October 2, 2009

गाऊँखाने कथा - ३० (Nepali Gau Khane Katha)

अपडेट: गाऊँखाने कथा ३० को उत्तर हो हलो। उत्तर मिलाउने लुना जी लाइ बधाइ तथा पछि उत्तर मिलाउन र प्रयास गर्ने मित्रहरुलाइ धेरै धेरै धन्यबाद।
----------------------------------------------------------------------------------------
सँधै जसो सप्ताहान्तमा नेपाली लोक चलनमा चर्चित गाउँखाने कथा लिएर हाँजिर भएको छु।

दिनबरि लुरीखुरी रातभरि कान्लो कुरी, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


8 Comments:

बिप्लब said...

सर्प हो?

Luna said...

माटो - जमिनलाई जोत्ने हलो ।

Anonymous said...

हलो हो ल जा जे होला होला लुनाजी को गाउ उहालाई नै सुम्पिजाला।

लेकाली said...

रा प्र पा को चुनावी चिन्ह हो यो गौ खाने कथाको उत्तर ।

लेकाली said...

गाउँ लेख्छु भने गौ पो भएछ सफाचट भुलसुधार गरी पाउँ है नेपालीयन जी।

नेपालियन said...

हुन्छ हुन्छ लेकाली जी भुलचूक लिने दिने।
सबैको उत्तर एउटै छ। कि सबै ठिक छन कि सबै गलत भए। कसो?

Dautari Admin said...

यस पटकको उत्तर हलो नै हो। सबैले उत्तर मिलाउनु भयो। बधाइ छ सबैलाइ।

arjun said...

रा प्र पा को चुनावी चिन्ह हो यो गौ खाने कथाको उत्तर ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !