February 4, 2009
गजल -- हारजित भईरहने
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन
जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन
पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन
गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन
समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन
February 3, 2009
क्लोराडोमा साहात्यिक कार्यक्रम
आचार्य प्रभा
कोलोराडो फेब्रवरी १
अमेरिकाको कोलोराडो डेन्वरमा यही फेब्रवरी १ का दिन सरस्वतीपूजाको पावन अवसर पारेर डेन्बरवासी र बोउल्डरबासी को संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम गीतकार तथा कबी श्री ज्ञानेन्द्र गदालको निवासमा भएको थियो । उक्त कार्यक्रममा लग्भग ५० साहित्यकर्मिहरुको जमघट भएको थियो भने उक्त साहित्यिक कार्यक्रममा लगभग २० कवि, कवयत्रिहरुले आ-आफ्ना रचनाहरु पाठ गरेका थिए । बिदेशमा नै भए पनि त्यो दिनको साहित्यिक जमघटले सबैलाई नेपालमा भएको आभाष भैरहेको थियो भने, साचै त्यो दिन उक्त कबिको घरमा दशैको चहल पहल भए झैं महशुस भै रहेको थियो ।
कार्यक्रमको सुरुवात सरस्वती बन्दनाबाट गरियो भने गायक बिजय अधिकारिले आफ्नो मधुर आवाजबाट सरस्वतिको बन्दना फेरी एकल गाएका थिए । कार्यक्रम ढिलै शुरु भएता पनि समापन पनि ढिलै सकियो । कार्यक्रमको अन्त्यमा चियापानको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा साहित्यिक माहौललाई दिर्घजिवी राख्न आचार्य प्रभा ,ज्ञानेन्द्र गदाल, केशब आचार्यको सल्लाहा र समझदारिमा प्रत्यक महिनाको अन्तिम शनिबार कबिहरुको आ-आफ्नै निवासमा क्रमैसँग कविता गोष्ठी गर्ने निर्णय गरियो र फेब्रुवेरिको अन्तिम शनिबार (केशब आचार्य एव आचार्य प्रभाको) बोउल्डर स्थित निवासमा आयोजना गरिने भन्ने प्रस्ताव पारीत गरिएको छ । ''कोठे साहित्यिक यात्राको'' सुरुवात नेपालमा पनि आचार्य प्रभाको अध्क्षतामा २०५१ साल देखी २०६१ साल सम्म प्रत्यक कबिहरुको घर-घरमा सन्चालन गरिदै आएको थियो उक्त साहित्यिक कार्यक्रमलाई नै निरन्तर्ता बिदेशमा पनि दिएर साहित्यिक माहोललाई अझ सक्षम राख्ने प्रतेक कोलोराडोबासि साहित्य अनुरागिहरुको चाहना र सपना हो । उक्त दिन कबिता पाठ गर्नुहुनेहरुमा :
एक ) प्रमिला शर्मा
दुई ) डा-बिजयराज शर्मा
तीन ) भुपेन्द्र महत
चार )रमेश पल्लव
पाँच )साबु कार्की
छ )प्रमोद घिमिरे
सात )केशब आचार्य
आठ )आचार्य प्रभा
नौ )क्रिष्ण मुरारी ढुङेल
दश )बिजय देव अधिकारी
एघार )निर्मला शर्मा
बार्ह )बिनिता अधिकारी
तेर्ह )जितेन्द्र कार्की
चौध )साकार शर्मा
पन्द्र्ह )ज्ञानेन्द्र गदाल
सोर्ह)तारा अधिकारी
र अन्य साहित्यनुरागिहरुको पनि सहभागिता थियो । दिनको करिब् छ बजे कार्यक्रम समापन गरियो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिर्सि देऊ
बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्यो
झुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - १ (Nepali Gau Khane Katha)
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 2, 2009
डलर टिप्ने यात्रा १
शेखर ढुङेल
बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्यो डलर !!
नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जानेहरुको लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लक्ष हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो! अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बढ्दो छ, बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रष्ट, माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्तहरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथीहरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।
आफन्तको एउटा नाम चलेको गार्मेन्ट को म्यानेजर हुँ, तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिषा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिषा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा आइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?
अली तङ्रग्रिए पछी नेपाल तिर गफ दिनु पर्यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभूती थियो ।
भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियारपुरका पाजीको साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने ‘अरे भाई, यस मुलुकमा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन?’, मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाए मैले बुझें अनी दंग परे । अर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ? कहा दिन्छ? कहिले दिन्छ ?, मनमा त्यस्तै सोच्दै थिए पाजीले डलर टिप्ने ठाउँ आइपुगे को संकेत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाकमा नपुगेको डुङ डुङ गन्ध आइरहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने कामको पत्तो न तरिका को आफु अलमल्लमा परेको देखेर पाजीले भने ‘चलो चलो काम मिल्ना मुस्किल हे, जो मिला कर्ते रहो दुसरा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है’ । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किए, राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्टिकको सेतो टोपी लाउन दियो, पहेलो रङको जाली जाली भएको इस्ट कोट दियो अनी आरमान्दोले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।
त्यस पछी एकहफ्ता खाली बसी सरसल्लाह, छलफल, भेटघाट, बिचार-बिमर्श गर्दा एउटा सुत्र फेला पर्यो, अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसनको लागि निबेदन दिएँ । तत्कालिन नेपालका स्थाई प्रतिनिधि जयराज आचार्यजिको सहयोगमा अन्तर्वाता पनि भयो पास पनि भएँ, तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिकामा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ह्वया?, नेपालबाट हिडेको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भैसक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ताले कम्मर पातलो भयो सातै दिनमा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिषा दियो । तुरुन्तै टीकेट काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।
अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छतमा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्रहरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासुमा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?, बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ?, कता को सियो ? लामो सियो, छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसै बिच अर्का मित्रले सम्झाये नुन कस्तो छ भनी सोधेको नि?, बल्ल दिमाग शान्त भयो । भोलीपल्ट बिहान नै सबैको काम भएकाले सुत्ने प्रस्ताब आयो, त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रात बित्यो बिहान सबै काम मा गए अनी आफ्नो साम्राज्य छायो । बांकी पछी....
(यो यात्राको दोस्रो भाग यहाँ छ ।)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - 2
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
राज्यको पुनस्रंरचनामा राज्यको दायित्व
विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
माघ ३ गते २०६५
संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । तथापि यो देशमा १४० बर्षसम्म एकजाति एक धर्म एकभाषा एक संस्कृतिको शासन रह्यो । पौराणिक कालमा यो देशमा जनकपुर कपिलबस्तु जस्ता गणराज्य थियो जहाँका राजाहरुलाई जनताद्वारा चुनिन्थ्यो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । त्यसपछि किराँत लिच्छवि मल्ल हुँदै शाहकालसम्मको इतिहास करिब करिब सबैले जानेबुझेकै कुरा हो । नेपाल एकीकरण हुनु भनेको नेपालीको लागि गौरबको बिषय हो । तर पृथ्वी नारायण शाह जसरी देशलाई एकीकरण गर्न सफल रहे त्यसरी नै देशमा रहेका बिभिन्न जातजातिहरुलाई भावनात्मक रुपमा एक सूत्रमा बाँध्न असफल रहे । उनकै पालादेखि नेपालको शासन संयन्त्रमा आदिवासी जनजाति तराईबासीहरु बहिष्कृत हुँदै गए । राजा पृथ्वी नारायण शाह लिम्बुहरुसँग सुलह गरी स्वायत्त शासन र किपट हकभोग गर्न दिएका थिए भने पंचायती शासकहरुले उक्त अधिकार खोसेका थिए । शाहकाल, राणाकाल, पंचायतकालसम्म आदिवासी जनजातिहरु दलितहरु तराईबासीहरु अधिकारको लागि खुलेआम कुरा गर्न नसकेपनि भित्रभित्रै संगठित हुँदै गए । देशमा अन्याय अत्याचार र दमनले सीमा नाघेपछि दमनबाट बच्न बि.सं. १९८३ मा नेवारहरुले च्वासापासा खोलेर भाषिक आन्दोलनको सूत्रपात गरे भने थारुहरु बि.स. २००५ मा थारु कल्याणकारिणी सभा खोलेर सचेतना अभियान शुरु गरे । अन्याय र अत्याचारबाट त्राण पाउन एकपछि अर्को जातिय संगठनहरु खुल्दै गए । तर यी जातिय संगठनहरु खुलेआम अधिकारको वकालत गर्न सक्तैनथे । यिनीहरु समाजसुधारको नाउँमा भित्रभित्रै हक अधिकारको कुरा सिकाउँथे । तर पनि शासक जातिबाट आदिवासी जनजातिहरुको जल जमिन र जंगल खोसिंदै गयो । यही क्रममै बि.स. २०४६ पछि जब राजासहितको बहुदलिय प्रजातन्त्रको स्थापना भयो तब जातिय संगठनहरुको संख्यामा पनि बृद्धि हुन गयो ।
अहिले आदिवासी जनजातिहरुको सूचीमा मात्रै ५९ जाति सूचीकृत छन् भने ५० वटा जातिय संगठनहरु आदिवासी जनजाति महासंघको छातामुनि गोलबन्द छन् । यसरी नेपालमा यो वा त्यो नाममा शासनप्रणाली फेरिएको हल्ला समय समयमा गरियो तर व्यवहारमा उही राणाकालीन एवं पंचायती भूत सवार भइरह्यो । दलित आदिवासी जनजाति मधेशीहरुमा तीब्र असन्तुष्टी फैलीदैं गयो । सो असन्तुष्टीका कारण राणाकालमा सिरीथेवे लिम्बुले लिम्बु भाषा र लिपीमा पढाउन खोज्दा उनीमाथि दमन भयो र उनी सिक्किम निर्वासित भए । बि.स. २०१७ सालमा बझाङ्गका युवराज ओम जंगबहादुर सिंहले स्वतन्त्र बझाङ्ग राज्यको कुरा उठाउँदा शाही सेनाबाट मारिनु पर् यो । मधेश मुक्ति मोर्चाले बि.स. २०२० सालमा तौलिहवामा सशस्त्र बिद्रोहको झण्डा उठाए तर सफल भएनन् । पंचायतकालमा सर्बप्रथम जातिय तथा क्षेत्रीय स्वशासनको कुरा उठाउने खगेन्द्रजंग गुरुङ्ग ७ बर्षको कठोर काराबास र त्यसपछि पनि दमन र निगरानी बेहोर्नु पर् यो । नेपालको जातिय तथा क्षेत्रीय बिभेद यस्तो हुँदाहुदै जान्दाजान्दै पनि दुःखको कुरा राजासहितको बहुदलिय प्रजातान्त्रिक कालमा शासन गर्ने हाम्रा नेताहरु यी कुरामा गम्भिर हुन सकेनन् । फलस्वरुप भित्रभित्रै आक्रोशको आगो दन्किरह्यो । २०४७ को परिबर्तनपछि काजीमान कन्दङवाले स्थापना गरेको जनजाति पार्टीले पहिलो पल्ट संघात्मक राज्य र समानुपातिक प्रतिनीधित्वको वकालत गर् यो । शेर बहादुर देउबाको प्रधानमन्त्रीत्वकालमा माओवादीहरुले जब ४० सूत्रीय माग पेश गरे, मुट्ठी भरका ब्यक्तिहरु के गर्छनू भन्ने देउबाको लडकपनले माओवादीहरु जंगल पसे अनि भयो जनयुद्धको रामकहानीको थालनी । उनीहरु यही जातिय र क्षेत्रीय बिभेदको तीतो सत्यको पाठ आदिवासी जनजाति मधेशी दलितहरुलाई पढाउन सफल भए उपयोग गर्न सफल भए र राजासहितको बहुदलिय प्रजातन्त्रलाई नाकाम सिद्ध गरिदिए । अन्ततोगत्वा तत्कालिन राजा ज्ञानेन्द्र र संसदवादी दलहरुबिचमा फाटो आयो । राजा ज्ञानेन्द्र सत्ता हत्याए र संकटकालको घोषणा गरे । संसदवादी दलहरु र माओवादीबिच १२ बुँदे सहमति भयो र जनआन्दोलन २०६२-०६३ सफल भयो ।
तर पनि दलहरु संघीयतामा जाने वा नजाने कुरामा दोमन थिए । त्यसपछि २०६३ को पहिलो हप्तामा तराई आन्दोलन यति उत्कर्षमा पुग्यो कि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल आत्तिएर हो वा सैनिक उन्मादले मात्तिएर हो माघ १३ गतेतिर अब तराई आन्दोलनलाई सरकारी सेना र माओवादी सेना लगाएर दबाउनुपर्छू भन्न समेत पछि परेनन् भने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाल सरकारले अब देश संघीयतामा जान्छू भनेर सम्बोधन गर्न करै लाग्यो । अनि देश संघीयतामा जाने पक्कापक्की नै भयो ।
जातिय आधारमा संघीयता दिन सरकार बाध्य छ
देशलाई संघीयता त्यसै आवश्यकता परेको होइन भन्ने कुरा स्पष्ट भैसक्दा पनि अहिले देशमा कतिपय व्यक्ति संघ र संगठनहरु बिना मौसमको बाजा बजाइरहेका छन् । कुरो यत्तिमै मात्रै सीमित छैन । सरकार तराईमा जातिय आधारमा संघीयता दिन पनि बिबश छ भन्ने कुरा हरेक नेपालीले बुझ्न आवश्यक भैसकेको छ । बिबश हुनुको प्रमुख दुइटा कारण छः- पहिलो हो सरकारको नैतिक दायित्य र दोश्रो हो कानुनी दायित्व ।
नैतिक दायित्वभित्र १) १२ बुँदे समझदारी २) २०६३ कार्तिक २२ मा सम्पन्न शिखर बैठकका निर्णय ३) २०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा माओवादीबिच भएको बिस्तृत शान्ति सम्झौता आदि पर्दछन् । ४) संसद घोषणा पत्र जसमा दलहरु सरकारहरुले राज्यको अग्रगामी पुनस्रंरचना सम्बन्धमा सहमति जनाइसकेका छन् । हस्ताक्षर गरिसकेका छन् । नैतिकवान सरकारको लागि यो नैतिक दायित्व हो ।
त्यसैगरी १) आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २०६३ २) नेपालको अन्तरिम संबिधान ३) संघीय गणतान्त्रिक मोर्चा र नेपाल सरकारबिचको सम्झौता ४) आदिवासी जनजाति महासंघसँग गरेको सम्झौता र ५) अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि न। १६९ सरकारको लागि कानुनी दायित्व हुन पुगेका छन् । सरकारले संघीय गणतान्त्रिक मोर्चासँग थरुहट स्वायत्त राज्य बनाउने कुरामा हस्ताक्षर गरेको छ भने आदिवासी जनजाति महासंघसँग जाति भाषा र क्षेत्रको आधारमा संघीयता दिने कुरामा सम्झौता गरिसकेको छ । आदिवासीहरुको अधकिकार सम्बन्धि घोषणा पत्र आई एल ओ महासन्धि न। १६९ ले आदिवासीहरुलाई आत्म निर्णयको अधिकार छ जल जमिन र जंगलमाथि अग्राधिकार छ भनिसकेको छ । सरकारलाई अन्तर्राष्ट्रिय यी संगठनहरु घाँटी अँठ्याउने बेला भैसकेको छ । यी भनेका कानुनी दायित्य हुन् । जसबाट उम्कन अब सरकारलाई निकै गाह्रा छ ।
निष्कर्ष
तसर्थ छोटकरीमा के भन्न सकिन्छ भने नेपालको लागि संघीयता आवश्यक भैसकेको छ । बिश्वमा भूगोल मात्रै संघीयताको आधार हुँदैन । संघीयताको जन्म बिबिधताबाट हुन्छ । जाति भाषा धर्म फरक पर् यो यसको आधारमा बिभेद भयो भने यसको आवश्यकता पर्दछ । आवश्यकता परिपूर्ति नभएसम्म कचिङ्गल जारी रहन्छ । फेरी नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकार सम्बन्धमा घोषणा पत्र जारी गरिसकेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि न। १६९ लाई अनुमोदन र पारित गरिसकेको छ । अनुमोदन गरेको १ बर्षमा यसले कानुनी मान्यता प्राप्त गर्दछ र यससँग बाझिने राष्ट्रका कानुनहरु निष्क्रिय हुन्छन् । त्यसकारण पनि जातिय आधारमा संघीयता दिन जरुरी छ । तसर्थ सरकार अहिले नैतिक र कानुनी दुबै तरीकाले बन्धनमा परेको छ । देशलाई निकास दिन अब राज्यसँग जातिय आधारमा संघ दिनुको अर्को बिकल्प छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 1, 2009
माया त्यसै मर्दैन है
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ
मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ
साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ
पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ
हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 30, 2009
नेता नभएको देश ।
शिर्षक देखेर तपाई यदि यो नेतानै नभएको देश संसारको कुन कुनामा रहेछ भनेर सोच्दै हुनुहुन्छ भने शुरुमै खुलस्त गरौं, त्यो हाम्रै मातृभूमी नेपाल हो ।
हैन, नेपालमा त चाहिने भन्दा बढी नेताहरु छन र यो कसरी नेता बिहिन देश हुन्छ भने सोच्नुहुन्छ भने त्यो हामी सबै नेपालीहरुको सामुहिक सोच हो र केहि समय पहिलासम्म म पनि त्यस्तै सोच्थेँ ।
देशलाई अग्रगमनतर्फ डोर्याउन तँछाड-मछाँड गरेर लाग्ने यत्रा बिध्न वुद्धिमान, राष्ट्रभक्त र दिग्गज नेताहरु अग्रसर भएको देश झन झन डावाडोल, अस्तव्यस्त र अक्रान्त हुँदै गएपछि त्यसले यहि कुरा प्रमाणित गर्छ। हाम्रो देश नेता नेताबिहिन छ।
कुरालाई अझ प्रष्ट पार्दा हामिकहा केवल ‘लाउके’ हरु मात्र छन, स्वघोषित, विद्वान, स्वसिद्द परिवर्तनकारी र स्वनिर्मित अग्रगामीहरु । अनी सबैजना आफुलाई यत्ती महान र दिग्गज सम्झन्छन कि आर्को कुनै व्यक्तिको कुरा मात्रै सु्न्दा पनि तिनको ईज्जत घट्छ । गिरिजा-देउवा कांग्रेसका नेता, झलनाथ-माकुने एमालेका पथ प्रदर्शक, बाबुराम-प्रचण्ड माओबादका (ओहो! आजकल अगाडी एकिकृत पनि राख्नु पर्छ क्यार!)अनुयायी अनी खै त, पुरै देश नेपालको नेता ?
राजतन्त्रको समाप्ती र देशमा जनताको राज बहाली भएको कथन पछि पनि देश झन् झन् जटिल भुमरिमा फस्नुले यहि कुरा टडकारो रुपमा प्रमाणित गरिरहेको छ, कि हाम्रो देशमा कुनै नेता छैनन् । देशकै सार्बभौमिकतामा समेत संकट छाउन लाग्दा समेत अझै तेरो- मेरोमा लड्नु र सत्ता संघर्षमा जुधनु र आरोप-प्रत्यारोपमा व्यस्तहुनुले यि लाउकेहरु देशका नेता हुँदै होईनन र यिनिहरुलाई देशको कुनै माया छैन भन्ने कुरा पटक पटक प्रमाणीत भैसकेको छ ।
यो कुनै दल विशेष वा व्यक्ति विशेषमाथिको मेरो आरोप होईन, समष्टिमा हामीकहाका कुनै पनि ‘लाउके’ (नेता शब्द यिनिहरुको नाम अगाडी पटक्कै सुहाउँदैन) लाई देशको चिन्ता छँदै छैन । गिरिजालाई जिवनको उत्तरार्धको पनि अन्तिम घडिमा पुग्दा पनि रा्ष्ट्रपति वा प्रधानमन्त्री बन्ने लहड छ, माकुने र उनका एमाले अहिलेसम्म यौटा स्पष्ट नीति लिएर बढन सक्दैनन् । मुतको न्यानोको रुपमा सत्ता पनि नछाडने र त्यहि सरकारमा रहेर त्यहि सरकारको बिरोध पनि गर्ने गरेर सधै चमेरो नीतिमा मस्त छन। माओबादिको त के कुरा गर्ने ?, न त हत्या-हिंसा छाडेकाछन, न सरकारनै, अझ आफ्नै सरकार भएको देशमा बुझीनसक्नुको ‘सत्ता कब्जा’ गर्ने समेत उदघोष गरेर गजबको जनबादी डोरको व्याख्या गर्दैछन ।
समष्टिमा हामीकहाँ देश भन्दा माथि दल र दल भन्दा माथि त्यो दलका नेता रहेका छन । अनी देशको समस्या भन्दा यहा सधैं दलको प्रभूत्व महत्वपूर्ण हुन्छ र दलको नीतिमा सधैं त्यसका नेताको हुकुम बढि हावी हुन्छन् । आखीर कहिले सम्म चल्ने यस्तो लोकतन्त्र ? कहिलेसम्म नसुध्रने यी राष्ट्रघाती नेता? कहिले सम्म मान्ने हामीले यी लाउकेहरुलाई नेता?।
देश समस्याग्रस्त हुँदा समेत पद लोलुपताले नछाड्ने नेताबाट के आश गर्ने?, सार्बभौमतामा संकट मडारिँदा समेत मिल्न नसक्नेलाई कसरी मार्ग दर्शक ठान्ने?, देशको लागी दलीय स्वार्थ र व्यक्तिगत अंहकार समेत छाड्न नसक्नेलाई कसरी महान मान्ने?।
कसैलाई सहि लागे लागोस नलागे नलागोस, मेरो व्यक्तिगत विचारमा व्यक्ति भन्दा माथी दल र दलभन्दा माथी देश नराख्ने कुनै पनि लाउके देशका नेता हुनै सक्दैनन्। अहिलेकै स्थितिमा देशमाथी दृष्टि गोचर गर्ने हो भने “देशभन्दा ठुलो दल र दलभन्दा माथी ‘म’” भन्ने बाहेकका कोहि व्यक्ति नेपालको राजनीतिमा छँदा पनि छैनन् । त्यसैले मलाई यो भन्दा चित्त दुख्छ र ग्लानी पनि हुन्छ तर यथार्थ यहि हो, हाम्रो देश नेता विहिन छ (कुनै दल वा गुटका प्रमुख जो आफुलाई सो दल र देश भन्दै पनि महत्वपुर्ण र महान ठान्छन त्यसलाई नेता मान्न मेरो नैतिकताले दिदैँन ) ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 29, 2009
मैनबत्ती, शहिद र गोहिको आशु
शहिद गेटमा भगेराहरु दिशा गरिरहँदा हाम्रा नेताहरु ओइलाएको फूलको माला लिएर दशरथहरुका गला सुमुसुमाउन पुगे, हिजो । आजकाल शाहीद गेट कुर्ने कोही जवान हरु छैनन रे । तर शहिदको नाममा बनेको ढुकुटी कुर्न भुस तिघ्रेहरु तम्तयार भएर बसेका छन । सबै चिजहरु जले नेपालमा । जनताका मन जले, भएभरका बिकासका खम्बाहरु ढले । बिजुलिका खम्बाहरु ढले त्यसैले आज मेरो गाउ टुकिमा मस्त छ, मैनबत्ती बालेर दङ्ग छ । छङ् छङ् घर अगाडि खोला बग्छ । पारी पट्टी सेतो हिमाल आँफै हासेको छ । तल्लो गरामा बिजुलिका पोलहरु गर्लम्म ढलेर धमिराले चपाइरहेका छन । टेलीकमले जोडेका हाम्रा बाबाका मोबाईलहरु मट्टितेलको जर्किन सँगै खोपामा थन्किएका छन । घर अगाडि बगेको त्यो खोलाले न कसैको खेत सिन्चेको छ, न बलेका मैनबत्तिको ज्योति भन्दा बेसीको बिजुली दिएको छ । त्यो त भारत छुन पो बगेको छ । अनी भारतका दलालहरुले हामीलाई बेच्ने मट्टितेलमा मिसिने पवित्र मिसावट हुन पुगेको छ । हामीलाई तर्साउन महाकाली खायो त्यो भारतले, सुपथ मूल्यमा बेचे हाम्रा ठेकेदारहरुले । हामीलाई दबाउन त्यसले कोशी दबायो, बदलामा हामीले हाम्रा हरिया फाटहरु बगायो । हाम्रा झुप्राहरु चुर्लुम्म डुबायो । हामीलाई पाठ सिकाउन मोरियार्टिले हतियारहरु दबाउन लगाए, बदलामा हामीले कलमको सट्टा बन्दुकको शासन पायौ । सगरमाथामा फुलेका लाली गुरासका थुङाहरु टिपेर वान कि मुनलाई उपहार दिए, बदलामा उनले बाराक्क हुसैन ओबामाको नयाँ ठेकेदार हुन अमेरिका उडे । हाम्रा चाहनाहरु नेताहरुले सदैब दबाए अनी दबाइरहे, बदलामा हामीले छोरीहरु मुम्बईको कोठारिमा बेच्न वाध्य भयौ । भाईहरुलाई अरबको खाडीमा उट चराउने अनी फर्किदा तलबको सट्टा हुसैनहरुका लाठीका बर्बरता पाउने जागिर दिलाउन सफल भयौ । आखिर जसरी पनि यो रिती आफ्नै पाराले चल्दोरहेछ भने दुखिको मनमा मैनबत्ती पग्ले सरि सपनाहरु जल्दो रहेछ ।
जुन देशमा स्वार्थको लागि भाउजु नन्द उमाको घाटी रेट्न पछी पर्दैनन, त्यहा कसले पाउने स्वतन्त्रता ? जहाँ स्वधिनताको लागि कलमहरु अगाडि सर्छन त्यहा बन्दुकहरु प्रधान हुन्छन, त्यहा कसरी खोज्नु प्रजातन्त्र ?, जहाँ रुखमा सिसिटिभी जडान गरेको बहानामा जनताका अभिमतहरु लुट्टिन्छन, त्यहा कसले गर्नु बिधिको शासनको कुरा ?, दशरथ मरेर गए, तिनका सन्तति पक्कै पनि नेताले चढाएका फुलका गुछाहरु देखी पक्कै खुशी होइनन । समानता र प्रजातन्त्रको लागि तिनले त्यसै ज्यानको आहुती दिएका होइनन । बलभद्रले खुकुरिको भरमा लडाईंहरु, अमरसिहले ढुङ्गाको भरमा अग्रेजहरु भारत खेदेका घटनाहरु अब केबल कथा भए, हाम्रा लागि । २५ हजार नागरिक शहिद हुँदा पनि यो देशले कहिल्यै सन्तोषको सास फेर्न सकेन । के भनिरहेका होलान माथिबाट धर्मभक्तहरु ? हाम्रा बेइमानिका चर्तिकला देखेर गंगालाल गमक्क पर्दा हुन अनी भन्दा हुन, हामीले राणाको अगाडि गोलि थाप्न अगाडि बढाएका छात्तिहरुले बल्ल धैर्यताको आभास पाएछन । हामीले ठीक गरेछौ । न्यायको साटो देश कब्जा गर्ने धम्की, कलमको साटो बन्दुक त बिचारको साटो वाइ सि एल र युथ फोर्स ।
देश यसरी रुदै गर्दा प्रधानमन्त्री टि भि को अगाडि गलामा टाइ कसेर धार्ने हात फर्काउदै नमस्कार गर्न तम्तयार हुन्छन । उनी बोल्दै गर्दा मधेसमा भाउजुहरु नन्द काट्न ब्यस्त हुन्छन । खोजिनितिको लागि आयोग बन्छ । प्रधानमन्त्रीको सम्बोधन जारी रहन्छ, उता मोरियार्टी अमेरिका फर्कने बहनामा बादलहरुसँग आकाश गर्जाउने उपदेश दिदै हुन्छन । राकेश सुदहरु उपेन्द्रलाई मधेश टुक्राउन निम्तो दिदै हुन्छन । चाहे कसैलाई पचोस् या नपचोस् । गतिला हातहरु स्वाधिनताको पक्षमा कलम अगाडि सार्न खोज्छन । लेख्ने कापिको बन्दोबस्त गर्दा नगर्दै सुदहरुको निर्देशनमा उनका हात दुबइ गिडिन पुग्छन । नन्द मारिएको घटनाको आयोगले माओवादीको संलग्नताको पुस्टि गराउछ । सम्मानानीय माफि माग्न थाल्छन । झ्याप्प बत्ती जान्छ । बिकासका खातिर उनले गरेका कसमहरु सबै भन्न नभ्याउदै जनताका घरहरुमा टुकी निभ्न थाल्छन, मैनबत्ती पग्लिन छाड्छन् अनी त्यसै दिउसै मस्त निन्द्रामा झुल्छ । प्रधानमत्री गोहिको आशु बगाउदै केही गर्न नसकेको भन्दै टाइ समाएको समाइ हुन्छन । यसरी हुँदैछ नयाँ नेपाल भनेर भोली भाईहरुले पढ्न पाउलान या नपाउलान भनेर हामीहरु एकोहोरिरहेको हुन्छौ ।
तातो न भुत्लोको रितिकको नाममा बर्षा बहिनी मरेको याद दिलाएसरि बुद्दत्वको नाममा भारतीयहरु जहिले पनि निहु खोज्न उद्दत हुन्छन । तर तिनका नुन खाए सरि गर्छन्, हाम्रा नेताहरु । गर्बका साथ भारत बुद्द उतै जन्मेको भन्छ । चाइना सगरमाथा मेरो भन्छ भने तिनिहरुको देशबाट भागेका शरणार्थी तिमीहरुको भन्न सक्दैनन हाम्रा भिजिलान्तेहरु । अनी आमाको लाम्टो तिनिहरुले चुसेको के सार ? बाबुको कसम खाएको के भाउ ? न निती, न बिधी न त सुशासन । कट्टले कराएसरी जती कराए पनि, गोली थाप्न छात्ती अगाडि बढे पनि भएन केही । मिलेन केही । अब हामी सबै बहुलाएर हिंड्नु भन्दा कुनै अर्को उपाय फेरी यहाँ होला जस्तो लागेन । अस्तु ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
चउर र खरबारीका सम्झनाहरु
आज अचानक साउनको बिहानपख बर्खे झरी बस्ने बितिक्कै आंसी र नाम्लो लिएर निस्केको याद आयो। म झल्यास्स भए यता उता त्यस्तो न कुनै खरबारी थियो न कपर्दी खेल्न चउर नै थियो। नत रुखको स्पर्श बोकेको चिसो बतासले नै चुमेको थियो मलाइ। पोहोर साल ब्लगीगंको दुनियामा हाम फालेको www.dautari.org को बकास गर्ने क्रममा म अन्य बेव साइट बिचरण गर्दै जांदा www.pokharacity.com पुगे। त्यसैले नै आज अमेरीकाको ब्यस्त जिबनबाट मेरो गाउं आर्वा पुर्यायो ।
त्यो वेब साइटमा देखीने हिमाल र अजिब तरिकाले छरिएको पोखरा सहर गाइपानीमा घांस काट्दा हजारौं पटक देखें होला तर आज जस्तो ति हिमालले किहिल्यै मोहित तुल्याएनन। कौशौं टाढा भएर हो या अब त छुटियो भनेर हो माछापुछ्रेकको माया झन लागेर आयो। गाउंमा झ्याम्मीएका अरू ठाउंको सम्झना गर्न खोजें; चिते पानी पधेरो,कुकुर लोटे भिर, खै के चउर, केटाकेटीमा आफै लडिबुडी खेलेको चउरको नामै भुलेछु। साच्चै रहरै रहरमा बिदेशीएको म,परदेशी नै भइसकेको छु। पोखरा सिटीमा मैले यात्रा गरेक तागंतिगको फोटो थियो, तागतिंग पारीको सिक्लेसको याद आयो। अहा कती मिठा स्याउ पाइन्छ त्याहां। रुपिया गोटा स्याउ वासिंगटन एप्पल भन्दा पनि स्वादीला थिए। आइडाहो पोटेटो तांगतिंगे आलु जस्तो कांहा पो हुनू? अहिले त गाउंमा कुफुरजोते आलुले तांगतिंगे आलुको बिउ पनि मास्यो होला। मादीको त्यो चिसो पानी,एक पटक अन्नपूर्ण कै फेदीको हुंदा गोठमा पौडिन पुगेको थिए। सारै चिसो थियो त्यो पानि तर मिसीसिपी नदीको जस्तो चिसो र रुखो थिएन।
अहा कस्तो राम्रो गुरासको फूल, बेवसाइटमा राम नाम गरेका लेखकले आफ्नो भाचोक यात्राको बर्णनमा गुरासको फुल राखेका रहेछन । लेख पढेर आफुलाइ भावनैमा भाचोक लानो खोजे। मादी तरेर राम भाचोक उकालो लागेछन। मैले भुलें कि उनले गलत भने? भाचोक त लाचोक पारी हो, लाचोक र भाचोको बिचमा त सेती नदी पर्छ। उनी त थुम्सीकोट सम्म बस चढी भाचोक हानिएछन। अर्को भाचोक परेछ क्यार,यांग्जाकोट तिर पनि भाचोक छ भन्ने सुनेको थिइन।
तर मादीको अशला त मैले पनि चाखेको छु, अमेरिकाको वालाइले के भेट्टाउनु!। कांहा मादीको चिसो भेलले खारिएका असला, काहां जमेको तालका वालाइ?। सम्झना त अशलाकको मात्र के हुनु, फेवाताल त कसरी भुल्न सकिन्छ? छन त घान्द्रुक, धम्पुस, काहुं, सरागंकोटको पनि सम्झना छ। सम्झना त ठुलाकोट, नयां गाउं, बर थुम, क्रिस्तीको पनि छ। मनमा के के छन अक्षरले लेखेर के भ्याउनु?
वेबसाइटमा नेपालकै पहिलो जहाज डाफे आफ्नै गाउ अगाडी उडेको फोटो रहेछ। म पनि त्यहां भएकै भए आंडीको डिलबाट डाफे उडेको हेरी रहेको हुन्थे होला। पुल्चोक पढ्दा बिकास भाइसंग भेट भएको थियो। दाइ म पनि मेकालनिल इन्जियरिगं पढ्छू भन्दा आफुले गतिलै बिषय पढियो जस्तो लाग्थ्यो। अहिले त कपाल लामै पालेछन बिकासले। डाफेको फोटो हेरें, ३ पंखे प्रोपेलर, सानो इन्जिन र साइलेन्सर, ट्रसले बनाइएको बनोट, त्यसमा पाइलट बस्ने सिट। साधारण डिजाइन तर सारै उच्च सफलता थियो त्यो। साच्चै उदेश्य त चन्द्रमा छुने नै लिनुपर्ने रहेछ, देबकोटाले ठिकै भनेका रहेछन।
अहिले ७ औं आहा कप फुटबल भइरहेको रहेछ। पोखरा रंगशालाको फोटो थियो त्याहां। त्यही रंगशाला, त्यही चौर, त्यही प्याराफिट। रंग पनी त्यही सेतै रहेछ। त्यही चौरमा एक पटक आंफूले गोल गर्ने खोजेको असफल प्रयासको याद आयो।
यादै त हो, पोखराको धुलोसंग आफु हुर्केको याद आयो। आफु पढेको गण्डकी र बेथानी स्कुलको याद आयो। कति सफल कती असफल चाहना अंगालेको पनि याद आयो अनि प्यारो गाउं आर्वाको चउर र खर्बारीकीको याद आयो।
(कास्कीबाट बिदेशमा रहेनहरु प्रती समर्पीत)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 28, 2009
शहिदलाइ आग्रह
किन जल्यौ मलाइ भन्देउ।
देशलाइ छोरो खांचोहुंदा
सपुत किन भयौ भन्देउ।
तिम्रो देशै नहुने भो
अब भेषको कुरै छोड्देउ।
तिम्रो बखान गरे भने
तिम्ले कुरा अन्त्यै मोड्देउ।
तिम्लाइ फुलको माला दिए
माला आफै लाउनु भन्देउ।
तिम्लाइ कोही ढोग्न आए
दौलत आफ्नै ढोग्नु भन्देउ।
काम के हो,नाम के हो
कांहा बस्छौ त्यो नी भन्देउ।
सपनाको तुषारोमा
कती काठ्यौ सबलाइ भन्देउ।
तिम्रो नाम कतै लिए
आफ्नै नाम लिनु भन्देउ।
तिम्लाइ अझै शहिद भने
शहिद केहो उस्ला सोध्देउ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु
सम्झना, संस्मरण, अतितको याद जे भने पनि आखिर बितेका समयका भोगाइहरु आँखामा झ्ल्झली हुनु, मानसपटलमा ती घट्नाहरु बिझिरहनु हो। ती सम्झनाहरुका भोगाइहरु बिभिन्न किसिमका हुन्छन। कुनै खुशी र उन्माद ल्याउने, कुनै मुटुभित्र बिझिरहने, कुनै संस्मरण गर्नसाथ मनै कुंडिदिने जस्ता हुन्छन। यस्तै संस्मरण मध्य म यहाँ एकजना ब्यक्तित्वसँगको मेरो भेट, वहाँसँग मैले बिताएका दिनचर्याहरु र वहाँसँग अनायस बिछोडिनु परेको पलका तीता भोगाइहरु बाँड्न चाहन्छु।
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest