May 6, 2023

अब अमेरिकामा दशैँ डे ! #dashainday

मेरिल्याण्ड राज्य संसदको ४४६ औ सेसनले हाउस विल ०९६७ ले दशैं दिन अर्थात " दशैं डे " "Dashain Day" को मान्यता पाएको छ । मेरिल्याण्ड राज्यका गर्भनर वेज मोर द्वारा मेरिल्याण्ड राज्य ऐनापोलिस स्थित गर्भनरको कार्यालय बाट उक्त विघेयकमा हस्ताक्षर गर्नु भएको हो ।कुनै एउटा दिन छनौट गर्नुपर्ने भएको कारणले अक्टोबर ५ लाई दशैं दिनको रुपमा मनाउन छनौट गरिएको जानकारी हो । यस विघेयक हस्ताक्षर समारोहमा डेलिगेट भण्डारी लगायत मेरिल्याण्ड राज्यमा बसोबास गर्ने गैर आवासीय संघ, अमेरिकाका प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग, समाजिक अभियन्ता, पत्रकार लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो विलमा दशैं नेपालमा उत्पत्ति भएको र यसलाई दक्षिण एशियाली देशहरुका केही भागमा मा र विश्व भरि छरिएर रहेका दक्षिण एशियाली मूलका व्यक्तित्वहरुले मनाउँछन् । साथै घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म १५ दिन सम्म यो चाड मनाईने उल्लेख गरिएको छ । यो चाडले विश्व भातृत्वलाई अपनत्व गर्दे संस्कृत शब्द " वसुधैव कुटुम्बकम "को भावनालाई आत्मसात गर्दछ । यो साँस्कृतिक महत्व वोकेको चाड हो ।

खासमा महान चाड वडा दशैले शरद ऋतुको मनोरम र आकर्षक मौसमलाई सम्बोधन गरेको हुन्छ । यसै सिलसिलामा एउटा दिन तोक्न पर्ने भएको कारणले अक्टोवर ५ लाई तोकेर विधयेक प्रस्तुत गरिएको हो । यसलाई कालान्तरमा अरु विधयेक जस्तै परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

विश्व भाईचारा र आत्मीय भावना जागृत गराउने वडा दशैं पर्वलाई मेरिल्याण्ड राज्यले पास गरेकाले अव हरेक वर्ष अक्टोवर पाँच तारिखको दिन मेरिल्याण्ड राज्यका गभर्नरले एक प्रोक्लोमेसन ( घोषणा पत्र) जारी गर्नु हुनेछ ।

राज्यले नै यसरी हरेक वर्ष सार्वजनिक गरेपछि मेरिल्याण्ड राज्यमा हाईस्कूल तहको अध्ययनमा अमेरिकाको ईतिहास अध्ययन गर्न पर्ने र त्यसमा मेरिल्याण्ड जनरल एसेम्वलीको समेत अध्ययन हुने भएकाले यस सम्वन्धि अध्ययन गर्ने भावी पुस्ताले समेत दशैं पर्वको वारेमा जानकारी हासिल गर्न सक्नेछन् ।

यसको साथमा मेरिल्याण्डको पव्लिक स्कुल सिष्टममा यो दिन विदा माग्ने प्रक्रियाको लागि अभिभावकले आफनो काउन्टीको स्कूल सिष्टममा अनुरोध गर्न सहज हुनेछ । स्मरणीय छ, भण्डारीको पहलमा यस अगाडि नै वाल्टिमोर काउन्टीको पव्लिक स्कुल सिष्टममा दिपावलीको अवसरमा विद्यार्थीहरुलाई विदा दिने व्यवस्था गराउन सफल हुनु भएको छ ।

Note: 

Maryland Governor Wes Moore signed the bill HB693 on May 3, 2023 recognizing the Nepali festival Dashain as a commemorative day, making history as the first state to do so. #Dashainday




0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !