June 11, 2009

यो एउटा गुनासो

- प्रकाश सापकोटा

यो एउटा गुनासो गरेको गर्यै छु
क्रमशः ओह्रालो झरेको झर्यै छु

के पाएँ भनौँ खै गुमाएँ पो उल्टै
हराउँछु कि आफैँ डरेको डर्यै छु

बनाई गन्तब्य प्रणय टापुको
यो भवसागर तरेको तर्यै छु

भूँवरी अनौठो यो खाली दिलमा
परन्तु आशाले भरेको भर्यै छु

शिखरै छ होला मायाको बाटिका
फेदिमा बिचल्ली परेको पर्यै छु

फैलियो दुर्गन्ध कि मेरै समीप
जो अत्तर छर्न त छरेको छर्यै छु

निभ्दै गो प्रकाश सुनेथेँ पहिल्यै
जान्दिन ब्युँतेँ कि मरेको मर्यै छु


June 10, 2009

भारत मा बस्ने नेपाली हरु साबधन

शेखर ढुङेल

भारत ले प्रमुख शहर लगायत १४ राज्यमा आगामी २०११ देखी बहु उद्देसिय प्रकृतीको अत्याधुनिक परिचय पत्र लागु गर्दैछ र त्यसै लाई नागरिकको दर्ता कार्ड मानिने छ । अमेरिका, युरोप जस्ता बिकसित देशमा पहिले नै लागु भैसकेको यस्तो कार्डले बिदेशी आप्रबाशी लाई त्यस्तो कार्डको अभाबमा बैंक खाता खोल्ने, शिक्षा, ब्यवसाय, रोजगारी, घर भाडा लिने, सबारी चालक अनुमती पत्र लिने, लगायत का धेरै कुरा बाट बन्चित हुनु पर्ने छ ।


यो परिचय पत्र कार्ड एक यस्तो स्मार्ट कार्ड हो जस्मा माइक्रो प्रोसेसर चिप को मार्फत कार्ड होल्डर को आर्थिक, अपराधीक लगायत सम्पूर्ण विवरण रिकर्ड गरिएको हुन्छ । भारत ले त्यसै को आधारमा देशको जनसंख्या विवरण पनि सकंलन गर्दै छ । दर्जनौ लाख नेपाली हरु भारतको बिभिन्न भागमा बसोबास एबम काम गर्दै आएका छन, यो कार्ड लागु भए पछी उनीहरुको भबिष्य के हुने ? त्यहा स्थित नेपाली समुदाय, नेपाली दुताबास र नेपाल सरकारले समयमै उनीहरुको भबिष्यको बारेमा भारत सरकार सित कुरा राखी समस्याको निराकरण नगरे तत पश्चात रोजगारी लगायत् अन्य सुबिधा बाट बन्चित भै स्वदेश फर्कनु पर्ने अवस्था आउन सक्दछ ।



माया कस्तो रहेछ

विजयकुमार श्रेष्ठ
धादिङ्ग हाल परदेशबाट

फूल भनि टिपेको थिए काडाँको पर्न गएछ
मायालु सम्झि माया दिए निष्टुरीको पर्न गएछ

कस्तो होला माया भन्ने कुरा अभिसापपो हुदो रहेछ
बुझ्नेलाई श्रिखण्ड नबुझनेलाई काठ पो हुदो रहेछ

माला बनाई सजाउन खोजे तर झुस बनि बिजाई दिएछ
खुशियाली छाई दिन्छ भनेको त निरासपो बनाई दिएछ

समुन्द्रको रफतार भनेको सुनामीको छाल पो आई दिएछ
हराभरा भएको मनलाई उजाड बनाई सुन्य पो बनाई दिएछ ॥


गाउँखाने कथा - १८ (पुरस्कार स्पेशल ) (Nepali Gau Khane Katha)

अपडेट:
गाउँखाने कथा १८ को उत्तर मिलाउने तथा उत्तर मिलाउन प्रयास गर्ने सबै दौतरीहरुलाइ धेरै धैरै धन्यबाद।

सुजनजी ले जलरी बा अर्ग बाट दूध चढाएको भन्नु भयो भने प्रजवलजी ले बादलबाट पानी बर्सेको भन्नुभयो।
बिप्लबजीले इन्द्रेणी भनेर ठुकुवा गर्नुभयो भने क्षितिज जी ले झरी परेको भन्नुभयो।
गाउँखाने कथा १८ को उत्तर मिलाएर दौतरीका लेखक तथा गितकार शेखर ढुंगेलको गिती सिडी “सम्झना” प्राप्त गर्नुभएको छ प्रज्वल जी ले। उहांलाइ धेरै धेरै बधाइ। प्रज्वल जी चाढै नै दौंतरीको जिमेल ठेगानामा ([email protected] )सम्पर्क गर्नुहोस र पुरसकार हात पार्ने मेसो गर्नुहोला।


बिनापाउको पर्वत चढ्यो, बिनाथुनकी गाइ;
बिनाहातको दूध दियो, बिनामुन्टो च्याई।



यो गाउं खाने कथाको उत्तर पत्ता लगाउने पहिलो पाठक बनेर दौतरीका लेखक तथा गितकार शेखर ढुंगेलको गिती सिडी “सम्झना” प्राप्त गर्नुहोस।


June 9, 2009

यो कस्तो मानसिकता ?

शेखर ढुङेल

केही दिन अगी एउटा ईमेल पाएँ, अमेरिका बासी एकजना आफ्नो जातिय राज्य र भाषाका लागि युद्धरत्त कथित विद्वानको उन्ले समर्थन र खुशी ब्यक्त गरेका थिए कि काठमान्डौ बन्द र तोडफोड को । मैले पुर्पुरोमा हात राखेर धिक्कारे उन्लाई ए भगवान यो कस्तो मानसिकता हाम्रो ? उन्ले जुन भाषा र राज्य को वकालत गरेका थिए त्यो बन्द मा क्षती भएका ९० % सबारी साधन का मालिक ति जाती कै थिए आफ्नै घरमा आगो लगाएर ताप्ने कस्तो सोच उन्को ? दु:खका साथ भन्नु पर्दछ हामीले हाम्रै कारणले नेपाल लाई यो दुराब्स्थामा पुर्‍याइ सक्यौ जात र भाषाका नाममा, एक अर्काका बिरुद्ध कहिले सम्म बिष बमन गरी राख्ने जब सम्म नेपाल र नेपाली भन्न नपाईने कानुन बन्दैन तब सम्म ?

मेरो जानकारीमा आए सम्म बहुसंख्यक नेपालीले बोल्ने राष्ट्र भाषा नेपालीले ( आरोपित खस भाषा ) अन्य अल्पसन्ख्यक भाषी लाई कानुनत कुनै बिरोधि काम गरेको छैन , तर आज अल्पसंख्यक भाषी वा जातीहरु नेपाली भाषा माथि जानी नजानी समाज र देश लाई बिखन्डन गर्ने गरी बिद्रोह मा उत्रिएको देखिएको छ । के बहुसंख्यक नेपाली भाषीले अहिले अल्पसन्ख्यक भाषी र जातीले गरे जस्तो बिद्रोह को अनुसरण गरे पारीणाम सुखद हुन्छ ? नेपाल र नेपाली भन्नमा गर्ब गर्ने कि बिद्रोह को खेती मात्रै ? अझ आफु लाई शिक्षितको कोटीमा राखेर बिदेशको सभ्य समाजको पवित्र रस चुसेर स्वदेशी समाजमा भने बिषमय बिचार ब्यक्त गर्नु कस्तो चिन्तन मनन को परिणाम् हो ?

तसर्थ अन्तमा मेरो आफ्नै उधाहरण दिदै सबिनय निबेदन र सुझाब गर्न चाहन्छु । ''मलाई नेपाल मा हिन्दी भाषा र सस्कृतीको प्रभाब आबस्यक भन्दा बढी हाबी भएकोले चिन्ता लागि हिन्दी टिभी च्यानल हटाइ दिएँ, हिन्दी सिनेमा हेर्दिन र भारतीय सित हिन्दी मा कुरा गर्दिन ''त्यसैले समाजमा बिभेद र द्वन्दको असमझदारिको खेती गर्नु भन्दा यदी नेपाली भाषाको बिरोध गर्नु छ भने इमान्दारी पूर्वक नेपाली नबोल, नेपाली नलेख, नेपाली नपढ, नेपाली टिभी नहेर र नेपाली सित नेपाली भाषा मा कुरा नै नगर आफुले जुन भाषाको लागि संघर्स गरेको हो त्यही भाषा र लिपी मा अडिग बस । संकीर्ण बिचार र सन्कुचित स्वार्थ को लागि देश माथि अन्याय नगरौ ।



म भूल हुँ

आचार्य प्रभा
(अमेरिका )
म भूल हुँ सुधार्न सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /