October 5, 2008

वैध-अवैधको सर्मनाक खेल

शेखर ढुङ्गेल
नेपालको एकमात्र जेठो र प्रजातन्त्र एवं मानवाधिकारको लागि संघर्ष गरेको राजनीतिक दल नेपाली कांग्रेस आफ्नो लक्ष्य हासिल गर्न सफल भए तापनि सदुपयोगिताको अपरिपक्वता हुँदा प्राप्त सफलता र स्थापित धरातलसमेत धराशायी हुन पुगेको छ । १७ साल अगाडिको दलभित्रकै गुटबन्दीले कमजोर बन्न पुगेको यथार्थतालाई कांग्रेसले शिक्षाको रुपमा लिन सकेन- २०४७ सालपश्चात् । दलभित्रकै गुटबन्दीले प्राप्त संविधान व्यवस्थाको अन्त्य हुनपुग्यो । स्थापनाको सैद्धान्तिक नीतिमा विचलन आयो र दलकै अस्तित्व रक्षाको लागि चिन्ता गर्नुपर्ने अवस्थ्थामा कांग्रेस आएको छ । जनताले ससम्मान उच्च स्थ्थानमा पुर् याएका हुन् देशको साँचो सुम्पिएका हुन् नेपाली कांग्रेसलाई । तर ऊ त्यसको सम्मान सदुपयोग गर्न असफल भयो- आन्तरिक चरम विवादमा फसेर । प्रसङ्ग विभिन्न् उद्देश्य र बहानामा विदेश पुगेका विषेश गरी अमेरिका र बेलायतमा कांग्रेस समर्थकहरुका नाममा भैराखेका कथित वैध र अवैधको स्तरहीन विवादको हो । यसको प्रचार-प्रसारले कांग्रे्रस मात्र नभै निस्वार्थ रुपमा यो दलको भलो र प्रगति चाहने नागरिकहरु लज्जित भएका छन् । श्रद्धेय नेता स्व। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि दासत्वबाट मुक्ति पाउन भनी उद्घोष गरी अलग्गिएपछि विभाजित मानसिकताको घाउ दिनानु दिन घट्नुको साटो बढ्दै गएर स्वदेशमा मात्र नभै त्यो सिथिल अस्वस्थ बनाउने रोगले विदेशमा पनि नराम्रोसित गाँजेको देखिएको छ र मपाईंको यो असाध्य रोगले सर्वपक्षीय अहित गरिरहेको छ । अस्थिरता अव्यवस्थ्था अनैतिकता अक्षमताको एउटा पाटो बनिसकेको नेपाली कांग्रेसको छविलाई प्रजातन्त्र र मानवाधिकारको आवरणले ढाक्न नसक्ने बातावरण यस्ता विवादित चर्तिकला बनाउँदै लगेका छन् । त्यस्तै वातावरणमा पिल्सिल्सएर दल देश व्यवस्थाले केही दिएन भनी चप्पल ठटाएर विदेशिएका कथित खाँटी कांग्रेस भनाउन चाहने युवाहरु भर्खर अलिअलि बाक्लिंदै गएको नेपाली समाजमा विभाजनको दूषित रेखा कोर्न तम्सिनु जायज एवं बुद्धिमानी हो कि होइन भनी छुट्याउन असफल देखिएका छन् । त्यसमा पनि म वैधानिक अवैधानिक देख्ने दृष्टिभ्रमको असाध्य रोगले विशेष गरी अमेरिका र बेलायतमा संक्रमणकै रुप लिएको प्रमाण स्वरुप पत्र-पत्रिकामा आरोप-प्रत्यारोपका श्रृंखलाको प्रकाषणबाट देखिन्छ । त्यसका साथै विभिन्न कार्यक्रमको बहानामा आ-आफ्ना पहुँचका नेता बोलाउने हनुमान बनी भक्ति देखाउने होडबाजी र विवाद नेताले आफ्ना कार्यकर्ता सहायक बनाई लेराई तत् तत् देशमा छोडिजाने अनैतिक पदीय गरिमा प्रतिकूलका कार्यका समाचारले त झनै बेइज्जत गराउँदै लगेको छ । बेलायतमा हालै दलका कार्यवाहक अध्यक्ष सुशील कोइरालालाई बोलाउँदा भएको खर्चका बारेमा अनियमिताको आरोप निलम्वनजस्ता सर्म्रनाक समाचार त्यसको खण्डनमा अर्को समाचारहरुले यस्ता कांग्रेस सम्पर्क समितिहरुको नियत पनि पर्दाफास भएको छ । सुशील कोइरालाको बारेमा अमेरिका भ्रमणका बेला प्रकाशित समाचार सुजाता कोइराला समेतले मानिससित पैसा लिई विदेश पठाउने गरेको भन्ने समाचार सम्प्रेषण गरेर स्वयं कांग्रेसहरु एकले अर्काको पोल खोल्दै नङ्ग्याउने गरिराखेका छन् । अझ एकले अर्कोको विरोधमा निकालेका व्यक्ति-व्यक्ति र समूहका प्रचारबाजीले यी दुबै पक्ष झट्केला सावित भएका छन् । स्मरण रहोस् झट्केलाले घरको इज्जत होइन आफ्नै स्वार्थ मात्र देख्दछ र खोज्दछ अनि त्यहाँ अशान्ति र मुद्दाहरु हुन्छन् । यिनीहरुका आरोप-प्रत्यारोप देख्दा भारतमा रेलको यात्रा गर्दाको दृश्य सम्झना आउँछ । के देखिन्छ भने खेतमा पुरुष हुन् कि महिला मुख छोपेका हुन्छन् तर तल नाङ्गै- त्यस्तै हाल छ यिनीहरुको विवादको । पार्टीको केन्द्रीय नेतृत्व त्यतिकै हास्यास्पद निर्णय गर्दछ- कसैलाई समर्थन र कसैलाई विरोध गरेर अमेरिकाको कानुनअनुसार विदेशको दलीय राजनीति यहाँ गर्न छुट छ कि छैन मलाई ज्ञान त छैन तर कुनै उद्देश्य राखी कानुनी दायरामा दर्ता भै राजनीतिक कि्रयाकलाप गर्न विदेशी राजनीतिक दलले उर्दी र निर्देशन जारी गर्नु कानुन संगत छ कि छैन गम्भीर सवालप्रति बेवास्ता गरिएको छ । नेपालको कानुनअनुसार दर्ता भएका राजनीतिक दलका समर्थकहरुले अमेरिकामा बेलायतमा राजनीति गर्न पाउँछन् कि पाउदैनन् स्पष्ट हुन जरुरी छ कि छैन कथम् कदाचित नेपालको राजनीतिक दल िहंसात्मक गतिविधिमा जातीयता क्षेत्रीयताका लडाईँमा संलग्न भए भने ती दलका समर्थनमा विदेशमा राजनीति गर्नेहरुलाई ती देशको कानुनले कस्तो हैसियतामा राख्ला ?आफ्नो घर-परिवार जन्मभूमि छोडी केही गर्ने उद्देश्य लिई आएका र यी देशका राजनीतिक वातावरण व्यवहार बुझिसके पछि पनि नेता बोलउने राजनीतिक गतिविधि गर्ने ती नेताबाट हुनुमानको प्रमाणपत्र लिने काम गर्नुभन्दा बरु त्यहाँ खर्च हुने बराबरको रकम देशका मुखभरी बाढी माओवादी पीडित आफ्नै दलसमर्थक गाउँ गाउँका दुःखीहरुलाई दिएमा के इज्जत घट्दछ आखिर श्रद्धेय नेता बी।पी। ले केही निर्णय गर्नुपर्दा देशको माटो र गरिब जनताको अनुहार सम्झनु भन्नु भएको थियो नि होइन र एक त सानो नेपालीको समूह त्यसमा पनि को कुन ग्रुपको कांग्रेस र अरु को को भन्ने खोजी गुटबन्दी र विवादले सानातिना नितान्त साँस्कृतिक सामाजिक र सामूहिक कार्यक्रममा समेत भाँजो हाल्ने काम यस्ता सम्पर्क समितिमार्फत् भैराखेको गुनासो सर्वत्र छाएको छ । आ-आफ्ना पक्षको मानिसको सिफारिस र छनौट गर्नेजस्ता निकृष्ट काम विदेशी भूमिमा आइपुगेर पनि नछोड्नु विडम्बना नै भएको छ । राजनीति गर्ने रहर भएकाहरु कि त स्वदेश जानु कि त सक्ने दक्षता योग्यता भएकाले जो जुन देशमा वा शहरमा छ त्यही देश र कानुनी दायरामा त्यही देशको राजनीति गरे त सबै नेपालीले सगौरब सहयोग पनि गर्दथे नेपालीको एकतामा पनि सहयोग पुग्ने थियो कि ?
अन्तमा यो लेख पढेर कांग्रेस समर्थकको नाममा खरानी घस्नेहरुको धमिलो आँखाले यो पक्तिकारलाई कुनै पदवी दर्जा नदिनु होला म एक मात्र प्रजातन्त्र स्थायित्व मानवाधिकार स्वतन्त्रताको लागि बिनाझण्डाको स्वतन्त्र नागरिक हुँ ।

दौंतरीमा १ बर्ष

सर्वप्रथम त शुरु भइसकेको दशैको लागी संपुर्ण मित्र बन्धू, दौंतरी शुभेछ्छुकहरुमाझ शुभकामना टुक्राउन चहान्छु। संयोग नै मान्नु पर्दछ, दौंतरी शुरू भएको पनि अक्टोबर ७, मंगलबार १ बर्ष पुग्दै छ। पोहोर साल दौंतरी शुरूहुदा खेरीका प्राय साथीहरु त अझै पनि सक्रिय हुनुहुन्छ। त्यसैले सक्रियनै हुनु भइरहेका साथीहरु र पछि जुट्नु भएका साथीहरु माझ दौंतरीमा आफ्नै गनथन बाढ्न चहान्छु।
दौंतरी साथिहरुकै उर्जाले खोलीएको र साथिहरुकै उर्जाले चलिरहेकोले दौंतरीलाइ सधै संपुर्ण मित्रहरुले आफ्नै ब्लग सम्झिनुहुन आग्रह गर्दछु। जब संचार जगतमा भक्तीभावको गिता मात्र पाठ भएको महशुस गरियो र स्पष्ट बिचार राख्नेको कलम खोसिएको महशुस भयो, तब स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ भनेर दौंतरीको उदय भयो। ब्लगको सुन्ना अनुभव भएको मैले दौंतरीको बागडोर समातेको थिएं। थुप्रै उत्तम नेपाली ब्लग तथा राम्रा नेपाली संचार वेवपेजहरु स्थापित भइसकेको अबस्थामा एक महिना जती निकै न्युन ब्यबस्थापनमा बल्ग चल्दा निकै हिनताबोध भएको थियो। पेजलाइ स्तरीय बनाउनु र स्तरीय बिचार प्रकाशन गर्नु चुनौती त छदैछ, वेब पेज ब्यबस्थापनको राम्रो ज्ञान नहुनुले निकै कठिन मोडमा पुर्याएको थियो भने ब्लग समाग्रीको कहिले कांही अभाव हुदा कनि कुथी म आफैले नि पान्ना भर्ने काम गरेको थिए। तर समग्रमा एक बर्षलाइ हेर्दा सबै दौंतरीले मित्रहरुको प्रशस्त माया पाएको छ भने स्तरिय लेख र रचनाहरु निरन्तर प्रकाशन भइरहेका छन तथा प्रावाधीक सहयोग पनि प्राप्त भइरहेको छ।
दौंतरी सबै माझ पुराउन जोड गर्दा थुप्रै मित्र तथा संस्था बाट निकै सहयोग मिलेको थियो भने कुनै साइटमा दौंतरी शब्द नै सेन्सर हुन पुगेको थियो। एक दुइ पटक त गालि भरिएका पत्रहरु र कमेन्ट पनि प्राप्त भएका थिए। नेगेटिभ बारे कुरा गर्दा केही मित्रहरुलाइ दौंतरीमा लेख्न हतोत्साहित पनि गरिएको मैले भेटाए। तर मलाइ लाग्दछ कलम कैले पनि तरवार संग झुक्दैन र स्पष्ट बिचार कहिले पनि कैद हुने छैनन। हुन त एउटै इभेन्टलाइ बिभिन्न कोणबाट हेर्नेहरु भेटीन्छन। हाल सालै भएको प्रचण्डको अमेरीका भ्रमणाइ कसैले पारिबारीक भ्रमण भने तथा कसैले इतिहासकै सानो र चुस्त टोलीको रुपमा चित्रित गरे। यो भ्रमण बिगतमा भएका भन्दा निकै उत्पादक भनेर ब्याख्या गरियो भने कसैले सयौं मुलुकका राष्ट्र प्रमुखको मेलामा प्रचण्डले पनि मेला भरेको स्पष्टाए। संयुक्त राष्ट्र संघको भ्रमणलाइ यसरी हेरीन्छ भने कतिपय महत्वपुर्ण कुराहरुलाइ सहि र खुला बिचारले सधै सप्ष्ट पारिनु नेपालीहरुको लागी सधै खांचोको कुरा पर्दछ।
जहिले पनि समुहको उर्जा समेटेर हिड्दा त्यो उर्जा समुहमै हराउने सम्भावना उत्तिकै हुन्छ। त्यो मलाइ सबैभन्दा ठुलो डरको बिषय थियो। केही मित्रहरुले त्यस्तै अनुभव सुनाउनु भएको थियो र बिचमा केही सक्रिय साथीहरु नपाउदा म पनि दौंतरीको त्यही नियती हुन्छ कि भनेर निकै अत्तालिएको थिए। तर केही मत्रहरुको निरन्तर सक्रियताले पुन साथिहरुका सहयोगी हात दौंतरीमा आइपुगे। मैले ब्होरेका १ बर्षका समस्टिगत अनुभव यिनै हुन। तपाइहरुका अनुभव, अपेक्षा आदी के छन त्यो पनि बाड्नुहोला। दौंतरी स्पष्ट,सत्य तथा खुला बिचार निर्धक्क राख्ने ठाउ सधै भइरहोस।


अलमलियको प्रदेसी

purushottam subedi
–beljiyam
चाड आय जस्तो लाग्छ -कता कता यो मन भित्र ।
संस्कार संग मेल खाने -छैन कतै धार्मिक मित्र ।।

बढे जस्तो लाग्छ मलाई - नास्तिक को बाहुल्यता ।
आफ्नै टाढा लाग्छ मलाई -पार्टिबाजले कता कता ।।

धर्म संग आस्था राख्ने - हिन्दू भन्न शरम मान्ने ।
कस्ता धार्मिक भेटें मैले -चाड बाड पारी रक्सी तान्ने ।।

दसैं आउछ त्यसै जान्छ -थाहै छैन के हो दसैं ।
कर्कलुको पानी जस्तो -थाइ होकी आस्थाइ बसाइ ।।

नेता हुन दौडीरहेछन -संस्क्रिती र देस बिनाको ।
सबै पराइ जस्ता लाग्छन -छैन यहाँ मन चिनेको ।।

धनको धक्कु लाउदै हिंड्ने -समयको ख्याल न गर्ने ।
१२ जना को जमात भेटे -भाइटल पोस्टकै दाबी गर्ने ।।

समाज सेवा गर्छु भन्छन -अप्सर बादको पोको बोकी ।
सिद्धान्तका कुरा गर्छन् - बनी आफै साधु होकी ।।

नेपाल देखी पुजीबादको - पोको बोकी आका सबै ।
समयको बाढि छोपी -नेतै नेता भाछन सबै ।।

बिचार सबका हुन्छन आफ्नै -मानवताको आस्था संग ।
ब्यभिचारी बढ्न थाले -आस्था सबै भता भुंङग ।।

तिथी मिती बिर्सि सके - बिर्से सबले घरबार पनि ।
हिसाब किताव गर्नु पर्दा - भांच्छन औंला गनी गनी ।।

पढाई लेखाइ सुन्य डिग्री - सिस्नाको झ्यांङ हलो ।
मुर्ख को साथ पछी लाग्दा - कस्को होला भलो ।।



October 3, 2008

दौँतरीलाई जन्म दिन र दशैँको बधाइ र शुभकामना !

ख्याल ख्यालमा नचिनेका साथीहरूसंग
दौँतरीको पिर्ति कोरेको वर्ष दिन हुन थालेछ,
दौँतरीको यस पटकको पिर्ति संयोगले
दशैँको महाअष्टमीको पवित्रतामा फुलेछ

हरेक यात्राहरू , एक कमजोड पदचापबाट शुरू हुन्छन्
विशाल नदीहरू, चट्टान फोरेर निरिह निसृत बहन्छन्
तर पनि नदीको विशालता महासागरको सांक्षी छ
यात्राका पाइलाहरू अन्तरिक्षमा अनुवाद बन्छन्

कलमहरू श्वरमा अनुवाद हुँदा, निर्भिक बन्न सक्नु पर्छ
स्वतन्त्रता अनि मानवातका पक्षमा अडिग अड्नु पर्छ
निरंकूशताको गन्धे प्रदषणको नाडी छाम्न सक्नु पर्छ
छल-कपट र बैमानी चालहरूको पद आहट चिन्नु पर्छ

आक्रान्त छौँ हामी , ढोंगी बुद्दको आवरणमा युद्द बोकेकाहरू संग
नक्कली मसिहाको आवरणमा हिंसाको खेती गर्नेहरू संग
जनताको नाममा जनतालाई जन्तु भएको ठान्नेहरूसंग
मेरो लागि केही गरेको दावामा केवल आफ्नो भण्डार भर्नेहरूसंग

इतिहास सांक्षी छ , कोकोहोलो लगाउनेहरूको भीड हामीले देखेका छौँ
आँफ्ना सबै सुकर्म अनि अरू सबै कुकर्मको रट पटक पटक पढेका छौँ
उनकै पछि हिँड्नेहरू जनता हुन् , अरू सबै पराइ भएपछि,
आफ्ना र अरूको भेदमा हामी जनताको सदैव भएकै हो दूर्गति

झूट र भ्रमको यो बाली इतिहासका गराहरूमा सदैव फस्टाएको छ
अतितभन्दा हिजो र आजमा यो प्रवृत्ति झ्याङ्गिँदै झन मौलाएको छ
अत: निरन्तर गोल पोष्टतर्फ मिल्क्याइँदो भकुण्डो हामी बनाइएका छौँ
अन्धकारमा अनुहार आँकलनको यो विडम्बनामा उल्लू जो बनाइएका छौँ

हे कलमहरू , अन्धकारको यो भ्रममय पर्दाको विन्यास गर्ने बेला आएको छ
अनुहार र दावाहरूमा भन्दा नियत त उद्देश्यको तस्वीर खिच्ने बेला आएको छ
शुरुवात त कहीँबाट हनैपर्छ, त्यो म आँफैबाट प्रस्थापन आज प्रस्थापन गर्नुपर्छ
अक्षर अक्षर अभिव्यक्तिको 'दौँतरी' बनेर श्‍वरको खेतीमा कलमको उद्‍घोष छर्नुपर्छ।


जय दौँतरी ! जय दशैँ ! जय होस् मित्रहरूको !



-एकलव्य


October 2, 2008

गजल - दशै

दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस


October 1, 2008

दशै आयो, खांउला पिउंला

चाड पर्व बर्ष भरी गरेका दु:ख भुलेर परिवार, नाता गोता संग खुशीको समया बिताउने क्षण हो। दशै नेपालीको लागी त्यस्तै चाड हो। यस अवसरम एक आपसमा शुभकामना साटा साट गर्ने, अनेक किसिमका रमाइलो गर्ने यस्तै आदी गरेर समय बिताइन्छ। हुन त नेपालमा अहिले इतिहासकै काल घडिमा बिती रहेको छ, के को टिका लाउनु, यस्तै अनुभुती हुन्छ कहिले कांही। नेताहरुले छक्काउदा छक्काउदै अहिले संबिधानको ललिपप दिएर जनतालाइ राखेका छन। सामानमा कम्पिटिसन भए ग्राहाकलाइ फाइदा हुन्छ तर नेपालमा धेरै पार्टी भए पनि जनता नै सस्ता भएका छन। तर पनि बर्ष दिनको चाड, पुर्खाले दिएको उपहार, हाम्रो संस्क्रिती धान्नु नै पर्दछ। आफ्नो मौलिकता जोगाउनु भनेको आफ्नै आत्मसम्मान गर्नुहो।
यस्तै अबसरमा दौंतरीबाट शुभकामना साटासात गर्दा बिभिन्न खाले शुभकामना प्राप्त भएका थिए। केहीलाइ तपाइहरु समक्ष बाढ्न चाहान्छु।
-----------------दौतरी लाई मेरो शुभकामना--------
purushottam subedi beljiyam
दु:खमा होस वा सुखमा मेरो दौतरी संग
म सधैं सधैं साथ दिने दौतरिको पनि दौतरी
बुढै भय पनि जोस थपी दिने मेरा दौतरी हरु संग
हातमा हात मिलाई यस मानव रुपी जिवनमा
दौतरिको भिडमै रमाउन चाहन्छु । मेरा जोडीहरु संग
म जहाँ भय पनि बेखबर रहने छैन । मेरो एउटा सुझाब
दौतरी लाई -माइ संसार को जस्तो चकारेर गाली गर्ने लेखक हुन
वा कम्मेन्ट कर्ता त्यस्तो लाई जगा दिनु दौतरी को अपमान हुनु हो भन्ने
सुझाब दिदै मेरा दौतरी परिवार का साथै संसार भरका दौतरी प्रेमीसबै दौतरी लाई
बिजया दशमीको हार्दिक मंगलमय शुभकामनाका साथै उत्तरोत्तर प्रगतिको थप शुभ कामना टक्र्याउडछु धन्यवाद ।।
----सुसन न्यौपाने, रामबाबु तथा साथीहरु----
HAPPY VIJAYA DASAMI 2065 विजया दशमी २०६५ सालको हार्दिक मंगलमय शुभकामना !शुभकामना ! शुभकामना !! शुभकामना !!! याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु। -