June 30, 2009

साझा, माइसन्सार र दौतरी

Dautari 1000 th. Post

(लौ कोही आउनुभएन, हजारौं पाइलाको लागि । त्यसैले एउटा मनकुन्तर टासेको छु, फेरी आँफै । अब पुरस्कार मलाई नै त होलानी । कि, चाहिने भन्दा बढी भयो भनेर गाली हो ? लौ, आखिर जे होस् । )

आज भन्दा कारीब पाच साल अगाडिको कुरा हो । म भर्खरै स्वदेश छाडि यो "परदेश" पसेको थिए । बिदेशिएको छोरोको पीर पर्‍यो होला भनी बाबा-महातारिलाई पत्र पठाम् भने यो सात समुन्द्र पारीबाट कुन चरिले लगिदेला ? श्रीमती त काठमान्डौमा थीइन । फोनको सुबिधा थियो, यसो गरियो । हाजातमा राम्रै सँग परदेश आइपुगेको बताइयो । तर गाउमा हुनुभएका बिचरा आमा-बुवाले आफु आइपुगेको खबर कसरी पाउनुहोला भन्ने कुराले मन पिरोलिरन्थ्यो । अचानक, जिल्ला सदरमुकाममा रहेका आफ्ना मित्रलाई इमेल लेखी पठाइ सुचित गराउने उपाय मनमा पलायो र त्यसै गरियो पनि । परदेशमा छोएको त्यो कम्प्युटरलाई माउसले स्क्रीन बन्द गर्दै जादा साथीले बन्द नगर्नुभएको साझा डट कम मा मेरो नजर पुग्यो । यसो हेरियो, नयाँ-नया बिषयहरुका सटिक सम्प्रेशणहरु अनी केही जानकारी, झट्ट हेर्दा रमाइलो नै लाग्यो - साझा ।

साझामा त्यतिबेला ठरकी दादा, बसन्त गौतम, नेपालीयन, राहुलभाइ, शिरीष, शिवप्रकाश, गोतामे लगायत सयै नेपाली मित्र तथा दाजुहरुको गजल र नौलो अनी रमाइलो "चौतारी' खुबै रमाइला रहेछन । जानी नजानी साझाभित्र केही कोरिन थालियो । अनोक समाएका हातहरु कबि बन्ने ध्याउन्नमा बोस्टनको जाडोमा प्यलाको साथमा अरुको गजल पढ्दा खुबै मजा आएको थियो । अत: बिस्तारै गजल पढ्ने बानिले साहित्यको बिद्यार्थी बनायो । साझाकै थ्रेडमा बोस्टनमा हुने साहित्यिक कार्यक्रमको प्रचारको जालोले राहुलभाइ दाजु सँग फोनमा बार्ता गर्ने अबसर जुरायो । त्यसताका ब्लगको हावा भर्खरै लागेको थियो मलाई । साझामा नै बिज्ञापन गरेर अहिले स्वघोशित "बादशाह" बनेका माइसन्सारका संचालकको बारेमा पनि जानियो, साझामा बिज्ञापन हेरेर । मनमा पलायो एउटा बिचार कि, किन साझा-चौतारीमा मात्रै लेख्ने ? माइसन्सार तिर पनि कलम चलाऔ भनेर दुई चार वटा लेखिएका खेस्राहरु "उमेश"को नाममा पठाइयो । तर आएन । लेख प्रकाशित नभएर रिसाएर ब्यथा पोखेको होइन, मित्रजन । त्यो संसारमा लेख्ने पनि मेरै र म जस्तै नेपाली दाजु भाई थिए । तर त्यों संसारले राजनीतिको बिल्लाको भरमा उसका पक्ष-पोसकहरुको "पूजा" मात्रै सुन्न थाल्यो र हाम्रा कसरतहरु उमेशले कहिल्यै राम्रो ठानेनन । अझ भक्तिभाबमा लेखिएका सामाग्रीहरु प्रतिका हाम्रा कमेंटहरु पनी डिलीट भए । मलाई यो ध्रुबसत्य भन्न बडो चित्त दुख्छ र पनि भन्नु पर्छ, हाम्रा पैसाले न्यूयोर्कमा राष्ट्रियताको बखान गाउन आएका "प्रचन्ड" ले पादेको सरी छपाउने त्यो माइसन्सारले परिवारको ममता गुमाएको कुनै परदेशिको ब्यथा छपाउन ठीक ठानेन ।

कतारको खाडीमा बगेको पसिनाको कथालाई सहि ठानेन । जर्मनमा पासपोर्ट हराएका साथीको बेदना सहि ठानेन । अमेरिकामा शरणार्थी भएका बा-आमाको कहानी लेखाउनु उचित ठानेन । आज कम्प्युटर केही जानेको छु र म यो अर्को ध्रुबसत्य कुरा भन्छु, कम्प्युटरमा डिग्री हासिल गर्ने कयौ ब्लगर आदरणिय दाजुहरु चिनेको छु आज र पनि भन्नै पर्छ, यो सत्य कि, एउटा ब्लग चलाऊन कती पैसा लाग्छ ? म त भन्छु, एक सुका पनि लाग्दैन । तर, बेचिएकी चेलीको कथा लेख्न भुलेर, माइसन्सार "ब्लग चलाऊन सहयोग माग्दै, पे-पाल अकाउन्टको शिर्शक" राख्न सम्म पछी पर्दैन । हो, पत्रकार कोही हो भने खर्च लाग्छ नेपालमा तर जनताको लागि कुनै ब्लग खुलेको छ भने भिक्षा माग्नु उचित होइन ।

राहुलभाइ एक जना जानकार र सिद्धहस्त लेखक हुनुहुन्छ । उहाको "चिलिम" एक जमनामा बहुतै चर्चित थेगो थियो, साझा चौतारीमा । एक दिन फोनमा दाजुलाई मैले भने - "दाइ, एउटा साझा ब्लग चलाऊनु पर्‍यो, चौतारीका सारा सहकर्मि मिलेर ।" तर यो कुरा पुरानो भैसकेको रहेछ । दाइले भन्नुभयो -"भाइ, "दौतरी" सुरु भएको छ नि त । " यो कुरा भनिरहदा यो लेख हजारौ पोस्ट होला र मैले ताली पाउला भनेर गमक्क भएको कदापी होइन, म । तर, दाजुको त्यो उत्तरले खुशीको सीमा रहेन । "दौतरी डट ओआरजी" हानियो, अनी देखियो, पढियो, खुशी भइयो । र आज दौतरिमा कतारका भाईहरुको पनि लेख पढ्न पाइएको छ । जापानबाट दाजुले लेख्नु भएको गजल पनि पढ्न पाइएको छ । बम्बैमा बेचिएकी बहिनिको बेदना पनि पढ्न पाइएको छ । त, यसरी कसैको द्वेश हटाउन होइन कसैका कथित "सन्सार" लाई पर-पर घचेड्दै दौतरी अघी बढेको छ, बढेको छ ।

माइसन्सारको भाउ यो मध्यरातमा लेखियो भनेर म मित्रहरुलाई गर्धन नफुलआउन अनुरोध गर्दछु । भनिन्छ नि, जब मान्छेले मान्छेलाई मान्छे भनेर गन्दैन तब मान्छेले मान्छे हुन मान्छेकै साहारा लिनु पर्ने रहेछ । यसकारण, यो एउटा तितो सत्य मात्र हो । दौतरिको यो सफलताको हजारौ पाइलाहरुमा साथ दिने सयौ साथीहरुको माझमा सान्दर्भिक ठानेर मात्र राखेको हुँ, मात्र एउटा सत्य । तर यो हिनताबोध होइन । कपुरि क सिकेर पनि आज हाम्रा भाईहरु हामीले पुज्ने चंद्रमामा बस्ती बसाउदै छन भने माइसन्सारको त्यो हेपाइ एउटा मामुली उदाहरण र झसका हो भन्दा अनुपयुक्त नहोला । उनले हेपे पनी उनी हाम्रा साख्खे भाई हुन । हामीमा त्यति ममता छ, जून ममता दौतरी मार्फ़त हामी सबैले दर्शाउदै आएका छौ ।

आजकाल फुर्शदले खुबै ब्लग पढिन्छ । ब्लगका ति लेखहरु पढ्दा लाग्छ, मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको बिसर्जनका खातिर । सामाजिक आवाज बुलंद गर्न हजारौ ब्लगरहरू "आफ्नै संसार" लिएर /भएर मुखरित भएका छन ।

पाच बर्ष ठ्याक्कै भएछ, बिदेश आएको । साथीलाई आफु आइपुगेको खबर दिलाउन इमेल लेख धर्मराउने हाम्रा हातहरु आज तिरस्कारलाई सहन नसकेर गज्जबको लेखायती झाप्पड हान्न लालायित भएका छन । त्यसैले, देश रुदा हामी परदेशिको मन रुदो रहेछ । त्यही रुने मनलाई बिसाउने एउटा साझा चौतारी बाट शुरु भएर, दुनियाँका रैतिका संसारहरुलाई पार गर्दै दौतरी जनताको आवाज बोल्ने ब्लग (माध्यम) भएको छ । चाहे, साहित्यको रुपमा चुहाइएको आशु होस् या चेतनामा जलजलेको बिचार । सबैका हातबाट लेखिएका ति भावनाहरू, बेदनाहरु अनि परदेशिका आवाजहरू एकिकृत रुपमा एउटै आगनमा सर्लक्क पाउदा म जस्तै अरुका मनहरु पनि अबश्य फुरुङित होलान । दौतरिलाई धेरै धेरै शुभकामना, यि हजारौ पाइलाहरुका लागि ।



27 Comments:

पुष्प said...

आफूले लेखेको कुरा प्रकाशित नहुँदा नरमाइलो पक्कै लाग्छ । तर यसरी विरोधै गरेर ब्लग नै तयार पार्नुपर्थ्योजस्तो त लाग्दैन । समय-सन्दर्भ नमिल्दा पनि लेखहरू प्रकाशित नहुनसक्छन् । 'हाम्रोसंसार'ले 'मेरोसंसारमा' भएको भारतविरोधी ब्यानर प्रदर्शनको विरोधमा लेखेर जसरी प्रतिक्रियाहरूको थुप्रो पाउन सफल सक्यो, कतै त्यसैको सिको 'दौंतरी'ले पनि गरेको त हैन ?

DEEPENDRA said...

Congratulations to Dautari for achieving yet another milestone - the 1000th post! while celebrating, lets not stop believing in coexistence & quality! Dautari, sky is the only limit for you.
cheers!

ठरकि दादा said...

दौंतरीको हजारौं पोष्ट टाँस्न सफल हुनु भएकोमा बधाई छ ।

माथि पुष्पजीको धेरै कुरामा मेरो सहमती छ। आफूले लेखेको कुरा नछापीदां नरमाईलो लाग्नु स्वभाविक हो, तर नछाप्नेको पनि 'नछाप्ने प्राधिकार' छ, र अभिव्यक्ती स्वतन्त्रता चुलीएको र यसका हजार विकल्प भएको बेलामा कुनै व्यक्ति विशेष वा समुहलाई दोष दिनु भन्दा नया मार्ग आफैं खोज्नु सहि होला जस्तो लाग्छ (जुन तपाईले गरी सक्नु भएको पनि छ)।

तर तपाईको यो पोष्टले विगतका धेरै यादहरु ताजा गराई दियो । आजकल दौंतरीमा समय दिन थालिएपछि साझामा केवल 'पाठक' को मात्रै हैसीयत बाँकी भएको छ । तर आज १००० पोष्ट पुगेको बेलामा साझालाई सम्झनु एकदमै सान्दर्भीक थियो र त्यो सम्झनाको पुल तपाईले बाँधि दिनु भयो । यसको लागि पनि तपाई विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

हिजो तपाईको ब्लगमा "सौता" को रसीलो पोष्ट पढेको थिएँ। आफ्नो व्यस्तता र दुईजना सौताको रँडाकोका बिचमा पनि दौंतरीलाई सम्झेर यो हजारौं पाईला चाली दिनु भएकोमा म सम्पूर्ण दौंतरी परिवारको तरफबाट तपाईलाई आभार प्रकट गर्न चाहन्छु ।

तपाईको लेखन यात्रा र व्यक्तिगत जिवनको पनि उत्तरोत्तर प्रगतिको कामन गर्दछु ।

नेपालियन said...

ए हे १००० पोस्ट त घच्चीकै परेछ। सहि सोच्ने लेखक र पाठकले गतिलो फोरम नपाएको ले दौंतरी ब्लग रेचेका हौं। दौंतरी आफै ब्लग मात्र नभएर ब्लग चौतारी बनेको छ जस्लो अन्य ब्लगरसंग पनि हातेमालो गर्दै नेपाली ब्लगको उचाइ बढाउने प्रयास गर्दैछ। यो क्रममा ९९९ पोस्ट सम्म पनि नेपालको चर्चीत ब्लग माइसंसारको शब्द आएको थिएन। यो एउटा संयोग नै मान्नुपर्छ। खुलामन्च जीले त माइसंसारलाइ तरबारनै चलाउनु भएछ।
तपाइले लागेको कुरा खुल्लारुपमा बाढ्नु भएकोमा त्यसको निकै सर्हाना गर्दछु। कसैलाइ सहस्र गाली गर्न पाइदैन तर लागेको भन्न पाइन्छ,जो तपाइको लेखमा दरिलो रुपमा राख्नुभएको छ।
१००० पोस्ट टास्न सफल हुनुभएकोमा बधाइ। "दौंतरी १००० पोस्ट" अंकित टिर्सट पुरस्कारको रुपमा पाउनु भएकोमा थप बधाइ। पुरस्कारको लागी दौतरीलाइ इमेल गर्नुहोला।

Rahulvai said...

१००० पोस्टले पुराना दिनहरु ताजा भए। माओ संसारले माओवादी ज्यादतिको बिरोध मा लेख लेख्दा न छापेको मात्र होइन प्रतिबन्ध नै लगाएको घट्नालाई पूर्वग्रही, एउटै बिचार लड्ने कुचेष्टा भन्दा अर्को कुनै सदबिचार पक्कै होइन।

आकार said...

१००० औँ पोष्ट को लागि दौँतरीलाई हार्दिक बधाई छ । सबैको दौँतरी रहिरहनसकोस्, शुभकामना छ । साझा, माइसन्सार अनि दौँतरीलाई सायदै तुलना गर्न मिल्ला है ! यदी साझाले सबै पुगेको भए, दौँतरीको आवश्यकता पर्दैन थियो । अनि माइसन्सार 'मेरो' भएको कारण नै अरुलाई चित्त नबुझेको हुनसक्छ । हुन त कहिलेकाँही मलाई पनि झोँक चलेर आउँछ, रिस नि उठ्छ । खैर, जेहोस्, खुल्लमञ्च जीलाई पनि बधाइ छ है । अनि एउटा कुरा हो कि, ब्लग को विस्तारीकरण सँगै, आफ्नो कुरा राख्न ठाउँ खोज्दै भौँतारिनुपरेको छैन ।

Prajwol said...

आफ्नो इतिहासलाइ बिर्सनु हुन्न, तर संधै इतिहासको बन्धक पनि रहनु हुंदैन । दौंतरी को आज एउटा छुट्टै पहिचान छ: नेपालको पहिलो For The People & By The People Blog । अब अरु संग तुलना नगरि आफ्नो नयाँ पहिचानलाई अरु गरिमामय बनाउने तर्फ लागौं साथी हो ।

Luna said...

१००० औ पोस्ट को लागि ~~दौतरी ~~लाई हार्दिक बधाई छ ।

धाइबा said...

बधाई ! दौँतरी, दौँतरीभित्रका दौँतरीहरूलाई !!
अब सङ्ख्यात्मकताबाट गुणात्मकताको गन्ती र हिसाबकिताबतिर लाग्न सकौँ ।

Happy Blogging !!!

Panda said...

खुलामञ्चले सिधै नाम किटेर भन्नुभयो, हुन त तपाईंको बिचार हो दौतरीमा बिचार खुला राख्न पाइन्छ । सिधै व्यवसाय गर्ने हेतुले चलेको तपाईले नाम लिएको ब्लग र दौतरीमा आकाश जमीन को फरक छ र यसले आफ्नो छुट्टै पहिचान बनाउने नै छ ।

अनि पुष्पजीको पहिलो लाइनसंग सहमत भए पनि कमेन्ट पाउने आश भन्ने वाक्यसंग म सहमत छैन । खुलामञ्चले दौंतरीको कमेन्ट बढाइदिन माइसन्सारको कुरो कोट्याउन पर्छ भन्ने छैन । "गधा, भाते, मुर्दार" जस्ता र उस्तै स्तरका १०० वटा कमेन्टहरु भन्दा बरु गहकिलो एउटा मात्र कमेन्टले पनि वजन राख्छ ।

झण्डै डेढ वर्ष पहिले पैसा र कमेन्ट बटुल्ने एकोहोरो उद्देश्यले माइसंसारले यति निम्न र आपत्तिजनक र भाइचारा विथोल्ने खालका लेखहरु राख्यो शायद त्यतिबेला नेपाल राम्रो भएको हेर्न चाहने धेरैलाई त्यसले चित्त दुखाएकोले केहि "सचेत र शिक्षित" साथीहरुको भेला हुने स्थलको रुपमा दौतरीलाई अगाडि ल्याइएको हो । त्यसैले सस्ता कमेन्टको आशा दौतरीलाई होला जस्तो लाग्दैन । माइसंसारको कुरा गर्दा २-३ वर्ष पहिलेको त्यो ब्लग परिवारसंग बसेर हेर्न सकिने खालको थिएन भन्ने धेरै साथिहरुले भन्नु भयएको थियो तर उमेश विपश्यना गएर आएपछि चाहीं अलिकति बदलिएको र पहिले भन्दा अलि जिम्मेवार भएको जस्तो लाग्छ । भिजिटर संख्या तथानाम बढाउने गोप्य सुत्र प्रयोग गरेको त्यो साइटमा हेर्नु भयो भने थाहा हुन्छ अनलाइनहर प्रयोगकर्ताको संख्या ५-१० मिनेट सम्म पनि करिब हुन्छ भने तलको मिटरले १ मिनेट भित्रै १०० जनाले हेरिसकेको भन्ने देखाउंछ । अर्थात त्यो विचारको ब्लग भन्दा पनि व्यापारको ब्लग हो भने दौतरी विचारको ब्लग हो । सन्ध्याकालिन टाइपका समाचार त्यति मन नपराउने र ताजा समाचारका लागि न्युज साइटहरु टन्न भएकाले न्युजकै लागि त्यो साइट हेर्नु पर्ने जरुरत मलाइ छैन र हप्तामा एक पटक जति सर्रर आंखा डुलाउने मात्र हो । अचेल खोजमुलक समाचारहरु दिने हुनाले केपीको "हाम्रो ब्लग" मा रेगुलर आंखा जान्छ र साझालाई पनि विर्सिसकेछु जस्तो लाग्छ !

दौतरीले अझै पनि धेरै गर्न बांकी छ ।

जे भएपनि "हजारिया" खुलामञ्चजीलाई बधाइ ! ल मैले त टि शर्ट नदिए पनि खुलामञ्चजीलाई "हजारिया" टाइटल दिए है ।

Nepalean said...

Yeah right १००० पोस्टले पुराना दिनहरु ताजा भए। Without any doubt I agree with aaakar too - साझा, माइसन्सार अनि दौँतरीलाई सायदै तुलना गर्न मिल्ला है !
Prajwol thought - आफ्नो इतिहासलाइ बिर्सनु हुन्न, तर संधै इतिहासको बन्धक पनि रहनु हुंदैन is 100% right. And Dhaiba has good direction - अब सङ्ख्यात्मकताबाट गुणात्मकताको गन्ती र हिसाबकिताबतिर लाग्न सकौँ ।
In conclusion is Panda is right - दौतरीले अझै पनि धेरै गर्न बांकी छ ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

टासोको एउटा हरफ फेरी लेख्न मन लाग्यो,
मान्छे आफ्नो आवाज धसार्न अब कसैको पिछलग्गु भएर पक्कै लाग्दैन, केबल एउटा बेदनाको लागि ।
यसरी नै हजारौं हजार पाइलाहरु चाल्दै जाओस, दौतरीको उत्तरोत्तर प्रगतिको कामना गर्छु ।

बेदनाथ पुलामी ( उमेश ) said...

गोकुल जी ! तपाईलाई बधाई छ | १००० औ पोस्ट टास्न सफल हुनु भएकोमा अनि दौतरी लाइ पनि ... बधाई छ र अझ सफलताको कामना गर्दछु |
अनि निर्धक रुपमा तपाइले आफ्नो मन को कुरा (माई संसारको) राख्नु भएको रहेछ ..... जून यथार्थ थियो |

Basanta said...

बधाई दौंतरी र खुल्लामञ्चजीलाई!

माथि पनि कुरा भईसकेका छन्। मलाई पनि के लाग्छ भने माईसंसारमाथि यहाँ यसरी खनिनुको भने तुक छैन। माईसंसार कसैको नीजि सम्पत्ति हो र त्यसमा उसको पूरा अधिकार हुन्छ। हाम्रो लेख-रचना छाप्नु-नछाप्नु उसको अधिकारभित्रको कुरा हो। सरकारी वा सार्वजनिक सुविधाको उपयोग गरेर यस्तो ब्यबहार देखाएको भए बेग्लै कुरा हुन्थ्यो। यदि माईसंसारका संचालक माओवादी वा माओवादी समर्थक हुन् भने पनि के त? माओवादीका अरु कैयौं साइट र पत्रिकाहरु पनि छँदैछन्।
मैले यहाँ माईसंसारको चाकरी गरेको अर्थ भने नलागोस्, मलाई पनि चित्त नबुझेका कुरा हुन सक्छन्।

आफूलाई मन नपर्ने कुराको यति धेरै निन्दो-चर्चो गरिरहनुले के देखाऊँछ भने हामी आफैं उसलाई चाहिने भन्दा बढी महत्व दिईरहेछौं, झन्-झन् उसैमा लिप्त हुँदै गईरहेछौं र उसैको 'नि:शुल्क मार्केटिङ्ग' गरिरहेका छौं। प्रेम र घृणा एउटै सिक्काका दुई पाटा हुन् भनेजस्तै यो अति प्रशंशा र अति निन्दा पनि उस्तै कुरा हुन्, दुबैले अर्को विना आफ्नो अस्तित्व बोध नहुने हाम्रो कमजोर मनस्थितिलाई देखाऊँछन्।
त्यसकारण हाम्रो चिन्तनलाई अलिक सन्तुलित बनाउने हो कि? हामी आलोचनाको हदलाई नाघेर निन्दाको स्तरमा नपुग्ने हो कि?

प्रवेश पौडेल said...

आकारजीले भनेजस्तै माईसंसार र दौँतरीलाई दाँज्नै मिल्दैन । व्यवसाय र विचर दाँज्न नमिल्ने कुरा हुन् । पहिले कविता प्रतियोगितामा जितेर वेबस्पेस दिन्छु भन्ने माईसंसारले त आज ६ महिना बितिसक्दा पनि 'उमेशजीले तपाईँलाई सम्पर्क गर्नुहुन्छ' भनेर लेखेको ई-मेल भन्दा अर्को ई-मेल पढ्न पाएको छैन ।

दौँतरीलाई हजारौँ पोष्ट पुर्याउन सफल भएकोमा धेरै धेरै बधाई छ । संख्यात्मक मात्रै नभएर गुणात्मक हजार पोष्ट पुर्याएको छ दौँतरीले ।

Milan said...

ल दौतरीलाई फेरी पनि बधाई... माइ संसारको त के कुरा गर्नु ... उसको त अब लाखौँ पोष्ट नै पुग्न लाग्यो होला ..| जे जस्तो भए नि नेपाली ब्लागिंग क्षेत्रमा माइ संसारले दिएको योगदान बिर्सन नसक्नुको छ | मेरो बिचारमा राम्रो र नराम्रो पाटो हरेक क्षेत्रमा हुन्छन |

अचेल भरि दौतरीको म नियमित पाठक भएको छु | एउटा कारण : ब्लग भनेर समाचार मात्रै यहाँ पढ्नु पर्दैन | अनि अर्को कुरा कमेन्टमा हुने गुणस्तरको तुलना गर्दा दौतरी धेरै अगाडी छ | पोष्ट भन्दा नि धेरै कमेन्ट पढ्न म दौतरी छिर्छु |

अनि "हजारिया" हुनु भा'कोमा गोकुलजीलाई नि बधाई छ है..!

Anonymous said...

दौतरी १०००औ पोस्टलाई बधाई। ठ्याकै समय मिलाएको हो कि संयोग हो जुन महिनाको अन्तिम दिन हजार पोस्ट पुग्यो नि!? माइसन्सार बारेमा अलिकती बढी नै आलोचना भयो जस्तो लाग्यो। आफ्नो ठाउँ बाट माइसन्सारले राम्रै सुचना प्रसारण गरेको छ र पाठकको प्रशंसा पनि बटुलेको कुरा सत्य नै हो। कता कता धेरै पूर्वाग्रहको गन्ध पो हो कि?

Luna said...

' पैसा र कमेन्ट बटुल्ने एकोहोरो उदे श्यले ----'
हद नाघे र कमेन्ट लेख्नु भो नि पन्डाजी हरु ले !
किन यती बिघ्न चर्याएको हो माइसन्सार तपाईंहरुलाई !

Panda said...

लुनाजी हदै नाघेको भए माफी पाउं। मैले अहिलेको सन्दर्भको कुरा गरेको होइन । डेढ दुई वर्ष अगाडिको कुरा गरेको हो ।

हुनत मलाई यो विषयमा डिटेलमा जान मन थिएन र अहिलेको माइसन्सारलाई मैले नराम्रो भनेको छैन । मैले माथि नै भने उमेश विपश्यना गएर फर्के पछि माइसन्सारको क्वालिटि पहिले भन्दा बढेको छ, राम्रो कुरालाई राम्रो भन्न मलाई हिच्किचाहट छैन ।

मलाई सार्है नै चित्त दुखेको कुरा नै के थियो भने एक दुई वर्ष पहिले त्यस ब्लगमा प्रकाशित हुने धारावाहिक जातियता, साम्प्रदायिकता र सद्भाव खल्बल्याउने निर्देशित लेखहरु । त्यहि बेला नै मुलुकलाई एक्काइसौं शताब्दितिर लाने भन्दा पनि ढुंगे युगतिर फर्काउने खालका संदेश दिने खालका लेखहरु थिए। मेरो मान्यता हो ब्लगर या समाचार या विचारको प्रवाहकले समाजलाई सुमार्गतिर र भाइचारातिर डोर्याउने किसिमका संदेश दिनसक्नु पर्छ । होइन नाम र दामका लागि आफ्नो कर्तव्य कसैले विर्सन्छ भने त्यो पत्रकार, ब्लगर र अर्थ वा मालपोतको घुस्याहा कर्मचारीमा केहि फरक हुदैन । तसर्थ त्यति बेला www.sajha.com हेर्ने धेरै नेपालिहरु (विशेष गरेर विद्यार्थि र नेपाली प्रोफेशनलहरु)ले त्यतिबेलाका नाजायज कुराहरुको खुलेर विरोध गरेका थिए र बिचारको नाममा निस्क्ने विषको विरुध्द र त्यस ब्लगले चर्चा बटुल्न छापेका केटिहरुको नांगो तस्विर लगायतका धेरै कुराहरु त्यतिबेलाको साझामा देख्न पाइन्छ । हल्का एनालइसिस गर्दा देखिन्छ ब्लगरले पैसा र कमेन्टको संख्यालाई नै प्राथमिकता दिएको थियो ।

तरवारको प्रहार भन्दा बिचारको विष धेरै खतरनाक हुन्छ । यसको उदाहरण इराक र तालिवानलाई खोज्न जान पर्दैन हिजोआज हाम्रै देशमा छ्यापछ्याप्ति घटेका घटनाले देखाउंछ । त्यसैले ब्लगरले त्यस्ता कुराहरु ख्याल गर्नै पर्छ, अभिव्यक्ति स्वतन्त्रता भनेर जे पायो त्यहि लेख्न पाइदैन । तपाइलाई नै थाहा होला अहिले अमेरिका, युके, जर्मनी, बेल्जियम लगायतका देशहरुमा तपाइले कुन साइटहरु हेरिरहनुहुन्छ, इन्टरनेटबाट कस्तो सामाग्री पठाउने वा लिने गर्नुहुन्छ भन्ने कुरा पुलिसहरुले तपाइले थाहा नपाइ तपाइको कम्प्युटर भित्र पसेर हेरिराखेका हुन्छन ।

लुनाजी अनि अर्को धेरै कमेन्टहरुको स्तरको कुरा गर्दा तपाइलाई पनि अश्लिल शब्द प्रयोग गर्ने कमेन्टहरु त्यो ब्लगमा मैले देखेको छु र कमेन्टको स्तर बेला बेलामा त्यस्ता कुराहरुले छर्लङ देखाउंछ र यो त्यो ब्लगका ब्लगरको दोष हैन आफैलाई विज्ञ ठान्ने बुज्रुकहरुको हो ।

र मैले राम्रो कुरालाई राम्रो भनेको हुं र नराम्रो कुरालाई नराम्रो भनेको हुं। कसैले आंफु जन्मेको देशमाथि सिधै बलात्कार गर्न खोज्दा मनले नमान्दो रैछ, त्यसैको आवेशको परिणतिले होला मैले माथि "हद नाघेको" !

Panda said...

अनि बसन्तजीको भनाईसंग म पुर्ण सहमत छु, माइसंसार माथि खनिनुको कुनै तुक छैन । तर लुनाजीले भनेको कुरालाई मात्रै उहांलाई प्रष्ट पारेको हो । यसै मेसोमा १-२ वर्ष अगाडिका कुराहरु याद आयो र मात्रै राखेको हो, के गर्नु आंफु ब्लगर परिएन आफ्ना चक्षुले जे देख्यो त्यहि लेख्यो ।

Roshan Srestha said...

I dont want to talk against mysansar and umesh in different blog. I wish him all the best. However I was shocked to hear from prabesh poudel - "पहिले कविता प्रतियोगितामा जितेर वेबस्पेस दिन्छु भन्ने माईसंसारले त आज ६ महिना बितिसक्दा पनि 'उमेशजीले तपाईँलाई सम्पर्क गर्नुहुन्छ' भनेर लेखेको ई-मेल भन्दा अर्को ई-मेल पढ्न पाएको छैन ".
Panda is it right त्यस ब्लगले चर्चा बटुल्न छापेका केटिहरुको नांगो तस्विर लगायतका धेरै कुराहरु त्यतिबेलाको साझामा देख्न पाइन्छ ?
I am newbie and I am enjoying nepalese blogs.

प्रबिण थापा said...

हिजोका दिनमा जो जसले जे सुकै गह्रोस चाहे माइसंसार चाहे खाइसंसार वा अर्को कुनै संसारले , दौतरिका पाठकहरु र लेखकहरु यो बेकारको बिषयमा बहास गरिरहन म चाहि उचित देख्दिन। अब दौतरि पनि हुर्केर जवान बन्दै छ बरु यसलाइ कसरि सुन्दर बनाउने, कसरि नेपाल र नेपालि प्रति माया गर्ने स्वच्छ, निश्पक्ष र सिर्जनशिल हातहरुसँग हातेमालो गर्ने भन्ने दिशामा लाग्नु उचित हुन्छ।

katunje dhungel said...

kura garyo kura kai dukha bhanya jasto ke bhannu khoi badhai bahek ? 1000 ani 1000 ko fadko mardai jaos feri badhaii

Anonymous said...

Mero pani Badhai dautari lai.
Naina

हावा the Wind said...

केही दिन अघी मैले येही ब्लग मा उमेस को संसार मात्ती सकेको छ भनेर कमेन्ट गरेको थिए..तर संचालक आँफै झोक्किनु भको राइछ.. नेपाली हरु को त्यी बानी रमाइलो छ.. भोक लाग्यो भनेर रोयो जो सँग पनि हात थाप्यो अनी भुँडी भरे पछी मत्तियो..कसैले फुइ नलाए हुन्छ..न गिर्जा ले न छबिलाल ले.. न उस्को संसार ले न दौतरी को संसार ले.. मेरो खोजी मा आफ्नो बिचार सँग पनि कडा असहमत हुने लाई पनि ठाउँ दिने साहस् गर्ने नेपाली ब्लग मा नेपाल प्लस र दौतरी लाई पाए तर के ठेगाना मान्छे को जात न हो

Anonymous said...

हावा जी ले नेपाल प्लसको गुणगान गाउनु भएको रहेछ। नेपाल प्लसको बारेमा हेर्नुहोस त लाग्छ उ त उमेशको जुडिवा भाइ हो
नेपाल प्लसबारे
- तर संझिनुस कि यो कुनै समाचार साईट नभएर गणतन्त्र नेपालको वकालत गर्ने नितान्त नीजि ब्लग हो । यसमा राजतन्त्रको दह्रो वकालत गर्ने, धर्म सापेक्षताको दुस्साहस गर्ने, महिला, वालवालिका, असहाय र हेपिएका, थिचिएका र अल्पसंख्यक समूदायलाई हेप्ने र हाम्रो राष्ट्रियता बिरुद्दका लेख तथा पाठक प्रतिक्रियाहरुलाई कुनैपनि स्थान दिइने छैन। मण्डलेहरुले त झन चियाउनै परेन ।

हावा the Wind said...

Anonymous jee, जे भने पनि सन्चालक ले जस्तो बिचार राखे पनि नेपाल प्लुस मा पाठक प्रतिकृया मैले सबै किसिम्को देखेको छु.. मैले मात्र हैन राजातन्त्र को पक्षमा लेख्ने महेस किराँतीजी ले पनि तेसै भन्नु भाको पडेको छु.. तपाईं को अनुभव बेग्लै हुन पनि सक्छ.. म दौतरी वा नेपाल प्लुस वा उस्को संसार कसैको संचालक चिन्दिन.. आ के को टेन्सन.. मैले पनि आफ्नै ब्लग सुरु गरेको छु.. आफ्नो कुरा राख्न.. तेसैले जस्लाई मन लाग्यो तेस्लाई गाली गर्छु.. जय् ब्लगस्पोट

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !