March 2, 2009

हिजो र आज


शेखर ढुँगेल

प्रसङ्ग १

समय जो निरन्तर बगिरहन्छ कुनै बहानामा यसको गति रोकिएको छैन । आज प्रासङ्गिक अनिवार्य विषय पनि बेप्रासाङ्गिक बनेको हुन्छ, कारक तत्व समयको गति नै हो । हिजो नवजात भोलिको बृद्धताको छाया तर्फ उन्मुख गराइ राखेको हुन्छ । यो प्राकृतिक नियमको पूर्णता समयले नै पुर्‍याई राखेको छ ।

यसै सन्दर्भमा आज अचानक एउटा गीत कानमा गुन्ज्यो, दोहोर्‍याई-तेहर्‍याई सुनें, समयको अन्तराल भौतिकता आधुनिकता विकासको क्रमिकता र आजको युवा समाज यो मेरो देश र आजको सन्दर्भमा एक छिन गम्भीर बन्दा कति प्रासाङ्गिक होला सानो ठूलो गरिब धनी नेता अभिनेता सवै विदेशिने संस्कार बसेको देशको यो पंक्तिकार स्वयं विदेशी भूमिमा छ र यो गीत गम्भीरता पूर्वक सुनिराखेको छ । स्व। स्वर सम्राट नारायण गोपाको मधुर आवाजमा-
अरुको भरमा पर्नु हुँदैन

आफ्नै भरमा जिउनु……॥
तान चलाउनु
चर्खा काट्नु
रुई उमारी
कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भै िहंड्नु
हेर फिरङ्गी विदेशी पस्लान घुम्लान
सबले रक्ष गर्नु………॥>

एक विभूतिको २ सय बर्ष अगाडिको यो उद्गार हामीले कम मूल्यांकन गरेको मेरो ठहर छ । अरुको भरमा पर्दा देशको आथिक्र राजनीतिक र सामाजिक संरचना विकृत एवं तहस नहस भैसक्यो आफ्नो देशको राजनीतिक भविष्य हामीले होइन विदेशी राजदूतहरुले तय गर्न दौडिराखेका समाचार सुनिरहँदा फिरिङ्गीदेखि होसियार बन्नु भन्ने उद्गार अप्रासाङ्गिक कसरी भनुँ ।

गान्धीको चर्खाको सम्मान गर् र्यौं तर रुइ उमार्न सकेनौं । तेल पछि मुख्य आवस्यक वस्तु खाद्यान्न झैं कपडा पनि हो । कपास उत्पादनमा आत्मनिर्भर बन्न सकेको भए तेलसित साट्न सक्थ्यौं । विदेशीको चलखेल एनजीओ र आइएनजीओ हुँदै कुटनीतिक नियोग मार्फत यसरी बढ्यो कि देश देश रहेन चार सिमानामा रेखाङ्कित भूभागलाई मात्र देश भने पुग्दछ भनी सन्तोष लिने हो भने अर्कै कुरा अन्यथा सामाजिक मौलिकता धर्म संस्कृति परम्परामा आएको बिचलन रोक्नु पर्दछ । नेपालीले नेपाली प्रति अविस्वास र विदेशी प्रति सम्मान गर्ने कुसंस्कार बढायो । जसको परिणाम हामी विखण्डित भैराखेका छौं नेपाली बन्नुको गर्व त्यागी जातियता दलियता र क्षेत्रियताको सकुंचनमा भौतारिन ती विदेशीले अधिकारको नाममा उकास्दै छन् । हामी बेलुन बनी उड्दै छौं जुन दिन होस् खुल्छ अस्तित्व समाप्त भैसकेको पाउने छौं ।

आफ्नो मौलिक धार्मिक सांस्कृतिक सामाजिक परिवेशको संगसंगै आधुनिकता अंगाल्न
सकिन्छ । सम्पन्न मुलुक जापान होस् कि दक्षिण एशियाकै राष्ट्र पाकिस्तान यसका उदाहरण
हुन । राष्ट्रको धर्म संस्कृति सामाजिक विशिष्टता विस्थापित हुनु राष्ट्र हितमा हुने छैन भन्ने त्यसबेलाको उद्गारलाई मनन गर्न हामी चुक्दैगैराखेका छौं ।

प्रसङ्ग दुई

विदेश भ्रमण सवैको सोख हुन सक्दछ तर विदेशमै भास्सिनु त वाध्यता वा कमजोरी नै हो भन्नेमा विवाद नहोला । स्वदेशको कल्पना र विदेशको यर्थाथता आकास पातालको फरक छ तर व्यवधान र समस्यालाई सहजै लिनुपर्ने अनिवार्यता आफ्नै ठाउँमा फरक-फरक अनुभव छ । दुःखलाई लुकाउने र सुखलाई वास्तविकताभन्दा बढाउने हाम्रो बानीले पछाडिका लाई प्रोत्साहित गरिराखेको देखिन्छ ।

महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यका महापात्र मुनामदनु को नियति र आजको शिक्षित अशिक्षित धनी गरिब प्रत्यक युवाको नियति बदलिएको छैन । मुनामदन को पीडामा आँशु झार्नेहरु स्वयं भने त्यहीं पीडामा रमाउन खोज्नु आफैंमा विडम्वना हो । समाज परिवार बालबच्चा श्रीमान् श्रीमतीको विछोडको पीडा भोग्न प्रोत्साहित भएको छौं, किन मुना मदनु स्रष्टाको देशमा मानिस निर्यात गर्ने व्यवसाय फष्टाएको छ । रोजगारीको अवसर दिने उद्योग धन्दा सुक्दै जाने स्वदेशी नागरिकता त्यागी विदेशी बन्न पीडा खोज्दै छौं

आज ।
शताब्दी अघिको स्व। देवकोटाको मुना मदन को केही हरफ र म अनि हामी ।
कलिला तिमी रहेछौं छोरा
कहाँसम्म जाँदैछौं
हे आमा जागिर खाउँ कि भनी
विदेश लाग्दैछु…………।
तिमी झैं नानी मेरो पिन
एउटा छोरा थियो
विदेश गएको दश बर्ष भयो
फर्केन अझै त्यो
मर् यो कि बाँच्यो कै छैन खबर
सम्झि म रुदै छु
आउछ कि भनी यो पिढी कुरी
बसेकि बस्यै छु
त्यसैले भन्छु ए नानी छोरा
विदेश नजाउ
मिठोर पिठो जे भए पिन
घरमा जुटाउ
म धेरै दिन बस्दिन विदेशमा
केही दिन बसि सकेको कमाइ
ल्याउछु देशैमा ।
सक्दिन बाँच्न बिसे्रर ती प्राणी
आउँछु चाँडै मन खु्शी पार्नेलाई………।

मदन जस्तो पात्र आज प्रत्यक घरमा जन्मिराखेको छ । हिजोदेखि आजसम्म हाम्रो कथा एउटै छ । ब्यथा एउटै छ खोइ कहाँ फडको मार् यौ खोइ हो भौतिकतामा परिवर्तन गर् र्यौं सुविधामा आँखा गाड्यौं तर नियति जिउ का तिउ मदनको युग र आज पनि हाम्रो सपना र आकांक्षा जस्ताको तस्तै छ । विदेशिनुको बहाना ब्यक्तिपिच्छे विविधता लिएर आए पनि यथार्थ त्यति हो कि सपना देख्ने जीवनलाई अधुरो पार्ने र आडम्बरी सुखमा रमाउने ।

प्रस्तुत दुई विभूतिका उल्लेखित उद्गार पछि स्वयं विदेशी भूमिमा कुनै बहानाको बैशाखी बोकी टाँसिई बसेको यो पंक्तिकारको निचोड यस्तो छ ।
आज
राष्ट्रवाद रोएको छ
बेसहरा बनी
स्वाभिमान गिरेको छ
धम्कीनै धम्की बनी
अपनत्व भागेको छ
अविश्वास बनी
विश्वास हराएको छ
शंकाको बादल बनी
शान्ति हराएको छ
बारुदको धुवाँ बनी
आँशु सुकेको छ
बैंस मै पीडा बनी
धैयर्ता टुटेको छ
दैनिक निरीह बनी
गन्तव्य छुटेको छ हाम्रो
अरुको भरमा परी ।



1 Comments:

Luna said...

शेखर जि !
मन छोयो तपाईंको आर्टिकल र अन्तिम हरफ तिरका कबिताले पनि ।
समस्या उहिले पनि थियो र अहिले पनि छ , अहिले चाँही झन चर्किएको छ ;अब समस्या क म् गर्न ( समाधान नै गर्न त केही समय नै लाग्ला ) अहिले को नेपाल सरकार लाई हामी सबैले सहयोग गर्नु पर्छ जस्ले जहाँ बाट जसरी सकिन्छ ।
यो भन्दा अघिका सरकार हरु ले उत्पन्न गरेका समस्या कै कारण ले मुलुक ले आज कोल्टे फेर्न वाध्य भएको हो । गणतन्त्र नेपाली को आगन मा आएको छ । अब यस्लाई फूलाउने या निमो ठेर मार्ने यो सबै हामी नेपाली कै हातमा छ ।
जुन सुकै सरकार भित्र का मान्छे मा केही न केही कम्जोरी हुने नै गर्छ जुन कम्जोरी को अस र् मुलुक ले भोग्नै पर्छ । त्यस्ता कम्जोरी लाई सबैले थाहा पाउने बित्तिकै खबरदारी गर्नु पर्छ र साथइ सरकार ले गरेका साकारआत्मक कदम लाई हिर्दय खोलेर समर्थन पनि गर्नु पर्छ । अनी पो मुलुकले साच्ची कै कोल्टे फेर्न सक्छ त !
यहाँ त मुलुक कोल्टे फेर्ने बेलामा मान्छे हरु पार्टी बा द को झन्डा ओढेरउल्टै सरकार लाई नै न्याक्न लागेको देख्दा पो बडो उदेक लाग्छ हामी जस्तो कुनै पनि राजनीति सँग सरोकार नराख्ने तर मुलुक को हित सोच्ने हरु लाई ।
सरकार का कम्जोरी लाई बार्ह हात उफ्रेर बिरोध गरे झै सरकार का सका रत्मक पक्ष लाई( काम ) लाई पनि उसै गरी बार्ह हात उफ्रेर समर्थन गर्ने बानी हामी सबैले बसाल्नै पर्छ ।
सार्है मन छुने लेख को लागि धन्यवाद शेखर जि । निरन्तर पढ्न पाईयोस ! शुभ कामना ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !