June 15, 2009

मेरो कथा मेरो व्यथा

- गुरु केदार बराल
उत्तर अमेरिका
आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र
चोखो प्रेम साँचेको छु ।


4 Comments:

बिप्लब said...

गुरुजीको पनि ब्यथा नै ब्यथा रहेछ।

Anonymous said...

Guru ji ramo manchheho pokali okhaldhingako laigi

Anonymous said...

हाहहा !!! क्या कविता र'छ हौ !

एकलकाटे said...

हैन गुरु जी केटी ले हल्ला फिजाएर बदनाम गरिन भनेको चाँही पहिलो चोटि सुनियो है

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !