशित नितीहरुले चुनाब क्षेत्र र निर्बाचन प्रणालीलाई जटिल परिस्थितीमा पुर्याएका छन। बिखण्डन उन्मुख संघिय संरचनाको वकालत गरेका छन। एकात्मक राष्ट्रवाद हैन संकुचित राष्ट्रवादलाई लोकतन्त्र र नयाँ नेपालको नारा बनाएका छन नेता भनाउँदाहरुले। यस्तो अधोन्मुख बिचारलाई उनीहरुले त्याग्नु पर्छ।
आर्थिक बिकासले मात्रै देशको बिकास सम्भव छ। सामाजिक समन्वयले आर्थिक बिकासलाई पछ्याउनु पर्छ। राजनैतिक नाराले देश बन्दैन। आर्थिक बिकासको लागि बाटो बनाउने सम्म हो राजनैतिक प्रणालीले। हाम्रा तथाकथित नेताहरु राजनैतिक प्रणाली नै सबै रोगहरुको संजिबनी हो भन्ने अलापमा छन। उनीहरुले कहिले चेत्ने हो कुन्नी।
देशमा अमेरीकाको जस्तो जन निर्बाचित सरकार प्रमुख हुनु पर्छ जो संसदको सदस्य नहोस। सांसदहरु केबल सांसद मात्रै हुन। सरकार प्रमुखले आफु खुसी मन्त्रीमण्डल बनाओस, जस्को अनुमोदन संसदले गरोस। बेलायतको जस्तो संसदिय हैन अमेरीकाको जस्तो अध्यक्षिय प्रणाली नेपालको लागि ठिक हुन्छ जस्तो लाग्छ मलाई।
तर सबै भन्दा पहिला जनमत संग्रह होस। जनताले निर्णय गरुन प्रमुख मुद्दाहरुमा। सातदलको निरंकुस सासनको अन्त्य नभए सम्म नयाँ नेपाल र गणतन्त्र अनि लोकतन्त्र जस्ता शब्दहरु केबल सातदल पुराणका भजनमालाहरु मात्र हुन। सातदलहरु बिजयता जस्तो डुक्रिन छोडेर आफ्ना गल्तिहरु स्विकारी जनता सँग माफि मागुन र गल्तिहरु सच्च्याउन। देश सबै नागरिकहरुको हो। स्वघोषित ठेकेदारहरुले जति छिटो महसुस गर्यो त्यति राम्रो। हाम्रो बाटो कठिन छ। चुनाबमा जान डराउनेहरुले आफुलाई जनप्रतिनिधी नभने हुन्छ। हार्ने डरले चुनाब हुन नदिने हो भने चुनाब कहिलेई हुन्न। बिना जनमत के लोकतन्त्र?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Tea Time... हसाउन सक्छु कि ! Updated with Santa and Banta
वीरू : बसंती तुम तो मेरा चांद हो
बसंती : ना जी , हमका चांद-वांद मत कहो , ये ससुरे अमेरिका वाले रोज चांद पर चढ़ते-उतरते हैं...
"सन्ता र वन्ता " को Joke खुब रमाइलो मानिन्छ । Joke मा सर्दारहरुलाई पात्रको रुपमा खुब प्रयोग किन गरिन्छ तेस्को बिभिन्न अनुमान वा तर्क होलान तर सर्दार जिका जोकहरु रमाइला हुने गर्छन् ।
सन्ता ससुरालीमा
सन्ता भर्खरै बिहे गरेर ससुराली भेट्न जान्छ ।
अब भारतीयहरु जेमा पनि स्मार्ट पना देखाउन खोजिहाल्छन,
सन्ताजी पनि गाउँका ठिटाहरुलाई सोध्छन: बड़ी बोर जगह है , यहां कोई एन्जॉय करने वाली चीज नहीं है क्या ?
अनी ठिटाहरुको जवाफ आउछ : नहीं बाबू , एक थी , वह भी आप ले गए
सन्ता जी को दोस्रो करामत
संताले बन्तालाई गफ दिन्छ : बंता, मैंने आज पानीको बेवकूफ बना दिया
बंता : कैसे ?
संता : मैंने पानी गरम किया और फिर ठंडे पानी से ही नहा लिया... हा..हा..हा..
सन्तालाई फासी
सन्तालाई फासी को बारेमा सुनाउदै जेलर : संता सिंह, तुम्हे कल सुबह 5 बजे फांसी दी जाएगी
सन्ता खुब हास्छ: हाहा , होहो , हाहा , होहो
जेलर अचम्म पर्दै: कल तुम्हें फांसी दी जाएगी लेकिन तुम हंस क्यों रहे हो ?
सन्ताको जवाफ : कैसे दोगे !!! क्योंकि मैं तो सुबह 7 बजे ही उठता हूं !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 8, 2008
रक्तचन्दनको रातो दाम
विक्रम गिरी
दार्चुला, पुस २४ - भारतबाट ल्याइएको रक्तचन्दन तिंकर नाका हु“दै तिब्बत पुर्याउन प्रहरी, प्रशासन, वन कर्मचारी र माओवादी संलग्न रहेको स्रोतले बताएको छ । रक्तचन्दन बोक्न गएका भरियाका अनुसार प्रतिकिलो २ सय ज्यालामा करिब डेढ सय गाउ“लेलाई बोकाएर सुनसेरामा जम्मा पारिएको रक्तचन्दन तिंकर ढुवानी गरिएको हो ।
छाङरु मार्ग हु“दै रक्तचन्दन तिंकर पुर्याउन दर्ुइ साता लागेको बताउ“दै भरियाले भने, 'बाटोमा प्रहरी,
वनका कर्मचारी तथा वाईसीएलले केरकार नै गरेनन् ।' ताक्लाकोट पुर्याउन डेढ सयभन्दा बढी घोडा खच्चरसमेत प्रयोग गरिएको उनले जानकारी दिए ।
प्रशाशन, प्रहरी, वन र माओवादीले रकम लिएपछि सजिलै रक्तचन्दन तिब्बतको ताक्लाकोट पुर्याइएको स्रोतले बतायो । तस्करीमा काठमाडौंका कुमार श्रेष्ठ, सदरमुकाम खलंगाका केही व्यापारी तथा भारतीय व्यापारीे संलग्न रहेको बताइएको छ । गत कात्तिक १५ गते भारतबाट वर्तीघाटसम्म ट्रकमा ल्याइएको रक्तचन्दन तुइनबाट महाकाली नदी तारी सुनसेरा पुर्याइएको थियो । सीमामा भारतीय सुरक्षा बल -एसएसबी) तैनाथ भए पनि रकम असुली अवरोध नगरेको स्रोतले बतायो ।
सुनसेरामा प्रहरी चौकी इन्चार्ज अर्सइ दानसिंह भाटले रोक्ने प्रयास गरेका थिए तर तस्करले डीएसपीसित कुरा मिलिसकेको भन्दै भाटलाई अवरोध नगर्न दबाब दिएको स्रोतले बतायो ।
सुनसेरामा वनको रेन्जपोस्टसमेत छ । तस्करी भइरहेका बेला चार वनरक्षक त्यहा“ थिए । रक्षकले तस्करीबारे वनअधिकृतलाई जानकारी गराए पनि अवरोध नगर्न अधिकृतले निर्देशन दिएका थिए । स्रोतका अनुसार तिंकरसम्मको ढुवानी जिम्मा वाईसीएलले लिएको थियो । तर माओवादीले आफ्नो संलग्नता नरहेको बताएको छ । 'संलग्न रहेको पाए कारबाही गछौर्ं,' जिल्ला समिति सदस्य जमनसिंह धामीले भने । सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङरुमा पनि त्यो बेला ३४ जना सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो ।
भरियाका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । एक गेलमा करिब ४० देखि ५० किलो भएको भरियाले बताए ।
रक्तचन्दन तस्करीको नया“ मार्गबारे स्थानीय प्रशासनलाई जानकारी भए पनि कारबाहीका लागि सक्रियता देखाइएन ।
प्रशासनले सुरक्षाकर्मी, वन, जिविस, वन उपभोक्ता महासंघका कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिलाई अनुगमनका लागि खटाएको सहायक प्रजिअ तुल्सीराम पौडेलले बताए ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
New Political Map
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
NRN , महतो अनी गोङबु नयाँ बस पार्क
कसैले मलाई एक दिन फोनमा सोध्यो, "NRN को मीटिङमा तपाईं जानुभएन ?"
मैले भने “ म त के को NRN हो र ! Passport मेरो नेपाली छ, पढाई काम धाम सकिएपछी राजेश हमालको आफ्नै गाउ फर्की आए भन्ने गीतमा जस्तो झोला बोकेर देश फर्किनु पर्छ भने म त विशुद्ध नेपाली हो । बरु तपाईं कसरी NRN हुनु भो? बिहे गर्नु भो कि?”
उनले मलाई lecture दिए "ल तपाईंलाई थाहा छैन? छ महिना भन्दा बढी बिदेशमा बसे पछी NRN भई हालियो नि!"
मन मनै सोचे कस्तो बिडम्बना मान्छे हरु NRN कहलाउन कती लालायित रहेछन । मैले भने "अहिले सम्म म पूर्ण रुपमा नेपाली छु, कुनै दिन नेपाल नफर्किने बिचार र तेही अनुसार को ब्यवस्था भो भने भेटौँला नि त NRN को मीटिङमा । "
मलाई NRN संगठन गठन प्रती होइन कि कती छिटो मान्छे यो बिल्ला [Tag] लिन आतुर छन र म नेपाल बाहिर बस्छु भन्ने स्वतुस्टी लिन खोज्छन भन्ने प्रती अचम्म लाग्गेको थियो ।
NRN भनेको त Non Returning Nepali पो हो, हामी के को NRN ! एक जना मित्रले ब्यङ गर्थे बेला बेला मा। मेरो लागि NRN एउटा स्वभाविक अनी भावनात्मक संगठन हो जस्तो लाग्छ एउटा दुइटा ठुला अपबाद छाडेर ।
कुनै बेला देशलाई माया मार्न मन लाग्ने, अनी फेरी कुनै बेला त्यही देशको मायाले सताउने गजब को छ यो दुनियाँ , गजब को छ मान्छे को मन । तर "देर से आए दुरुस्त आए" भने झै यो पनि राम्रै पक्ष होला !
मैले यहाँ NRN को कुरा भन्दा पनि NRN जन्माउने, हाँक्ने, अनी सधैं हाँक्न खोज्ने "देशभक्त" "बिकास प्रेमी" सदाबहार अध्यक्षले नेपाल बिकासमा दिएको योगदान अनी भविश्यमा उहाले दिन सक्ने अझ ठुला योगदानको बारेमा एउटा देशलाई माया मार्न नसक्ने नागरिकको हिसाबले मात्र हेर्न खोजेको हो ।
सबैलाई थाहा छ Russian गणराज्यहरुमा अचेल माफियाको बोलबाला छ । त्यस्तो ठाउमा नेपाल सरकारलाई दिएको अर्थात भनौ नेपाल सरकारको छात्रव्रिती खाएर उतै बिजनेस empire खडा गर्न सफल भएका एक महा पुरुष छन नेपाली मुलका ।
देशमा पनि उनको ठुलो पहुच छ । राजाका ज्वाँईसँग मिलेर कारोबार गर्न टेलिफोन कम्पनी चलाऊन सक्छन, जल बिद्युत आयोजना चलाऊन सक्छन, media हाउस चलाऊन सक्छन, nursing home चलाऊन सक्छन , चलाइरहेकै छन । यि सबै हुँदा हुँदै पनि उन्लाई राजनीतिक पहुचबाट प्राप्त हुने कुनै कुरा पनि बाँकी राख्न मन लाग्दैन, अनी लिन्छन Japanese government ले नेपालको लागि उपहार स्वरुप बनाइ दिएको काठमाडौंको नयाँ बस पार्क ।
सबैलाई थाहा छ त्यो बस पार्क सुरुमा कती ब्यवस्थित थियो , toilet, parking lot, bus track आदी लामो समयको लागि हुने गरी बनाइएको थियो ।
तर जब Lhotse multipurpose कम्पनिको नामबाट गोङबुको नयाँ बस पार्क lease मा लिइयो तेस पछी सुरु भयो अब्यबस्था ।
green zone लाई भत्काएर पार्क गर्ने ठाउँ बन्यो, एउटा गाडी अहिले बस पार्क भित्र राखेको एक रातको २५० रु भन्दा बढी पर्छ। जस्ले गर्दा बसहरु बस पार्क नआएर जथाभावी ring road मा पार्क गर्न लागे, दुर्घटना र अब्यबस्था बढाउने कारक तत्वलाई प्रोत्साहन मिल्यो।
Track मा भट्टी राख्न दिने अनी सो बापत २५००० रु सम्म मासिक भाडा लिने , थर्मसमा चिया बेच्ने हरुले रु ३००० मासिक बुझौने अनी यात्री हिंड्ने ठाउँमा bench राखेर चिया बेच्ने, hucker हरुले पनि मासिक भाडा, गाडी धुने ग्रीज लाउने आदिले पनि मासिक भाडा बुझाउने प्रथा लागु भयो। यस्को प्रत्यक्ष मार सिधा बस पार्क उपभोग गर्ने यात्राु र देशको प्रतिस्ठामा पर्न गयो।
तपाईंहरुले केही बर्ष पहिले कान्तिपुर दैनिकमा त हेर्नु भयो होल पुरा पृष्ठ को रङीन बिग्यापन, बस पार्क कती बर्ष पछी यस्तो हुन्छ भनेर, अहिले हेर्नुस् कस्तो भएको छ । माफिया तन्त्रको पराकास्ठा तपाईं त्यहा केही समय बस्नु भयो भने देख्नु हुन्छ, लाग्छ, देशको शासन यहाँ चल्दैन ।
अझ रिङ्ग रोड देखी भित्र सम्म पुग्ने पूल बनाउने अनी प्रतेक भित्र जाने ब्यक्ती बाट bus park entry fee लिने भन्ने योजना थियो शायद पूलको निर्माण लागत बढी भएकोले उनिहरु अहिले त्यो बनाउने पट्टी लागेका छैनन ।
बिकास यवं बिनाश प्रती उहाको तेत्रो लगाब देख्दा अहिले किन खाडीमा बेल्चा बोकेर हिंड्ने गरीब कामदार हरुलाई NRN बनाइदै छ भन्ने कुरा जान्न गार्हो लागेन । किनकी अब नयाँ मोडेल को NRN Bank आउँदैछ, मुर्गा त चाहियो ! सुको इन्भेस्ट नगरदा त उहाको तेत्रो ठुलो काम चल्छ भने billion dollar भयो भने त देश नै नयाँ बस पार्क जस्तो बन्ला कि !
तर आशा गरौ Dr. Mahato बाट यस्तो काम फेरी हुने छैन वा त्यो पदमा देशको लागि केही गर्छु भन्ने मान्छे पुगुन र देशको लागि सकारत्मक योगदान दिउन।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 7, 2008
नेपाली राष्ट्रबाद र भारतीय प्रभुत्व
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 6, 2008
Who is Martyr? --the killer or the 'Killed one'--
While simply surfing the net, I found a news published in today's "The Hindu', an English daily widely circulated in entire India.
I am posting the news as it is, though the short news can also be grabbed in their own official webpage here.
Indira Gandhi killers labelled martyrs
Amritsar: In a controversial action, the Akal Takht on Sunday declared the assassins of the former Prime Minister, Indira Gandhi, as martyrs of the community.
At a special religious function, organised here, Satwant Singh and Kehar Singh were hailed for targeting Indira Gandhi for “sending the Indian Army to the Golden Temple for Operation Blue Star in 1984.” The Takht is headed by Jathedar Gyani Joginder Singh Vedanti.
Satwant and Kehar have been hanged to death.
In my personal opinion, 'the killer' 'itself' can never be a martyr. I'm afraid as this news will be spread in Nepal the killer of Krishna Mohan Shrestha may also be given the glory and the great "Madi Bus blasters" will also be awarded.
Well let's see together the impact and after effect of this, and get ready to regard killers and assassinators of our local leaders and several civilians as the martyrs of our country too.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
छिमेकी ठूलादाइको सिमानामा बलमिचाइ र निरीह हाम्रा नेताहरु।
त्यसपछि त्यो ठांउ बाट भरतीय फौज कहिले हटेन, नेपालले आफ्नो भूभाग भारतलाई दाइजो दिएजस्तै भयो।
आजकाल छापाहरुमा सुस्ता महेशपुरको कुरा फेरि सुन्न थाल्नु भएको छ। म सानो स्कुले बिद्ध्यार्थी हुंदा नै, हामीलाई प्रसिक्षण दिन आउने अग्रज अखिलका नेताहरुबाट "भारतीय बिस्तारबाद" को कुरा हुंदा "सुस्ता र महेशपुरमा नेपाली भूभाग मिचिएको" र पंचायती सरकारले आफ्नो देशको रास्ट्रियता संरक्षण नगरेको बारम्बार भन्ने गर्नुहुन्थ्यो। छापाहरुमा छापाहरुमा कहिले कंहा कहिले कंहा भारतबाट सीमा अतिक्रमण भैरहेको पढ्न पाइन्छ। नदिनाला संम्बन्धी अन्तरास्ट्रिय कानूनको उपहास गर्दै भारतद्वारा एकतर्फी बांध निर्माण हुन्छ र नेपाली भूभाग जलमग्न हुन्छ। नेपाल को सरकार त्यसको बिरोधमा चुँ सम्म गर्दैन। कालापानी, टनकपुर सबै इतिहासको गर्भमा बिलाइसक्यो। आखिर् किन? के ले रोकेको छ नेपाली नेताहरुहरुलाई यो भारतीय बलमिचाइ को बिरोध गर्न?
हामी सानो देश भयौं भन्दैमा चुप लागेर बस्ने हो भने नेपालको दक्षिणतिरको सीमाना महाभारत पर्वत स्रिङ्खालाको फेदीमा आईपुग्ने छ।नेपालले स्पष्टसंग आफ्नो कुरा राख्ने हो भने भारतले अवश्यपनि यो बलमिचाइ गर्न सक्ने छैन। तर हाम्रा नेताहरुले आफ्नो स्वाभिमान गुमाइसकेका छन्। प्रत्येक् निर्णय गर्दा भारतले के भन्ला भनेर खुट्टा कमाउंछन्। आत्मस्वभिमान् जीवित रहोस पनि कसरी किनकी यी नेताहरुले आफूलाई बेचि सकेका छन्। यिनीहरुका छोरा-छोरीहरु भारतीय राजदूतावासले उपलब्ध गराएको छात्रब्रितीमा पढ्न जान्छन्। उपचार गर्न पनि भारत नै जान पर्ने। सुनिन्छ, प्रत्येक् पार्टीहरुका केन्द्रीय समितीमा "र" को तलव खाने नेताहरु छन्। प्रत्येक् प्रशानिक तह, प्रहरी आदिमा र को पहुंच् छ। अनि कसरी यी नेता, अधिकारीहरु आफ्ना मालिकको बिरुद्धमा भूक्न सक्छन्।
नेताहरु हिम्मत गर, आफ्नो स्वभिमान बन्दकमा नराख। भारतीय अतिक्रमण बिरुद्ध बोल, कुटनैतिक् र राजनैतिक् जे जस्तो हुन्छ, प्रक्रिया चाल र भारतीय बिस्तारबादलाई रोक।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एक सयौं पोष्ट र १०० दिन
सामुहिक दुधपोखरी निर्माण गर्दा एक छिमेकीले अर्को छिमेकीको आश गरी रित्तै पोखरीमा जादा उद्घघाटनको समयमा एक थोपा पनि दुध नभएको कथा त हामीले सुनेकै हौं। सामुहीक दौंतारीमा भने हामी सबै मिलेर दुधै दुध भएको पोखरी बनाउने छौ भन्ने आशा लिएको छु।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गुगलले चिन्यो नेपाली भाषा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 4, 2008
नेपाली कामदारको ज्यान - ५ हजारले सम्मान
रोग,ब्यथा लागेर औषधीको अभाबमा त कति मर्छन मर्छन। अनि एन.जि.यो, आइ.एन.जि.यो को नाटक मन्चन हुन्छ, डलर पचायो,सक्कियो। जनतालाइ न लोकतन्त्र न एन.जि.यो। नेपाली सधै बिदेशी रोजगारमा भर पर्नु परेको छ। जनता मात्र किन देशनै अहिले बिदेशी रेमिट्यान्सबाट मात्र चलेको छ। खाडी मुलुकमा मान्छे मरे भनेर श्रम मन्त्रालयको अनुमती बिना प्लेनमा चढ्न पनि पाइन्न। कसरी पुग्छन त इराक र अफगानिस्तानमा नेपाली? प्लेन नचढी पंखा हालेर त पक्कै पुग्दैनन त्याहां ?एक दिनमा २ जना नेपाली मर्छन बिदेशमा। के हेरेर अनुमती दिन्छ श्रम मन्त्रालय ले? सब घुसको चक्कर! श्रमको अनुमती भनेको त काम गर्ने र तिनका आसेपासेको कमाइ खाने थलो भएको छ। जनताका छोरा
ज्यानको बाजी राखेर अरब जान्छन, लोकतन्त्रका हिमायती नेपालमै घुसले अरब पल्टाउछन। बिदेश जानको अनुमतीको लागी तलब सहितको जागिरको पत्र,बिमा,स्वास्थ्य परिक्षण आदी चाहिन्छ। अनि उनिहरु आफै डाक्टर तोक्छन, आफै बिमा तोक्छन, आफै अनुमती दिन्छन। नक्कली डाक्टर,नक्कली बिमा,छाप चाही सक्कली। कसरी संभब छ त त्यो। श्रमको अनुमती लिने ठाउंमा प्रशस्त दलालहरु हुन्छन। तिनीहरुले सबै च्यानल मिलाएका हुन्छन। तिनै दलालले पैसा उठाएर सबैको भागमा पुर्याउछन,अनि नक्कली प्रमाणबाट सक्कली अनुमती आउंछ। जस्तो सुकै होस काम गर्ने ठाउं,अनुमती पाइहाल्छन त्यस पछि त कस्ले छेक्ने प्लेन चढ्न ?
तर यसरी सजिलै अनुमती पाउन ५ वटा गैडा दलाले हसुर्छन,यो हालसालको रेट हो। यसरी बुझाइएको पैसा डाक्टर देखी हाकीम सम्म पुग्छ। यो काम टिकाउन र खुसी पार्न हाकीम,बढा हाकिम, मन्त्री कोही अछुतो हुदैनन। फेरी बिदेशमा नेपाली मर्नेको संख्या बढ्छ अनि अर्को नाटक सुरु हुन्छ,नया नियम हुन्छ,घुस खाने अर्को उपाय निस्कन्छ। जनता मरेर त के भयो,खल्ती भरिहालियो क्यार ! दंग पर्छन ठेक्दार। के तपाइ बिदेशमा काम गरेर नेपाल जादै हुनुहुन्छ । त्यसो भए फर्कने बेलामा ५ हजार ठिक्क पार्नुहोस, नत्र जस्तै सक्कली कागज भए पनि प्लेन चढ्न पाउनुहुन्न।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ठण्डीमा इन्द्रेणी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 3, 2008
For God's sake ACC, you can’t do this to us.
The reason was even stupid than the decision. Everybody knows that we are good in fighting; we are not good in math. Though, it wasn’t all wrong. They were all 15. It’s just that some were 15 yrs 36 months, some were 15 yrs 72 months and Cricinfo reported that some were 15 yrs and 108 months. I don’t know why ACC didn’t consider the poor computing facility before kicking us out.

For God's sake ACC, we just did that first time. Everybody does some mistakes once in a while. You just can’t expel us. It’s not that we don’t have good cricketers at very young age. Look at our national captain, Binod Das. He is an awesome cricketer. He played the first ACC tournament for Nepal in 1994. And guess what, he was playing under-19s up till 2000’s. Similarly Shakti Gauchan, Paras Khadka and you name any of the top cream; they all started their career so early that even Sachin Tendulkar wonders sometime. Do you know that fast and the furious Raj Shrestha? He is remarkable too. He was playing under 15 when his class mates were studying grade 12. And Guess what he is now in under-19 side after 6 yrs of playing under-15 and under-17. Aren’t they all splendid cricketers? How can you forget them??
Nepal has the history of producing cricketers in such a tender age. Children over here are remarkably facile with bat and ball in a small age. The only problem with the players is the personal finance. They have to retire in 22-23. Perhaps, it is the reason for not having a good senior side. ACC should try to provide good income to these players rather than to probe into their personal matter, who historically always have excelled in a younger age.?
And if you want us to make the headlines; then why the heck, other teams were disqualified too. Either it should be only us or nothing should have happened. And guess what, who took that trophy? One kiddo from Singapore who doesn’t even have a freaking moustache and it’s a male competition, for heaven’s sake…….
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 2, 2008
हैन के हुँदैछ हो देशमा!
ति मानसिक उतर च् ढाव भएका महापुरुष मन्त्रीले फेरी सपथ नेपालीमा रहेछ खान्न भन्दै फर्केछन। सपथ नेपालीमा हुन्छ भन्ने कुरा दोस्रो पटक सपथ ग्रहण गर्न जान लागेका मुन्तरीले कसरी बिर्सेंका होलान। नेपालीमा खान मन नलागेको भये पहिले नै खबर गरेर भन्नु पर्छ अर्को भाषामा तयार गर नत्र मन्त्री नबनाउ भनेर होइन भने चिची पनि पापा पनि आँफैले कुम्ल्याउने अनी दुनियाँलाई बेकुफ बनाउने??
हुन त मानसिक उतार च् ढाव भएको मान्छेले बिचरा त्यो भिडमा छिरेपछी बल्ल थाहा पाए होलान लौ बित्यास, म त मन्त्री पो भएछु, सपथ ख्वाउन लागिसकेछन, भयन.....भएन , अनी उतारमा भाको होकी च् ढावमा भाको मनले निर्देशन् दिहाल्यो, .......ए......... लौ मात्रिके एक्सन............ ! अनी त शुरु भईहालेछन !
यस्ता खोचे थाप्ने लाई मन्त्री त के सांसद पनि बनाउन नहुने अनी आफ्नो धरातलमा पुगेपछी महसुस हुन्थ्यो होला, "और भि है गम दुनियाँमे मन्त्री के सिवा"!
होइन कि मेरो बुझाई पो गलत भयो कि! अब देखी सबै मन्त्रीलाई जे मन लाग्छ तेही भाषामा सपथ लेउ भन्नु पर्ने पो हो त।
के हो मात्रृ भाषा, कुन हो राष्ट्र भाषा !!! भारतीय दुताबासमा र भारतीय नेतासँग मातृका देखी खपाङी सम्मले हिन्दीमा कुरा गर्छन्, कुरो त यहाँ निर्धोपन को हो । जाबो नामर्द नेपाली भाषा लाई किन मन् पराउनु पर्यो, किन चाहियो यो नामर्द भाषा??
कसौटी जिन्दगीकी, Indian Idol , सास बहु, के के हुन सबै सबै सिरियल हिन्दीमा आउछ भने किन चाहियो नेपाली राष्ट्र भाषा ? आमा, बा, दाई, भात, पानी भन्न लाई मात्रृ भाषा नै काफी छ नि!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 1, 2008
गिरीजा बाबू, अझै जान्न पाऊं अरु कहां कहां हजुर् गिर्नु भएको छ।
माथिको वाक्य बीपीले गिरिजाबाबूलाई भन्नु भएछ। सन्दर्भ-खर्चको जोहो गर्न बम्बैबाट एउटा तस्करको सुन् आफ्नो सुरक्षा कवच् प्रयोग गरी सुरक्षीत साथ बाहिर निकाल्न खोज्दा बीपीले गिरीजालाई हप्काउंदै भन्नु भएको भनेर वहांको आत्म ब्रितान्तमा उल्लेख भएको छ। ( नेपाल् सप्ताहिक्)।
मलाई यो पढ्दा अचम्म लागेर आयो। जो मान्छे यो देशको सर्ब शक्तिमान् ब्यक्ति छ, प्रधानमन्त्री मात्रै होइन, राष्ट्र प्रमुख नै छ, उनको बिगत भने जालि नोट र सुनका तस्करीका कथाहरुले भरिएको छ।
राजनैतीक नेताहरुको खर्चपर्च नै ब्यापारीहरुको चन्दा सहयोगबाट भएको बुझिएको हो। तर अभाव भयो भन्दैमा जाली नोटका कारोबारीहरुसंग फंसेर, आफैं जाली नोट छाप्ने कार्यमा संलग्न हुनु लाजलाग्दो कुरो भएन? र यसमा बीपी जस्ता नेता समेत संलग्न भएको देख्दा त झनै अचम्म लाग्दो कुरो छ।
बीपीले खटाएर दिएको खर्चले पुर्याउन नसक्ने र ट्रेनमा तेस्रो दर्जाको यात्रा गर्न नसक्ने भएको ले गिरीजा बाबू यस्तै यस्तै उपद्रो खालको आम्दानीको स्रोत् खोज्दै हिंड्नुहुंदो रहेछ। हुंदा हुंदा तस्करको सुन् सुरक्षीत् साथ बम्बैबाट बाहिर निकाल्ने "क्यारीयर्" समेत बन्न खोज्नु भएछ।
जो नेताको बिगत यस्ता तस्करीसंगको सम्बन्धले जेलिएको छ, बर्तमान् पनि त्यस्तै नहोला कसरी भन्ने? अहिले को अंक सम्ममा गिरीजा बाबूले त्यो काम् गलत थियो भनेर भन्नु भएको छैन।
सीताराम् प्रसाई जस्ताहरु प्रहरीको रेकर्डमा फरार हुन्छन् तर गिरीजाबाबुको नातेदार भएकाले निर्धक्क हिंडडुल् गर्न सक्छन्। खुम् बहादुर्, गच्छदार, चिरन्जीबि वाग्ले, गोविन्द राज जोशी जस्ताहरु अझै पार्टीका नेताका रुपमा स्थापित छन र उनीहरु नै चर्का प्रजातंत्रबादी बनेर माओबादी संग बन्दै गरेको सहमतीमा ब्यबधान् खडा गर्ने उद्धेश्यले कोहोहोलो मच्चाउंछन्।
जाली नोट, सुन तस्करहरु संगको संबन्ध, बिमान अपहरण जस्ता इतिहास भएका पार्टी र नेताहरुले कुन् मुखले माओबादीका चन्दा संकलन, अपहरण जस्ता कार्यहरु को आलोचना गर्ने?
डेढ-दुई बर्ष पहिले भैरबनाथ गणका एक् क्याप्टेनले दरबारमार्ग का एक् प्रहरी नीरिक्षक् सहित् दुई प्रहरीहरुलाई अपहरण गरी चरम यातना दिए। गिरिजाले ठाडो आदेश् दिएर ती क्याप्टेन लाई बर्खास्त गरियो। फेरी तिनै गिरीजाको आदेशमा ति क्याप्टेनको पुनर्बहाली भएछ।
यस्ता धेरै उदाहरणहरु छन्-धेरै अपराध छन, जहाँ हाम्रो देशको महान प्रजातन्त्रबादी पार्टीका नेताहरु संलग्न छन।
गिरीजा बाबू, अझै जान्न पाऊं अरु कहां कहां हजुर् गिर्नु भएको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
के को डर?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 30, 2007
नया बर्षको प्रण
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 29, 2007
टाउको नभाको कुखुरो
कुरो अलीकती बांकी नै छ। केही पहिला नेपाल धर्म निरिपेक्ष भएको। संयुक्त राज्य अमेरीका सधै नै धर्म निरेपेक्ष छ र याहां ७०% भन्दा बढि क्रसियन हुदा पनि क्रिसमसमा बिदा हुदैन तर नेपाल धर्म निरिपेक्ष भएको एक बर्ष भएको छैन त्यही सरकारले धर्म सम्बन्धी बिदा दर्जनको हिसाबले थपेछ। मलाइ त यो लोकतान्त्रीक सरकार टाउको नभाको कुखुरो जस्तो पो लाग्न थाल्यो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 28, 2007
अब देशले एउटा गति लिन्छ कि।
हामी आफ्नो बिचारमा जति पनि क्रान्तिकारी र जति पनि इमान्दार हुन सक्छौं र जसको बिरोध जति मज्जाले गरे पनि हुन्छ, किनकि हामीले कुनै जनतालाई जवाफ दिन छैन वा कुनै उत्तरदायीत्व बहन् गर्न पर्दैन र सहमतीका म्याराथन वार्तामा हामीलाई बस्नु परेको छैन। बस्न परेको भए अवश्य महसुस् हुन्थ्यो होला। हुन सक्छ-हामी कुनै मौका नपाएर मात्र इमान्दार बन्नु परेको हो ( साथी चनाले भने जस्तै) । ढूकुटीको सांचो आफ्नो हातमा परे पछि मात्र इमान्दारीताको परख् होला।चाहेर-नचाहेर, जानेर-नजानेर पार्टीहरुबाट गल्तीहरु भैरहे। अव आशा गरौं त्यसो नहोला।
एक् अर्काप्रति अविश्वासको भावना नरहोस्। पार्टीहरुले सत्तामोहमा एक् अर्काप्रति घात प्रतिघात नगरून्। सबै मिलेर देशको अक्षूणतालाई कायम राखून्।
नया बर्ष २००८ को शुभकामना।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Got a Telescope? Zoom into the Mars.

People on the Earth have many things to cheer about. First the asteroid didn’t want to kiss the Earth. Second, this impact would be the first one to be studied under modern technologies. Third we have few more days to do our mundane daily chores which we hate so much. So say thank you, get a telescope and zoom into the Mars.
I wonder, today, Mars is getting the pounding but there must be something unknown in the dark, aiming at the beautiful dark-blue object. I don't know, why we fight, why we kill and why we are so possessive when our life is so short. If you look into the universe, we are constantly dodging bullets like these everyday and you don’t know which one has your name on it.
NB: 2007 WD5 or similar size cosmic objects aren't big enough to wipe all humans from the Earth in possible impact.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
डर
“हेलो ! ठरकी !! म त ह्याँ नेपालाँ सांसद भए नि हो… ” करिव एक बर्ष पहिले उस्को फोन आउदाँ म झस्केको थीएँ “हैन कसरी भयौ हो सांसद..? चुनाउ सुनाउ भा’ छैन त!” “…काँ को चुनाउ नि लोकतन्त्र आए’छि हामी जनताका नेता त्यत्तीकै सांसद भै हाल्यौ नि त….”
म आफूले बुझेको प्रजातन्त्र र उस्को मोडेलको लोकतन्त्र बीच केहि तालमेल नदेखी छक्क परें “हैन लोक तन्त्र भने’छिन त झन लोकले छानेर पठाउने हैन र भन्या?” । “तिमिले भोट हाले नि मैले जित्ने हो नहाले नी मै सांसद भए, भने’छि के को चुनाउ, सुनाउ कसो ….? " उस्ले आफ्नो बुद्धीले भ्याएसम्मको तर्क गर्न खोज्यो, म पनि बैचारीक स्तरको भिन्नता बिच बार्तालाप असंभव देखि चुप लागे ।
ऊ म भन्दा धेरै “सिनिएर” थियो क्यार स्कुलमा, तर के के भएर हो कुनी ऊ अरु भन्दा अलि बढी बढी पढन थाल्यो। मतलब अरुले एक बर्षमा पढने कुरा उसले दूई तिन बर्ष लगाएर पढ्यो अनी त्यस्तै प्रकारले पढाई चल्दा एस एल सि दिने बेलामा उ मसगै परेको थियो ।
९ कक्षामा एक चोटी नेपाली शिक्षकले “साँचो” को उल्टो अर्थ लाग्ने शब्द सोध्दा उसले “ताल्चा” भनेर जबाफ दिएको थियो । त्यस दिन कक्षा कोठामा जे भयो मलाई लाग्छ त्यो त्यस दिन कक्षामा उपस्थीत कसेलै कहिल्यै भुल्ने छैनन्।
शिक्षकले “साँचो” को उल्टो “झुठो” हुन्छ भनेर सम्झाउन खोजे तर उसले मानेन। शिक्षकले “लामो” को उल्टो “छोटो” भए जस्तै यो बिशेषण भएकोले यसको उल्टो शब्द पनि बिशेषण नै हुन्छ भन्ने तर्क दिए, तर उसले पनि “साँचो” नाम भएकोले यसको उल्टो पनि नाम अर्थात "ताल्चा" नै हुन्छ भनेर जि्द्दी गर्यो। केहि गरे पनि बुझाउन नसके पछि शिक्षकले बेतको डण्डा देखाए, उसले पनि आफू भरौटे लागेको पार्टीको झण्डा देखायो । स्थिति तनावपूर्ण हुन लागेको देखि हामीमध्य केहिले राम छाडि हरामको साथ दियौं । टाउको फोडा-फोड हुने स्थिती देखेपछि हामिहरुले पनि “साँचो” को उल्टो "ताल्चा" नै हो भनेर उसलाई सम्झायौं । अपसोच ! त्यसैदिन देखि उसले मलाई उसको हितैषी सम्झन थाल्यो ।
उस्को जिवनमा यस्तै यस्तै घटना घट्थ्यो । एस. एल. सि. दियो नेपालबाट पास गर्यो बिहारबाट । टिकट लिन्थ्यो यौटा दलको चुनाव प्रचार गर्थ्यो अर्कै पार्टिको। स्कुल जिवन पछि उसलाई हामी कसैले पनि कहिल्यै पनि कुनै कलेज, क्याम्पसमा पढन गएको देखेनौं । उ पनि बेला बेलामा भन्ने गर्थ्यो "पढेर को ठुलो भा' छ र….? " । कहिले काहि हामि जिस्क्याएर सोधने गर्थ्यौ "अनि ठुलो हुन के गर्नु पर्छ त?" उ दरिलो स्वरमा जवाफ दिन्थ्यो "राजनीति ! साथी राजनीति!!"
तर अचानक एक दिन नेपाल जाँदा उ संग भेट भयो, उ प्रफुल्लित मुद्रामा थियो र उसले मलाई एकदमै अनौठो समाचार सुनायो "बुझ्यौ ठरकी! तिमिहरु सबै बाहिर गयौ म चाहि यतै पढें, …….पोलिटिकल साईन्समा एम ए गरे हो मैले पनि….." मलाई उस्को डिग्री "होम डेलीभरि" भएको भन्ने अनुमान लगाउन त गार्हो त भएन तर पनि कृतिम बधाई चाहि मैले पनि दिए (नक्कली डिग्रिलाई कसरी सक्कली बधाई दिनु)।
त्यतिबेला सम्ममा उस्को वौद्धिक स्तर नबढे पनि "हैसियत" भने पत्याउनै नसकिने गरी बढेको थियो। कुनै संस्थानको गाडि लिएर उ आराम संग हिड्थ्यो, अनि मलाई भन्दै थियो "बुझ्यौ साथी यो निरंकुश 'सरखार' छिट्टै ढल्छ अनि देश हाम्रै हो…."
केहि दिन पहिले फेरी उसैको फोन आयो "साथी समाचार हेर्दे गर्नु ह्याँ सरखारमा फेरबदल हुदैंछ….., अनि यसपाला भने मेरो मन्तरी हुने पालो छ….. " । "हो र?" म अकमक्क परें शुभकामना वा बधाई दिन पनि आँट आएन, यस्तो मान्छे मन्त्री भए देशको हालत के होला भनेर चिन्ता लाग्यो । उ उताबाट बर्बराउदै थियो "….अब हेर देशको काया पल्टिन्छ"।
देश टाट पल्टिन लगिसकेको कुनै सुचना उसलाई थिएन केवल हावा भरमा "काया पल्टाउने" प्लानमा थियो उ। "….ल त साथि म राख्छु है नेपालमा केहि ठुलो काम परे मलाई भन्नु" उस्ले निक्कै बेर गन्थन गरेर फोन राख्ने तरखर गर्यो " …अँ त तिमिहरु त पत्रीका हैन 'ई-मेल' मा हेर्छौ क्यार (उसको मतलव "ईन्टरनेट" थियो) मेरो नाम हेर्दै गर्नु "
उताबाट उसले फोन राख्यो, त्यसैदिन देखी म ईन्टरनेटमा डराई डराई समाचार पढदैछु, कतै उस्को पनि नाम मन्त्रीको लिष्टमा देखिएला भनेर।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 27, 2007
डाडा पारी बम बर्सियो डाडा वारी स्याल तर्सीयो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
शिबपुरीको चिहान र का मदन भण्डारीका हत्यारा
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दुइ सरकारको नेपाल
यी दुइ उदाहरण किन भन्दा राइट वर््रदर्सले वनाएको हवइजहाज जस्तै नेपालको राजनिती पनि उडन माहिर छ । राजनितीमात्र हैन देशको अर्थतन्त्र को वेहाल भएको वेलामा ६०१ सासंदको परिकल्पना एउटा राम्रो ल्याडिगंको सम्भावना ठान्ने नेपाली राजनैता जहिले पनि उडन खोज्दा रहेछन भन्ने स्पष्ट छ । भर्खरै आर्थिक समितिका अध्यक्ष परि थापा विदेश भ्रमण उडेर जानु भयो आउनु भयो । नेापलाकेा एक मात्र ध्वजा वाहक विमान चाही उडनै नसक्ने अवस्थामा छ। परि थापा संसदको सुविधा ४० हजार भएको मा कम भएको प्रतिवाद गर्दछन । अनि ६०१ साम्सदलाई कति दिनु पर्ने निकर्षनिकाल्छन उनलाई नै थाह होला । अव आयो वहुदलिय समाजवाद अथात मदन भन्डारी उनी सम्म त यो सिदान्त ठिकै होला तर माधव नेपाल सम्म आइपुग्दा कता हरायो हरायो । प्रधानमन्त्री वन्न अनेक पासा फलियो तर सफल भएन । गणतन्त्र देखि अनेक दाउपेच उमार्ने कोसिस गर्यो खाने वेलामा अर्के ? कंग्रेस एमाले माउवादी सवैलाई राजनैतिक सहमती चाहिएको छ ।त्यो हो सत्ताको अनि नेपाल र नेपाली को के मतलव । राजाको स्थिती पनि देखिएकै हो । राजा आउ देस वचाउ भन्दा पनि देशै मेरो भन्ने लाई के भन्नु ? अन्तत भन्नै पर्यो ठिकै छ माउवादीले प्रयोग गरेको दुइ सरकारको फर्मुला राम्रै रहेछ । पहिले गणतन्त्र कर्ुर्िियो सवै गणतत्रमा गइ पछि आफुलाई राजावादी सग नजिकको स्थानमा ल्यायो अव उसैको समानान्तर सरकारको प्रयोग नेपाल सरकारले गर्दैछ । माउवादी समानान्तर सरकार वाट राष्टिय सरकारमा त आयो सिहदरवारको गणतन्त्र र नारायणहिटीको राजतन्त्रको रगमच चाही के हुने हो हर्ेन वाकी नै छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 26, 2007
कानुनी राज्य?
Kantipur Report: "Irate relatives of a youth, who died on Tuesday night after a fight in a dance restaurant in the capital, staged a protest demonstration in the capital on Wednesday.
Vehicular movement was badly affected in the capital for over three hours due to the demonstration.Traffic was reopened at around three in the afternoon, said traffic police.
Mandip Thapa Magar, a student of Pashupati Campus at Chabahil, died when a fight broke out at the Diamond Dance restaurant at Putalisadak in Kathmandu. The kin of the deceased have claimed that Magar was beaten to death by bouncers at the restaurant. So far, nine people have been arrested, said Singha Durbar police."
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 24, 2007
गणतन्त्र नेपालका प्रथम राजा ज्ञानेन्द्र
सरकारमा बस्नेले प्राइभेट आर्मी पनि राख्न पाइन्छ , नसक्नेले नराख्न पनि स्वतन्त्र छन् । सराकरमा बसेर सरकारको ढुकुटी रित्ताएर पनि ढ्याउ आउञ्जेल अघाइएन भने , जनताले स्वेच्छिक रूपमा चन्दा कसलाई दिऊँ भनेर व्यग्र प्रतिक्षा गरिरहेको हुनाले तिनकहाँ गएर अनुरोधको भाषामा “ दिने भए दे , नत्र सफाया गर्दिन्छौँ” भनेर भैलो खेल्दा पनि हुन्छ । जनता थरथरी काँप्दै तँछाड मछाड गरी स्वे्च्छिक चन्दाको बाकस लिएर आइपुगिहाल्छन् ।मुलुकमा स्वतन्त्रता अहिले यति बिघ्न प्राप्त छ कि जस्ले जे मन लाग्यो त्यही गर्न पाइन्छ । संगठित रूपमा मिलेर कसैलाई ( विशेष गरी गाँठवालाहरूलाई ) अपहरण गर्न र लुट्न पर्यो भने , यसलाई राजनीतिक रंग दिनुस् या निधारमा रातो टालो बाँध्नुस या टाटेपाङ्ग्रे कपडा लाउनुस् निर्धक्क भएर मन लागेको गर्न पाइन्छ, कुनै कानूनले छुँदैन।
अनि हाम्रो मुलुकमा रहेको संसारकै विचित्र सांसदले पनि बेला बेलामा विचित्र विचित्रका फैसला गरिरहन्छ । सिण्डिकेटका ठेट्ना भेट्ना भेला भएर संविधान भन्ने किताब लेखे तर त्यो पढेर जनताले सक्न नपाउँदै त्यही किताबलाई ठाउँठाउँमा केरमेट गरिसके । आँफै जनताको मतले चुनिन सकेका छैनन् तर हरेक शव्दमा त्यो तीर्सना मेट्न ‘जनता’ नभनी बोल्नै जान्दैनन् यी विदुषकहरू। अनि यिनले जे गर्छन, जनताको अधिकारलाई खोस्ने काम मात्र गर्छन् । केही समय अघिसम्म दरबारका कर्मचारी कटौतिको नाटक गरे अनि दरबारको सम्पत्ति राष्ट्रियकरण गर्ने आदि पनि । आखिर नरहे बाँस , नबसे बाँसुरी हुने भए पछि अनि राजा नै नरहने पक्का हो भने यो पो किन गर्न पर्याथियो होला र राजा नै नरहे उनका कर्माचारी त्यसै कटौति हुन्थे अनि उनको सम्पत्ति राष्ट्रको भैहाल्थेन र गाँठे ? कस्तो मूर्ख बनाको जनतालाई ?
भर्खरैको फैसला हेर्नुस् त सिण्डिकेट सरकारको संविधानबाट राजा शव्द हटाउने भनेर हटाए । कति विचित्र ? संविधानमा राजा छैनन , तर दरबारमा राजा ज्यूँका त्यूँ छन् । गणतन्त्र नेपाल पनि छ , अनि घोषणासंग आएको २२ बुँदे सम्झौता हेर्यो भने भोलि चुनाबको बेला राजाले गडबड गरे २ तिहाइ सांसदले राजा हटाउन सक्ने भनि लेकैको पनि छ । कति बिजोग ! एकातिर गणतन्त्र लेखेको संविधान अर्को तिर राजा पनि मुलुकमा जहाँको त्यहीँ । हामी पनि कति भग्यमानी गणतन्त्र र राजतन्त्रका दुवै लड्डु दुईटा हातमा ! हे नेताहरू तिम्रो बुद्दि र कर्म कति महान !!!
हे ज्ञानेन्द्र , तिमी त झन कति हो कति कीर्तिमानधारी रूपमा महान छौ । हेर त कति कीर्तिमान राख्ने भयौ ? बाबु भन्दा पहिले राजा भयौ ४ वर्षमा , (दाइको) छोरा मरेपछि फेरि राजा भयौ त्यतिले नभएर गणतन्त्र नेपालको पहिलो राजा बन्ने विचित्र इतिहास पनि तिमीले नै रच्यौ !!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 23, 2007
लौ आयो मासु भएको भेज खाना !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 22, 2007
शिवपुरीको चिहान
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 21, 2007
सवारी दूर्घटना पछि हुने तोडफोड र चक्काजाम कसरी कम होला?
सरकार, सवारी धनी र बीमा कम्पनीहरु कसैले यस बिषयमा कुनै सोच् राखेको छ जस्तो लाग्दैन। हाम्रा नेताहरु, उच्च ओहदाका ब्यक्तिहरु बिदेश् सयर त खुब् गर्छन, तर त्यहा के कस्तो पद्धती रहेछ भनेर सिक्ने कुनै कोशीस गर्दैनन्। एक पटक प्रदीप नेपालले अमेरीका घुमेर गए पछि, यहाका मानिसहरुको ब्यस्तता बारे, वहांको भतिजी पर्नेले एक् छाक खान खुवाउन नसकेको बारे यस्ता फजूल बिषयमा लेख छपाए। कम्तीमा यहांको ट्राफिक ब्यबस्थापन बारे लेखेको भए त हुन्थ्यो नि।
त्यहाँ नेपालका बीमा कम्पनीहरुमा पनि बीमा सम्बन्धी सोच नै गलत छ जस्तो लाग्छ। म नेपालमा हुंदा ट्राभल ब्यबसायमा प्रयोग गर्न एउटा सेकेन्ड ह्यान्ड गाडी किनेको थिएं र त्यसको बीमाको लागि मैले एभरेस्ट इन्स्योरेन्स कम्पनीमा सम्पर्क गरें। त्यंहाको बीमा एजेन्टले बडो गजक्क परेर भन्यो, "हामी पुरानो गाडीको इन्स्योरेन्स गर्दैनौं"। त्यसपछि मैले अर्को कम्पनीलाई सम्पर्क गरिन। सायद बीमा कम्पनीहरु के सोच्छन् भने पुराना गाडीहरुले बढी दूर्घटना गराउंछन् र बीमामा उनीहरुले धेरै पैसा तिर्नु पर्ने हुनसक्छ।
संसद काम् नपाएर बसिरहेको छ र देश भने कानूनको अभावमा अस्तब्यस्त छ। यदि संपुर्ण सवारी साधनहरु अनिवार्यरुपमा बिमीत हुन पर्ने भन्ने कानून् बनेमा, बीमा कम्पनीहरुको ब्यबसाय पनि राम्रो हुन्थ्यो, दूर्घटनाको क्षतीपूर्ती बीमा कम्पनीले दिने भएपछि चक्काजाम् पनि गर्नु पर्ने थिएन र सवारी धनीको पनि एक्कै चोटी २-३ लाख चुना लाग्ने थिएन।कि कसो हो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 19, 2007
चिनी र मट्टीतेल शहिदको बाटो
"गणतन्त्र-लोकतन्त्र-संघिय शासन अरु के के हो आयो? कि साँढे र स्यालको कथा जस्तै हुँदैछ?"
उस्ले भन्यो "एउटा मन्चमा साँढे र स्यालको कथा पनि मन्चन हुँदैछ अरु मन्चहरुमा पनि बिभिन्न खाले नाटकहरु मन्चन हुन्छन सधैं जस्तो। पिडादायक मनोरन्जनको चलन छ अचेल तर पनि बुझिस गणतन्त्र त अब रणतन्त्र भयो नी" उस्ले भन्यो।
"के रणतन्त्र?" मैले सोधें।
के हुनु नी -- खाली बाझेर मर्छन। एका तिर निरिह तर हुकीमी लालमोहरिया संसद छ, अर्को तिर बोली सक्दा नसक्दै के बोल्या हो बिर्सिने कामरेडासनमा बिभुसित छन। अझ अर्को तिर एउटा खुट्टो आर्जेघाटाँ अर्को सिंहदरबाराँ तेर्साएर एउटा गुरुजी इन्तु न चिन्तु अब निकास खुल्दै छ भन्दै बर्बराउँछन। उनलाई त बरु इँजार खोल्दे देखुन निकासमा सजिलो हुन्थ्यो कि -- तर बिचरा गुरुजीलाई पनि मुस्किल छ। नचढ्नु बौलाहा हात्ति चढीहाले -- अब ओर्ल्यो की सिताराम भन्ने बुझ्या छन त्यसैले जे गरेर टिकिन्छ हौदामा त्यस्मै लाग्या छन। एक थरी कामरेडाधिसलाई पनि अस्ति "हात्ति चढ्ने हो कामरेड?" भनेर सोध्देछन कस्ले हो --ए! भैंमा न भाँडा भएर त्यो ढुङ्गेधारा छेउको भट्टीमा सिलाबरे कचौरा रित्याएसी हुन्थेनम हामी? हो त्यस्तै भएर दुई चार दिन तमास गरे कामरेडाधिसले।
मधेस परदेश जस्तै भएछ भन्थ्यो सोल्टी अस्ति जनकपुर गएर आए पछि।
अनि गणतन्त्र कैले आउला जस्तो छ त? मैले कुरा छोट्याउदै सोधें।
जम्मै बाझेर गणतन्त्र रणतन्त्र भै रछ अचेल। गणतन्त्र आए पनि नआएपनि रणतन्त्र त आयो आयो अब। अरु कसैले सकेनन बरु यही रणतन्त्र एउटा आएर जे भा पनि जनआन्दोलन को धर्म थाम्ने भो।
"त्यस्तो दंगा भै रन्छ त्यता जिबन बिमा गराई राख" मैले साथिलाई सल्लाह दिएँ पछि घर परिबारलाई मुस्किल नपरोस भनेर।
उस्ले भन्यो "आ-- के को जिबन बिमा? -- त्यस्तै पर्यो भने एउटा संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद -- प्रचन्डेस्वर जिन्दाबाद -- राजालाई फाँसी दे --मधेसको समस्या हल गर -- बाम एकता अमर रहोस -- भन्दै नारा लाउँदै ढुँगा मुढा गर्दिन्छु -- गोली हानी हाल्छ -- अनि त १० लाख त आयो आयो शहिद पनि हुन पाईन्छ। के को बिमा र सिमा? जिउँदो शहिदले निर्धक्क सुनायो।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 18, 2007
कौडातन्त्र
भाराभुरी उमेरको कुरा हो--एक चोटी म घर छिमेकको ठुलो रुख पछाडी कौडा खेल्दै गर्या ठाममा पुग्या थें। त्यता बेला बेला जाने मेरो बानी बढ्दो थ्यो। त्यो कौडाको खेल प्रति मेरो आकर्षण थिएन बरु पैसा प्रति थ्यो। कौडा भल्ने खेलाडीको हातबाट भुईँमा पछारिनु अघि खेलाडीहरु तिया चौका छक्का यस्तै के के भन्दै कराउँथे अनि कौडा पछारिएर लडीबुडी गर्दा नगर्दै कैले मार्आ शब्दले कैले तिर तिर तिर शब्दले बाताबरण गुन्ज्यायमान हुन्थ्यो।
झिमिक्क गर्दा पैसाको कारोबार भैसक्या हुने। के भए मार्ने हो के भए तिर्ने मलाई केही थाह थिएन तर जित्ने सँग नोटको खात देखेर म दङ्ग पर्थे। एक दिन के चाड थ्यो कुन्नी मामाघर गाको थिएँ । टिका लाएर अलिकति पैसा देका थिए। त्यो पैसा लिएर त्यो कौडाको खालमा कैले पुगुँ जस्तो भाथ्यो आफुलाई।
घर आउना साथ पुगें त्यो रुख पछाडी। खेल चलेकै थ्यो। आफुलाई पैसा बढाउनु थ्यो तर के गरी थाह थिएन। टोलका कहलिएका बदमासदाईहरुको खेल थ्यो त्यो। बोलीको मात्रा नपुगे ज्यानले दु:ख पाउँथ्यो। हेर्दै थिएँ त्यो कौडा भल्नेले "के हेरीरा ए फुच्चे...च्याँखे राख्ने हो? भनेर सोध्यो। त्यो सोध्ने भक्तेदाई भनेको खुँखार थ्यो। उस्ले गस्तिमा आएका पुलिस कुटेर ढुट्टो पारेको धेरै भा थेन। त्यस्तो डेडली भक्तेदाईले सोधे पछि हैन भन्ने कुरा भएन। च्याँखे भन्या के हो त्यो पनि थाह थिएन। उनले "राख" भने पछि अघिको टिकाको रंग लाग्या दुई तिनटा नोट थिए सबै झिकें। शिबदाईले खोस्या झैं गरी "तियामा हो?" भने मैले "हो" भन्दें यत्तिकै। भक्तेदाईले भले कौडा। मार्आले खाल थर्कियो। झिमिक्क गर्दा अघि सम्म मेरो खल्तिमा सुरक्षित भाको पैसा त भक्तेदाईको हाताँ। दिक्क लाग्यो। "के भएर खायो दाई?" मैले आफ्नो पैसा गा भएर सोधें। खेलमा एक छिन सुनसान भो। पछि सबै हाँसे अनि भक्तेदाईले जित्या भएर होला अलि नरम सँगै भनें "त्यो तैले अहिले बुझ्दैनस।"
नेपालको लोकतन्त्र र गणतन्त्र अचेल त्यस्तै लाग्छ मलाई।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
जय रक्तचन्दन, जय रक्तचन्दन तस्करी !!!!!
“प्रतिकिलो २०० सय रुपैया ज्यालामा करिब डेढ सय स्थानीयवासीलाई बोकाएर तिंकर पुर्याइएको एक भरियाले बताए । भरियालाई बोकाएको ज्याला मात्र २० लाख रुपैया“ तिरिएको थियो ।
सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङ्रुमा पनि त्यो बेला चौतीस सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो । उक्त मार्ग हु“दै रक्तचन्दन ढुवानी गरी तिंकर पुर्याउन दर्ुर्ुइ साता लागेको ती भरियाले बताए । 'अत्यधिक जाडो बढेकाले ताक्लाकोट पुर्याउन सकिएन,' उनले भने- 'बाक्लो हिमपातका कारण तिंकरबाट फर्कियौं ।' उनका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । हरेक गेल ४०/५० किलोभन्दा बढी भएको अनुमान उनको छ ।“
कान्तिपुरमा मंगलवार प्रकाशित यो समाचार हेर्दा फेरी रक्तचन्दनमा ध्यान गयो। अहिले दार्चुलाबाट यो नयाँ बाटो हुँदै तिब्बत जान लागेको थाहा पाइयो। नेपालसँगको भारतको सिमामा बाक्लो रुप्मा सुरक्षा गार्ड तैनाथ हुँदा हुँदै र दार्चुला जस्तो नुन तेल किनेर ल्याउने मान्छेलाईपनि भारतीय पुलिसले सास्ती दिने ठाउँबाट अहिले रक्तचन्दन ओसारिनुको पछाडि भारत रक्तचन्दन बेच्न चाहन्छ र यस्को मुख्य बजार चाइना हो भन्ने कुरामा मलाई त शन्का रहेन।
कुनै बेला मैले साझाको रक्तचन्दन सँग सम्बन्धित पोस्टमा लेखेको कुरो फेरी पनि सान्दर्भिक होला:
“CITES (the Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) भन्ने सम्झौता अन्तर्गत enlisted बस्तुहरुको बेच बिखन गर्नु गैर कानुनी हुने हुँदा भारत र नेपाल जस्ता CITES लाई अनुमोदन गरेका देशहरुले यस्ता बस्तुको ब्यापार र ओसार पसारमा प्रतिबन्ध लगाउनु पर्दछ। त्यसैले भारत चाहेर वा नचाहेर पनि यो बस्तुको ब्यापार गर्न सक्दैन। हुन सक्छ रक्तचन्दनको तस्करीलाई भारतले पूर्ण रुपमा सहयोग गर्दछ, नत्र तमिलनाडुको जङ्गलबाट हजारौ टन नेपालको राजधानी सम्म नियमित रुपमा आइपुग्दा सम्म पनि कुनै माइकालालले नरोक्नु एउटा सन्योग मात्र हुन सक्दैन। तसर्थ भारतले सजिलो रुपमा नेपालको भुभाग प्रयोग गरेर यस्को अपर्त्यक्ष ब्यापारमा जोड दिरहेको छ भन्ने कुरा नपत्याउने पर्ने आधार छैन । नत्र भारतले चाह्यो भने हाम्रा प्रधान मन्त्री लगायत सबै नेताहरु बनेपामा गएर आँफै रक्तचन्दन समाउन धर्ना दिएर बस्छन, सधैं हामीले उनिहरुको चालचलन बाट देखेकै हो ।“
मेरो भन्नुको आशय थियो देशमा पैसो आउछ भने भारतको रक्तचन्दन चाइना पठाउदा नेपाललाई केही हानी हुँदैन।
जे भये पनि कान्तिपुरको यो समाचारले भने मलाई खुशी तुल्यायो।
माओवादी द्वन्दले जर्जर पारेको गाउबाट गाबिसका अध्यक्ष समेत भारी बोक्न भारतीय भुमीमा शहरका गल्लीहरुमा रात गुजार्न बिवश भएका हाम्रा पश्चिम नेपालका दाजु भाईहरुले आफ्नै गाउमा काठको टुक्रो बोकेर मात्र हजारौ रुपैयाँ आम्दानी गर्नु पक्कै पनि खुशी लाग्दो कुरा हो।
२६५ गोलले समेत गाउमा २० लाख रुपैयाँ भित्र्याउन सक्छ त्यो पनि केही दिनमा भने तेत्रो काम त सरकार, NGO ब्यबसायीहरु, ग्रामीण ब्यापार आदीले दिने योगदान भन्दा बढी भएन र??
त्यसैले रक्तचन्दन तस्करीलाई प्रोत्साहन दिउ, गाडीमा होइन भरिया मार्फत बोकएर लैजाउं, कसैको नुन खाएका YCL तेसै चुप लाग्छन, सच्चा YCL आँफै भरिया मिलाउन हिड्छन !!
YCL किन रक्तचन्दन समाउन हिड्छ भन्ने कुरा कही हाम्रो उत्तर तिरको छिमेकीको बफादार बन्न त होइन जस्तो शन्का लाग्न लाग्यो, नत्र IUCN र CITES भन्ने कुरो त यि बबुरा हरुलाई के मत्लब। पक्कै पनि उत्तरका काम्रेड हरुले एसो गुहार मागे पैसो बाहिर गयो भनेर अनी हाम्रा काम्रेडहरुलाई पनि बफादारी देखौने मौका पनि यहाँ भन्दा अरु कहिले मिल्थ्यो।
जे भये पनि मलाई चाँही चामल को दाना देख्न गार्हो हुने ठाउका हाम्रा दाजु भाई हरुले अहिले हजार रुपैयाँ दरका नोठ गन्न पाये भन्ने सुन्दा खुशी लागेको छ।
जय रक्तचन्दन, जय रक्तचन्दन तस्करी !!!!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest