April 22, 2011

गजल

भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी,धोती कुर्ता पो उन्न पर्छ कि!

ईतिहासको ब्याज सकियो,बर्तमान धितोमा छ
पराधिन भै कतै,स्वाभिमानै थुन्न पर्छ कि!

चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना,सबै मिली तुन्न पर्छ कि!

माटो कस्ले चिन्यो र यहाँ,इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!

3 Comments:

Luna said...

--"चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!--"

मार्मिक गजल लेख्नु भो waka जी तपाइले .
साच्चै हो अब त अति नै हुन लागि सक्यो भन्या !

Anonymous said...

wa wa wa. waka.
chorlai chautari sachhhai dherai bho. aba uslai kurchi hoiona suli dini parcha.

waka said...

thanks

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !