November 13, 2010

रङ्ग - कूचिकार र भमरा

लुना

सप्तरंगी इन्द्रेणी शुन्दर रङ्ग कति
रङ्गमा रमाउने कूचिकार हुदो हो दङ्ग अति !

पोख्दो हो रङ्ग फिजाउदै थरि थरि
चोबल्दो हो कूचिलाई रंगमा घरीघरी

देख्दो हो प्राकृतिक सौन्दर्य अपार
सोच्दो हो स्वर्ग कै टुक्रा संग साछात्कार !

सुन्दो हो चराचुरुंगीको चिरबिर मधुर झन्कार
' सा रे ग म --- ' छुदो हो उसको दिलको सितार --

सम्झिदो हो प्रियसी कुशुम लता
चुम्दो हो नजिक गइ पुष्प कोमलता

भमरा भुन्भुनाउदो हो देखि कूचिकारको भाबुकता
लाग्दो हो उसलाई पनि इष्र्या कताकता ----

6 Comments:

वेदनाथ पुलामी (उमेश ) said...

कस्तो अजिब बर्णन , सरल कुरा तर प्रष्ट भाव !
कुचिकारको रंग र भमरा कस्तो मेल छ ! निकै गहिराइमा डुबे अनि एउटा आकृति आयो मेरो अघि तपाइँले भन्नु भए जस्तै रंग, कुचिकार अनि भमरा !

लुना जी तपाइको लेख्न निकै तारिफ योग्य लाग्यो !

Anonymous said...

तिहारको सप्तरंगी जस्तै राम्रो रहेछ कबिता।

Anonymous said...

Good job Luna jee, Keep it up.....
Arjun

Anonymous said...

Luna jee, its a so nice poem. Please keep continue to write more. I must say that you are a new parijat. Thanks

निमेस said...

.ए रंग!
मलाई पनि रंगाई दे
सप्तरंगी तेरो रुप
कुचिमा टांसिदै
पोतिदे मेरो अनुहारभरी
किनकी
मलाई मन पर्छ
भंवराको भूनभून!!

Nepalean said...

रंग भन्ने चिज पनि गजब नै हो। खासमा यो त सेतो हो तर जब यसलाई हरेक कणमा बाडिन्छ अनि बन्दछ इन्द्रधनुष। त्यस पछी हरेकको मनमा छुन पुग्दछ। लुनाजीको मनमा पनि चस्स पुगेछ अनि त कबिता तयार भइहाल्यो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !