May 30, 2009

रमाइलो शनिबार

गाउंका हर्के साउ दिनदिनै खोक्दा रहेछन। कस्ले सिकाएछ गोरुको दुध खाए खोकी निको हुन्छ भनेर। उनी आफ्नो काम गर्ने बिर्खेसंग जंगीए जा भरे सम्म गोरुको दुध लिएर आइज नत्र भने तरो छाला काड्छु। कस्तो आपत,गोरुको दुध कताबाट ल्याउनु। नल्याए छाला काढ्ने रे। कपालका रौं काट्दा त कस्तो दुख्छ अब छालै काडे के हुने होला। बिर्खे रनामा गाउं बेशी डुल्न थाल्यो। जुन गोरु देख्छ दुध दुहुन खोज्छ। गोरुको लात खांदा खांदा वाक्क भएर खोलाको छेउमा झोक्राउदै रहेछ। त्यतीकैमा स्यालका जम्बुमन्त्री टुप्लुक्क आएछन। बिर्खेको बेली बिस्तार सुने पछि हास्दै ल जाउं तिम्रो साउलाइ गोरुको दुध दिने काम मेरो भयो नत्र भने मेरो पनि छाला काडुन।

ढिलो ढीलो गेरर दुबै साउका पुगेछन। साउलाइ देख्ने बितिक्कै स्याल ठस ठस कन्दो रहेछ। आफ्नो मात्रै नभै स्यालको पनि छाला काडिने हुनाले बिर्खे अली ढुक्क थियो। के भयो ए जम्बुमन्त्री साउ कड्किए। स्यालले ठस ठस कन्दै उत्तर दियो,'बिर्खेसंग गोरु दुहुन गएको,ठाडो खोलामा आगो लागेको रहेछ,पोलेका माछा खांदा खांदा पेट फुलेर हैरान। बरु चर्पी कता होला'। त्यसै त सन्कि साउ त्यस्तो सुनेपछि सन्किदै भनेछन कहीं पानीमा पनि आगो लाग्छ? स्याले तुरुन्तै उत्तर दियो,गोरु ब्याय पछी खोलामा आगो नलागे के हुन्छ त? साउ चुप,बिर्खे भयो दंग।

यस्ता उट्पटागं कथा नेपालमा निकै प्रचलित छन। बिबहामा जन्ती जांदा यस्ता ठट्टेउला गफ निकै हुन्छन। बेहुली पक्षले किन ढिलो आएको भनेर सोधे बेहुला पक्षकाले हिउंद नै भए पनि भन्ने गर्छन खोलामा ठुलो बाढी आयो,झोलुंगो सम्म पानी अनी अर्को झोलुंगो बनाउन लागेको समय लाग्यो। यस्तै यस्तै गफ गरेर रमाइलो गर्छन।

बिरालो ले पाडो पाएको पूरानो चर्चित एउटा लोक गित पनि छ । यसलाइ रिमिक्स पनि बनाइएको रहेछ। त्यो गित र यस्का शब्द तल राखेको छु। तपाइको शनिबार रमाइलो रहोस।


कागज काट्ने बन्चरो काठ काट्ने कैंची
कुखुराले पाडो पायो छक्क पर्यो भैंसी

आज भैसी काहां चर्यो कर्णालीको तिरमा
पाडो टिपी चिलले लग्यो कुखुरा लड्यो डिलमा

तल पर्यो थर्को डांडा माथी पर्यो भैसे
अफिस गको मौका पारी बुढी पोइल गैछ

कागज काट्ने बन्चरो काठ काट्ने कैंची
आहाल बस्यो चैते ढेडु रुख चढ्यो भैंसी

गोरु गर्छ भुनुनु ड्वांड्वां गर्ने मौरी
माछा पस्यो जंगलतिर स्यालले खेल्यो पौढी

हिमालचुली पल्लो पट्टी रुखले कपाल कोर्यो
छेपाराले हलो जोत्यो झिंगाले डल्ला फोर्यो

हछ्यु हछ्यु आयो मलाइ हछ्युझारको सागले
गाइ मार्यो बिरालाले कुखरा मार्यो बाघले


6 Comments:

कृष्णपक्ष उज्यालोको खोजिमा said...

यसो साथीभाईले केके टासेछ्न भन्दै दौतरीमा छिरेको त आजको शनिबारको रौनक नै अर्कै भो, गाठे ! नेपलियनजीलाइ यो रमाइलो चटपटे टासोको लागी थ्यांक्स नभनि जानै मन लागेन । थ्यांक्स है थ्यांक्स !

एकलकाटे said...

हाहाहा त्यों साहू पानी तेस्तै...साढे को दूध लेरा भनेको भये पनि पाइन्थ्यो होला...अब खसी पारेको गोरु कै दूध का बाट ल्याउने होला बीचरो बिर्खे ले ....

प्रबिण थापा said...

धन्यबाद् नेपोलिएन जि! रमाइलो प्रस्तुती ,ठट्यौली कथा भएपनि यसभित्र गहन भाब लुकेको पाए जस्तै वीर्खे जस्ता समाजमा उत्पीडित बर्ग माथि समान्ती सस्कार बोकेका बर्गले हाम्रो समाजमा गर्ने व्यवहाँर केही बर्ष अघिसम्म यस्तै थियो भन्दा पनि हुन्छ-- जस्तै हुनै नसक्ने कुरो पनि हो हजुर्, हस् हजुर् भ्न्नु पर्ने बाध्यता । हुनत अहिले धेरै परिवर्तन भैसके पनि कता कतै यस्तो प्रबृती अझै नभएको भने होइन।

inashrestha said...

Story is old but refreshing! I like the song as well. I never heard it before.

Luna said...

very nice story and very nice commente from Prabin ji .
thanks to Nepalean ji .

Jotare Dhaiba said...

बालापनमा सुनेर स्मृतिमा धमिलिएको ठट्टालाई ताजा गराइदियो नेपालियनजीको प्रस्तुतिले । यो रमाइलो कथाले प्रवीणजीले भने झैँ परिबन्द र विवशतामा जकडिएको निमुखाहरूको सामाजिक व्यथा पनि कहेको छ । शनिबार मात्र होइन, हरेक दिनलाई रमाइलो छुट्टी मनाउने चौतारी दिने तागत बोकेको छ यसले । 'बडाले जे गर्‍यो काम हुन्छ सर्वसम्मत' भन्ने परिपाटी त त्यो पुरानो नेपालमा मात्र होइन, अहिलेको नयाँ नेपालमा समेत आलै छ ।

धन्यवाद प्रस्तुतिका लागि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !