July 2, 2009

खल्ति कि प्रवृत्ति ? कि लँगौटी ?


Nepal bans airline staff pockets



Staff at Nepal's main international airport are to be issued with trousers without pockets, in an attempt to wipe out rampant bribe-taking. Officials said there were growing reports of bribe-taking at the airport The country's anti-corruption body said there had been growing complaints about staff at Kathmandu's Tribhuvan airport. A spokesman said trousers without pockets would help the authorities "curb the irregularities".

स्रोत: http://news.bbc.co.uk/2/hi/south_asia/8126110.stm


ओरालो लागेका मृगलाई बाच्छाले पनि लखेट्छ भन्छन् । मुलुक हत्या, अपहरण, फिरौति असुली, दण्डहीनता, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणले घाँटीसम्म डुबिसक्यो । राजनीतिको जोड घटाउमा माहिर हाम्रा देशका भक्षक खेलाडीलाई अरू केही कुराको चासो हुने कुरै भएन ।

देशमा कानून छ , कानूनका मठाधीशहरू कसरी पैसा र प्रभावका बलमा कानूनलाई फूटबल झैँ प्रहार गर्न सकिन्छ , कलाबाजी सिकाउँछन् । देशमा पुलिस छ , कसरी अपराधलाई लुकाउने र अपराधीलाई उम्काउने सूत्रहरूको लिलाम बढाबढ गर्छन् । देशमा जनताको करले पालिएको ठूलो संख्यामा कथित राष्ट्रसेवी कर्मचारी छन् , जसले अड्डा र अफिसमा बल्छि थापेर हात र मुखको जोहो गर्न उपाय खोजी गरिरहेका निरिह जनताको बाटो ढुकेर ढडिया भर्छन् । देशमा राजनीतिक दल छन् , जसले जनतालाई ‘बाँच्ने होस् भने भोट दे’ भनेरै लोकतन्त्रको श्राद्द गर्छन् । देशमा प्रसासन र सरकार छ , जसले त्यहाँ पुग्न पाएको नै जनतालाई झिरले रोपेर तिनको शरीरबाट रगतका थोपा निचोरेर असूल्नु हो भन्ने रावण बुझाइ राख्छ। यस्तो मुलुकको अख्तियार दुरूपयोग नामको नियोगबाट कता न राम्रो गर्नलाई भएको हो कि झैँ गरी एउटा उट्पट्याङ् आदेश आयो “ एयरपोर्टमा हुने भ्रष्टाचार रोक्न त्यहाँका कर्मचारीलाई खल्ति भएका लुगा लगाउन नदिने” ।

कस्तो निम्न बुद्दि ब्रष्टाचार रोक्न बसेको सेतो हात्ति अख्तियारको ? यो कस्तो बुद्दि हो ? कस्तो उपाय फुरेको हो मान्छेका मगजमा, तो पनि यति बिघ्न उच्च तहमा बस्नेहरूको ? भ्रष्टाचार खल्तिले गर्ने हो ? त्यसो हो भने त सर्वाङ्ग नंग्याएर राख्दा राम्रो होला नि !

अख्तियार नामको यो पाखण्डी आयोगका जमातहरूले यस्तो हास्यास्पद निर्णय गर्नु पूर्व , यस्तो समाचार अन्तर्राष्ट्रिय मिडियामा पुग्दा देशको बद्नाम कुन ढंगले होला भनेर सोच्न पनि नसक्नु आँफैमा उदेक लाग्दो छ । कानून , व्यवस्थाको ह्रास र दण्डहीनताको तो कुरै छोडौँ , मुलुकमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भ्रष्टाचारको समाचारलाई खल्तिबिनाको पहिरन मार्फत रोक्न खोजेर अख्क्तियारले, कर्मचारीलाई खल्तिबिहीन बनायो बनाएन थाहा भएन ,तर नेपाललाई पहिरनबिहीन निर्लज्ज भने पार्‍यो नै । हैन यो देशमा सन्तुलित दिमागधारी मान्छे नै बाँकि रहेन्न कि कसो हो ? किन हामिले गर्ने हरेक काम र कुरा हरूका लागि परिहासका कथा बन्न पुग्छन् ?

भ्रष्टाचार र घूषखोरी हाम्रो जीवनको अभिन्न प्राण बनिसक्यो । यसलाई हटाउने हो भने हाम्रो प्रवृत्ति सुध्रिनु पर्ने हो । हैनभने विमानस्थलमा लगौँटी मात्र लगाएका कर्मचारी पठाएरै पनि , स्थति सुध्रिन्छ भन्ने कामना कसैले गरेको छैन। खल्ति नभएका कपडा लगाएर भ्रष्टाचार रोकिन्छ भने मुलुकभर पाकेट र झोलामा प्रतिवन्ध लगाउने कानून बनाउँदा पनि हुन्थ्यो ! तर कस्तो बुद्दि दिमागमा बोकेको जिमराजले यसो गर्दा भ्रष्टाचार हुन्न भन्ने सोचेर यस्तो निर्णय गराएको होला ? यसो गर्दा विमानस्थलमा हुने भ्रष्टाचारको कुरामा एक थोपो सुधार त पक्कै आएन होला तर , यो समाचार अष्ट्रेलियादेखि बेलायत र संसारभरिका मिडियमा , एउटा मजाकिया खबरको रुपमा छरिँदा हाम्रो एक मात्र अन्तर्रष्ट्रिय विमनास्थलको बिजोग कहानी छताछुल्ल भने अख्तियारले बनाएरै छोड्यो । घूसखोरीको कारक खल्तिमा भेट्टाएर, अख्तियारवालाले आफ्नो पंगूपनको परिचय बाहेक केही देखाएनन् बरू वास्तविक समस्यामा कुनै असर नै नहुने यस्तो स्थितिमा, ‘हगाइ भन्दा पदाइ’ ठूलो हुने झै गरी , भ्रष्टाचार कम गराउन यस्तो २ पैसे बुद्दिको उपाय सुझाएर , अन्तराष्ट्रिय रुपमै नेपालको बेइज्जतीको यो तमाशा गराउने अख्तियारवाला हरूलाई उनीहरूको लाज छोप्न लगौँटी उपहार दिने हो कि !


10 Comments:

Anonymous said...

It is nothing but a bogus rule. Like a 8000 Rs salary build a house in Kathmandu, similarly these pocketless people buy not only house, they will also buy car. Such a wondeful country.

ठरकि दादा said...

मलाइ पनि यो समाचार पढ्दा उदेक लागेको थियो ।
तर यस्तै रै'छ नेपालका दिग्गजहरुको रोसन दिमाग । भित्तै पुग्ने गरी तपाइले माथि लेखि सक्नु भएको छ। तैपनि कुरा प्रष्ट गर्ने हो भने यसले संसारमा हाम्रो बेईज्जत गर्ने बाहेक केहि सुधार हुने छैन भनेर चाही अहिले नै भन्दा फरक पर्दैन ।

Prajwol said...

Not a good PR...but somebody had to start somewhere...people were beginning to think that corruption in TIA is a privilege (similar to vacation of sick leave) that comes with the employment there.

Prajwol said...

Corrections: Vacation or sick leave, not vacation of sick leave

प्रबिण थापा said...

यहाँ सबै बौलाउदै छन्, त्यो अख्तियारको त के कुरा गर्नु भष्ट्रचार गर्न हुन्न भन्छ अनि दिन दाहाडै सबैको अगाडी आँफै भष्ट्रचार गर्छ । यो कही नभाको जात्रा के गर्न खोजेको हो कुनी? भष्ट्रचार नियन्त्रण गर्ने हो भने सबभन्दा पहिला अख्तियारका कर्मचारिहरुको छनबिन हुनुपर्छ।
हो हामी सबैलाइ थाहा भएकै कुरो हो हाम्रो अन्तराष्टृय बिमानस्थल, बिमानस्थल नभाएर भष्ट्रचार को अखडा बनेको छ । नेपालि जनता र सारा बिदेशी नगरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता संबेदनशिल ठाउमा प्रभाबकारि संयन्त्र बनाएर ,उच्च सतर्कता अपनाइ कुनैपनि निर्णय गर्नुपर्नेमा यस्ता हावादारि उदेकलाग्दो कुरा गर्नुले नेपाल र नेपालिलाइ बिश्वमै लज्जित बनएको छ।

Biplab said...

It is a great invention. Official dress with no pockets. Now minister and every sarkar karmachari should wear pocketless dress because they are also culprits not only TIA official.

Aagan Team said...

कही नभाको जात्रा हाडिगाउँमा ।

पीजी said...

विमानस्थलका डाइरेक्टर वा हाकीमले कर्मचारीहरुलाई त्यस्तो उर्दी जारि गरेको भए मैले सामान्य रुपमा नै लिन्थे । विकसित देशहरुमा पनि चोरी वा "भ्रष्टाचार" रोक्न कर्मचारीहरुको निगरानी गर्न कर्मचारिले ड्रेस च्यान्ज गर्ने रुम र ओहोर दोहोर गर्ने ठाउंमा सि सि टी भी क्यामेरा राख्ने गर्छन । यस्तै कारणले पोहोर साल जर्मनीको सुपर मार्केट चेन LIDL हप्तौंसम्म सिएनएन, बिबिसि र अन्य युरोपियन मिडियाहरुको चर्चामा थियो । तर आफ्नै हाकीमले नभएर यो उर्दी देशको सम्वैधानिक अंग जसले देश भरिका बेथितिहरुको नियन्त्रण गर्ने अभीभारा राख्छ त्यसले गरेको हुंदा यो उर्दि एअरपोर्टको भ्रष्टाचार भन्दा पनि अझ अख्तियारको नालायकीको नमुना हो । कहि यो निर्णय पुतली सडकको सेकुवा रेष्टुरेन्टमा बसेर गरेको हो कि?

नेपालियन said...

खल्ती हटाएर भ्रष्टचार हट्छ त ? साच्चै हो भने त बाटोमा बस्ने ट्राफीक पुलिस देखी हरेक अफिसका करमचारीहरुको पनि खल्ती काटीनु पर्छ। ति घुसखानमा अछुतो होलान त? मन्त्रीहरुको त कुरै नगरौं।
तर यो निर्णयबाट के लाग्छ भने देखा देख घुस त नखानु लुकी लुकी जती खाए पनि हुन्छ। अब पैस राख्न खल्ती नै चाहिएला त? जुत्ता,टोपी देखी महिलाले छातीमा पैसा राख्ने गर्छन। यसरी पैसा कसैले नलुकाउला भनेर कसैले पक्का गर्न सक्छ?
पाण्डा जी ले भने जस्तै यो पूतली सडकको सेकुवा पसलमा तयार पारिएको बिचित्रको उध्गोस हो।
अमेरीकामा जस्तै under-cover cops २-४ दिन एयरपोर्टमा राखौं,समातिएकालाइ कानुन पुर्बक कारबाही गरौं; त त्यो घुसखोरी त्यसै निर्मुल हुन्छ। चाहिने काम गर्नु छैन मात्र झारा टार्ने बाटो हो यो।

नेपालियन said...

मैले भूलेछु। मेरो पनि अख्तियारकर्तालाइ एक जोर लगौंटी उपहार।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !