June 9, 2009

सीता दिदीका हत्यारा !


शिव प्रकाश

हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ !
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन् जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दूर्घटना भो कि क्या हो !

के भो भन…। भन…। छिटो भन ……॥ शेखर अत्तालिदै सोध्यो ।
मामा…।! मामा…॥! सीता दिदीलाई घर लान सकिएन !
किन के भो र सकिएन …… के भन्न खोजेको छिटो भन !
हामी उहाँलाई आर्यघाट लादैछौं मैले बाटोबाट फोन गरेको ।
अमृतको आवाज अवरुद्ध थियो । रोदन मिश्रित शव्दहरु उसका मुखबाट फुट्न सकिरहेका थिएनन् ।
शेखर चिच्यायो यो हुन सक्दैन । कसरी भो यो सबै यति चाडै…… हे परमेश्वर …॥के गरिस तैले …। कति निर्दयी छस् त !
हो मामा यथार्थ यही हो । हामीले बचाउन सकेनौ । आज उहाँलाई हामी अन्तिम विदाई गर्न वाध्य भयौ । बडो कष्ठसाथ त्यति भनेर अमृतले फोन राखिदियो ।

जीवनमा धेरै उतारचढाव र दुखका खेलहरु झेलेर आठ नौ वर्षदेखि दशदेश दूर परदेशमा रहेको शेखरले सीता दिदीको त्यो अपत्यारिलो मृत्युलाई सहजरुपमा लिन सकेन । जीवनमा पहिलोपटक सपना साँचो भएको महशूस उसले गर्‍यो । गए राती नराम्रो सपना देखेको कुरा त्यतिबेला सम्झियो जतिबेला सीता दिदीको मृत्युको खबर उसले भान्जाबाट पहिलो पटक पायो ।

आफ्नै बाबुलाई वर्षौ देख्नै नपाई दुइ वर्ष अघि परदेशमै बाबुको काजकि्रया गर्न वाध्य भएको शेखरले बाबुभन्दा केही महिना अघिमात्र आफ्नै सासुलाई गुमाएको थियो । यो बीचमा उसले काका, ठूलाबा तथा नातेदारहरु गरेर धरै गुमाइसकेको थियो । परदेशमा रहनु पर्दाको यो पीडाबाट छटपटीरहेको शेखरका लागि सीता दिदीको मृत्यु सबैभन्दा भयानक लाग्यो । बुबा र सासु धेरै वर्षदेखि विरामी हुनुहुन्थ्यो । उमेर पनि पचहत्तर नाघिसकेका भए पनि पाँच सात वर्ष देख्नै नपाई आफ्ना पि्रयजनलाई विदाई गर्नु पर्दाको पीडा कति दुखदायक हुन्छ त्यो पनि उ सहन र समन गर्न बाध्य थियो ।

तर सीतादिदी त भरखरै बाउन्न त्रिपन्न वर्षकी मान्छे ! पढेलेखेकी मान्छे ! आजभन्दा करीव पच्चीस वर्ष अघि एम. कम. पास गरेकी मान्छे !, त्यो जमानामा नेपालका पढेलेखेका नारीहरुमध्ये औलामा गनिने मान्छे ! नेपालको ठूलो बैंक मध्येमा पर्ने कृषि विकास बैंकको प्रथम श्रेणीको अधिकृतसम्म भएर भरखरै रिटायर्ड भएकी मान्छे ! छ बैनी छोरीहरु मध्ये सबैभन्दा साहसिली छोरी । दुष्ट मानसिकता भएका आफन्तहरुबाट घरमा छोरा तथा भाइ नहुँदाको पीडा भोग्न वाध्य भएता पनि एउटा सुसंस्कृत परिवारी छोरी ! अल्पायुमा भएको आफ्ना बाबुको निधन र छोरीछोरी मात्र हुंदाको अवस्थाले आफन्तहरुबाट सताइए पनि अत्यन्त साहस लिएर अधि बढेकी छोरी सीता दिदी !

शेखर यस्तै यस्तै कुराहरु सोचिरहन्छ सीता दिदीका बारेमा । सीता दिदीको मृत्युलाई उसले स्वाभाविक मान्न सकिरहेको छैन । उ पत्याइरहेको छैन ।

दुइ घण्टा पछि जोसनाको फोन आयो हाकिम के गर्न सीता दिदीलाई बचाउने धेरै प्रयत्न गरियो तर सकिएन । जोसनको बोली स्पष्ट थिएन । बोलीमा बोलीभन्दा पनि वेदना थियो । घुक्कघुक्क र सुक्कसुक्कको आवाज बढी थियो ।

म पछि फोन गर्छु हाकिम…॥! र अहिले घरमा फोन नगर्नु दिदीहरु झन् रुनुहुन्छ । जोसनाले धेरै कुरा गर्न सकिनन् ।

जोसनलाई पनि केही बर्षअघिदेखि आमाको अभाव खड्किएको । त्यसमाथि आफ्नो सबैभन्दा नजिकाको साथी श्रीमान् परदेशमा ! त्यसमाथि अचानक माहिली दिदीको मृत्यु ! जोसनलाई जीवनमा कताकता आँधीतुफान आएर सबै भताभुंग बनाउन खोजिरहेछ जस्तो लागिरेको छ । उसले फोनमा भनेकी थिइ अब दिदीहरु के गर्ने होला ! सीता दिदी ठूलो साहस हुनुहुन्थ्यो घरको !

सीता दिदी अरु दिदीहरु भन्दा अलि झोक्की र रिसाहा भए पनि उसको सोझो पनलाई साहै माया गर्थी र बेलाबेलामा शेखरलाई भन्थी के गर्नु सीता दिदी साह्रै सोझो छ एकहोरो छ भनेको मान्दैन र त साखुल्ले पल्टेर भए नभएका उल्टापाल्टा कुरा सुनाएर एकहोर्याएर आफ्नो दुनो सोझो गरिरहेका छन् । शेखरले पनि सोच्यो ुयस्तो अपराध सायद यो दुनियाँमा कसैले गर्दैनन् होला ! शेखर अझ अबरुद्ध भयो । राजनलाई फोन गरेर काममा बोलायो र कामबाट विदा लियो ।

बग्दा बग्दैको नदी रोकिए जस्तो ! उड्दा उड्दैको चरा आकासबाट खसे जस्तो ! हेर्दाहेर्दैको एउटा रमणीय हिमाल सम्पूर्ण ढले जस्तो ! आफ! उभिएको धरातल भासिए जस्तो ! आकाशगंगा आगो लागेर खरानी भए जस्तो ! कस्तो कस्तो लाग्यो शेखरलाई ! हो बाबुको मृत्युको खबरले उ ज्यादै दःखी भएको थियो र त्यति असहज भएको थिएन जति सीता दिदीको मृत्युको खबरले उ भयो ।

सीता दिदीले अर्को ज्वाईको तुलनामा शेखरलाई त्यति नजिकको नठाने पनि उसले सीता दिदीलाई कहिल्ये टाढाको व्यवहार गरेन । उसालाई विश्वास थियो सीता दिदीको आँखा एकदिन खुल्छन् । जोसना पनि शेखरलाई यसै भन्थिन हेरिराख्नु हाकिम मान्छे हो एकदिन त आँखा खुलिहाल्छ नि । मान्छेको छाला ओढेको मान्छे जस्तो देखिने मान्छे र मान्छेमा फरक त मान्छेले पत्ता लाउन सकिहाल्छ नि । सीता दिदी पनि त मान्छे हो । शेखरले सोच्यो वास्तवमा जसले अरुलाई विश्वास गर्छ त्यो नै मान्छे हो र विश्वासघात गर्ने कुमान्छे हो । मान्छे र कुमान्छेबीचको पहिलो फरका पनि विश्वास र विश्वासघात नै हो । मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनै रुपमा कही न कही मान्छेको नाङ्गो र सक्कलीरुप मान्छेले देख्छ नै । कसैले नदेखे पनि लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको नाङ्गोरुप त देख्छ नै । अरुले नचिने पनि लोग्नेले स्वास्नी र स्वास्नीले लोग्ने त चिन्छ नै ।

तर जतिखेर सीता दिदीका आँखा खुले त्यतिखेरसम्म ढिला भइसकेको थियो । सीता दिदीलाई मानसिक र शारीरिक रोगले निकै चापिसकेको थियो । मानसिक सन्ताप सबैभन्दा ठूलो रोगको रुपमा सीता दिदीभित्र गाँजिइरहेको थियो । धेरै वर्षपछि पोहरसाल शेखरलाई भेट्दा सीता दिदीले कोठामा एक्लै पारेर टिलपिल आँशुले भरिएका आँखा मिच्दै भनेको कुराले अहिले उसलाई केही मान्छेसँग यति घृणा हुन थालेको छ त्यतिको घृणित मान्छे अरु कसैको कोही छैन र हुदैन पनि होला संसारमा !

ज्वाइँ मैले मान्छे चिन्न सकिनछु सकुनीहरु त आफ्नो मान्छे भएर घरमै आउँदो रहेछ । चोर र फटाह चिन्न गाह्रो हुदोरहेछ । अब म यो घरबाट कहिल्यै बाहिर जान्न । यस्तो भन्ने सीता दिदी अन्तत सदाका लागि जानु भो । शेखरले कहिल्यै सोचेको थिएन सीता दिदीले कुनै दिन यस्तो कुरा मसँग गर्नुहुन्छ भनेर । सधैं उनीहरुले शेखरका बारेमा नभएका नकारात्मक कुरामात्र कथुरी रहन्थे । मन्थरा र सकुनीले जस्तो उसका विरुद्ध षडयन्त्रमात्र गरिरहन्थे तर त्यो षडयन्त्र शेखर हैन सीताका विरुद्ध भइरहेको थियो । सीता दिदीले त्यो कहिल्यै बुझ्नु भएन ।

अहिले शेखरको कानमा सीता दीदीको मलिन त्यो आवाज गुन्जिरहेको छ । आँखामा सीता दिदीको त्यो पश्चातापपूर्ण अनुहार झल्झली आइरहेको छ । मस्तिष्कमा सीता दिदीको निष्कपटता अनि नारीसुलभ सोझोपन खेलिरहेको छ । शेखर भित्रभित्रै मुरमुरिन्छ दाह्रा किट्छ मुठ्ठी बटार्छ र भन्छ ूपापीहरु तिमीहरुले सीता दिदीको हत्या गर्यौ ! तिमीहरुनै सीता दिदीका हत्यारा हौ । तिमीहरुले गरेको अपमान अपहेलना र धोकाले सीता दिदीको साहस टुटायौ । निर्वल बनायाै लाचार बानायौं र मृत्युको मुखमा हाल्यौ । उपचार गर्न पनि विमुख गरायौ ।
सीता दिदी साह्रै साहासी हुनुहुन्थ्यो । आँटी हुनुहुन्थ्यो । नाजायज कुरामा कसैसँग कहिल्यै झुक्नुहुन्थ्यो । अरु दिदीबहिनी र आमा पनि सीता दिदीसँग डराउनु हुन्थ्यो । तर जालीको जालमा फसेपछि सीता दिदीको आँत कमजोर भइसकेको रहेछ । चंगुलमा फसेको माछो जस्तो भित्रभित्रै छट्पटिइरहनु भएको रहेछ । भनौ कसलाई भनौ घरको पीडा नभनौ कति सहुँ एउटा स्वाभिमानी मान्छेमाथि भएको मानसिक यातना । यो कुरा सबै शेखरले त्यही दिन मात्र खुलस्त थाह पायो । अरु पनि धेरै कुराहरु भन्ने इच्छा सीता दिदीलाई थियो होला तर अनुकुलता परेन । धेरै कुराहरु बाँकी र थाँति राखेर जान!भो !
शेखरले यो कुरा जोसनलाई पनि भनेको थिएन । शेखर सीता दिदीको संघर्ष र त्यागलाई सम्झन्छ । दाजुभाइ नभएको घरमा दिदीबहिनीहरु जस्तै दिदीबहिनीका लागि दुःख गरेर पढेको र अविवाहित बसेको । एम। कम। पढ्न बसन्तपुरदेखि किर्तिपुरसम्म पुसमाघ असारसाउन नभनी पैदले हिडेर जाने आउने गरेको । जागिर खादै पढ्दै त्यहाँसम्म गरेर तीसौं वर्षको लामो जागिरे जीवन पछि सुख गर्छु भन्ने बेलामा भएको उहाँको असहज अप्रत्यासित अस्वाभाविक र असामयिक मृत्युको जिम्मेवार अरु कोही हैन सीता दिदीले भनेका ।शकुनीहरु नै हुन । हरेक शव्दमा हाँ हाँ र जालमा ताल मिलाउने मन्थरा चरित्रहरु नै हुन । जुत्ता लाउनेलाई थाह हुन्छ जुत्ताले खुट्टा कहाँनिर खान्छ भनेर पढेलेखेर अलिकति ज्ञान आर्जन गर्नेलाई मात्र थाह हुन्छ कि पढ्न लेख्न कति गाह्रो छ भनेर । तर ति शकुनी जस्ता पात्रलाई के थाह यि सब कुरा ! शकुनी चरित्र अर्कालाई पीडा दिनु र अरुको दुखमा रमाउनु हो । यस्तै यस्तै कुराले शेखरको मनमा अहिले डेरा जमाएको छ ।

सम्पत्ति खानु थियो खाएको भए हुन्थ्यो तर सीता दिदीको अबला सोझो र एकहोरोपनको भरमार फाइदा उठाएर बहक्याउनु कतिसम्म नीचता हो हुनत घरमा सबैले उसको चलामाला बुझिसेककेका थिए तर छोरीको मायाले आमा पनि चुप लाग्नु हुन्थ्यो र बहिनीले दुःख पाउँछे भनेर दिदीहरु पनि । तर उसले उनीहरुको संयमतालाई आफ्नी स्वास्नी मार्फत उपयोग गरिहर्यो । शेखर यी कुराहरु जति सम्झन्छ त्यति मुरमुरिन्छ ।

शेखरले आफू परदेशिनु अधि नै भनेको थियो सीता दिदी तपाइँ अलि दुव्लाउँदै गए जस्तो छ एक पटक डाक्टरलाई जचाउँनु । तर त्यसको प्रतिवादमा सीता दिदीलाई उल्टो बहकाए । सायद शेखरलाई समेत दोषी बनाए नजर लायो भनेर । डाक्टरकहाँ गएर केही हुदैन दिदी बोक्सीको आँखा लागेको हो । फलानी बोक्सी हो चिलानी यस्ती हो । फालानो बोक्सो हो त्यसको नजरमा हेर्नु हुदैन । त्योसँग बोल्नु हुदैन । धामीझाँक्री झारफुक भाकल तन्त्रमन्त्र आदिमा सीता दिदीलाई घुमाउने बहकाउने काम वर्षैवर्ष गरिरहेछ । आमा दिदीहरुले कति भन्दा पनि सीता दिदी मान्नु भएन सपेराको मोहनीमा फसेको नागजस्तो सीता दिदी उनीहरुले भनेको हरेक कुरामा टाउको हल्लाइरहनु भो । यस्तो पढेलेखेको भएर पनि के भएको होला सीता दिदीलाई सबैले यसै भन्थे ।

सीता दिदी रिटायर्ड हुदाँ आएको एकमुष्ठ तीस पैतीसलाख ! त्यो पैसाले संगसंगै दुइटा घर बने । एउटा भाडामा लाग्यो । अर्कोमा सीता दिदी आमा र आफ्ना अरु दिदीबहिनी छोडेर उतै सर्नु भो । बुढी भएकी आमालाई त्यो कुराले गहिरो असर पार्यो र आमा थलिनु भो । त्यो कुरा अरु दिदीबहिनीले बुझेका थिए तर बुझ्नु पर्ने ले नबुझे पछि के नै लाग्दो रहेछ र ! सीता दिदी अन्धो हुनु भो ।

नयाँ घरमा आज, भोली, पर्सी गर्दै दिन वित्दै गए । सीता दिदी अब उसलाई बोझ हुन थाल्यो । उ सीता दिदीका अगाडि नांगिदै गयो । दिनभर रत्नपार्क तिर चाहर्ने र पीपलबोटमा टुक्रुक्क बसेर सित्तैमा पत्रिका हेरेर त्यसैको भरमा घर आएर डिंग हान्ने गरेको भेद पनि सीता दिदीको ज्ञानचक्षामा खुल्दै गयो । सडकमा ढुङ्गा हान्न गएर आज यस्तो भो आज उस्तो भो भन्दै कहिले दरबारको मान्छे त कहिले सीआइडी विभागको हँ भन्ने मान्छे जब दिनभर विना काम न काज घरमा कुचो लाएर बसेको देखेपछि मात्र सीता दिदीलाई थाह भो म कस्तो मान्छेको फेला परेछु भनेर ! आफैंलाई हप्काइ दप्काइ गर्दा पनि लोग्नेलाई संसारको अलेक्जेन्डर द ग्रेट जस्तो देखाउन सधैं हो मा हो भन्ने बहिनीप्रति पनि सीता दिदीको आँखा अलि उधि्रयो । यो त ………मान्छे होइन रहेछ ।

आज अलिकति ! भोली अलिकति ! पर्सी अलिकति गर्दै गर्दै जब उसले आफ्नो असली चरित्र पुरै देखायो सीता दिदी उसँग बस्न नसकेर फर्किने निधो गर्नु भो तर त्यतिबेलासम्म आमा वितिसक्नु भएको थियो र सीता दिदी आफैका लागि पनि ढिलो भै सकेको थियो । आमा वित्दा पनि उसले खासै वास्ता गरेन । उसबाट कुनै साहनुभूति वा समवेदना चूहिएन । गोहीको जतिपनि आँशु चुहाउन नसक्ने त्यो मान्छे जस्तो देखिने मान्छेले । सायद उ सीता दिदीको पनि कामना गरिरहेको हुनसक्छ जति छिटो सीता दिदी ………… त्यति चाँडो यो घर……॥ !उसलाई साइनो मानवियता र कर्तव्यपरायणता भन्दा पनि घरसँगको साइनो दह्रो बनाउनु थियो । उ त्यो घरमा भित्रिए पछि मान्छेसँगको अरु साइनोलाई उसले तोडिदियो ।



June 8, 2009

बोझिलो दुखी नासो

प्रबिण थापा

अन्धकारको दुनियाँमा,बसाइ गयो नभन है
जाली माया गरेर, फसाइ गयो नभन है

वाध्यता छ मेरो सामु दुरदराजमा जानु पर्ने
जारी बैरी शत्रु सबै, हँसाइ गयो नभन है

बेला बेला फोन गरौला चिट्ठी पनि लेख्दै गर्छु
शिखरमा चढाएर, खसाइ गयो नभन है

केही बर्ष त हो नि सानु फर्की चाँडै आउछु
अत्यासिलो भङ्गालोमा, धसाइ गयो नभन है

कसैको भन्नु नहोस राम्रो सोच्नु राम्रो गर्नु
बोझिलो दु:खी नासो, टसाइ गयो नभन है


June 6, 2009

भारत ले नेपाली को भावना मा चोट पुर्‍याउदै छ

शेखर ढुङेल

०६-०५-२००९

नेपाल र भारतको बीच विश्‍वमै एउटा अद्दितिय सम दुरी, धार्मिक एबं सास्कृतिक समानता र सामिप्यता हुनुको बाबजुद अनादी काल देखी नै पर्बतिय सृखंला र ॠषी मुनीहरुका तपोभुमी नेपाल आफ्नै बिशेष परिचय र अस्तित्वमा रेहेको देश हो । दुई देश का जनता बीच को सुमधुर सम्बन्ध र समदुरी लाई भारतीय सरकारको साउथ ब्लकले नाजायज निती मा परिणत गर्दै लगेको छ । साम्राज्यबाद बाट स्वयम पीडित भारतले छिमेकीहरु प्रती दादागिरी देखाउनु आँफैमा उदेक लाग्दो छ ।

एकाध सय बिभिन्न मुखुन्डो लगाएका नेपालका पापड लाल नेताहरु उस्को चरणमा छन भन्दैमा नेपाली सपुत हरुको बिरताको ईतिहासको साक्षी रहेको भारतले हामी नेपालीको सम्बेदनशील भावनामा खेलबाड गर्ने दुस्प्रयास गर्दछ भने त्यो भारतको लागि अरिंगालको गोला मा हात हाले बराबर हुनेछ । नेपालमा पनि लोन्डुप र लिट्टे उत्पादनको खेती फास्टाउदछ भन्ने भारतको सोच हो भने उस्ले आफ्नै खुट्टामा बन्चरो हान्यो भनी जाने हुन्छ । ''प्लिज नेभर उन्डरइस्टुड नेपलिज सेन्टिमेटल्'' भारत ले हाम्रो सम्बेदनशील भावनाको कदर गर्न जानेन वा सकेन वा आक्रमण गर्न खोज्दछ भने उ विश्‍व मै बदनाम हुने छ ।

कास्मिर को पिडा लाई नियालेर हेरोस अनी छिमेकी लाई कुदृष्टी लगाओस । छिमेकी लाई अस्थिर बनाएर , पेलेर अफु बलियो हुने भ्रम भारत ले त्याग्नु पर्दछ । नेपाल मा सधैं कुदृष्टी राख्ने भारतले नेपालीको एकतामा बिचलन भएको मौका पारी राजसस्था ढाल्न सफल भए पछी उस्ले रोपेको लोन्दुप र लिट्टे हरु फलेफुलेको भ्रम बढाएको हुन सक्तछ । त्यसैले निर्भिक्क भएर सिमा स्तम्भ गायब गरिदिने , मिच्ने र सिमा क्षेत्र मा बस्ने हज्जारौ नेपाली लाई आमानबिय ढंगले बिस्थापित हुनु पर्ने सम्म को अत्याचार गरेको छ । भारतको यो निम्न स्तरको दादागिरी ले संसार उ को सामुन्ने बदनाम हुनेछ ।

हाम्रा अदुरदर्शी सत्ता लोलुप पापड लाल केही नेताहरुको बिरोध , जुलुस , भाषण र स्मरण पत्र दिने औपचारिकताको भारतले मतलब राख्ने छैन । देखी हालियो, सचित्र अन्तरराष्ट्रिय चर्चाको बिषय भैसकेको दाङ घटनालाई भारतीय राजदुत सुदले ठाडो अस्विकार गर्दै चुनौती नै दिएका छन । दुताबास भन्दछ सिमा बिगारेको , हराएका छैनन , भारतीय सुरक्षा बलले केही गरेकै छैन, कुनै सीमा मिचेकै पनि छैन , नेपाली लाई झनै उत्तेजित बनाउने गरी यो बक्तब्य आउनु झन खतरा को संकेत हो । भारत सित टस्सल गर्न नैतीक रुपले आत्मबल गिराइ सकेका राजनैतिक दलले खुलेर बिरोध गर्न सकेका छैनन । देश सरकार , संबिधान , निती नियम बिहिन अवस्थामा पुगेको छ, यस बेला सम्पूर्ण तप्काका स्वाभिमानी नेपाली जनता एक भएर भारतको दादागिरी को बिरुद्धमा उत्रनु पर्ने भएको छ । नेपालको स्वाधिनताको लागि खम्बाको रुपमा रहेको राजसस्थालाई भारत कै चक्रब्युह मा फसेर ढाले पछी काठमान्डुमा दिल्ली दरबार खडा भएको छ । हाम्रा देशका सरकार प्रमुख र नेता भारतीय दुत का जागिरे जस्ता देखिएका छन । साझ बिहान घर घरमा गै यो गर र त्यो गर भनी आदेश दिन्छन । यस्तो अवस्थाको अन्त गर्न हामी जनता नै उठनु पर्दछ।

देशलाई माया गर्ने स्वाधिन नेपालका स्वाभिमानी नेपाली स्वदेश बिदेश जहाँ भए पनि भारतको दादागिरी , अन्याय अत्याचार , बिरुद्ध अन्तरराष्ट्रिय रुपमा सशक्त आवाज उठाउनु पर्दछ , तराइ का बिभिन्न शशास्त्र अपराधीक ( भारतीय ) गतिबिधी सन्चालन गर्दै आएको पर्सा ( बिरगन्ज ) को कन्सुलर कार्यालय हटाउनु पर्दछ , लैनचौर दुताबासमा भएको नेपाली नेता र उपल्लो कर्मचारी लाई बिदेशी रक्सी बाड्ने शाखा खारेज गराउनु पर्दछ , सयुक्त राष्ट्र संघ को स्थानिय र प्रमुख नियोग मा सप्रमाण भारत बिरुद्ध उजुरी दिनु पर्दछ , स्वतन्त्र अखन्ड राष्ट्र को हैसियत ले आफ्नो अस्मिता जोगाउन निस्चित नाका मात्र खोली मेची महाकाली सीमा मा पर्खाल लगाउनु पर्दछ , भारत सित पनि बदलिदो परिस्थिती अनुरुप राहदानी को ब्यबस्था गर्नु पर्दछ ।

हाम्रा पुर्खाको वीर गाथाले सुसज्जित सुन्दर देश नेपाल लाई भारतीय कुदृष्टीको बाछिट्टा बाट सुरक्षित राख्न परम्परागत सन्धि र नितीमा परिवर्तन गर्न जनताले अब नेताको मुख ताक्ने होइन स्वयम अरिंगाल बनी जाइ लाग्नु पर्दछ । जय होस नेपाल र नेपाली को ।



विदेशी हस्तक्षेप, हाम्रो बिरोध र घर भित्रका मतियारहरु ।

देशको कुनै पनि निकाय वा समग्रमा देशमाथी कुनै विदेशी हस्तक्षेप हुँदा हामीहरु सबै,सधैं विदेशीलाई धारे हात लगाउँछौं र निन्दा पुराणमा व्यस्त रहन्छौं र आफनो कर्तव्य जिम्मेबारी पूर्वक निर्वाह गरेको ठान्छौं। तर गहिरिएर हेर्ने हो भने ईतिहास साक्षी छ, देश ठुलो-सानो, धनि-गरिव जस्तो सुकै होस, कुनै पनि विदेशी शक्तीले आर्को राष्ट्रमा हस्तक्षेप गर्दा त्यहि देश भित्रका कुनै व्यक्ति, संस्था, दल वा समुहको सहयोग लिएर मात्रै गर्छ ।

सीक्कीमको भारत विलय देखी लिएर सद्दाम हुसेनको गिरफ्तारीसम्म सबैमा विदेशी शक्ती सफल हुनुमा देश भित्रै रहेका र विदेशीको ईशारामा चल्ने वा सिधै भन्दा ‘ईमान बेच्ने’ हुनु नितान्त जरुरी थियो/हुन्छ ।

केहि दिन देखी छापामा आएका सीमा अतिक्रमणको समाचारसंगै हामी पनि भारत बिरोधी नारा, भाषण र निन्दा गोष्ठीमा व्यस्त छौं । हो, विदेशीको कुनै पनि हस्तक्षेप हामीले सहनु हुँदैन, तर के यहि एक दुई पर्चाबाजी र बिरोध पत्र थमाएर हाम्रो कर्तव्य पुरा हुन्छ त?

बेला बेलामा नेपालको नाडी छाम्दै, जिस्क्याउँदै र ‘ए ! झुक्कीएछ’ भन्दै फर्कने विदेशि तत्वको शाहस त्यत्तीकै बढेको छैन। तीनलाई खुल्लै रुपमा सहयोग र समर्थन गर्ने धेरै हस्तीहरु हाम्रो देशमा निर्धक्क आफ्नो कीर्तनगानमा व्यस्त छन।

भर्खरै दाङमा अतिक्रमण भयो, एउटा सार्बभौम देशमाथीको यो बल प्रयोग गलत मात्रै थिएन, विश्वकै सबैभन्दा ठुलो लोकतन्त्रको पगरी भिरेको देशको लागि लज्जाको विषय पनि हुनु पर्थ्यो । तर यस्तो निर्लज्ज बल मिचाईलाइ हाम्रै देशकी नेतृ र मन्त्री समेतले घुमाउरो पाराले समर्थन गरीन “हैन भारतले सिमा मिचेकै छैन (नेपालीहरु त्यत्तीकै बहुलाएका छन, बदमाशहरु !)

नेपाली मितीमा तथ्य राख्दा, दैनिकीको जेष्ट २३ को खबर अनुसार संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिले सीमा अतिक्रमण गरिएको दाङको सीमा क्षेत्रमा स्थलगत अवलोकनका लागि सबै दलका सभासदहरुको टोली बनाएर त्यसतर्फ पठाउने निर्णय गरेको खबर छापीएको छ । तर सो भन्दा एक दिन अगाडि नै (अवलोकनपूर्व नै) , अर्थात जेष्ट २२ गते नै हाम्रो परराष्ट्र मन्त्रीले भारतीय पक्षले नेपाली सीमा मिचेको नपाइएको बताईसकेकी थीईन । धन्न छ टिकेको छ हाम्रो देशको अस्तित्व !!, यस्ता यस्ता हस्तीहरुको छत्रछायाँमा ।

कुरोको चुरो तर्फ जाँदा, धारे हात विदेशीतर्फ फर्काउनु भन्दा पूर्व खुला रुपमा देश बेच्न तम्सनेहरुलाई तह लगाउनु नितान्त जरुरी देख्छु म ।

जसरी शरीर विरामी हुँदा अन्य बाहिरी जीवाणुबाट बच्नु भन्दा, पहिलै काया प्रवेश गरी सकेका किटाणुलाई निर्मूल गर्नु जरुरी हुन्छ, त्यसै गरी आफ्नै घरको मानो खाएर विदेशीको सेवा गर्ने लाई ठिक ठाउँमा नल्याएसम्म यो बिरोध सार्थक हुनै सक्दैन । अनी हाम्रो देशमै यस्ता धमिराहरु रहेसम्म हाम्रो बिरोध र आक्रोशले विदेशी सुध्रीएला भनेर आश गर्नु पनि बेकार ठहर्ने छ।

संसारको प्राकृतिक नियम छ, गलत कार्य गर्ने जतीसुकै बलवान भएपनि एकजना गान्धी जस्तो हाड छालाको ढाँचासंग पराजीत हुन्छ । वलिष्ठ बाहुबल भएको चोर पनि दूर्वल मानिसको घरमा छिर्न डराउँछ । तर सर्त एउटै रहन्छ घर भित्र चोरका मतियार हुनु हुँदैन ।

हाम्रो मुलुक निर्वल होला, तैपनि कुनै सबल देशले हामीलाई तबसम्म दागा धर्न सक्दैन जबसम्म हाम्रै देश भित्र उसका मतियारहरु हुदैंनन् । घर जोगाउने काम पहिला घरभित्रै बाट शुरु गर्नु पर्छ र घरभित्र बसेर छिमेकीको सेवा गर्नेलाई पहिला तह लगाउनु पर्छ। आफ्नो मतियार नभएको घरमा जस्तो सुकै छुल्याहा छिमेकीले पनि आखाँ उठाउन पनि सक्दैन



June 5, 2009

शिरबन्दी नअडिने रित्तो केश

सुमन बगाले सुमनसुधा
आँबु खैरेनी तनहुँ
नेफुल्दैमा शेष ठानेछौ
शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएर
नसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौ
मरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ॠतुमा नफुल्दैमा शेष ठानेछौ


June 4, 2009

तिम्रो मजेत्रो फाटेछ आमा

तिम्रो मजेत्रो फाटेछ आमा म टाल्छु भन्थ्यो
पिर सुर्ता नगर सुख सँग म पाल्छु भन्थ्यो

विश्वास कस्ले निभायो चेतना अधेरो भो रे
भरोसा जगमगाउने बत्ती बाल्छु भन्थ्यो

जर्जर भो रे उर्बर माटो, बाँझो कती राख्नु
रगतले गन्हाकोछ, पसिना हाल्छु भन्थ्यो

पुर्खाको सिको बिर्सिएछ, कती छिटो आमा!
अब स्वाभिमान निखन्ने काम थाल्छु भन्थ्यो

दुई खोच बिच अल्मल्लिएको हाबाको झोक्का
अब त आफ्नै मन र पनमा ढाल्छु भन्थ्यो

राहतको अनुभुती के गरेथे झल्यास ब्युझें
कस्तो देखेछु सपना बिकृती फाल्छु भन्थ्यो


उहाँले प्रश्नको जवाफ दिनुभो

राकेश कार्की
लस् एन्जेलस्
उहाँले प्रश्नको जवाफ दिनुभो
कसैलाइ उत्तर कसैलाइ रवाफ दिनुभो
प्रश्न सबै मार्मिक थिए
कुनै सामाजिक कुनै धार्मिक थिए
यथार्थता सबै प्रश्नमा थिए
मनभरी घाउ बोलेका थिए
जस्तालाई त्यस्तै जवाफ दिनुभो
कसैलाइ सान्त्वना कसैलाइ रवाफ दिनुभो
हकिकत प्रश्नले एकचोटी घोच्दा
उहाँले जड०गीएर दुइचोटी घोच्नुभो
धेरै प्रश्नसँग असहमत हुनुभो
अचानोलाई पींडा हुन्छनै भन्नुभो
सही या गलत जवाफ दिनुभो
कसैलाई फकाउनुभो कसैलाइ रवाफ दिनुभो


June 3, 2009

सत्य

शेखर ढुङेल
०६-०२-२००९
आबरण मात्र राम्रो हो
भित्र भद्रगोल छ
कतै आक्रोस कतै बिद्रोह
त्यो होइन
जो देखिन्छ
मनमा उ छैन
जो दिमाग ले बोल्छ
आबरण मात्र राम्रो हो
हाँसो क्रितिम
छाती कुढिएको छ
दु:ख छैन आशुमा
ठट्टा भरिएको छ
कठोर बोली भित्र
मन पगाल्ने
आशु लुकेको छ
लामो सुस्केरा
सपना छ रहर छ
दिन र रात यहाँ
फरक भन्न मुस्किल छ
आबरण मात्र राम्रो हो
कतै उन्मान्द
कतै बित्रिष्णा छ
बिचित्र चमत्कार
लक्ष्य अन्धकार छ
लोभ्याउने लेबल भित्र
तितो ओखती भरे झै
आबरण मात्र राम्रो हो
अगाडि बढ्ने सपना भित्र
बिबेक बन्धकि परेको छ
ठेल मठेल तमासा मात्र
देख्दा र भोग्दा को
मानिश बिलकुल फरक छ


एउटा जीर्णकाय धृतराष्ट्रको मनोलाप

महाराजगञ्ज , राति ११ बजे जेठ २०, २०६६

म नै क्रान्ति र इतिहास दुबै हुँ । को छ म जति देशका लागि लडेको यो देशमा जीवित अब ? राणा, त्रिभूवन, महेन्द्र, वीरेन्द्र , ज्ञानेन्द्र , प्रचण्डेनद्र ( ए यो पछिल्लो त राजा हैन क्यारे !) सबैका बिरूद्द लडियो । हुनत , त्यो लडाईँको व्याज शुद्द असूल गर्ने गरी प्रधानमन्त्री पनि खाइएकै हो । आँफू बिरुद्द टकराउने सबैलाई थान्को पनि लगाइएकै हो । गणेशमान, किसुनजी कसैलाई पो बाँकि राखियो र ? जिन्दगीमा के गरिएन ? हुलाकी भइयो, मजदूर नेतादेखि क्रान्ति नायक सम्म भइयो , जहाज अपहरण गरियो । सान्दाजूले केही गर्न र हुन सक्दैनस् भने पनि वहाँको शेषपछि म के भइन ? कुनै दाजूहरूले हुनै नसकेको सबै भएँ । अब जाने बेलामा केही शान्ति कायम गर्नुपर्छ र मुलुकलाई गणतन्त्रमा लगेर प्रथम राष्ट्रपति हुनुपर्छ भनेर पछिल्लो समयमा के गरिएन ? देख्नै नसकिने उग्रे कम्निष्टसंग दिल्ली धाएर हातेमालो गर्दै राष्ट्रपति बन्ने प्रपञ्चमा लागियो । तर जिन्दगीमा एउटै विस्मात छ , यो प्रचण्डे दाहालले हुन्छ हुन्छ भन्दै थाङ्नामा सुतायो । राजा हटाउने कुरामा ज्यान गए लागिन्नथ्यो, राष्ट्रपति हुने कुरामा वचन नदिया भए । यसरी ‘तपाईँ बाहेक कसलाई बानइन्छ र’ भन्दै लगेर अन्तिम समयमा धोका नदिएका भए , मुलकको राजनैतिक इतिहासका सबै रेकर्ड लिएर मर्न पाइन्थ्यो । तर यो कुरा लेखेको रैनछ, क्यारे ! यो धोकाको पाठ प्रचणडलाई पढाउँला भन्ने सोचेको थिएँ तर नसकेर हैरान भएका बेलामा कहाँको कटुवाल हटाउने भनेर मच्चिएर आँफै थच्चियो मोरो । धन्न , सेनाको मामिलामा भारतले गर्नु गर्‍यो, नत्र मेरो जोडबलले केही हुन सकेको कहाँ थियो र ? मैले त सुजातालाई सक्छेस् भने जा गएर त्यही प्रचण्डसंग मिलेर मन्त्री खा सम्म भन्दियाथेँ । गर्न पनि के के गरी तर कुरा मिलाउन सकिन । मात्र उफ्रिन जानेकि छे, केही कुरामा गरी खाने ढंग कहाँ छ र त्यसको ?

फेरि , मन्त्री नभै हुन्न भनेर मच्चिएकी छ । कसैले मन पराउने पनि हैनन् । साह्रै उत्ताउली कसैलाई मान्छे राख्नै नसक्ने खालकी महाघमण्डी र मैमत्त छ । शुसील , सशांक, शेखर आफ्नै परिवारका कसैले देखिसहन्नन् । सुजातालाई मन्त्री बनाएर पठाउने हो भने पार्टी छोड्छु भनेर धम्क्याउँछ शुशिलले पनि । सशांक र शेखर त बोलेका पनि छैनन् । पार्टीका मान्छेको के कुरा गर्नु , धन्न मुखै फोरेर केही भनेका सम्म छैनन् । शेरबहादुरले केही बोलेको छैन । ऊ भने यही मौकामा आरजूलाई पनि पठाउन सकिन्छ भनेर ताक हेरेर बसेको छ । त्यो सुशिलेलाई अघि अघि कति पटक मन्त्री खा भनेर भनेँ । अहँ , पटक्कै आँट गरेन । कहिले चुनाब हार्यो। । चुनाब हारेर के हुन्छ , आइज भनेर सुर्‍याएँ । अहँ मानेन , पार्टीको काम गर्छु भन्यो । आफ्ना मान्छेको लिष्ट लिएर आउँछ । फलाना फलाना बनाउन पर्छ भनेर, आफ्नो ह्याउ भने छैन । यस्ता लूतेले गर्छन् ? सुजाताले भने सँधै मन्त्री बनाइदे भनेर जिद्दी गरि राख्छे । यसलाई फेरि कसैले पताउने नै हैनन् । एक पटक बिदेश गइछे , ३ लाखको चस्मा र ५ लाखको थैली ( ह्याण्डब्याग ) किनी भनेर सारा पत्रिकाले खेदो खने । घुम्ने र खर्च गर्ने बानी भएकाले त्यो उपेन्द्रे मन्त्री हुँदा घुमेको देखेर मलाई परराष्ट्र् मन्त्रि नै चाहिन्छ भनेर उफ्रेर बस्न खान छैन । जे देख्यो त्यही चाहने ५२ वर्षकि बच्चा जस्ति ! पार्टीले मलाई नै सरकारमा जाने मन्त्रिको सूचि बनाउने जिम्मा दिएको थाहा पाएपछि त झन ढुक्क भैसकी । अब झन गाह्रो । अरू कुराले त हैन आफ्नै केटाहरूको कारणले । त्यो सुशिल, शेखर र शशांकसंग मात्र डर लागिरा’छ । पार्टीले त के नै लछार्ने हो र ? ती हूतिहाराको के खैरियत ?

एउटी छोरी मात्रै त हो मेरो भन्नु । जिन्दगीमा मैले लिन पर्ने कुरा सबै लिएँ । अब बाँच्ने दिन पनि धेरै छैनन् मेरो शेष पछि यसलाई कसले पत्याएर माया गर्लान र मन्त्री बन्न देलान् ? आफ्नै भाइखलकले त देखिसहन्नन् । मेरो शेष हुँदा नै यसको जिद्दी धोको पूरा गर्न सकिन भने , मेरो आत्मालाई यसले शान्ति प्राप्त हुन पनि दिन्न होला । महा घमण्डी छ , जे पनि गर्न सक्छे । मेरो लागि पो के मोह बाँकि छ र अब ? अब मैले पाउने केही छैन । कांग्रेस, भविष्य , पद्दति सबै कुरा आफ्नो शेषपछि जस्तो भएपनि के फरक पर्छ र ? आफ्नो सन्ततिले नै सम्झिन चाहिन भने , यत्रो व्यक्तिगत इतिहासको के अर्थ रहन्छ ? मुलुकको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेको नेताको एउटा सन्तानको चेहरामा खुशी नपोती मर्न पर्‍यो भने के अर्थ रह्यो यो सबै कुराको ? जता गए नि जाओस् पार्टी र यसका नेताहरू जे गरे पनि गरून् । आखिर गणेशमानजीले प्रकाशमानलाई , महेन्द्रनारायणजीले बिमलेन्द्रलाई आफ्नो उत्तराधिकारीको रूपमा अघि बढाएकै हुन् । अरू पार्टीमा झन लोग्ने स्वास्नी छोराछोरीको लहरै सरकारको मन्त्री र संविधानसभामा छाएका छन् । बाबुरामाका बूढाबुढी नै थिए । ऊ, झलनाथले पनि साढू भाइ सुरेन्द्रलाई पठाएछन् अर्थ मन्त्री बनाउन । मलाई मात्र परिवार च्याप्यो भन्ने ? मैले त झन त्याग गरेको छु । अहिले चाहेको भए प्रधानमन्त्रि फेरि खान पा'थेँ । सूदले तपाईँ नै बन्नुस् भन्दा , म यो लफडामा पर्न चाहन्न बरू माधवजीलाई बनाइदिउँ ,दुइटा कम्युनिष्ट लडाएर हेर्न मज्जा हुन्छ भन्ने सल्लाह दिएर पठाएँ । हुनपनि अहिले काम गर्न साह्रै गाह्रो छ । सुजाता पनि मान्छे बाठी छ , परराष्ट्र मात्र खान्छु भनेकि छ । यसो गर्दा सरकारको असफलताको जसको भारी पनि बोक्न नपर्ने बिदेश चहार्न र र रहर पूरा गर्न पाइने , ठिकै छ । जसले जे सोचे पनि सोचून् , जो रिसाए पनि रिसाऊन् वा खुसाउन् केही मत्लब छैन ।

भन्दिन्छु त्यो सुशिलेलाई धेरै आह्रिस नगर बहिनीको भनेर । मेरो शेषपछि पनि तैँले उसैलाई माया गर्ने गर्नू , बेलामा साथ दिन्छे, ती शेखर र शशांकले भन्दा बढी सुशिलदालाई मान्छु भनेकी छ भनेर भन्दिन्छु । रहर गरेकी छ त खान देओन अरूको पनि पालो आउला नि भनेर सम्झाउन पर्ला । यस्तो यदुवंशी चालाले कसैको भलो हुन्न , अहिले रिस नगर उसको धोको पूरा हुन देओ भनेसि मान्लान कि ! शेखर र शशांक दुईजना डाक्टर हुन, जे गरेर पनि खान सक्छन् अनि पार्टीमा पनि तिनलाई विश्वास गर्नेहरूको ठूलो लबी छ । खुबी भएर पार्टी सखापै भएका बेलामा पनि चुनाब जितेर आउने सकेका पनि हुन् । केटाहरू विद्वान छन् , अरूले पत्याउँछन् अनि मैले माया नगरे पनि आफ्नो ठाउँ आँफै बनाउन सक्लान् तिन्ले तर मेरो जीवनमा नै मैले मेरी जिद्दी छोरीलाई उसले मागेको दिन सकिन भने , म मात्र एउटी छोरीको पिता भएको के औचित्य ? हुनपनि मैले कांग्रेसको नेता हुनुको काम पूरा गरिसकेँ धेरै पटक प्रधानमन्त्री र पार्टी अध्यक्ष बनेर अब मैले सुजाताको बाबु हुनुको कर्तव्य मात्र पूरा गर्नु छ । अब मैले निर्णय गरेँ । मैले बोलिपछि बोलेँ । नेपाली कांग्रेस माधवजीको नेतृत्वको सरकारमा जानेछ । अरूले बिरोध गरे पनि सुजाताको नेतृत्वमा जानेछ र ऊ एक्लै भएपनि जानेछ । बरू भन्दिन्छु,कसैलाई उप प्रधानमन्त्रि दिनु पर्दैन , सुजातालाई बिदेशमन्त्रि दिए हुन्छ । मान्छे कचकचे स्वाभावकी छ , समस्या पैदा गर्ली बरू उपेन्द्र यादवकै जस्तो बाहिरतिर घुमिरहने मेसो मिलाइदिए झण्झट मुक्त होइन्छ भनेर माधवजीलाई सल्लाह दिन पर्‍यो । ( यति सोचेर, यी जीर्णकाय धृतराष्ट्र माधव नेपाललाई फोन गर्न फोनतिर हात बढाउँछन् ) ।



June 2, 2009

कामरेडको मनोवाद

अनहोनी भयो, नचिताएको भयो । जे गरे पनि कसले हटाउने तागत ? भनेर सोच्दा सोच्दै आफ्नै सगोत्री बामहरूले घात गर्दिए, सरकार ढल्यो । फेरि कम्युनिष्टहरूले कम्युनिष्ट सरकारको पतन गराउन भूमिका खेले , इतिहासको पुनरावृत्ति भयो । झलनाथ पनि पीँध नभाको लोटा परेछन्, आफ्नै कुरामा फिटिक्क अडिन नसक्ने । सेना चिफलाई स्पष्टीकरण सोध्ने कुरामा सहमति दिने अनि पछि हट्ने । एउटा बामदेव मच्चिएर के हुन्थ्यो उसलाई त पार्टी मै माओवादीको प्रतिनिधि भनेर चिन्न थालिसके । उसले प्रस्ताव ल्यायो भने नै शंका गर्ने भएपछि, एमाले मै राखेर उसको उपयोगको संभावना पनि सकियो जस्तो छ । यता भित्राऊँ भने, एउटा नारायणकाजीको समूहले त यत्रो बबाल भैसक्यो, अब बामेलाई ल्याएर कामरेड लालध्वजले बगावत नगर्लान भन्नै सकिन्न, उता बादल पनि गर्जिएर बर्सलान जस्तो भैसकेका छन् । सुजाताको साथ लिएर चल्न खोजेको पनि हो तर कुजाता परिछ । त्यो बूढो बाउलाई सहमत गराउन पनि सकिन । आखिर कांग्रेस भनेको उसको बाउ अनि बाउको एकलौटी प्यारी छोरीको जोरबलले केही टेको लाग्छ कि भनेर पनि चाल चलियो, अहँ टिकेन । हुन त के भन्ने, सबै एउटै सूदले ध्वस्त पार्दियो, अरूको के लागोस् । त्यो भारतीय जासूस अमरेशलाई फकाउन पनि मे दिवस मनाउन छाडेर कहाँ कहाँ लगेँ के के गरेँ तर कस्तो दूर्दिन आएछ केही लागेन ।

जाबो सेनापतिको कुरालाई अरूको साथ नपाइने भएपछि अब अगाडि नबढाऊँ भनेको पनि हो तर पार्टीका साथीले बस्न खान दिएनन् । स्पष्टीकरण मागेपछि, अहिलेलाई छोडौँ भनेँ तर कसैले सुनेनन् मेरो कुरा । सरकारबाटै हट्ने रिस्क लिन हुन्न यहीँ बसेर छापामार र कार्यकर्तालाई पारिश्रमिक र जागिर दिलाउन सजिलो पर्छ अनि सत्ता कब्जाको योजना र बाहिरी राष्ट्रसंग सम्बन्ध बनाउन सजिलो हुन्छ भनेर भनेको पनि हो , वैद्य गुरू र चन्द कामरेडले पटक्क मानेनन् । हुँदाहुँदा, बादललाई साथ दिँदै बाबुराम ( लालध्वज) पनि के को मेख मार्न उतै लागे कुन्नि ? कटुवाल रहूञ्जेल सेना समायोजन हुन दिन्न, जे पर्ला पर्ला गर्नै पर्छ भनेर उत्ताउलिए सबै, अनि भँड्खालोमा जाके । बाबुरामले सूदलाई मनाउन सक्लान नि आफ्ना दिल्लीवाला कामरेडको प्रयोग गरेर भन्ने सोचेको पनि बेकारै भयो । यिनलाई पनि उताकाले पताउन छाडेका हुन भन्ठानौँ भने, बाबुरामलाई प्रधानमन्त्री बनाउने भए, समर्थन जुटाइदिन्छौँ भनेर पो समाचार पठाए ! के मेरो उपयोग गरेर चुसेको ऊखू झैँ फाल्न खोजेका ? बरू प्रतिपक्षमा बसिन्छ वा अर्को रणसंग्राम गरिन्छ तर म हुँदा हुँदै बाबुराम वा कुनै रामलाई अगाडि बढ्न दिएर आफ्नो भविष्यलाई बिर्को लगाउन त ज्यान गए दिन्न म ।

जसरी सुलह गरेर चलौँ भने पनि सबै मिलेर पार्टीमा एक्लयाएर सत्तामा टाँसिइरहने चाल नगरौँ भनेर आरोप लगाए । यी अहिले सत्ता छाडेर भूत्रो हासिल भयो ? परिवारका सबैले मन्त्री सरहको जागिर खाएका थिए, बाबुरामका बुढाबुढी र अरू नेताहरूका जोडाजोडीलाई पनि सबै कुरा मिलाइयाथ्यो । तर खै के पाइयो हुँदा खाँदाको सरकार त्यसरी ल्वात्त छोडेर ? नया बजारमा डेरा सरे पछि , एकजना गतिलो मान्छे भेट्न आ’छैन । सब अन्तै लागि सके । सबै बलेको आगो ताप्ने त हुन नि !

रिस उठिरा,छ, रिसको झोँकमा खाँबो कोपरेर पनि भएन । गालीले मन भरिएको छ । विषवृक्ष त भन्दिइहालेँ , यो सरकार भारतको कठपुतली हो भनेर पनि भनियो र यतिसम्म भनियो कि यो सरकारलाई मान्यता नै दिइँदैन । अज बेबी किङ ब्यूताउन लागेको आरोप पनि गढियो तर के गर्ने कसैले सुनेर पत्याए पो ! भाषण गरेर मेरा सबै कुराको धज्जी उडाइदियो । बोल्न पनि कति जानेको ? भाषण पनि कति मिलाएर लेख्दिएका होलान नि , हामीले कतिञ्जेल लगाएर गाली र आरोप गर्‍यौं, एउटै भाषणले ती सबैको परखच्चा उडाइदियो । अस्ति गणतन्त्रको वार्षिकी मनाउन बोलाथे, बहिष्कार गरियो भूत्राको गइन्छ ! आँफूलाई सरकारबाट हुत्याउने अनि रवाफ देखाउन लौ हेर्न आइज मनाउन भनेर हुन्छ ? अनि त्यही रामवरण र कटुवालले गिज्याउनलाई बोलाको हाम्लाई ? मनाउने भए हाम्लाई अग्राधिकार दिएर मनाउन पर्छ । गणतन्त्र तिन्का बाउले ल्या’हुन र ? हाम्रा छापामारले लडेर ल्या’का हुन ? जस्ले ल्या’को हो उसको राज चल्ने पो लोकतन्त्र ! हाम्लाई रिसको झोँकतन्त्रमा धकेलेर आँफू लोकतन्त्र र गणतन्त्र मनाउने ? गनतन्त्र ( बन्दूक) ले गणतन्त्र ल्याएको हो नि । यो सहन सकिन्न ।

खैर केही छैन । जे भयो भैसक्यो । हामीले जानेको एउटै बाटो छ । कि हामी हुनुपर्छ, हैनभने कोही पनि हुन्न । हाम्रो गणतन्त्र को मोडेल नै यही हो । अब कार्यकर्ता, वाइसिएल र छापामार सबलाई जनताको रूपमा सडकमा उतारेर रडाकोको ताण्डव मच्चाइन्छ, कसैलाई चैनले बस्न खान दिइन्न । हामीले खान नपाएपछि अरूलाई पो सजिलै किन किन छोड्ने नि ? सत्ताको चास्नीमा यति गूलियो घोलिएको हुँदो रैछ र पो, कसैले छोड्नै नचाहने ! अहँ अब कुनै हालतमा छोडिन्न । चाहे देशै दन्दनी बलोस्, छोडिन्न । अब शहरी बिद्रोह गरिन्छ, सडकदेखि सदनसम्म तहल्का मच्चाइन्छ र कब्जा गरिन्छ भन्दै सारा हाम्रा मान्छे जनताका नाममा सडक र शहरमा उतारेर मुखमा हालेको गास ओकल्न वाध्य पारिन्छ । तर यसो गर्दा भोलि फेरि हुनसक्ने सत्तारोहणमा असर पर्छ कि ! हो पनि यो फुटेको घैँटोलाई जबर्जस्ति जोडेर बना'को सरकार कति दिन टिक्ला र ? फेरि हाम्रै दिन फिर्ने निश्चितै छ । त्यसैले फेरि काम लाग्ने र आशिर्वाद माग्न पर्ने प्रभूहरूलाई साह्रै चिढाउन पनि हुन्न । तर कार्यकर्तालाई उत्तेजित पनि बनाइराख्न पर्छ, यसो गर्दा प्रभू झनै बिच्किने पो हुन कि ! भोलिका लागि अरूको विश्वास पनि सुरक्षित राख्ने कोशिस गर्ने पो हो कि खै के गर्ने होला ? जंगल ? हुन्न अब त्यो हण्डर खान सकिन्न । हैन कस्तो बिलखबन्दमा परियो ? एकछिन आराम गर्न पनि सकिएन । यस्तो छटपटी त युद्दकालमा पनि परेको थिएन। हैन यो सरकार छोड्न पनि नसकिने, छोडेपनि यसैको यादमा मरिने त्यहाँ बसेर गर्न पनि केही नसकिने कस्तो बाँदरको शिकार रै'छ गाँठे ? हे भगवान ( कम्युनिष्टले भन्न नहुने हो, तर आफ्नो कोठामा एक्लै त कसैले थाहा पाउन्न, वहाँ माधव नेपालले श्राद्द गरे रे ! अनि बाबुरामले पनि त मनकामना दर्शन गर्‍या हुन नि , केही हुन्न अरूले थाहा नपाएसि ) मेरो रक्षा गर ! ( खुइयSSSSSSSSSS ! )



June 1, 2009

उपत्यका ठप्पमा सबै दंग


नेवा राज्यको माग राख्दै आज काठमाण्डौ बन्द गरेको खबर त तपाइहरुले सबै वेभ पत्रिकमा देख्नुभएको होला। पहिला पहिला काठमान्डौ बन्द हुंदा सोच्थे चारै तिरका मान्छे काठमाण्डौमा थुप्रेर बन्द गर्दैछन। बिचरा यांहाका बासिन्दालाइ कती दु:ख भएको होला। अझ भएन भनेर सिसा झ्याल फोर्ने,टायर बाल्ने आदीले त्याहांका बासिन्दालाइ कती दु:ख पुग्दो हो। तर आज भने त्यहीका बासिन्दाले आफ्नै घरको झ्याल फोर्ने देखी आफ्नै बाटोमा टायर जलाउने काम गरे।

दौतरीको जिमेलमा काठमाण्डौ बन्द सफल भएकोमा धेरै इमेल प्राप्त भइरहेका थिए। ति इमेलले मानौं तराइको द्वन्दले काठमाण्डौलाइ उछिनेको तर ढिलै भए पनि एकै दिनको बन्दले करिब करिब तराइकै सफलता प्राप्त गरेको छनक दिन्थे। अब काठमाण्डौबासी पनि गर्वले फुलेल हुने बेला आयो। उनिहरुलाइ पनि आफ्नो प्रदेशको अधिकारबारे ज्ञान आयो। मधेसी,लिम्बु पछि अब नेवारहरुलाइ आफ्नो इलाका खोज्न प्रेरणा मिल्यो। मगर र गुरुगंहरुले त उहिले माओबादीकलमा नै मगरात र तमुवान क्षेत्र भनेर घोषणा नै गरेका थिए। दसौं पूस्ता बिताएको मेरो गाउं उनिहरुको परिभाषामा तमुवान क्षेत्रमा पर्छ। भने पछि मेरो गाउंका बाहुन,क्षेत्री,कामी,दमाइ सबै तमुवान प्रेदेशमा पर्ने भए। भन्दा जात भात हटाउनु पर्छ भन्ने आन्दोलन भने जात जातको प्रदेश चाहिन्छ भन्ने। हामीमा गजबको बुद्दत्व छ।

बुद्दत्वको कुरा छोडेर बन्दकै कुरा गर्दा बास्तवमा आज काठमान्डौ बासीले आफ्नै घरमा आगो लगाएर आगो तापे। बन्द र हडतालको चपेटमा सधै पर्ने काठमाण्डौलाइ पूस्तौं बसेकाहरुले कसरी तहस नहस गर्नुपर्छ भनेर पाठ सिकाए। यो कुरा फोटो पत्रकार सबिन श्रेष्ठले पठाएको तस्वरि र बिबरणबाट स्पष्ट हुन्छ।

* प्रहरीले गुडाएको मोटरसाईकल रोक्न खोज्दा ललितपुरमा सुरक्षार्थ खटिएका स्थानीय प्रहरी र नेवारहरुबिच झडपको स्थिती ।
* ट्राफिक प्रहरी र नेपाल प्रहरीले चलाएको मोटरसाईकलको हावा फुस्काईयो ।
* संस्थानको गाडीमा प्रेसको स्टिकर ।
* बन्दको क्रममा ट्राफिक प्रहरीको लाईसेन्स र ब्लुबुक चेक ।
* साईकल यात्रीहरु समेतले हिड्नु पर्यो ।
* प्रेस स्टिकर टाँसेर मोटरसाईकलमा गुडाएका 'नक्कली पत्रकार'हरुमा आन्दोलनकारीको आक्रोश ।
* आन्दोलनकारी माझमा युनाईटेड मिसनका कर्मचारी ।
* फुटपाथ पसल र भित्री गल्लीका पसलहरु समेत बन्द ।
* सडकहरु खेल मैदानमा परिणत ।
* सञ्चार माध्यमका प्रतिनिधिलाई दुर्व्यवहार ।

नयां नेपाल बनेकोमा गर्व गर्ने हामीले यि नया समस्यालाइ कसरी झेल्ने हो कुन्नी? हामी अमेरीका,युरोपको सपना देख्छौं र सोमालिया,निइजेरियाली भन्दा तुछ्छ ब्यबहार देखाउंछौं। बुस र सुदलाइ गाली गर्छौं, अनि आफ्नै स्कुल, एम्बुलेन्स जलाउंछौं। हाम्रो बोलाइ र गराइमा समानता त छैन छैन, कसैले समानता छैन भन्यो भने मण्डले,अबसरबादी,प्रतिगामी आदी अंलंकार पहिराइहाल्छौं। साच्चै अहिलेको नया नेपालको जटिलतालाइ नेपालका नया प्रधान मन्त्री माधव नेपालले कसरी पार लगाउछन कुन्नी?



बिन्ती

आचार्य प्रभा
(अमेरिका )

बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...

मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...

त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...

तड्पिएरै बाँच्न पर्‍यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...



हाम्रो ब्लगका ब्लगर केपी ढुंगानाको सेरोफेरो


ब्लग भित्र ब्लग दौतरीमा राख्ने जमर्को स्वरुप यस पटक हाम्रो ब्लगका (Hamroblog.com) ब्लगर के.पी ढुंगाना आउनु भएको छ। सधै अरुको बारेमा ब्लग लेख्ने के.पी जी आज आफ्नै बारेमा सोधिएका प्रश्नका उत्तर बिस्त्रितरुपमा दिनुभएको छ। आशा छ उहांका ब्लग पारखीलाइ उहां बारे अझ बढी जान्न मौका पाउनुहुनेछ। साथै नेपाली ब्लगहरुलाइ पनि यो संबादले सहयोग पुग्नेछ भन्ने आशा गरेको छु। अब लागौं के.पी जी को ब्लग सवाल जबाफ तिर।

१) हाम्रो ब्लग सबैको ब्लगकी तपाइको ब्यक्तीगत ब्लग?
पाठकको हकमा भन्नुहुन्छ भने नाम झै यो हाम्रो नै हो । तर कन्ट्रीव्युटरको रुपमा भन्नु भएको हो भने ब्यक्तिगत ब्लग हो । यसको नाम चयन र प्रारम्भ सबैको ब्लग बनाउछु भनेरै गरेको हो । तर फाट्टफुट्ट बोहक अन्य मित्रहरुको सामाग्री त्यत्ति आउंदैन । पाठकिय दृष्टीकोणमा त हाम्रो बन्न सफल भएको छ जस्तो लाग्छ मलाई

२) कसरी चढ्यो ब्लगर भन्ने भुत?
ब्लगर बन्ने भुत ज्ञानेन्द्र शाहले चढाइदिएका हुन । यदी उनले प्रत्यक्ष शासन चलाएर प्रेस स्वतन्त्रतामाथि त्यत्तिको अनुदार नबनेको भए सायद यत्ति चांडै म ब्लगको बाटोमा पक्कै हिड्ने थिइन । माघ १९ पछि देखेको लेख्न पाइएन । अब देखेको कुरो नलेखी चित्त पनि नबुझ्ने । लेखेको कुरो घरको भित्तामा राखेर पनि चित्त नबुझ्ने । के गर्ने होला भनेर सोध्दै खोज्दै जांदा ब्लगसंग जम्माभेट भएको हो

३) बिबहा पछी ब्लगले कम समय पाएको त छैन?
विवाहको समयमा करिव १५ दिन नियमित हुन सकिन ब्लगमा । तर त्यसपछि छैन । उही स्पीडमा छु म

४) हाम्रो ब्लगका पाठक त छोटो समयमै १५ करोड नाघेछन। काठमान्डौको मिटर क्याब जस्तो त होइन?
हा…हा…हा । मैले त यादै गरेको थिइन । गडबड भएछ । यत्रा पाठक पाइसकेको छैन मैले । एक जना मित्रको सहयोगमा काउन्टर राखेको थिए । कहिले साइड परिर्वतन भए कहिले ह्याकरले रुवाए । पाठक गणना मिटर राख्दा पुरानो पनि मिल्ने गरी राख्ने कि भनेको थिए । गडबड भएछ । अब सच्याउंछु

५) तपाइका पुराना सामाग्री त गायब भएछन नी। यसबारेमा आफ्नो अनुभव के छ,ब्लगरहरुलाइ के सल्लाह दिन चाहानुहुन्छ ?
हो पुराना सामागि्र सबै हराए । ह्याकरले हैरान बनाए । पहिलो पटक हैन तीन पटक भइसक्यो यस्तो भएको । ०६१ चैततिरवाट ब्लग शुरु गरेको हुं मैले । त्यो बेलामा ब्लगसममा ब्लग चलाउंथे । आफ्नै डोमेन र स्पेशको भुत सवार भएपछि २०६३ वाट ब्लगरनेपाल डटकम डटएनपी डोमेनवाट ब्लग शुरु गरे । ब्लगसम एकाउन्टको सामाग्री सार्नुपर्ला भन्दा भन्दै एकान्ट नै डिलेट भएछ । २ वर्षको महत्वपुर्ण सामाग्री हरायो । पछि ब्लगस्रनेपाल डटकम ब्लग आएपछि धेरै मित्रहरुले डोमेन झुक्किएको गुनासो आएपछि हाम्रोब्लग डट कम दर्ता गरेर ब्लग चलाउंन शुरु गरे । यसमा पनि २ पटक ह्याकरले दुख दिइसके । पहिलो आक्रमणवाट सामाग्री जोगाउन सफल भइयो । तर दोस्रो पटक पुन ह्याक गरी सबै सामाग्री ड्यामेज बनाइदिए । बढो दुःख लाग्यो । पुराना सामाग्री संग्रह गरेर राख्ने बानी थिएन । महत्वपुर्ण सम्पत्ति त्यसै नाश भयो । यि दुखपछि ब्लगमा राखेका सामाग्री बेलाबखत कम्प्युटरमा ब्याकअप बनाएर राख्नुपर्ने रहेछ भन्ने शिक्षा पाए । अन्य ब्लगर साथिहरुले ब्लगमा राखेको सामाग्री कम्प्युटरमा बेला बेला ब्याकअप गरेर राख्नु भएको छैन भने राख्नु होला । नत्र मैले जस्तै दुख पाउनुहुनेछ

६) नेपाली ब्लग बिचार सुचुचित गर्नुको साथै अनुचित रुपमा पनि दबाइन्छ भन्ने आरोप निकै चर्चित छ,हाम्रो ब्लगमा यस्तो भएको छ?
तपाइले भन्न खोज्नुभएको मैले अलि बुझिन । यदी प्रतिकृयाको कुरा गर्नु भएको हो भने अश्लिल प्रतिकृया बाहेक अन्य डिलेट गर्ने गरेको छैन । सधै प्रतिकृया मनिटर गरेर बस्न भ्याइदैन । त्यसैले २ वर्ष जति प्रतिकृया मोडरेटमा राखेको थिए । एक वर्ष भयो मोडरेट सिष्टम हटाएकोछु

७) नेपालका गोष्ठीको उदेष्य गोष्ठीको समाप्तसंगै समाप्त हुन्छन। तपाइको बनेपा गोष्ठीले कती ब्लगर जन्माए?
पत्रकारीता प्रशिक्षणको क्रममा अनलाइन पत्रकारीताको विषयमा ब्लगलाइ पनि मिसाएर आफ्नो अनुभव बाडेको थिए । त्यसो गर्दा बनेपामा बढो राम्रो प्रतिकृया पाइयो । केही साथिहरु नियमति सम्पर्कमा हुनुहुन्छ । उहांहरु प्रत्येक सम्पर्कमा ब्लगका बारेमा चासो देखाउनु हुन्छ । केही साथिहरुलाई साइबर क्याफेमा लगेर प्रयोगात्मक रुपमा समेत ब्लग साचालनको विधि सिकाएको थिए । तर उहांहरुले ब्लग शुरु गर्नु भयो कि भएन जानकारी पाएको छैन । बनेपापछि नुवाकोट पुगेर पनि अनलाइन पत्रकारीता र ब्लगको बारेमा अनुभव बाडेको थिए मैले । यि दुबै स्थानको प्रतिकृयावाट मैले के बुझे भने प्रविधिप्रतिको सहज पहुंचको अभावमा ब्लगको संख्या नबढेपनि ब्लग र ब्लगरको कुरा हुंदा साथिहरु अल्मलिएर बस्नुपर्ने अवस्था रहेन । यो पनि राम्रै उपलब्धी हुन जस्तो लाग्छ

८) ब्लगमा गाली र ताली आउदा कस्तो लाग्छ?
बढो रमाइलो लाग्छ । ब्लगको सुन्दर पक्ष भनेकै यही सहज अन्तरक्रिया नै त हो । समुहमा कुनै विषयमाथिको बहसले प्रवेश पाएपछि कसैले समर्थन गर्छन कसैले विरोध । जो सामान्य हो । त्यसमा पनि ब्लगमा जत्ति बढि अन्तरक्रिया हुन्छ ब्लग गर्ने उति उर्जा बढ्छ । नियमित ब्लगको उर्जा नै यही गाली त ताली हो जस्तो लाग्छ

९) अन्य ब्लगरसंग भेटमा के कुरा हुन्छ? प्राय भेटीने ब्लगर को हुन? कुनै रमाइलो गफ सुनाइदिनुहोस न?
ब्लगरसंगको भेटमा अरु के गफ हुनु त्यही ब्लगको नै त हो । ब्लगका सामाग्री अन्तराष्ट्रिय ट्रेन्ड नयां आएको ब्लग लगायतका विषय नै हाम्रो कुराको केन्द्रमा हुन्छ । प्राय भेट भइरहने ब्लगर माइसंसारका उमेश श्रेष्ठ र फिल्मी ब्लग चलाउने प्रवेश सुवेदी हुन । तर लामो समय भयो दुबैसंग श-शरिर भेट नभएको । फोनमा भने कुराकानी भइरहन्छ । दुबैसंगको भेटमा प्राय ब्लगको नै कुरा हुन्छ । उमेशसंग कुनै प्रविधि सम्बन्धी कुनै ब्लगलाइ अझ पपुलर बनाउने भनेर गनगन गरिरहछु म । प्रवेशसंगको भेटमा चै बढि ब्लग थिमको बारेमा कुरा हुन्छ । उमेशसंगको स्मरणिय कुरा भनेको चिया खाएर ब्लगर सम्बन्धी संस्थाहरुको गफ गर्दा गर्दै ब्लगान नाम जुरेको थियो । अनी हामी दुबैविच ब्लगानको अध्यक्षको बारेमा चर्काचर्की परेको थियो । म भन्ने उमेश अध्यक्ष बन्नुपर्छ उमेश भन्ने हैन म बाहिर बसेर सहयोग मात्र गर्छु । तर अहिले त ब्लगान नै एकादेश भइसक्यो । प्रवेशसंग भेट भयो कि पहिला नै आज चै नयां थिम खोजीदेन नभन है भनिहाल्छ

१०) कामभित्र पत्रकार काम बाहिर ब्लगर, घरै पिंडालु बनै पिंडालु जस्तो लाग्दैन?
हैन बढो रमाइलो लाग्छ मलाइ त । पत्रकारको रुपमा जुन भुमिका निर्वाह गरिन्छ त्यो सत प्रतिशत आफ्नो सोचाइ अनुसार हुन्न । आफुले ल्याएको सामाग्री आफुले चाहे जसरी पस्कन पाइदैन । धेरै हाकिमहरु हुन्छन । ब्लगमा त ढुक्क सबै काम आफैं गर्ने । चाहेको सामाग्री आफुलाइ जसरी मनपर्छ त्यसरी नै पस्कन पाइन्छ । हाकिम कामदार दुबै आफैं । समाचार खोज्दै हिड्नेक्रममा पाएका कति जानकारीहरु पत्रकारको रुपमा पस्कन सकिंदैन । जसलाइ ब्लग मार्फत बाड्न पाइन्छ । त्यसैले यसमा त झन मजा छ

११) तपाइ ब्लगर या पत्रकार भनेर चिनीनु परे कुन रोज्नुहुन्छ?
म त ब्लगरका रुपमा चिनिन चाहन्छु । खै के मोहनी लगायो यो शब्दले म ब्लगर भन्दा मनै आनन्द हुन्छ

१२)एक जुगमा एक दिन पक्कै आउंछ त्यस पछी के आएको अनुभव भयो?
मैले यो प्रश्नै बुझिन । कुन प्रशंगमा भनेको हो स्पष्ट भएन

१३)नेपालका अहिलेका नेता मध्य सब भन्दा जनतालाइ काम लाग्ने को हुन जस्तो लाग्छ?
अहिले त्यस्ता नेता जन्मीइसकेका छैनन । अहिलेका सबै काम चलाउ मात्र हुन । काम चलाउमा को टिकाउ को कमशल भन्ने मात्र हो ।

१४)नेपालमा शहिद किन फेसन भएको होला?
फेसन भन्दा पनि यो विकृती हो । राष्ट्रका लागि साच्चिकै बलिदानी दिएका माथिको अक्षम्य गद्धारी हो । अनी यो गद्धारी कुनै १० लाखको लोभमा भएका छन कुनै पार्टीगत स्वार्थमा ।

१५)हाम्रो ब्लगका सिफारीस ब्लग मध्य एउटै ब्लग सिफारिस गर्नुपरेमा कुन ब्लग सिफारिस गर्नुहुन्छ?
त्यस्तो छैन । एउटा मात्र स्वादको खाना खाएर ब्यक्ति अघाउंदैन नी । हो ब्लग पनि त्यस्तै हो जस्तो लाग्छ । फरक फरक स्वादका भयो भने मज्जै बेग्लै हुन्छ

१६)दौतरी ब्लग कस्तो लाग्छ,केही सुझाब छ कि तपाइबाट?
इन्टरनेटमा सामाग्री खोज्ने क्रममा दौतरीसंग मेरो भेट भएको थियो । पहिलो भेटमै राम्रो लाग्यो मलाइ र अहिले नियमित छिर्ने गर्छु म । सामाग्रीहरु राम्रा छन । तर अलि साहित्य बढि भयो कि जस्तो लाग्छ । ब्लगभित्रको ब्लग यसको चिनारी हो यसलाइ निरन्तरता दिनु होला । साजसज्जामा अलि ध्यान पुगेको छैन कि

१७) तपाइलाइ भन्न मन लागेको र दौतरीले सोध्न भुलेको केही कुरा छ कि?
विचार भावना असिमित हुन्छन । ति सबै एकै भेटमा कहां सकिन्छ र हैन ? मलाइ ब्लगभित्रको ब्लगका लागि सम्झनुभयो धेरै धेरै धन्यवाद । दौतरी सबैको दौतरी बन्न सकोस शुभकामना ।


May 31, 2009

धोकाको परिमाण

गुरु केदार बराल
ओखल्ढुङगा, पोकली

भगवतीको मन्दिरमा हात समाएर
कहिले साथ नछोड्ने वाचा गरेको

आंशू झार्दौ आँखाबाट
कहिले नटुट्ने कसम खाएको ।

आज सम्झिन्छु ती क्षणहरु
प्रेम एउटा शक्ति मान्थे म
छातीमा सजाई उनलाई राखेके थिए
प्रेमकी खेलाडीको चक्करमा परे म !

अमृत सरी चोखो माया दिएर
उनलाई मनमा सजाएगथेँ
उनलाई मन पराउन पाप रहेछ
आज मिथ्या आरोपमा जेलिन पुगेँ ।
धोकाको परिणाम मैले पाईन
उनी सहारा विनाको जिन्दगीमा पुगिन
मैले ठूलो ज्ञान प्राप्त गरेँ
उनी पीरमा डुब्न लागिन् ।
सम्झना आउँदो रहेछ नी
कहिले काँही फोन गर्छिन्
अमर प्रेम कहाँ मर्छ र !
धोकाको परिणाम बुझ्दै होलिन् ।


पुराना पत्र पढेर

प्रबिण थापा

तिम्रो तस्बिर हेरेर, आज फेरी रोए
मिठो अतित सम्झेर,आज फेरी रोए

बल्झिए घाउहरु,चट्याङ् पर्‍यो मुटुमाथी
आँफैसग दु:खेर, आज फेरी रोए

भक्कानिए बिथोलिए,भाबबिभोर भए
अझै प्याला थपेर, आज फेरी रोए

हप्ता,महिना, बर्ष बिते,खबर आएन
भलो तिम्रो जपेर, आज फेरी रोए

आँखाभरी सुनामी झै याद उर्ली आयो
पुराना पत्र पढेर, आज फेरी रोए


May 30, 2009

रमाइलो शनिबार

गाउंका हर्के साउ दिनदिनै खोक्दा रहेछन। कस्ले सिकाएछ गोरुको दुध खाए खोकी निको हुन्छ भनेर। उनी आफ्नो काम गर्ने बिर्खेसंग जंगीए जा भरे सम्म गोरुको दुध लिएर आइज नत्र भने तरो छाला काड्छु। कस्तो आपत,गोरुको दुध कताबाट ल्याउनु। नल्याए छाला काढ्ने रे। कपालका रौं काट्दा त कस्तो दुख्छ अब छालै काडे के हुने होला। बिर्खे रनामा गाउं बेशी डुल्न थाल्यो। जुन गोरु देख्छ दुध दुहुन खोज्छ। गोरुको लात खांदा खांदा वाक्क भएर खोलाको छेउमा झोक्राउदै रहेछ। त्यतीकैमा स्यालका जम्बुमन्त्री टुप्लुक्क आएछन। बिर्खेको बेली बिस्तार सुने पछि हास्दै ल जाउं तिम्रो साउलाइ गोरुको दुध दिने काम मेरो भयो नत्र भने मेरो पनि छाला काडुन।

ढिलो ढीलो गेरर दुबै साउका पुगेछन। साउलाइ देख्ने बितिक्कै स्याल ठस ठस कन्दो रहेछ। आफ्नो मात्रै नभै स्यालको पनि छाला काडिने हुनाले बिर्खे अली ढुक्क थियो। के भयो ए जम्बुमन्त्री साउ कड्किए। स्यालले ठस ठस कन्दै उत्तर दियो,'बिर्खेसंग गोरु दुहुन गएको,ठाडो खोलामा आगो लागेको रहेछ,पोलेका माछा खांदा खांदा पेट फुलेर हैरान। बरु चर्पी कता होला'। त्यसै त सन्कि साउ त्यस्तो सुनेपछि सन्किदै भनेछन कहीं पानीमा पनि आगो लाग्छ? स्याले तुरुन्तै उत्तर दियो,गोरु ब्याय पछी खोलामा आगो नलागे के हुन्छ त? साउ चुप,बिर्खे भयो दंग।

यस्ता उट्पटागं कथा नेपालमा निकै प्रचलित छन। बिबहामा जन्ती जांदा यस्ता ठट्टेउला गफ निकै हुन्छन। बेहुली पक्षले किन ढिलो आएको भनेर सोधे बेहुला पक्षकाले हिउंद नै भए पनि भन्ने गर्छन खोलामा ठुलो बाढी आयो,झोलुंगो सम्म पानी अनी अर्को झोलुंगो बनाउन लागेको समय लाग्यो। यस्तै यस्तै गफ गरेर रमाइलो गर्छन।

बिरालो ले पाडो पाएको पूरानो चर्चित एउटा लोक गित पनि छ । यसलाइ रिमिक्स पनि बनाइएको रहेछ। त्यो गित र यस्का शब्द तल राखेको छु। तपाइको शनिबार रमाइलो रहोस।


कागज काट्ने बन्चरो काठ काट्ने कैंची
कुखुराले पाडो पायो छक्क पर्यो भैंसी

आज भैसी काहां चर्यो कर्णालीको तिरमा
पाडो टिपी चिलले लग्यो कुखुरा लड्यो डिलमा

तल पर्यो थर्को डांडा माथी पर्यो भैसे
अफिस गको मौका पारी बुढी पोइल गैछ

कागज काट्ने बन्चरो काठ काट्ने कैंची
आहाल बस्यो चैते ढेडु रुख चढ्यो भैंसी

गोरु गर्छ भुनुनु ड्वांड्वां गर्ने मौरी
माछा पस्यो जंगलतिर स्यालले खेल्यो पौढी

हिमालचुली पल्लो पट्टी रुखले कपाल कोर्यो
छेपाराले हलो जोत्यो झिंगाले डल्ला फोर्यो

हछ्यु हछ्यु आयो मलाइ हछ्युझारको सागले
गाइ मार्यो बिरालाले कुखरा मार्यो बाघले


हा… हा… हा… हा… हा…

गणीत शिक्षक: राम a=c प्रमाणीत गर त।

बिद्यार्थी: हैन सर कसरी a=c हुन सक्छ र!, यो त सम्भव नै छैन ।

शिक्षक: मैले पहिलै भनेको हैन a=b र b=c भएपछि a=c पनि हुन्छ ।

बिद्यार्थी (खुशी हुँदैं): सर यसको मतलब, म तपाईलाई मन पराउँछु, तपाई आफ्नो छोरीलाई मन पराउनु हुन्छ, तब के ! तपाईको छोरी पनि मलाई मन पराउँछीन त !!!!!   

------------------                                        -----------------------                                          ---------------------------

एकजना मानिसलाई एउटा महंगो रक्सी उपहार प्राप्त भएछ। उ सप्ताहन्त सो रक्सी पीएर मनाउने सपना बुन्दै मनमा अनेक कल्पना खेलाएर घर तर्फ लाग्दै थीयो। अचानक एउटा ढुङ्गामा ठेस लागेर, उ नराम्ररी पछारीयो र हातको झोला पनि भूईमा खस्यो। उसलाई बाटो हिँड्ने केहि व्यक्तिहरुले उठाएर बिस्तारै सडक किनारा तर्फ लग्दा उसलाई तिघ्राबाट चीसो तरल पदार्थ बगेको आभास भयो ।

“…  हे भगवान … ” उ बिस्तारै बर्बरायो “… यो रगत नै होस !”

------------------                                        -----------------------                                          ---------------------------

राम: म त आँखा चिम्लदाँ पनि देख्‍न सक्छु ।
श्याम: के देख्छौ त ?
राम: अन्धकार !

------------------                                        -----------------------                                          ---------------------------

दुईजना जँड्या कुरा गर्दै:

पहिलो: हैन, यो मुटुको अप्रेशनलाई किन ‘बाईपास’ भनिन्छ ?
दोस्रो: कस्तो नबुझेको, कुरा सिधै छ नी, अप्रेशन सफल भए ‘पास’ नत्र सधैंको लागी ‘बाई’

------------------                                        -----------------------                                          ---------------------------

First Drunk: My wife is an angel !
Second Drunk: You are lucky man, my one is still alive !

------------------                                        -----------------------                                          ---------------------------

एकजना कन्जुस पान पसलमा:
ग्राहक: साहुजी मलाई एउटा पाँच रुपैयाको मिठा पान दिनुस,…  त्यसमा, कत्था, अलैचीं, सुकुमेल, पराग, श्रीखण्ड, हिरा-पन्ना, जर्दा, तुलसी र तबक पनि राखीदिनुस।

साहु: हुन्छ … बरु तपाईको पाँच रुपैया पनि पान भीत्रै हाली दिँउ की?

------------------                                        -----------------------                                          ---------------------------

दुईजना गँजडी
पहिलो: हैन यो बिहेको बेलामा दुलहीहरु किन रातै लुगामा हुन्छन ?

दोश्रो: खतराको संकेतको लागि परावूर्वकाल देखि नै रातै रंग त प्रयोग हुँदै आएको छ नी ।



जिन्दगी, खजाना र हामी


'गमका खजाना तेरा भी है मेरा भी
ये नजराना तेरा भी है मेरा भी... ।'
- (जगजीत/लता)

जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ ।

मानौँ हामी जिन्दगी नामको प्रतियोगीतामा कुदिरहन्छौँ र एउटा-एउटा खजानाको तिर्खाले रन्थनी छुटेर बहुलाइरहन्छौँ । यस्तो बहुलाइरहनुको निरन्तरता त्यहाँसम्म चालू भइरहन्छ, जहाँहाम्रो समग्र दौडको अघिल्तिर एक मान्छे खरानी वा माटोको चिता वा खाल्डो जम्काभेटमा देखिँदैन । खजाना भेट्ने लफडामा हामी जिन्दगीलाई सुमसुम्याउन छाडेर एकैचोटि मृत्युको काखमा सुहाउँदो बच्चा बन्न पुग्छौँ क्यार । तर लफडैलफडाको धुनमा सँगालिन आइपुगेको हाम्रो दुःखको भने कुनै तौल रहन्न । संवेदनाको चौकिल्ला छल्दैछल्दै तौलको हिसाब निकाल्ने त्यसो त हामी जुँगामुठे व्यापारी पनि होइनौँ । यद्यपि यही दुःख पनि त यात्राभरि कमाएको र हाम्रै भागको खजाना हो नि, माथिको गजलले यस्तै केही भन्छ सायद । र, यस्तो निर्विवाद खजानाको धनी आफू एक्लै पनि त होइन नि ! म पनि तिमी पनि... । साथी भएपछि कहीँ नभएको कहाली ब्युँताएर सुर्ताउने के नै काम ?
यसैकारण आत्माको इनारमा तृप्‍तिको फिँज उठ्छ ।

जिन्दगीमा हामीलाई छडीले छुलुक्क पारीपारी पाठ पढाउने गुरु दुःखहरू निकै हुन्छन् । हामी अनुभूतिमा नोट गरिरहन्छौँ । गुरुको अपेक्षा त हामीलाई सदा रहन्छ नै । गुरुकै कुरामा, बालापनमा तिनले कति-कति हाम्रा बदमासीका अघि पनि आँखा चिम्लिँदै उल्टै मिठाइ टक्र्याएर फकाएका छैनन् (थिएनन्) र ? दुःखहरू पनि ती गुरुभन्दा कुनै मानेमा कम छैनन् । तिनले यात्राभरिको रङ्गीविरङ्गी मन्डपमा हाम्रो सिर्जनशीलताको सिउँदो भरेर समाजमा निर्भीक भएर हिँड्न भरपर्दो रेखा दिन्छन् । भने, दुःख बेकामी हुन्छन् नै कुन अर्थमा र ? प्यारा गुरु दुःखहरू.., जसले हामीलाई कुनै मोडमा खुत्रुक्कै बसाए पनि सम्हालिएर चिप्लिनलाई सरल 'लिक' दिए ।

भित्ताको तस्वीरमा एकपटक हाँसेको त्यो रुप र त्यही पल छाडेर हामी हिँड्दै गर्छौँ अघि झन् अघि ...। तर तस्बिर उस्तै गरी हाँसिरहन्छ । तस्वीरमा कैद हुनुको कुनै अपशोच त्यस चेहरालाई हुन्न । कारण, त्यही त त्यसको स्वाभाविकता हो क्यार । अर्थात् फ्रेमको चार कुनामा स्थिर जीवन रच्नु । दुःखको फ्रेमभित्र हाम्रो यात्रा पनि त्यस्तै तस्वीरजस्तो स्वाभाविक लाग्छ । यही दुःख त रहेछ अन्तरङ्ग साथी, जसको आडमा हामी सुख र चैनको झिल्कादार आतिसबाजीलाई झट्ट नियाल्न भ्याउँछौँ-सक्छौँ ।

कसैले भनेको छ कतै- 'फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन ।' हामीमध्ये धेरैजसो त्यस्तो फकाउने मान्छे नभएर निस्ताउँछौँ । घरमा बसिरहँदा 'खाजा खायौ ? खानुपर्दैन त बदमास मान्छे ?' भन्ने गाली सुन्न नपाएर भोकै दुब्लाउँछौँ । कलेजमा कक्षा सकिएपछि घर फिर्ने बेलामा 'बाइ है फुच्चु !' भन्ने बिदाइ-सम्बोधन नपाएर एक्लिन्छौँ । 'राम्रो नाटक चल्दा पनि तिमीबिना त्यो नाटकघरमा भूतघर बेहोर्नलाई जान मन लागेन' भन्ने समभाव व्यक्त गर्ने आत्मीय साथी नपाएर हुरुक्क बन्छौँ । आफू मन दुखाएर अनाम नदीको किनारैकिनार एक्लै बहकिइरहँदा खोजी गर्ने कोही नहुँदा पटक-पटक मर्छौँ ।

- तर दुःख त अपेक्षाभरि सधैँ साथै हुन्छ ।
- कुनै गुनासोलाई मनबाट निकासी गर्नुपर्दैन ।
- हैरानीलाई पकेटमा च्यापेर हिँड्ने मौका मिल्छ ।


May 29, 2009

चर्चा गर्नु यस्ता नेता को

शेखर ढुङेल
अमेरिका

आफ्नो ६० बर्षे गणतान्त्रिक यात्रा सफलता पूर्वक पार गरेको छिमेकी राष्ट्र भारतमा पुन डा.मन मोहन सिंहको नेत्रित्वमा गठ बन्धन सरकार बनेको छ । आफ्नो भिम काय भौगोलिकता, बिबिध भाषा र संस्कृतिको बाबजुद एकता र राष्ट्रबादी नागरिकहरुको बिश्‍व कै लागि नमुना मात्रै होइन आफ्ना नागरिकलाई '' मेरा भारत महान '' भनाउन गौरवान्वित र प्रोत्साहित पार्ने त्यहाका महान त्यागी, बेदागी , सरल जीवन र उच्च बिचारका नेता अनी नेत्रित्व पनि उदाहरणिय छन । त्यस्ता निस्वार्थी र त्यागी नेत्रित्व कै कारण भारत आज अग्रगामी छलाङ मार्न सफल भएको छ ।

तिनै नेताहरु मध्य एक आधुनिक भारत लाई आर्थिक रुपले सक्षम बनाउन बिशेष योगदान गर्ने आदर्श पुरुष हुन ७० बर्षिय डा.मन मोहन सिंह, जो ससम्मान निर्बिबाद दोस्रो पटक भारतको प्रधान मन्त्री भएका छन । भारतमा आर्थिक सुधारको लागि इन्सपेकरी राजको सुरुवात, सरकारी नियन्त्रणका बित्तिय प्राधिकरण लाई निजी क्षेत्र मा प्रबाहित गराउने, बिदेशी निबेषको रोक लाई हटाउनु जस्ता आर्थिक सुधारका साथै '' परमाणु करार '' मा गठ बन्धन सदस्यका चर्को बिरोधको बाबजुद बुद्धिमानी पूर्वक अगाडि बढी सफलता पाउनु तत्कालिन भारत र बर्तमान पाकिस्तान को सानो गाउ ' गाह '' को सामान्य परिवार मा जन्मिएका बिलक्षण प्रतिभा, सिधा शान्त स्वभाबका धनी डा.मन मोहन सिंह को पछील्लो नेत्रित्व भारतको लागि ठुलो उपलब्धी हो । उनको कुशलता र अतुलनिय ब्यक्तित्वको अगाडि यस पटक पनि नेहरु परिवारले सरकारको नेत्रित्व गर्ने आत्मबल बटुल्न सकेन । ( पाकिस्तान छुट्टीए पछी उन्को परिवार अमृत्सर बसाइ सरेको थियो )

सन १९६२ मा अक्सफोर्ड बिस्व बिद्यालय बाट '' १९५१-१९६० सम्म भारत को निर्यात सम्भाबना र निती को कार्यन्वयन'' बिषय मा बिद्या पारीधी गरेका सिंहको नाममा सेन्ट जोन कालेजले छात्रबृती कोष नै खडा गरी उन्को सम्मन गरेको छ । आफ्नो उच्च शिक्षा पुरा गरी स्वदेश फर्केर पन्जाब बिश्‍व बिद्यालयमा बरिस्ठ प्राध्यापक भै दुई बर्ष काम गरे । डा.सिंह ले बिभिन्न बिश्‍व बिद्यालय, बित्तिय सस्थाका सम्मानित पद मा निस्ठा पूर्वक मिहिनेतका साथ काम गरे पछी तत्कालिन सरकारले बिदेश ब्यापार सल्लाहकार, अर्थ मन्त्रालयको मुख्य सल्लाहकार, भारतीय रिजर्भ बैन्क को निर्देशक, गर्वर्नर ( १९८२-१९८५ ) , अर्थ सचिब , भारतीय योजना बोर्ड को उपाध्यक्ष ( १९८५-१९८७) , प्रधान मन्त्रीको अर्थिक सल्लाहकार ( १९९०-१९९१) , हुँदै १९९१ देखी १९९६ सम्म भारतको अर्थ मन्त्रीको रुपमा काम गरे पछी एक सफल बित्तिय योजनाकार मात्र नभै राजनीतिज्ञ समेत बन्न पुगे । १९९८-२००४ सम्म राज्य सभाको प्रती पक्ष को नेता रहेका डा.सिंह २००४ को आम निर्वाचन पश्‍चात मिलिजुली सरकार को प्रधान मन्त्री बने , लेफ्ट विङ को बलियो प्रभाब रहेको सो सयुक्त सरकार अनेक बाधा अडचन को बाबजुद सफल भयो र भारतीय काङ्रेसको नेत्रित्वको गठ बन्धनले २६१ सिट प्राप्त गर्न सफल भयो ।

तीन मेधाबी छोरी का पिता डा.सिंह धेरै देश का रास्ट्राध्यक्ष हरु ले प्रशंसा गरेका ब्यक्तित्व हुन । अमेरिकाका पूर्व राष्ट्र पती बूश र बर्तमान राष्ट्र पती ओबामा , बेलायति प्रधान मन्त्री गोर्डन , अफगानी राष्ट्रपती हामीद लगायत चिनिया राष्ट्रपती जिन्ताओ पनि छन । उन्का प्रखर बिरोधि भारतीय बामपन्थी नेता हरु समेत प्रशंसा गर्न वाध्य छौ भन्दछन । भारतको ईतिहास मै डा.सिंह को आर्थिक नीतिले लेराएको परिवर्तन ले गर्दा बामपन्थी बाहुल्य रहेको पश्चिम बंगालले यस पटक को निर्वाचन मा बामपन्थी हरु लाई पछाडि धकेली दियो । लग भग तीन दशक भन्दा बढी देशको बिभिन्न बित्तिय सस्था मा काम गरेका प्रधान मन्त्री डा.सिंह ल आज सम्म कुनै सम्पत्ति जोडेका छैनन र आफ्नो सिख सस्कार को मर्यादामा समेत कटिबद्ध रही आएका छन । आफ्नो २००२ मा बनेको ८०० सि सि को मारुति कार को नबिकरण गर्न आँफै ड्राइभ गरी यातायात बिभाग जान्छन भन्दा धेरैले जिब्रो टोक्न सक्तछन । हाम्रा क्रान्तिकारी नेता ले त झनै पत्याउदैनन होला ।



गाउँखाने कथा - १७ (Nepali Gau Khane Katha)

हरेक शुक्रबार झै आज पनि आएको छु गाउँ खाने कथा लिएर। उत्तर मिलाएर गाउँ लिनुहोला।
बाह्र छोरा तेह्र नाती, एउटा छाता सबै माथी, के हो?


कस्तो हो त नागरिक सर्वोच्चता

विजयकुमार श्रेष्ठ
-हाल परदेशबाट

नागरीक सर्वोच्चताको वारेमा चर्को बिरोध गर्ने ने.क.पा. एकिकृत माओवादि पार्टिको चाल चलन र सामाजिक मितव्ययीताको बारेमा वर्तमान परिस्थितीलाई मध्य नजर राखेर हेर्नु पर्दा यो कस्तो खालको नागरिक सर्वोच्चताको विषयमा प्रर्दशन गरि राखेको भन्ने बारेमा के हामी नेपाली जनताले बुझने सकेका छौ त देशको सर्वेसर्वा पार्टिको हैसियत लिएको पार्टिले देखाएको नागरिक प्रतिको जन विश्वास के साचो हो त । कि ने.क.पा. एकिकृत माओवादिले उठाएको नागरिक सर्वोच्चताको विषय भनेको केवल आफना समर्थकको लागी मात्र हो कि भनेर हामीले बुझ्नु पर्ने परिस्थिती खडा भएको महसुस हुन आउछ । के नगरिक भनेको एकिकृत माओवादि समर्थक मात्र हो त । पार्टिको र देशको सर्वोच्च पदमा बसेर केवल अरुलाई गालि गर्न र तल झार्न सिवाय हाम्रा पुर्व प्रधानमन्त्री ज्यूले कहिले जान्नु भएन । देशको सर्वोच्च पद धारण गरेको मानिसले एउटा साधारण गोठालोले बाल्ने बोली वोल्दा कत्तिको सोभायमान होला त । हिजो सत्ताको बागडोर समाल्दा पनि प्रतिपक्षले जसरि प्रतिकृया निकाल्दै अरुलाई तथा नाम गाली दिन पछि नपरेको र अहिले आएर झन जगंलको सिंहले जसरि गर्जिन थालेको छ ।

सर्वसहमतीको नाम पनि लिने र देश कव्जा गर्ने शब्दावली पनि दिदै हिड्ने यो कस्तो प्रबृद्धिको राजनितीक दाउपेच हो त । साढे दुई करोड नेपालीले देश चलाउने जिम्मा दिदा पनि आफ्नै बहुवलको कमी भएको कारणले सडकमा उत्रीनु पर् यो के यो कुरालाई अध्यक्ष प्रचण्ड महादयले शान्त भएर सोच्नु भएको छ त । एउटा व्याक्तिको लागी देशलाई रणसङ्गामा होमी दिन पछि नपर्ने व्याक्तिले कसरि नेपाली जनतालाई नागरिक सर्वोच्चताको छाता ओढाउछ भनेर विश्वास लिने त । छाना भित्रको भेटघाट र सभा सम्मेलनमा हामी शान्तिको अग्रदेव हौ भनेर भन्ने अनि जब छाना बाहिरको सभा सम्मेलनमा भाग लिदा खेरि जनता समु आङ फुलाएर भन्न थाल्छन हाम्रो क्रान्ति पुरा भएको छैन । हामीले त देशलाई माओवादिमय बनाउनु पर्छ भनेर अरुलाई प्रति क्रान्तिकारीको सज्ञा दिदै उर्दि फैलाउन पछि नपर्ने । ने.क.पा. एकिकृत माओवादिले जनतालाई दिएको र दिन खोजेको नागरिक सर्वोच्चताको एक झलक यहि हो त ।

कसैले सभा सम्मेलन गर्दा माओवादिको बारेमा टिकाटिपणी गर्न नपाउने त । त्यस्तै यो माओवादिको नागरिक सर्वोच्चताको केहि उदाहरण यहाँ केहि अंश कोटेश्वरको व्यापारी रामहरि श्रेष्ठको हत्याको हत्यारालाई कार्वाहि गर्नुको साटो केन्द्रिय सदस्यमा मनोनित गर्नु बुटवलमा एमाले समर्थक स्थानिय नेता प्रचण्ड थैवको हत्यारालाई कार्वाहि नगर्नु कांग्रेसका स्थानिय नेता युध्द प्रसाद हमाललाई अपहरण गरि निर्ममताका साथ हत्या गर्नु नेपाल कम्युनिष्ट पार्टि मसालका अध्यक्ष सभासद चित्र बहादुर के।सी। माथि सभा गरि रहेको स्थलमा ढुङ्गा प्रहार गर्नु के यो नागरिकको वाक स्वातन्त्रता माथिको उलङधन भएन त नेपालगाजका अखिल छैटौका का। वरुण ध्वज मल्ललाई अपहरण गरि जंगलमा लगि कुटपिट गरि हात खुट्ठा बाधि छाडेको घटना र अहिले हाल सालै विभिन्न जिल्लामा नागरिकलाई जिल्ला छाड्न दिएको उर्दि र जवरजस्ति गाउँ निकाल गर्ने र अपहरण लुटपाट हत्या हिंसा जस्ता कृर्या कलाप गर्ने र गराउन उक्साउने पार्टिले कस्तो खालको नागरिक सर्वोच्चताको विजारोपण गर्न लागेको भनेर नेपाली जनता अन्यौलको भुमरिमा आतङकित भएर आफनो मानव भएर बाच्न पाउने मौलीक हक अधिकारको सदुपयाग गर्नसम्म पाएका छैनन । यसको जवाफ क्रान्तिकारीको अध्यक्षको नाताले नेपाली जनतालाई प्रष्ट पार्नु पर्ने हुन्छ । हत्या हिंसा अपहरण लुटपाट जस्ता अवाछनिय कृया कलाप दिन प्रतिदिन बढ्दै गई रहेको छ ।यसको कार्य विरुद्ध कहिले लागेको छ त । र ने.क.पा. एकिकृत माओवादिले चाहेको कस्तो प्रकारको नागरिक सर्वोच्चता हो त ?



May 28, 2009

कवि लेखक आँफै पागल बन्नु पर्छ

आचार्य प्रभा
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।


नशा र मायाप्रेम

गुरु केदार बराल,
अमेरिका
तिम्रा नयन नै नशालु रहेछन्
अब म हेर्दिन
नशा रहित मेरो जीवनलाई
माया प्रेमको नशामा डुवाउँदिन ।


विस्वास मलाई जागिसकेको थियो
तिमीले नै खुट्टा कमाई गयौं
कसको जीवनमा नशा वनी गयौं
आज प्रेममा अपाङ्घ भयौं ॥


मुस्कान नै परिचय थियो तिम्रो
आफै गुमायौं आज आफ्नो परिचय
कुन कल्पनाको सागर डूव्यो
त्यही भो तिम्रो जीवनको दुर्भाग्य !


आफ्नो ठानी चोखो माया दिएको थिएँ
त्यसलाई लत्यायौ किन
कल्पनाको सागरमा डुबेर
आज आँशु वगाउँछ्यौ किन !


जे साम्झिन्छ्यौ सम्झ तिमीले
म माया प्रेमको नशामा डुब्ने छैन
जीवन डुवाउने त्यो नशामा
अब म मन भुलाउँदिन ।


May 27, 2009

मुर्ख को हामी कि हाम्रा नेता ?

शेखर ढुङेल
अमेरिका
एउटा कहावात छ नी ' बाघले प्रत्यक बिहान ईश्वर सित प्राथना गर्दछ रे 'हे ईश्वर आज पनी कुनै मान्छे सित भेट नहोस ' त्यस्तै म पनी लेख्न लाई कलम को बिर्को उघार्नु अगी भन्ने गर्दछु कसै को बिरोध मा लेख्न नपरोस जता ततै सुखद समाचार , राम्रा काम का गरेको लेखेको पाइयोस तर के गर्ने ? कि त जानी जानी अबुझ बन्नु पर्‍यो वा सुन्या नसुन्यै गर्नु पर्‍यो नत्र त समर्थन मा लेख्ने बिषय मिलेको भए मरी जाउ ल ।

ताजा प्रसँग जोडौ नब निर्वाचित ? प्रधान मन्त्री माधव नेपाल जि लाई हेर्नुस त वहाँ ले शपथ ग्रहण मा नै इमान्दारिता देखाउनु भएन वहाँ लाई न त ईश्वर प्रती आस्था न त जनता प्रती भरोसा त के मन मनै श्रीमती , वा पित्री कस्का नाम लिए होलान शपथ मा कि कि गर्दै ? कि गर्न सक्ने केही होइन के को झुठो सपथ लिनु भन्ठाने कि ? हो त नि पहिले पनी संबिधान को ( २०४७ ) रक्षा गर्छु भनेका थिए नि सकेन त्यसै भएर यो झुटो कसम नखाएका होलान ?कस्तो बाठो ?वा आफ्नो मनोकामना पुरा भैगो देश र जनता जाउन भाड्मा भन्न खोज्या हून ? उन्को पहिलो सम्बोधन पनी कुन त बुहारी भटमास खाएकी जस्तो पट्यार लाग्दो र निरासा जनक रह्यो र भन्नु पनी भयो लोक तन्त्र मा नागरिक सर्बोच्चता हुन्छ रे वहाँ निर्बाचित प्र म रे लौ पत्याउनु पर्‍यो यत्ती कै मा हास्नु पर्ने त केही थिएन तर म हात खुट्टा फ्याकेर त्यस बेला हासे जब वहाँ ले सरकार को पहिलो निर्णय मा हस्ताक्षर धस्काउनु भयो । रत्न पार्क ? शहिद उत्पादन पार्क ? ढुङ्गा मुडा हान्ने प्रशिक्षण पार्क ? नगर बधु को स्वर्ग स्थल पार्क ? मा '' गणतन्त्र स्तम्भ '' ठड्याउने रे वहाँ का भजन मन्डली ले त यो निर्णय अती गम्भिर , जनता र देश लाई दुरगामी असर् पार्ने , राजनैतिक स्थाइत्व र शान्ती अनी बिकास को मुल फुटाउने स्तम्भ हो भनी व्याख्या गर्लान मलाई भने एमाले सत्ता बाट सडक मा पुगेको भोली पल्ट को लागि आबस्यक ढुङ्गा मुडा को अग्रिम जोहो वा अती नै उदारबादि भएर अन्य दल बिशेष गरी माओवादी लाई दु:ख नहोस भनेर ढुङ्गा मुडा को ब्यबस्था गरी दिए जस्तो लाग्यो ।

एक पटक सोचौ त संसार को कुन तन्त्र यस्ता स्तम्भ ले जोगिएको छ ? रुसिया का सालीक हुन कि जर्मनी पर्खाल के तिन्ले कुनै तन्त्र को रक्षा गर्न सक्यो ? टाढा किन जानु राणा हरु का सालीक हुन कि पञ्चायत काल मा चौक चौक मा ठडिएका राजा का सालीक हुन कि पन्चायति रजत जयन्ती स्तम्भ के राणा र पञ्चायति शासन टिक्यो ? के मा छोडि के मा हात भने झै प्रधान मन्त्री को पहिलो निर्णय कस्तो सस्तो र अर्थ हिन ? '' जब सम्म कुनै तन्त्र को लागि जनता को मनमा विश्वाश को स्तम्भ खडा हुँदैन तब सम्म कुनै पनी तन्त्र को नाम मा गरिने यस्तो काम को खर्च फजुल ठहरिने छ '' ।

सालीक वा स्तम्भ ढलाउनु र बनाउनु ले कुनै पनी तन्त्र , जनता र देश राहत पाउने होइनन । जनता ले के दु:ख भोगेका छन तिन्को निराकरण को लागि यो गर्ने भनी कुनै निर्णय भएन । राज्य कारण जनता ले दु:ख पाएका सैऔ बिषय छन ति बाधा अडचन फुकाइ दिनु पर्‍यो भन्ने सोच किन राखेको होला ? ल एउटा उधाहरण हेर्नुस लगभग दुई बर्ष देखी सरकार ले गुठी अधिनस्थ जग्गा मा किन बेच , कित्ता काट , घर निर्माण कार्य रोक्का गरी लाखौं जनता लाई सरकारी सुकुम्बासी बनाइ राखेको छ त्यस्ता र अन्य समस्या लाई प्राथमिकता मा राख्नु पर्ने की नपर्ने ? एक पटक जनता लाई सम्झौत निर्णय गर्ने बेलामा के गर्दा तिन्ले राहत पाउद छन ?

केटा केटी बेला मा एउटा गफ हो कि सत्य कुन्नी सुनेको थिए तत्कालिन राजा महेन्द्र ले अरनिको राज मार्ग ? जन मार्ग ? बनाउन लाग्दा भारत ले भनेको थियो रे त्यसो नगर त्यो बाटो बाट कमुनिस्ट छिर्छ र तिमी लाई खान्छ अनी महेन्द्र ले जवाफ दिए रे कमुनिस्ट मोटर चढेर आउने होइनन देश मै जन्मने हुन , बरु यो बाटो र अन्य बिकास को काम गरिन भने जनता ले मलाई खान्छन भने रे । त्यस्तै माधव जि हरु ले बुझ्नु जरुरी छ , स्तम्भ ले गणतन्त्र लेराउने र जोगाउने होइन '' जब सम्म दल हरु ले जनता को मन मा यो ब्यबस्था नै हाम्रो निर्बिकल्प आस्था हो भन्ने विश्वाश को स्तम्भ खडा गर्न सक्दैनन् '' । खोइ के भनौ केही महिना अगी जानी नजानी हो कि झुक्किएर हो पूर्व प्रधान मन्त्री प्रचन्ड ले भनेका थिए ''नेता होइन जनता ठिक हुनु पर्दछ सहि नेता लाई चूनेर पठाउनु पर्दछ '' कुरो त सोर्है आना ठिक हो नि होइन र ? तर तर ले खायो घरबार भन्दथ्यो एउटा ले ल भन्नुस हामी मुर्ख कि नेता ?


सिर्फ तिम्रो लागि

गुरु केदार बराल
कोलोराडोमा
सुकेको खहरे भए पनि मेरो जीवन
तिमी नदी झै सुसाएर बगिरहनु
औशीको रात भए पनि मेरो जीवन
तिमी पूर्णिमाको जुन झै चम्किरहनु ।

म पीडाको भूमरीमा तड्पिय पिन
तिमी भित्र हरपल खुसी छाईरहोस
मेरो मुटु छिया छिया परे पिन
तिमीलाई मस्तीले अँगाली रहोस ।


तिमीले अरुलाई दिन नसके पिन
तिमीलाई चोखो प्रेम मिलिरहोस्
मेरो सपना अधुरो रहे पिन
तिम्रो सधै साकार भै रहोस् ।


पटक मटक म दुर्घटनामा परे पिन
तिमीलाई हिड्दा ठेस नलागोस
मेरो जीवन असफल भए पिन
तिमीलाई सधैं सफलता मिलोस् ।


मलाई वाधा अड्चन आई परे पिन
तिमीलाई कुनै अर् ठ्यारो नपरोस्
सिर्फ तिम्रो लागि कामना गर्छु
भाग्यले साथ दिइरहोस् ।