July 5, 2009

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 2009

डायस्पोरा नेपाली साहित्यको विकास र विस्तारमा दूइ दशकदेखि लागि परेको अन्तर्राष्टिय नेपाली साहित्य समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आउदो अगष्टमा हुंदै छ।

१५ अगष्टमा न्युर्कमा हुने उक्त सम्मेलनमा कबिता,गजल आद साहित्यक प्रश्तुतीका साथै डायस्पोरामा नेपाली भाषा तथा साहित्यका वारेमा छलफल र विचारविमर्श गरिनेछ। साथै नेपाल तथा अन्य देशमा रहेका मूर्धन्य नेपाली साहित्यकार तथा विचारहरुका विचार तथा कार्यपत्रहरु पनि प्रश्तुत गरिनेछ।

पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यो भाषा-साहित्य सम्मेलन युवाकवि मोतिराम भट्टको जन्मजयन्तीका अवसर पारेर गर्न लागिएको हो।

यसबारेमा विस्तृत जानकारीका लागि http://conference.inls.org/ मा राखिएको छ। सम्मेलनमा वाचन गरिने रचनाहरु ७ अगष्ट २००९ भित्र यो इमेल ठेगानामा [email protected] आइसक्नु पर्ने नियम राखिएको छ ।

2 Comments:

HAWA said...

पुरस्कार कती डलर को छ ?

प्रबिण थापा said...

हावा जि लाई मेरो जिज्ञासा: तपाईंको ब्लगको सबैजसो लेखहरु पढ्ने गरेको छु तर प्रतिकृया लेख्न भने म सार्है अल्छि छु, मख्ख नपर्नु नि शायद केही लेख नपढेको पनि हुन सक्छ हे हे हे। सबै यथार्थहरुलाई सहज र सरल बोलिचालिको भाषामा उतारेर लेख पस्कने तपाईंको कलालाई मेरो सलाम! तर म केही दिन देखी तपाईंको ब्लगमा धाउदा pop up देखिएर हैरान पारेको छ भन्या। हैन तपाईंको हो या मेरो समस्या?तपाइको ब्लग यो प्रश्न राख्न नसकेर दौतरिको सहयोग लिएको छु, उत्तर पाउछ कि!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !