मुर्झाइ सके फुलहरु बगैचामा माली छैन
बनझारले डसिसक्यो कुनै बोट खाली छैन
पातो खोपिएका चोर रैछन साँधु बनी आए
अनुहारमा लेख्या भे पो,छान्न पनि जाली छैन
बारुद रोपी शान्तिको सुबास आउथ्यो र कहाँ
ढलाए माटो मुखमा माँड लाउने बाली छैन
धोत्रायो कि धमिराले कि त मुसा पसे जगमा
भात्किएछ घरै अब त,ओत लाग्ने पाली छैन
झुन्ड झुन्ड चन्ड मुन्ड असुरै कै राज भो अझै
अत्याचारी बध गर्ने कलियुगमा काली छैन
सिनो भएछ विश्वाश सदभाब बेवारीस भै
गनाएको यो बिक्रिती निकास हुने नाली छैन
May 6, 2009
Subscribe to:
Post Comments (Atom)
3 Comments:
nice one
सपनीमा ब्युझीए कि दिमाग कमजोर बनिगयो
आफ्नो देश कता पर्छ आफैलाइ थाहा छैन
ज्वरो पस्यो मुटुमा या कमजोरी पो भएछुकी
जता गए पनि आफ्नो दर्हो पाइला कतै छैन
आफै धेरै टाढीएकी मेरो द्रिष्टी गुमीसक्यो
सगरमाथा माथी हिउ कतै पनि देख्या छैन
नया देश नया भेष मैले केही बुझिनकी
नागरिता भए पनि राष्ट्रियता छदैछैन
वाका जी गजल भयो कि फजल भयो तर तपाइकै गजलको सहमतीमा मैले पनि केही कोरें। तपाइको गजल कति राम्रो लाग्यो बुझिहाल्नु भयो होला।
nice one.
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !