May 26, 2012

नेपालको संविधान जारी

नेपालको संविधान बनाउने पटके संविधान सभा जारी छ। २ वर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। साँच्चै कै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः
राज्य विभाजन - नेपाललाई आना धूरको हिसाबमा जति जति कित्ता जग्गा छन, ती सबैलाई आफ्नो अधिकार सुनिस्चीत गर्दै सयौं राज्य - उप राज्यमा बांडिने छ। त्यसो गर्दा हरेक जातले मात्र नभइ हरेक ब्यक्तीले आफ्नो हिसाबले राज्य कायम गर्न सक्नेछन्।
चाड पर्व - दशैँ, क्रिस्मस, लोसार, छठ आदि छुट्टा छुट्टै जाती धर्मले मान्ने हुंदा अब देखी नेपाल बन्दलाई राष्ट्रिय चाडको रुपमा स्थापना गरिने छ। उक्त राष्ट्रिय चाडलाई हरेक जाती समुदायले आः-आफ्नो हिसाबले छुट्टा छुट्टै दिन वर्षको एक पटक या महिना मारी रुपमा मनाउन सक्ने छन।
सरकार गठन - संसदको चुनाब पटक पटक गर्दा असुरक्षा हुने तथा खर्च धेरै हुने भएकोले अब देखी बिना चुनाब अहिलेको संविधान सभाको पार्टी तथा वर्तमान सभासदबाट आलो पालो गरी सरकार चलाइने छ।
जनसेवा- नेपाली ले बडो दुःखले आर्जेको लोकतन्त्रलाई संस्थागत गर्दै हरेक जनतालाई मरण प्रान्त सहिद घोषणा गरिने छ।
अर्थतन्त्र - नेपालको अर्थतन्त्रलाई टेवा दिन आगामी दिनमा नेपालको करको दायरा अझ बलियो पारिने छ। धनी गरिब सबै सँग बराबर कर असु लिने छ। उक्त करको दायरमा भ्याट छल्ने ठूला व्यापारिक घरानालाई भने पूरा छुट दिइने छ।
शिक्षा - पढेका जति सबै बेरोजगार  हुने हुँदा हालको शिक्षा व्यवस्था नयाँ नेपाललाई काफी देखिन्छ। त्यसैले अहिलेको कुनै परिवर्तन आवश्यक देखिँदैन। सरकारी शिक्षामा चित्त नबुझ्न ले आफ्ना छोरा छोरी बोर्डीगं स्कुल पठाउन सक्ने छन।
स्वास्थ्य - जति डाक्टर उत्पादन भए पनि सबै डाक्टर शहरमा बस्ने हुँदा गाउंबासीहरु ले आफ्नो स्वास्थ्यको ख्याल आफैं ख्याल गर्नुपर्नेछ। सार्है टाउको दुखे सिटामोल खानुहोला। अन्य बिरामीले पनि सिटामोल खान सरकार उत्प्रेरित गर्दछ। सिटामोलले काम नगरे सक्नेले नर्सिंगहोम गएर उपचार गर्न सक्नेछन्।
रोजगार - सरकारी सेवाको लागी लोकसेवा आयोगले अति अप्ठ्यारा प्रश्न तयार गर्ने हुँदा लोकसेवा आयोग नै खारेज गरिएको छ। राष्ट्रिय पार्टीबाट कोटा प्रणाली अनुसार रोजगारको संख्या कायम गरिने छ। पार्टीको कोटामा नेपर्नेले अरब,कतार तिर रोजगार का लागी जान सक्नेछन्। वैदेशिक रोजगारका लागी भारतीय, बङ्गलादेशीय आदि नागरिकलाई पनि नेपाली पासपोर्ट दिलाउन सहयोग गरिनेछ।
सुचना तथा संचार- रेडियो नेपाल, नेपाल टीभी, गोरखापत्र लाई सरकारकै अधीनमा राखी सरकारकै निर्देशन अनुरूप समाचार सम्प्रेषण गरिनेछ। अन्य पार्टी तथा समूहले आ‍फ्नै तरिकाले समाचार प्रकाशन गर्न आफ्नै पत्रिका निकाल्न छूट दिइने छ। पार्टीको खबर छापी राखे तथा पार्टीलाई चन्दा दिइ राखे निजी संचार माध्यमलाई पनि निर्बाध रुपमा चल्न दिइने छ।
गृह तथा सुरक्षा -  प्रहरी तथा सैनिक पर्याप्त नभएको ले आफ्नो सुरक्षा आफैं गर्न अनुरोध गरिएको छ। कानुन उल्लंघन गर्ने ब्यक्तीहरुलाई उनीहरूको पार्टीसँगको आबद्धता, आर्थिक तथा सामाजिक हैसियत हेरी कारबाही गरिने छ। राजनीतिक पार्टीका नेताहरूलाई भने सबै नियम कानुनको दायराबाट मुक्त गरिएको छ।
राष्ट्रिय चिन्ह -राष्ट्रिय चिन्ह राख्नेमा धेरै विवाद भएकोले राष्ट्रिय चिन्ह सकेसम्म विवाद रहित राखिने छ। राष्ट्रिय चरोमा कुखुरो राखिएको छ। कुखुराको अण्डा र मासु सार्है लोकप्रिय रहेकोले कुखुरालाई राष्ट्रिय चराको रुपमा रोजिएको हो। कुखुरो राष्ट्रिय चरोको घोषणा साथै बर्ड फ्लूलाई वर्गीय शत्रुको रुपमा राखिएको छ। राष्ट्रिय जनावरमा गधा राखिएको छ। नेपाल बन्दामा पनि नरोकिने तथा गाडी पुग्न नसक्ने ठाउँमा पनि गधा पुग्न सक्ने भएकाले गधा राष्ट्रिय जनावरको रुपमा राखिएको छ।
संविधान संक्षेप - समग्र मा छोटो समयमा हतारले लेखिएको संविधानले सबै क्षेत्र नसमेट्ने हुँदा बाँकी रहेका क्षेत्रहरू फेरी संविधान सभाको समय लम्याएर समेटिने छ। उक्त प्रकाशित संविधान सबैले मान्नु पर्छ भन्ने छैन। मन नपर्ने महानुभावले आफ्ना संविधान लेख्न सक्नुहुने छ भने संविधान लेख्न अल्छी लागे यो नयाँ संविधान जलाएर आगो ताप्न सक्नुहुनेछ।



12 Comments:

दिपक said...

हात्ती आयो आयो फूस। खै त तपाइको संबिधान। कि त्यो पनि नआउने हो?

nepalean said...

संविधान आउदै छ दिपक जी। धैर्य गर्नुहोला। अब ६०१ जनाको सहमती त लिनू पर्यो नि।

Anonymous said...

dog ate it!

NKM said...

ठिकै छ, तर ३६५ दिनै गाईजात्रा भन्ने चाही छुटेछ !

nepalean said...

ए हो त ,गाइजात्रा भने छुटेछ। अब यो संविधान जलाउन पर्ने भो

Anonymous said...

Very funny. LoL. But isn't this a serious matter?

दूर्जेय चेतना said...

यत्ती लेख्‍न यत्रो १० अर्ब खर्च गरेका हौ हाम्ले? हा हा हा। आशा गरौ चाडै पुर्ण संबिधान आओस.. आज भोली मै देशमा...

Nepalean said...

Tetro paisa. Maile ta ek paiso pani payeko chhaina. Malai ta 10 ruppey diye pani huncha. haa....

Chetan KC said...

कात्तिक २३ मा ताजा चुनाव घोषणा गर्ने कुरा पो छ त !

Chetan KC said...

आज राति १२ बजेसम्म संविधान जारी नभए संविधान सभा विघटन भई देशमा राजनैतिक संकट निम्तिँदैछ। लास्ट आवरमा सहमतिको प्रयासका लागि के के हुँदैछ त ?
अपडेट (राति ९१५)सरकारले केही बेरमा पत्रकार सम्मेलन गरी नयाँ चुनावको तिथि घोषणा गर्ने तयारी। कात्तिक २३ (नोभेम्बर ८) का चुनावको तिथि तोक्नेमा दलहरु सहमतिनजिक। कात्तिक २३ भनेको दशैँ र तिहारको बीचमा पर्छ। संकटकाल लगाउने कि भन्ने विषयमा छलफल हुँदा देउवा राजी भए पनि रामचन्द्र पौडेलले त्यसो नगरौँ भने। एमाले पनि त्यही लाइनमा गयो। कसको नेतृत्वमा चुनाव हुने पनि सहमति हुन बाँकी।

Nepalean said...

Bholi ganantra diwas.Aja sambidhan sawa ko myad sakine. Gyanendra Shah bhandai holan - bujhe. bujhe. Yi 601 jana sabai ma jastai achakyam hun.

Anonymous said...

la nepali haru aba 601 janai lai fheri bhot dina tayar hau. fheri 2-4 barsa sambidhan sabha bhandai almali rakha. tespachi pani nabhaye fheri arko chunab gara. sambidhan nabhaye pani desh chaldo rayecha kyare.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !