April 9, 2009

चरम अस्पष्टता र अराजकता बीच नेपाली राजनीति

संविधानसभा निर्वाचनको १ वर्ष पुग्न लाग्दा , नेपाली राजनीतिमा विस्तार बन्दै गएको अस्पष्ताले नेपालीहरूको मन अरू दु:खी बनाएको छ । सत्ताको नेतृत्वकर्ता दल माओवादीले सरकारमाथिको चढावलाई जनवादी गणतन्त्र तर्फ बढ्ने रणनीति ठान्ने र सरकार कै अरू घटकहरू र प्रतिपक्षमा रहेका दलहरूले माओवादीको संभावित भावी दिशा तर्फको तयारीमा उठाएको संशय बीचको अविश्सिलो दाउपेचमा नेपाली राजनीतिको वर्तमान र भविष्य अस्पष्ट कैदी बनेको छ भन्नु अन्यथा हुँदैन । यस बीच बिभिन्न दलहरूको दावालाई ख्याल गर्ने हो भने सबैका चिन्ताहरू 'जनता' कै लागि हुन रे तर यो अमूर्त जनताको समूहमा राजनीति निरपेक्ष शान्ति, समुन्ति लोकतान्त्रिक नेपालको सोच राख्ने 'साँचो जनता' केवल मर्माहत बन्दै गैरहेको छ ।

संविधानसभाको निर्वाचनले वैध रूपमा माओवादीलाई मूल प्रवाहको राजनीतिमा स्थापित गराउनेछ भन्ने जनताको चाहना थियो । त्यो भन्दा अगाडि बढेर माओवादी निर्वाचनमा सबैभन्दा ठूलो दलको रूपमा स्थापित पनि हुन पुग्यो तर उसले पनि सत्ताको एकल हकदार हुने मौका पाएन । जनताले ठाने , कांग्रेस एमाले जस्ता संसदवादी दलहरूलाई कम मत दिँदै सजाय दिए पनि कांग्रेस, एमाले र माओवादी नमिले अहिलेको नेपालको राजनीति निष्कर्षमा पुग्ने छैन है भन्ने सन्देश दिएको रूपमा विज्ञहरूले बुझे । हुन पनि यो सोच सही थियो । अझ जनताको नया संविधान लेख्ने कुरामा दलहरू नमिली नहुने व्यवस्था अन्तरिम संविधानले गरेको हुँदा , मुख्यदलहरूले एकार्कासंग केही कदम अगाडि बढेर सम्बन्ध बनाउने कोशिस गर्नु पर्थ्यो । तर यी कुराका बारेमा दलहरू या त बेखबर छन् अथवा हरेक ठाउँमा आफ्नो दलको सिक्का जमाउने ध्याउन्नमा उनीहरूले वृहद र दिगो शान्तिका लागि इमान्दार प्रयत्न गर्ने सोच नै राख्दैनन् ।

कांग्रेस संसदवादी लोकतन्त्रलाई माओवादीले खाने भए भन्ने सोचमा चिन्तित छ । ऊ यथास्थतितिवादी राजनीतिको बन्धक बनेको देखिन्छ र गिरिजा प्रसाद कोईरालाको बूढो र परिवर्तित हुन नजान्ने राजनितिक निर्णयहीनताको बन्दी बनेको छ । अबको नेपाल कस्तो हुने भन्ने सम्बन्धमा उसले पनि राजनैतिक नक्सा र विचारको खाका पस्किन सकेको छैन । उसको चिन्ता विश्वमान्य लोकतन्त्र र मानवअधिकारका मान्यताहरूलाई अंगालेर नया संविधान लेखिनुपर्छ र त्यति भए पुग्छ भन्नेमा केन्द्रित छ । ऊ माओवादीले न्यायलय, सेना र कर्मचारी तन्त्रमाथि नांगो हस्तक्षेप गरेर नेपाली राजनितिलाई आफ्नो पक्षमा 'हाइज्याक ' गर्न चाहन्छ भन्ने छ । यो विचार माओवादी इतरका कम्युनिष्ट र गैर कम्युनिष्ट दुवै दलहरूमा धेर थोर मात्रामा भए पनि उदार बहुलवादी लोकतन्त्रको पक्षमा विचारत: उभिने दलको नाताले कांग्रेसले बहन गरेको देखिन्छ । कांग्रेसको माओवादीसंगको व्यवहार मूलत: विचारधारात्मक हो जसलाई माओवादीहरू वर्गीय हो भनेर समेत भन्ने गर्छन् ।

एमाले सबैभन्दा ठूलो जनाधार भएको कम्युनिष्ट पार्टी भएको हुनाले माओवादीले आँफूले पहिलो निर्वाचमा आर्जन गरेको मतका आधारमा मात्र त्यसलाई विस्थापित गर्न सकिन्न भन्ने कुरा माओवादीले बुझेको छ । यसो हुँदा , नेपाली राजनीतिको तल्लो गाउँ तहसम्म एमालेको भोट बैंकलाई आफ्नो पक्षमा तानेर मात्र एमालेलाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने माओवादी मान्यताले नै अहिले भैरहेका देशव्यापी एमाले-माओवादी भिडन्तका घटनाहरू सिर्जना गराएको छ । सत्तारूढ मध्येका २ ठूला कम्युनिष्ट घटकहरू भएर पनि एकले अर्कालाई सानो बनाएर आँफू ठूलो हुन सकिन्छ भन्ने सोच बोकेका हुनाले यी २ दलको अविश्वासपूर्ण रडाको मच्चिएको छ । विचारको कुरा गर्दा , एमाले समाजिक प्रजातन्त्रको पक्षधर भएको हुँदा उसको कांग्रेस वा माओवादीसंग निकटता र दूरीको सम्बन्ध उस्तै उस्तै हुनुपर्ने हो ।

केही समय अगाडि माओवादी बाबुराम भट्टराईले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै भनेको कुरा यहाँ सम्झिन उपयुक्त हुन सक्छ । उनका अनुसार ' संसारमा हतियारधारी सेना सहित बिद्रोही शक्तिले निर्वाचनमा भाग लिने अनुमति पाएको छैन' । जुन कुरा सत्य पनि हो । आफ्ना हतियार र सेना ज्यूँ का त्यूँ राखेर नै निर्वाचनबाट सत्तामा आइसके पछि अब त झन जे पनि गर्न सकिन्छ र जनवादी गणतन्त्रको लक्ष्यलाई अब कसैले रोक्न सक्दैन भन्ने माओवादीको सोच हो भने नेपाली राजनैतिक दलहरूलाई निकट भविष्यको मुठभेडबाट कसैले रोक्न सक्दैन । माओवादीको सोच साँच्चै कम्युनिष्ट मुलुकमा जस्तो 'जनवादी गणतन्त्र'का पक्षमा संविधान लेख्ने र भोलिको नेपाललाई त्यही बाटोमा लैजाने सोच हो भने त्यो कुरामा अरू ठूला र साना राजनैतिक दलहरूको चरम बिमति हुने स्पष्ट नै छ । यस्ता बिरोध, असन्तुष्टि र मूटभेडका घटनाहरू संविधान बनेर घोषणा नहुञ्जले र त्यसपछि पनि अवश्य रोकिने छैनन् । तर , यदि संविधान सबै पक्षले स्वीकार्ने प्रकृतिको बनाउने हो र भोलिका दिनमा नेपालमा सबै पक्ष र विचार समावेश हुन सक्ने राजनितिक पद्दति बसाल्दै जनकल्याणकारी शासन व्यवस्था कायम गर्न खोजिएको हो भने , दलहरूको मिलन बिन्दु अवश्य भेटिनु पर्ने हो । यसका लागि कसैले एक पाइला पछि हट्नु र कसैले अघि बढ्नु पर्ने हुन सक्छ । मुलुकका लागि यसो गर्न दलहरूले सक्नु पर्ने हो ।


सर्वभौमता बेचियो

हस्त गौतम मृदुल
स्वर्ग जस्तो देश हुनु पर्थ्यो शक्तीसाली
संधैको गरीब भयौ किन हामी नेपाली
सम्पन्न राष्ट तर पनी भयौनी कङ्गाली
संधैको दरिद्र भयौ किन हामी नेपाली
हिंशा भएर धमिलियो बुद्धत्वको आंचल
खै हटेन नी निरंकुस्ताको माकुरी-जाल
चन्द्रमामा पुर्याउने नेता भाषण गर्छन्
जनता भने भोक रोग र शोकले मर्छन्
प्रकृति पानी र अन्नको छ नी भन्डार
तर खाली छन भकारी भोक बारम्बार
पृथ्वीनारायणलाइ बिर्सिएर अंशबन्डा गरी
सर्वभौमता नै बेचे निहित स्वार्थमा परी


April 8, 2009

व्याक्तित्वको अभिव्याक्तिलाई हेर्दा

बिजयकुमार श्रेष्ठ
ईराक
कता कता हिजो आज यस्तो पो लाग्न थालेको छ । हिजो हामी गाउँ बेसी गर्दा घास पात गर्दा एकले अर्काको बारीमा गएर घास काटि दिएको र गोठाला जादा बस्तुले अर्काको बाली खादा बाली धनीले नाना भाति गरेर आफनो बाली बचाउको लागी दिएको झरिला गालीहरुको सम्झना आउछ । भन्ने गर्थे बुढा पाकाले ति उखान कि त गरि खानु कि त भनेको मान्नु र काम गर्ने डेढु जस पाउने हनुमान भने जस्तै अहिले हाम्रो नेपालमा हुन गई रहेको छ ।
संसद भनेको बुर्जुवाहरुको ठगि खाने थलो हो भनेर बिगुल फुक्नेहरु आज कुर्सी मोहमा फसेर बासमति चामलको स्वाँदमा मात्तिन थालेका छन् । देशको प्रमुख सर्वेसर्वा भएर के बोल्न हुन्छ के बोल्न हुदैन भन्ने कुराकोसम्म अलि कति पनि ख्याल नभएका शासकहरुलाई अनि देशमा शान्ति ल्याउछौ भनेर फुक्नु कतिसम्मको लाचारी हो त । एउटा राष्ट्र प्रमुख भएर सारा जनताको अगाडि बोल्नु पर्ने कुरा तेहि हो त केहि दिन अगाडि जन आन्दोलन प्रप्तिको दिन पारेर प्रधानमन्त्रि जस्तो व्यक्तिले के बोलेको हो एउटा साधारण गोठालो र हलिले गर्ने ब्याबहारको शब्द कसरि त्यो मुखमा अटाएको हो । देशलाई तेसको बाबुको बृर्ता भनेर कसलाई भनेको हो जो आफुले नै त्यो बृत्ताको भोग चलन गरेर योग्यताले नभ्याएको र नपुगेको आफना सन्तानलाई देशको गरिमामय पदको भागिदार बनाउन पछि परेको छैन ।हामीलाई जनताले ल्याएको भनेर कुर्लीन पनि छाडेको छैन । नाताबाद र कृर्पावादको चर्को बिरोध गर्नेहरु आज कहाँ गयो ति नारा । नेपाली जनताले प्रत्यक्ष रुपमा देखि रहेको छ र मुल्याङकन पनि गरि रहेका छन् । जनतालाई दिएको वचनको कतिसम्म पालन गरेर सरकार चलाउदै छ भन्ने कुरा ति नेता भनाउदाहरुले प्रस्टयाई राख्न पर्दैन ।
सहकार्य र सहमतिको चर्का नारा बोकेर हिड्ने तर आफुले गरेका सबै सहकार्यहरु आफै भङ्ग गर्दै हिड्ने यो कुन तन्त्रको शासन पद्धती हो । के यो नयाँ नेपालको नयाँ परिवर्तनको सुरुवात हो । एउटा सानो पानि घट्ट चलाउनलाई नेपाल सरकारसँग पुँजीको अभाबले करेसाबारि भएर बगेर गएको पानीलाई सदुपयोग गर्नलाईसम्म हम्मे परेको बेलामा थर्मल प्ल्ाान्ट ल्याउने भनेर देशको ढुकुटीमा रजाई गरि बिदेश भ्रमणकॊ बहानाबाजि बनाएर आफनो सोख पुरा गर्नसम्म चुक्नु भएका छैनन् । अनि जनतालाई भन्ने गर्नु हुन्छ नयाँ भन्ने शब्दको अनुभुती त दिन सकेको छैन दिनको लागी लागु परेको छु भनेर भाषण गर्नसम्म चुक्नु भएको छैन । सरकारमा बसेका मन्त्री भनाउदाहरु अझै पनि जगली दिनको महसुस गरेर हामी फेरी पनि बन्दुक बोकेर मैदानमा निस्कन्छौ भनेर भन्न समेत पछि परेका छैनन् । सधै भरि बन्दुकको आडमा राज्य सत्ता कब्जा गर्ने मनस्थीति भएका शासकहरुलाई जगली बिहारमा रमाउदा आफुलाई गौरवशाली ठान्नेहरुले जुन सुकै परिवर्तन ल्याए पनि जनतालाई के नै दिन सक्छ भनेर विश्वासको पात्र भन्नु रहेछ । सबैलाई सर्वबिदितै भएको कुरा नै हो । बन्दुकको खेलले के कति हानी नोक्सानी पुर् यायो भनेर आज जन समुदायको अगाडि पानी माथिको आभानो हुनलाई कयौ नेपाली आमाका सन्तानलाई बलिको बोका बनायो कयौलाई बन्दुकको निसानी बनायो भनेर कायर्ताको आशु खसाल्नसम्म चुक्नु भएन र फेरि भन्ने गर्नु हुन्छ हामी मैदानमा उत्रने छौ र गोला बारुदको होली खेल्न परे पनि पछि पर्ने छैनौ भनेर पनि भन्न पछि पर्नु भएन । देशको प्रधानमन्त्री जस्ताको स्वाकीय सल्लाहकार दश जोड दुईसम्मको ज्ञान हासिल गरेका व्याक्ति छन भने त्यस्ता व्याक्तिले देश चलाउनलाई कस्तो सर सल्लाह दिन सक्दछ भनेर सोच्नु होला त । न कि सल्लाहकारलाई राज्य चलाउनने सल्लाहको बारेमा जानकारी राम्रसँग हो । जुन पदको लागी योग्यताको कुरा गर्ने हो भने नेपालीमा स्नातकसम्मको त्यो पनि राम्रो प्रतिशत ल्याएको र कार्य दक्षता भनेको कमसे कम देशको गरिमामय पदमा ५ वर्षको अनुभव हुनु आवश्यकताको जरुरी हुन्छ ।
सर्बसत्ताबादको नारा आफै लगाउदै हिड्ने र फेरि आफै क्रमभङ्ग गर्दै हिड्ने । नारी स्वातन्त्रताको चर्का नारा फुक्ने अनि काम गर्ने बेलामा कहाँ गयो नारी स्वातन्त्रता केहि महिना पछि हुन गई रहेको उपनिर्वाचनमा कति वटा क्षेत्रमा नारी उम्मेदवारीको नाम सुचीकृत गरिएको छ त । अन्य पार्टिहरुको बर्खिलाप गर्दै हिड्ने अनि आफुले चाहि गरेको नदेख्ने प्रबृद्धि के नयाँ परिवर्तनको स्वाचित्र उपहास हो । अनि के को नयाँ र नौलो भनेर मादल धन्काउने त मादल बजाएर हुने ठाउँमा डमरु बजाएर हुन्छ । हिजोका शासकले पनि त बोलेका थिए नारी स्वातन्त्रताको बिषयमा जे जती गरे बोले त्यो कुनै पनि कामको कार्य पद्धतिमा रुपान्तरीत नगरेको कारणले त हो आज जगलमा बनबिहार गरेर बसेकालाई बासमति चामलको स्वाँद चखाउन ल्याएको र फेरि त्यहि कुरा दोहोरिन्छ भने के यो जनतालाई दिएको आश्वासन रत्तेउलीमा गाएको गित जस्तो हो । सत्ता भनेको रत्तेउली खेल्ने अखडा हो । कुनै नियम कानुनको प्रति पादन नगरि जति बेला मनलाग्यो त्यति बेला मनो मर्जि गर्ने । कहिले बलि चढाउछु भन्ने कहिले त्यसको बाबुको बृर्ता हो भनेर अभिव्यक्ति दिने कहिले बन्दुक र बमको बर्षा गराउने छौ सारालाई लखेट्ने छौ भन्ने के लोकतन्त्रमा अरु मानिसले प्रतिबाद गर्न पाउने अधिकार नभएको हो । सत्ता समालेर बस्ने व्याक्तिले उपायको खोजि गरेर पो उचित न्याय निसावको तर्जुमा गर्ने तिर लाग्नु पर्छ । बिरोध गर् यो भन्दैमा देशको नामलाई व्याक्तिबादिको नाममा बृर्ता भनेर परिभाषा गर्नु कहाँसम्मको लाचारी र नामर्दपना हो । प्रतिबाद नै गनै नपाउने भए त १०४ वर्षसम्म जंगे शाासन जस्तो भई हाल्यो नि किन लड्नु पर् यो स्वातन्त्र मौलीक हक अधिकार चाहियो भनेर सरकारमा बस्ने र जसको हातमा ताकत छ उसैले मनपरि तन्त्र चलाए त भै हाल्यो नी । अहिलेको परिस्थितीमा आएर पनि असोचनिय अभिव्यक्ति दिएर देशको गरिमालाई उच निच पार्न खोज्छ भने त्यस्ता व्याक्तिको निसानी कसैले समाप्त गर्नु पर्दैन आफसेआफ नसिहदको भागेदारी भएर बिलिनताको बिन्दुतिर धकेली रहेको हुन्छ र उसले आफनो पद र पावरको केहि क्षणको लागी भए पनि उपभोग गरेर आफुलाई महान हो भन्ने ठान्दछ र आफुलाई गौरवशाली हो भनेर मपाईत्वको परिभाषा दिई रहेको हुन्छ । यो हाम्रो नेपालले पाएको लोकतान्त्रिक गण्तन्त्रको पहिलो रुपान्तरित शासनको पहिलो प्रस्तुती हो । हेर्दै जाऔ हामीले यस्तै हो भने युगोस्लाभिया युगाण्डा ईथोपिया जस्ता देशले भोगेको महामारी भोग्न धेरै दिनको पर्खाईमा बसि रहनु पर्ने छैन । सडक र सदनमा बोल्न भाषाको मत मतान्तर जनता सामु एउटा कुरा बोल्ने र कार्य शैलीमा गएर अर्को निती नियम लागु गर्ने यो प्रबृद्धिको जग कति बेलासम्म बाई पङखी घोडाको जस्तो चालमा उडि रहने छ त्यो रफतार हामीले हेर्ने बेला आउने छ । केवल धैर्यधारणको मन्तर जपेर बस्नु पर्ने छ । अनि त्यति बेला थाहा पाउने छ जनताको बलिदानमा उपहास गरि स्वार्थ पुरा गर्नेहरुको हविगत ।
समाप्त …


April 7, 2009

आश भो ....

हिजो १५ हजार नेपालीको एउटै लाश भो
लाश अरु नबढुन् भन्ने मात्र आश भो ।

तानाशह र भ्रस्टाचारकै रगरगी भैदियो त्यहाँ
आज, महङी हामीले फेर्ने शुद्ध सास भो ।

सान्सद उडे मलाया, सिङापुर र बैन्कक सुरामा
जनता काट्ने बिधेयक त्यसैबाट पास भो ।

क्रान्तिकारीहरुको मस्ती सधैं महाजनको महलमा
निमुखाको घरमा बन्दुकधारी छापामारको बास भो ।

मुलुक बेचियो, अन्धकार उपहार हामी गरीबलाई
नेपाल आमा अमेरिका र भारतले खेल्ने तास भो ।

आज, जसले जे गरे पनि हुनी भाको छ, मुलुकमा
सत्य, धर्म र निस्ठा अनि सारा कुराको नाश भो ।

नबेचिउन चेली फेरी हाम्रै आँखा अगाडि, सस्तोमा
नयाँ सालले परिवर्तन ल्याउला भन्ने झिनो आश भो ।


यानी हावा सरर

By अशोक कुमार नेपाल
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
६२ सालामा पर्देश गएयो ईराक भुमिमा
कति दु:ख पाइयो हजुर एक बारको जूनिमा
ईराकको तातो घाम खप्नै गाह्रो भो
दुखियाको जीवन बिताउन गाह्रो भो

यानी घामै घमाइलो
बिदेशमा भन्दा त स्वदेशमै रमाइलो
बनै भरी फूल फुल्यो बस्न बूकिको
कसो गरी बिताउनु जीवन अब दुखिको
गाउघर रमाइलो धानै झुलिने
पर्देशी जीवन दुखी मन कसरी बुझाउने
यानी हावा सरर
गाउ घरको मायाले आसु बारार
गाउ घरको मायाले आसु बारार


जन्म त लिए जिउनको लागि

सी "दोषी"
जन्म त लिए जिउनको लागि साहारा खोज्दै हिडे
साहारा खोज्दै हिड़दा हिड्दै जीवन आधा बीते ।
उकाली चढदा गहर्यो हुन्छ हात दिन्छु उचाली
तानी पो दिन्छन् भन्ने आशमा बस्छु कोही छ की समाई l
ओराली झर्दा लकलक खुट्टा कांपेर हैरान छ
लौरी को साहारा लिदै झर्छु भन्ने मन भैइराछ ।
आराम गर्न चौतारीमा बसी थकाई बिसाई
सिरसिरे बतास पनि आउदैन म संग रिसाई ।
गरेको छैन केही बिराम मैले सजायको भागीदार
सजाय भित्र आलमलिए पछि "दोषी" भो बराबर ।