January 14, 2009

लुना द न्यु ब्लगरको - मथिङ्गल खलबल

- लुना

प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब " पृथ्वी " ब्लगमा उस्को एक पाठक (मायालु साथी नै भनु) बहुलाएकी खबर पढ्यो तब उस्को आत्माले निर्क्योल गर्‍यो उ नेपाल जानेछ र चन्द्रालाई भेट्नेछ । यसै पनि उसलाई अक्टोबरमा पारिवारिक भेटघाटकोलागि नेपाल जानु थियो । जसो तसो उ जुलाईमा मिलाएर गयो । आज जुलाई ९ तारिखको दिन उ काठमान्डौ एअरपोर्टमा पाइला राख्दै चन्द्राको ठेगानामा पुर्याइदिन ट्याक्सी ड्राइभरलाई अनुरोध गर्छ ।

ट्याक्सी एअरपोर्टबाट हिंड्यो । गेट बाहिर पुगेपछिको भिषण ट्राफिक जामले उसलाई गोगबु प्रहरी चोकसम्म पछ्याइरह्यो । यसै त चिसो मुलुकबाट फर्किएको उ झन काठमान्डौको जुलाइको गर्मीले असिन पसिन भयो । झन चन्द्राको अत्यासले उ निस्सासियो । ट्राफिक जाममा परेका सवारी साधनका धुँवाले उसको नाकलाई पोल्दै फोक्सो र मुटुसम्म पुगेर कुस्ती खेलिरहेको थियो । उ ती कुस्ती खेली रहेको धुबालाई बेवास्ता गर्दै आफ्नै मथिङ्गलसँग कुस्ती खेलिरहेको थियो त्यो ट्राफिक जामको पट्यार लाग्दो पर्खाइ भित्र ।

उस्ले चन्द्रालाई कम्प्युटरमा "ज्ञ" टाइप गर्न सिकाएको थियो । कस्तो क्षण थियो त्यो ! "प्रकाश सर ! ज्ञ लेख्न आएन मलाई !" चन्द्रा भन्थि, अनि प्रकाशले यसो गर उसो गर भन्दा चन्द्रा यताउता टाइप हान्दै दिक्क भएकी थिई । त्यही बेला प्रकाशले चन्द्राको औंला समातेर "यि यसरी टाइप गर" भन्दा कस्तरी दुबैको जिउ सिरिङ्गग भएको थियो ! प्रकाशको छातीले चन्द्रालाई घप्लक्कै छोपेर टाइप सिकाउदा चन्द्रा फत्रक्कै गलेकी थिई । एक छिन् त तातै भएर संसार नै आगो बले जस्तो देखेकी थिई , त्यस्तै महशुस प्रकाशले पनि गरेको थियो । त्यसपश्चात दुबै झस्किएर अलग भएका थिए । यिनै मिल्तीका दिनहरुमा चन्द्रा र प्रकाशको बिचमा देशको परिस्थितीको बारेमा गम्भिर छलफल हुन्थ्यो । दुबै अत्यन्तै चिन्तीत थिए आफ्नो मुलुकको लागि । दुबै बिदेशमा तर आत्मा दुबैको नेपालमा थियो । अन्य कुरामा छेड् छाड् भएर झगडा परे जस्तो भए पनि जब नेपालको विषयमा कुरा निस्कन्थ्यो तब दुबै एकै भावले गम्भिर हुन्थे । कुरा गर्दै जादा दुबैको आँखामा आशु भरिन्थ्यो । कहिले काही प्रकाशले भन्ने गर्थ्यो "चन्द्रा ! तिमी सार्है भाबुक छ्यौ , पागल हुन्छ्यौ है यसरी सोच्न थाल्यौ भने !" चन्द्राले जिस्किएर भन्थी - "पागल भए तिमीले सम्हाली देउला नि त मलाई ! बरु त्यो दिन छिट्टै आओस ! म तिमीलाई यही बहानामा निस्फिक्रीसँग अगालोमा बाध्ने थिए ।" चन्दाले यसोभन्दा प्रकाश बेसरी तर्सिएको थियो ! साच्चैको कल्पना गरेर ! त्यो देखेर चन्द्रालाई दया माया लाग्यो । उसले त्यतिबेला "धत ! जोक पो गरेको त !" भनेर प्रकाशलाई फुल्याएकी थिइ ।

प्रकाशको जिन्दगी नै साहित्यक क्षेत्र थियो । यसैमा उ आफूलाई जिउदो पाउथ्यो । त्यो चन्दाले पनि बुझेकी थिइ । उ जतीखेर प्रकाशको लेख प्रकाशित हुन्थ्यो उत्ती नै बेला पढेर त्यसमा प्रतिकृया जनाइहाल्थी । खान-निदाउन यतीसम्म कि ट्वाइलेट जाँदा पनि प्रकाशको लेख पढेर उ सोच्थी कहाँ के प्रतिकृया दिनु पर्छ भनेर । चन्द्राको यो झक्झक्याउने उर्जाले प्रकाशलाई सधैं लेख्न प्रेरित गरिरहन्थ्यो । यस्तै यस्तै नाताबाट आज चन्द्रा प्रकाशको हृदयमा बसेकी थिइ । जब प्रकाशले उसको प्रिय मित्र बहुलाएको खबर "पृथ्वी" ब्लगमा पढेको थियो तब देखि प्रकाशको शान्ति हराएको थियो ।

उ यस्तैकुराहरु सोच्दै थियो, परबाट एक हुल आन्दोलनकारी 'जिन्दाबाद ' ! 'मुर्दाबाद ' ! नारा लगाउंदै अगाडि बढिरहेका थिए , उ अतितबाट झस्कियो । "ओहो......!" पर मान्छेको हुल देखेर उ दौडिएरै चन्द्राको घरसम्म पुग्ने बिचार गर्‍यो । उस्ले ट्याक्सी ड्राइभरलाई भन्यो, "दाई ! पैसा लिनुस् ! म दौडिएर जान्छु ।" ड्राइभरले भने, "भो, ओहो ! हजुर ! कसरी त्यति टाढा पुग्नसक्नु हुन्छ ! एकछिन् पर्खनुस् !" प्रकाशले भन्यो, "दाई ! सक्तिन म पर्खन ! यहाँ एक छिन् पनि पर्खिन सक्तिन म ! मेरो यो छ्ट्पटिएको मनले बरु दौडिएर नै शान्ती प्राप्त गर्ला ! म एक मिनेट पनि यो समयसँग रोकिन सक्तिन !" उ आँफै नै बहुला झै दौडियो ! करीब साँझतिर उ चन्द्राको बासस्थान भएको गाउमा पुग्यो । चन्द्राको तस्बिर देखाउंदै घर सोध्यो । अलि पर पुगे पछि चन्द्राको घर आयो । जसै जसै चन्द्राको घर नजिक आएको थियो उसको मुटुको धडकन निस्सासिएर बढी रहेको थियो .......... उसले गेटको प्वालबाट चियाएर हेर्यो ! चन्द्रा बरन्डामा बसेर एक्लै फत्फताइ रहेकी थिइ .... "प्रकाश ! प्रकाश ! उमालाई बचाउ ! !! प्रकाश त्यो मलाई पनि मार्न आउँदै छ !" अनी एकै छिनमा उ फेरी हास्न थाली !

"मथिङ्गल खलबल "


21 Comments:

archana said...

ohh really!! its wonderful. हामी सबै मिलेर उहालाई ब्लगिङको दुनियाँमा भब्य स्वागत गरौ न त।

Shekhar said...

wa wa wao luna ji double wel come from my side.mathingal nai khalbal ho bhane ta nepal janu parne ta hoina ?tya ha samaa bhane napuryaunu hola please.

Luna said...

ओहो! न्यु ब्लगर नभनिदिनुस् न ! म त पाठक नै हुँ । कमेन्ट मात्रै लेख्छु । हिजो पोस्तक जि ले 'लौ लौ लेख्नु पर्‍यो लुना ' भन्नु भएकोले लौ त भनेर कोशीस मात्रा गरेकी हुँ । मलाई त लेख्नै आउँदैन ! म त कमेन्टर मात्रै है ।( माथिङ्गल खलबल मा थुप्रै व्याकरण त्रुटी भो होला , ठ र कि दादा जि ! सक्नु भए सुधा रि दिनु होला । अनी धेरै धन्यवाद है कमेन्ट बक्स बाट अन्तै सारीदिनु भएको मा । मलाई त त्यती गर्नु पनि आएन !)

Panda said...

ल लुनाजी हिजो मात्रै लेख्नुस भनेको २४ घण्टा भित्रै झट्का दिनु भयो नि, ल बधाइ छ है !
नेगेटीभ कमेण्टसंग नडराउनुहोला बरु झन खुशी हुनुहोला, किनकि त्यस्तै कमेण्टहरुले नै तपाइलाई मार्ग दर्शन गर्ने छन !

आकार said...

लुना जी लाई स्वागत छ है !!!

खुल्लामन्च said...

लुना जी लाई स्वागत छ है !!!

दीपक जडित said...

शुभ स्वागत । तपाईंको लेखको ब्यग्र प्रतिक्षा हुने भो ।

प्रबिण थापा said...

लुना जि लाई हिर्दय देखी नै स्वागत। तपाईंका उत्क्रिश्ट बिचारहरुले दौतरी को दौतरिहरुको मन सजिलै जित्न सकोस अग्रिम शुभकामना।

ठरकी दादा said...

नेपालीयन जी, कता गाएब भयो त त्यो लेख??

Nepalean said...

computer ma internet ko kadbadi bhayeko le publish huna dhila huna gayeko ma kchema prathi chhu. - Nepalean

Postak_Shrestha said...

ओहो, यहाँ लुनाजीको रचना आएर पनि यति धेरै हल्लाखल्ला भैसकेछ । बिहे नभाको भए पनि जन्ती त जानुभा'को थियो नि, होइन? अर्थात पाठकको रुपमा तपाईले प्रतिकृया त मनग्गै लेख्नु भा'को थियो नि, त्यसैले मथिंगल् नै खल्बलिन त नपर्ने हो। जेहोस, पाठकबाट लेखकमा उक्लिनुभएको बधाइ। लेखमा भावनाको प्रस्तुती र संदेश राम्रो छ। अलिकती शुद्धाशुद्दी मिलाउन पर्ने होला।

सपनासंसार said...

प्रतिकृया को संजालमा छाउनु भएको लुना जी को लेख पनि पढ्न पाउदा खुशी नै लाग्यो । जे होस तपाईका प्रतिकृया हरु निकै चोटिला हुन्छन । शुभाकामनाँ तपाईको नया कदम को !

Basanta Gautam said...

तितो यथार्थको कलात्मक प्रस्तुति!

Anonymous said...

लुनाजी, साच्चै भन्ने हो भने म यो दिनको पर्खाईमा थिए। कमेन्ट दिएकै आधारमा हजुरले पाउनु भएको शब्द अपशब्दहरु थुप्रै पढेकि छु ।धाराप्रवाह आउने हजुरको शब्दवाणहरु निकै जोरदार हुन्छन --मैले खोजी खोजी पढ्छु र त्यस्को सधै सम्मान गर्छु -आज यहाँ पहिलोपटक पढ्दै छु --निकै खुशीलागेको छ---निरन्तर बगिरहोस यो प्रवाह ---शुभकामना हजुरलाई --आश्मा

hamroblog said...

Ha...Ha...Ha kina ho Malai badho has uthyo. j hos interesting cha

Luna said...

दौतरी ब्लग परिवार !
तपाईं हरुको हौसलाले मैले फेरी एउटा कथा लेखेकी छु । पहिले जसरी नै कमेन्ट बक्स मा पठाएकी छु ।
हिर्दय देखी नै मुरी मुरी धन्यवाद यसरी तपाईंको साहित्य फूल बारीमा फूल्न मौका दिनु भएकोमा ।
जानी नजानी लेख्ने कोशीस गर्दै मनको रहर लाई पुन फूलाएकी छु ।

madan said...

कथा लेख्नु भो,अब क्रमश साहित्यिक जंगल तीर को यात्रा सुरु गर्नु हुदै छ |रंग चयन गर्नु होस,पालिस लगाउनुस ,जीबन भर्नुस कथा पाना हरु बाट जुरुक्क उठेर बिस्वा यात्रा माँ निस्कोस | सबैले पढेर आफ्नै कथा जस्तो महसूस गरुन |मेरो तपाईलाई धेरै धेरै सुभ कामना !

Dautari Admin said...

लुना जि यस पटक पनि तपाइको कथा उडेर माथी पोष्टमा गएर बसेको छ भोली सम्म आइपुग्छ कि? हामी सबै कुरी बसेका छौं। यसरी कमेन्टमा पेस्ट गर्नु साटो dautari@gmail.com मा लेख इमेल गर्नुहोला। तपाइको लेखाइको सह्रना गर्दछु, पक्कै पनि पाठक भएर लेख्दा र लेखक भएर लेख्दा फरक अनुभ गर्नुभएको होला।
हैन यी माथीका मदन साब दौंतरी एडिमनका मिज्जु परेछन कि क्या हो?

Panda said...

Hi Hamro Blog (Dhungana ji)!
तपाईंको ब्लग म बेला बेलामा हेर्ने गर्छु, ताजा समाचार र पत्रकारिताको तपाईंको अनुभव बेला बेलामा पढ्नको लागि !

दौतरिमा स्वागत छ !

दौतरी विदेशीएका नेपालीको आवाज बन्ने क्रम मा छ , आवाजमा साथ दिने हैन त !

Luna said...

दौतरी एड्मिन ज्यु !
अब फेरी तेस्रो कथा या लेख लेखे भने दौतरी मा ईमेल गर्ने छु । मेरो दोस्रो कथा लेखी सक्दा पनि म अल्मल मा परेर कमेन्ट बक्स मा पठाएकी थिए ।धन्नउडेर पोस्ट बक्समा गएछ ! धन्य भएकी छु दौतरी ब्लग प्रती ।

नेपालियन said...

मेरो पनि के पी जीलाइ दौंतरीमा स्वागत छ। तपाइको ब्लग मैले पनि हेर्ने गर्छु। हाम्रो ब्लग बादहरुबाट भन्दा अली प्रिथक भएको महशुस गरेको छु। मौकाहुंदा दौंतरीको ब्लग भित्र ब्लगमा भला कुसारी गरौंला। पाण्डाजीले भनिहाल्नु भयो दौतरी विदेशीएका नेपालीको आवाज बन्ने क्रम मा छ,मेसो मेले स्वदेसबाट साथ दिनुहोला।
लुना जी तपाइको कथाको दौंतरीमा आइसकेकको छ। त्यसको प्रतीक्रिया उतै दिउला कसो?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !