January 11, 2009

हैन गिरिजाले भनेको सांच्चै हो कि क्या हो?

नेताले माइक पाए पछि के? बोल्न त भरमार बोलीहाल्छन माइक छोड्ने झन नामै लिदैनन। बहुदल आएपछी अरू केही नभए पनि नेताहरुको बोल्ने भाषणमा त खुब बिकास भाको छ। बिकासको खोया नभए पनि भाषणमा चै नेपाली जनता बिश्वकै सुखी र भाग्यमानी छन। बहुदल आए पछि आकाशै छुने नेता गिरीजा हुन। कहिले कुनै गफ चियाको कपमा आएको तुफान भन्थे कहिले भने यांहा ग्र्यान्ड डिजाइन छ भनेर कुर्लन्थे। खोइ के हो त्यो ग्र्यान्ड डिजाइन कसैले छारो फोर्सो बुझेका होइनन। कम्नियुष्ट भने पछि गिरिजा तिन कोष परैबाट चिढिन्थे। अब कम्नियुष्ट नेता निकै फुर्तीला, खुब भाषण दिने, गिरिजालाइ टेन्सन। कसरी भीत्ता लगाउने तिनीहरुलाइ, अनि जांहा पनि त्यही डाइलग पेल्थे, "कम्नियुष्ट जे बोल्छ त्यो गर्दैन जे गर्छ त्यो बोल्दैन"। गिरीजाले आफुले भनेको चाही के पो गरेका थिए र अनि उनको त्यो डाइलाग सधै हासोमै उडाइन्थ्यो। हुन त गिरीजा आफु केही गर्ने नै भन्दैनथे गर्नै के पो पर्यो र? अहिले त गिरीजा थलै परेका छन के कुरा गराइ भो?

कुरो सबैलाइ थाहा भएकै हो, माओबादीले कब्जा गरेका सम्पती सबै फिर्ता गर्ने। अस्ती भर्खरै हो प्रचण्डले कब्जा गरिएका सबै सम्पती फिर्ता गर्ने ३ महिना म्याद दिएका । के भन्ने खोइ, आफ्नो सम्पती पाउन पनि प्रचण्डकै कृपा चाहिने। प्रचण्डको कथा उही बिरबलकै खिचडी त होला नी, तर पनि आफ्नो सम्पती दिन्छु भने पछि खुसी नहुने कुरै भएन। तर आजको कान्तीपुर पढेर पो झसंग भए, गिरीजाले ठिकै भनेका हुनकी भन्ने। हिजै मात्र माओबादीको जथ्थाले तेह्रथुममा अरुण तेस्रो आयोजनाको २० रोपनी जग्गा कब्जा गरेर त्याहां आफ्ना कार्यकर्तालाइ घर टहरा बनाउन लगाएछन। कारण चाही खेरा गएको जग्गा उपभोग गर्न त्यसो गरेको रे!कुरा पनि कस्तो? अब मेरो खल्तीमा सयको नोट छ मैले खर्च गरिन भनेर अरुले खोस्ने त? बुझी नस्क्नु छ बा यो माओबादीको राजनिती! भन्न त तेह्रथुमका सि.डि.यो ले जबरजस्ती जग्गा कब्जा गर्नेलाइ कडा भन्दा कडा कारबाही गर्ने रे। तर बामेदेबले एक घन्टी फोन हाने पछि कुं गरेर बस्ने त होलान नि सि.डि.यो साप!

पशुपती नाथले कल्याण गर भनुम भने पनि पशुपती पनि पोलिटिक्समा छिरी हाले। अर्को साल पशुपतीलाइ पनि चुनाबमा टिकट मिल्ला जस्तो छ। कता फर्कने हो अब खोइ?
आज एउटा साथीले भन्थ्यो के रे "बुझीस नेपाल सोमालिया जस्तै हुन्छ, २-४ बर्षमा सरकार छरकार केही हुदैन,जिल्लै पिच्छे प्रधान मन्त्री हुन्छन"। मैले नि भने अहिलै नै सोमालिया भन्दा खत्तम भइसक्यो नि नेपाल। ति सोमालियाका पाइरेट्स भन्दा कम छन त वाइ.सि.एल? कमसे कम सोमालियाका पाइरेट्सले पानी जहाज मात्रै कब्जा गर्छन,यि वाइ.सि.एल ले त दौडने बाख्रा पाठा देखी गुड्ने गाडी सम्म केही बांकी राख्दैनन्। बरु नेपाल सोमालिया भएकै जाती। त्यही फेबातालका २-४ वटा डुगां कब्जा गरे मात्रै । नत्र भने पानी जहाज नेपालमै आउदैन,वाइ.सि.एल हेरेका हेरै। तपाइहरु नरिसानुहोस है पाठक बृन्द, अब देखेको कुरो त भन्न पाइयो नि है? आफ्नो देश भनेर के गर्नु सब भन्दा थर्ड क्लास काम त्यही हुन्छ। यस्सो चिया खर्च दिए पछी काम नहुने ठाउ कहीं छ त?



7 Comments:

Postak_Shrestha said...

नेपालीएनजी, नयाँ संबिधानमा एउटा के ब्यबस्था हुनु पर्यो भने पदमा बहाल प्रधानमन्त्री, मन्त्री, सांसदहरुलाई सरकारी औपचारीक कार्यक्रमहरु बाहेक अरु फाल्तु कार्यक्रममा गएर भाषण गर्न बन्देज लगाउन पर्यो। सरकारको औपचारीक धारणा ल्याउन परे प्रवक्ता संचार मन्त्री मर्फत आउन पर्यो। कुनै मन्त्रालयको कार्यक्षेत्रको कुरो रहेछ भने मन्त्रालयको प्रबक्ताले औपचारीक पत्रकार सम्मेलन गरेर वा प्रेस बिज्ञप्तीद्वार भन्न पर्यो। यहाँ त प्रम, उपप्रम, मन्त्री, सभासद, सभामुख जो जहाँ पायो गयो भाषण ठोक्यो।जनताको अगाडी एउटा कुरा गर्यो, कार्यकर्ताको अगाडी अर्कै कुरा। आराम गर्न गएका भनिएका गीरिजाबाबु पनि भाषण नै ठोकिरहेका हुन्छ। "म जे भन्छु त्यो गर्दिन, जे गर्दिन त्यो भन्छु" गीरिजाबाबुको स्थापित नारा भैहाल्यो। अन्य सबै नेताहरु त्यस्तै छन्। अस्ति कताहो पढिएको थियो, अब देखि प्रम, मन्त्रीहरुले सरकारी कार्यक्रम् बाहेक अन्यत्र गएर उदघाटन, बिमोचन जस्ता काममा नजाने भनेर, के को छोढ्थे र। सरकारी साधन स्रोत खर्च गराएर केशव स्थापितको पाराग्लाइडिङ् जस्तो ब्यबसायको उद्घाटन गर्न प्रम उपप्रम दुबै गए। चितवन् महोत्सव उद्घाटन गर्न प्रम पुगे।बामदेव एउटा चलचित्रको उद्घाटन गर्न पुगे। समय यति महत्वपुर्ण छ, सुल्झाउन पर्ने , समाधान गर्न पर्ने कुरा धेरै छन् प्रम, मन्त्री, पार्टीका नेताहरु एकै ठांउमा बस्नु, रात दिन लगाएर छलफल् गर्नु, एउटा निर्णयमा पुग्नु, त्यसो गर्नु चांहि छैन। समाचारमा सुनिछ, प्रम को ब्यस्तताले बैठक हुन सकेन वा माधवकुमार वा झलनाथको ब्यस्तताले बैठक भएन वा गीरिजाको स्वास्थ्यले गर्दा अनुपस्थित। तिनै नेताहरु कुनै अर्को ठांउमा गएर की रिबन काटिरहेका, पानसमा बत्ती बालिरहेका या आफ्ना कार्यकर्तालाई उचालिरहेका हुन्छन्।हुंदा हुंदा आर्मीचीफ पनि भाषण ठोक्दै हिंड्ने भैसके। यो भाषण गर्ने काम चांहि तुरुन्त रोक्न पर्यो, लौन कसरी रोक्ने हो?

Luna said...

डा डा माथि को घाम भाईसक्नु भा गिर्जा हजुर बा ले ग्रान्ड डिजाइन को भेदकिन खोल्न सकिरहनु भएको छैन अहिले सम्म मलाई पनि बडो अचम्म लाग्या छ !
भेद ठुलो कि ? मुलुक ठुलो कि ? मुलुक बासी ठुलो ? बुझी नसक्नु छ !

बिप्लब said...

निकै ठट्टेउलो र पेचिलो लेख्नुभाको छ नेपालियन जि। साच्चै मलाइ भरैब अर्यालको याद आयो। नया नेपालको स्थीती चिन्तित भएर होइन यसरी नै हासेर उडाउनु पर्लाजस्तो छ।

बेदनाथ पुलामी ( उमेश ) said...

gatilo jhapad tar k garnu pasu laai bhane jastai ho. kehi hune waalaa 6ain.

ठरकी दादा said...

रमाईलो लेखन शैलीमा उचित व्यङ्य । के गर्ने पोस्तकजीले भन्नुभए जस्तै अब त सबैलाई उदघाटन र भाषण दिनै बन्देज लागाउनु पर्ला जस्तो छ ।

तर मलाई लाग्छ कुनै समारोहमा गएर भाषण गर्न बन्देज लगायो भने पनि यिनिहरुले घरमै रिकर्ड गरेर भएपनि कार्यक्रम स्थलमा भाषण पठाउनेछन । आखीर यिनिहरुले जानेकै बोल्नै मात्रै त हो, अनि के गरुन ।

Luna said...

पोस्तक जि !
नेताका ति डुलुबा प्रबित्ती लाई तपाईंले जसरी सबैले खेदो गरेर लेख्नु पर्छ ।
~~~~~~~~~~~~~

Panda said...

कहिले काही तातो लडाइ झगडाको झोकमा मान्छे ले भन्छ नि पख तलाई यसो नगरी कहा छोड्छु, मैले जान्या छु, भन्दिन्छु, भणडाफोर गर्छु आदि इत्यादि अनि अर्को दिन ठण्डा । त्यस्तै हुन गिरिजा बाउ तर साउथ एशियन पाराको राजनीतिका चाही धुरन्धर खेलाडि हुन ।

पोस्तकजी ले भने जस्तै भाषणको रोग नियन्त्रण गर्नै पर्ने हो तर के गर्नु भाषण सुन्न देशका डम्फु जनता नै यति लालायित हुन्छन कि, भाषण गरेन भने यो त बोल्नै जान्दो रहेनछ यस्तो पनि कहि नेता हुन्छ र भन्छन । त्यसैले नै लिलामणि पोखरेल अनि बामदेवका अगाडि झलनाथ (भाषण कडा नभएर नै भुमिगत कालको लगाम बहुदल पछि यिनको हातबाट उछिट्टियो), प्रदिप गिरी, नरहरि, सी पी मैनालीहरु पाखा परेका । काम गर्ने मान्छे हैन भाषण गर्ने र आंफुलाइ "नेता" देखाउन सक्ने मान्छे को कदर हुन्छ हाम्रो देशमा ।

कुनै दिन भाषण भन्दा काम गर्ने को जब सम्म कदर हुदैन तवसम्म भाषण गर्ने कुरा बन्द हुदैन ।
भाषण गर्न जान नदिए पनि ठरकी जी ले भने जस्तै क्यासेटमा रेकर्ड गराएर भाषण पठाउने चलन आउनेछ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !