February 21, 2009

भोक, भोग र सम्भोग

शिव प्रकाश

भोक नियम हो
भोग नियत हो
सम्भोग निदान हो
र, सम्भोग वरदान पनि हो ।

भोका छन् सबै प्राणी
तर मान्छे –
सबैभ‌दा भोको छ
त्यसैले मान्छे –
मासु पनि खा‌न्छ आँशु पनि खा‌न्छ
मन पनि खा‌न्छ
माटो पनि खा‌न्छ
र, मा‌न्छे –
मा‌न्छे पनि खा‌न्छ
त्यसैले मा‌न्छे –
माछो पनि हो
बाछो पनि हो
र, मान्छे माकुरो पनि हो ।
भोगको भोको मा‌न्छे
भोग्नका लागि ईश्वर पनि भाक्छ
सबैभ‌दा बढी भोक मा‌न्छेलाई नै लाग्छ
सबैभ‌दा बढी भोग मा‌न्छेले नै गर्छ
सबैभ‌दा बढी सम्भोग मान्छेले नै गर्छ ।

निश्चित याम र मौसम हु‌न्छ
हरेक प्राणीको भोक, भोग र सम्भोगको
तर मा‌न्छे –
हरेक समय भोको छ
हरेक समय भोगी छ
हरेक समय सम्भोगी छ ईश्वरको वरदानको सधैं लोभी छ ।

अनिश्चित विचार अस्वाभाविक व्यवहार
सृष्टिको अनुपम् उपहार मा‌न्छे –
भोक, भोग र स्भोगका लागि सधैं भोको छ
ईश्वरको त्यो वरदानको उसलाई सधैं धोको छ ।

जनवरी १५, २००८ बोस्टन, अमेरिका ।


2 Comments:

प्रबिण थापा said...

wa to much nice

nepalean said...

हो नि शिब जि सृष्टिको अनुपम् उपहार हो मा‌न्छे। पक्का पनि यस्को अनिश्चित विचार अस्वाभाविक व्यवहार हुन्छ।
तपाइहरुको कबिता प्रतियो गिता कता पुग्यो यसो खबर पाउन । एक भोट त मैले पनि खसालें। तपाइका फ्यान त थुप्रै होलान नि दौंतरीमा, त्यसैले लिंक पनि यता राखेको थिएं।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !