April 24, 2009
आमा कहाँ बिलायौ
आमा तिम्रो मात्रित्वको परीभाषा
कसरी म दिउ ?
जब कि तिमीले त मलाई
न्यानोपनको आभाष नै नदिइ
छाडेर गयौ ....
बात्सल्यताको महत्व नबुझाई
बिलिन भयौ ...
म भने आमा ,आमा चिच्याइ रहें
तिमी त कठोर् बनी
शुन्यमा बिलायौ ...
जब मलाई तिम्रो न्यानोपनको
आवश्यकता थियो तब तिमी त
आँफै चिसिएर बगर बन्यौ
जब मलाई तिम्रो उपदेशको चासो थियो
तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ
भन... आमा तिमी कस्तो सजाय दिइे
टाढा टाढा अस्तित्वहिन भै
कुन नभमा बिलायौ ?
मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ?
आमा कुन क्षितिजमा हरायौ ?
मेरो बात्शल्यताको अर्थ किन लुटायौ ?
(समर्पित ''मदर्स डे ''मा )
के के निस्के !
ईमान्दारका घर-चोटमा कालो धनका रास निस्के
उपचार गर्छौं भनी आउने आफैं रोगी खास निस्के ।
आरोग्य र अमरताको पाठ पढाई थाक्दैन थे,
तीनका अमृत पिउँदा पिउँदै हेर कतिका सास निस्के ।
गजब थियो ओज तीनका, देशको लागी मरीमेट्ने,
राष्ट्रबादको मुखुण्डो झर्दा, बिदेशीका दास निस्के ।
समानताका आबाज संगै मानवतका नारा दिन्थे
आज तीनकै भान्साबाट तीनले खाने घाँस निस्के ।
हींसा, दबाब, दण्डहिनता अराजकता यत्ती बढ्यो
अग्रगमन, स्वसाशन र शुसाशनका लास निस्के ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल
तानी फाल्यौ चुरोटको ठूटो ठान्यौ कि
चाखी चाखी स्वाद लिन बानी थिएन
मलाई पनि तिमी जस्तै जुठो ठान्यौ कि
दिलको राजा भन्थ्यौ आज बैरी भए छु
छि:छि दुर धेरै गर्यौ लुतो ठान्यौ कि
मुटु जोडी मन टोद्यौ दुख्दो रैछ छाती
पिसिएर खेरा जाने ढुटो ठान्यौ कि
मैले छुदाँ शितल हुन्थ्यौ आज के भो
भत भत पोल्ने सिस्नोको बुटो ठान्यौ कि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
A Journey of Iraq
Anup Gurung "lovlyanup"
I am Anup Gurung, now I am in Iraq. I am not a writer but just want to share my story to you, and here I am going to tell you how I came to Iraq.
After I left my study I didn't have any work to do or let's say I didn't have anything to do, which is a usual situation in our country. I always used to gather with friends. I felt in my mind that I should go abroad to earn money and visit a new country as well, so I departed to Dubai. First I wanted to go to Hong Kong, however, China's government had changed rules for Nepalese visitor regarding the visa. They had stopped issuing visa for Nepalese who wanted to visit HongKong. Those who have Hong Kong ID only can get a visa and the one who is married with ID holder's also can get visa. So, Hong Kong visa is limited only for few Nepalese people. If I wanted to go Hong Kong, I would have to marry with a Hong Kong ID holder girl and I didn't have any one to marry me or a contact person to arrange those stuffs.
So I was concerned for Dubai and I sent my all document to my cousins, who were working in Dubai. After 4, 5 months they called me to Iraq. You know this country; where daily car bombs blast, and everyday people are being killed. It's very terrible place. I also heard about Iraq, where our 12 Nepalese people were killed inhumanly by the terrorists. We know that Nepal government restricted to work in Iraq. But we don't have any option to do and also our country's situation is so bad. We can't do anything in Nepal. Everything is expensive, every month there are strikes and Nepal Bandhs. If somebody is killed the people call a strike. But our government does not do anything, they only watch the situation like watching a film. Nepal government knows all that but it doesn't do anything for Nepalese people. They are only living for them not for us and country. So we have to leave our country and go aboard to earn money. But there are also many problems. We know that we need skill for work if we don't have any skills we need to learn. But we don't think we need to take training first, we are only here to earn money. We don't think how they are earning money. We only see that they are earning more and more money. They are working really hard to earn money.
I also wanted to earn money, thats why I applied for Iraq and left Nepal on November. I was happy when I left Nepal as well as sad since I was going far from my family, my country. I didn’t knew whether we can stay or not in a foreign land. I miss my family. I was thinking about my self. At the end of the flight Air hostess announced we were landing on Dubai… please fasten your seat belt.......then I fastened my belt.
We arrived in Dubai. Then one of our friend called the agent at Dubai Airport. The Agent asked us to wait there. After 2 hours our agents came to pick us. Then they dropped us to Ajaman. We saw there were eight Nepalese brothers, where they were eating only rice with salt. They didn't have vegetable and oil, to eat with rice. When we started to talk to them they said they were not eating rice for 7 days. They called agent but they didn't respond anything. It's very sad. We also told the agent, we were hungry. There was nothing and agents said that that day we were going to take our lunch at Restaurant and next day he would bring rice etc. for us.
After 1 hour we went to look for a Restaurant for dinner at night. We were new there and we didn't know where the Restaurant was. But after 5 minutes we found a Bangali Restaurant and we took our dinner there. There was fish and daal, rice but honestly I didn't like that dinner. I missed my family's rice that time. Then next morning our agent brought rice, oil, vegetable, spices, and all things that were needed to cook. There was no cook for us so we cooked ourselves for all. Then all friends took lunch & dinner. The Agent told us our flight will be after 1 week. We went for swimming and fishing to pass our time. Thats how we spent 1 month there. After one month, a man from the agent came at 2 a.m. and called the 4 people who came there 125 days ago. The agent told those people have flight for PPI Company, Iraq. We were also happy for our turn. But that day about 11 am, one of our friend, Yadav called from Dubai Airport to a friend called Basnet and said "Basanta Bhai hamilai ta PPI bhanera Nepal Pathaidiyo". Then we had a meeting and we called our agent to come our camp.
After 2 days our agents came to our camp and we told to them that we needed to clear information about our Flight. We asked "When were we flying to Iraq? If you can't send us to Iraq we want to return Nepal." Then our agent told us they returned back those people whose agent did not gave commission to them to fly to Iraq so they sent back to Nepal. But asked us not to worry and told our flight should be after 1 week, we told them if you can't send us this week this is not good. We also didn't have other option but to wait for our flight in Dubai, so we waited for our flight to Iraq. On January we had our flight schedule. The company chartered a plane. We left Dubai. After 3 hours we arrived at Erbil International Airport. Then we were given an emergency visa. Then we left Erbil after half an hour, we arrived Joint Base Balad. We were little bit afraid when we saw open area from plane and there were lot of helicopters and some fighter plan. This is the story how I came to joint Base Balad in Iraq.
The author has his personal blog: http://www.lovlyanup.blogspot.com/
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
क्रुर चक्रहरु
साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,
मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,
आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,
दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर
आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै
एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ
छालहरु तर्फ धकेल्न। म बाँधिएको छु,
समयका जन्जिरहरु भित्र
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 23, 2009
जय होस
क्यालिफोर्निया यु एस् ए
०४-२१-२००९
जय होस जय होस जय होस
मेरो जन्म भुमी नेपाल को
अमर रहोस वीर शाहीद का गाथा
नमेटिउन देश का सिमा रेखा
उठोस हात घर घर बाट
बनाउन नेपाल लाई संसार कै खास्सा
जय होस जय होस जय होस
फर्फराइ रहोस चन्द्र सुर्य अन्कित झन्डा
अनन्त सम्म सगरमाथा सिर मा
निधार मा लाली हात मा गुरास थालि
चम्की रहोस स्वाभिमान नेपाल को
युग युग सम्म संसार माझ
जय होस जय होस जय होस
घन्की रहोस घिन्ताङ मादल
नाची रहोस वीर गोर्खाली खुकुरी
तराइ सिचोस हिमाल ले
भकारी भरोस तराइ ले
तोड्न नसकोस हाम्रो बन्धुत्व
कोइ बैरी परदेशि ले
जय होस जय होस जय होस
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ओखलढुंगा जिल्लाको विकासका लागि सरकारकै मुख ताक्नुपर्दैन
- गुरु केदार बराल
प्रमुख नदी नालाहरु ओखलढुङ्गांमा पाइने नदी नालाहरु प्राकृतिका वरदान नै हुन। किनकी त्यहाबाट जलबिद्युत उत्पादन गर्नेसकिन्छ, माछापालनदेखि याटिक्गं पनि गराउन सकिन्छ, दुधकोसी, सुनमकोसी, लिखु, मोलुगं, ठोटने, लिस्ने, सेर्ना, बागें खोला खानी खोला, ढाड खोला, पंखु खाला, एलुगं खोला, लिम्फु खोला, साल्पु खोला डुडे, जुगे चोक्टि मंगला, आधेरी, पाताले, सप्ली र खार्ने, ओखलढुङ्गांका चर्चित खोला तथा नदी हुन्। यहाका नदी खोलाबाट ठूलो मात्रामा नभएर पनि लघुजलविद्युत निकाल्न सक्ने प्रचुर संभावना छ। लिखु दुधकोसी र सुनकोसीबाट त सयौ मेगावटको विद्युत उत्पादन गर्न सकिन्छ। एउटा नदि वा खोलाबाट मात्र होइन दर्जनौ जलविद्युत सञ्चालन गरी विद्युत उत्पादन गरेको खण्डमा ओखलढुङ्गांबाट उत्पादित विद्युतले सिंगों नेपाललाई झलमल्ल पार्न सक्छ। त्यसबेला ओखलढुङ्गां जिल्लाको परिचय नै नेपालको लागि विश्वमा काफी हुन सक्छ।
पोकली झर्ना
नेपालकै दोश्रो अग्लो धार्मिक र पर्यटकीय महत्व बोकेको चर्चित पोकली झर्ना यही जिल्लामा पर्छ, १३१ मिटर अग्लो यो झर्ना बाहेक रातमाटे (१११ मि।) पनि यही जिल्लामा पर्छ। अन्य झर्नामा सेप्ली ढिकुरे सेर्ना, सेलेले र न्याउले जस्ता अन्य झर्नाहरु पनि पर्छन, तर पोकली झर्नाको आफ्नै विशेष खालको एतिहासिक महत्व छ। पोकली झर्नाको बारेमा धेरै कुराहरु सञ्चारमाध्यममा आएका छन्। तर, जति प्रचार गरिएको यो कदापी पुरा हुन सक्दैन। यसबारेमा तल उल्लेख गरिन्छ। नेपालका प्रमुख झर्नाहरु माथि उल्लेखित झरनाहरुमध्ये अहिलेसम्म सबै भन्दा बढी पत्र पत्रिकामा छाएको भनेको पोकली झरना हो। पोकली झरनासग मेरो वाल्यकालदेखिको सम्बन्ध छ। केही साथिहरुको पहलमा पोकली झर्ना सेवा समाज, आश्रम नेपाल, ओखलदुङा ड्ट ओरजी नामक सामाजिक संस्था दर्ता गरी काम गर्दैछौ। हुन त ओखलढुगां भित्र गाविसको भन्दा सामाजिक संस्था (एन्जिओको) संख्या बढी छ । अन्तराष्टिय गैर सरकारी संस्था (आइएनजीओ) १० वटा अन्य जिल्लामा दर्ता भई ओखलढुङ्गामा कार्यरत एनजिओ ९ वटा र जिल्ला प्रशासन कार्यालय ओखलङ्ढुगा दर्ता भई क्रियाशील संस्था ६८ वटा छन्। यो २०५९/६० को राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्क हो। कुल ५६ गाविस रहेको ओखलङ्ढुगाका ४० वटा गाविसमा आज पनि बाटो छैन पक्की त परै जाउँ कच्चि समेत पुगेको छैन। जिल्ला स्वास्थ्य कार्यालयमा एक जना डाक्टरको दरवन्दी छ। अनमी १५ र स्वस्थ्य सहायकको संख्या ४८ छ। तै पनि अधिकांश यिनिहरु सदरमुकाम वा सुविधा पाइने ठाउमा मात्र बसेका छन्। नेपाल स्वीस सामुदायिक वन परियोजना आइएनजिओले अहिलेसम्म के गर्यो भनेर कसैले भन्न सत्तै्कन। जबकी उसले चाहने र गर्न सक्ने हो भने वनजंगल आधारित विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्छ। दोलखा जिल्लामा गर्ने संस्थाले ओखलढुङ्गामा चै किन हात नहालेको ? ग्रामीण उर्जा विकास र नेपाल रेडक्रस सोसाइटी पनि त्यहा कार्यरत छन्। अहिले जनता सात दिनको बाटो लगाएर जुकाको औषधी किन्न सदरमुकाम धाउनु पर्ने अवस्था छ। उर्जाको कुरा गर्दा लेकाली भेगका जनता दियालोको भरमा र अन्य क्षत्रका टुकी युगकै अवस्थामा छन् ब्रिटेन नेपालमेडिकल टस्टले आजसम्म ५००–१००० जति सिटामोल र केहि सय ढाल बाडेको वाहेक अरु केहि नगरेको पिडितहरुको दुखेसो छ। यदि सामाजिक संस्था मिलेर, मनमा पवित्र भावना राखेर काम गर्ने हो भने प्रत्येक महिना नया नया विकास परियोजनाहरु सञ्चालन गर्न सकिन्छ। यसको लागि वैज्ञानिक र समाजिक सम्भावनाका तर्कहरु म यहा दिन चाहन्छु
पहिलो चरणका सम्भावनाहरु
क) प्रत्येक महिना प्रत्येक गा.वि.स.मा स्वास्थ्य चौकी निर्माण।
ख) प्रत्येक वर्ष कम्तिमा तीनवटा माध्यमिक विद्यालय निर्माण।
ग) सुविधा सम्पन्न जिल्ला अस्पतालको निर्माण।
घ) गा.वि.स.को सहयोगमा लघु जलविद्युत निर्माण
ङ) प्रत्येक इलाकामा प्राविधिक शिक्षालय निर्माण। )
दोस्रो चरणका सामुहिक कार्यहरु
क) लघु उद्योगहरु सञ्चालन। ग्रामीण छाला–जुत्ता कारखाना अचारदेखि सुकुटिसम्म कुटीर उद्योग सञ्चालन
ख) बास, वेतका घरायसी सामान उत्पादन
ग) उन्नत पशुपालन लेकाली क्षेत्रमा जडिवुटि व्यापार
माथि उल्लेखित बुदाहरुका बारेमा मेरो निचोड यस्तो छ, जसलाई व्यवहारमा उतारी कार्यान्वयन गर्न अति सरल र सहज छ
:
(क) प्रत्येक महिना प्रत्येक गाविसमा स्वास्थ्य चौकी निर्माण
सबै आइएनजीओ र एनजीओहरुलाई थाहा छ, जिल्लामा जनताले घर बनाउन आज पनि ढुङ्गा–माटो, गोबर छेउछाउका वनका खावा, दलिन प्रयोग गर्छन। खरको छानो र वासका डाडा–भाट्ना गाउँमै उपलब्ध हुन्छन्। हामीले नगदमा खरिद गर्नु पर्नेमा काटि, किला, डोरी र झ्याल, ढोकाका सामग्रीहरु पर्छन। सिकर्मी र डकर्मीहरु नभएको गाउ छैन। जन श्रमदान केही दिन गराएको खण्डमा कम्तिमा २ कोठाको स्वास्थ्य चौकी निर्माण गर्न सकिनेछ। प्रत्येक एनजीओ र आइएनजीओहरुले एक हजार रुपैया दिंदा पनि ८७ हजार रुपैया संकलन हुनेछ। यो रकमले फर्निचरलाई समेत यथेष्ट रकम पुग्नेछ।
(ख) प्रत्येक वर्ष जिल्लामा कम्तिमा तीनवटा मावि निर्माण
स्वास्थ्य चौकी झै गाउकै साधन–स्रोत र जनश्रमदानबाट यो पनि सम्भव छ। शिक्षा मन्त्रालयदेखि दातृ निकाय र विदेशी दुतावास गुहारेर चाहिने आर्थिक रकम सङ्कलन गर्न सकिनेछ। यसका फाइदाहरु:– जनताको आर्थिक भार कम घरेलु वातावरणमै शिक्षा आर्जन गर्ने विद्यार्थीलाई अवसर। प्रवेशिका तथा 2 तीर्णपछि गाउमै रोजगारीको व्यवस्था। ) युवापुस्ता कुलतमा फस्न नसक्ने सम्भावना।
(ग) सुविधा सम्पन्न जिल्ला अस्पताल निर्माण
सरकारले पहल नगरे पनि एनजीओ र आइएनजीओबाट सुविधा सम्पन्न अस्पताल निर्माण गर्न सकिन्छ। उपत्यकाकै ॐ अस्पताल र मेडिकेयर हेरौं अथवा बी एण्ड बी अस्पताल, उपत्यका बाहिर विराटनगर अवस्थित रामलाल गोल्छा अस्पताल हेरौं, यस्ता उदाहरण आज सयौं छन्। रेडक्रस सोसाइटीलाई सबै सामाजिक संस्था मिलेर राम्रो प्रस्ताव दिन सकेको खण्डमा यो काम शत प्रतिशत पुरा हुन्छ।
(घ) गाविसको सहयोगमा लघु जलविद्यूत केन्द्र निर्माण
एउट विडम्वना नै मान्नु पर्छ ओखलढुङाको सबैभन्दा ठूलो जलविद्युत आयोजनाबाट अहिलेसम्म १३५ किलोवाट मात्र विद्युत उत्पादन गरिएको छ। सुनकोशी नदी भोटेकोशी अस्थायी नदी अर्थात् खोला होइनन्। यिनीहरुको वहाव स्थीर रहनछ। वर्षायाममा बढ्नु स्वभाविकै हो। जबकी भोटेकोशी, लिखुबाट सयौं मेगावाट उत्पादन प्रतिवेदन सरकारले नै देखाएको छ। आइएनजीओ र एनजीओ स्थानीय निकाय सबैले मिलेर गरेको खण्डमा १ देखि ५ किलोवाट बिजुली त जहासुकैबाट निकाल्न सक्छौं। त्यसबाट हुन सक्ने फाइदाहरु:
(१) कुखुरापालन किनभने विकासे कुखुरालाई अनिवार्य बिजुली चाहिन्छ।
(२) गृहस्थ खपत यसबाट रेडियो, टेलिभिजन हेर्न सुन्न र मनोरञ्जनमा सहुलियत हन्छ।
(३) माछापालन कम्तिमा पनि बिजुलीको टर्वाइनसम्म पानी पुर्याउँदा दुइटा स्थायी बनाउनु पर्ने हुन्छ। माछाको जात हेरि पालन गराउन सकिन्छ।
(४) सिचाई ताल बन्ने भएपछि ठाउा अनुसार त्यही पानीबाट उत्पादित बिजुलीबाट मोटर वा पाइप मार्फत पानी लगाउन सकिन्छ।
(५) फलफूल ताल क्षेत्र रसिलो हुनाले जात अनुसारको फलफूल लगाउन सकिन्छ। अन्य अनुसन्धान र अध्ययनबाट पनि ओखलढुङ्गाका नदी–नालाहरुबाट धेरै विद्युत उत्पादन गर्न सकिने प्राविधिक अध्ययनमा देखाइएको छ।
एउटा गाविसले सरकारबाट मात्रै वार्षिक १० लाख रुपैयाँ पाउँछ । त्यो रकम के मा खर्च भई रहेको छ ? कुनै गाविसले यसको उत्तर दिन सक्ने हिम्मत राख्दैन। जिविसको त कुरै छोडौं। प्रत्येक इलाकामा प्राविधिक शिक्षालय सञ्चालन अहिलेसम्ममा ओखलढुङ्गा जिल्लामा एउटा मात्र प्राविधिक शिक्षालय सञ्चालित छ। बुझ्दा खेरी त्यो पनि पर्याप्त ज्ञान दिन नाम मात्रैको छ। धेरैलाई थाहा छ, प्राविधिक ज्ञानको मूल्य विश्वभरी छ। उदाहरणको लागि बिजुली वायरिङ गर्न जान्ने एक अनपढले खाडी मुलुकमा मासिक ३० हजार कमाउँछ। तर बी.ए.पास गरेको प्राविधिक ज्ञान दिन जो सुकैले १०–१२ हजार भन्दा बढी कमाउन सक्तैन। प्राविधिक शिक्षालय खोल्न नया घर नै चाहिदैन। १२–१५ जना बस्न मिल्ने स्कुलको कक्षा कोठा जस्तो ठाउँ भए पुग्छ क्रमश..
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 22, 2009
के नागरिक सर्वोच्चता भनेको माओवादीको तालमा नाच्नु हो ?
हिजोको बिद्रोही आतंकको धमास बोकेको शक्ति आज सत्तासीन छ , ऊ सत्तामा छ भन्ने उसलाई पत्तो छेन त्यो बेग्लै कुरा भयो । जब सत्तासीनलाई आँफू सरकार वा सत्ता भैसकेको कुरा ज्ञात रहन्न र ऊ बिद्रोहको हूंकारयुक्त भाषामा संवाद र व्यवहारको आदान प्रदान गरिरहन्छ, जो कोहीले पनि बुझ्नसक्छ यस्तो शक्ति वा समूहका लागि नागरिक शक्ति, नागरिक कानून, कानूनको शासन र नागरिक सर्वोच्चता जस्ता लाकतान्त्रिक मर्मलाई आत्मसात गर्ने ओजिला शव्दहरू केवल खेलौना मातर हुन । जब सत्तामा बसेका माओवादीका वरिष्ठतम नेताले आफ्ना छापामार ज्यूँका त्यूँ राखेर संविधानसभाको निर्वाचनमा जान पाएको अनि सबैभन्दा ठूलो दल पनि हुन सकेकोमा खुशीका अट्टाहसहरू सार्वजिनक गरेको सुनिराखिएकै छ त्यतिबेला बुझ्नै पर्छ , उसको यो अट्टाहासमा कुनै राक्षसी अभीष्टको अतिरेक झल्किराखेकको छ । आज मुलुकमा नागरिक सर्वोच्चता र नागरिक स्वतन्त्रताका हरेक पक्षमा माओवादी अतिक्रमणको डरलाग्दो भाइरस घुसेर मर्माहत बनाइरेहको अवस्थामा , भोलिको राजनीतिलाई सत्ता कब्जाको बलमा आफ्नो एकल पेवा बनाउने उसको कुत्सित मनसाय जतासुकै छर्लङ्गिइरहेको यो परिस्थतिमा , उसलले बडो चर्को श्वरमा नागरिक सर्वोच्चताको ढ्वाङ फुकेर गर्ने हरेक कार्यहरू भोलिको अनिष्टका संकेत हुन भन्ने कुरामा धैरै आशंका रहनु पर्ने कारण देखिन्न ।
सत्तामा बसेको माओवादीले आफ्नो एकाधिकारवादी विचारले प्रशिक्षित ३० औँ हजार छापामारहरूलाई एक हूल बाँधेर राज्यको सेनामा पसाल्ने योजना कायम राखेको कुरा जति जग जाहेर छ त्यत्तिकै उसको अर्को अर्धसैनिक जत्था वाइसिएलले मुलुक भरि आतंक र लडभीडको जोरजुलुम मच्चाएर नागरिक जीवनमा कुन हुण्डरी कायम गरिरहेको छ भनी साध्य छैन । आज मुलुकमा प्रशासन, प्रहरी , विश्वविद्यालय र हरेक संघसंस्था देखि उद्योग कलकारखाना र क्यासिनोसम्म सबैतिर माओवादी समर्थकहरूको एकाधिकार कायम गराइएको स्थिति छ र उनीहरूको ‘डिक्टम’ लाई नस्वीकार्नेहरूको स्थिति भौतिक र मानसिक रूपमा दयनीय बनाइएको अराजक स्थिति विद्यमान छ । राज्यमा कानूनको शासन अनाथ बनेको छ र दण्डहीनता माओवादी राज्यतन्त्रको मुख्य चरित्र बनेको छ ।
माओवादले प्रष्ट भन्ने गरेको छ ‘ हाम्रो गन्तव्य जनवादी गणतन्त्र हो’ । आफ्नो पार्टीले प्रस्ताव गरेको नया संविधानको मस्यौदामा समेत माओवादीहरूले कम्युनिष्ट मुलुकको एकदलीय संविधानलाई मात्र अनुवाद गरी हुबहु राखिदिएका छन्, उदारवादी लोकतन्त्रवादी पक्षधरहरूलाई तर्साउनकै लागि भएपनि । उनीहरूले चाहेको एकदलिय एकाधिकारवादी संविधानलाई अकाट्य लागू गराउने बाटोमा माओवादीका लागि २ वटा कुराहरू वाधक हुन सक्ने अवस्था देखिएकोले , उसले योजनावद्द ढंगले मुलुकको स्वतन्त्र न्यायलय र गैरराजनैतिक नेपाली सेना माथि धावा बोल्न खोजेको देखिन्छ । माओवादी सरकारका विविध राजनैतिक आग्रहपूर्ण निर्णयहरूको असंगति , बेथिति र कानूनी आधारबिहीनतालाई पक्रेर तिनका बिरूद्द निर्णय दिन सक्ने भएकाले तथा कानूनी शासनले ल्याउने अड्चन र आफ्नो निरंकूश अधिनायकवादी बाटोमा कायम गर्ने अंकूशको छनक पाएको माओवादी नेतृत्वदेखि कार्यकर्तासम्मले बेलाबखत अदालत बिरुद्द नारावाजी र विषवमन गरिरहेको देखिएको छ । उनीहरूको परिभाषा अनुसार बदलिएको परिवेशमा मुलुकको न्यालयले गणतन्त्रको कार्यशैलि अनुरूप काम गरेर सरकारलाई सघाएन रे ! के त्यसो माओवादीको असहिष्णु एवं हिंस्रक राजनीति र माओवादीका गलत कार्य व्यवहारको बिरूद्द बोल्नु वा निर्णय गर्नु नै गणतन्त्र बिरुद्द उभिएको हुनु हो त ? पछिल्लो समयमा नेपाली सेनाका प्रधानसेनापतिलाई स्पष्टीकरण सोधेर नेपाली सेनाको मनोबलाई छिन्नभिन्न पार्दै आफ्ना लडाकू सेनामा प्रवेश गराउने प्रपञ्चले माओवादीले जुन काम गर्दैछ के त्यो साँच्चै नागरिक सर्वोच्चता स्थापित गर्ने असल आशयले गरएको होला त ? हैन, यो त नागरिक सर्वोच्चतारूपी स्यालको छाला ओढेर, ब्वाँसोको आहार जुटाउने सूर मात्र हो जस्तो देखिन्छ । यसका बलिया कारणहरू पनि छन् । किनभने आज माओवादीले जुन नागरिक सर्वोच्चताको कुरा गरिरहेको छ ,यथार्थमा त्यो उसको साँचो मकसद कहिलै थिएन र हुन पनि सक्दैन । किनभने आज नागरिक स्वतन्त्रता र सर्वोच्ताको बाटोमा सबैभन्दा ठूलो खतरा कतैबाट छ भने त्यो माओवादीहरूको नीति र व्यवहारमा रहेको एकाधिकारवादी दम्भबाट छ । आज नेपाली जनताको नागरिक सर्वोच्चता सम्बन्धी माओवादीको दावी, विरेन्द्र शाह ,रामहरि श्रेष्ठ, प्रचण्ड थैव का दिनदहाडै भएका हत्याहरू र हत्याराहरू लुक्न प्रयोग भएको भनिएको छापामार ब्यारेकका कारण थिलोथिलो भएको छ, वाइसिएल र जमरकट्टेलको मजदूर संगठन र क्यासिनो राजनीतिको बन्दी बनेको छ ।
वास्तवमा भन्ने हो भने , जुन पार्टीले आफ्नो राजनैतिक उद्देश्य जनगणतन्त्र वा कम्युनिष्ट पार्टीको अधिनायकवादमा विश्वास गर्छ त्यसले नागरिक सर्वोच्चताको कुरा गर्नु नै हास्यास्पद दावा हो । नागरिकहरूको सर्वोच्चताको नाममा उसको मनसाय आफ्नो पार्टीको अधिनायकवाद लादेर त्यही अधिनायकवादलाई नागरिक शासनको जामा पहिराउनु हो जुन अधिकांस अधिनायकवादी कम्युनिष्ट शासकहरूले हिजो विश्वव्यापी रूपमा गरेका थिए र आज पर्यन्त गरिरहेका छन् वा गर्ने चेष्टा गर्दै छन्।
साँचै नै माओवादीहरू नागरिक सर्वोच्चताको कुराका लागि अगाडि आएका हुन भने , उनीहरूले माओवादी मात्र जनता र उनीहरू मात्रै नागरिक हुन भन्ने भ्रमपूर्ण बुझाइबाट मुक्त भएर , साँचो नागरिक अधिकारको सम्मान र नागरिकको स्वतन्त्र भएर आफ्ना विचारसहित बाँच्न पाउने कुरालाई मन, वचन र व्यवहारले सम्मान गर्नसक्ने हुनुपर्छ । सेनापति बिरुद्द कारवाहीको नाटक मञ्चन गर्दा वा अदालतको स्वतन्त्र निर्णय बिरुद्द धावा बोल्दा नागरिक सर्वोच्चता र सम्मानको कुरा गरेर सडक तताउने र मुलुकमा आगो बाल्ने माओवादीले हिजो आँफ्नो कारणले जीवन गुमाउन पुगेका १५,००० नेपाली लाखौँ घाइते र अपाङ्ग र खरबौँ रुपैयाँको सर्वनासको बारेमा नागरिकहरूसंग आफ्ना राम्रा नराम्रा कार्य र व्यवहारहरूका लागि स्पष्ट हुनसक्नु पर्छ र परेको ठाउँमा माफी मागेर निहुरिन सक्नु पर्छ । तर उनीहरूबाट यस्तो कुराको आशा राख्नु नै हास्यास्पद हुन्छ । नागरिक सर्वोच्चताको दुहाइ दिनेले नागरिक जीवनमा आँफूले पारेको क्षतिको , असीम पीडाको अनि प्रताडित नागरिकलाई माओवादी र गैरमाओवादी चिन्तनबाट माथि उठेर विशुद्द नागरिकको रूपमा व्यवहारिक रूपमा अपनाउने सामर्थ्य निर्माण गर्न सक्नु पर्छ ।
माओवादीहरू आफ्नो पार्टीले उचित मानेर पार्टी हितमा लिने हरेक निर्णयहरू ‘जनता’को बनाएर प्रस्तुत गर्ने काममा माहीर छन् । उनीहरूको पार्टीले गरेको निर्णयहरू बिरुद्द जब कुनै आवाज उठ्छ वा अदालतले त्यस खालको निर्णय दिने गरेको देखियो, उनीहरूले भन्ने गरेको पाइएको छ ‘ जनताले यो कुरालाई कदापि स्वीकार गर्ने छैनन्’ आदि । पछिल्लो समयमा जब उनीहरूको पार्टीले सर्वोच्च अदालतको एउटा निर्णय बिरूद्द सडक प्रदर्शनीको एउटा नौटंकीको प्रायोजन गर्योर , उसले बतायो ‘ यो त जनताको स्वतस्फूर्त बिरोध हो’ । माओवादीका अक्सर दावाहरूको औचित्यलाई नजिकबाट हेर्दा यस्तै वच्कनापन र हास्यास्पद विशेषताहरूको पुलिन्दाको रूपमा भेट्टाइने गरेको छ । त्यसैले नेपाली सेनाका प्रधानसेनापति हटाउने भन्ने माओवादी पार्टीको निर्णयलाई समेत नागरिक सर्वोच्चताको जामाले सिंगार्ने प्रयत्नकासाथ कथा कथ्ने काम भएको छ र भनिँदै छ ‘ नागरिक सर्वोच्चताका नाममा सरकारको निर्णय नमान्ने सेनापतिलाई हटाउन पर्छ’ । तर के माओवादी पार्टी स्वयं, उसका भ्रातृ संगठनहरू , छापामार र वाइसिएलसहितले नागरिक सर्वोच्चताका नाममा कुन किसिमको आधार निर्माण गर्न सहयोग गरे ? हो कटुवालले सरकारको निर्णय मान्नु पर्छ , तर पहिला सरकार नागरिक सरकार बन्न सक्नु पर्छ कि पर्दैन ? यो अहम् प्रश्न हो । हिजो ‘त्यो कटुवाल को हो’ भनेर कुर्लने नेता प्रचण्ड मुलुकको प्रधानमन्त्री भैसके पछि आफ्नो मातहतको मुलुकको सेनालाई विश्वासमा लिन अनि त्यो विश्वासलाई नागरिक सर्वोच्चताका लागि प्रयोग गर्न कुन र के प्रयत्न गरे हामीले किन थाहा पाउन सकेनौँ ? आजको यो असहज परिस्थितिको निर्माणमा उनको योगदान कति छ र यसका लागि उनी स्वयं र सेना र सेनापतिसंग सँधै दूरीमा रहेर अनाप सनाप बोल्न मन पराउने रक्षामन्त्रीले पनि नागरिक सर्वोच्चताका नाममा जनतालाई स्पष्टीकरण दिने हो कि ?
अन्तमा , राष्ट्रपतिले अहिलेको संवेदनशिल माहौलमा सेना समायोजन नहुँदासम्म सेनापतिलाई नचलाउन प्रधानमन्त्रीलाई लेखेको पत्रका बारेमा माओवादी सचिवालयले बिरोध दर्शाएको सुनियो तर , यही मामिलामा भारतीय राजदूतले प्रधानमन्त्रीलाई पटकौँसम्म भेटी ज्वरो आउने गरी हकारेको कुरामा भने सचिवालय चूईँ नबोलेको देख्दा , हाम्रो राष्ट्रवादी दावामा मलाई रून मन लाग्यो ! कठै, मेरो महान नेपाल र यसका क्रान्तिकारी हामी नेपाली !
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 21, 2009
बिस्थापित हामी
(अमेरिका )
प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नुपर्यो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 20, 2009
कस्ता कस्ता छन्

राकेश कार्की
लस् एन्जेलस्
मन्दिर भित्र बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दु:ख आँशु झारी खप्नेहरु छन्
कोही मुसा बनि पसेर सिँह बनि गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन्
फसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै कालाकरतुत छोप्नेहरु छन्
पवित्र नदि नालामा ढल खनाईदिएर
डिष्टील वाटरमा आफूलाई चोप्नेहरू छन्
के आफ्नो भन्नु आन्द्रा डढाउने रक्सी
भो भो भन्दा भन्दै पनि थप्नेहरु छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
हिड्दै छ पाईला मेट्दै छ
बिजय हाल ईराक
सर्वहारा वर्गको नेतृत्व गर्न क्रान्तिको मैदानमा उत्रीएका नयाँ नेपालका नयाँ अनुहारहरुलाई अहिले आएर जो, हिजो बोलेका भाषाहरु र जनता सामु गरेका बाचाहरु तुईएर अझै पनि भन्ने गर्दछन हामी त क्रान्तिका हिमायातीहरु हौ भनेर अझै पनि भन्ने गर्दैछ परि आएको खण्डमा बन्दुकको नाललाई आफनो प्राईबेट गोजीको पैसा जस्तै गरेर जतिखेर मन लाग्यो त्यतीखेर प्रयोग गर्न सक्ने क्षमता छ हामीसँग भनेर गहकिला भाषणसम्म पछि परेका छैनन् । नयाँ अनुहार रुपी अबसरबादिको सँज्ञा दिन फरक नपर्ने उदाहरणहरु ति नेता भनाउँदाहरुले हरेक क्षेत्रबाट प्रमाणित गर्दै आएका छन् । अनि नेपाली जनताले कसरि नयाँ र सर्बहाराको नेतृत्व गर्ने पार्टि हो भनेर विश्वासको जग बसाल्ने त । गल्ती गर्दै जाने अनि माफि माग्दै जाने त्यस्ता काम त ति पहिलाका देशका शासकहरुले पनि नगरेका त थिएनन् । जे पहिलाकाले गरेका थिए अहिले पनि के कुराको नयाँ प्रर्दुभाव गर्न सकेका छन् ।
देशको मेरुदण्ड भनेको प्रधानमन्त्री हो । मेरुदण्ड जस्तो व्याक्तिले त लाचारी भएर म आफै कमजोरी छु भनेर प्रयाश्चीत गर्न थाले पछि अरु नेता भनाउदाहरुले के नै गर्न र बोल्न बाँकि राख्दछन् । समझदारी र बुदा गत रुपमा देशको ढुकुटीलाई आफनो बाहुपासमा पार्न बागचालको गोटि चाल्न माहिरहरु नयाँ नेपालमा कहिले ३ बुदे त कहिले ९ बुदे र कहिले १२ बुदे सहमतिको सुर्य परावर्तन पारदर्शिताको परिसुचक भएर आफनो भत्ता र सेवा सुबिदाको उपभोग गर्न पल्केका नयाँ नेपालका नयाँ हस्तिहरु अहिले आएर हामीले केहि गर्न सकेका छैनौ र हालको बजेट र कार्य योजना हामीले तय गरेको होईन भन्न समेत पछि पर्न लागेका छैनन् ।
राजनितीमा उतार चढाब भन्ने कुरा हुन अत्यन्त जरुरी छ । तर हाम्रो नयाँ नेपालमा त मुखले राम राम बगलीमा छुरा भन्ने उखानलाई आफनो मागी र ठगि खाने साधनको रुपमा परिणत गर्न तिर लागेर सर्बसाधारण निमुखा जनतालाई बलिको बोका बनाउन खप्पिस भएका छन् नयाँ सोच नयाँ बिचार र नयाँ नेपालको चित्र रेखा बोकेर आएका देश चालकहरुको बिलासबादि नयाँ रणनितीलाई देख्न पाईएका छौ । सडक र सदनमा भन्ने गर्नु हुन्छ हाम्रो एजेण्डा भनेको नयाँ परिवर्तनको जग हालेर हरेक कुराको नयाँ अनुभुती दिन हाम्रो सोच हो अरु कसैसँग छैन नयाँ सोच नयाँ कार्य तालिका भनेर ति जनताको पसिनाले हात्ति पाईला जस्तो रोगले छोएको शरिर देखाएर बिना माईकको सहारामा सडक र सदन थर्काएर भुईचालो गएको कम्पन ल्याउन माहिर ति नयाँ अनुहारहरु गल्ति गर्दै जाने अनि जानेको थिएन अनुभव थिएन र हामीलाइ कसैले सहयोग गरेन भनेर शरण लिएर लाचारी भएर पोशाकको प्रर्दशन गर्न जनता सामु मोडलीङ्गको भुमीका निभाउन समेत पछि परेका छैनन् ।
हिड्दै छ पाईला मेट्दै छ; भन्ने उखान सावित भएको छ ति क्रान्तिकारीको अगाडि आफुले लगाएको पोशाकको पनि अलि कति पनि मान्यता पाउने गरेर लगाउदैन भने के पोशाक लगाएर अरुको अगाडि ठाटिएर हिड्नु । के यो कुरालाई कहिले बिचार गरेको छ त । हिजो जंगली जिवन बिताउदा गरेका र बोलेका सबै कुराहरु केवल साधारण जनतालाई मात्र लाग्ने हो । गाउँघरमा जुवाँ तास र जाँड र_िक्स बनायो भनेर कडा बिरोध गरेर ति जाड रक्सि बनाउनेको घर घरमा गएर भएका भाडा कुडाहरु फुटाउने र जलाउने अनि कडा भन्दा कडा सजाय दिन नचुकेका र तास खेल्यो भनेर तास च्याति दिने र त्यहि तास खेल्ने मानिसलाई तरकारि वनाएर खुवाएको स्मरणहरु आज आएर यति छिटै कसरि भुल्न बाध्य भयो होला । तास जुवाँ खेल्यो भनेर खेल्नेको हातका औलासम्म काट्न पछि परेका थिएन । के त्यो सत्ता पाउनलाई गरेको नाटक मात्र हो कि जनता तसा्रउन गरेका नाटकिय खेल हो । ति कार्य गर्दा सजाय दिनु पर्छ भनेर डाडाँ काडा नै थर्किने गरि भाषण गर्ने व्याक्ति आज क्रान्तिकारि पार्टिको माओवादी टे्र्रड युनियनका अध्यक्ष श्रीमान सालीकराम जमकटेल जी जो सर्वहारा वर्गको नेतृत्वमा अडिक भएर लाग्नु भएको छ र उहाँको नेतृत्वमा कयौ मान्छेलाई तास जुवाँ र जाड रक्सिको कुरालाई लिएर नसिहत दियो होला त्यो कुरा त उहाँलाई नै थाहा होला अबगत गराई रहनु नर्पला ।
हो उहाँको त्यति बेलाको सोचाई र बिचारलाई सहि हो भनेर सारा जनता उहाँको पछाडि लागेर आज ट्रेड युनियन जस्तो गरिमामय पदको अध्यक्षमा समेत पुर्याई दिएका छन त्यो कसले त । हिजोका दिनमा तास जुवाँ र जाड रक्सि खानु र खेल्नु भनेको एउटा सभ्य नागरिकले सभ्य समाजलाई असभ्यताको परिचय दिनु हो भनेर भुकम्पको कम्पन उत्पति गराउने गरि चिच्याउने नेताले आज आएर आफनो श्रीमतिलाई नेपालको सभ्य र शिक्षित व्यक्तिको नाताले हो या जानेर हो या नजानेर हो क्यासिनो जस्तो ठाँउमा आफनो परिवारलाई नगदको भण्डार शाखामा हाजिरि दिनु भनेको कत्तिसम्म समानुपातिक र नयाँ नेपालको नयाँ सृजना हो भन्ने हामीले कसरि बुझनु पर्ने हुन्छ । के आज त्यो ठाँउ असभ्य भएन होला । अझै पनि ताजा होला सायद अध्यक्ष ज्यूको ति दिनमा गाउँ गाउँमा गाउलेको अगाडि तास च्याति दिदा आफनो ति कोमल हातका औलाहरुमा भएको दुखाई यति छिटै त भुल्नु नपर्ने हो । उहाँ सधै भरि भन्ने गर्नु हुन्छ हामी भनेको नयाँ क्रान्तिको खाका बोकेर आएका नयाँ ज्वाजल्यमान तारा हौ भनेर के उहाँको अठोट त्यहि हो त आफैले थुकेको र लात हानेको ठाउँलाई सुगन्धित र बिदेसि सोम रसले भरिएको पाटोलाई आफनो सन्तानको कर्म थलोको रुपमा रुपान्तरीत गराउनु भएको कतिसम्म सार्थिक र तार्किक जिवन यापनको मध्य मार्गिको सहकार्य हो त ।
त्यसैले हालका नयाँ सोच नयाँ बिचार लिएर देश निमार्णमा नयाँ उर्जा दिने हस्तिहरुको हविगतलाई हेर्दा नेपाली जनताले फेरि पनि निरास हुने अवश्था आएको छ जस्तो लाग्दछ । अनि हामीले उहाँको सिहको जस्तो गर्जावटलाई हामीले सत्य र पारदर्शि हो भनेर पछि लाग्नु कि हिड्दै छ पाईला मेट्दै छ भनेर भुली दिने त यो त हामी नेपाली जनतालाई बाइ पंखि घोडाको कथा सुनाएको जस्तो हुन गएको होईन त । कि उहाँले भन्दै आउनु भएको छ हामीले नयाँ प्रजातन्त्रको रेखाङकन बोकेर आएका छौ हामी कसैले सृजना गरेको प्रजातन्त्रको पछि लागेर हिड्ने व्याक्तित्व होईन भनेर पनि बारम्बार सडक ताताउन पछि पर्नु भएको छैन के उहाँको नयाँ सोच र ताजा बिचारहरुको भण्डारबाट निस्किएको नयाँपनको खाका मान्नु पर्ने हो कि जुन कुराको जरै देखि उखालेर सन्सारबाटै पार लगाउनु पर्छ भनेर अरुलाई ज्ञान ज्ञुनका कुरा सिकाउने र आफु भने त्यही कुराको बिलासिता उपभोग गर्ने कहाँको यो नयाँ प्रार्दुभाव हो त । नयाँ परिवर्तनमा देश बहाक नेता भनाउदाहरुको मात्र बोल वाला हुने हो त के अरु पनि पर्टिका कार्य कत्र्ता थिएन होला । श्रीमान मन्त्री भयो भने श्रीमतिलाई पनि मन्त्री बनाउने र श्रीमान कुनै पनि सध सस्थ्ााको अध्यक्ष भयो भने उसैको श्रीमति राम्रो ठाउँमा राख्नु पर्ने के यहि हो त नयाँ नेपालमा भएको परिवर्तन । यस्तो काम त पहिला पनि नभएको होईन यो कस्तो खालको क्रम भङ्गको नयाँ पाटो सृजना हुन थाल्यो । जे होस नयाँ नेपालमा नेता भनाउदाहरुलाई आएको छ पुर्णरुपमा परिवर्तन भन्ने पाठ यो क्यासिनोको कहि अंशले पनि दिलाई दिएको छ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 19, 2009
बिडम्बना
हामी सबैको लागि सच्चाई एउटै हुन्छ ।
तर हरेक देशका आफ्नाआफ्नै झूठहरु हुन्छन्
जसलाई आदर्शवाद भन्ने नाम दिइएको हुन्छ ।
हरेक मान्छे आजीवन यसै झूठमा सास फेर्छन् ।
तर थोरै यस्ता प्रतिभाशाली व्यक्तिहरु पनि हुन्छन्
जो यी झूठहरुबाट मुक्ति पाउन सक्षम हुन्छन् ।
बिडम्बना त यो छ- त्यस बेला उनीहरु आफ्ना
बिचारको संसारमा एक्लाएक्लै हुन्छन्
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
आफ्नै हात नि काट्छ छुराले
चेत आउदो रछ र कहाँ जिन्दगी धापमा नपरे
स्वच्छ हराभरा यो धरा सुगन्धले कि दुर्गन्धले
कुन्ठित बिरुवा हुर्केलान के घाम्को तापमा नपरे
जल थल मलको समायोजन बिना हुर्केको फल झै
जरौली देखिन्छ नयाँ लुगै नि आफ्नो नापमा नपरे
साद्य र साधनको सन्तुलन व्याख्या कि बेबहारमा
सबै अल्छि गर्दैनन केही,जब सम्म चापमा नपरे
गती रोकी सधै अधोगती,कहाँ को हो यो उन्नती
सिको ननीको हुनेनै भयो गतिलो छापमा नपरे
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 18, 2009
जय अखण्ड नेपाल !
कलकल नदी, पहाड , ताल फुलेको नेपाल
सुन्दर छवी , शान छ हाम्रो कीर्ति त कति पो !
सम्हाले आफ्नो अतितको गाथा भविष्य हाम्रो हो ।
एक थिए पूर्खा मिलेर तिनले सिर्जना गरेका
माटोको नशा, देश हो मुटु ज्यान दिँदै लडेका
रगतको दान गरेर तिन्ले सीमा त्यो कोरेका
जात र भाषा धर्म र दम्भ माथि ती उठेका ।
देउथलको युद्द नाला र पानी कुमाउ र टिष्टाका
गाथा र कन्था , घाउ र व्यथा सम्झेर हेर त
जीवनको मोह , तेरो र मेरो देखिन्छ कहीँबाट ?
सकिन्न उठ्न तोडेर स्वार्थ लत्रेको भूईँबाट।
नलाऊ भाग , नबनाऊ साँध पूर्खाको छातिमा
फुटेर भाइ ननिम्ताऊ चोर अँध्यारो रातिमा
बनेर आँफू बनाऊ अरू , हातमा हात देऊ
सम्हाल साँध बलियो बनाऊ मेचि र काली छेउ।
बनाए बन्छ भत्काए ढल्छ जीवनको यो गति
माटो हो मुलुक बगाए बग्छ भएमा दूर्गति
ढल्दिनन् आँफै सिर्जना देवी सुरम्य वसुधा
सम्हाले हुन्छ, जोगाए बन्छ देशको अस्मिता ।
तेरो र मेरो स्वार्थको भाव फुटेको मानव
आकार मात्र भएर हुन्न , सोचको दानव
इमान सोच बेहोरा रित्तो हामी यो के भा’को
लत्याई विचार , शान र मान हाम्रा ती पूर्खाको
हटाई हिंसा , मलहम लगाऊ मुलुक हाम्रो हो
सय थरि भाषा जाति र धर्म मिलेकै राम्रो हो
मिलेर झिँजा बलीयो भारी दाउराको बनेको
मिलेरै बन्छ हजारौँ खोला विशाल नदी त्यो ।
- एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 17, 2009
गाउँखाने कथा - १२ (Nepali Gau Khane Katha)
त्यसको नाम जान्नलाइ छैन त्यती गार्हो।
के होला त्यो सजिलो उत्तर?उत्तर भनेर गाउं पाउनुहोस।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Sagoon unveils special site “India Election 09” in English and Hindi
New Delhi, India: April 17, 2009--- Internet Search Engine Sagoon, (www.sagoon.com) , today announced the launch of special dedicated site “India Election 09” – for the India general election - available in English and Hindi.
In India, as estimated 55 million populations are moving onto the Internet and out of 55 million Internet users, 35 million are of voting age. Sagoon’s special Election page will benefits to those India’s active Internet users as well as global audience that is interested in India election. Sagoon’s special “India Election 09” site aims to gather latest updates election related information in form of news, Blogs, video, images and quotes on one single page in easy to click user experience.
In addition to the latest news updates, Election site also provide users share their opinions and view the up-to date election coverage. On the Election report tool, user views all updated reports by political parties, and their different electoral districts with the graphical summary.
Sagoon’s chief developer – Manish Kumar says, “We are pretty new but our mission is to organize the world information and making it accessible to users, in very short time, our effort is to help India Internet users through our special services to make informed decisions.” He says, “our services are rich and excited, users get complete information what they are looking for through our News, Video, Blogs, Image, quotes and election report’s tool are the key features on the site.”
Sagoon in partnership with Raftaar, a Hindi search engine is covering and bringing all India election related information in real time.
About Sagoon: Sagoon is a privately owned company- dedicated to providing a new window for web search that combines the largest Web index with content-based relevance methods and organized results. Sagoon derives its name from Sanskrit word “Shakuna” meaning “auspicious or ushering good results.” This christening reflects Sagoon’s sincere wish that the exploration of information and resources on the site ushers in “good luck” and augurs well for all businesses and users.
For more information, please visit www.sagoon.com.
Media contact:
Maneesh Thareja,
Sagoon Inc. India,
+91 (11) 40719928,
maneesht@sagoon.com
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कामरेड प्रचण्ड!, तपाईले चाहिँ के गर्ने त ?
राजतन्त्र नै नेपालको प्रगतिको एकमात्र तगारो भएको र सो को अन्त हुनासाथ राष्ट्रले विकासपथमा फड्को मार्ने र १० बर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गरी देश झीलिमिलि पारी विदेशमा समेत बिजुलि निर्यात गर्ने उदघोषकासाथ सत्ता प्रवेष गरेको माओबादी सरकार र यसका नेतृत्व के कस्ता प्रगती र विकासका कार्यमा व्यस्त छन मैले लेखिरहनु आवश्यक नै छैन ।
स्थिति र परिस्थिति जे जस्तो रहेपनि र सामजिक, राजनैतीक र आर्थीक पक्षको कुनै लेखाजोखा र अध्ययन नै नगरी हावादारी चमत्कारका कुरा गरेर 'त्रिशुल बाबा' को उपनाम समेतले विभूषित भएका प्रधानमन्त्री हालका केहि दिनमा भने यथार्थवादी हुँदै गरको अनुभव गरेको थीएँ मैले।
गिरिजा कोईरालाले सधैं 'फू' गर्दा सरकार ढल्छ भने झैं, हल्का पाराले 'हामि आएपछि देश त्यसै बन्छ" भन्ने वचकना सोचका साथ सत्ता प्रवेश गरेका माओबादी कामरेडहरुले शुरुमा त सरकारमा आएपछि पनि दिवा स्वप्न देखाउन छाडेनन् (त्यो सपना उनिहरु आफैं देख्दै थीए कि जनतालाई मात्रै देखाउँदै थिए भन्ने चाहि स्वप्नदर्शीलाई नै थाहा होला) ।
कामरेडहरुको स्वप्न भंग भएको र 'उँट पहाड नजिक आएको' कुरा त्यति बेला छर्लङ्ग भयो जब हाम्रा क्रान्तिकारी प्रमले नाटकीय सुधार सम्भव रहेनछ भनेर माग १२ गते सम्बोधन गरे । देशको धरातलिय स्थितिको अध्ययन विना हावा गफ र संबिधान सभाको चुनावमा समेत अनगिन्ति सपना बाँडेर हिडेका राष्ट्रका दिग्गजका ति कुरा तिनका पहिलाका चम्तकारीक विकासका कुरा भन्दा ठ्याक्कै विपरीत भएपनि मैले भने त्यसलाई सकारात्मक रुपमा लिऐको थिएँ – कमसेकम ढिलै भएपनि कामरेडलाई नेपालको यथार्थताको बारेमा त ज्ञान त भएछ भनेर-- ।
सूदुर जंगलको चौतारीमा बसेर उदण्ड कार्यकर्ताको अगाडी विना कुनै जानकारी 'पुरानो सत्ता' बेकम्मा भएको भनेर सराप्न र गफैको भरमा देशलाई माथि उठाउन जति सजिलो थियो, सहर पसेर 'नया सत्ता' को रुपमा आफ्नै हातमा डाडु पन्यौ आएपछि त्यो गरेर देखाउन त्यत्तीनै गाह्रो मात्रै हैन असम्भव पनि रहेछ भन्ने जानकारी भएपछि कामरेड आफैले पनि माघ १२ को सम्बोधनमा सो कुरा उल्लेख गरे :- '...सराप्न र दोष दिनका लागि अब ती छैनन्...'
ढिलै भएपनि स्वप्नलोक बाट यथार्थको दुनीयाँमा आउनु सकारात्मक कुरा थियो । मैले सोचें, माओबादीले पनि अब देशको धरातलिय यथार्थलाई बुझेछन्, अब भने कमसेकम नाटकिय सुधार र चमत्कारका गफ हुने छैनन् ।
केहि दिन अगाडी हम्रा प्रमको फेरी अर्को बक्तव्य आयो। यसले भने मलाई झस्कायो!, नयाँ बर्षको दोस्रो दिनमा प्रमले भने: “मैले हैन, चमत्कार जनताले गर्ने हो” । आफुलाई जिम्मेबारिबाट पुरै पन्छाएर उनले यती सम्म भने कि: " मानिस प्रचण्डले चमत्कार गर्ने भन्ठान्दा रै´छन्, चमत्कार जनताले गर्ने हो।" ।त्यसो त, नामकोलागि मात्रै जनाताको नाम लिने र आफ्ना अभिष्ट सिद्ध गर्ने सबै कार्य-कूकार्य लाई 'जन' भुषण भिराएर कार्य फत्ते गर्ने माओबादीका पुरानै शैली हुन । यस हिसाबमा जनतालाई आफ्नो दायीत्वबोध हुनु राम्रै कुरा हो, तर कामरेड!, सबै काम जनताले नै गर्ने हो भने तपाईले चाहि के गर्ने त ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 16, 2009
Unemployed Susan got instant hit
Susan Boyle, single lady from a small Scottish village in her 40s appeared in a British reality TV. Reality shows are to mock people and rock people. Weak performers are bashed by everyone. They laugh at them,demoralize them and let them go. Better performers are allowed to participate again and finally one performer becomes a star. Reality shows entice people as in Wrestling and make their buck. Neither wrestling is fair nor reality show. General perception is both are real.
This time it happened differently. Neither married, nor kissed lady became a star just after the first appearance. Hold on! If you think ITV made her popular that's completely wrong. She got million viewers hit on overnight. After a couple of days, not only viewers crossed in hundred of millions, she was interviewed by half a dozen TV channels. CNN has got her interview today and she is soon appearing on The Oprah Winfrey Show. Just last week, she had only one friend her cat pebbles. Now not only media mogul is companion this unemployed lady, bloggers, TV viewers and marketers are after her. When she first appeared on the stage, viewers started making fun of her unassuming-look. This happens in real life. Every one screws-up a weaker person. After her stirring song " I Dreamed a Dream", she received standing ovation. People always worship strength. Just from a couple of minutes show we can see how fake is the world. After all her dream came true. Fans have already made her website susan-boyle.com . Also you can follow her in twitter http://twitter.com/susanboyle140
Watch the you tube clip and find how skeptical looks got stunned.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - ११ (Nepali Gau Khane Katha)
गाउँखाने कथा १० को उत्तर मिलाउने मिलन जी र गाउँखाने कथा ११ को उत्तर मिलाउने लुनाजीलाइ धेरै धेरै बधाइ। तपाइहरुले आफ्नो मनपर्ने गाउं माग्नुहोला।
------------------------
ठाक्सेठोक्से ठोक्राभरि काण,
त्यसमाथि बस्यो गजदेउ सांढ। उत्तर बतानुहोस,गाउं लैजानुहोस।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिरत्त
हाँसु भने खुशी रित्तियो
रोउँ भने आँसु सिद्धियो
निर्स मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आँशू साटियो
आज मेरो यो जिन्दगीमा॥
चिरा चिरा पारी यो मुटु
छिया छिया पारी सपना
धोका दिइ कोही गैदियो॥
अन्तर मन्को नाता तोडेर
दुनियाँमा एक्लो छोडेर
आफनै छायाँ वैरी भैदयो॥
न खायको विष लाग्यो नि
भय जति सुख भाग्यो नि
दुखि मेरो यो जिन्दगीमा॥
उड्ने मन्को प्वाँखै काटियो
हाँसो संग आशू साटियो
आज मेरो यो जिन्दगीमा॥
भताभुंग भय चाहाना
लथालिंग भय योजना
खानु सम्म धोका खाएर ।।
अध्यारो भो पुरा जिवन
निरस भो मेरो संसार
अलछिनी कोही आयर॥
माया गर्ने बहानामा
सकुनिको पासो थापेनी
दुखि मेरो यो जिन्दगीमा॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 15, 2009
खोइ त परिबर्तन ?

हाल ईराकबाट
जननी जन्म भुमी भन्ने शब्दलाई मध्य नजर राखेर हेर्दा साच्चै नै हो भन्ने उक्तीको कारक तत्व सिद्ध हुने गर्दछ । स्त्री जाती भनेको भुमी सरह हो किन कि उसले हरेक प्रणीको चाल बाजीहरुलाई निरुपण गर्न जान्नु पर्ने हुन्छ किन की सन्सारीक यात्रामा प्राणीहरुको रुपानतरण गर्नमा ठुलो भुमीका बोकेको हुन्छ जति पुरुषले बाकेको हुन्छ ।जब सन्सारको जुन सुकै प्राणीलाई पनि पहिलो पाठशाला भनेको आमाको काख हुन्छ । उसको दैविय शक्ति केन्द्रको रुपमा आफनो आमाको न्यानो काख हुन्छ । आफनो अधिकारको खोजि त्यहि न्यानो काखबाट सुरु हुन्छ पछि गएर आफनो भाग्य निर्माण गर्ने चारित्रिक स्वाभावहरुमा आफनो जिवन रेखा कोरिएका हुन्छ । सान्सारिक यात्रि भएर पृथ्वीमा आए पछि मात्र दुई रुपमा परिणत हुन्छ त्यो पुरुष र महिला अपबादको रुपमा हाम्रो समाजमा तेस्रो रुप पनि देखा पर्न थालेको छ । परा पुर्वककाल देखी नै चली आएको कुरा हो महिला भन्दा पुरुषको बोल वाला बढि नै भएको कुरालाई हामी कसैले पनि नकार्न सक्दैनौ । सामान्ति शासनको दमनको बिरोधिबाट असैय भएर महिला निस्कन थाले कयौ परिस्थीतिहरु पार गर्दै आफनो हक प्रदको रक्षा गर्नसम्म सफल हुन पुगे केहि बिकसित मुलुकका महिलाहरु र आफुहरुलाई पुरुष सरहको समान हक अधिकार उपभोग गर्न सफल हुन पुगे । तर पनि विश्वको महिला वर्ग समान छ भनेर भन्न मिल्ने वालामा छैन । समय र परिस्थीतिलाई मध्य नजर राखेर मलाई यो कुराको कौतुहलता जागेर आयो । हाम्रा देशका महिलाहरुले पनि महिला स्वातन्त्रताको लडाई त नलडेका त होईनन । नेपाल एक कृषि प्रधान देश हो । देशको ९० प्रतिशत जनता कृषि पेशामा आधारित छन । आफनो न्युनतम भन्दा न्युनतम आधारभुत आवश्यकताहरु कृषिबाट नै समाधान गर्ने गर्दछन् । शिक्षा क्षेत्रमा देखाईएका स्वातन्त्रता ति हाम्रा महिला वर्गका सम्पुर्ण सहपाठिहरुले उपभोग गर्न पाएका छन् त नारी स्वातन्त्रताको हावा कहाँसम्म र कति सम्म चलेको छ भनेर कोहि कसैले व्याहारिक रुपमा बुझने गरेको प्रमाणहरु हामीले कहिले पत्र पत्रिकामा पढ्न पाएका छौ त । शासित र सासक वर्गको खेलमा परि पिल्सीएका हाम्रा नेपाली समाजहरु लामो सँघर्ष र बलिदान पश्चात केहि परिवर्तनको परिभेषहरु देख्न पाएका छौ । सधै भरि सबैले भन्ने गर्थे नारी स्वातन्त्रताको बारेमा । नेपालमा कुन सासकको पाटो फेरिएन त अबको स्थितीमा भन्नु पर्दा ६ प्रधान देखि लिएर श्री ३ श्री ५ सम्मको शासन नेपाली जनताले राम्रोसँग अनुभुति गरी सकेका छन । त्यसको बाबजुत शासकिय शासनलाई गलहत्ति लगाएर निरिह जिवन जिएर बस्नु पर्ने परिस्थिती समेत पार्न पछि परेनन् नेपाली जनता । परिवर्तित समयलाई मध्य नजर राख्दै केहि लेख्न जुर्मुरायो मेरो हातहरु त्यसैले यो मनका तरेलीहरु पोखी रहेको छु ।
हिजोका शासक वर्गले जे गरे जुन काम गरेका थिए त्यस कामको बारेमा असईय भएर हक अधिकारको लडाईमा आफुलाई समाधिस्तमा समेत समाप्त पार्न पछि नहटेका नेपाली जनताले सबै खाले वकालत गर्न जानी सकेका छन् । नारीको कुरा गर्दा विश्व विख्थातमा समेत नाम दाम कमाउन सफल भएका पनि छन हाम्रो मुलुकमा नारी । समान अधिकारको लडाई लडि रहेका सयौ नारीहरु आजसम्म पनि आफनो लक्ष्य पुरा भएको गुनासाहरुको पोका फुकाउन सकेका छैनन् । हिजो जे भोग्दै आएका थिए आज पनि त्यहि कुरा भोग्नु पर्दा कसलाई असईय हुदैन होला । नारी उत्थानको विषयलाई लिएर ठुला ठुला भाषणका खेति गर्नेहरुको अझै पनि कमि नभएका महसुस जनताले पाएका छैन । तपाई हामीले सुन्ने गरेका छौ होला नी त आफनो गाउँ घरमा बो_िक्सको आरोप लगाएर नराम्रो पशु सरहको नसिहतको जवरजस्ति बाध्य भएर अपराध कबुल गर्न परेका भयानक घटनाहरु हाल पनि तपाई हाम्रो कानमा गुन्जिन छाडेको छैन । दाईजोको बारेमा घर निकाला गरि बेघरबारको परिस्थिती भोग्नु परेका असामयिक घटना र आफनाले आफनालाई विसर्िएर लहै लहैमा लागेर गाउ समाजमा तानाशाहि प्रबृद्धिको हैकम बादि सोच लिएर राज गर्न पल्केकाहरुलाई कस्ाले पो के नै गर्न सक्छ र देशमा सत्ता त पल्टियो तर खोल ओडेको शासकको हातमा पर्न गयो शासनभार जस्तो लाग्न थालेको छ शासनको कार्यभार पद्धतीलाई हेर्दा त भन्ने गर्छन हामी त नयाँ नेपालको चित्र रेखा बोकेर आएको र सामन्तिहरुको नास गर्न आएका हौ भनेर भाषणका खेति गर्दैछन् । देशको वागढोर समालेकाहरु जनता सामु त्रासको खेति गर्न तिर लागेका छन कुसर्िमोहको फन्दामा फसेर । एकले अर्कालाई जुदाएर अरुको जुदाईमा रमाउन जानेकाहरु शान्ति भन्ने कुराको खेति गर्न किन अघि सर्थे । हामी कानुन बनाउछौ अपराधिलाई सजाय गछौ भनि प्रति बद्धता गरि हिड्ने र आफुले गरेका प्रतिबद्धता आफै भङ्ग गरि हिड्ने के यहि हो नयाँ नेपालको नयाँ सृजना । नारीको विषयमा केही चर्का नारा दिएर हिड्ने केहि पद पाएका नारी भनाउदाहरु बाटनै नारी प्रतीको अवहेलनाहरु बड्न गईरहेको घटनाहरु हाम्रो वरिपरि नै घुमी रहेको छ । गल्ती गर्नेलाई कार्बाही गर्छौ भन्ने तर खोई कहाँ कसलाई कार्बाही भएको छ त । अपराध गर्ने व्यक्ति अपराधि नै हो न कि त्यस्ता व्यक्ति जुन सुकै पार्टिको किन नहोस । दिन दुखि र असहायहरुले बाच्न पाउने कानुन यो नेपालमा छैन । प्रति बद्धताको नाम लिएर शोषण गर्ने प्रबृद्धि बढि रहेको छ । नाताबादको चर्का बिरोध गर्नेहरु आज आएर आफना साखा सन्तानलाई आफलेु चाहेको कुनै पनि व्यक्तिलाई कुनै पनि पदमा बिना प्रमाण पत्रको आधारमा बहाल गर्दा के त्यो समान हुन गयो त । सर्वसधारण जनतालाई कुनै पनि काम गर्नु अघि अनुभवको प्रमाण पत्र देखाउनु पर्ने रे ति नेता भनाउदाका साखा सन्तानलाई भने नचाहिने । नारी उत्थान गर्छु भनेर घाटि सुक्ने गरि भाषण गर्छ ।उसको अगाडि नारीहरुलाई दाईजोको विषयलाई लिएर हाल सालै पनि कयौ नारीले अकालमा ज्यान गुमाउन परेका छन् के त्यहि हो त न्याय दिलाएका नारी लाई । सम्पतिमा समान हक अधिकारको सृर्जना गराई दिने भनेर भुलाउने काम गरि रहन्छ । फेरि भन्ने गर्दछ प्रति क्रान्तिकारिहरु मिलेर देशमा फेरि अशान्ति फैलाउन लाग्यो भनेर भाषण ठोक्न पछि परेका छैनन् । यो कसको कमजोरी हो त अनि के यसलाई सफल नयाँ नेपालको सफल शासक भनेर सलाम ठोक्ने भन्दा अरु त जनतासँग के नै छ र । जति बेला पनि बन्दुकको खेल खेल्ने आश्वासन दिन जानेका कहिले सोचेका छन नभरेको बन्दुक पनि अति भयो भने आप्से आप बिस्पोट हुन्छ भन्ने कुरा त अबगत नै होला । देशमा जटिल परिस्थीति आएको बेलामा बैदेशिक भ्रमणको अबसर लिने सहकार्य र सहमति गर्नु पर्छ भनि हिड्ने अनि आफै भङ्ग गर्दै हिड्ने । देश चलाउने जिम्मा लिएको पार्टिलाई किन हरेक तरफबाट असमर्थन आउन थाल्यो भनेर कहिले सोचेर बोल्ने र काम गर्ने गरेका छन त जहिले पनि कागले कान लानु त कहाँ हो कहाँ कानै नछामिकन पछि कुद्ने बानि छाडेर देशको लागी जनताले दिएको जिम्मा पुरा गर्न तिर लाग्ने काम तिर लाग्नु पर् यो । नत्र फेरि आफुले दिएको अभिव्याक्ति आफै माथि लागु होला नी र ज्ञानेन्द्रको पथ प्रदसक बन्नु पर्ला भन्ने कुराको सोच राखेर नयाँ नेपालको सृर्जना तिर कम्मर कसेर लाग्नु पर्ने छ भनि भन्दछु । दलित र हलिया कमैयाँलाई छुटकारा दिलाई दियो तर के दिए त ।sुनै पनि आर्थिक स्रोतको बाटाहरु देखाई दिए त । त्यो सरकारबाट हुन नसकेको कारणले गर्दा ति हलियाँहरुले फेरि पनि त्यहि प्रथालाई निरन्तरता दिनलाई आफनो साहुलाई गुहारेको कता कति हामीले पढ्न पाएका छौ त्यो किन भएको हो त ।
ति शोषित पिडित नारीहरुको मुल्य चुकाउन तिर नारी उत्थानको लागी बलियो कानुनको आधारशिला खडा गराउन तिर लाग्नु पर् यो । सक्ला अक्षर फुटाउन नसक्ने नारीहरुलाई नारी र पुरुषको समान दर्जा दिएर शोषण गर्ने प्रबृद्धिलाई त्याग्नु पर् यो । गाउँ गाउँ खोला किनारा देखि जनचेतनाको आवाज उठाई जागरुक पार्नु पर् यो अनि मात्र नारी पुरुष समान हैसियतको हुने छ । अनि मात्र नेपाली नारीले हामी शिक्षित वर्गको एक रथका दुई पाङ्ग्रा हो भनेर आङ फुलाउने पुर्ण रुपमा अधिकार पाउने छन् । त्यसको लागि एक जुट भएर लाग्नु पर् यो । १० जनामा २ जना बाठो टाठो भएर समान हो भन्नु मुर्खता हुन जान्छ । सकभर यो नयाँ शासकले पनि तपाई हामीलाई कठपुतली बनाउन कुनै कसुर बाकि त राखेको छैन नी त जनजाती र दलित भनेर चर्का नारा लगाउनेहरु के ति जातीहरुलाई सजिलो र समान तरिकाले अबसर दिएका छन् त । आफनो गुमेको अधिकार हराउन लागेको भएर पछिल्लो पटकको दबाबले गर्दा त हो केहि हदसम्म मुखमा सुपारि हालिदिएको । नत्र सरकार गठन कहिले सकिएको हो र कति भयो अहिले आएर मात्र मन्त्रि मण्डलमा सहभागिता गराई दियो । यो कुरा तपाई हामीले सजिलैसँग बुझन सक्ने कुरा हो । त्यसैले काम गर्ने भन्ने ढेडु जस पाउने हनुमान भने जस्तै अहिले देश चालक शासकको पनि बाहिरि लगाउने भेष मात्र हो फेरिएको कुनै पनि हर्कतहरु फेरिएको पाईएको छैन ।
केही उदाहरणहरु
क निजामति कर्मचारीमा भएको सरुवा र बढुवा जो हिजोका शासकले गदेर्थे अहिले त्यहि नै दोहोर् याएका छन । केवल व्यक्ति फरक मात्र हो ।
ख ठेक्का पट्टा लेनदेन हिजो पनि जो सरकारमा हुन्थ्यो यो उसैको मात्र पेवाँ हुने गरेको थियो आज पनि त्यहि भएको छ ।
ग मन्त्रालयको सचिव र सल्लाहकार राख्ने प्रकृयामा त झन योग्यता के हो कुनै प्रभाह हुन छाड्यो । जो पहिलाको भन्दा पनि नाजुक परिस्थीति बनायो ।
घ बैदेसिक भ्रमण दलमा आफनो साखा सन्तानलाई प्रथम प्राथमिकता दिने पहिला पनि थियो र अहिले पनि छदै छ ।
ङ पहिला देशको प्रधानमन्त्रीले बेदेशिक भ्रमणमा देशको राष्ट्रिय पोशाक लगाउथ्यो भने अहिले यूरोपियन टाई सुटमा ठाटिनु हुन्छ र पहिला दौरा र सुरुवालमा ठाटिन्थ्यो ।
च पहिला लडाई झगडा हुदा हात हाला हाल गरिनथ्यो भने अहिले बम र बारुदको प्रयोग गरिन्छ ।
छ पहिला पनि आफनु मातहतमा भएको मन्त्रालय र विभागमा आफना आसे पासे राख्दथ्यो भने अहिले पनि केहि फरक छैन ।
ज पहिला भारतिय नागरिकता भएका नागरिकले नेपालको सरकारी पदमा हक जमाउन पाउने थिएन भने अहिले त्यस्तो नागरिकले सरकारि कार्यलय र मन्त्रालयसम्म चलाउन पाउने भयो ।
झ पहिला हडताल बन्द हुने कुरा कमै हुन्थ्यो भने अहिले बर्षमा १० महिना जति हडताल बन्द हुन्छ । अपहरण भनेको के हो भन्ने हुन्थ्यो पहिला अहिले सानो तिनो लेनदेनको कुरा नमिल्दामा पनि अपहरणको शिकार हुनु परेको छ ।
पहिला नेपाली जनता नरहे देश रहन्न भन्ने पिर हुन्थ्यो भने अहिले नेपाली जनता नरहे पार्टि रहदैन भन्ने भान हुन थाली सक्यो । पहिला आफनो मर्जि अनुसार हुन्थ्यो चन्दा दिने काम अहिले जवरजस्ति भएको छ ।
ट पहिला देशको कानुन र आपतकालीन अबस्थामा सर्बदलिय बैठकबाट समस्याको समाधान गरिन्थ्यो भने अहिले एक पक्षिय निर्णय हुन थालेको छ । सरकार मिलि जुली भए पनि ।
हामीलाई नयाँ नेपालले दिएको आर्थिकभौतिक सामाजिकराजनितीक परिवर्तन त्यसैले हामीले पाएका नौला अनुभुती यस्ता छन नयाँ नेपालको सामान्य परिवर्तन भनेका कुराहरु अनि तपाई हामीले पाएका नयाँ नेपालको सुख सुविधा यिनै हुन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
नयाँवर्षको गजल
बनेपा काभ्रे हालः दोहा
मैले पनि अलिअलि उत्साह नै पालेको छु
शुभकामनाका केही शब्द कोर्न थालेको छु
पन्छाउँदै अन्यौल र अभावका खातहरु
गुनासा बिलौनाहरु अलि परै फालेको छु
अघि पछि देशैसँग दुख्नुपर्ने भए पिन
अनुहारका खाल्टाखुल्टी सकेसम्म टालेको छु
आए गए धेरैओटा शिशिर वसन्तहरु
शुभ रहोस् नयाँवर्ष सुनपानी हालेको छु
मैले पनि अलिअलि उत्साह नै पालेको छु
शुभकामनाका केही शब्द कोर्न थालेको छु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिम्रो जोबन
बिगुटार-४ सुर्के ओखलढुंगा
हाल शार्जाह युएई
तिम्रो जोबन फुलझै बैशालु
हेराई झनै अनौठो मायालु
लाग्यो मोहनी
क्या राम्रो रैछ नि आँखा गाजलु
कोईली झैं लाग्यो नि मिठो त्यो बोली
सारै नै सुहायो चौबन्दि चोली
पागल भएँ नि
तिमि त रै छौ नि सारै चन्चली
माया लाउन सिपालु रैछौनि
लुकि लुकि ईसारा गर्छौनि
घाईते पार्योनि
दिलै चोरी मायाले गर्नु गर्योनि
यो मनमा हलचलै मच्चायौ
थाहै नपाई मोहनी लगायौ
लौन के गरौं
अन्जानैमा मायालु पागल बनायौ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 13, 2009
आऊ तिमी नयाँ वर्ष

हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!
भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!
भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!
आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!
नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!
भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 12, 2009
शुभकामना तिमीलाई
ईराकबाट
पोहोर साल शान्तिका खुशी पाउने आशामा हाई गरेको थिए
तर खुशी कहाँ गएको थियो आशाको भारि बोकाई दिए
समयलाई दोसि भनौ की परिवर्तीत समय त्यसलाई बुझी लिए
सामन्ति र तानाशाहि शासन गए भन्थ्ये खोई त परिवर्तन के दिए
तर पनि तिमीलाई बधाई त दिन नै मन थिएन बाध्य भएर दिए
जस्ता अपराध र हिसंाको बहुल्यता बढाई दिए पनि माफी गरि दिए
जे हुनु थियो भएरै छाढ्यो नयाँ भन्ने उर्जा कसले छाडि दिए
सफल विफल जे भए पनि परिवर्तनको आहुती सृर्जना गराई दिए
आउने नयाँलाई स्वागत् गर्दै तिमीलाई सकुशल बिदाई दिए
शुभकामना छ नयाँ साल तिमीलाई शान्ति छाउने आशा लिए ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
शुभ - कामना -२०६६
उदायो छाना माथि
नव सुनौलो किरण
जोश र उमङ बोकेर
पंक्षि हरु को चिरिबिरी संगै
शुभ मंगल् प्रगती को
संगीत बनेर
झरना र नदी को
कल कल संगै
बिर्सेंर तिता अतित का
सद्भाब को सन्देस लिएर
पुष्प हरु को सुबाश संगै
भुलाई दु:ख का दिन
प्रसन्नता को गीत गाएर
शुभ होस , मंगल् होस
प्रगती होस नेपाली जन को
२०६६ एउटा ईतिहास बनेर
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 11, 2009
नयाँ बर्षको शुभकामना
आपसी तिक्तताको तुँवालो फटेर जावोस
आफ्नो पनमा दुख्दा पनि कती तमासा हेर्छौ
बैरी को छ आफ्नै घरको कटुता कटेर जावोस
रगतको बाछिट्टाले छाडेन जती ओतिए नि
बारुद गन्ध आउने शियाल घटेर जावोस
कस्को आँखा लाग्यो कि दाउ चले कसैले फेरी
नेपाली मन र पन बिथोल्ने बत्तेर जावोस
शुभ होस यो बर्ष नयाँ जोश जाँगर बोकी
सबै आफन्त हुन सबै मन रत्तेर जावोस
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest